To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Monday, August 29, 2011

जीटीएको बील विधायकहरूकोमा आइपुग्यो ..2 सितम्बर बील पारित गर्ने आशामा मोर्चा,,, सरकारी अन्देखाले चर्काइरहेको छ लेप्चाहरूको आन्दोलनलाई - आमरण अनशनबाट शुरू गर्ने आन्दोलन.., 41औं साहित्य परिक्रमा - डुवर्सको लेखनलाई समयबोध चाहिएको छ-मोक्तान... बार एशोसिएसन भवनको शिलान्यास... अन्धकारमा 24 को आधापाटो...Star attractions: celestron telescope & zorbing ball...Deb tells growth story of his ministry

जीटीएको बील विधायकहरूकोमा आइपुग्यो - 2 सितम्बर बील पारित गर्ने आशामा मोर्चा
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 29 अगस्त।धेरै शंका उपशंकाको घेरोमा परेको जीटीएको बील आखिरमा विधानसभाको ग्रीष्मकालीन अधिवेशनको अन्तिम दिन प्रस्तुत गरिने भयो। हस्ताक्षर भएर पनि जीटीएको खेस्रा विधानसभाको ग्रीष्मकालीन सत्रमा महत्वपूर्ण सूचीमा नआउनु निक्कै चाखलाग्दो कुरा रहेको थियो। हस्ताक्षर अघि पनि पुर्‍याइएको भए पनि हस्ताक्षरपछि सदनमा बीलकोरूपमा ल्याइनुपर्ने जीटीएको सम्झौतापत्र सोझै फेरि केन्द्रिय कानून मन्त्रालयमा पठाइयो। कानून मन्त्रालयमा पठाइनुको कारण जीटीएभित्र राखिएका अधिकारहरूको कानूनीपक्ष अनि वैधानिकता हेर्नु थियो। आवश्यक जॉंचपछि दुइदिन अघि मात्र कानून मन्त्रालयले राज्य सरकारको हातमा पुर्‍याएको जीटीएको खेस्रा आज दार्जीलिङका विधायकहरूको हातमा परेको छ। मोर्चा प्रवक्ता तथा कालेबुङका विधायक डा.हर्कबहादुर छेत्री अनुसार राज्य सरकारले केन्द्रको कानूनी मन्त्रालयमा पठाएको जीटीएको खेस्रा आज विधायकहरूलाई बॉंडियो। 
मुख्यरूपले मोर्चाका विधायकहरूलाई अध्ययन गर्न दिइएको खेस्रामा आवश्यक निरीक्षणपछि 2 सितम्बरको दिन बीलकोरूपमा अधिवेशनमा राखिने छ। छेत्रीले बताए, आज बील प्रस्तुत गरिएको र छॉंटकॉंट भयो भन्ने कुरा अफवाह हुनसक्छ। आज मात्र विधायकहरूले खेस्रा पाएका छन्‌। उनीहरूले यसको विशद अध्ययन गर्नेछन्‌। अध्ययनपछि विधायकहरूले दिएको परामर्श अनुसार यसलाई 2 तारिक बीलकोरूपमा ल्याइनेछ। सोही दिन बील पारित पनि हुनेछ। 
छेत्रीले खेस्रामा आवश्यक शंसोधन गर्नुपर्ने परिस्थिति छ छैन त्यो विधायकहरूले अध्ययन गरेपछि थाहा पाउने बताएका छन्‌। पाइएको जानकारी अनुसार सदनमा जीटीएको बीलमाथि चर्चा गर्नको निम्ति डेढ घण्टा समयसीमा तय गरिएको छ। समयसीमाभित्र नै यसबारे छलफल गरिनेछ अनि पारित गर्नु नगर्नु निर्णय लिइनेछ। यता सदनको सत्र 2 सितम्बरको दिन नै सकिनेछ। सत्रको अन्तिम दिन जीटीएको बीलमाथि चर्चा हुनेछ। अन्तिम दिन नै भएपछि बील पेश गरिएको हुनाले यसलाई पारित गर्नको निम्ति अधिवेशनको मियाद बढाइन पनि सकिन्छ। सहमति भयो भने सत्रको समयसीमा बढाएर यसलाई पारित गर्न सक्छ तर यसभित्र कुनै अडचन आए अनि सहमति भएन भने यसपल्टको सत्रबाट जीटीए बाहिर नै पर्नेछ। 
