To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Sunday, December 11, 2011

State cry amid ballot challenge - Rallies for Gorkhaland in Darjeeling, Kalimpong.....Workshop on Journalism held.....विमल गुरूङ आफ्नै पार्टीबाट असुरक्षित छन्‌-पिपल्स फोरम....पहाडमा फेरि गुञ्जियो गोर्खाल्याण्डको आवाज ....जीटीएको बार्गेनिङको रुपमा युवा मोर्चाको आन्दोलन? ....आजदेखि जलपाइगुढी न्यायलयमा सीके प्रधान हत्याकाण्डको मुद्दा शुरू

State cry amid ballot challenge - Rallies for Gorkhaland in Darjeeling, Kalimpong
VIVEK CHHETRI, TT, Darjeeling, Dec. 11: The Gorkha Janmukti Yuwa Morcha today renewed the agitation for Gorkhaland with processions and public meetings in Darjeeling and Kalimpong.

The youth wing of the Gorkha Janmukti Morcha conducted the programmes on a day voting was held in five wards of Mirik municipality to decide the party’s fate.
The procession in Darjeeling started from near the railway station and after criss-crossing the town, ended at Chowk Bazar where the meeting was held.
“We had started the agitation in 2007 to bring about a change in the hills and to achieve Gorkhaland. The party (Morcha) was successful in bringing about a change (in the political scene) of the hills and we will not stop the agitation till we achieve Gorkhaland. The Centre must also take note of this development,” Jiten Rai, the vice-president of the Yuwa Morcha told the gathering.
The Yuwa Morcha had announced the resumption of the movement on November 22 after Uttar Pradesh Assembly had adopted a resolution to divide the state into four.
Priyabardan Rai, the general secretary of the Yuwa Morcha, said the course of the agitation would be announced by Morcha president Bimal Gurung at a meeting in Mungpoo on December18.
In Kalimpong, Yuwa Morcha supporters held a meeting at Damber Chowk and then took out a procession to RC Mintri Road.
The Morcha general secretary, Roshan Giri, said the agitation had the backing of the party.
“The agreement for the GTA was signed without dropping the demand for Gorkhaland. The same was mentioned in the agreement. The party supports the Yuwa Morcha agitation,” he said.
In Mirik, 79.79 per cent voting was recorded in the elections to five seats.
R.K. Jha, the returning officer and the Kurseong subdivisional officer, said there had been no complaints from anyone or reports of any untoward incident during the voting.
“Counting will start at 8.30am on December 13 at the block development office in Mirik,” he said.

Workshop on Journalism held
KalimNews, Kalimpong, 11 December: A workshop in collaboration with Sikkim Manipal University was organised by Kalimpong Press Club in Kalimpong today. 2 students of Bhutan and three from Bengal attended the training. 

The workshop cum field training was guided by their faculty Arun Kumar of Siliguri learning centre, Arun kumar Rai Chief coordinator and Managing Editor of KalimNews, Samiran Paul freelance photographer of KalimNews and Manoj Rai, videographer and Assistant Technical editor. 
Later the participants were distributed certificates by Shova Chhetri Secretary of Hill Social Welfare Society. 
Speaking to the media Arun kumar senior Journalist of News media agency and faculty of Siliguri learning centre stated that the students of 3rd semester of SMU as a part of their field training attended the workshop to cover the practical aspects of their curriculum in which resource persons of Kalimpong Press Club provided the practical applications of electro journalism and  shared the field experiences. 

The workshop was focused on online journalism ,  news agency as well as video-camera operation.The four students of Journalism were Neha Chakraborty of Coochbehar, Ratna M.Subba of Bhutan, Ankita Das of Siliguri and Gagan Gurung of Bhutan.
