To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Wednesday, November 9, 2011

Girl crushed to death by truck...मल्टिकम्प्लेक्स र अत्याधुनिक मोटरस्ट्याण्ड निर्माणले पार्‍यो संत्रास..न्यानोले कालेबुङमा पाएन ट्याक्सीको मान्यता


Prabin Khaling, KalimNews, Gangtok, 09 November: Road accident at national highway 31A at Majhitar between Rangpo and Singtam in the early in the morning claimed one dead and one injured. According to the information received a truck having registration no SK 03/2055 loaded with food grains was coming from Siliguri and heading towards Singtam in high speed and knocked down two person today in the morning at around 7 am.
They were hit from the back by the tyre at Majhitar resulting one dead and one injured. Body of Sunita Rai (24) of Kalijhora West Bengal working in the intas Parma company bagheykhola was crushed to death and torn apart into three parts. Rangpo police arrested Dilip Saha the driver of the truck and after the autopsy of the dead body of Sunita at Singtam district hospital was handed over to the family members. Sidhiman Sunar of Saddam working in Zydus healthcare injured in the accident was admitted at Singtam district hospital for treatment he is out of danger.

मल्टिकम्प्लेक्स र अत्याधुनिक मोटरस्ट्याण्ड निर्माणले पार्‍यो संत्रास
मनोज वोगटी,कालिमन्युज, कालेबुङ, 9 नोभेम्बर। कालेबुङको निम्ति गोर्खा जनमुक्ति मोर्चाले एउटा ठूलो योजना तयार पारेको छ तर त्यसलाई कार्यान्वयनमा ल्याउनु हो भने लगभग 37 परिवारलाई हटाइनुपर्छ। नहटाइए योजना शुरू हुन सक्दैन अनि योजना शुरू नभए मोर्चाको योजना काम लाग्दैन।
New bus stand
त्यो योजना हो मल्टिकम्प्लेक्स अनि उच्चस्तरीय स्ट्याण्ड। नोभेल्टी छेउको मॉं सन्तोषी टोल, जहॉं गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालका नगराध्यक्ष सीके कुमाइले शुरू गरेको थियो मोटर स्ट्याण्ड। स्ट्याण्ट त पूर्ण हुन पाएन तर मोठ तीन परिवार भने त्यही स्ट्याण्डको कारणले त्यसबेला नै उच्छेद हुनुपर्‍यो। कुमाइको पालामा बनिएको कम्प्लेक्स आधा कल्चो छ अनि त्यसै ठाउँलाई देखाएर गोर्खा जनमुक्ति मोर्चाले पनि तयार पारेको छ मल्टिकम्प्लेक्स अनि उच्चस्तरीय स्ट्याण्डको योजना। गोरामुमोको पालामा बनिएको आधाकल्चो स्ट्याण्ड र कम्प्लेक्सलाई भत्काएर गोर्खा जनमुक्ति मोर्चाले नयॉं कम्प्लेक्स र स्ट्याण्ड बनाउने हो कि त्यसैमाथि थपथाप गर्ने हो खुलिएको छैन। किन भने मोर्चाले तयार पारेको योजनाको ब्लुप्रिन्टलाई अहिलेसम्म नै गोप्य राखिएको छ। मोर्चा र कालेबुङ महकुमा प्रशासन अहिले त्यस क्षेत्रमा रहेका 37 परिवारलाई घर हटाउने सम्बन्धमा सहमति बनाउने चक्करमा छ। यसबारेमा अहिले बैठकको बैठक चलिरहेको छ अनि सहमतिको सम्भावना भने टाडा टाडा बन्दै गइरहेको छ।
