To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Friday, November 11, 2011

नगरपालिका उम्मेद्वारहरूको घोषणा....फेरि गोरामुमो झैं गोजमुमोको अधीनमा नगरपालिका....मोर्चाको कसरत अनुसार नगरपालिकामा केवल मोर्चाका पार्षदहरु रहनेछन्‌।...आज सर्वदलीय बैठक दिसम्बरदेखि राष्ट्रियसस्तरमा आन्दोलन शुरु...अध्यक्षको निर्णयमा आपत्ति...नगरपालिका धेर लामो नजाने विमल गुरूङको घोषणा

फेरि गोरामुमो झैं गोजमुमोको अधीनमा नगरपालिका
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 11 नोभेम्बर। पहाडमा फेरि पुरानै इतिहास दोहोरिने देखिएको छ। एक समय थियो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पहाडमा शक्तिमान पार्टी थियो। एउटै पार्टीको बोलाबाला थियो। त्यसै कारण नै पहाडमा गोरामुमोले मनमानीपूर्ण शासन चलाएको सबैले अनुभव गरे। एउटै मात्र पार्टी रहेको कारण दलीय हैकम र दादागिरी पनि उत्तिकै थियो। जसले पार्टीको विरोधमा कार्य गर्‍यो उसलाई पार्टीबाट मात्र निकालिएन धेरै गोरामुमो नेताहरूको हत्या पनि गरियो। छुट्टैराज्यको नाम गरेर स्थापित गोरामुमोले अन्तमा दागोपाप ग्रहण गर्‍यो। दागोपापबाट नै दलीय अस्तित्व कायम गर्न धेरै प्रकारका जुक्तिहरू लागू गरियो, त्यसमा सबैभन्दा प्रभावी अस्थायी कर्मचारी रहेको थियो। 
वर्षेनी ठेकेदारी नीतिमा दागोपापका विभिन्न विभागहरूमा नियुक्ति गरेर नियुक्त उम्मेद्वार अनि तिनका परिवारले कुनै बेला पार्टी विरोधी कार्य गरेको खण्डमा तिनलाई नोकरीबाट बेदखल गरिने नीतिको विकास गरिएको थियो। प्रत्येक ग्राम पञ्चायत अनि नगरपालिका क्षेत्रमा पनि कसैले पार्टीको नीतिको विरोध हुने कार्य गर्नेहरूलाई 'भिक्टिमाइज्ड' गर्ने संस्कारको विकास गरिएको थियो। जतैबाट पनि जनतालाई बाध्यतामा पारेर पार्टी चलाउने नीति गोरामुमोमा रहेको अनि जनताको आकांक्षा विरोधी कार्य गर्दै नेताहरूले मनोपोली गरेको कारण नै गोरामुमोको पतन भएको सबैलाई थाहा छ। ग्रामपञ्चायत अनि नगरपालिकामा एकक्षत्र शासन गरेर भ्रष्टचार गर्ने पार्टीकोरुपमा गोरामुमोको नाम चर्चामा रहेको छ।
यता गोर्खा जनमुक्ति मोर्चाले पनि गोर्खाल्याण्डको निम्ति जनता बटुलेर अन्तमा दागोपाप झैं व्यवस्था जीटीएमा हस्ताक्षर गरेको छ। मोर्चा अहिले छुट्टैराज्य होइन पहाडको विकास गर्नतिर उन्मुख रहेको छ। जीटीए गठनमा विभिन्न बाधा र असुविधाहरू देखिए पनि मोर्चाले गरेको माग अनुसार पहाडमा अहिले नगरपालिका चुनाउको प्रक्रिया शुरू भइरहेको छ। मोर्चाले नै स्थगित गरेको नगरपालिका चुनाउ मोर्चाले नै गरिरहेको छ। दार्जीलिङ जिल्लामा दलीय अस्तित्वलाई बलियो गर्नको निम्ति मोर्चाले नगरपालिकालाई आफ्नो हातमा लिने प्रक्रिया शुरू गरेको छ।
अन्य दलहरूले पहाडमा चुनाउको माहौल नरहेको बताइरहेको छ। ती दलहरूले पहाडमा गणतन्त्र नरहेको भन्दै चुनाउमा अंशग्रहण नगर्ने प्राय स्पष्ट भइसकेको छ। यता मोर्चाले भने चारैवटा नगरपालिकामा आफ्ना उम्मेद्वारहरू छनौट गर्ने कार्य आज समाप्त गरेको छ। नगरपालिकाद्वारा मोर्चा नगरक्षेत्रको विकास गर्न चहान्छ। आज कालेबुङमा उम्मेवार छनौट गर्नेक्रममा मोर्चा अध्यक्ष बिमल गुरूङले भने, नगरपालिका चुनाउपछि जीटीएको चुनाउ हुने छ। अब नगरपालिकालाई बङ्गालले होइन जीटीएले नै हेर्नेछ। जीटीएले नै नगरपालिकालाई फण्डिङ गर्ने छ। यसैबीच तिनले पहाडमा जीटीएको चुनाउपछि त्रिस्तरीय ग्राम पञ्चायतको चुनाउ हुने पनि बताए। नगरपालिकालाई सहीरुप सञ्चालन गर्नको निम्ति कालेबुङ नगरपालिकामा पूर्व आईएस एलबी परियारलाई नगराध्यक्ष बनाउने मोर्चाले तय गरिसकेको छ।