विमल गुरूङ आफ्नै पार्टीबाट असुरक्षित छन्‌-पिपल्स फोरम
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 11 दिसम्बर। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ तिनकै बुद्धिजीवीहरूबाट असुरक्षित छन्‌। विमललाई फँसाउने काम तिनकै जीटीएमा हस्ताक्षर गर्ने नेताहरूले गरिरहेका छन्‌।
अहिले राज्य सरकारसित सम्बन्ध विगारेर विमललाई जेल हाल्ने कुटनीतिमा त्यही शक्तिले युवा मोर्चालाई आन्दोलनमा उतारेको हो-पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। गुरूङले उल्लेख गरेका छन्‌, विमल गुरूङले जनतालाई ढॉंटे अनि विमललाई तिनका बुद्धिजीवीहरूले। वास्तवमा विमल गुरूङले अंग्रेजीमा लेखिएको जीटीएको खेस्रा पढ्‌न नसकेकोले नै तिनी अब विलखबन्दमा पर्ने देखिएको छ।
सम्झौतापत्रमा स्पष्ट छ कि जीटीएमा तराई र डुवर्सका भूभागहरू पस्ने छैन। तरै पनि गुरूङलाई हस्ताक्षर गर्नेहरूले राज्य र केन्द्रसित मिलेर हाइपावर कमिटी देखाइदिए। किन भने विमल गुरूङले नै तराई र डुवर्सको एकै इञ्च पनि नछोड्‌ने कसम खाएका थिए। हस्ताक्षर गर्नेहरूले कसम खाएका छैनन्‌। प्रवीण गुरूङले जारी गरेको विज्ञप्तीमा के पनि भनिएको छ भने वास्तवमा मोर्चाकै केन्द्रिय कमिटीका बुद्धिजीवीहरूले जीटीए गठनमा ढिलाइ गरेको हो। ढिलाई गर्दा गुरूङले फेरि छुट्टै राज्यको आन्दोलन थाल्नेछन्‌ अनि तिनले आन्दोलन थाल्यो कि तिनलाई जेल हाल्ने धेरै प्रमाणहरू राज्य सरकारसित छ। मदन तामङको हत्याको बेला ट्यापिङ गरिएको डिजिटल फाइल मुख्यमन्त्रीसित छ। राज्य सरकारसित कसरी हुन्छ विमल गुरूङको सम्बन्ध विगार्नु भनेको तिनलाई जेल ठोक्ने कुटनीति हो।
प्रवीण गुरूङले अझ भनेका छन्‌, वास्तवमा मोर्चाका नेताहरूले छुट्टै राज्यको मुद्दा बेचिसकेका छन्‌ अनि त्यसको साटो जीटीए थापिसकेका छन्‌। कतिपय सरकारी कारणले यसको गठन हुन ढिलो गरिएको विमल गुरूङको धैर्य तोड्‌नु मात्र हो। अब विमल गुरूङले युवा मोर्चासित मिलेर छुट्टै राज्यको आन्दोलन गर्नेछ। यदि विमल गुरूङ पक्का राजनैतिक हुन्‌ भने तिनले युवा मोर्चाको आन्दोलनलाई समर्थन गर्ने छैन। युवा मोर्चाले आन्दोलनको नाममा पहाडको संसाधन मास्ने काम गर्ने छ। पहाडमा अगणतान्त्रिक माहौल बनाउने छ अनि बङ्गालले आन्दोलनलाई दबाउने फोर्स पहाडमा हाल्ने छ अनि त्यहीबीच विमल गुरूङलाई जेल हाल्ने छ। विमल गुरूङलाई जेल हालिएमा मोर्चाका जीटीएपक्षका बुद्धिजीवीहरू सुरक्षित रहने छन्‌ अनि उनीहरूले छुट्टै राज्यको साटो जीटीए थापेर राज गर्ने छन्‌। गुरूङको किटान अनुसार वास्तवमा विमल गुरूङले आफ्नै दुष्कर्मको फल पाउन शुरू भएको छ। कागजपत्रहरू पढ्‌न नजान्ने, अशिक्षित भएको फाइदा तिनकै महत्वाकांक्षी नेताहरूले उठाइरहेको छ। यसकारण पनि जनताको इमान्दार नेता विमल गुरूङ हुन्‌ भने तिनको पहिले जीटीए खारेज गर्नुपर्ने छ। यसो गरेमा तिनलाई जेल ठोक्ने कुटनीति गर्नेहरू तइनमा आउने छन्‌। यसो नगरेमा बिमल गुरूङ आफै फँस्ने छन्‌। पिपल्स फोरम विमल गुरूङलाई सतर्क गराउँदछ। तिनी सॉंच्ची नै छुट्टै राज्य चहान्छन्‌ भने जीटीए खारेज गरेर अघि आउन्‌, छोड्‌दै गइरहेको जनताको साथ तिनले पाउने छन्‌। गुरूङ अनुसार बङ्गालबाट मुक्ति नै आन्दोलनको औचित्य हुनुपर्छ। यदि बङ्गालमा नै बस्ने कुटनीतिमा फँसिए उसको राजनैतिक केरियरमा बद्नाम बाहेक अरु केही उपलब्धी हुने छैन।
जीटीएको बार्गेनिङको रुपमा युवा मोर्चाको आन्दोलन?
