To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, November 12, 2011

गोर्खाल्याण्ड टास्क फोर्सको गठन राष्ट्रिय स्तरमा गरिने आन्दोलनको प्रारुप तयार पारिने...बबितालाई कालेबुङ रत्न...21 जना मोर्चा उम्मेद्वारले बुझाए नामाङ्‌कन...Shifting political sands in foothills

गोर्खाल्याण्ड टास्क फोर्सको गठन
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 नोभेम्बर। भारतीय गोर्खा परिसङ्घले डाकेको सवर्र्दलीय बैठकमा राष्ट्रियस्तरको गोर्खाल्याण्ड आन्दोलन गर्न एउटा टास्क फोर्सको गठन गरिएको छ। भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. एनोस दास प्रधानले एक पत्रकार सम्मेलन डाक्दै बैठकको निचोड स्पष्ट पारे। तिनी अनुसार बैठकमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, अखिल भारतीय गोर्खालीग, युजीआरएफ, कंग्रेस, गोर्खा राष्ट्रिय कंग्रेस, गोर्खा शहीद समिति लगायत अन्य धेरै अराजनैतिक सङ्गठन अनि बुद्धिजीवीहरूको उपस्थिति बैठकमा थियो। सबै प्रतिनिधिहरूले राष्ट्रियस्तरमा छुट्टैराज्यको आन्दोलन कसरी गर्न सकिन्छ भन्ने कुरामा छलफल गरे। उपस्थिति सङ्गठनका प्रतिनिधिहरूले भागोपले नै सबैलाई प्रतिनिधित्व गर्नु पर्ने बताएपछि अब राष्ट्रियस्तरमा हुने आन्दोलनलाई भागोपले नै नेतृत्व गर्ने भएको छ। प्रधानले भने, सर्वसम्मतिमा गोर्खाल्याण्ड टास्क फोर्सको गठन गरिएको छ। यसैको छत्रछायामा रहेर सबै दल, बुद्धिजीवी, संस्थाहरूले दिल्लीमा आन्दोलन गर्ने कार्यरुप तयार पार्ने छ।
तिनले अझ भने,आन्दोलनको रुपरेखा आगामी बैठकहरूले तय गर्ने छ। यति स्पष्ट छ कि अबको आन्दोलन दिल्लीमुखी हुनेछ। भागोपको पक्षबाट यसको निम्ति तयार पारिनु पर्ने दस्तावेजहरूको तयारी गरिसकेको छ। तिनले अब सबै सङ्गठनहरूले राष्ट्रियस्तरमा विभिन्न राजनैतिक दल, सङ्गठन, बुद्धिजीवी, सांसद. विधायक, नेता तथा सहयोगी शक्तिसित सम्पर्क स्थापित गर्ने कार्य शुरू गर्ने पनि जनाए।तिनले भने, भागोपको 22 वटा राज्यमा सङ्गठन रहेको छ। गोर्खा क्षेत्र तथा देशभरिका गोर्खाहरूको संघसंस्था तथा बुद्धिजीवीहरूसित सम्पर्क स्थापित गरिनेछ। टास्क फोर्सले आन्दोलनको कार्यनीति तयार पार्ने छ। सरसल्लाह अनुसार दिसम्बरको शीतकालीन संसदसत्रदेखि नै टास्क फोर्सको आन्दोलन शुरू हुनेछ। टास्क फोर्सले अघिल्ला आन्दोलनहरूको ढङ्ग, कार्यशैली र नीतिको कारण नै आन्दोलन विफल भएको कुरालाई नजिकबाट अनुभूत गरेको बताउँदै ती नै असफलताहरूबाट नै उर्जा टिपेर देशका विभिन्न स्तरमा, उच्चस्थ प्रशासनिक स्तर, नीति निर्धारक, राजनैतिक दलहरू, केन्द्र सरकार तथा सांसदहरूलाई मुद्दाबारे बुझाइने प्रधानले बताए। आजको बैठकमा गोर्खा जनमुक्ति मोर्चा अनुपस्थित थियो।
यसबारे प्रधानले भने, मोर्चाले गोर्खाल्याण्डको मुद्दा ड्रप गरेको छैन भनिरहेको छ। यसो भन्नुको अर्थ मोर्चा गोर्खाल्याण्डको पक्षमा छ। राष्ट्रियस्तरमा देशभरिका गोर्खाहरूको सहभागितामा भइरहेको यो आन्दोलनमा मोर्चाको सहभागिता पनि हुने हामीले आशा गरेका छौं। आर मोक्तानले बताए अनुसार टास्क फोर्सको माग बङ्गालदेखिको मुक्ति हुनेछ। किनभने प्रस्तावित क्षेत्रमा नै छुट्टैराज्य हुनुपर्ने टास्कफोर्सको दाबी हुने छ। भारतभरिका गोर्खाहरूको राजनैतिक सुरक्षासित नै चिह्नारीलाई निश्चित गर्न अहिलेसम्मको प्रस्तावित क्षेत्रमा नै छुट्टै राज्य हुनुपर्ने छ। यसको ऐतिहासिक महत्वबारे पनि फोर्सले दास्तावेज तयार पार्नेछ। बङ्गालको भूमि नरहेकोले अनि यसको ऐतिहासिक पक्ष दह्रिलो भएकोले छुट्टैराज्य यही क्षेत्रमा हुनुपर्ने सम्बन्धमा नै फोर्सले बुजाउने कार्य गर्नेछ।