मोर्चाको कसरत अनुसार नगरपालिकामा केवल मोर्चाका पार्षदहरु रहनेछन्‌।
गुरूङले भने, नगरपार्षदहरूलाई मुङ्‌ग्रो झुणाउनको निम्ति वार्डवार्डमा मोर्चाका प्रशाखाहरूबाट दुइदुइजना प्रतिनिधिहरू मिलाएर एउटा डेभललोपमेन्ट बोर्ड गठन गरिने पनि विमल गुरूङले जनाएका छन्‌। सोही वोर्डले गरेको निर्णय अनुसार नगरपार्षदहरूले नगरको विकास गर्नेछन्‌। यदि जनाकांक्षा र बोर्डको आकांक्षा विरोधमा कुनै पनि पार्षदले कार्य गरे पार्षदको पद् मोर्चाले खारेज गर्ने सम्मको चनौति मोर्चाले दिएको छ। जुन जुन वार्डबाट निर्दलीय उम्मेद्वार खडा हुन्छ उसलाई पार्टीले बोर्डमा सामेल नगर्ने धम्की पनि दिएको छ। मोर्चाको यसप्रकारको नीतिको कारण केवल मोर्चाले तोकेका उम्मेद्वारहरूले मात्र नगरपालिका चुनाउ लड्‌ने छन्‌। यस हिसाबले नगरपालिकामा केवल मोर्चाकै पार्षदहरूबीच बोर्ड गठन गरिने छ अनि नगरपालिकामा मोर्चाले शासन गर्ने छ। गोरामुमोले जस्तै गोजमुमोले पनि नगरपालिकालाई कब्जा गर्ने देखिएको छ भने अब हुने सबै चुनाउमा मोर्चाले नै दखल गर्ने पनि विधानसभा अनि नगरपालिका चुनाउले स्पष्ट पारेको छ।
नगरपालिका उम्मेद्वारहरूको घोषणा
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 10 नोभेम्बर। दार्जीलिङ, खरसाङ अनि मिरिक नगरपालिकापछि आज मोर्चाद्वारा कालेबुङ नगरपालिका समष्टिमा पनि चुनाउ लड्‌ने मोर्चा उम्मेद्वारहरूको घोषणा गरियो। मोर्चाको सर्वेक्षण टोलीले प्रत्येक वार्डहरूमा बैठक गरेर उम्मेद्वारहरू छनौट गरेर मोर्चाकै चुनाउ समितिलाई बुझाएपछि आज मोर्चा अध्यक्ष विमल गुरूङले उम्मेद्वारहरूको  नाम घोषणा गरे। 22 नम्बर वार्डको निम्ति एलबी परियारलाई मोर्चाले अघिबाटै टिकट प्रदान गरिसकेको थियो भने आज रहल अन्य वार्डहरूका मोर्चा उम्मेद्वारहरूलाई टिकट दिइयो। वार्ड  नम्बर 22 बाहेक वार्ड नम्बर 3, 6, 9, 12, 15, 16, 17, 18, 19 अनि 20 मा निर्विरोध उम्मेद्वार रहेकोले मोर्चा अध्यक्ष विमल गुरूङले उनीहरूलाई बिना झण्झट नै टिकट प्रदान गर, तर अन्य वार्डहरूमा भने एक भन्दा धेर उम्मेद्वार रहेकोले मोर्चालाई टिकट बॉंट्‌न निक्कै गाह्रो पर्‍यो।  कतिवटा वार्डमा त झनै 8 जनाभन्दा अधिक उम्मेद्वारहरू रहेकोले एकजना उम्मेद्वार छनौट गर्न गुरूङले थुप्रै तरिकाहरू अप्नाएर उम्मेद्वार छनौट गरे। 
तिनले कतिवटा समष्टिको उम्मेद्वार छनौट गर्न स्वयंले निर्णय लिए भने धेरजसो वार्डहरूको लटरीको माध्यमबाट उम्मेद्वार छनौट गरे। स्थानीय रामकृष्ण रङ्गमञ्चमा मोर्चा महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ, उपाध्यक्ष कल्याण देवान,  कर्णल रमेश आले, महकुमा समितिका प्रतिनिधिगण आदिको उपस्थितिबीच गुरूङले कूल 23 वटा वार्डहरूमा नै उम्मेद्वार छनौट गरे। 8 घण्टाभन्दा अधिक समय लगाएर मोर्चाले आज उम्मेद्वार छनौट गर्ने झमेलाको समाधान गर्‍यो। चौकीमा बस्न होडबाजी गर्ने उम्मेद्वारहरूलाई गुरूङले थुप्रै टेक्टिसहरू अप्नाएर साम्य पारिदिए। मोर्चाले आज 23 वटा वार्डहरूमा उम्मेद्वारहरूको घोषणा गरेपछि भोलिदेखि नै उम्मेद्वारहरूले नामाङ्‌कन पत्र दर्ता गर्न शुरू गर्ने भएको छ।
