To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Monday, December 12, 2011

Bollywood sheen for hill fest.....School shut for wedding - Glare on headmaster for ‘illegal’ act....आन्दोलन के को निम्ति छुट्टै राज्यको की जीटीएको?..... पहाडको फरेष्ट बङ्गलोहरू जलाएको रिस्‌मा केफेरको हेङ्गिङ ब्रिज बन्द.....मेरो टोपी गोर्खाहरूको अनुहार सुधार्ने टोपी भएको छ-डा. छेत्री

Bollywood sheen for hill fest
VIVEK CHHETRI, TT, Darjeeling, Dec. 12: Bollywood stars will add a shine to the Darjeeling festival, the organisers have promised.
The 15-day Darjeeling Tea and Tourism Festival will start on December 20.
“We are in touch with a number of Bollywood personalities, from those who hogged the limelight in the 70s to contemporary artists. Although we are not announcing the names immediately, we can promise you that celebrities will be in town for the event,” said Uday Mani Pradhan, the general secretary of the festival committee.
The names that are being talked about include Sharmila Tagore, Zeenat Aman, Helen and Rakhee Gulzar. Mahima Chowdhury, who studied in the hills, and singer Hariharan are also believed to have been approached by the organisers.
The singer is likely to perform for around 45 minutes when the curtain falls on the festivity on January 5.
Sources said at least four celebrities were expected to grace the festival.
“The organisers will announce the names once they tied up with the actors,” said a source.
The festival, however, will not just be about celebrities.
“It will revive memories of Darjeeling down the ages. Darjeeling’s stars will be recognised and its potential will be showcased at the event,” said Raju Pradhan, the working president of the committee.
A carnival parade, montages on movies shot in Darjeeling, eastern and western music shows, archery competition, paragliding, canoeing, kayaking, skating, book fairs, exhibition on Gorkha regiment and many more have been lined up for the festival.
“The programmes will be held in all four towns in the hills — Darjeeling, Kurseong, Kalimpong and Mirik. This is as part of our bid to take the festival across the hills,” said Darjeeling district magistrate Saumitra Mohan.
The festival committee has plans to felicitate footballers Bhaichung Bhutia and Sunil Chhetri and actor Danny Denzongpa among others on the penultimate day of the event. All the major events that will fall during the festival will also be celebrated on a grand scale.
“There will be carol singing in the run up to Christmas and a grand New Year’s Eve celebration in Darjeeling,” said Pradhan.

School shut for wedding - Glare on headmaster for ‘illegal’ act
TT, Raiganj, Dec. 12: A government primary school here was shut today as the campus was being used for a wedding since last night. The education authority said it was illegal to allow “personal social programmes” to be held on the school campus.
Headmaster Sunil Jha said he had sought prior approval from the North Dinajpur district primary authority for allowing the wedding on the school grounds — a claim that has been rejected by the assistant inspector of schools.
Jha also said the wedding had taken place on the campus on a Sunday, when the school is anyway shut and he didn’t know why students did not come to school today.
The bride’s family, however, said they had permission to use the classrooms and the campus today too. Guardians of the school students said the headmaster had announced a holiday today.
The AI, Supriya Chakraborty, inspected Charubala Primary School this afternoon, when the wedding guests were yet to leave. None of the 80 students were on the campus but all three teachers and Jha were present.
“The headmaster will be showcaused. He has to explain within seven days why no action should be taken against him. No approval was taken from the primary education authority before allowing the school grounds to be used for a wedding. No approval can be expected as it is against government norms. The grounds or the buildings of a government or government aided school cannot be used for personal social programmes,” said Chakraborty.
When The Telegraph visited the school in the afternoon, the decorated gate had not been taken off and the campus was strewn with cigarette butts and plastic bottles. Bedrolls were lying across all four classrooms. A soundbox was fitted to a pick-up van that would accompany the married couple. The decorated car that was supposed to take the newly weds to the groom’s house was parked on the grounds.
Ramu Basak, who lives close to the school, admitted that he had held the wedding party of his daughter on the school premises last night.
“There is an acute shortage of space in my house. It was not possible for me to get a rented house to organise the wedding ceremony. So I approached the headmaster. Under his advice, I submitted a written application to him to allow me to use the school premises,” Basak said.
He said the premises would be cleaned before handing it over to the school authorities in the evening.
The headmaster said he had forwarded Basak’s application to the sub-inspector of schools and did not think there would be any problem if the premises were used for the wedding on a Sunday.
