To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, December 17, 2011

AMRI MD Chhetri questioned.....Hills may celebrate white Christmas....जोन बारला र टोप्पो आविप बाहिर......जीना हत्या मामिला सुल्झिएको छैन थाना.....जीटीएले गोर्खाहरू सन्तुष्ट छैन भन्ने सन्देश दिन आज क्रामाकपा टोली दिल्ली हिँड्‌नेले गृह सचिवालयलाई रिपोर्ट बुझाउनुपर्ने....जीटीए गठनः मोर्चालाई हतार छैन वर्षदिन लागोस्‌ तर सलिड चिज बनियोस्‌ -डा. छेत्री...जीटीए गठनमा ढिलाईः आज आन्दोलनको घोषणा...टी एण्ड टुरिज्म फेस्ट-2011 घाउ टाउकोमा मल्हम नाइटोमा...Democracy In 2012

AMRI MD Chhetri questioned
TT,Calcutta, Dec. 17: Calcutta police questioned AMRI managing director M.K. Chhetri at his Ballygunge home last night.
This is the first time the police have questioned an AMRI official who is responsible for taking medical decisions. Earlier, only those taking administrative decisions, including the six arrested directors, had been interrogated in connection with the fire last Friday that killed 91 patients .
Chhetri, a doctor in whose name AMRI Dhakuria’s licence was taken, was questioned for several hours at his apartment in a Ballygunge highrise.
Sources said he was quizzed about his involvement in the functioning of the hospital. “Chhetri denied any knowledge of the day-to-day functioning of AMRI. He said he did not take administrative decisions,” a source said.
The sources said Chhetri had claimed he “was not informed” of the formation of a fire-safety committee at the hospital. “He said S.K. Todi ran the show at AMRI Dhakuria. He also said vice-president (administration) Preeta Banerjee and vice-president (operations) Rajesh Parekh were S.K. Todi’s right hand and left hand,” an officer said.
“Chhetri said he and the other doctor on the board — Pronab Dasgupta — were not involved in recruitment and maintenance,” the officer added.
The residence of the Goenkas, who part-own Emami, in Southern Avenue was searched today. R.S. Goenka, his son Manish and nephew Prashant — all members of the AMRI board — are in police custody.
On Thursday, the police had raided the Phoolbagan home of another director, Priti Sureka, but she was not present.
An arrest warrant was issued against director Rahul Todi after he was not found at Todi Mansion near Teriti Bazar on Thursday.
Hills may celebrate white Christmas
Deep Gazmer, TNN , Dec 18, 2011, DARJEELING: The Queen of the Hills is likely to get a surprise gift this Christmas. Unlike other years, Darjeeling may witness a colder winter and early snowfall this time.
Going by records of previous years, snowfall is usually expected around the months of January and February. But with winter in Darjeeling getting colder this year, the surprise might come in much earlier, according to the weathermen in Siliguri.
"The western disturbances which bring with it moisture suitable for a snowy condition are yet to arrive. But going by the present weather conditions, it seems favorable. However, people will have to be satisfied with the early morning frosts for the moment," said Subir Sarkar, in-charge of the weather station at North Bengal University.
For the past few days, the morning temperature in Darjeeling is hovering around 7 to 8 degrees with little sunshine in the afternoon. Night temperatures, however, have turned severe.
While people have brought out their woolens to beat the winter chill, bonfires are also being lit at various street corners and alleys of the Hills. "It is really getting cold at this time of the year. January and February are still to come. I have already made arrangements to deal with winter," said Puran Singh. Temporary migration to the other cities has also started with several schools closing for the winter vacation. "We have already booked a flat on rent for two months in Siliguri where the weather will be warmer. This time the weather in Darjeeling Hills is bound to be severe," said Menuki Biswakarma, a homemaker.
With a change in weather conditions, preparation for Christmas has also gained momentum. "We have already started purchasing Christmas pleasantries that we will exchange with family members and relatives on Christmas day," said Alex Gurung, a local. Shops and hotels have already started gearing up for Christmas.
"We have started stocking Christmas items," said Arun Agarwal, a retailer at Chowk Bazaar. Christmas trees with stars and decorative items, fruit cakes, plum puddings and a whole variety of chocolates and confectionary have started flooding the market.
In fact, some of the hotels in Darjeeling are preparing special packages for both Christmas and New Year celebrations, to woo tourists. "Though we will have a New Year event in our hotel but because Christmas is just few days ahead we have put up special package for tourists. We will have artists from Australia performing at our hotel," said Anushka, front desk manager of a reputed heritage hotel in Darjeeling.
Of late, trend of tourists visiting the Hills in winter is on the rise. "For the past few years, tourists have started showing up during winter. Expectation of a snowfall or simply the idea of a nice New Year celebration in a Hill station could be the possible factors," said Pradip Lama, a tour operator.