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 11 दिसम्बर।छुट्टै राज्यको मुद्दा यस्तो मुद्दा भएको छ, जसले जतिबेला मनलाग्छ उठाउँदा हुन्छ। मूल पार्टीले भने मुद्दालाई छोडेर विकासको मुद्दालाई लिएर बार्गेनिङ गरिरहेको छ अनि सोही दलको भातृ सङ्गठनले भने छुट्टै राज्यको मुद्दा उठाइरहेको छ। मुख हुँदा हुँदै नाकले पानी पिउनुपर्ने स्थितिबीच अहिले दार्जीलिङको राजनीति अघि बढिरहेको छ। एउटा कुरा स्पष्ट छ अब दार्जीलिङमा हुने कुनै पनि आन्दोलनको घोषणा केवल क्षेत्रीय समस्या समाधानको निम्ति गरिने बार्गेनिङ कार्यक्रम मात्र हो। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले कालेबुङमा आएर स्पष्ट पारे वास्तवमा जीटीए गठनमा ढिलाई गरेको कारण नै युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन गरेको हो। यसको अर्को सोझो अर्थ के हो भने जीटीए गठन भएपछि युवा मोर्चाको आन्दोलन सेलाउँछ। जबसम्म पहाडका दलहरूमा शक्ति विभाजनको स्थिति छ तबसम्म जुनै पनि एक्लो दलले गर्ने कार्यक्रम केवल भात खाने मेलो मात्र हुनेछ। एउटा दलले न त केन्द्रमा छुट्टै राज्यको गठन प्रक्रिया निर्माण गर्ने परिस्थिति तयार पार्न सक्छ न त उसको शक्ति नै पुग्छ। एउटा दलको बलियोपन एउटा जिल्लामा केवल जिल्लाको निम्ति मात्र हो, उसको राजनैतिक आकांक्षा कुनै पनि विकास एजेन्सीसम्म मात्र सीमित रहन्छ।
जबसम्म सबै दलहरू एउटा मञ्चमा आउँदैन तबसम्म छुट्टै राज्यको आवाज प्रभावकारी बन्दैन। अहिले शक्ति विभाजनको परिस्थिति रहेको छ भने निम्न शक्तिले गरेको आन्दोलन बकुलाको भीडमा हॉंस बाहेक केही हुन सक्दैन।
अहिले भागोपले राष्ट्रियस्तरमा छुट्टै राज्यको औचित्यवारे बुझाउने कार्य गरिरहेको छ भने टास्क फोर्सले पहाडमा मोर्चाले ल्याएको जीटीए गोर्खाहरूको समस्या समाधानको व्यवस्था होइन भनेर बुझाउन शुरु गरिरहेको छ। टास्क फोर्सले बताए अनुसार मोर्चाले थापेको जीटीएलाई नै भारतभरिका गोर्खाहरूको माग भनेर बुझाइने कार्य केन्द्रमा भएको छ। ममता व्यानर्जीले जीटीएको सम्झौताको दिन नै अब गोर्खाहरूको समस्याको समाधान भयो भन्ने कुरा गरेकोले त्यसको सन्देश देशलाई नै छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समस्या समाप्त भएको भनेर दिइएको छ। देशले गोर्खाल्याण्डको आन्दोलनको समस्या समाधान भयो भनेर बुझ्नु गोर्खाहरूको आन्दोलनको निम्ति हानिको कुरा हो। 