कालेबुङ नगरपालिका समष्टीमा मोर्चाको पक्षबाट  टिकट पाएका उम्मेद्वारहरूको सूची
वार्ड नम्बर 1-दावा डोमा लामा
वार्ड नम्बर 2-शान्ति लामा
वार्ड नम्बर 3-आनन्द गर्ग
वार्ड नम्बर 4-तारा लोहार लेप्चा
वार्ड नम्बर 5- देविका मोक्तान
वार्ड नम्बर 6-कुन्दन बानिया
वार्ड नम्बर 7-बुद्ध लामा
वार्ड नम्बर 8-रिञ्जी भोटिया
वार्ड नम्बर 9-सोमा सुब्बा
वार्ड नम्बर 10-रवि प्रधान
वार्ड नम्बर 11- प्रदिप प्रसाद
वार्ड नम्बर 12- निलिमा तिरूवा
वार्ड नम्बर 13-ज्याङ्गबो शेर्पा
वार्ड नम्बर 14-मृदुला सुब्बा
वार्ड नम्बर 15-गङ्गा गुरुङ
वार्ड नम्बर 16-वरूण खवास
वार्ड नम्बर 17-इन्द्र गजमेर
वार्ड नम्बर 18-मुन्ना लामा
वार्ड नम्बर 19-मुन्ना तामाङ
वार्ड नम्बर 20-ज्योति राई
वार्ड नम्बर 21-प्रशान्त सिंह
वार्ड नम्बर 22-एलबी परियार
वार्ड नम्बर 23-सुमन थापा
के दिन्छन्‌ त जिल्लाधिकारीले मॉं सन्तोषी टोलवासीलाई लिखित आश्वासन?
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 10 नोभेम्बर। मोर्चाको सपना पुरा हुने आशा कम्ति बन्दै गइरहेको छ। मोर्चाले कालेबुङमा बनाउन चाहेको मल्टिकम्प्लेक्स अनि उच्चाधुनिक स्ट्याण्ड बनिने हो होइन अब जिल्लाधिकारीको हातमा रहेको छ। मॉं सन्तोषी टोलका मानिसहरूले मोर्चालाई लिखितरुपमा जिल्लाधिकारी वा उनी जस्तै उच्चाधिकारीले लिखितरुपले गॉंउलेहरूले चाहेको जस्तै सहुलियत दिन्छ भने मोर्चालाई मल्टिकम्प्लेस अनि स्ट्याण्ड बनाउनको निम्ति गाउँ छोड्‌न उनीहरूले विचार विमर्ष गर्न सक्छन्‌। यदि उच्चाधिकारीले गाउँलेहरूले चाहेको जस्तो लिखित आश्वासन दिएनन्‌ भने मोर्चाको सपना सपना नै रहने देखिएको छ। टोलवासीले किन मोर्चालाई यस्ता खाले लिखित जवाब दिनुपर्‍यो, यो निक्कै चासोको कुरा रहेको छ। किन भने गोरामुमोले यस्तै योजना देखाएर तीन परिवारलाई टोलबाट उच्छेद गरिसकेको छ अनि उच्छेद गरेर उनीहरूलाई कुनै पनि सहुलियत नदिएको टोलवासीले बिर्सन सकेका छैनन्‌। 
गोर्खा जनमुक्ति मोर्चाले पनि गोरामुमोकै कार्यव्यवहार अघिबाट नै यही टोलमा नै देखाइसकेको छ। किन भने मोर्चाले जङ्गबीर सापकोटाको सालिग बनाउने निहूमा त्यही टोलबाट रामाशङ्‌करलाई उच्छेद गरिसकेको छ। रामाशङ्‌करले मोर्चाले दिएको खोक्रो आश्वासन हेर्न नपाइ संसार छोडिसकेका छन्‌। रामाशङ्‌करको मृत्युको कारण मोर्चाले दिएको त्यही शोषण अनि अन्याय रहेको रामाशङ्‌करको परिवारको आरोप छ। अहिले रामाशङ्‌करको परिवार आफ्नै बनदोबस्तले बसोबासो गरिरहेका छन्‌। यी सबै देख्दा देख्दै टोलबासीले मोर्चालाई घर भत्काउने अनुमति दिने कुरा नै आएन। यसैकारण टोलवासीले मोर्चालाई गतिलै असुविधामा पारिदिएको छ।
आज सर्वदलीय बैठक दिसम्बरदेखि राष्ट्रियसस्तरमा आन्दोलन शुरु