बबितालाई कालेबुङ रत्न
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 नोभेम्बर। कालेबुङ प्रेस क्लबले बर्सेनी समाजका उच्चस्थ योगदान पुर्‍याउने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई प्रदान गर्ने कालेबुङ रत्न पुस्कार यसपल्ट व्यवसायिक क्षेत्रमा रहेर व्यवसाय मार्फत नै सामाजिक योगदान गर्ने बबिता घतानी धमलालाई प्रदान गर्ने भएको छ। आज एक पत्रकार सम्मेलन डाक्दै प्रेस क्लब कालेबुङका अध्यक्ष अनि प्रेस क्लबको 13 औं स्थापना दिवस कार्यक्रम सञ्चालन समितिका संयोजक जायन लेप्चाले 2011 को कालेबुङ रत्न पुरस्कारको घोषणा गरेका हुन्‌। 19 नोभेम्बरको दिन रामकृष्ण रङ्गमञ्चमा सम्पन्न हुने कार्यक्रममा यो पुरस्कार प्रदान गरिने अध्यक्ष अरुणकुमार रसाइलीले बताएका छन्‌। कालेबुङ प्रेस क्लबले स्थापनाको दशौं स्थापनाको अवसरमा कालेबुङ रत्न पुरस्कारको थालनी गरिएको रसाइलीले बताएका छन्‌। उनी अनुसार पहिले कालेबुङ रत्न पुरस्कार पर्वतारोही मनोज दाहाल, हकी खेलाडी भरत छेत्री अनि वागवानी विशेषज्ञ मिकु फोनिङलाई प्रदान गरिएको थियो। त्यसपछि नाट्यकर्मी ललित गोले अनि सामाजिक कार्यकर्ता सुदेश प्रधानलाई प्रदान गरिएको थियो। रसाइलीले जनाए अनुसार यसवर्षको कालेबुङ रत्न पुरस्कार प्रापक बबिता घतानीलाई एक चॉंदीको स्मृति चिन्ह्, अङ्गवस्त्र अनि प्रशस्ती पत्र प्रदान गरिने भएको छ।
यसै अवसरमा टडलर्स प्रिपेरटोरी स्कूलका संस्थापक स्व.ललिता प्रधानलाई विशिष्ट पुरस्कार अनि दैनन्दिनी च्यानलका भिडियो पत्रकार मनोज राईलाई यसवर्षको एक्सेलेन्सी इन जर्नलिज्म पुरस्कारले विभुषित गरिने भएको छ। संयोजक जाइन लेप्चाले बताए अनुसार ललिता प्रधानलाई अंग्रेजी माध्ययमको विध्यालय स्थापित गरेर शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएको अनि वेरोजगारहरूलाई रोजगार पनि उपलब्ध गर्न कार्य गरेकोमा विशिष्ट पुरस्कारले सम्मानित गरिने भएको बताएका छन्‌। दैनन्दिनी च्यानलका भिडियो पत्रकार मनोज राईले 18 सेप्टेम्बरको दिन आएको भुइँचालोको कारण सर्वस्व गुमाएका 24 नम्बर समष्टीका शंखे अनि मन्दिर गाउँका पीडितहरूलाई प्रशस्त सहयोग पुर्‍याएका थिए। तिनले पीडितहरूको अवस्थाबारे सार्वजनिक गरेपछि उनीहरूको सहयोगको निम्ति कालेबुङ मात्र होइन अन्य क्षेत्रबाट पनि प्रशस्त सहयोग पुर्‍याएका थिए। तिनले गरेको यसै साहसिक पत्रकारिताकको निम्ति तिनलाई एक्सेलेन्सी इन जर्नलिज्म पुरस्कारले सम्मान गर्ने भएको जायन लेप्चाले बताएका छन्‌।
अपर स्यारीमा निजी पुस्तकालय स्थापना