“But I am not sure why the students did not turn up today,” he said. Jha also could not produce any letter of approval from the sub-inspector of schools.
“He could not have received any approval from the sub-inspector of schools because he is on leave. I am in charge now. The letter seeking permission would have come to me,” Chakraborty said. She said a detailed report would be sent to the higher authorities.
Shyamali Chowdhury said she had not sent her son to school today as the headmaster had announced a holiday. “My son studies in Class II. He said the headmaster had told them not to come to school today,” Chowdhury said.
आन्दोलन के को निम्ति छुट्टै राज्यको की जीटीएको?
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 12 दिसम्बर। गोर्खा जनमुक्ति मोर्चा जीटीएको निम्ति बार्गेनिङमा लागेपनि मोर्चा कै भातृ सङ्गठन युवा मोर्चा भने छुट्टै राज्यको आन्दोलनमा लागेको छ। आलोचकहरूले मोर्चाले युवा मोर्चालाई केवल जीटीएको निम्ति प्रयोग गरिरहेको आरोप लगाएका छन। आलोचकहरु अनुसार जीटीए शीघ्र नै गठन गर्ने चाप दिनको निम्ति नै युवा मोर्चालाई गोर्खाल्याण्ड भन्न लगाइएको हो। गोर्खाल्याण्डको गलत प्रयोग भइरहेको मात्र होइन मोर्चाले गोर्खाल्याण्डको नारा भात खाने व्यवस्थाको निम्ति दुरुपयोग गरिरहेको बताइरहेको छ।
यता युवा मोर्चाले बङ्गाल हाम्रो चिहान हो भन्ने नारा लगाउने वित्तिकै विधायक त्रिलोक देवानले मार्च र अप्रेल महिनाबीच जीटीए गठन हुने सम्भावना व्यक्त गरेका छन्‌। आजदेखि बङ्गाल विधानसभा शीतकालीन सत्र शुरू भइरहेको छ। सत्रभरि नै सरकारको पक्षबाट बहस गर्ने 15 जनाको विधानसभाको टोली बनाइएको छ, जसमा एकजना कालेबुङका विधायक डा.हर्कबहादुर छेत्री पनि हुन्‌। डा. छेत्रीले सत्रभरि नै जीटीएको कुरा उठने नउठ्‌ने नबताए पनि विकासका मुद्दाबारे निश्चय नै चर्चा गरिने लाभाको एक कार्यक्रममा बताएका छन्‌। सम्भवत, विधानसभामा गोर्खा जनमुक्ति मोर्चाको युवा सङ्गठनले गर्ने गोर्खाल्याण्डको आन्दोलन विधानसभा सत्रलाई नै केन्द्रित गरेर गरिएको हो। दार्जीलिङका विधायकहरूलाई पहाडको वर्तमान अवस्था देखाएर जीटीए गठनमा शीघ्रता अप्नाउनुपर्ने विषयमा युवा मोर्चाको आन्दोलनले सहयोग गर्ने छ।
विधानसभामा विकासको कुरा उठ्‌ने भएकोले पहाडको विकास जीटीएबाट नै गरिनुपर्ने सम्झौता भइसकेको तर यसको गठनमा ढिलाई भइरहेको कुरा उठाइने छ। मोर्चाले दाबी गरेको छ, जीटीएबाट नै पहाडको सर्वाङ्गिन विकास हुनेछ। मोर्चा अध्यक्ष विमल गुरूङले मायावतीले उत्तरप्रदेशलाई चारभागमा विभाजन गर्ने कुरा गरेपछि चारैतिर छुट्टै राज्यपन्थीहरूले आवाज तीब्र भयो। त्यहीबेला मोर्चा भने छुट्टै राज्य होइन जीटीएमा नै बसेको विमल गुरूङले बताएका थिए। तिनले पहाडको विकास पहिले अनि छुट्टैराज्य पछि भनेर छुट्टै राज्यको मुद्दालाई सेकेण्डरी बताएका थिए। मोर्चाले गर्न नसकेको त्यही सेकेण्डरी छुट्टै राज्यको आन्दोलन भातृ सङ्गठनले गर्ने भएको छ। युवा मोर्चाको आन्दोलन नै विमल गुरूङ कै बयानले शंकास्पद बनाएको छ। मोर्चा शीघ्र नै जीटीए गठन चहान्छ। सम्झौताको 6 महिनापछि मात्र जीटीए गठन गरिने सम्झौता भएको थियो। 