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 10 नोभेम्बर। दार्जीलिङ जिल्लामा एकातिर जाडो बढिरहेको छ भने अर्कोतिर राजनैतिक गर्मी रहेको छ। अहिले दुइधारमा पहाडको राजनीति गर्मिँदै गइरहेको छ। पहाडको नगरक्षेत्रलाई नगरपालिका चुनाउले गॉंजिसकेको छ भने अर्कोतिर विपक्ष र छुट्टैराज्यको पक्षमा रहेका दल र सङ्गठनहरूले छुट्टैराज्यको निम्ति सामुहिक मोर्चाबन्दी शुरू गरिसकेको छ। पहाडका दलहरु मध्ये गोर्खा जनमुक्ति मोर्चा छुट्टैराज्यको कुरालाई छोडेर बिकासको बाटो पक्रिएर अघि बढिरहेको छ।
मोर्चाले छुट्टैराज्यको आन्दोलनलाई टुङ्गोमा नपुर्‍याउने स्पष्ट भएपछि भारतीय गोर्खा परिसङ्घले तेस्रो चरणको आन्दोलन शुरु गर्न पहाडका राजनैतिक अनि गैर राजनैतिक सङ्गठनहरूलाई एउटै मञ्चमा ल्याउने पहल शुरू गरिसकेको छ। भागोप चहान्छ कि छुट्टैराज्यको आन्दोलन तब मात्र सफल बन्छ जब सबै दलहरू एउटै मञ्चमा आएर सामुहिकरुपले आन्दोलन हुन्छ। यसको निम्ति दलहरू आफै एक हुन नसक्ने भएपछि शूत्रधारको रुपमा भागोपले सबै दलहरूलाई एक गरेर रणनीति निर्माण गर्न अनिवार्य मानेको छ। यसैकारण नै भागोपले पहिलो चरणमा पहाडका छुट्टै राज्यपन्थी दलहरू अनि गैरसरकाररी सङ्गठनहरूसित बैठक गरिसकेको छ।
बिजनबारीमा पुल भत्किएर धेरैको ज्यान गएकोले पहलो बैठक प्रभावकारी हुन सकेको थिएन तर दोस्रो चरणको बैठक निक्कै प्रभावकारी हुने ठानिएको छ। दोस्रो चरणको बैठक आज कालेबुङको दिशा भवनमा सम्पन्न हुने छ। भागोपका गोर्खाल्याण्ड राज्य टास्क फोर्सका राष्ट्रिय अध्यक्ष आर मोक्तानले जनाए अनुसार दिशा हलमा हुने बैठकमा पहाडका सबै दलहरूलाई निम्तो गरिएको छ। तिनले भने, गोर्खा जनमुक्ति मोर्चालाई पनि निमन्त्रणा दिइएको छ। अघिल्लो बैठकमा बिजनबारी काण्डको कारण मोर्चाका प्रतिनिधिहरू उपस्थिति थिएनन्‌। दोस्रो चरणको बैठकमा भने मोर्चाको सहभागिता हुनसक्ने आशा गरिएको छ। अहिलेसम्म क्रामाकपा, गोर्खालीग, गोरानिमो, पिपल्स फोरम अनि अन्य धेरै राजनैतिक दलहरूले बैठकमा अंशग्रहण गर्ने बताइएको पनि मोक्तानले बताएका छन्‌। मोक्तान अनुसार बैठकमा राजनैतिक दलहरू मात्र होइन अराजनैतिक सङ्गठहरूलाई पनि बोलाइएको छ।
तिनी अनुसार यही बैठकमा छुट्टैराज्यको निम्ति राष्ट्रियस्तरमा आन्दोलन गर्न एउटा मञ्च पनि तयार गरिने छ। यही मञ्चले राष्ट्रियस्तरमा गरिने आन्दोलनलाई अघि बढाउने छ। मोक्तानले भने, बैठकले मञ्च तयार गरेपछि रणनीति निर्माण गर्नको निम्ति अर्को समिति पनि गठन गरिने छ। जसले आन्दोलनको रुपरेखा तयार पारिने छ। तिनले बताए अनुसार यता भागोपको पक्षबाट भने दस्तावेजहरू पूर्णरुपले तयार गरिसकिएको छ। मोक्तानले भने, भागोपले सोंचे अनुसार हुनसक्यो भने दिसम्बरदेखि तेस्रो चरणको छुट्टैराज्यको आन्दोलन शुरू हुने छ। तर दुइवटा अघिल्ला आन्दोलनहरू जस्तो यसपल्ट भएको आन्दोलन हुने छैन। किन भने आन्दोलन राष्ट्रियस्तरमा हुनेछ। केन्द्रलाई छुट्टैराज्यबारे बुझाइनको निम्ति सम्पूर्ण तयारी गरिने छ। क्षेत्रीयस्तरमा क्षेत्रीय पार्टी र सङ्गठनहरूले आन्दोलनलाई सहयोग गर्ने छ अनि राष्ट्रियस्तरमा गठन गरिएको मञ्चले सहमति बनाउने कार्य गर्ने छ। 