प्रविण खालिंग, कालिमन्युज, गान्तोक, 12 नोभेम्बर: हजारौं बुद्धिजीवी, विद्वान्‌ र साहियहरू बसोबास गर्दै आइरहेको गान्तोकमा धेरै वर्षदेखि एउटा भनेजस्तो पुस्तकालयको कमी अनुभव गर्दै आइँदैछ। लेख्दा र भन्दा कतिको चित्त पनि दुख्दो हो, तर गान्तोकवासीमा अध्ययनको बानी नभएको स्पष्ट छ। वार्षिक रूपमा सिक्किम अकादमीले पुस्तक मेला आयोजन गर्दा एकाध मानिसहरूले मात्र यसको महत्त्व बुझेर यहॉं जान्छन्‌ र मनपरेका पुस्तक खरिद गर्छन्‌। पुस्तक अध्ययनको बानी मानिसका लागि उपयोगी हुन्छ। यसलाई स्वीकार नगरी धर पाइँदैन। यति कुरा बुझ्दा-बुझ्दै पनि मानिसहरूले समयलाई बेफाइदाको काममा खर्च गरिरहेका छन्‌। यद्यपि गान्तोकका एक शिक्षकले पुस्तक अध्ययनको महत्त्वलाई ध्यानमा राखेर आफ्नै खर्चमा पुस्तकालय खोल्ने महत्‌ कार्य गरेका छन्‌। स्यारीस्थित केन्द्रिय विद्यालयको अंग्रेजी विषयका शिक्षक सञ्जीव कुमारले आफ्ना दिवंगत पिताको स्मृतिमा यहॉंको अपर स्यारीमा यो पुस्तकालय खोलेका छन्‌। गणपत राय पुस्तकालयको नाममा खोलिएको यो पुस्तकालयमा हालका दिनमा छर-छिमेक लगायत केही परका मानिसहरू आएर पुस्तक-पत्रिकाहरू पढ़्‌न थालेका छन्‌। शिक्षक सञ्जीव कुमारले यो पुस्तकालय गत तिहारदेखि शुरु गरेका छन्‌।
हाल यो पुस्तकालयमा 1000 जति विभिन्न विषयका पुस्तक छन्‌। टेबल-चौकी मिलाएर राखिएको यहॉं पुस्तकप्रेमीहरू आएर पुस्तक अध्ययनसँगै आफ्ना विचार आदान-प्रदान गर्छन्‌। पुस्तकालयमा सदैव पुस्तक अध्ययन गर्न आउने समीर तामाङ, जेपी मित्रा, केसाङ भोटिया, केएस तामाङले शिक्षक सञ्जीव कुमारको महत्‌ कार्यको खुलेर प्रशंसा गरे। सरले यो पुस्तकालय खोलेर अति नै राम्रो काम गरेका छन्‌। घरमा काम नभएको समय म यहॉं आएर पुस्तक पढ़्‌छु। यहॉं अन्य मानिसहरू आउँछन्‌ र राम्रा-राम्रा कुरा हुन्छ-पुस्तकप्रेई समीर तामाङले भने। आफूले जीवनमा नदेखेका र नपढ़ेका पुस्तकहरू यो पुस्तकालयमा राखिएको जनाउँदै पुस्तक अध्ययनले मानिसहरूलाई सदैव फाइदा पुग्ने तामाङले बताए। 
यसरी नै देवरालीस्थित स्टेट ब्यांक अफ्‌ इण्डिया शाखाका एक अधिकारी जेपी मित्राले शिक्षक कुमारको पहलको प्रशंसा गरे। समय पाउनासाथ म यो पुस्तकालयमा आउँछु र राम्रा-राम्रा पुस्तक अध्ययन गर्छु। मलाई अध्ययन गर्न खूब मन पर्छ-मित्राले भने। उनीसँगै उनकी श्रीमती केसाङ भोटिया पनि पुस्तकालय खोलिएपछि जीवनमा काम लाग्ने पुस्तकहरू अध्ययन गर्ने मौका पाएको बताउँछिन्‌। पुस्तकालय खोलेको लगभग एक महिनाभित्र यहॉं एक हजार जति विभिन्न विषयका पुस्तक एकत्रित भएका छन्‌। पुस्तकालयलाई पुस्तक दान गर्न चाहने कुनै पनि दाता अघि आउन सछन्‌।
गान्तोकमा पुस्तकालयको कमीको अनुभव गरेर मैले आफ्ना दिवंगत पिताको स्मृतिमा यो पुस्तकालय खोलेको हुँ। यहॉं जोकोही पनि आएर नि:शुल्क रूपमा पुस्तक पढ़्‌न सनेछन्‌। आगामी दिनमा अझै धेरै पुस्तक ल्याएर राख्ने मेरो योजना छ-कुमारले भने। उनी र उनकी श्रीमती दुवै शिक्षक-शिक्षिका भएका कारण यो पुस्तकालयको देखरेख गर्न उनीहरूले दुईजना कर्मचारी पनि राखेका छन्‌। मासिक आठ हजार रुपियॉंको भाड़ामा उनले दुईवटा कोठा लिएका छन्‌, जसमा एउटा कोठामा पुस्तकालय र अर्को कोठामा चिया-खानाको दोकान लगाएका छन्‌। पुस्तकालयमा पुस्तक अध्ययन गर्न आउने पुस्तकप्रेमीले सुलभ मूल्यमा चियाको चुस्की लिँदै पुस्तक अध्ययन गर्न सन्‌ व्यवस्था रहेको छ।
21 जना मोर्चा उम्मेद्वारले बुझाए नामाङ्‌कन