राज्य सरकार र मोर्चा पक्ष यसै सत्रमा जीटीएलाई छिराउन प्रयासरत छन्‌। मोर्चापक्ष त 2 सितम्बरको दिन जीटीएको बील पारित हुने  विषयमा पूर्णरूपले आश्वास्त छ। केन्द्रिय कानून मन्त्रालयले खेस्राभित्र रहेका कानूनी अडचनका विषयहरूलाई छॉंटकॉंट गरेको छ भने पनि मोर्चाका विधायकहरूले त्यसबारे अध्ययन गरेर अधिवेशनमा आफ्नो सुझाव राख्नेछन्‌। छॉंटकॉंट नै भएपनि मोर्चाका विधायकहरू जीटीएको बील कुनै पनि परिस्थितिमा यसै सत्रमा छिनाफाना गर्ने पक्षमा रहेका छन्‌।
सरकारी अन्देखाले चर्काइरहेको छ लेप्चाहरूको आन्दोलनलाई - आमरण अनशनबाट शुरू गर्ने आन्दोलन
मनोज वोगटी, कालिमन्युज,  कालेबुङ, 29 अगस्त। आदिम जाति लेप्चाहरूले छुट्टै लेप्चा डेभ्लोपमेन्ट काउन्सिल अथवा बोर्ड गठन गरिनुपर्ने मागमा गत 9 अगस्तदेखि आजसम्म धर्ना प्रदर्शन गरिरहेका छन्‌। लेप्चा डेभ्लोमेन्ट काउन्सिल अथवा वोर्ड मात्र होइन तर प्राथमिक स्तरदेखिनै लेप्चा भषामा पठनपाठन हुनपर्ने अनि राज्यसभा र विधानसभामा पनि लेप्चा प्रतिनिधिहरू हुनपर्ने उनीहरूको माग रहेको छ। यी तीनवटा मागहरू लिएर हाल लेप्चाहरू आन्दोलनरत छन्‌। तर यतिका दिनसम्म लेप्चाहरूले कलकत्तामा धरर्ना दिइरहेको भएपनि सरकारले भने लेप्चाहरूको धरणा अनि मागलाई अत्तोपत्तो गरेको छैन। बरू आन्दोलनलाई दबाउन दुइ पल्टसम्म प्रशासनले प्रदर्शनकारीहरूलाई पक्राउ गर्‍यो। सरकारले लेप्चाहरूको मागलाई पत्तै नगरेपछि आज कालेबुङका लेप्चाहरूले सरकारलाई अझ चाप सृष्टि गर्न महकुमा कार्यालयअधि चार घण्टाभन्दा अधिक समयसम्म महकुमा घरणा प्रदर्शन गरे। 
सरकारले लेप्चाहरूको मागलाई अनदेखा गरेकोले उपस्थित लगभग दुई सय लेप्चाहरूले महकुमा कार्यालयअधि सरकारविरूद्ध व्यापक नारावाजी गर्दै विक्षोभ प्रदर्शन गरे। लेप्चा यूथ एशोसिएसनका सह-सचिव तसुथुङ लेप्चा, कोशाध्यक्ष एलडी लेप्चा, पद्मश्री सोनाम छिरिङ लेप्चा, लेप्चा अधिकार आन्दोलनका सचिव पीटी सिमिक. आदि धर्ना प्रदर्शनअवधि उपस्थित थिए। चार घण्टासम्म धर्ना प्रदर्शनपछि लेप्चा प्रतिनिधिहरूले महकुमा अधिकारी एल. एन. शेर्पासँग भेट गरी एक ज्ञापन पनि चड़ाएको छ। महकुमा अधिकारीले उक्त ज्ञापनलाई उच्च अधिकारीकहॉं पठाइदिने आश्वासन दिएपछि लेप्चाहरूले धर्ना तोड़े। सककारले लेप्चाहरूको मागलाई चॉंड़ै समाधान नगरे लेप्चाहरूले आन्दोलनको अन्य विकल्पहरू बनाउने योजना गरिरहेको छ। यसै सम्बन्धमा बोल्दै लेप्चा यूथ एशोसिएसनका सह-सचिव तयुथिङ लेप्चाले भने, दुइसय जना लेप्चाहरूले कलकत्तामा 9 अगस्तधेखिनै धर्ना दिइरहेका छन्‌। तर सरकारबाट अहिलेसम्म कुनै पहल भएको छैन। बरू आन्दोलन दबाउन प्रदर्शनकारीहरूलाई पक्राउ गरियो। 
