To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, June 12, 2010

Arrested motor lifters, drug peddlar...Minister visits Mungpoo

KalimNews:After the arrest of Puran Raimajhi by Siikkim Police Kalimpong Police arrested more members of the gang of Motor vehicle lifters. Rambi Police arrested Puran Majhi, Michael Majhi, Mukesh Pradhan and Mehbub Alam. Besides these Santosh Thapa and Abhinay Pradhan by Jorebunglow Police are arrested in the similar case. They had confessed of selling the vehicles in Nepal. Pix: Samiran Paul
A campaign against Child Labour in Kalimpong
KalimNews: Ruel Molommu with his wife Deepmala and son was arrested by Kalimpong Police from Mission Compound with a large amount of drugs like spasmo proxyvon. Ruel was arrested after a suspected OD death of a boy in Kalimpong Hospital.
Food Minister in Mungpoo 
KalimNews: Though NH31A at Hathisuray was cleared for small vehicle in the night of 11th only a few vehicles could cross the highway while most couldnot make their way due to improper traffic. The traffic was heavily jammed as vehicles were placed on the road haphazardly violating all traffic rules. It followed the following day too. And the road was again cleared at about 2 in the afternoon of 12th June but again the same probe disrupted the traffic. In the jam horticulture and Food processing minister Mahanto Chatterjee was also stopped for 2 whole hours. He returned to  Siliguri and reached Mungpoo via Kurseong for his official visit at the Mungpoo Cinchona Plantation.  
मङ्पू १२जून(डी.के वाइबा) सिनकोना उद्योग तथा यससँग जडीत समस्याहरुको जानकारी लिँदै फूड प्रोसेसिङ एंव हर्टिकल्चर मन्त्री महन्त च्याटरर्जी शनिबार मङ्पू आइपुगे । उनलाई स्थानीय जनता लगायत दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर यूनीयनका कार्यकार्ताहरुले स्वागत जनाए । सिन्कोना उद्योगको जानकारी लिन आएका मन्त्री च्यटजीसँग सिन्कोना निर्देशक डा.जी.सी.सुब्बा , ब्यवस्थापक सी.बी थापा लगायत अन्य  अधिकारीगण साथमा थिए । रोङ्गो,गैरिबास,दलगाउँ, लाठपञ्चर आदि ठाँउहरूको परिभ्रमण पछि मङ्पु आइपुगेका मन्त्री च्याटर्जीले सिन्कोना उद्योगको समस्यासरु बुझ्न आएको बताए । " सिन्कोना उद्योगसँग थुप्रै समस्याहरु रहेको छ , ति समस्याहरु कसरी समाधान गरि यस उद्योगको उन्नती गर्न सकिन्छ  भने बिषयमा जानकारी लिन यसरी परिभ्रमणमा आएको हूँ "-मन्त्री च्यटर्जीले भने । एउटा प्रश्नको  उत्तर दिँदै मन्त्री च्याटर्जीले बिगत केही वर्ष अघिदेखि बन्द अवस्थामा रहेको सिन्कोना कारखाना सञ्चालन गर्ने दिशामा पनि पहल भइरहेको बताए । आफ्नो भ्रमणको अवधि रवीन्द्र भवनको पनि तिनले जानकारी लिए । रवीन्द्र भवनको उचित विकाश र संरक्षणको निम्ति पनि सम्बन्धित बिभागका अधिकारीवर्गसित बात गर्ने पनि मन्त्री च्याटर्जीले बताए । रवीन्द्र भवन अबोप्रान्त सूचना एंव  सांस्कृती विभाग अधिनस्थ रहने बताउँदै यसलाई विश्व धरोहरको रुपमा स्थापित गर्ने दिशामा पनि पहल गर्ने बताए । अर्कोतिर मन्त्री च्याटर्जीको सिन्कोना परिभ्रमण लाभदायक रहेको निदेशक डा.जी.सी.सुब्बाले बताए । हालमा सिन्कोना बगानका मजदुरवर्गले पाइरहेका बद्ली काम , पदोन्नती आदि बिषयहरुमा पनि मन्त्री च्यटरर्जीका सकारात्मक दृष्टिकोण रहेको निदेशक सुब्बाले थप बताए ।
KalimNews: An Interactive programme was organised  by North Bengal Journalists Club in Siliguri.On the occasion of the Club's 2nd year conference the programme was organised  on the topic- present political situation of West Bengal and the role of media. Bharati Tamang President of ABGL: Bharati Roy MLA of Jalpaiguri : Shankar Malakar President Dist Congress Committee (Plains): Binay Chakraborty Secretary of UTC State Committee: Ujjwal Choudhary Secretary Dist Committee of CPM participated in the debate. 
Sikkim chapter of BGP inaugurates its blogsite-Gorkha sikkim blogspot.com