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 नोभेम्बर। आगामी 11 दिसम्बरमा दार्जीलिङ पहाडमा हुने नगरपालिका चुनाउलाई लिएर केवल गोर्खा जनमुक्ति मोर्चा मात्र अहिले धेर सक्रिय देखिएको छ। नगरपालिका चुनाउलाई लिएर अझसम्म विपक्ष दलहरूको अस्पष्ट अडान अनि क्रामाकपाको चुनाउ नलड्‌ने निर्णयले अहिले मोर्चाले क्लिन चिट पाएको अनुभव गर्दैछ। विपक्षहरूको अझसम्मको अस्पष्ट अडानले मोर्चालाई चुनाउमा धैरभन्दा धेर फाइदा पुग्नसक्ने देखिएको छ।
नगरपालिका चुनाउलाई लिएर मोर्चाको सक्रियताले मात्र पहाडमा अहिले चुनावी गर्मी बढको अनुभव हुँदैछ। राष्ट्रिय दलहरूको कुरा गर्न पर्दा न त पहाडमा अहिले माकपाको त्यस्तो पकड छ न त कंग्रेसको नै, अन्य राष्टिय दलहरूको त झनै कुरै आउँदैन। एकसमय पहाडको सर्वेसर्वा रहेको दल गोरामुमो प्राय अस्तित्वबिहिन छ। क्रामाकपाले त झनै विधानसभा चुनाउ त लडेन नगरपालिका त झनै के लड्‌थ्यो र अघिबाटै नड्‌ने घोषणा गरिसेको छ। गोर्खालीगले 14 नोभेम्बरमा मात्र निर्णय गर्ने बताएपछि यसपल्टको चुनाउमा मोर्चाको निर्विरोध जीतलाई कसैले रोक्न नसक्ने स्पष्ट छ। कालेबुङमा पनि अहिलेसम्म न त स्वतन्त्र उम्मेद्वारले नै नामाङ्‌कन पत्र बुझाएको छ नत अन्य कुनै अन्य दलहरूले नै।
यसको अर्थ यसपल्टको नगरपालिका चुनाउ मोर्चाको निम्ति औपचारिकता जस्तो मात्र देखिएको छ।
औपचारिकता नै पूरा गर्न भएपनि अन्य विपक्ष दल अनि स्वतन्त्र उम्मेद्वारले भन्दा अघि नै कालेबुङ नगरपालिकाका मोर्चा उम्मेद्वारहरूले सर्वप्रथम आज नमाङ्‌कन पत्र भरेर बुझाए। मोर्चा अध्यक्ष विमल गुरूङले कालेबङ नगरपालिका समष्टिका उम्मेद्वारहरूको नाम शुक्रबार सार्वजनिक गर्ने बित्तिकै आज 21 जना मोर्चा उमेद्दारहरूले नामाङ्‌कन पत्र भरेर बुझाए। वार्ड नम्बर 9 का सोमा सुब्बा अनि 22 नम्बर वार्डका एलबी परियारले आज नामाङ्‌कन पत्र बुझाएनन्‌।
यी दुइ उम्मेद्वारले सोमबार नामाङ्‌कन पत्र बुझाउने भएको छ। 9 अनि 22 नम्बरका दुइ उम्मेद्वारबाहेर अन्य 21 जना उम्मेद्वारहरूले भने आज नै नामाङ्‌कन पत्र बुझाए।
Shifting political sands in foothills
Rajes Lakra
Rajesh Lakra(left) with John Barla (centre)
Madhuparna Das, IE, Nov 13, 2011, Kolkata: The Terai-Dooars Adivasi Vikash Parishad (TDAVP), which had allied with Gorkha Janmukti Morcha (GJM) during the Assembly election held earlier this year, has severed its ties with the GJM citing the latter’s attempt to include 400 mouzas of Terai and Dooars into the Gorkhaland Territorial Administration (GTA).
Now, the outfit is planning to mobilise a strong anti-GJM campaign in the Terai and Dooars region. The breaking away of the two allies comes close to the heels of the GJM roping in another faction of tribals in the area led by Jhon Burla.
Rajesh Lakra of TDAVP acknowledged the rift between the two election allies. “We are now no way linked with GJM, and we will not support those tribal leaders who will sell our land to the GJM. During election we had an alliance with GJM. But now, we are clear about the intention of GJM and how they want to capture our land,” Lakra said.
