To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Monday, September 21, 2015

Annual meeting of AIWC held in Kalimpong

Sweta N. Pradhan, KalimNews, Kalimpong 20.09.2015: The fourth AGM of the All India Women's Conference (AIWC) was held today at Himali Guest in Kalimpong.
In the annual general meeting held today, member representatives of its three constituent branches Rambi, Pedong and Mungpoo too were present.  
Beside the discussion on the regular organisational matter the General Secretary Aruna Pradhan and Treasurer Sandhya Huang presented their annual reports in the meeting.
In the meeting it adopted Village Poshyor as its targeted area. 
The AIWC was started by some Irish nuns during Pre-Independent India for the upliftment of women and resulted in some sort of a social conference resulting to which the name stays loyal.
Founded in 1927 and registered in 1930 under the Societies Registration Act XXI of 1850 this organisation is dedicated to the upliftment and betterment of women and children. 
Over the years, it has grown and spread all over India. Members across the country carry on the work zealously with selfless dedication. 
AIWC is recognized in the world over as a premier organization working for empowerment of women. 
AIWC re-established on 16th March,2011 in Kalimpong presently has two projects under their belt -Spreading legal awareness campaigns and their pet project - "Anemia free society" campaigns. AIWC (Akhil Bharatiya Mahila Sammelan) Kalimpong is now eligible to be a full branch and have applied for a full branch status.
Among the others Yuden Pempa Hissey, President two Vice Presidents -Jyotinanda Sinha and Ranu Dewan and two Joint Secretaries Catherine Pradhan Lobo and Mala Rana and the Joint Treasurer Chinlien Saini were also present in the meeting.

Monday, February 13, 2012

शान्ति प्रिय र गणतान्त्रिक आन्दोलन छ्त्र सुब्बाले गर्छ भने टास्क फोर्सले स्वागत गर्ने

शान्ति प्रिय र गणतान्त्रिक आन्दोलन छ्त्र सुब्बाले गर्छ भने टास्क फोर्सले स्वागत गर्ने
डी के वाइबा, कालिमन्युज, कालेबुङ फरवरी; छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनका जङ्गी नेता छत्र सुब्बाले यदि भविष्यमा शान्तिप्रिय एंव गणतान्त्रिक तरिकाले गोर्खाल्याण्डको आन्दोलन गरे त्यसलाई टास्क फोर्सले स्वागत गर्ने भएको छ। आज पत्रकारहरु सितको भेटघाटमा भगोपका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले उक्त कुरा भनेका हुन्। तिनले भने छत्र सुब्बाले अहिले पुन: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँने कुरा अघि आईरहेको छ तर तिनको आन्दोलन कस्तो प्रकारको हुन्छ भन्ने हामीलाई थाह छैन तर, यदि तिनले गणतान्त्रिक एंव शान्तिप्रिय तरिकाले आन्दोलनलाई अघि बडाउँछन् भने त्यसलाई टास्क फोर्सले स्वागत गर्ने छ भनि बताए। 
छत्र सुब्बाले यदि शान्ति एंव गणतान्त्रिक तरिकाले गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन टास्क फोर्समा नै आउन चाहेको खण्डमा पनि टास्क फोर्सले स्वागत गर्ने थप तिनले बताए।

Saturday, January 28, 2012

छत्र सुब्बाको भ्रमण गोर्खाल्याण्ड आन्दोलनको पूर्व तयारी ?

छत्र सुब्बाको भ्रमण गोर्खाल्याण्ड आन्दोलनको पूर्व तयारी ?