6 महिनासम्ममा हाइपावर कमिटीले तराई र डुवर्सका सीमाङ्‌कनको कुरा छिनाफाना गर्ने अनि त्यसै समय जीटीएको चुनाउ हुने कुरा थियो। तर विमल गुरूङले नै आलोचना बडाएपछि जबसम्म तराई र डुवर्सको दाबी 199 अनि 196 मौजाहरू जीटीएमा पस्दैन तबसम्म जीटीएको चुनाउ नै नहुने बताएर जीटीएको गठन हुन विलम्ब हुने स्थिति उपार्जन गरेका थिए।
विमल गुरूङको वचन पनि खेर नजाने अनि जीटीए पनि गठन हुने जुक्ति खोज्दै मोर्चाले जोन बारलालाई मनाएर जीटीए होइन जीएटीए गठन हुने नयॉं बाटो खोलिएको थियो। तर जीटीए होइन जीएटीए भनिएकोले जीटीएको गठन अझ विलम्ब हुने निश्चित भएपछि अहिले जोन बारलालाई पहिले जीटीए नै गठन गर्ने अनि त्यसपछि मात्र जीटीए सभाले जीटीएको नाम फेरेर जीएटीए बनाउने कुरामा सहमति गराएपछि मोर्चालाई जीटीए गठनमा अब कुनै अडचन छैन। तरै पनि राज्य सरकारले जीटीएको गठनमा कुनै चासो नदेखाएपछि युवा मोर्चालाई छुट्टै राज्यको आन्दोलनमा उतारिएको छ। यता आविपसितको सम्झौता तराई र डुवर्सलाई छोड्‌नको निम्ति नै गरिएको आरोप मोर्चालाई लागेको छ।
यसमा भागोपले धेरै चासो देखाउँदै त्यसको विरोध गरिरहेको छ। जीटीएमा तराई र डुवर्सको गोर्खा बाहुल क्षेत्रको अन्तरभुक्ति छुट्टै राज्यको दाबीको मार्गमा अवरोध खडा गर्ने सरकारी चाल रहेको भागोपले बताइरहेको छ। भागोपले प्रस्तावित भूभाग बङ्गालको होइन, यसकारण प्रस्तावित क्षेत्रको मानचित्रबाट तराई र डुवर्स बाहिरिनु हुँदैन भनिरहेकोले आविपसित सम्झौता गर्दै जीटीए गठन गर्ने परिस्थिति मोर्चालाई आएको आलोचकहरूले बताइरहेका छन। तर पहिले जीटीए गठन हुन्छ अनि पछि त्यसको नाम जीएटीए बनाउँछ भनेर गरिएको घोषणाले भने अन्योलता पक्रिएको छ। तरै पनि मोर्चाले जे जति पनि गरिरहेको छ जीटीए शीघ्र गठन गर्नको निम्ति नै गरिरहेको छ। तर युवा मोर्चाको छुट्टै राज्यको आन्दोलनले जनताको भावानात्मकतालाई बहकाई दिएमा त्यसपछि मोर्चाले हठात जीटीए थाप्नु कति गद्दारीपूर्ण देखिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्न। कतै युवा शक्तिलाई आन्दोलनमा भिडाएर उनीहरूलाई पक्राउ गराउने र पछि युवा शक्तिबाट हुने विरोधलाई नियन्त्रित गर्ने चलखेल त भइरहेको छैन भन्ने पक्षमा पनि धेरै युवाहरूले हेर्न थालेका छन्‌।
पहाडको फरेष्ट बङ्गलोहरू जलाएको रिस्‌मा केफेरको हेङ्गिङ ब्रिज बन्द