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmgXeOBrqDId_cBrJ4Soyh5edyv8wN0Jh2rNQF7BHyp0H77JVG6MbloGJXNvuTnnrc7WCGEgHTB6PdItga0uel4DMtAbUOQjLbitjQoI3HMZBqLPffuoPNpQgFJiHnbyg_cYKtMR56rAFM/s1600/Mukhapatra+bimochan+2.JPGBGP media cell, गान्तोक,12 जुन। भारतभरिका गोर्खाहरूको सामाजिक उत्थान र विकासको निम्ति सदैव कार्यरत गोर्खाहरूको राष्ट्रिय छाता संगठन भारतीय गोर्खा परिसंघ (भागोप) को सिक्किम राज्य समितिको कार्य र भागोपको सैद्धान्तिक पक्षहरूलाई समेटेर प्रकाशित मुखपत्र सिक्किम परिसंघ अनि बल्ग डब्लु डब्लु डब्लु डट गोर्खासिक्किम डट ब्लगस्टप डट कम को शनिवार पूर्व जिल्लाको कार्यालय रानीपूलमा लोकार्पण गरियो।
नागाल्याण्डका पूर्व पुलिस महानिर्देशक तथा गृहसचिव सी पी गिरी अनि अर्जुन पुरस्कारले सम्मानित जसलाल प्रधानको बाहुलीबाट मुखपत्र अनि ब्लगको बिमोचन गरियो। भागोप सिक्किम शाखाले आफ्नो शाखा गठऩकालदेखि गरिएको पहलहरू तथा गोर्खा समुदायको हितमा उठाइएका आवाजहरूको दस्तावेजको रूपमा उक्त मुखपत्रमा समावेश गरिएको सम्पादक प्रवीण खालिङले सभामा जानकारी गराए।
विमोचन कार्यक्रम संगै कार्यकारी समितिको बैठक सम्पन्न भयो। जसमा आगामी 25 अगस्तमा राष्ट्रियस्तरमा पालन गरिने वलिदान दिवस पाकिममा पालन गरिने सभाले निर्णय गर्‍यो। यस अवसरमा राज्य अनि राष्ट्रिय स्तरमा उच्च माध्यमिक अनि माध्यमिक विद्यालयस्तरमा भारतको स्वातन्त्रता अनि गोर्खा समुदाय शिर्षकमा निबन्ध प्रतिगोगिता आयोजन गर्ने निधो गरियो।
यसै गरि महाविद्यालयस्तरमा भारतको स्वतन्त्रता अनि गोर्खा समुदाय शिर्षकमै पावर पोइन्ट प्रस्तुती प्रतियोगिता आयोजन गर्ने निधो गर्दै यसको निम्ति उपसमिति गठन गरियो। जसमा निबन्ध प्रतिगोगिताको निम्ति गोबरधन गुरूङ,जी आर गुरूङ अनि सागर राईलाई संयोजक नियुक्त गरियो भने पावर पोइन्टको निम्ति प्रवीण खालिङलाई संयोजक नियुक्त गरियो।
निबन्ध प्रतियोगिता राष्ट्रिय स्तरमा हुने भएकोले सिक्किममा तीन शिर्षस्थान ओगट्‌न सफल भएका निवन्धलाई देशको राजधानीमा हुने राष्ट्रिय प्रतिगोगिताको निम्ति सहभागि हुने मौका दिइऩेछ। माध्यमिक र उच्चतर माध्यमिक तहका इच्छुक विद्यार्थीहरूले 20 जुलाई भित्रमा भागोपले पाठशालामा पठाएको निम्तो पत्रमा उल्लेखित ठेगानामा आफ्नो रचना पठाउन सक्नेछन्‌। यसका साथै विजीय प्रतिभालाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ।