हामी गणतान्त्रिक ढङ्गमा आन्दोलन गर्दैछौं। हामीले कुनै पार्टीलाई बाधा पुर्‍याउन आन्दोलन गरेका होइनौं। हाम्रो भाषा, साहित्य, संस्कृति अस्तित्व र चिन्हारी संरक्षणको निम्ति गरेका हौं। तिनले आजसम्म सराकारले लेप्चाहरूलाई अवहेलना गरिरहेको बताउँदै अब धर्नाले सरकारलाई कुनै फरक परेन भने आन्दोलनको अन्य विकल्पहरूको पनि उनीहरूसँग योजना रहेको बताउँदै सरकारले चॉंड़ै लेप्चाहरूको माग पूरा नगरे आगामी दिनमा आमरण अनशन, अन्य कोहीसँग मिलेरै भएपनि राष्टिय राजमार्ग बन्द, दार्जीलिङ बन्द लगायत बङ्गालनै पनि बन्द गर्नसक्ने चेतावनी दिए। 

बार एशोसिएसन भवनको शिलान्यास
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 29 अगस्त। कालेबुङ बार एशोसिएसनले 68 औं स्थापनाको अवसरमा सांसद कोषबाट एशोसिएसनको निम्ति पास भएको भवनको शिलान्यास गर्‍यो। सांसद जसवन्त सिहंको कोषबाट लगभग 14 लाख रूपिँया बार एशोसिएसको भवनको निम्ति अनुमोदन भएको थियो। आज बार एशोसिएसनले एक कार्यक्रमबीच उक्त भवनको औपचौरिक रूपमा शिलान्यास गर्‍यो। कोर्ट परिसरमा नै निर्माण भइरहेको उक्त भवन शिलान्यास गर्नअघि हिन्दु, लामा, मुस्लिम धर्मअनुसार बेग्ला बेग्लै तरिकाले पूजा प्रार्थना गरियो। 
सोही अवसरमा आज कालेबुङ बार एशोसिएनले एक कार्यक्रमको आयोजना गरी कालेबुङ कोर्टमा कार्यरत सेशन एण्ड डिस्टट्रिक्ट जस बी.एन. बादुरी अनि कोर्टकै वरिष्ट कर्मचारी श्रीमती गंगा गुरूङलाई एसोसिएसनले विदाइ जनायो। आजको काक्रक्रममा सिभिल जज सिनियर डिभिजन कम एसीजीएम श्री राम धाम, सिभिल जज वर्नाली दास गुप्ता, कालेबुङ बार एशोसिएसनका सभापति अनमोल प्रसाद, सचिव प्रेम प्रधान, दार्जीलिङ बार एशोसिएसनका सभापति अमर लामा, उप-सभापति आनन्द बर्मा, सिक्किमका वरिष्ट अधिवक्ता कर्ण भोटिया, महकुमा अधिकारी एल एन शेर्पा आदि विशेष रूपमा उपस्थित रहेका थिए। कालेबुङ बार एशोसिएनका सभापति अनमोल प्रसादले जानकारी गराएनुसार बार एसोशिएसनको भवन पहिलेदेखिनै सॉंघुरो रहेको थियो। यसर्थ सांसद कोषबाट आएको राशिले बार एशोसिएसनको भवन निर्माण हुनलागेको अनि यस भवनको निम्ति सांसद कोष पाइनुमा थुप्रै मानिसहरूको योगदान रहेको जनाए।
41औं साहित्य परिक्रमा - डुवर्सको लेखनलाई समयबोध चाहिएको छ-मोक्तान
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 29अगस्त। भाषा मान्यताको आन्दोलनमा साङ्गाठानिक पहल बाग्राकोटबाट भएको थियो। मलाई भाषाको त्यो  युद्ध जितेको दिन सम्झना आइरहेको छ किन भने उन्मुक्तिको अर्को सपना हामीले त्यसैबेला रोपेका थियौं तर यसपल्ट पनि सरकारले दार्जीलिङ जिल्लाको निम्ति तयार पारेको व्यवस्थाबाट डुवर्सका धेरै क्षेत्रलाई बाहिर राखिएको छ। साहित्यलाई अब यो उन्मुक्तिको सवाललाई अघि बढाउनुपर्ने दायित्व छ-बाग्राकोटका साहित्यकार सुखमन मोक्तानले 41 औं साहित्य परिक्रमा कार्याक्रमलाई सम्बोधन गर्दै भने। बद्रीनारायण प्रधानलाई शीरमा राखेर बाग्राकोटका युवा साहित्यकारहरूले 9 वर्षदेखि धारावाहिकरूपले आयोजना गर्दै आइरहेको साहित्य परिक्रमाको 41औं प्रकरण बाग्राकोट प्राथमिक पाठशालाको कार्यक्रम भवनमा सम्पन्न भयो। 