कालिमन्युज, कालेबुङ, 12 दिसम्बर। सिप्सु गोलिकाण्डमा मान्छे पनि आफ्नै मर्नु अनि रिसले पहाडको आफ्नै सम्पत्तिहरू जलाउनु भनेको रिस खा आफू वुद्धि खा अर्का भने जस्तै हो। यो उखान अहिले चरितार्थ बनेको छ। सिप्सु काण्डको रिसले पहाडको फरेष्ट बङ्लोहरू जलाएर न त सिब्सु काण्डको न्यायिक जॉंच नै भयो न त जलाइएको फरेष्ट बङ्गलोहरू नै फेरि बनियो, बरू अहिले त्यसको फल भुक्तभोगीहरूले भोग्न परिरहेको छ। भोग्नपरेको पीर भुक्तभोगीहरूलाई नै राम्ररी थाहा छ। कालेबुङ नगरदेखि लगभग 30 किलोमिटर टाडामा अवस्थित कफेर लोलेगाउँमा बन विभागभित्र भएको पर्यटकीय स्थलहरूमध्ये एक हो कफेरको हेङ्गिङ ब्रिज, दर्पण छायॉंको सुटिङ भएको ब्रिज।
एकरूखदेखि अर्को रूखहरूलाई जोडेर बनाइएको हेङ्गिङ ब्रिज हेर्नमात्र पनि कैयौं देशी तथा विदेशी पर्यटकहरू कफेर आउने गर्थे। तर यो ब्रिज यसैवर्षको जनवरी महिनादेखि नै बन्द अवस्थामा रहेको छ। काठहरू मक्किएकोले दुर्घटनाको सम्भावनाहरू देखा पर्नथालेपछि बन्द भएको यस हेङ्गिङ ब्रिज फेरि खोलिने तर्खरमा छैन, बरू सँधैको निम्ति बन्द हुने सम्भावना भने बढेर गएको छ। क्षेत्रबासीहरूको भनाइअनुसार कफेरमा सिप्सु काण्डको कारण धरै बन विभागको सम्पत्तिहरू नष्ट गरेकोले नै बन विभाग हेङ्गिङ ब्रिजलाई लिएर मौन रहेको छ। स्मरण गराइन्छ, सिप्सु काण्डलाई लिएर कफेरमा एउटा भीआईपी गेस्ट हाउस, एउटा पुरानो बङ्गला, 10 वटा कटेज, अन्य चारवटा पर्यटकहरू बस्ने कोठाहरू जलाइएको थियो। जुन कुरा आजसम्म पनि वन विभागले भुल्न सकेको छैन। क्षेत्रबासी पूर्णबहादुर गुरूङको भनाइअनुसार गाउँलेहरूले पर्यटकीय हेङ्गिङ ब्रिजलाई सुचारू गर्न धेरै आग्रह गरिसकेको भएपनि बन विभागले सोही जलाइएको घटनाहरू देखाउने गर्छ। पहिले फरेष्ट कमिटीसँग मिलेर गाउँलेहरूले नै यस हेङ्गिङ ब्रिज चलाउने गर्थ्यो भने प्रत्येक पर्यटकबाट 15 रूपिँया संग्रह गरिन्थ्यो। पर्यटकहरूबाट संग्रह गरिएको राजस्व गाउँलेहरूसँगै बन विभागले पनि लिने गर्थ्यो। स-साना मरम्मतिको काम गाउँलेहरूले गर्ने भएपनि ठूला मरम्मतिहरू बन विभागले गर्ने गरेको क्षेत्रबासी पूर्णबहादुर गुरूङ बताउँछन्‌। तिनी अनुसार अहिले बन विभागले हेङ्गिङ ब्रिज गाउँलेहरूलाई पनि चलाउन दिँदैन अनि आफै पनि चलाउन चॉंहदैन।
वन विभागको सम्पत्तिहरूलाई यहॉंकै मानिसहरूले जलाएर स्वाह पारेकोले फेरि बन विभागले क्षेत्रवासीकै हीतको कार्य गर्न नचाहेको उनीहरू बताउँछन्‌। कफेरमा घुम्न आउने पर्यटकहरूले अहिले हेङ्गिङ ब्रिज बन्द भएकोले उदासीनता अनुभव गर्ने गरेको पनि क्षेत्रबासीहरू बताउँछन्‌। पहाडमा वन विभागभित्र नै पर्यटक भित्राउने थुप्रै सम्भावनाहरू रहेकोले बन विभागको यस्तो उदासीनताले पहाडमा पर्यटकहरू धेरै भित्रिने सम्भावनाहरू कमै रहेको देखिन्छ त्यसै पनि जीटीएभित्र पनि वन विभाग नपस्ने भएपछि त झनै पर्यटकीय अवस्थालाई पहाडमा विकसित गर्नु झनै कठिन देखिएको छ। कफेरमा पर्यटकहरू भित्राउने थुप्रै सम्भावनाहरू हुँदाहुँदै पनि विभागीय उदासीनताको कारण पर्यटकीय क्षेत्र फैलन सकेको छैन। यति मात्र होइन कफेर लोलेगाउँदेखि तीन किलोमिटर टाडामा रहेको झण्डी डॉंडाबाट सुर्योदय अनि सुर्यास्त हेर्न कैयौं देशी तथा विदेशी पर्यटकहरू आउने गर्छन्‌। तर लाभादेखि केफरसम्म आउने 24 किलोमिटर बाटोको अवस्था सोंचनीय छ।