जोन बारला र टोप्पो आविप बाहिर
मनोज बोगटी, कालिमन्युज, कोलकाता, 17 दिसम्बर। अन्तमा सङ्गठनको आचार संहिता विरुद्धमा कार्य गरेकोमा आदिवासी विकास परिषद राज्य समितिले तराई डुवर्स क्षेत्रीय समितिका अध्यक्ष जोन बारला अनि राज्य समितिका सचिव तेजकुमार टोप्पोलाई सङ्गठनबाट बाहिर निकालियो। कोलकातामा भएको आविपको राज्य समितिको बैठकमा राज्य समिति अध्यक्ष बिरसा तिर्कीले जोन बारला अनि तेजकुमार टोप्पोलाई सङ्गठनबाट निकालिएको घोषणा गरेका छन्‌। तेजकुमार टोप्पो अनि जोन बारलाले गोर्खा जनमुक्ति मोर्चासित जीएटीएको जुन सम्झौता गरेका थिए, त्यही कारणले उनीहरूलाई सङ्गठन बाहिर गरिएको छ। आविप एक अराजनैतिक सङ्गठन रहेकोले राजनैतिक मामिलामा कुनै पनि सम्झौताहरू हुन नसक्ने अनि तराई र डुवर्सको निम्ति कुनै पनि असंवैधानिक व्यवस्थाको वकालत आविपले नगर्ने आचार संहिता रहेको भए पनि बारला र टोप्पोले त्यसको उलङ्घन गरेको राज्य समितिको स्पष्टिकरण रहेको छ।
जीना हत्या मामिला सुल्झिएको छैन थानाले गृह सचिवालयलाई रिपोर्ट बुझाउनुपर्ने
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 17 दिसम्बर। जीना हत्याकाण्ड विस्तारै ओझलमा पर्न थालेको छ। तीन हप्ता अघि पुलिसले हप्ता दिनभित्रमा नै जीना हत्याकाण्डको रहस्यबाट पर्दा उठ्‌ने बताए पनि अहिलेसम्म कुनै रहस्यबाट पर्दा उठेको छैन। अचम्म लाग्दो कुरा त के छ भने कालेबुङ पुलिसले जीना हत्या मामिलामा अझसम्म कुनै क्लु नै नपाइएको बताइरहेको छ। हत्या घरदेखि 40 फीट पर भएको थियो। हत्या बलात्कारको कारण नभएको स्पष्ट भइसकेकको छ। जीनाको नियुक्तिको चार दिन अघि हत्या भएको पनि थाहा भइसकेको छ। पारिवारिक अनि सामाजिक सबैपक्षमा छानबिन पनि भइसकेको छ। तरै पनि कालेबुङ पुलिसले कुनै पनि क्लु नपाउनु गजब कै अचम्म भएको छ। अहिले जीनालाई न्याय हुनुपर्छ भन्ने झरी च्याउ झैं रहेका संस्थाहरू पनि चुपचाप छ। पार्टी कार्यकर्ता मौन छन्‌। गाउँ केही बोलिरहेको छैन अनि सबै भन्दा अचम्मको कुरा के छ भने परिवार पक्ष पनि जीना हत्याकाण्डलाई लिएर अहिले घडी मौन छ। आखिर यस्तो सन्नाटा किन छाएको छ जीना हत्याकाण्ड मामिलामा? न त पुलिसले केही बताइरहेको छ न त परिवार न त सामाजिक संस्था न त गाउँलेहरूले नै।
बलात्कारको कारण जीनाको हत्या गरिएको होइन भन्ने कुरा थाहा पाइएपछि जीनाको प्रेम प्रसङ्गलाई कालेबुङ पुलिसले निक्कै गम्भीररुपले कोट्याइरहेको विश्वस्त सूत्रले बताएको छ। तर प्रेस प्रसङ्गमा पुलिसले खास कुनै क्लु पाइरहेको छैन। पुलिसले जीनाको फेसबुक, बोयफ्रेण्ड लगायत तिनका निकटहरूबाट कुरा कोट्याइसकेको पनि सूत्रले बताएको छ। अर्कोतिर जीनाको नोकरीको निम्ति नियुक्ति हुने कुरा चलिरहेको बेला तिनको हत्या भएकोले जीनाको परिवारपक्षतिर पनि सोधखोज जारी राखेको छ। तरै पनि पुलिसले अहिलेसम्म कुनै खास क्लु पाइरहको छैन, जसलाई आधार बनाएर हत्यारा पक्राउ गर्न सकियोस्‌। यता जीना हत्याकाण्डकको मुद्दा राज्य गृह विभागमा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले राखिसकेका छन्‌। आज त्यसको के उन्नति भइरहेको छ त? भनेर प्रश्न गर्दा विधायक डा. हर्कबहादुर छेत्रीले भने, थानालाई राज्यको गृह सचिवलाई मामिलाबारे रिपोर्ट बुझाउने निर्देश गरेको छ। कालेबुङको पुलिसले कसरी काम गरिरेको छ, त्यसको रिपोर्ट बुझाइनुपर्ने छ। तिनले पुलिसलाई स्वतन्त्ररुपले काम गर्न दिनुपर्ने बताउँदै भने, नियुक्ति हुने चार दिन अघि जीनाको हत्या गरिएको थाहा लागेको छ। यस मामिलामा पुलिसलाई नै धेर कुरा थाहा छ। प्रमाणहरू धेरै जुटाइसकिएको होला। जसरी होस्‌ संदिग्ध अपराधीलाई पक्राउ गर्नुपर्छ। जसको निम्ति जोसित पनि पुलिसले सोधखोज गर्नसक्नुपर्छ। 