भागोपले छुट्टैराज्यको आन्दोलनको प्रक्रिया शुरू गरेपनि गठन गरिने मञ्चमा मोर्चाका सहभागिताको सम्भावना थोरै रहेको छ। किन भने मोर्चा छुट्टैराज्यको आन्दोलन गर्ने पक्षमा छैन। छुट्टैराज्यको आन्दोलन थन्काएर नै मोर्चाले बङ्गालका मुख्यमन्त्रीद्वारा घोषित स्वीट्‌जरल्याण्डको पक्षमा छ। छुटैराज्यको आन्दोलन थन्काएर नै मोर्चाले जीटीए थापिसकेको छ। मोर्चाको सहभागिता भएन भने के सामुहिकताको आन्दोलन सम्भव हुन्छ भन्ने प्रश्न गर्दा मोक्तानले भने, मोर्चालाई निमन्त्रणा गरिएको छ। छुट्टैराज्यप्रति मोर्चा इमान्दार छ भने अवश्य नै यो पहलमा मोर्चाको सहभागिता हुने छ। यदि मोर्चाको सहभागिता भने पनि जतिले सहभागिता हुन्छ त्यतिलाई नै लिएर आन्दोलन अघि बढ्‌ने छ। यदि सबैलाई एक गर्दा एक हुन सक्दैन भने भागोप एक्लै अघि बढ्‌ने छ।
अध्यक्षको निर्णयमा आपत्ति
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 11 नोभेम्बर। कालेबुङ नगरपालिका चुनाउको निम्ति मोर्चाले उम्मेद्वारहरूको घोषणा गरेको केही घण्टा पनि बित्न नपाइ असन्तुष्टिका आवाजहरू बाहिर आउन थालेका छन्‌। कालेबुङको रामकृष्ण रङ्गमञ्चमा भएको मोर्चाको उम्मेद्वार चयन प्रक्रियामा आफूहरूले प्रस्ताव गरेको उम्मेद्वारले टिकट नपाएपछि वार्ड नम्बर 8 का केही स्थानीयवासी र सेवा सदन रोड नारी मोर्चाले आपत्ती जनाउँदै लिखित विज्ञप्ति जारी गरेको छ। 
यस वार्डबाट उनीहरूले बिनु छेत्रीलाई उम्मेद्वारको रूपमा अघि सारेपनि मोर्चा अध्यक्ष विमल गुरुङद्वारा रिञ्जी भोटियालाई टिकट दिएको नारी मोर्चा अध्यक्ष लाक्पा डोमाले असन्तुष्टि जाहेर गरेकी छन्‌। नारी मोर्चाकै अर्का सदस्य देविका राईले बताए अनुसार आफूहरूले योग्य उम्मेद्वार दिँदादिँदै पनि जेनरल वार्डमा एकजना अनुसूचित जनजातिका महिला उम्मेद्वार चयनित भएकोमा सबैलाई बिस्मात लागेको बताइन्‌। आफूहरू मोर्चाको स्थापना कालदेखि नै ख़ट्‌दै आएको र मदन तामाङ हत्याकाण्ड जस्तो बिकट परिस्थितिमा पनि पार्टीको साथ नछोडेको तिनले बताइन्‌। आफूहरूसित डेढ सयभन्दा धेर नारीमोर्चा सदस्यहरूको समर्थन रहेको बताउँदै उनले यदि मोर्चा केन्द्र कमिटीबाट आज टिकट दिएको उम्मेद्वारको टिकट खारेज गर्दै बद्लामा अर्को जेनरल उम्मेद्वारलाई टिकट दिएपनि आफूहरूलाई मान्य हुने विक्षप्तिमा उल्लेख गरिएको छ।
नगरपालिका धेर लामो नजाने विमल गुरूङको घोषणा
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 11 नोभेम्बर। मोर्चाले जिल्लाका चारैवटा नगरपालिका समष्टीमा बिजयको पताका हल्लाउने प्रक्रिया शुरू गरिसकेको छ। आज कालेबुङमा उम्मेद्वारहरूको छनोट गर्ने प्रक्रिया समाप्त गरेको छ। मोर्चाले नगरपालिकामा विकासको कामलाई पारदर्शी अनि प्रभावकारी बनाउन नै उम्मेद्वारहरूको छनौटलाई गणतान्त्रिकरुप दिएको छ। सबैको सम्मतिमा नै मोर्चा अध्यक्ष विमल गुरूङले कालेबुङमा उम्मेद्वारहरूको छनौट गरे। तिनले उम्मेद्वार छनौट अवधी नगरपालिकामा अहिले मोर्चाले उम्मेद्वारहरू खडा गरेर नगरपालिका बोर्ड मोर्चाको पक्षमा गठन गर्ने भए पनि नगरपालिका कुनै पनि बेला खारेज गर्न सकिने संकेत पनि दिए। तिनले भने,नगरपालिका चुनाउ छ महिना पनि जान्छ जॉंदैन, म भन्न सक्दिन। धेर गयो भने डेडवर्षसम्म नगरपालिका चल्ला। म कुनै पनि समय नगरपालिका विघटन गर्न सक्छु। किनभने मोर्चाको आन्दोलन सकिएको छैन। तिनले मोर्चाको अन्तिम लक्ष्य छुट्टैराज्य रहेको बताउँदै भने, जीटीएमा पनि मैले हस्ताक्षर गरेको छैन। सचिव रोशन गिरीले गरेका छन्‌। बङ्गाललाई मैले हात काटेर दिएको छैन। सचिवलाई हात काट्‌न लगाएको छु। कुनै पनि अप्ठ्यारो परेमा सचिवलाई पर्ने छ तर बँचाउने पनि म नै हुने छु।