भएका पर्यटकीय स्थलहरूको मरमत्ति भएको छैन। एक सिजनमा अझपनि 800 देखि 1200 पर्यटकहरू कफेर घुम्न आउने गर्छन्‌। 7 वर्षअघि वन विभागले क्षेत्रबासीहरूको निम्ति पर्यटकीय दृष्टिकोणले आर्थिक आधार निर्माण होस्‌ भन्ने धेयले निर्माण गरिदिएको हेङ्गिङ ब्रिज फरि सुचारू गर्न विन विभागले उदासीनता देखाइरहेको छ। यसैले सिप्सु घटनाको कारण पहाडबासीले आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको कारणले चोट आफैलाई लागेको अहिले स्पष्ट देखिएको छ।
मेरो टोपी गोर्खाहरूको अनुहार सुधार्ने टोपी भएको छ-डा. छेत्री
मनोज बोगटी, कालिमन्युज, कालेबुङ,12 दिसम्बर। एसेम्ब्लीमा मेरो टोपी फेमस भएको छ, तिनी आफूले लगाएको कालो टोपीलाई देखाएर यसै भनिरहेका थिए। तिनले भने, एसेम्ब्लीमा धेरै बोलिरहने भएकोले सबैले बोलिबस्ने विधायक भनेर मलाई भन्छन्‌ अनि अरुलाई पनि चिनाउँदै 'टोपीवाला' विधायक भन्छन्‌। 
मेरो कालो टोपी मेरो परिचय भएको छ, लाभाका तिनको कुरा सुन्दै मनोरञ्जन लिइरहेका लाभाका मानिसहरूलाई कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले सुनाएका सम्वाद हुन्‌ यी। श्रेणीकोठा उद्घाटन गर्न आइपुगेका विधायकले आफू साह्रै व्यस्त रहेको सुनाइरहेका थिए, यहॉं आउनको निम्ति हतारसाथ ट्रेनमा चढेँ।अब यो कार्यक्रम सकेर फेरि ट्रेनमा चढ्‌नुपर्छ। भोलिदेखि विधानसभा सत्र शुरू भइरहेको छ अनि सरकारको पक्षमा बहस गर्न 15 जनाको टोली बनाइएको छ। त्यो टोलीमा तपाईँहरूको यो विधायक पनि परेको छ है। तिनी के भन्न चहान्थे भने म लरतरो विधायक होइन। किन भने तिनले भने, म विधायक मात्र होइन एडमिनिष्ट्रेशन बोर्डमा पनि छु। कालो टोपी लगाउने तिनलाई सरकारको पक्षमा बहस गर्नेहरूमध्ये एकजना छान्नु लरतरो कुरा होइन, तिनी भन्न चहान्थे। तिनले भने, लाभाको कुरा म विधानसभामा राख्नेछु। मेरो कुरा सुन्छ।
यही टोपी दरवानले लगाउने भनेर चिनिन्छ, यही टोपी अहिले गोर्खाहरूको अनुहार सुधार्ने टोपी भएको छ। यद्धपि तिनले अझ भने, आधा वर्षको केवल तीस लाख रुपियॉं यो विधायकको पैसा आउँछ, त्यसलाई महकुमाभरि लगाउनुपर्छ। म धेरै त गर्न सक्दिन होला तर एउटा श्रेणीकोठा भने थपिदिन्छु। तिनले भोटको बेला आएको देखि कहिल्यै लाभा नगएकोले जनताले तिनलाई कानैचिरेको जोगी सम्झिसकेको हुनसक्ने बताउँदै भने, म त अर्कैखाले जोगी हूँ। यो जोगीले अर्कै पाराले फेरी लगाउँछ। तिनले लाभा बजारको बाटो बनाइदिने भएका छन्‌।