जीटीएले गोर्खाहरू सन्तुष्ट छैन भन्ने सन्देश दिन आज क्रामाकपा टोली दिल्ली हिँड्‌ने
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 17 दिसम्बर। क्रामाकपा आञ्लचिक समितिले 21 अनि 22 दिसम्बरमा दिल्लीको जन्तरमन्तरमा धर्ना दिने भएको छ। जसको निम्ति आइतबार क्रामाकपाको 70 जनाको टोली दिल्ली प्रस्थान गर्नेछन्‌। कालेबुङ आञ्चलिक समिति सभापति किशोर प्रधान अनि सचिव मोहन पौड्यालको नेतृत्वमा जाने टोलीले संसदको शीतकालीन सत्रअवधी कुनै पनि व्यवस्थाले गोर्खाहरूको समस्या समाधान नहुने बताउँदै छुट्टै राज्यले मात्र समाधान हुने सन्देश दिने उदेश्य बोकेका छन्‌। कालेबुङ खण्ड 1 का प्रतिनिधिहरूलाई सन्तोष प्रधान अनि आनन्द घतानीले नेतृत्व दिनेछन्‌ भने खण्ड 3 लाई गोपाल योञ्जन अनि डीआर शर्माले, अनि कालेबुङ टाउन कमिटीलाई सुदन प्रधान, भीम गुरूङ अनि विमल राईले नेतृत्व दिनेछन्‌।
कालेबुङ आञ्चलिक समितिका सभापति किशोर प्रधान अनुसार 70 जनाको टोली भोलि दिल्ली प्रस्थान भएपनि गोर्खा शहीद स्मारक समिति, अल इण्डिया स्टुडेन्ट युनियन, गोर्खा डेमोक्रेटिक फ्रण्ट अनि दिल्लीका केही व्यक्ति विशेषले पनि धर्नामा सहभागिता जनाउने भएको छ। प्रधानअनुसार, एकातिर देशमा स-साना नयॉं राज्य हुने सम्भावनाहरू प्रवल बनिरहेको अनि दार्जीलिङ-पहाडलाई एउटा व्यवस्था थमाएर गोर्खाहरूको समाधान भयो भनिरहेकोे समय गोर्खाहरूको मूल मुद्दा थॉंतीमा नजाओस्‌ भनेर केन्द्रिय समितिको परामर्शमा आञ्चलिक समितिले दिल्लीमा गएर धर्ना दिने कार्यक्रम बनाएको हो।
जीटीए गठनः मोर्चालाई हतार छैन वर्षदिन लागोस्‌ तर सलिड चिज बनियोस्‌ -डा. छेत्री
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 17 दिसम्बर। जीटीए गठन ढिलो भएकोमा मोर्चा अध्यक्ष विमल गरुङले असन्तुष्टि जाहेर गर्दै जीटीए नहुने रहेछ भनिरहेका छन्‌ भने अर्कोतिर मोर्चा प्रवक्ता डा. हर्कवहादुर छेत्रीले जीटीए गठनलाई लिएर मोर्चालाई अहिले कुनै हतार नरहेको बताए। जीटीए गठन ढिलाइ सहन गर्न नसकिने बताउने विमल गरूङको भनाइको ठीक विपरित आज डा. छेत्रीले भने, जीटीए छिटो गठन होस्‌ भनेर मोर्चालाई कुनै हतार छैन। महिनादिन लागोस्‌, वर्षदिन नै लागोस्‌ तर सलिड चिज बनियोस्‌। जे बनिन्छ त्यो राम्रो बनिएको हुनुपर्छ, जनताले न्याय पाउनुपर्छ, जनताको केही हद्‌सम्म आकांक्षा पूर्ण गर्न सक्ने हुनुपर्छ, छुट्टै राज्यको निम्ति दह्रिलो खुडि्‌कलो रूपमा हुनसक्नुपर्छ।
यदि जीटीए हतारमा भएर अर्को दागोपाप जस्तै भयो अनि 10 दिनपनि पूरा नभइ जीटीएको विरोधमा जनता सड्‌कमा ओर्लनपरे जनताले यत्रो समयसम्म आन्दोलन गरेको कुनै महत्व नहुने पनि डा. छेत्रीले बताए। मोर्चाले जीटीएको निम्ति जुन-जुन महत्वपूर्ण बुँदाहरू मागेको छ त्यसको राज्य सरकारले दुरगामी प्रभाव हेरेर अनि राज्यमा भएको आम्री अस्पताल काण्ड, जङ्गमहलमा विषालु रक्सीले मच्चाएको ताण्डव र केन्द्रको वर्तमान स्थितिको कारणले राज्य सरकारले अहिले केवल जीटीए मात्र सोच्न नसक्ने पनि तिनले बताए। अहिले हइपावर कमिटीको बैठक तारिख पछि तारिख सर्दै गइरहेको छ। तराई-डुवर्सको मतगणनाको रिपोर्ट बुझाउन मात्र पनि हाइपावर कमिटीले अझ 40 दिनको समय मागेकोले जीटीए गठन हुन अझ समयलाग्ने स्पष्ट देखिएको छ। डा. छेत्रीअनुसार हाइपावर कमिटीको कार्य ढिलाइ हुनुको कारण पछिबाट उनीहरूलाई कुनै दोष नलागोेस भन्ने सम्झेर नै धरै गम्भिरतापूर्व कार्य भइरहेकोे छ। विपक्षी दलहरूप्रति टिप्पणी गर्दै डा. छेत्रीले भने, आन्दोलन गर्छु भन्नेहरूले खबरकागजमा आन्दोलन गरेर हुँदैन जनतासँग मिलेर गर्नुपर्छ। मुखले डुवर्स भनेर मात्र हुँदैन डुवर्स झरेर गर्न सक्नुपर्छ, जो मोर्चाले गरेर देखाइसकेको छ।