यता जीटीएको सम्झौता गरेपनि राज्य र केन्द्रलाई कुनै पनि बेला छुट्टै राज्यको आवाज उठ्‌न सक्ने डर छ। यसैकारण नै जीटीए गठनमा हतार गरिरहेको छैन। किन भने जीटीए भने अस्थायी समाधान हो। यो अस्थायी समाधानलाई धेरै समयसम्म तन्काएर लैजान सक्ने क्षमता मोर्चामा नरहेको राज्य र केन्द्रले देखिसकेको छ। नत्र त मोर्चाका विधायकहरूले कमसे कम विधानसभामा छुट्टै राज्यको कुरा नउठाए पनि जीटीएको कुरा उठाउन सक्थे। तर सरकारी बेञ्चमा बस्ने मोर्चाका विधायकहरूको हात पनि बॉंधिएको छ खुट्टा पनि। उनीहरू पहाडको विधायक भएको फाइदा न त जीटीएलाई छ न त छुट्टै राज्यको मुद्दालाई। फाइदा छ भने केवल विधायकहरूलाई आफ्नो व्यक्तिगतरुपमा मात्र छ। युवा मोर्चाले उठाएको छुट्टै राज्यको आन्दोलन आफैमा एउटा खिल्लीकोरुपमा देखिएको छ। किन भने केन्द्रिय समिति जीटीए भएन भन्दै तराई र डुवर्समा आन्दोलन गर्ने कार्यमा जुटिरहेको छ।
यत्रो भए भरको शक्ति लगाएर गरेको आन्दोलनको फल त केवल जीटीए भयो भने युवा मोर्चाको आन्दोलनबाट ठूलो आशा गर्नु ठूलै मुर्खता हुने छर्लङ्ग छ। जबसम्म जीटीएको मुद्दा त्याग्दैन तबसम्म एसआरसी नै गठन भए पनि छुट्टै राज्य गोर्खाल्याण्डको गठन सम्भव छैन किन भने जीटीएलाई नै छुटै राज्यको विकल्प रहेको कुरा ममता व्यानर्जीले जीटीएको सम्झौता भएको दिन नै घोषणा गरिसकेका छन्‌। युवा मोर्चाको आन्दोलनको औचित्य पनि जीटीएको गठनसित जोडिएको कुरा विमल गुरूङले नै बताएकोले राजनैतिक भाषा बुझ्ने जनताले फेरि पनि लोप्पा खुवाउने चलखेल भइरहेको स्पष्टसित बुझेका छन्‌। किन भने विमल गुरूङले भनेका छन्‌, जीटीए हस्ताक्षर भएर पनि, सीमाङ्‌कनको समस्या नरहेको अवस्थामा पनि जीटीए गठन गरिएको छैन। अब जीटीए गठन नहुने रहेछ। तिनको वयानले स्पष्ट पारेको छ कि युवा मोर्चाको आन्दोलन जीटीए छिटो गठन गर भनेर सरकारसित गरिएको एउटा बार्गेनिङ मात्र हो। तर यो बार्गेनिङलाई पनि सरकारले पत्तो नदिएमा भने मोर्चा सॉंच्ची नै आपतमा पर्ने देखिएको छ। किन भने आन्दोलन भनेको जुलूस, भाषण, धर्ना, भोकहडताल र बन्द होइन रहेछ भन्ने कुरा जनताले स्पष्ट बुझिसकेका छन्‌। यसकारण यस्ता खाले आन्दोलनमा जनताको सहयोग फेरि मोर्चालाई हुने आशा थोरै कम छ।
पहाडमा फेरि गुञ्जियो गोर्खाल्याण्डको आवाज
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 11 दिसम्बर। युवा मोर्चाले आजदेखि फेरि पहाडमा गोर्खाल्याण्डको आवाजलाई बुलन्द पार्न शुरू गर्‍यो। विधानसभा चुनाउअघिसम्म गोजमुमोले जोतोडले गोर्खाल्याण्डको आवाज गुञ्जयमान पारेको थियो। तर जीटीएले गर्दा मोर्चाको स्वर घासिएपछि आजदेखि युवा मोर्चाले गोर्खाल्याण्डको नारा भट्टयाउन शुरू गरेको छ। वी वान्ट गोर्खाल्याण्ड, हाम्रो माटो फर्काइदे, बङ्गालमा हामी बस्दैनौं को नाराले