सहमति भएन भने मोर्चाले देखेको सपना पुरा हुने छैन अनि सहमति भयो भने 37 परिवारको भविष्य र सुरक्षामा पार्टी र प्रशासनको बचनबद्धता कतिसम्म न्यासंगत हुने हो केही निश्चित छैन। सहमति हुनु नहुनु पछिको कुरा हो तर अहिले जुन मल्टिकम्प्लेक्स र उच्चस्तरीय स्ट्याण्ड बनाउने कुरा चलिरहेको छ, त्यस क्षेत्रका सचेतहरू अनुसार यो खपाउ योजना होइन। किन भने कालेबुङमा बढिरहेको वाहनहरूको जनसंख्यालाई याद गर्नु हो भने सानो ठाउँमा सॉंघुरोरुपले बनाइएको मोटर स्ट्याण्ड र कम्प्लेक्स पर्याप्त हुने छैन।
अहिलेको जुन संख्या वाहनहरूको देखिएको छ, ती वाहनहरूलाई व्यवस्थित गर्न पनि स्ट्याण्डको ठाउँ पर्याप्त हुने छैन। यसो हो भने यो योजना भविष्यको निम्ति कसरी भयो त? प्रश्न क्षेत्रवासीसित यस्तो रहेको छ। उनीहरू अनुसार कुनै ठूलो क्षेत्रमा यो योजनालाई कार्यान्वयनमा ल्याइनुपर्छ ता कि त्यो योजना भविष्यको निम्ति उपयोगी होस्‌। जे होस्‌, क्षेत्रवासीसित आएको सहमतिले नै मोर्चाको योजनाको भविष्य पनि तोक्ने देखिएको छ। अहिलेसम्म सहमति हुन नसक्नुमा क्षेत्रवासीको सुरक्षा र उनीहरूलाई प्रदान गरिनुपर्ने सहुलियतहरूबारे आइरहेको नितान्तै अस्पष्ट कुरा पनि मान्न सकिन्छ।
क्षेत्रवासीलाई लाग्न पर्‍यो कि जुन सहमति र सम्झौता हुन्छ त्यो अक्षरस्‌ पालन गरिनुपर्छ। यता यसै मामिलामा त्यसै क्षेत्रबाट उच्छेद भएका चार परिवारलाई हेर्दा भने क्षेत्रवासीले प्रशासन र पार्टीलाई ढुक्कले विस्वास गरिहाल्न सक्दैनन्‌। कारण के परेको छ भने गोरामुमोकालमा तीन अनि गोजमुमोकालमा एक परिवार यस क्षेत्रबाट पार्टी र प्रशासनको आश्वासनहरूको कारण नै उच्छेद भइसकेको छ। उनीहरूलाई दिइएको कुनै पनि आश्वासनलाई न त गोरामुमोले न त गोजमुमोले नै पुरा गरेको छ, प्रशासनको त कुरै छैन। बरू प्रशासनले गोरामुमोकालमा बनिएको कम्प्लेक्स एउटा कोठा आठ लाखमा बिक्रि गरेको अपुष्ट समाचार पाइएको छ। 2006 मा गोरामुमोका नगराध्यक्ष सीके कुमाइले पनि यसै ठाउँमा स्ट्याण्ड र कमप्लेक्स बनाउने योजना बनाएका थिए। तर योजना शुरू गर्न अघि त्यस क्षेत्रमा रहेका केही परिवारको घर बाधा बन्यो। फलस्वरुप उनीहरुलाई अन्यत्र सार्ने अथवा बनिएको कम्प्लेक्समा कोठा दिने आश्वासनमा कमला प्रधान, जीवन राम अनि पूर्णिमा राईको घर भत्काइयो।
6 वर्ष बित्यो त्यो आश्वासनलाई न त पार्टीले पुरा गर्‍यो न त प्रशासनले। अहिले ती नै परिवार नगरपालिका प्रशासनद्वारा उच्छेदित भएर अन्यत्र आफ्नै बन्दोबस्तमा बसोबासो गरिरहेका छन्‌। क्षेत्रवासीले पार्टी र प्रशासन मिलेर तीन परिवारमाथि भएको अन्याय राम्ररी भुल्न पनि पाएका थिएनन्‌ गोर्खा जनमुक्ति मोर्चा र नगरप्रशासनले स्ट्याण्डको मुखैमा रहेको एसयुएमआईका पूर्व शिक्षक रामाशङ्‌कर प्रसादको घर नै भत्काइदियो।