क्रामाकपाले गोर्खाल्याण्डको निम्ति जन्तरमन्तरमा गर्नलागेको धर्नाबारे छेत्रीले भने, समालोचकस्तो चौकीमा बसेर मोर्चाको आलोचना मात्र गरेर हुँदैन। गोर्खाल्याण्डको निम्ति जिम्मेवारी उनीहरूको पनि हो, जन्तरमन्तरमा धर्ना दिने काम राम्रो हो, शुभकामना छ। तर को कति पानीमा रहेको छ, कसले पार्टीको अस्तित्व बचाउनको निम्ति मात्र गरेको हो जनतालाई स्पष्ट रूपमा थाहा भएको बताउँदै डा. छेत्रीले उनीहरूसँग जनसमर्थन, योग्यता, कति छ जनतालाई राम्ररी थाहा भएको अनि उनीहरू आफैले पनि थाहा पाउनुपर्ने बताए।
जीटीए गठनमा ढिलाईः आज आन्दोलनको घोषणा
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 17 दिसम्बर। केही दिन अघि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले भनेका थिए, हस्ताक्षर गर्न लगायो, हामीले गर्‍यौं। तर यत्रो दिन भइसक्यो जीटीए गठन गर्दैन। कति सरकारलाई भनिरहनु। अब जीटीए गठन नहुने रहेछ भन्ने कुरा केन्द्रिय कमिटीमा चलिरहेको छ। परिस्थिति र समयको माग अनुसार नै युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्ने भएको छ। सामान्यरुपमा नै गुरूङले पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिए पनि तिनको उत्तर धेरै गम्भीर रहेको थियो। तिनको यस्ता खाले उत्तरलाई कसैले ध्यान नदिए पनि वास्तवमा तिनले सही बोलेका हुन्‌ भन्ने कुराको प्रमाण आज तिनकै प्रवक्ता डा.हर्कबहादुर छेत्रीले बताएका छन्‌। तिनले जीटीए गठन हुनुमा जति नै ढिलो भए पनि मोर्चालाई कुनै फरक नपर्ने बताइरहेका थिए। तिनले जीटीएलाई लिएर मोर्चालाई कुनै हतार नरहेको बताएर जीटीए अहिले नै गठन नहुने कुरालाई नै प्रमाणित गरेका छन्‌। फरक के छ भने अध्यक्षले जीटीए गठन हुनमा ढिलो भएकोमा सरकारको जमेर आलोचना गरेका थिए भने डा. छेत्रीले सरकारले जतिबेला चहान्छ उतीबेला नै गठन गर्ने बताइरहेका थिए।
यता अध्यक्षले जीटीए गठनमा ढिलाइ भएकोमा जीटीए गठन नहुने देखेपछि युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्ने बताइरहेका छन्‌ भने अर्कोतिर विधायक डा. छेत्रीले जीटीए ढिलो हुँदा मोर्चालाई फरक नपर्ने बताइरहेका छन्‌। तर दुवैले जे नै भने पनि एउटा कुरा स्पष्ट भयो कि जीटीए अहिले नै गठन हुने छैन। सम्झौता अनुसार जीटीए तब गठन हुन्छ जब तराई र डुवर्सको सीमाङ्‌कनको रिपोर्ट हाइपावर कमिटीले बुझाउँछ। हाइपावर कमिटीले रिपोर्ट बुझाउन अझ चार महिना लाग्ने स्पष्ट भइसकेको छ। हाइपावर कमिटीले तराई र डुवर्सको जनगणको रिपोर्टमाथि छलफल गर्न चालीस दिन समय मागेको छ। यो समय केवल तराई र डुवर्सको जनगणना हेर्नु मात्र मागिएको हो, यसलाई लिएर हाइपावर कमिटीका फरक फरक दिशामा रहेका सदस्यहरूले एकै ठाउँ भएर बहस गर्नको निम्ति अलग्गै समय चाहिने छ। जनगणनाको रिपोर्ट अध्ययन गरिसकेपछि जीटीएको सीमाङ्‌कन चुडान्त हुन्छ भन्ने होइन, तराई र डुवर्सका संघसंस्थाहरूले बुझाएको चार बोरा आवेदन पढ्‌न बॉंकी नै छ। त्यस बाहेक सम्झौता अनुसार क्षेत्रवासीको वास्तविक चहाना, राजनैतिक दबाव तथा अन्यपक्ष धेरै गर्न बॉंकी नै छ। यी सबै कसरत गरेर गठन गरिने जीटीए तर नितान्तै अस्थायी हो। यसको विरुद्ध जहिले पनि आवाज उठ्‌न सक्छ।