Making his reservation to GJM’s growing affinity with the John Barla-led faction of Adivasi Vikash Parishad clear, Lakra said: “In the agreement with Jhon Barla, GJM has mentioned that it would consider the possibility of forming an Adivasi Territorial Administration (ATA) on the lines of GTA after 400 mouzas of Terai and Dooars is included in GTA. We are sure that after the land will go to them, they will never give us autonomy. And at present, GJM leaders are trying to lure Adivasi leaders and youths.”
In making his intention clear that he and his outfit would take on the GJM head on, Lakra has booked the same venue at Nagrakata in Jalpaiguri where the GJM and Jhon Barla faction of Adivasi Vikash Parishad were supposed to hold a joint rally on November 15.
“We had information that the GJM and John Barla faction are going to hold a joint rally at Nagrakata on November 15. But on that day we celebrate the birth anniversary of our leader Birsa Munda. So, we have booked the ground and tribal population will celebrate the day by organising cultural events,” added Lakra.
Barla denied to comment on the issue. “We have decided to hold a joint meeting at Nagrakata. But the meeting has been cancelled for some reasons. I will not say anything on this.”
However Barla’s associate Tejkumar Toppo, said that they had to cancel the meeting after “the ground was taken over by another group”. “It is a politically motivated act,” Toppo said.
At present, Barla and five other senior leaders of Adivasi Vikash Parishad have been issued showcause notices by the outfit for signing an agreement with the GJM.
Lakra,who was a senior leader of Akhil Bharatiya Adivasi Vikash Parishad quit the party in 2010 over the Gorkhaland issue. While his outfit was against the GJM’s demand of inclusion of Dooars area in the Gorkhaland map, Lakra differed from his party’s position. So when he decided to contest from Nagrakata, the GJM came forward to help him. He bagged 20,778 votes and came last. The seat was won by Joseph Munda of the Congress.
After Barla joined hands with the GJM, Lakra’s outfit TDAVP held a protest rally in the Dooars on November 10. Now, it is also planning to hold village-level camps across Dooars to “free a section of the adivasi youths who have succumbed to the GJM clutch”.
“GJM activists have been luring youths from different parts of Dooars with false assurances. By holding camps at every village/tea garden, we would try and let them know the sinister design of the GJM and the negative consequences of supporting it,” said Lakra.

No comments:

Post a Comment