कारण थियो जङ्गबीर सापकोटाका सालिग निर्माण। एउटा परिवारलाई उच्छेद गरेर अहिले जङ्गबीर सापकोटाको सालिग त्यहॉं उभिएको छ। रामाशङ्‌करलाई सापकोटाको सालिग उद्घाटनको दिनसम्म पनि घर भत्काइएको घरको साटो कही व्यवस्था मिलाइने आश्वासन दिइएको थियो। रामाशङ्‌करले पार्टी र प्रशासनले दिएको त्यो आश्वासन पुरा भएको हेर्न पनि पाएनन्‌। तिनी बिते। तिनको छोरा निरज प्रसादको दाबी अनुसार पार्टी र प्रशासनको अन्यायले उपार्जन गरेको मानसिक प्रताडनाको कारण नै तीनको पिताको मृत्यु भएको हो।
अहिले निरज प्रसाद पनि आफ्नै व्यवस्थामा अन्यत्र नै बसोबासो गरिरहेका छन्‌। यी चार परिवारसित बितेको अन्यायपरक घटना भुल्न नसकेका मॉं सन्तोषी टोलका 37 परिवार मध्ये चार परिवारलाई घर हटाउने नोटिश पीडब्ल्यु विभागबाट आयो। जुन विभागबाट नोटिश आयो त्यो विभागलाई नै थाहा छैन कि जमीन कसको हो। जमीन न त नगरपालिकाको हो न त पीडब्ल्युडीको। जमीन हो बन विभागको। 
गोरामुमो कालमा होम्स नजिक लिचिग्राउण्डमा वन विभागलाई त्यसको साटो जमीन दिएर त्यहॉं स्ट्याण्ड वा कम्प्लेक्स बनाइने कार्य गरिएको थियो। पुस्तौंदेखि त्यस क्षेत्रका मानिसहरूले एकै खाले परिस्थितिको सामना गर्न परिरहेको छ त्यो हो उच्छेदन। जुनै पार्टी आए पनि आखिर उनीहरूलाई नै उच्छेदनको दवाब आउँछ। अहिले मोर्चालाई बारम्बार क्षेत्रवासीले टार्ने कार्य गरिरहेको छ अनि उनीहरू कनै पनि निर्णय दिन नसक्ने परिस्थितिमा देखापरेको छ। अघिल्लो बैठक अनुसार आज क्षेत्रवासीले लिखितरुपमा मोर्चालाई क्षेत्रवासीको निर्णय दिने भएको छ।
निर्णय के हुने हो कसैलाई थाहा छैन। त्यसै क्षेत्रमा दोहोरिएको उच्छेदनको घटना अनि आश्वासनपछि ती परिवारहरूलाई पाएको यातना र दुःख अब 37 परिवारमा पनि दोहोरिने हो होइन, क्षेत्रवासीले दिने निर्णयमा नै भरपर्ने देखिएको छ। तर मोर्चा र प्रशासनको योजनाले त्यस क्षेत्रमा संत्रासको परिस्थिति भने निर्माण गरेको नै छ।
न्यानोले कालेबुङमा पाएन ट्याक्सीको मान्यता
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 9 नोभेम्बर। कालेबुङ नगरमा रहेको मारूती भेन, टाटा इण्डीका, वेगेनर आदिलाई महकुमा प्रशासनले ट्याक्सी नम्बर दिने भएपनि टाटा न्यानोलाई भने विभागले ट्याक्सी नम्बर नदिने भएको छ। महकुमा अधिकारी एलएन शेर्पाले आज मीडियालाई उक्त कुरा बताएका छन्‌।
अहिले बजारमा सबैभन्दा सस्तो गाडीको रूपमा रहेको न्यानो कालेबुङमा पनि निक्कै भित्रिसकेको छ। कम मानिसहरूले नीजि प्रयोगको निम्ति मात्र न्यानो किनेको भएपनि धेरैले भने जीविकोपार्जन गर्न ट्याक्सी खेप्नकै निम्ति न्यानो ल्याएका छन्‌। 300 भन्दा धेर न्यानो अहिले कालेबुङमा आइसकेको छ भने अझ धेर न्यानो अर्डरमा रहेको बताइएको छ। सस्तो दाममा न्यानो किनेर ट्याक्सी खेपेर जीवीकोपार्जन गर्छु भन्नेहरूलाई ट्याक्सी खेप्न नदिने विभागको निर्णयले निराश बनाइदिएको छ। ट्‌याक्सी खेप्नकै निम्ति किनेको न्यानोलाई ट्याक्सी नै खेप्न नदिने भएपछि भर्खरै भएका न्यानो मालिकहरू भने अहिले असमञ्जस्यतामा परेका छन्‌। महकुमा अधिकारीले किन ट्याक्सीको मान्यता नदिने भन्ने कुरा भने बताएनन्‌।

1 comment:

  1. RTA, one of the major causes of death. This is really a sad story.. May her soul rest in peace.

    ReplyDelete