अन्य सबै दलले त जीटीएको विरोध गर्न शुरू गरिसकेको छ। त्यो विरोध अहिले राष्ट्रियस्तरमा पनि भइरहेको छ। जुन कुराको डर केन्द्र सरकारलाई थियो त्यही भइरहेको अवस्थामा केन्द्रले राज्य सरकारको दवाबमा जीटीए गठन गर्ने सम्भावना कतैबाट पनि छैन। केन्द्र सरकारलाई थाहा छ कि जीटीए पनि दागोपाप जस्तै अस्थायी समाधान हो अनि यसका अनेकौं विवादास्पद कुराहरूको कारण यसको विरोध निश्चय नै हुने छ अनि त्यसबेला समस्याले अझ ठूलो रुप धारण गर्ने छ। राष्ट्रियस्तरमा नै जीटीएलाई छुट्टै राज्यको समस्याको समाधानको रुपमा गठन गरिएको हो भन्ने राज्य सरकार र केन्द्रको प्रचारको विरोधमा गोर्खाल्याण्ड टास्क फोर्सले अर्को प्रचार शुरु गरिसकेको छ। यस बाहेक पनि मोर्चा केवल जीटीएमा मात्र अडिग छैन। घरि जीएटीए अनि घरि जीएएमएटीए भनिरहेकोले तराई र डुवर्समा अर्को परिस्थिति पनि निर्माण गरिसकेको छ।
निश्चय नै पहाडमा जीटीए गठन गर्न पर्दा तराई र डुवर्समा एटीए वा त्यस्तै व्यवस्था गठन गर्न सरकार बाध्य हुने छ। किन भने मोर्चाले सम्झौतालाई उलङ्घन गर्दै आविपसित मिलेर फेरि जीएटीए गठन हुनुपर्ने अर्को समस्या खडा गरिसकेको छ। जीटीए गठन हुने वित्ति कै पहाड अनि तराईमा यसको विरोध अनि तराई र डुवर्समा पनि त्यस्तै व्यवस्था गठन हुनुपर्ने कुरामा आवाज उठ्‌ने कुरा निश्चित रहेकोले केन्द्र सरकारलाई पहाडको मुद्दा लिएर चिन्तामा पारेको छ। यस्तै स्थितिमा माकपाले जीटीएको सम्झौताले संविधान उलङ्घन गरेको तथा असंवैधानिक रहेको कुरा उठाइरहेको छ। विरोध, अन्तरविरोध अनि मोर्चाको गलत राजनीतिको कारण आफै जीटीए गठनमा ढिलाई भइरहेको बेला युवा मोर्चाले छुट्टै राज्यको आन्दोलनले अझ जीटीए गठनमा ढिलाई हुने पक्का पारेको छ। किन भने जीटीए सम्झौता अनुसार जीटीए गठन गरिएपनि आन्दोलन जारी रहने कुरा उल्लेख छ तर जीटीए नभइ छुट्टै राज्यको आन्दोलन हुनसक्ने कुरा उल्लेख छैन।
यसकारण जीटीए नभई छुट्टै राज्यको आन्दोलन मोर्चाले गर्नु भनेको स्वतः नै त्यो आन्दोलन जीटीएको विरोधमा हुने छ। यसकारण मोर्चाले जीटीए गठन हुन नसक्ने चौतर्फी सम्भावनालाई ध्यानमा राखेर अनि अर्कोतिर विपक्षी शक्तिले छुट्टै राज्यको आन्दोलन शुरू गरेकोले जनताको दृष्टिबाट मोर्चाको नियत खराब देखिने कुरालाई ध्यानमा राखेर मोर्चाले युवा मोर्चालाई लगाएर छुट्टै राज्यको आन्दोलन शुरू गरेको स्पष्ट छ। यसकारण आज मङ्‌पूमा मोर्चा अध्यक्षले छुट्टै राज्यको आन्दोलनको निम्ति नयॉं कार्यक्रमहरूको घोषणा गर्ने सम्भावना रहेको छ। यता मोर्चा सूत्रबाट पाएको जानकारी अनुसार अहिलेसम्म केही स्पष्ट छैन कि आज अध्यक्षले के घोषणा गर्ने हुन्‌।
टी एण्ड टुरिज्म फेस्ट-2011 घाउ टाउकोमा मल्हम नाइटोमा
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 17 दिसम्बर। 'गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले आफ्नो घरको खिर्की खोल्ने बित्ति कै देख्ने चियाबारी बन्द छन्‌। टी एण्ड टुरिज्म फेस्ट हुँदै गर्दा ती बन्द चियाबारीका श्रमिकहरूले कस्तो अनुभव गर्ला, यसरी सोंच्ने कोही छैनन्‌। यस्तोमा टी एण्ड टुरिज्म फेस्टिबल चियाबारीका मालिकहरूलाई पोस्याउने खेल बाहेक केही पनि हुन सक्दैन' श्रमिकहरूको हितमा कार्य गर्दै आइरहेका एक सचेत व्यक्ति जनम राई कमाने यसो भन्छन्‌। करोडौं रुपियॉं खर्च गरेर सरकारले दार्जीलिङ जिल्लाभरि नै टी एण्ड टुरिज्म फेस्टिबल मनाइरहेको छ। श्रमिकहरू गाउँमा आफ्नै हजारौं समस्याहरूसित जुझिरहेका छन्‌ भने विभागले शहरमा फेस्टिबल मनाइरहेको छ। जुन फेस्टिबलले वास्तवमा नै श्रमिकहरूले यो फेस्टिबलबाट केही पाइरहेका छैनन्‌। पाइरहेका छन्‌ भने चियाबारीका मालिकहरूले दार्जीलिङ चियाको ब्राण्ड-देखाएर आफ्नो बजार तयार पार्ने अवसर। पाइरहेको छ भने सरकारले राम्रो राजस्वको बाटो खोलिरहेको छ तर श्रमिकको निम्ति भने जम्मै प्रयासले कुनै फाइदा दिइरहेको छैन।