डी के वाइबा: कालेबुङ २८ जनवरी; दार्जीलिङ पहाडका जनताहरुले बिगत देखि बर्तमान सम्म गोर्खाल्याण्ड राज्यको सपना सजाएर बाँचेका छन्। तर, त्यो सपना काहिले पुरा होला भन्नेकुरा चाहीँ न त जनतालाई थाह छ न त नेताहरुलाई नै थाह छ। गोर्खाल्याण राज्यको माग गर्दै अनेकौं नेताहरु पहाडमा जन्मिए तर आजसम्म कसैले पनि पार लगाउँन भने सकिरहेको छैन। जसको कारण गोर्खाल्याण्डको मुद्दा आकाशको फल आखाँ तरि मर भन्ने उखान चरितार्थ बनेको छ। घरि घरि गोर्खाल्याण्डको मुद्दामा ठगिएका पहाडका जनता अहिले राजनैतिक नेताहरुको रासलिला हेरिरहेका छन् । बिगतमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) प्रमुख सुवास घिसिङले पहाडमा चलाएको गोर्खाल्याण्ड आन्दोलनमा पहाडका जनताहरु होमिए तर गोर्खाल्याण्ड राज्य भने बनिएन बरु केवल १२ सय मानिसहरु शहिद मात्र बने। घिसिङले सुरु गरेको हिंसात्मक आन्दोलनले १२ सय शहिद बनाएर दागोपाप ल्यायो अनि दागोपापलाई तिनले बाघको बच्चा डमरु भने। जनता डमरु बडेर बाघ हुने आशामा २१ वर्षसम्म बसे तर त्यो डमरु बाघ हुन सकेन अनि सोहि कुरा बुझेर सुवास घिसिङले दागोपापलाई ग्यारेजमा थन्काउँनु पर्छ भन्दै छैटौं अनुसुचिको मुद्दा उठाए। अन्तमा त्यहीं छैटौं अनुसुचिको मुद्दाले तिनी पहाडबाटै बिस्थापित बन्न परे। गोरामुमो प्रमुख सुवास घिसिङ एण्ड कम्पनि पहाडबाट खेदिए पछि गोजमुमोले छुट्टै राज्य गोर्खाल्याण्ड ल्याउँने आशामा सम्पूर्ण पहाड तराई डुवर्सका मानिसहरु सडकमा ओर्लिए तर ४४ महिना पछि मोर्चाले पनि छुट्टै राज्य गोर्खाल्याण्ड नल्याएर जीटीएमा सम्झौता गरेको छ। जीटीए छुट्टै राज्य प्राप्तिको निम्ति पहिलो खुड्किलो रहेको मोर्चा नेताहरुले अगावै दाबी गरिसकेको छ तर राज्य प्राप्तिको पहिलो खुड्किलो भनेर दाबी गरेको जीटीए पनि सम्झौता भएको ६ महिना पुरा गरिसक्दा समेत लागु नभएको कारण अहिले पहाडका मानिसहरुमा दिनोदिन असन्तुष्टि सृजना भईरहेको छ। यसैबिच अनेक राजनैतिक उतार चडावहरुमा पहाडले स्वीजरल्याण्ड बनिने आश्वासन पायो अनि त्यो आश्वासनको पोका कहिले पुरा हुने हुन् भन्ने स्वय आश्वासन दिने मुख्य मन्त्री समेतलाई सायदा थाह छैन।अहिले घरी दार्जीलिङ पहाड न त स्वीजरल्याण्ड बनिन सकेको छ न त गोर्खाहरुका चहाना गोर्खाल्याण्ड नै बनिन सकेको छ। यतिमात्र नभएर १८ जुलाईको दिन सम्झौता भएको जीटीए समेत कार्यन्वय नहुँदा मानिसहरुमा दिनो दिन असन्तुष्टिको भावना जागिरहेको छ। गोरामुमो प्रमुख सुवास घिसिङले २१ वर्षसम्म दागोपापमा राज गरेपछि मानिसहरुमा बडेको असन्तुष्टि गोजमुमोको उदय हुँदा भुकम्प जस्तै बिष्फोट भयो। जसको कारण नेताहरु नै पाहड छोडेर भाग्न परेको थियो। यता गोजमुमोको उदय पछि दार्जीलिङ पहाडका जनताहरुले सजाएको छुट्टै राज्य गोर्खाल्याण्डको सपना पनि ४४ महिनाको आन्दोलन पछि लक भग सेलाएको निश्चित छ। यस्तो अवस्थामा पहाडका जनताहरु अहिलेघरि ४४ महिनाको आन्दोलनले ल्याएको उपलब्धि कार्यन्वय नहुँदा नेताहरुको बिश्वास गुमाउँदै गईरहेको छ। नेताहरुको लहै लहैमा पर्ने जनताहरु गोर्खाल्याण्डको मुद्दामा अझ कतिदिन ठगिन पर्ने हो त्यो कसैले किटान गर्न सक्तैन।