यो बाटोमा हिँड्‌दा अफगानिस्तान गएको जस्तो अनुभव हुन्छ, यो बाटो बनाइनेछ -भने तिनले। तिनले लाभालाई सबैभन्दा धेर प्राथमिकता पर्यटनको निम्ति दिए। तर तिनले भने, मलाई समस्या देखाएर हुँदैन। सबै कुरा लिखित हुनुपर्छ। यसकारण मलाई ज्ञापन चढाउनुहोस्‌, त्यो म विधानसभामा राख्न सकौं। लाभामा हेल्थ सेन्टर बनाइनुपर्ने विषयमा तोपदेन भोटियाले चढाएको ज्ञापनबारे बोल्दै तिनले भने, मुख्यमन्त्री हेल्थ डिपार्टमेन्टमा नै छन्‌। उनलाई कुरा राख्नेछु। उनीहरूलाई सर्काएमा काम गर्छ। बङ्गालीहरू पनि सर्काउँदा गजबले सर्किन्छन्‌। जति सर्काउन सक्यो उति काम बन्छ। मुख्यमन्त्री ममता व्यानर्जीलाई पनि सर्काउनुपर्छ। फुर्काएर टुप्पोमा पुर्‍याउनुपर्छ। यसरी फुर्काएर नै एसेम्ब्लीको मेन्सन आवरमा म लाभा प्राथमिक पाठशालाको कुरा उठाउने छु। तिनले धेरैवटा आश्वासन दिँदा दिँदै भने, नेउरा फरेस्टको जिल्ला कार्यालय जलपाइगुढीमा होइन दार्जीलिङमा हुनुपर्ने माग उठाउनेछु। तिनले आफ्नो प्रयासमा नै विजुली विभागको स्टोर कार्यालय सिलगढीबाट अब कालेबुङमा सारिने बताए। तिनले दार्जीलिङ र जलपाइगुढीको वाइल्ड लाइफ पनि छुट्याउनुपर्ने बताए। यसै दिन तिनले लाभा उच्च विद्यालयको अतिरिक्त श्रेणी कक्षाको उद्घाटन गरे। कार्यक्रममा विद्यालय, लाभा प्राथमिक पाठशाला अनि रेनवो अंग्रेजी स्कूलका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमलाई फोनुर शेर्पाले अध्यक्षता गरेका थिए।

मनि तामङ, कालिमन्युज,कालेबुङ ,१२दिसम्बर: कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीले लाभा उच्च बिधालयको थप श्रेणीकोठाको उद्धघाटन गरेका छन्|एसिआरको आथिर्क सहयोगमा एसएसएम सेलद्ररा लाभा उच्च बिधालयको अतिरिक्त श्रेणीकोठा निमार्ण गरिएको थियो,जसको एक बिशेष कार्यक्रमबिच उद्धघाटन गरियो|बिधायक छेत्री यसअवसरमा मुख्यअथिती थिए भने बिधालय संचालन समितीका अध्यक्ष फोर्नुर सेर्पाले कार्यक्रमलाई अध्यक्षता गरेका थिए|यसैबिच लाभा उच्च बिधालय,लाभा प्राथमिक पाठशाला,अनि रेनबो ङ्गलिश स्कुलका बिधार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए|लाभा जनता भवनमा सम्पन्न कार्यक्रमा बोल्दै डा हर्क बहादुर छेत्रीले लाभा चर्चित पर्यटन स्थल रहेको अनि यसको सुन्दरीकरण अनिवार्य रहेको बताए|लाभामा बढिरहेको जनसंख्याको कारण आवश्यक्ता पनि बढिरहेको बताँउदै डा छेत्रीले लाभामा एउटा हेल्थसेन्टर बनाइदिने वचन दिए|सोहीबिच लाभा युवामोर्चा जोनका सचिव तोपदेन भाटियाले लाभा सुन्दरीकरणको निम्ति सेर्पाभ्युपोइन्टदेखी नेचरल इनटरपिटिशन सेन्टरसम्म रोपवे बनाउनुपर्ने,अस्पताल हुनुपर्ने सम्बन्धमा बिधायक छेत्रीलाई ज्यापन पनि चडाएका छन्|छेत्रीले अझ थप कक्षाकोठा निमार्ण गरिदिने आश्वाशन दिएका छन्|बिधालयकी शह शिक्षिका केजो भोटियाले संचालन गरेको कार्यक्रममा लाभा गुम्बाका आपा लामा,बिधालय संचालन समितीका प्रतिनिधि,ब्यापारी संगठन,चालक संगठन,लगायत स्थानिय मानिसहरुको उपस्थिति रहेको थियो|

No comments:

Post a Comment