आज फरि पहाड एकचोटि गुञ्जयमान बन्यो। मोर्चा भने बङ्गालमा नै बस्ने जीटीएको मुद्दा बोकेर बसेको छ। छुट्टै राज्यको मागमा आज युवा मोर्चाले नगरमा जुलूस निकाल्यो। सयौं युवाहरूको एउटै स्वर निस्कियो वी वान्ट गोर्खाल्याण्ड। गोर्खाल्याण्डको नारा लगाउँदै सयौं युवाहरूको जुलूसले नगर परिक्रमा गरपछि डम्बरचोकमा आएर जुलूस थामियो। जुलूसमा सहभागी बनेकाहरूलाई युवा कार्यकर्ताहरूले सम्बोधन गरे। युवा मोर्चा महकुमा समितिका प्रचार-प्रसार सचिव विनय घिसिङले भने, अध्यक्ष विमल गुरूङलाई अझपनि हामीले गोर्खाल्याण्डको नेतृत्व सम्हालीदिन अनुरोध गरिरहेका छौं। धेरै भयो हामी हेपिएको, धेरै भयो थिचिएको। आजसम्म हामीले न्याय पाउन सकेका छैनौं। मायावतीको राज्य विभाजन गर्ने निर्णयलाई हामी स्वागत जनाउँछौं। तेलेङ्गनाको परिस्थिलाई पनि हामीले हेरिरहेका छौं। यदि देशमा कुनै पनि नयॉं राज्य गठन हुन्छ भने सर्वप्रथम गोर्खाल्याण्डलाई प्राथमिकता दिएको हुनुपर्छ। 18 दिसम्बरको मङ्‌पुको जनसभाको निम्ति पनि सबैलाई तयारी बसिदिने तिनले आग्रह गरे। अर्कोतिर युवा मोर्चा महकुमा समितिका सह-सचिव बारूद थापाले भने, हामी फेरि एकपल्ट गोर्खाल्याण्डको आन्दोलनमा ओर्लिएका छौं। इतिहासले बताउँछ दार्जीलिङ पहाड कहिले बङ्गालको थिएन। यसैले हामी गोर्खाल्याण्डको निम्ति मर्न पनि तयार छौं।
पहिलेकाहरूले जस्तो भूल गर्दैनौं, गोर्खाल्याण्ड बनाइछाड्‌छौं। अब गोर्खाल्याण्डको निम्ति युवा मोर्चाले जोडतोडले आन्दोलन गर्ने अनि त्यसअवधी केही पनि हुनसक्ने चेतावनी दिँदै तिनले भागोपले पनि केही भए अन्जाम भोग्न सक्नुपर्ने बताए। यसरी नै युवा मोर्चा केन्द्रिय समिति सदस्य तोपदेन भोटियाले भने, ममतायी भनिने मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङलाई माया गर्छ भने विधानसभामा छुट्टै राज्यको प्रस्ताव पारित गर्नुपर्छ। राज्य बनाउँदा कसैलाई नोक्सान हुँदैन।
प्रतिनिधिहरूले जनताको इच्छा र आकांशा बुझ्नुपर्छ। छुट्टै राज्य गठनको निम्ति हामीले सयप्रतिशत जनमत संग्रह गर्नुपर्छ। गोर्खाल्याण्डको आवाजलाई बुलन्द गर्न युवा मोर्चालाई कुनै आचार संहिताले नछेक्ने पनि भोटियाले बताए। यदि देशमा छुट्टै राज्य बनिने परिस्थिति आए युवाहरूको भूमिकाबारे विमल गुरूङले मङ्‌पुको जनसभाबाट बताउने पनि तिनले बताए। यसरी नै युवा मोर्चाको जुलूसमा सहभागी बनेका विद्यार्थी मोर्चा केन्द्रिय समितिका सह-सचिव दीप थापाले युवा मोर्चाले थालेको दोस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनमा विद्यार्थी मोर्चाले पनि अघि आएर सहयोग पुर्‍याउने बताए। युवा मोर्चाले शुरू गरेको गोर्खाल्याण्ड आन्दोलनलाई सबलै मिलेर सफल पार्नुपर्ने पनि थापाले बताए।