मोर्चाले जीटीए थापेपछि पहाडमा गणतान्त्रिक माहौल देखाउने सरकारको यो राम्रो अवसर भने बनेको छ तर यही मौकामा सरकारले सुरक्षाको नाममा फोर्स पनि हुलिरहेको छ। यता आन्दोलनको तयारी उता फेस्टिबलको नाममा हुलिँदैछ अर्ध सैनिक बल। फेस्टिबलको उद्देश्य पर्यटकहरूलाई चिया चुस्कीसित नै पहाडी सुन्दरताले आकर्षित गर्नु। यसो गर्दा कम्पनीहरूले अन्तराष्ट्रिय बजारको बाटो त बनाउन सक्छ तर त्यसमा श्रमिकहरूलाई कुनै फाइदा छैन। केवल मालिक अनि सरकारलाई फाइदा हुने यो कार्यक्रमको प्रचार अहिले तीब्र भइरहेको छ। श्रमिकहरूले आफ्नो पाउनुपर्ने अधिकारहरूसम्म नपाइरहेकको बेला भइरहेको यो फेस्ट घाउ टाउकोमा तर मल्हम भने नाइटोमा भने झैं देखापरेको छ। अहिलेघडी विमल गुरूङको छिमेकी गाउँ रिङटाङ र रङनित चियाबारी बन्दावस्थामा छ। यसलाई खोल्नुपर्ने कसैले कुनै प्रकारको प्रयास गरिरहेको छैन।
अर्कोतिर मोर्चाले चियाश्रमिकहरूको रोज 90 रुपियॉं गरेको छ तर अर्कोतिर कसैको दवाब नभइ तराई र डुवर्समा 95 रुपियॉं रोज बनाइएको छ। पहाड र समतलमा यहीँ अन्तर छ, यसले पनि सरकार पहाडका श्रमिकहरूको हीतमा कतै नरहेको स्पष्ट छ। जुन रोज 90 रुपियॉं बनाइएको छ, त्यही रोज रङमुक, सिडर, पाण्डाम अनि रागेरुङ चियाबारीका श्रमिकहरूले पाइरहेका छैनन्‌। श्रमिकहरूलाई लिएर तय गरिएको रोज किन समानान्तर छैन? कसैले आवाज उठाइरहेको छैन। पहाडले टी एण्ड टुरिष्ट फेस्ट त मनाइरहेको छ तर त्यही पहाडलाई अधिकारहरूबाट मालिक र सरकार दुवैले बराबर बञ्चित गरेको छ। सिलगढी जहॉं केवल 42 चियाबारी छ, त्यहॉं भने चिया अक्सन सेन्टर छ तर दार्जीलिङ जहॉं 87 वटा चियाबारी छ, त्यहा भने अक्सन सेन्टर छैन।
अक्सन सेन्टर बनाइएमा प्याकेजिङ, ट्रान्सपोर्टिङ अनि वेयर हाउसमा रोजगारको अवसर निर्माण हुन्छ तर सरकारले यसदिशामा आँखा चिम्लिएको छ। टुरिज्म फेस्ट त मनाइरहेको छ तर टी इको टुरिज्म गर्न केवल मालिकका सन्तानले मात्र पाइरहेको छ। यसको उदाहरण ग्लेनवर्ण र तामसाङ रहेको छ, जहॉं टी इको टुरिज्म मालिकका सन्तानले गरिरहेका छन्‌। त्यहॉं वेरोजगारहरू हेरेको हेरेकै छन्‌। न त श्रमिकहरूको भविष्यनिधि कोष नै सुनिश्चित छ न त आधारभुत सहुलियतहरू नै उपलब्ध छ। प्लान्टेशन एक्ट अनुसार आधारभुत सहुलियतहरू प्रदान गरिनुपर्ने हो तर कुनै पनि चियाबारी यस्तो छैन जसले त्यो सुविधा पाएको होस्‌। एक मालिकको 15 वटासम्म चियाबारी छ तर कहीं ग्रुप हस्पिटलको सुविधा छैन। श्रमिकहरूले न पानी पाइरहेका छन्‌ न उपयुक्त राशिन नै।
इण्डियन टी एसोसिएसनले श्रमिकहरूको घर निर्माण र मरम्मतिको कार्य गर्नु पर्ने हो तर घर बनाउने र मरम्मतिको कार्य 2000 देखि नै बन्द गरिएको छ। एउटा अचम्म लाग्दो कुरा के छ भने चिया श्रमिकहरूको रोजबाट मरदहरूको पनि सुत्केरी भत्ता काटिने कार्य चलिरहेको छ, मरद श्रमिक जो कहिल्यै न त सुत्केरी हुन्छन्‌ न त उनीहरूले काटिएको त्यो सुत्केरी भत्ता नै पाउँछन्‌। अहिलेसम्म पनि छिमेकी अस्पतालबाट ल्याइएका प्यारासिटेमल नै श्रमिकहरूले औषधीकोरुपमा पाइरहेका छन्‌। अवकास लिएपछि श्रमिकहरूले 45 दिनभित्रमा ग्राजुएटी पाउने ऐन छ तर दार्जीलिङका श्रमिकहरू बितेर गइरहेका छन्‌ तर ग्राजुएटी पाइरहेका छैनन्‌, यस्ताको संख्या अनगन्ती रहेको छ। 'यसकारण नै टी एण्ट टुरिष्ट फेस्ट श्रमिकहरूको आत्मसम्मानमा चोट पुर्‍याउने कार्य मात्र होइन शोषकहरूको शोषणशक्तिको परिचय पनि हो'-भन्छन्‌ जनम राई कमाने। श्रमिकहरूको हितमा सचेत रहेर कार्य गर्नेहरूले यो फेस्टलाई सकरात्मक लिनै सकिरहेका छैनन्‌। किन भने फेस्टले श्रमिकहरूको हितमा कुनै लाभ पुर्‍याउँदैन। 