साहित्यकार सुखमन मोक्तानले अध्यक्षता गरेको कार्यक्रममा युवा कवि मनोज वोगटी मुख्य अतिथि रहेका थिए भने जे.बी.छेत्री अनि शंकर प्रधान विशिष्ट अतिथि थिए। मोक्तानले भने, अब फेरि डुवर्सका साहित्यकारहरूमा समयले मागेको आवाज पाठकलाई दिने समय आएको छ।
 मोक्तानले डुवर्सको साहित्य केन्द्रकोरूपमा रहेको बाग्राकोटमा निष्क्रिय रहेको साहित्यिक समाजलाई पुनर्स्थापित गर्न युवा जमातले गरिरहेको प्रयासलाई सराहना पनि गरे। तिनले यसपल्टको व्यवस्थामा डुवर्सका धेरै गोर्खाबाहुल क्षेत्र छोड्‌न सरकारले गरेको षडयन्त्रप्रति पनि सचेष्ट रहने अनि जहिल्यै पनि डुवर्सले चुनाउनुपर्ने प्राप्तिहीन मूल्यलाई केन्द्रमा राख्दै साहित्यिक जस्ता सचेतहरूले सिर्जनाबाट पनि समय लेखिदिने अनुरोध पनि गरे। तिनले परिक्रमाको 50 औं प्रकरणलाई भव्यरूपमा पालन गर्न योजना तयार पारिने पनि बताए। आलोचक सिताराम धितालले पनि आफ्नो सम्बोधनमा अघिल्लो पुस्तासित जोडिएर आएका आजको पुस्ताले अर्को पुस्तासित पनि कुम जोडेर डुवर्सको साहित्य लेखनलाई क्रमिकरूपले अघि लैजानु पर्ने बताए भने विशिष्ट अतिथि जेबी छेत्रीले आजको युवा साहित्यकारहरूमा इमान्दारिता र कटिबद्धताको अनिवार्यता रहेको बताए। 
मुख्य अतिथि मनोज वोगटीले समकालीनसित नै युवा कवितालेखनमा पनि अबका युवा सर्जकहरू अघि आएको राम्रो हुने बताउँदै साइबर साहित्यतिर पनि आजको पुस्ताको चासो हुनुपर्ने अनि भारतीय नेपाली साहित्यलाई साइबरीयस्तरमा पनि विकास गरिनुपर्ने बताए। चियाबारी साहित्यलाई पनि विकसित गरिनुपर्ने कुरा गर्दै तिनले फुक्का भएर लेखनमा अग्रसर हुनुपर्ने बताउँदै भने, पार्ट टाइम लेखनले कुनै निश्चित दिशा तोक्न नसक्ने भएकोले भारतीय नेपाली साहित्यले विश्वमा आफ्नो दखल राख्न सकिरहेको छैन। दायित्वपूर्ण लेखनको खॉंचो समाजलाई देखिएकोले सबैले लेखनलाई  सतही हुनबाट लेखनलाई जोगाउनुपर्छ। कार्यक्रममा मनोज वोगटी लगायत भूपेश शर्मा, रुस्तम शर्मा, रुपेश विश्व, दीपक बुढाथोकी, सूर्य राई, सुरज ढकाल, इन्द्र बोगटी, शंकर प्रधान, विनोद प्रधान, गणेश छेत्री, राकेश ठकुरी, प्रभाकर योजन, सन्ध्या शर्मा, सन्तोष शर्मा अनि नियति छेत्रीले कविता पठन गरेका थिए भने अजय खड्‌काले कार्यक्रम सञ्चालन गरेका थिए।
अन्धकारमा 24 को आधापाटो
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 29अगस्त। छुट्टै राज्यले झिनामसिना सबैक्षेत्रको विकास हुने आशाले आन्दोलन गर्न सधैँ निस्कने दागोपापको 24 नम्बर समष्टि वास्तवमा अन्धकारबाट निस्कने छटपट्टिमा छ। किन भने यो समष्टि अनि निकटवर्ती 26 नम्बर समष्टीको आधापाटो नै अहिलेसम्म अन्धकारमा छ। धिप्रिमा पढेर परीक्षा उतीर्ण गर्नुपर्ने जिल्ला कै दुर्गम ठाउँका विद्यार्थीहरू हिँडेरै बजारका विद्यालयहरू आउँछन्‌।