आजदेखि जलपाइगुढी न्यायलयमा सीके प्रधान हत्याकाण्डको मुद्दा शुरू
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 11 दिसम्बर। सीके प्रधान हत्याकाण्डको पहिलो सुनुवाई आज जलपाइगुडी न्यायालयमा 9 वर्षपछि हुने भएको छ। 3 अक्टोबर 2002 मा सीके प्रधालाई गोली ठोकेर दिउँसै हत्या गरेको आज 9 वर्ष पूरा भइसक्दा समेत आरोपीहरू पक्रा परेका छैनन्‌।
बङ्गालको पुलिस प्रशासनले सीके प्रधान हत्याकाण्डका आरोपीहरूलाई पक्रन नसकेपछि सीबीआईले 2005 देखि मुद्दा हातमा लिएको थियो। सीके प्रधान हत्याकाण्डको जॉंच प्रक्रिया समाप्त भएपछि सीबीआइले अघिल्लो वर्षमात्र चार्जसीट बुझाएको थियो। परिवारपक्षबाट डीके प्रधानले बताएअनुसार आज जलपाइपुडी न्यायालयमा प्रथमपल्ट गवाहीहरूले हत्याकण्डमाथि वयान दिनेछन्‌। तर आज परिवारपक्षलाई भने न्यायालयमा बोलाइएको छैन। परिवारपक्षका भनाइअनुसार जुन व्यक्तिहरूमाथि चार्जसीट दर्ता गरिएको थियो उनीहरू आजसम्म लापत्ता छन्‌।
आरोपीहरूलाई पुलिस प्रशासनले अझसम्म पक्रन नसकेकोमा परिवारपक्षले असन्तुष्टि जाहेर गरेको छ। प्रमुख हत्यारा निरे राई र दया राईलाई आजसम्म खोजी निकाल्न नसकेको पनि परिवारपक्षले आरोप लगाएको छ। यसैले सीके प्रधान हत्याकाण्डमाथि अहिलेसम्म भएको ढिलाईलाई लिएर परिवारपक्षलेले भारतको न्यायपालिकामाथि नै विश्वास हराएर गएको बताएको छ। यद्यपि नौं वर्षपछि सीके प्रधानको मुद्दा जलपाइगढी न्यायालयमा शुरू हुने भएपछि फेरि परिवारपक्षमा न्याय पाउने आशा जागेर आएको छ।
सीके प्रधानको परिवारलाई न्याय दिलाउनमा अब गवाहीहरूको भूमिका महत्वपूर्ण रहने भएको छ, जसमा हत्याकाण्डमाथि 40 जना गवाहीहरूले बयान दिनेछन्‌। गवाहीहरूकै भरमा अब यस मुद्दा अघि बढ्‌ने निश्चित रहेको छ। स्व. सीके प्रधान गोर्खाल्याण्डका एकजना प्रमुख पक्षघर थिए। गोरामुमोमा नै रहेर गोरामुमोको कार्यप्रणालीको विरोध गर्ने सीके प्रधानलाई 3 अक्टोबर 2002 मा दिउँसै गोली ठोकेर हत्या गरिएको थियो। प्रधानको परिवारले हत्या भएको 9 वर्ष बितिसक्दा समेत न्याय पाउन त परको कुरो न्याय पाउने छॉंटकाटँसमेत देखिएको छैन। दार्जीलिङ पहाडमा आजसम्म भएको राजनैतिक हत्याहरूमा आरोपीहरूलाई पक्राउ गर्न पुलिस प्रशासन असक्षम भएर सीबीआईले नै मुद्दा हातमा लिँदा समेत सीके प्रधान हत्याकाण्ड नौ वर्षसम्म लम्मिएर गइसकेकोले अब स्व. मदन तामङका परिवारले पनि चॉंडै न्याय पाउने आशा भने कमै रहेको देखिन्छ।

No comments:

Post a Comment