यो फेस्टमा करोडौ खर्च गरिरहेको छ, त्यही खर्च श्रमिकहरुको हितमा गरिए चिया उन्नत हुनसक्छ भन्ने विचार धेरैमा रहेको छ। यसै पनि मालिकहरूले दार्जीलिङ टी अहिले विश्व बजारमा बद्नाम रहेको छ, यसको कारण छ कि चियाको स्वादमा दार्जीलिङको सुगन्ध छैन। 'कसरी सुगन्ध हुनसक्छ, जब कि दार्जीलिङ चियाको अक्सन सेन्टर सिलगढी, जलपाइगुढी र कोलकातामा छ। घस्यौडाहरू मिसाएर दार्जीलिङ चियाको नाममा कम्पिनीहरूले बेच्न थालेपछि बद्नाम बाहेक केही हुँदैन। दार्जीलिङमा अक्सन सेन्टर बनाएर हेरोस्‌, विश्व बजारले दार्जीलिङ सुगन्ध चियामा पाउने छ। तर यसो गर्दा ठेकेदारहरूलाई नोक्सान हुन्छ यसकारण अक्सन दार्जीलिङमा छैन। फेस्ट गर्ने शक्ति अक्सन सेन्टर दार्जीलिङमा ल्याउन खर्च गरिएको भए राम्रो काम हुने थियो'-जनम राईले भने।
व्रिटिशकालीन चियालाई उखेलेर नयॉं तक्निकीमा नयॉं गाछ लगाउने कार्य कतैबाट भइरहेको छैन। न त व्रिटिशकालीन बङ्गलोहरूलाई विश्व धरोहर बनाएर इको टुरिज्म विस्तार गर्ने कार्य नै भइरहेको छ। टी बोर्ड अफ इण्डियाले श्रमिकका नानीहरूलाई मेडिकल र तक्निकीय शिक्षा प्रदान गर्न भत्ता दिइनुपर्छ ऐन अनुसार तर अहिलेसम्म यो भत्ता पाएर कुनै पनि श्रमिकका नानीहरूले तक्निकीय शिक्षा आर्जन गरेको रेकर्ड न कम्पनीसित छ न सरकारसित। यस्ता धेरै अधिकारहरू छन्‌ जो श्रमिकहरूले पाइरहेका छैनन्‌। तराई र डुवर्सका होटल व्यवसायी अनि शिक्षाविद राजेन प्रधान अनुसार केवल फेस्ट मनाएर श्रमिकको हित नहुने दाबी गर्छन्‌। 'अहिले विश्वभरि होमस्टे चलिरहेको छ, खै त, यसको विकास कहॉं गरिएको छ?'-प्रधानको प्रश्न यस्तो छ। 'जहॉं पर्यटक आउँछन्‌, जहॉं पर्यटन चल्छ त्यहॉं भने केही गरिरहेको छैन, शहरमा फेस्ट मनाएर के हुन्छ?' लाभा होटल एसोसिएसनका ध्रुब राई पनि यसो भन्छन्‌। तिनले लाभामा फेस्ट मनाउनुपर्ने सम्बन्धमा धेरै दौडधुप गरेको तर कसैले नसुनेको पनि बताएका छन्‌। 
अर्कोतिर दागोपाप पर्यटन विभाग कालेबुङका विमल गजमेरले भने धेरै कोशिषपछि फेस्ट भइरहेको जसले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँछन्‌। अर्कोतिर स्पष्ट छ कि यसपाली चारैतिर करोडौं खर्च गरेर गरिरहेको टी एण्ड टुरिज्म फेस्टिबल वास्तवमा नै घाउ टाउकोमा मल्हम नाइटोमा बाहेक केही भइरहेको छैन। फेस्टमा नै खर्च गर्ने कि श्रमिकको हीत गर्ने? कसले सोध्ने यस्तो प्रश्न कम्पनी र सरकारलाई।
Democracy In 2012
Frank Scott, Countercurrents.org, KalimNews, 17 December, 2011: “Accumulation of wealth at one pole is at the same time accumulation of misery, torment, slavery, brutalization and moral degradation at the other…”
Karl Marx may not have referred to the 1% and the 99% when he wrote of those extremes in the 19th century, but they certainly capture this moment in the 21st. Americans appalled at minority domination of national wealth as they pay for endless wars, increasing inequality and vanishing public services have joined a rising global movement for democracy.