तिनले नगरपालिका चुनाउ लड्‌न तैछाड मैछाड गर्ने प्रतिद्वन्दीहरूको भीडलाई सम्बोधन गर्दै अझ भने, यो सानो चुनाउमा तानातानी भएको देख्दा जीटीए पनि व्यर्थै ग्रहण गरेछु जस्तो लाग्यो। चुनाउको निम्ति उम्मेद्वारहरूको छनौट गर्ने अनि वार्डका मोर्चा समर्थक लगायत उम्मेद्वारहरूलाई सम्बोधन गर्दै विमल गुरूङले घरिघरि सिब्सु काण्डको सम्झना सबैलाई गराइरहेका थिए। आन्दोलनको पहिलो उपहार जीटीए रहेको अनि त्यसपछि नगरपालिका चुनाउ रहेको भए पनि तराई डुवर्सको अन्तरभुक्तिपछि मात्र जीटीएको चुनाउ हुने तिनले बताए। जीटीएको चुनाउपछि नै त्रिस्तरीय ग्रामपञ्चायत चुनाउको पालो रहेको पनि तिनले बताए। अघि गोरामुमोले जसरी नगरपालिकालाई दूषित गर्ने कार्य गरे त्यो मोर्चाले दोहोर्‍याउन नहुने कुरा मात्र गुरूङले गरेनन्‌ गोरामुमोका पार्षदहरूले झैं भ्रष्टचारसमेत गर्न नहुने पनि बताए। तिनले गोरामुमोकालमा जसरी छत्र सुब्बा र सीके प्रधानलाई मिल्न दिएन, जसरी घिसिङले डिक्टेटरशीप देखाएको थियो मोर्चाले त्यस्तो कदापी गर्दैन। नगरपालिका चुनाउमा खडा हुन आएकाहरूलाई पनि तिनले भने, कसैको पनि सीट अजम्बरी छैन। गलत काम गरेको खण्डमा घर घेराउ हुन सक्छ। त्यसबेला मैले सीट छोड भन्दा छोड्‌नुपर्छ।
नगरपालिका पार्षदहरूले भ्रष्टचार नगरोस्‌ भनेर नै प्रत्येक वार्डमा रहेका शाखाहरूबाट दुइदुइजनाका प्रतिनिधिहरू लिएर बोर्ड गठन गर्ने पनि गुरूङले बताए। तिनले भने, बोर्डले कुनै पनि गुनासो गरे पार्षदको पद् खारेज हुने छ अनि त्यहॉं अन्यलाई नै राखिने छ। तिनले भने, विकास गरेर देखाउनुपर्ने चुनौति मोर्चालाई छ। सबैले नै इमान्दाररुपले काम गरेको हुनुपर्छ। तिनले भाइबन्दीलाई कसैले पश्रय दिन नहुने बताउँदै दार्जीलिङमा आफन्तले टिकट माग्दा पनि यही दाग नलागोस्‌ भनेर टिकट नदिएको बताए। मोर्चाले नगरपालिकामा महिलाहरूलाई धेर प्राथमिकता दिएको छ। मोर्चापक्षबाट बताइए अनुसार 60 प्रतिशत सीट महिलाहरूको निम्ति आरक्षित गरिएको छ। यसपालि नगरपालिका चुनाउमा धेरै नै नयॉं अनुहारहरू देखापरेका छन्‌। गुरूङले कालेबुङ नगरपालिकाको क्षेत्र सानो रहेकोले यसलाई वृद्धि गरेर अझ तीनवटा वार्ड थप्ने योजना रहेको भए पनि अचानक चुनाउ गर्नु परेकोले सम्भव नभएको बताए।
अर्कोतिर जतिले पनि टिकट पाए उनीहरूलाई नै जनताले समर्थन गर्नुपर्ने बताउँदै गुरूङले भने, यदि कुनै पनि उम्मेद्वारले टिकट नपाएपछि स्वतन्त्र लड्‌न चहान्छ भने पनि त्यो तिनको इच्छा हो तर जसले पनि यसो गर्छन्‌ तिनलाई पार्टीबाट निलम्बित गरिने छ अनि नगरपालिकाको बोर्डले पनि स्वीकार गर्ने छैन। मोर्चाको यस्तो निर्णयले के स्पष्ट पार्छ भने कुनै पनि उम्मेद्वार मोर्चामा नै बस्न चहान्छ उ चुप लागेर बस्न बाहेक अर्को विकल्प छैन यदि चुनाउ लडेर जिते पनि स्वतन्त्र उम्मेद्वार मात्र रहने छन्‌, जसलाई मोर्चाले पार्टी बाहिर गर्ने छ।
नगरपालीका ६ महिना मात्र चल्न सक्छ - बिमल गुरूङ