 खेती गरेरै आफ्नो आँगनमा दह्रोसित उभ्ने कृषकहरू डोकोमा सब्जी बोकेर कालेबुङ बजार आउँछन्‌। यसो गर्नु उनीहरूको निम्ति नोकरी नै रहेको छ। सिलगढीको सब्जी मण्डीमा यो ठाउँमा उमारिएका कोपी र सिमी पुगेन भने गॉंउ त घाटामा पर्छ नै मण्डी पनि घाटामा जान्छ। न त बाटो छ न त बिजुली तरै पनि कष्ट खपेर येनतेन बॉंचिरहेका क्षेत्रका मानिसहरूले बाटो निर्माण र बिजुली सर्वराहको निम्ति अब बोल्ने भएका छन्‌। 24-को अप्पर र लोवर पोचोक अनि 26 को नोक डॉंडा दुवै समष्टीको आधा हिस्सा नै रहेको छ जहॉं न त विजुली छ न त बाटो। भुक्तभोगी पासङ शेर्पाले बताए, यी क्षेत्र कालेबुङ कै सबैभन्दा बलियो श्रमजीवी क्षेत्र हो किन भने कालेबुङको यही क्षेत्र नै हो जो कृषिक्रमले बॉंच्छ। तिनी अनुसार जुन ठाउँको सागसब्जी सिलगढी लगिन्छ अनि क्षेत्रका मानिसहरूले जुन क्षम गरिरहेका छन्‌ यसको कदर भएको छैन। 
यो क्षेत्रको विकासको तार कृषिसित जोडिएको छ। लगभग पॉंच् हजार घरहरू रहेको दुइसमष्टिका यी क्षेत्रमा मुख्य गरी अलैंची,कोपी अनि मटर विशालरूपमा खेती गर्ने गरिन्छ। यहॉंको उत्पादनलाई सिलगढी अनि कालेबुङ लगिन्छ भने खउद्रा पसललाई कालेबुङ बजारसम्म ल्याएर जीविकोपार्जनको मेलो जुर्छ। तर यहॉं बाटो छैन। शेर्पाले भने, बाटो हुनु हो भने सब्जीले उचित दर पाउने थियो अनि कृषकहरूले नाफा कमाउन सक्नेथियो। कच्चाबाटोमा वाहनमा लादेर उपत्पादन बाहिर लैजान नसक्ने भएकोले कुल्ली लगाउनुपर्छ। यसो गर्दा उत्पादनको दाम चर्किन्छ। उचित मूल्य कृषकहरूले पाउँदैनन्‌। कच्चाबाटो भएकोले दुर्घटनाको भय छ छँदैछ खराबको कारण चालकहरू पनि यो बाटोमा वाहन चलाउन मान्दैनन्‌। कृषकहरूले आफ्नै जिम्मेवारीमा वाहन झिकाउनुपर्ने बाध्यता अर्कै छ। शेर्पा अनुसार बाटो बनाइयो भने कालेबुङ महकुमाको सबैभन्दा आर्थिक उन्नयनक्षेत्रकोरूपमा यो समष्टि स्थापित हुनसक्छन। 
तिनले पर्यटनको हिसाबले पनि यो क्षेत्र उत्तम छ। किन भने यो ठाउँ घाम झुल्केको मात्र होइन कञ्चनजङ्गा हेर्न पनि उपयुक्त छ। सिलगढी क बङ्गलादेशको सीमाक्षेत्रसम्म देख्न सकिने यो क्षेत्रमा इको टुरिज्म पनि वाकास गर्न सकिन्छ तर यसको निम्ति बाटो नि बिजुली हुनुपर्छ। अहिलेसम्म पनि धिप्रीमा नै बस्नुपर्ने बाध्यता मुनी हुर्किरहेको यो समष्टीको उद्वारको निम्ति सम्बन्धित निकाय र सचेतहरूले ध्यान दिनुपर्ने शेर्पाको ठनाइ छ।
Star attractions: celestron telescope & zorbing ball

RAJEEV RAVIDAS, TT, Kalimpong, Aug. 29: The Kalimpong Science Centre will be the destination for those who want to see the celestial objects in all their splendour or simply roll down the lush greens inside a spherical object this autumn.
