To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, April 16, 2011

ममता व्यानर्जीलाई कालेबुङ कृषक सङ्गठनले दियो अग्रिम शुभकामना
कालेबुङ, 16 अप्रेल |  कृषकहरूको हीतमा जिल्लाभरि क्रान्तिकारी पहल गरिरहेको कालेबङ कृषक कल्याण सङ्गठनले बङ्गालमा सरकार परिवर्तन गर्दै आउने मुख्यमन्त्रीको सम्भावित दावेदार ममता व्यनर्जीलाई मुख्यमन्त्रीको निम्ति अग्रीम शुभकामना दिएको छ। सङ्गठनका महासचिव विष्णु छेत्रीले कंग्रेसको नेतृत्वमा युपिए सरकारद्वारा कृषक, कृषि अनि ग्रामीण सम्पदाको विकासको निम्ति सरकात्मक पहल र नीति राखिएको अनि तृणमूल कंग्रेस कृषकहरूको हक र हीतलाई अक्षुण्ण राख्न सङ्घर्षरत रहेकोले शुभकामना दिएको जनाए। तिनले युपिए सरकार कृषकहरूको निम्ति कटिबद्द रहेको अनि बङ्गालमा आउन लागेको सरकार पनि कृषकहरूको हीतमा रहेको जनाउँदै कृषकहरूको निम्ति व्यापक कार्यक्रम, जस्तै ऋण माफी, सयदिने रोजगार, बनवस्तीको पर्चापट्टाको निम्ति अनि हालैमा बजेट 2011-12मा पनि कृषकहरूको हीत स्पष्ट पारिएको जसको फाइदा पहाड़का कृषकहरूले पनि पाउने बताए। दार्जीलिङ प्राकृतिक सम्पदाले धनी रहेको कारण नयॉं सरकारले यहॉंको कृषि विकास, ग्रामीण क्षेत्रको विकास अनि बेरोजगार समस्याको समाधानका उचित उपायहरू कार्यान्वयन गर्ने आशा राखिएको छेत्रीले जनाए। 
छेत्रीले यसपल्टको चुनाउमा लड्ने दलहरू अनि मुद्दाहरू गारोमुमो र छैटौं अनुसूची, गोजमुमो र प्राधिकरणको नाममा गोर्खाल्याण्ड भन्दा कम नाम नै नरहेको व्यवस्था,कंग्रेस र युटी, गोर्खालीग र शान्ति अनि गणतन्त्र बहाली, माकपा र स्वायत्त शासनलाई पनि शुभकामना रहेको जनाए। तिनले भने, हिल कंग्रेस यसपल्ट बधाईको पात्र छ। युटीको मुद्दालाई केन्द्रिय नेतृत्वसमक्ष पुर्‍याउन सक्षम बनेको देखिएको छ। चुनाउपछि पनि यो मुद्दालाई लिएर व्यवहारिक पहल गरियोस्‌। तिनले कंग्रेस र तृणमूल सत्तामा आए सङ्गठनको माग र अड़ान सफलीभूत हुने सोंच राखेको जनाउँदै चिया कमानका श्रमिकहरूको रोज राष्ट्रिय भत्ता नियम अन्तर्गत दिइनुपर्ने, न्यूनतम्‌ रोज 130 हुनुपर्ने सङ्गठनको माग रहेको पनि जनाए। तिनले सङ्गठनका मागहरूबारे अवगत गराउँदै दार्जीलिङलाई स्पेशल इकोनोमिक जोन फर हर्टिकल्चर घोषित गरिनुपर्ने, टेम्पोरेट हर्टिकल्चर रिसर्च एण्ड डेभलोपमेन्ट सेन्टरको स्थापना गरिनु पर्ने, दार्जीलिङ, कालेबुङ, खरसाङलाई इको-सिटी प्रोजेक्ट अन्तर्गत गाभिनु पर्ने जसमा पर्यटन विकास, शहर सुन्दरीकरण, नालीको व्यवस्था, पिउने पानीको व्यवस्था, पैह्रो अनि भूइचालोका रोकथामका प्रावधान हुनुपर्ने, दार्जीलिङमा केन्द्रद्वारा आएका कोषहरूमाथि भएका घोटालाहरूको जॉंछ हुनुपर्ने, सर्वशिक्षा अभियान, मीड-डे मील, राष्ट्रिय कृषि विकास योजना, राष्ट्रिय वागवाणी मिशन, राष्ट्रिय औषधीय मिशन,राष्ट्रिय बॉंस मिशन,राष्ट्रिय ग्रामीण स्वास्थ्य अभियान लगायत बीएसएनएल सेवा सुदृड़ गरिनुपर्ने माग रहेको पनि जनाए। 
तिनले भने, एमएसएमई-द्वारा दार्जीलिङ पहाड़मा ग्रामीण अनि कुटिर उद्योगको विकास गर्ने दिशामा पनि पहल हुनुपर्ने हाम्रो माग छ। मुख्यगरी किनारीकृत कृषक अनि साना कृषकहरूलाई बीपीएलको दर्जा दिइनुपर्ने, गैरसङ्गठित क्षेत्रमा कार्यरत्‌ मानिसहरू जस्तै ड्राइभर, मेकानिक,होटलका कर्मचारी, निर्माण क्षेत्रका श्रमिकहरूको निम्ति निःशुल्क जीवन वीमा, पेन्सन योजना लागू हुनुपर्ने पनि सङ्गठनको माग गरेको बताउँदै तिनले भने, यसपल्टको चुनाउमा म भने व्यक्तिगतरूपले मताधिकारको प्रयोग गर्नेछु। मेरो मत कंग्रेसको पक्षमा रेजिस्ट्रेडट हुनेछ।
Last day election campaign in Kalimpong

No comments:

Post a Comment