डी के वाइबा, कालिमन्युज, |कालेबुङ ११ नोभेम्बर :  "हामीले ४४ महिनाको आन्दोलन नगरपालीका चुनाव लड्नुलाई होइन। आज नगरपालीका चुनावमा धेर खुशियाली मनाउँनु पर्ने कुनै कारण छैन। यो ६ महिना पनि नचल्नु सक्छ वा धेर भन्दा धेर वर्षदिन मात्र चल्न सक्छ । नगरपालीका चुनाव चौकिदार मात्र हो। गोर्खाल्याण्डको आन्दोलन सकेको छैन अझै बाँकि नै छ। कुनै पनि समय गोर्खाल्याणडको आन्दोलन म शुरु गर्न सक्छु। मैले जीटीएमा बंगाल सरकारलाई हात काटेको छुइन। त्यसैले जनता नगरपालीका चुनावमा भन्दा गोर्खाल्याण्ड बारेमा धेर सचेत भएर बस्नु पर्छ"- उक्त कुरा गोजमुमो अध्यक्ष बिमल गुरुङले यहाँको रामकृष्ण रंगमञ्चमा नगरपालीका चुनावको टिकट बितरण गर्दै भनेका हुन्।
तिनले वार्डहरुमा एकाधिक उम्मेद्वारहरु उठेको कारण मोर्चा नेतृत्व बर्गलाई टिकट दिनु समस्या भएको बताउँदै एकार्कमा मेल मिलाप नितान्त आवश्यक रहेको जनाए। तिनले मोर्चा भित्र नै नगरपालीका चुनावको निम्ति टिकट पाउँन होडबाजी भएको कारण निकै ठुलो सम्यास्या सृजना भएको बताउँदै आफूले कसैलाई काखी च्याप्ने कार्य नगरेको पनि बताए। जनताकै हितमा पार्टीले टिकट पनि जनताले चुनेकै प्रतिनीधिलाई दिएको पनि जनाए। बिगतका दिनहरुमा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा (गोरामुमो)ले सीके प्रधान र छत्रै सुब्बालाई एकार्क माझमानै झगडा गराएर हिंसा फैलाउने कार्य गरेको बताउँदै गोजमुमोले कहिले पनि आफ्नो मान्छेहरुलाई एकार्कमाझ झगडा गराउँने कार्य नगरेको पनि गुरुङले बताए। तिनले अब नगरपालीकामा मनमानी हुन नदिने पनि बताउँदै प्रत्येक वार्डहरुमा शाखा प्रशाखको मानिसहरु चुनेर एउटा समिति पनि बनाईदिने पनि बताए।
अब चुनिने वार्ड पार्षदहरुले कुनै पनि कार्य आफुखुशी गर्न नपाउँने बाताउँदै पहिला समितिको सहमति लिएर मात्र काम गर्नु पर्ने पनि गुरुङले बताए। यदि कसैले आफुखुशी कार्य गरे तत्काल पार्षदबाट खारेज गरिने पनि स्पष्ट बताए। तिनले दार्जीलिङमा पानीको राजनीति हुने बाताउँदै पानीको राजनीति होइन ड्रग्स खोरहरुलाई कसरी समापन गरेर राम्रो समाज निर्माण गर्न सकिनेछ भनेर सोच्नु पर्ने पनि तिनले जनाए। जनमुक्ति मोर्चा जनतालई मुक्ति दिन आएको बताउँदै नगर पार्षद आफ्नो बिल्डिङ र आफन्तहरुलाई कामदिनु मात्र बनाएको होइन भन्ने कुरा पनि गुरुङले स्पष्ट पारे। गुरुङले अहिले नगरपालीकाको चुनाव भए पनि जीटीएको चुनाव भने पहिला क्षेत्रको डिमार्केसन भएपछि मात्र हुने पनि तिनले जनाए। तिनले नगरपालीका चुनावमा उठ्ने पार्थीहरुले यदि कुनै पनि शाखा प्रशाखाको ओहदामा छ भने राजिनामा समेत दिएर साधारण सदस्यको रुपमा मात्र बस्नु पर्ने पनि स्पष्ट पारे।
Morcha warns dissidents
RAJEEV RAVIDAS, TT, Kalimpong, Nov. 11: The Gorkha Janmukti Morcha today warned that aspiring contestants who had not made it to the candidate list for the civic polls should not contest as Independents as they would not be taken back into the party fold even if they won.
