To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Thursday, December 15, 2011

Sikkim accident victims' kin in shock... Hooch toll climbs to 148, more deaths likely.....डा जी सी सुब्बा सिन्कोना निर्देशकको पदमा पुन: नियुक्ति.....आलोचना गर्नेहरूलाई जनताले मोसो दलेको हेर्न नपरोस्‌-युवा मोर्चा .....अब राजेश हमालसितै धडकनभित्र प्रशान्त तामङ .....आईसीडीएस नियुक्तिमा सरकारी रोक .....कालेबुङमा 26 देखि 29 सम्म टी एण्ड टुरिष्ट फेस्ट पर्यटकको निम्ति श्रृङ्गारिने कालेबुङ

Sikkim accident victims' kin in shock
Monotosh Chakraborty & Rupak Banerjee, TNN , Dec 15, Kolkata/HOWRAH: The road accident in Sikkim on Tuesday night has left the city in a state of mourning. The vehicle, in which tourists from Kolkata were travelling, rolled down the hills at Dikchu, in north Sikkim, on the Mangan - Singtam Road, killing seven people.
Mamoni Singh from Behala had left for Gangtok on December 9. Sonarpur's Mina Sarkar, her husband Asit Sarkar and their two sons Soham and Souvik too went to Gangtok on the same day. Mamoni and Mina became friends when they met at a hotel in Gangtok. They, hence, decided to travel together to north Sikkim. Mamoni and Mina's family hired a Bolero for the trip. They hired Bolero.
Rajiv Chakraborty, Shankar Das and Bodhisatta Dhar of Shibpore were travelling in the same vehicle.
Tapan Sarkar, elder brother of Asit Sarkar, received a call at around 8am on Wednesday. "I was relieved to know that all are safe. Till the afternoon, I was at peace. But I received the second call to know that my sister-in-law Mina Sarkar is no more and my brother, who is a teacher, is battling for his life at the hospital. My nephews are safe. But the news of Mina's death and their accident was a bolt from the blue. They all went for the vacation with so much happiness. How would one know that it would turn so tragic," said Tapan.
On Wednesday afternoon, Pradip Singh, an employee with a jewellery showroom, was crestfallen when he heard that his effervescent wife Mamoni Singh was in that fateful car which rolled down the hilly road in Sikkim and could not survive the accident .
Pradip broke into tears on hearing the news. "My only consolation is my son. My six-year-old son was adamant to accompany his mother. But I refused and did not allow him to go. Now, I am thankful to God that I stuck to my decision," said Singh.
Three youths from Shibpore in Howrah also lost their lives in the road accident in Sikkim. The news of their death left Bhattacharjee para neighbourhood numbed in shocked. Rajiv Chakraborty, 38, a Metro employee decided to go to Sikkim with his two childhood friends Shankar Das, 36 and Bodhisatva Dhar, 37. But none had any inkling that their trip would culminate in such a tragic end.
Shibpore MLA Jatu Lahiri said, "They were very popular in the area. Most of them were the only earning members of their respective families. It is a shocking incident. I am making all the arrangements required to bring back the bodies. I am very grief-stricken today."
Hooch toll climbs to 148, more deaths likely
PTI, Dec 15, 2011, CANNING/KOLKATA: Grief overtook West Bengal's Sangrampur and neighbouring villages as the toll in the state's worst-ever illicit liquor tragedy leapfrogged to 148 amid fears of further rise in casualties with over 100 victims including labourers, rickshaw-pullers and hawkers still battling for life in three hospitals.
The victims fell ill after consuming spurious liquor from several illegal joints on Tuesday night. Preliminary investigations suggest that the deaths occurred due to methyl alcohol toxicity which led to respiratory and cardiac failure. Officials said that 119 deaths were reported alone in Diamond Harbour sub-divisional hospital, followed by M R Bangur (23) rpt (23) and National Medical College and Hospital(6).
Condition of about 50 victims was critical in the three hospitals, doctors said adding the toll is likely to go up.
"Many are still battling for life in the three hospitals after consuming spurious liquor and we have made all arrangements for treatment of the victims," the Chief Medical Officer Health (CMOH) Shikha Adhikary said.
The issue figured in the state Assembly with Chief Minister Mamata Banerjee announcing a CID inquiry into the tragedy which took place less than a week after the major fire in AMRI which left 93 dead.
Police said that 10 arrests were made in connection with the worst-ever hooch tragedy in the state.
The chief minister said the owner of the liquor den Badshah Khokon, named in the FIR, was absconding.
She said that something toxic was mixed in the liquor, while police said that pesticide was mixed with methyl alcohol which proved fatal.