सभाले आगामी बलिदान दिवसको अवसरमा सिक्किमकी स्वतन्त्र सेनानी हेलेन लेप्चा (सावित्री देवी) को नाममा मञ्च समर्पण गर्दै साबित्री देवी स्मृति मंचमा वलिदान दिवस पालन गर्ने तथा उनीसित सम्बन्धित दस्तावेज र सोध पत्र प्रस्तुत गर्ने निर्णय गरेको छ। यसैगरि आगामी बलिदान दिवसको अवसरमा गोर्खाहरूको राष्ट्रवादी भावनाले भरिएको गीति सँगालो पनि लोकार्पण गर्ने निर्णय लिएको छ।
यसको निम्ति सी के श्रेष्ठ अनि सी पी गिरीलाई संयोजक नियुक्त गरिएको छ। जसमा गोर्खा जागरण गीत सहित गोर्खाहरूको राष्ट्रभक्तिले ओतप्रोत गीतहरूको सँगालो लोकार्पण गरिने छ।
सिक्किम राज्य समिति अध्यक्ष डॉ. कमल गुरूङको अध्यक्षतामा बसेको सभामा आगामी जुलाई महिनाको पहिलो साता राज्यका शिक्षित युवा जमातलाई लिएर एउटा नेतृत्व विकास कार्यशाला आयोजन गर्ने निर्णय लिइयो। जसमा चालिसजना सचेत युवाहरूलाई समाज निर्माण र जातित्वको आधारमा नेतृत्व विकासमाथि चार दिवसीय प्रशिक्षण प्रदान गरिने छ। यसैगरि आजको सभाले सावित्री देवी शोध मञ्चको निम्ति प्रस्ताव ग्रहण गर्दै चॉंडै यो योजनालाई विस्तृत रूपमा छानवीन शुरू गर्ने निधो गरेको छ। यसैगरि भागोपका साधरण सदस्यहरूको सदस्यता नवीकरण गर्ने दिशामा अभियान चलाउने निधो गरेको छ।
यसैगरि सिक्किममा आयोजन गरिने 2012 को राष्ट्रिय त्रयवार्षिक महाअधिवेशको निम्ति सिक्किमले प्राथमिक चरणको तयारीको रूपरेखा निर्धारण गर्ने पहलमाथि व्यापक चर्चा गरियो। सभामा अध्यक्षीय सम्बोधन राख्ने क्रममा डॉ कमल गुरूङले भागोप सिक्किमले गरेको कार्यलाई पारदर्शी ढंगमा सार्वजनिक गर्ने तथा भागोपको फेडरल प्रारूपको अनुसार सिक्किमले आफ्नो निर्धारित कार्यक्रमहरू संचालीत गर्न मात्र होइन त्यसलाई दस्तावेजको रूपमा इतिहासको निम्ति खेस्रा तयार गर्न पनि यो मुखपत्र प्रकाशित गरेको बताए।
यसै गरि ब्लग मार्फत मुखपत्र पुग्न नसक्ने ठाउँकाहरूको निम्ति स्फट कपीको व्यावस्था होस भन्ने ध्येयले यो कार्य गरिएको बताए। प्रकाशित मुख पत्र नेपाली अनि अंग्रेजी भाषामा रहेको छ। सभामा स्वागत भाषण महासचिव एस पाण्डेले राखेका थिए भने बैठकको मुख्य उद्देश्यबारे र वर्तमान गतिविधिबारे कार्यकारी अध्यक्ष नारायण भट्टराईले विस्तृत जानकारी प्रस्तुत गरेका थिए। 

No comments:

Post a Comment