A CPC 800 celestron telescope with GPRS facility and a zorbing ball are the two new attractions that will be available for visitors in the next few days at the science centre, located in the picturesque Deolo Hills, 5km from here.
The centre, established in October 2008, is fast emerging as popular destination not just for the local people but also the tourists.
“The telescope is a very modern one that should delight the stargazers. It has computer attached to it and one can trace any object in the celestial world through auto-tracking,” said B.B. Gurung, the centre’s curator.
With the new telescope in its kitty, the centre is planning to organise observation programmes during eclipses for the benefit of the stargazers. “It will surely be a new experience for enthusiasts to observe the eclipse through the powerful telescope,” said Gurung.
Kalimpong, however, does not have an astronomy club of amateur stargazers. But there should be many takers even among the local people for the zorbing ball, for the thrill of rolling down a hill inside a ball made of transparent fibre.
“The diameter of the ball is 14 feet, and more than two persons can easily fit inside. The zorbing ball at our centre I believe is the first of its kind in the Northeast,” said the centre’s curator.
The zorbing ball is very light in weight since it is made of flexible plastic. The ball is double-sectioned, with one ball inside the other with an air layer between. This acts as a shock absorber for the rider, damping bumps while travelling.

“Zorbing is generally performed on a gentle slope, but can also be done on a level surface, permitting more rider control. Zorbing has become very popular attraction in Manali in Himachal Pradesh,” said Gurung.
The two new additions are expected to increase the footfall at the centre, which will complete three years in early October. Gurung said the centre attracts about 200 visitors every day on an average. “The footfall can be as high as 4,000 a day at times. The monsoon is a lean season for us,” he added.
The centre was developed by the National Council of Science Museum and is run by the education department of the Darjeeling Gorkha Hill Council.
Deb tells growth story of his ministry

TT, Siliguri, Aug. 29: North Bengal development minister Gautam Deb said his department and the chief minister’s secretariat had started functioning in Siliguri with the government sanctioning necessary posts and recruiting employees.
Deb explained the formation process of his ministry in a bid to refute Asok Bhattacharya’s charge that north Bengal development department existed only in name and nothing had been done for the region in the first 100 days of the Mamata Banerjee government.
“People should understand that unlike other ministries, there was no infrastructure for my department when I started functioning. It was a new ministry formed at the insistence of the chief minister. After obtaining the consent from the governor, the ministry came into existence on July 8,” said Deb.
“Within a fortnight, the North Bengal Development Council was de-linked from the state development and planning department and appended to my ministry. A new board was also formed for the council.”
The formation process continued and on August 12, Raghavendra Singh, the principal secretary of tourism department, was given additional charge as the principal secretary of the north Bengal development department.
The minister also said his department has offices in Calcutta as well as in Siliguri.
“Seeing our dedicated work for north Bengal, the former minister (Asok) is trying to create confusion by making baseless comments. We would like to clarify that my ministry has two offices now, one in Calcutta and the other in Siliguri. So far, 21 posts of different categories have been sanctioned by the finance department,” he said.
Deb said the department’s office would be shifted to a building being constructed by the Siliguri Jalpaiguri Development Authority along Hill Cart Road. Later, the department will function at the chief minister’s secretariat coming up at Matigara. He also announced a series of projects for north Bengal (see chart).
Dawa Sherpa Doma, an IAS officer, has been posted in the Siliguri office of the department as the additional secretary.
The government has also taken steps to make the secretariat functional. The secretariat is currently located at BCW building in Shivmandir, 8km from Siliguri.
“Rajat Saini, the additional district magistrate of Darjeeling, has been posted in the CM’s office as joint secretary. Seven more posts have been sanctioned and appointments are being made to fill them up,” said the minister.
He said the development council would be the key agency for implementing various projects in the region. The council has 11 staff members right now and the government is planning to create a pool of its own engineers to execute works without depending on other departments of the government.
The minister said he would hold a meeting of the development council in Jalpaiguri on September 3 to finalise various projects for north Bengal.

No comments:

Post a Comment