डा जी सी सुब्बा सिन्कोना निर्देशकको पदमा पुन: नियुक्ति

डी के वाइबा, कालिमन्युज, कालेबुङ, १५ दिसम्बर : अन्तत: सिनकोना निर्देशकको पदमा पुन: डा जी सी सुब्बाको कार्यकाल बडोत्तरी गरेर नियुक्ति गरिएको छ। तिनले सरकारी आदेश पाएर बुधबार कलकताको राईटर्समा पदभार ग्रहण गरेका छन् । डा सुब्बाको कार्यकाल बडोत्तरिले सिन्कोना बगानबासीको मुहारमा खुशीको लहर छाएको छ। यस सम्बन्धमा कुराकानी गर्दा तिनले बिगतमा सिन्कोना बगानबासीको समस्याहरु समाधान गर्ने कार्य गरेको अनि आगामी दिनहरुमा पनि समस्याहरु समाधान गर्न आफु कटिबद्ध रहने जनाएका छन्। सिन्कोना उद्योगलाई सुनिश्चित भविष्यको बाटोमा डोहो-याउँन सिन्कोना बगानमा कार्यरत सम्पुर्ण मजदूर, कर्मचारी अनि अधीकारीवर्गले आफ्नो कार्यलाई निष्ठापूर्वक पालन गर्नु पर्ने पनि तिनले बताएका छन्। मानिसहरुमा सरकारको उद्योग हो भन्ने जुन धारणा छ त्यो धारणालाई त्यागेर हाम्रो सम्पत्ती हो भन्ने मानसिकता बिकाश गर्नुपर्ने अनि आफ्नो सम्पत्तीलाई जसरी जोगाड गरिन्छ त्यसरी नै सिन्कोनालाई पनि जोगाड गर्न अनिवार्य रहेको पनि डा सुब्बाले जनाएका छन्। 
स्मरण रहोस डा जी सी सुब्बाले सिन्कोना उद्योगमा निर्देशकको पदभार सम्हाले पछि अनेकौं समस्याहरुको समाधान गरेका थिए। तिनको कार्यकाल गत ३१ अक्टोबर २०११ का दिन समाप्त भएपछि कार्यकाल बडोत्तरीको माग शुरु भएको थियो। सोहि समयमा उत्तर बंगाल बिकाश मंत्री गौतम देवले पनि तिनको कार्यको प्रशंसा गर्दै कार्यकाल बडोत्तरी गरिदिने घोषणा गरेका थिए। तर कतिपय कारणहरुले तिनको कार्यकाल भने बड्न सकेको थिएन। यसै अवधिमा सिन्कोना बिद डा यू के सोम लाई सिन्कोना निर्देशकको अस्थायी पदभार दिएपछि सिन्कोना बगानबासी रूष्ट बन्नुको साथै तिनको बिरोध पनि भएको थियो। डा सोमले अस्थायी निर्देशकको पदभार ग्रहण गरे पनि आजसम्म मङ्पू निर्देशालय भवनमा भने आएका छैनन्। अन्तत: डा जी सी सुब्बाको कार्यकाल बडोत्तरी भएपछि मानिसहरुमा ब्यापक खुशियाली छाएको छ। तिनी सिन्कोना निर्देशकको पदसम्म पुग्ने पहिलो गोर्खे भुमीपुत्र ब्यक्ति हुन्।
डा सुब्बाले सिन्कोना निदेशकको पदभार सम्हाले पछि बगानमा दिर्घ दिनदेखि बन्द अवस्थामा रहेको मजदुरहरुको बदली काम, कर्मचारीहरुको बडोत्तरी आदि समस्याहरुको समाधान गर्न सकेका थिए। यसको साथै तिनकै प्रयासमा हाल सिन्कोनाको बोक्रा खुल्ला टेण्डरको माध्यमबाट बिक्री हुने कार्य पनि भईरहेको छ। जसको कारण सरकारले रेभेन्यु समेत प्राप्त गरिरहेको छ। यस अतिरिक्त पनि तिनले सन् १९९९ देखि अघोषित बन्द अवस्थामा रहेको सिन्कोना कारखाना सञ्चालान गर्न अनेकौं पहल गरिरहेको छ। जुन कार्यहरु देखेर सिन्कोना बगानवासीहरुले सुब्बाको अवकाश पछि पनि कार्यकाल बडोत्तरी हुनपर्ने माग गरिरहेको थियो। डा सुब्बाको कार्यकाल बडोत्तरी भएकोमा मानिसहरूले आगामी दिनहरुमा पनि अनेकौं सकारात्मक कार्यहरुको अपेक्षा राखेका छन् अनि सिन्कोना बगानलाई अनिश्चित भविष्यको बाटोबाट निकालेर सुनिश्चित भविष्यको बाटोमा हिडाँउनेछन् भन्ने चाहना राखेका छन्।