65% of the planet’s 7 billion people are poor, bringing the 21st century still closer to Marx’s words of the 19th. Humanity’s call for another world is growing louder and more insistent. The forces of reaction are working to smother that voice through their private governments and media but also through supposedly public and even progressive political circles.
In a particularly sad irony, a budding form of anarchic democracy in America grows through the “Occupy” movement, while an attempt at such governance in Libya has been crushed, at least temporarily. The NATO attack succeeded in obliterating a governing force that tried representing a majority of the Libyan people. While Khadafy’s regime made many mistakes after its initial socialist phase, perhaps most seriously in re-aligning with the treacherous west, its Green Book attempt to create real and not simply representative democracy was laughed at by cynics but in line with anarchist dreams of power coming from collective will and not individual leadership. Many in the Occupy movement may not know what really happened in Libya, but under thought control exercised by agents of the 1% relatively few have any idea.
More important, growing numbers of people are learning that minority ruled society is the root cause of most problems facing humanity. That these problems grow more severe each day makes the increased demand for change both timely and ever more necessary. The Climate Change meetings in Durban that found the 1% ruling powers standing in the way of any change threatening their fanatic worship of private investment and belief in the market deity only showed more conclusively that democracy of the 99% must become reality to end the hypocritical sham that has gone by its name far too long.
Occupy Wall Street's General Assembly urged "the people of the world…create a process to address the problems we face, and generate solutions accessible to everyone."
These solutions are impossible under the domain of private capital’s 1%. The un-regulated markets of obsessive profit seeking are like un-protected sex. Even at their best they can produce unwanted results and at their worst they may produce terminal disease, which is what present global market forces have created. We cannot opt for a temporary remission via private profiteering which carries the disease; the 99% need to consider the abolition of minority dominated market forces and the beginning of democratic control of global resources, in the interest of all the earth’s inhabitants and not just a tiny group of multi billionaires. In an alleged modern, civilized, digitized society, it’s time we end stupid mythology about hard work earning people incredible sums of money that bring them the power of gods.
How do people come by such wealth? How many packages must they deliver, students must they teach, patrons must they serve, miles must they drive, wounds must they bandage, legal briefs must they submit, floors must they sweep, children must they raise, to end up with a billion dollars? Ten billion dollars?
What sense does it make to have one human living on millions of dollars a week while billions of humans live on less than five dollars a day?
The imperial rulers maintain dominance only by virtue of military might. Without massive murder power such as was exercised in Libya and is threatened in Syria and Iran, they would already be gone and as global opposition grows that power will soon not be enough to dominate the planet. Newer threats to powerful nations like China and Russia only show the near dementia of rulers nearing the end of their reign.
But the madness of the diminishing cult, with nuclear weapons at their disposal, threatens our future, just as humanity shows signs of coming together to create a different world of peace, social justice and protection for the environment that sustains all mankind. Leaving control of social wealth in private hands would be suicide for the human race.
Henry Ford once said, “It is well enough that the people of the nation do not understand our banking and monetary system, for if they did, I believe there would be a revolution before tomorrow morning.” He was correct. We need to understand that system and transform it by creating federal , state and municipal public banks , owned, administered and investing according to the wishes of the people whose funds are held by these institutions. We cannot rely on some wealthy people investing according to moral principles unknown to most of their class. They should be taxed and their money democratically invested in the societies that created this wealth in the first place. We need to create a sensible maximum wage and a higher minimum wage that guarantees survival, with a social safety net that allows no one to go hungry, experience untended illness, or live without shelter.
There is far more than enough wealth to house, feed, clothe and benefit everyone, if we simply stop squandering that wealth on minorities who use it to perpetuate a system that is bringing us closer to social disaster. Capitalism is in a crisis which will get much worse before we make it better. In order to do that we need to end inequality and begin to recognize that the survival of one is dependent on the survival of all .
Happy New Year. 2012 could be a big one.
Frank Scott writes political commentary and satire which appears in print in The Independent Monitor and online at the blog Legalienate email: fpscott@gmail.com

No comments:

Post a Comment