      नेताहरुको आश्वासनको पोका पाएका दार्जीलिङको रुप कहिले वास्तविक फेरिने हुन् भन्न नसकेता पनि अहिले घरि पहाडमा सुवास घिसिङको समय कालका आफुलाई जङ्गी नेताका रुपमा परिचित गराउँने छत्र सुब्बा दिनो दिन समचार पत्रहरुमा चर्चाको बिषय बन्दै गईरहेको छ। घिसिङ हमलाकाण्डको आरोपमा लकभग ११ वर्ष जेल बसेका सुब्बा रेलीको बगरमा गोजमुमो प्रमुख बिमल गुरुङ सित भेट भएपछि दैनिक छापामा आईरहेका छन। हाल तिनी सदभावना कार्यक्रमको बहनामा बिभिन्न स्थानहरुको भ्रमणमा कालेबुङबाट हप्तादिन अघि निस्केका छन्। यसैक्रममा तिनले दार्जीलिङ, खर्साङ, मिरिक, लगायत तराई डुवर्सको भ्रमण गरिरहेका छन् । तिनले बिभिन्न स्थानहरुको भ्रमण अवधी पत्रकारहरुलाई राजनैतिक भ्रमण नरहेको दाबी गरिरहेका छन। यद्यपी सुब्बाको उक्त भ्रमण राजनैतिक हुनसक्ने राजनैतिक सचेतकहरु बताउँछन्। यतिमात्र नभएर खुफिया बिभागले पनि तिनको भ्रमणलाई सदभावना कार्यक्रमको सामान्य भ्रमणको रुपमा लिईरहेका छैनन् । किन भने तिनले बिभिन्न स्थानहरुको भ्रमण समय अवधी कुनै न कुनै राजनैतिका दलका नेताहरुसित भेट गरिरहेका छन्। यस कुराले समेत तिनको भ्रमण राजनैतिक भ्रमण राजकनैति उदेश्य प्रेरित रहेको हुनसक्ने सचेतकहरुको भनाई रहेको छ। एकातिर हाल पहाडमा कुनै पनि ब्यवस्था लागु हुन सकिरहेको छैन भने अर्कोतिर बिगत दिनका गोर्खाल्याण्ड आन्दोलनका लडाकु नेता छत्र सुब्बाको भ्रमण निकै महत्वपूर्ण हुनसक्ने अनुमान गरिएको छ। तिनले जेलबाट मुक्त बनेर घर आईपुगेको समयमा जेलामा बस्दा थाकेको कारण केहिदिन सम्म चुपचाप बस्ने बताएका थिए। फलस्वरुप तिनी निकै लामो समयसम्म मौन समेत बसे। तर तिनको मौनता भने केहि महिना अघि जीटीएको बिरोघबाटै तोडिएको छ। आन्दोलनकालमा नेताहरुलाई थुप्रै अफर आउँने बताउँदै आफुलाई पनि अफर आएको तिनले बताएका थिए। तर आफु मुद्दा प्रति ईमान्दार रहेको कारण कुनै अफर स्वीकार नगरेको सुब्बाले बताउँदै जीटीएले गोर्खाल्याण्डको समस्या पुरा नगर्ने दाबी गरेर आफ्नो मौनता तोडेका थिए। यसै सिलसिलामा पहाडमा नयाँ राजनैतिक दल छत्रसुब्बाको नेतृत्वमा चल्ने हल्ला चल्यो अनि हाल तिनी सदभावना यात्राको बहनामा बिभिन्न स्थानहरुको भ्रमणमा छन। सुब्बाको यो भ्रमण पहाडमा गोर्खाल्याण्ड आन्दोलनको पुन: सुरुआतको सङ्केत पो हो कि भन्ने अहिले चारैतिर कौतुहलता बडेको छ।

Wednesday, January 25, 2012

नयाँ दल गठन गर्नेहरुको कालेबुङमा केहिदिन अघि बैठक

नयाँ दल गठन गर्नेहरुको कालेबुङमा केहिदिन अघि बैठक

डी के वाइबा: कालेबुङ २५ जनवरी;