आलोचना गर्नेहरूलाई जनताले मोसो दलेको हेर्न नपरोस्‌-युवा मोर्चा
कालिमन्युज, कालेबुङ, 15 दिसम्बर। गोर्खा जनमुक्ति युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलन गर्ने भन्ने बित्तिकैदेखि व्यक्ति विशेष अनि कतिपय सङ्गठनहरूले युवा मोर्चाको आन्दोलनलाई लिएर आचोचना गर्न शुरू गरेको बताउँदै आलोचना गर्नेहरूमाथि आज युवा मोर्चाले तिखो प्रहार गरेको छ।
आलोचना गर्नेहरूलाई जवाब दिनका निम्ति डाकिएको पत्रकार सम्मेलनअवधी युवा मोर्चा केन्द्रिय समिति सदस्य तोपदेन भोटियाले आलोचकहरूलाई चेतावनी दिँदै भने, हाम्रो आन्दोलनको आलोचना गर्नेहरूलाई भोलिका दिनमा जनताले कालो मोसो दलेको हेर्न नपरोस्‌। हामी फेरि नयॉं रूप लिएर आन्दोलन गर्नेभनेदेखि नै हाम्रो क्षेत्रमा विभिन्न मन्तव्य दिएर हाम्रो नेतृत्वहरूमाथि आरोप लगाउन थाल्यो। गोर्खा जनमुक्ति मोर्चाले जति गरेको छ जनतालाई थाहा छ।
आन्दोलनलाई लाञ्छना गाउने त्यस्ता तत्वहरू सँगै गोर्खाल्याण्डको निम्ति बाधा बनेको इतिहास छ। युवा मोर्चाले गर्दै गरेको आन्दोलनलाई आलोचकहरूले आफ्नै जगाबाट हेरर आफ्नै बाटोमा हिँड्‌ने सुझाउ राख्दै उनीहरूले आलोचना गरेर अड्‌चन लाउनु नहुने भोटियाले बताए। धेरजसो युवाहरूले उमेर नाघिसकेकोले भावी सन्तानकै निम्ति युवा मोर्चाले आन्दोलन शुरू गरेको तिनले बताए। युवा मोर्चाले शुरू गरेको आन्दोलन कस्तो हुने भविष्यले नै बताउने भएपनि अहिले कसैले बाधा दिनुनहुने तिनले बताए। गोर्खा जनमुक्ति मोर्चाले छुटै राज्यको निम्ति क्षेत्रफललाई लिएर कार्यक्रम गरिरहेकोले गोर्खाल्याण्डको निम्ति यो बुनियॉंदी ढॉंचा रहेको बताउँदै तिनले ग्राउण्डको काम गर्न युवा मोर्चा लागिपरेको बताए।
अब राजेश हमालसितै धडकनभित्र प्रशान्त तामङ
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 15 दिसम्बर। सिक्किमबाट बनेको चलचित्र किन मायामा-को झैं कथा रहेको चलचित्र धड्कन भित्र-मा प्रशान्त तामङ हिरो हुने भएको छ। प्रशान्त तामङले भनेका छन्‌, किन मायामा पनि यस्तै कथा थियो। धड्कन भित्रमा पनि मेरो जीवनसित मिल्ने कथा रहेकोले यसमा अभिनय गरिरहेको छु। तेश्रो इण्डियन आइडल बनेर पनि बलिउडमा खासै चर्चा कमाउन नसकेका गायक प्रशान्त तामाङ हाल नेपाली सिनेमामा अभिनय गर्न र गाउनमै व्यस्त छन्‌। उनै गायक तथा नायक तामाङ हाल एक सिनेमाको सिलसिलामा नेपाल पुगेका छन्‌। नेपालबाट बनिने चलचित्र 'धड्कन भित्र'मा तिनले अभिनय गर्ने भएका छन्‌। यही डिसेम्वर 9 मा नेपाल पुगेका उनी 17 डिसेम्वरमा सिक्किम फर्कने भएका छन्‌। यसपछि उनी यो सिनेमामा अभिनय गर्नका लागि माघको 15 गते नेपाल आउने छन्‌। चलचित्र 'धड्कन भित्र'मा अभिनय गर्नका लागि आखिर प्रशान्त तामाङ किन राजी भए त? उनले भने, यो सिनेमाको कथा मेरो जिन्दगीसँग मिल्दोजुल्दो छ। चलचित्रले गायकको कथालाई बोकेको छ।
