To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Monday, February 13, 2012

शान्ति प्रिय र गणतान्त्रिक आन्दोलन छ्त्र सुब्बाले गर्छ भने टास्क फोर्सले स्वागत गर्ने

शान्ति प्रिय र गणतान्त्रिक आन्दोलन छ्त्र सुब्बाले गर्छ भने टास्क फोर्सले स्वागत गर्ने
डी के वाइबा, कालिमन्युज, कालेबुङ फरवरी; छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनका जङ्गी नेता छत्र सुब्बाले यदि भविष्यमा शान्तिप्रिय एंव गणतान्त्रिक तरिकाले गोर्खाल्याण्डको आन्दोलन गरे त्यसलाई टास्क फोर्सले स्वागत गर्ने भएको छ। आज पत्रकारहरु सितको भेटघाटमा भगोपका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले उक्त कुरा भनेका हुन्। तिनले भने छत्र सुब्बाले अहिले पुन: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँने कुरा अघि आईरहेको छ तर तिनको आन्दोलन कस्तो प्रकारको हुन्छ भन्ने हामीलाई थाह छैन तर, यदि तिनले गणतान्त्रिक एंव शान्तिप्रिय तरिकाले आन्दोलनलाई अघि बडाउँछन् भने त्यसलाई टास्क फोर्सले स्वागत गर्ने छ भनि बताए। 
छत्र सुब्बाले यदि शान्ति एंव गणतान्त्रिक तरिकाले गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन टास्क फोर्समा नै आउन चाहेको खण्डमा पनि टास्क फोर्सले स्वागत गर्ने थप तिनले बताए।