The party today announced the candidates for all the 23 wards of the Kalimpong municipality. Candidates in 10 wards were selected unanimously but there were multiple claimants to tickets for the remaining 13 seats.
Senior Morcha leaders, including president Bimal Gurung and general secretary Roshan Giri, were present during the entire selection process that ended after seven hours with the announcement of the names.
In fact, the Town Hall, was a beehive of activity as ticket seekers and supporters thronged the venue of the selection committee meeting.
While the selection went on inside the hall under the watchful eyes of senior party leaders, the supporters of ticket aspirants waited outside.
“I have come here to lend my support to Prashant Singh. I am glad that he has got the ticket. I am certain he will not disappoint the residents of our ward or the party,” said N.K. Sherpa, a resident of Ward 21.
Yesterday, the Morcha had brought out the list of candidates for the Darjeeling, Mirik and Kurseong municipalities for the December 11 polls.
In wards, where there were more than one aspirant, Gurung asked the supporters of the prospective candidates to select a consensus candidate and then come back to him. It was then, in an attempt to discourage dissidence that he warned those who had been rejected. He said they should not contest as Independents.
“The party will have nothing to do with such a candidate. They will not be taken into the party fold even if they win,” he said.
Gurung also said the elected councillors must work in consultation with a board to be formed in each ward and made up of two members each from every unit of the party.
“Those (councillors) who work without consulting the board will be asked to resign,” he warned.
The Morcha had formed four groups of six members each in Kalimpong to zero in on the party candidates. The groups had over the past three days visited the wards and hort-listed prospective contestants after interacting with a cross-section of local people. It had identified 10 wards, which had only one claimant to the ticket. Ward 22 was one of them. The party had already announced the candidature of L.B. Parihar from this seat.
In fact, the party has also made it known that Parihar, the former principal secretary of the DGHC, will be the chairperson of the municipality if the party wins the election.
As in the case of the other hill municipalities, the Morcha has given almost half the seats to women in Kalimpong too. Although only 8 of the 23 wards are reserved for women under the Election Commission norms, the party has given as many as 12 seats to the Nari Morcha for its contribution to the intensive statehood movement.

No comments:

Post a Comment