स्मरणरहोस्‌, यस्तै कथामा चलचित्र 'किन मायामा' निर्माण भएर प्रदर्शनमा आईसकेको छ। जुन सिनेमामा पनि प्रशान्तले नै अभिनय गरेका थिए। चलचित्र गोर्खापल्टनबाट नेपाली सिनेमामा अभिनयको सुरुवात गरेका प्रशान्त तेश्रो इण्डियन आइडल भएर पनि खासै बलिउडमा जम्न सकेका छैनन्‌। यसको पछाडी के कारण हुन सक्छ त? प्रशान्त भन्छन्‌, बलिउड ठूलो ठाउँ हो, यहॉं म जस्ता हजारौं व्यक्ति आउछन्‌ जान्छन्‌। म बलिउडसँग खासै सम्पर्कमा छैन। चलचित्र धड्कन भित्रलाई मदन घिमिरेले निर्देशन गर्न लागेका हुन्‌। चलचित्रमा नायक राजेश हमालको समेत अभिनय रहनेछ। नेपालका चर्चित नायक राजेश हमाल र तेश्रो इण्डियन आइडल बनेका प्रशान्तले एकैसाथ अभिनय गर्न लागेको यो नै पहिलो सिनेमा हुनेछ।
आईसीडीएस नियुक्तिमा सरकारी रोक
मनोज बोगटी, कालेबुङ, 15 दिसम्बर। पदहरू खाली छन्‌ तर कर्मचारी नियुक्ति छैन। नियुक्तिको निम्ति रुपियॉं पॉंच तिराउँदै फारम वितरण पनि भयो तर अन्तर्वार्ता अघि नै नियुक्ति प्रक्रियालाई नै सरकारी आदेश जारी गरेर रोक लगाइयो। यस्तो घटना भएको छ दार्जीलिङ जिल्लामा। वेरोजगार पहाडलाई अझ बेरोजगार बनाउने अघिल्लो सरकारको पुरानो नीतिलाई तृणमूल सरकारले पनि दोहोर्‍याएको छ। दार्जीलिङ जिल्लामा मोठ 129 वटा आईसीडीएस केन्द्र छन्‌ अनि त्यति नै खाली पद पनि। यी नै केन्द्रहरूमा कर्मी, सहकर्मी र सुपरभाइजरको पदमा नियुक्ति गर्नको निम्ति सरकारले आदेश जारी गर्दै 15 जुलाई 2010 देखि फारम सार्वजनिक गरायो। फारम बुझाउने मिति 10 अगस्तसम्म रहेको थियो। वेरोजगारहरूले पॉंच रुपियॉंमा किनेर लगेका फारमहरू भर्दै बुझाउने कार्य भइरहेको थियो तर विभागले फारम स्वीकृति नै गर्न बन्द गर्‍यो। फारम वितरण गरे अनुसार खाली पदहरूमा नियुक्त गर्न त परै जाओस्‌ फारम स्वीकृति नै बन्द गरिदिएकोले वेरोजगारहरू यसै पनि विलखबन्दमा परेका थिए। विलखबन्दमा परेकाहरू कहिले अन्तर्वार्ता होला र रोजगार पाउला भनेर आशामा बसिरहेकाहरूका आशा र सपनाकै हत्या गरिदियो 23 मई 2011को सरकारी आदेशले। किन भने यो आदेश अनुसार आईसीडीएसको विभिन्न पदमा नियुक्ति प्रक्रिया बन्द गरिएको सूचना विभागलाई दिइएको छ। यो आदेशबाट नै स्पष्ट भयो कि अब पहाडको आइसीडीएसमा कुनै पनि नियुक्ति हुने छैन।
गोरामुमोकालमा यसको नियुक्तिमा गोरामुमो विधायकहरूको मनोपोली रहेको थियो। किन भने उनीहरू नै आईसीडीएसका चेयरम्यान हुन्‌। राजनैतिक हिलो छेपाइकै कारण यसको नियुक्तिमा गोजमुमोको गठनपछि अहिले रोक लागेको छ। खाली पद हुँदा हुँदै पनि नियुक्ति नहुनु निक्कै गम्भीर मामिला रहेको बताउँदै त्यसको विरोध गर्दै आइरहेको माकपा अनि यसका नेता तारा सुन्दासले आज यसै नियुक्ति रोकिएको