To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Monday, August 29, 2011

गोजमुमोको सिक्किममा जनसभा विवादमा ...एसडीएफको खस्कन्दो धरातल बचाउँन चामलिङले गोजमुमो प्रयोग गर्दैछः शंकरहाङ

प्रविण खालिंग, कालिमन्युज, गान्तोक, 29 अगस्त: गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले सिक्किमको मुख्यमन्त्रीसित आफ्नो रगतको साइनो केलाउँदै आगामी दिनमा सिक्किममै विराट जनसभा आयोजन गरेर मुख्यमन्त्री पवन चामलिङलाई अभिनन्दन गरेको घोषणामाथि प्रश्न चिन्ह तेर्साउँदै सिक्किम दार्जीलिङ एकिकरण मञ्च (सिदाएम) नयॉं अनि गम्भीर तर्क सिर्जना गरिदिएको छ।
सिदाएमका महासचिव शंकरहाङ सुब्बाले यहॉं एक प्रेस विज्ञप्ति जारी गरेर गोजमुमोले सिक्किमको विधानसभामा पारित गोर्खाल्याण्डको प्रस्तावलाई समेत धोका दिएर गोर्खल्याण्ड क्षेत्रिय प्राधिकरण (जीटीए)मा हस्ताक्षऱ गरेर सिक्किमलाई नै अपमान गरेर पुनः सिक्किमै जनसभा आयोजन गरेर मुख्यमन्त्री पवन चामलिङलाई सम्मान गर्ने घोषणा गर्नु पवन चमालिङ र गोजमुमोको राजनैतिक चाल रहेका बताएको छ। 
महासचिव सुब्बाले भनेका छन्‌, गोर्खाल्याण्डको समर्थनमा सिक्किम सोलिडारिटी फोरम फर गोर्खाल्याण्डलाई गोर्खाल्यण्डको समर्थनमा जनसभा गर्न नदिने सिक्किम सरकारले गोजमुमोलाई जनसभा गर्न दियो ने मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा रहेको सरकार स्वंय विरोधाभासमा पर्नेछ। तिनले अझ तर्क सिर्जना गर्दै भनेका छन्‌, यदी गोजमुमोलाई जनसभा गर्ने अनुमति दिइयो भने चामलिङ सरकारको दोधारे नीति स्पष्ट हुनेछ अनि भविष्यमा यसको जवाफदेही सिक्किम सरकार हुनेछ। तिनले भनेका छन्‌ गोजमुमो र सोलिडारिटी फोरमले मागेको गोर्खाल्याण्ड एउटै हो तर किन चामलिङले गोजमुमोसित मात्रै आफ्नो सम्बन्ध बलियो देखाउन खोज्दैछ यसमा प्रश्न चिन्ह देखा पर्छ। 
गोजमुमो र चामलिङबीचको सम्बन्धको खुलासा गर्दै तिनले भनेका छन्‌, अहिले चामलिङको सत्तारूढ दल एसडीएफको खस्कन्दो धरातल अनि विपक्षीहरूको बढ्‌दो जनाधारले आत्तिएर पवन चामलिङले गोजमुमोसित निटकता बढाएर विपक्षी दलहरूको प्रकोप साम्य पार्ने प्रयास गरेको हो। तिनले अझ भनेका छन्‌. सिक्किम दार्जीलिङ एकीकरण जस्तो गम्भीर मुद्दालाई पन्साउन खोजिन्दैछ तर त्यसको प्रत्युत्तर दार्जीलिङ र डुवर्सका जनताले ठीक समयमा सहीरूपमा दिनेछन्‌। अर्कोतिर गोजमुमोको आयु मदन तामाङको हत्याकाण्डको गुत्थी समाधान भएपछि नै समाप्त हुने ठोकुवा गर्दै तिनले भनेका छन्‌, माछाको बल पानी रहेसम्म भनेजस्तै गोजमुमोको ताकत मदन तामाङको हत्यारा पक्राउ नभइञ्जेल मात्र हो भन्ने सत्यतालाई चामलिङ सरकारले राम्ररी बुझ्नु पर्छ। 
गोजमुमो अझै पनि गोर्खा जातिकै एक दिग्गज र इमान्दार नेता मदन तामाङको हत्याको आरोपबाट मुक्त भइहालेको छैन्‌। यतिमात्र होइन आफ्नै सरकारले पारित गरेको गोर्खाल्याण्डको प्रस्तावलाई अवहेलना गर्ने राजनैतिक दललाई चामलिङ सरकारले सिक्किम राज्यमा राजनैतिक कार्यक्रम ग्रन दिने कुरालाई सिक्किम अनि दार्जीलिङका जम्मै विपक्षी राजनैतिक दलहरूले गम्भीररूपमा लिएका छन्‌,तिनले भनेका छन्‌। तिनले सिक्किममा गोजमुमो शाखा गठन गर्नुको पछाडी एसडीएफ सरकारको हात रहेको दावी गर्दै भनेका छन्‌, सिक्किममा गोजमुमोको शाखा खोलेर सिक्किम सरकारको सहयोगमा जनसभा गरेर राज्यका विपक्षीहरूलाई तर्साउने र सिक्किम सरकारको प्रशंसा गरेर हतासा तुल्याउने मनोबैज्ञानिक कौशल तयार पारिएको छ। तिनले अझ भने, जुनै कौशल अप्नाइए पनि जीटीएबाट डुवर्स छोडिएको दिन आफै भताभुङ्ग हुन्छ। 
तिनले सिक्किम सरकारलाई सही दिशामा पहल गरिदिने अनुरोध गर्दै भनेका छन्‌, दार्जीलिङ र डुवर्सका जनता बंगालबाट छुट्टिन चाहन्छन्‌ अनि यस भुभागका जनताले अझै पनि सिक्किम सरकारको चुडान्त निर्णयको अपेक्षा गरेका छन्‌। तिनले भनेका छन्‌, समय रहँदा नै सिक्किम सरकार र मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा आफ्नो भूभागलाई दाबी जनाएर बंगालको राजनैतिक शोषणबाट यहॉंको सिक्किमे रैतीलाई उकासिदियोस भन्ने आग्रह सिदाएम गर्दछ।
तिनले चेताउनी दिँदै भनेका छन्‌, समय बित्दै गएपछि जनलोकपाल बील कार्यन्वित होला त्यसबेला दार्जीलिङ र डुवर्सका जनताले पनि सिक्किमका जनतासित हातेमालो गरेर राजनैति देखि माथि उक्लेर एकै ठॉंउमा संलग्न रहेर भ्रष्ट्राचारको विरूद्धमा काम गर्नुपर्ला, यस्तो स्थितिमा जनता सर्वोपरि हुनेछन्‌ अनि राजनीतिक स्वार्थमा लिप्त भएका नेतृत्वहरूको राजनैतिक भविष्य संकटमा पर्नेछ। ज्ञात रहोस केही दिन अघिमात्र गोजमुमो सिक्किमले पार्टी अध्यक्ष विमल गुरुङसित भेट गरेर बैठक पछि सिक्किममा विराट जनसभा आयोजन गरेर सिक्किमका मुख्यमन्त्रीलाई मुख्यअतिथिको रूपमा निम्तो गरिने तथा सिक्किम दार्जीलिङको रगतको साईऩो बलियो पारिने घोषणा गरिएको थियो। यद्यपी जनसभाको मिती भने तय भएको थिएन्‌।

No comments:

Post a Comment