      दार्जीलिङ पहाडमा केहि महिना अघिदेखि चलेको नयाँ राजनैतिक दल गठन हुने कुराको नक्सा बिस्तारै अघि आँउन थालेको छ। बिशेष सुत्रले दिएको जानकारी अनुसार केहिदिन अघिमात्र उक्त दल गठन गर्ने दौडमा कुदिरहेका मानिसहरुको कालेबुङमा बैठक सम्पन्न भयो। उक्त बैठकमा पूर्व भाजपाका अध्यक्ष दावा शेर्पा, पिपल्स फोरमका महासचिव प्रवीण गुरुङ, युजिआरएफ प्रमुख अजय दहाल लगायत कालेबुङका कातिपय दलका नेताहरुसमेत रहेको सुत्रले बताएको छ। बैठकमा बर्तमान पहाडको राजनैतिक परिस्थितिबारे चर्चा पारिचर्चा अनि नयाँ दल गठनको निम्ति चाल्नु पर्ने सतर्कताबारे कुराकानी भएको सुत्रले बताएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको नारा लिएर जन्मेको राजनैतिक दल गोजमुमोले गोर्खालयाण्डको मुद्दा छोडेर जीटीएमा सम्झौता गरे पछि अहिले घरि पहाडमा गोर्खाल्याण्डको आन्दोलन चर्काउँने ताकमा कातिपय मोर्चा बिरोधी मानिसहरु लागी परेको छ। उनीहरुको समय समयमा बिभिन्न स्थानहरुमा बैठकहरु समेत भईरहेको छ भने यस बैठकको क्रमलाई अहिलेघरि निकै सक्रियता दिएको सुत्रले बताएको छ। गोर्खाल्याण्डको नारा दिएर गठन हुने दल काहिले जनताको अघि आउँनेहुन् भन्ने कुरा स्पष्ट नभएता पनि यसको मोटामोटि स्वरुप तयार भएको सुत्रले जानकारी दिएको छ। सुत्रले दिएको जानकारी अनुसार अहिले पहाडमा नयाँ राजनैतिक दल गठन हुन नदिन कतिपय शक्तिहरु समेत सक्रिय रहेको छ। उक्त शक्रिय रहेको अदृष्य शक्तिहरु सित बाँचन नयाँ राजनैतिक दल गठन गर्ने होडमा कुदिरहेको मानिसहरुलाई समेत कतिपय ठाँउहरुमा असुबिधा सृजना भईरहेको कारण यसको उदय हुने कुराको अन्तिम निष्कर्ष निस्कन सकिरहेको छैन। जसको कारण नयाँ दल गठन गर्ने मानिसहरुले आफ्ना कुराहरुलाई एकदमै गोप्य राख्न खोजिरहेको थाह लागेको छ। बिशेष नयाँ दल गठन गर्ने होडमा जीएलओ प्रमुख छत्र सुब्बाको नाम केहिदिन अघि अघिल्लो पंक्तिमा रहेको थियो। उक्त कुरालाई ध्यानमा राखेर यदि छत्र सुब्बाले पहाडमा राजनीति शुरु गरे बर्तमान समयमा गोजमुमोलाई खत्राहुने निश्चित बनेको कारण तिनलाई मोर्चाको तर्फबाट रिझाउँने प्रयास भएको समेत सुत्रले जनाएको छ। केहि दिन अघि रेलीको बगरमा मोर्चा प्रमुख बिमल गुरुङ अनि छत्र सुब्बाको भेटले नयाँ दल गठनको होडमा कुदिरहेका मानिसहरुलाई ब्याकफुटमा पारेको समेत सुत्रले जानकारी दिएको छ। हुन त उक्त भेटलाई लिएर दुवै नेताहरुले संयोगवस भेट भएको बताएता पनि भेट मोटा मोटी सुनियोजित रहेको सुत्रले दाबी गरेको छ। सुब्बाले पाहाडमा पुन: राजनीति नगरोस भन्ने चाहना मोर्चाका नेताहरुले राखेका कारण तिनालई सुनियोजित तरिकाले रेलीको बगरमा आयोजित कार्यक्रममा निमन्त्रणा दिएको सुत्रले थप दाबी गरेको छ। यता नयाँ राजनैतिक दल गठन गर्ने होडमा कुदिरहेका नेताहरुले यसबारेमा अहिले छत्रसुब्बा र बिमल गुरूङको भेटलाई निकै गहन तरिकाले हेरेको अनि सुब्बालाई दलमा सामेल गराउँन पर्ने हुन् कि होईनन् भनेर समेत बिचार गरिरहेको सुत्रले बताएको छ।