आईसीडीएसको कुरा उठान गर्दै सरकारी असंवेदनशीलता र वेरोजगारहरूमाथि भएको अन्यायको विरोध गरेका छन्‌। तिनले भने, 129 वटा आईसीडीएस केन्द्रहरूमा अधिकांश नै खाली पदहरू छन्‌। तर एउटा केन्द्रमा एउटा वर्कर र सुपरभाइजर हुनुपर्ने। यसो भइरहेको छैन। माकपाले अन्तर्वार्ता किन हुँदैन भन्ने विषयमा आवाज उठाउँदै आएको हो, यसको निम्ति दिनुपर्ने विभाग जति सबैतिर पत्र पनि पठाएको हो तर अन्तर्वार्ता र नियुक्ति गर्नको साटो नियुक्ति प्रक्रिया नै बन्द गरिएको छ। सेन्टरहरू तय छन्‌, तर कर्मचारी किन नियुक्ति हुँदैन? तिनले जनाए अनुसार विभागले सरकारलाई पठाएको फरवरी 2011को रिपोर्टमा अघिल्ला केन्द्रहरूमा धेरै खाली पद रहेको उल्लेख गरिएको छ।
रिपोर्ट अनुसार सुपरभाइजरको पदहरू धेरै खाली छन्‌। सुन्दासले भने, कार्य गरिरहेका माध्यमिक वर्करहरूले 10 वर्षपछि अनि ग्राजुएट वर्करहरूले पॉंचवर्षपछि सुपरभाइजरको पदको निम्ति पदोन्नति हुने सरकारी आदेशमा उल्लेख छ, यसो भए पुराना वर्करहरू जो, 10 अनि 5 वर्षअघिदेखि कार्य गर्दै आइरहेका छन्‌, उनीहरूलाई सुपरभाइजर को पदमा किन नियुक्ति गरिँदैन? तिनले उठाएको प्रश्न केवल सरकारलाई मात्र नभएर विधायकहरूलाई पनि रहेको छ। किन भने विभागले सरकारलाई बुझाएको रिपोर्ट अनुसार कालेबुङको खण्ड-1 मा 11 वटा सुपभाइजरको पदमा केवल 7 जनालाई नियुक्त गरिएको छ भने बॉंकी 4 वटा पदमा नियुक्ति दिइएको छैन। खरसाङमा मोठ 14 वटा सुपरभाइजरको पद छ जहॉं 7 जना, सुकिया पोखरीमा 14 पद तर नयुक्ति केवल 5 जना, कालेबुङ खण्ड-2मा 8 वटा पद तर नियुक्ति 2 जना, गोरुवथानमा पद 4 वटा तर नियुक्ति 2 जना दार्जीलिङ सरदरमा पद 4 वटा तर नियुक्ति केवल दुइजनालाई मात्र दिइएको छ। मोठ 26 वटा सुपरभाइजरको पुरानै केन्द्रमा नियुक्ति दिइएको छैन। यसैमा नयॉं केन्द्रमा नियुक्तिको सवाल नै रहेको छैन। सुन्दासले विधायकहरूले रहेको खाली पदहरू पनि मधेशतिर नै पठाएको बताउँदै भने, हाम्राहरू कै नियुक्ति हुनसक्छन्‌ तर विधायकहरूले मौनता सॉंधिरहेको छ। किन उनीहरू बोलिरहेको छैन?
तिनले अब वेरोजगारहरूले विधायकहरूसित यसको उत्तर माग्नुपर्ने बताउँदै विधायकहरूले शीघ्र नै बन्द गरिएको नियुक्ति प्रक्रियालाई जारी गर्नुपर्ने बताएका छन्‌।
कालेबुङमा 26 देखि 29 सम्म टी एण्ड टुरिष्ट फेस्ट पर्यटकको निम्ति श्रृङ्गारिने कालेबुङ
मनोज बोगटी, कालेबुङ, 15 दिसम्बर। दार्जीलिङलाई विश्वबजारमा प्रख्यात बनाउन अनि चिया र पर्यटनको बजारलाई अझ विकसित पार्न आठ वर्षपछि यसपल्ट कालेबुङमा पनि 26 देखि 29 दिसम्बरसम्म चार दिवसीय दार्जीलिङ चिया अनि पर्यटन उत्सव पालन गरिने भएको छ। यसभन्दा अघि 2002 सालमा विन्टर फेस्ट नाम दिएर कालेबुङमा पर्यटन उत्सव पालन गरिएको थियो। 20 दिसम्बरदेखि 5 जनवरीसम्म दार्जीलिङ जिल्लाभरि नै पालन गरिने चिया अनि पर्यटन उत्सव कालेबुङमा चार दिन भव्यतासाथ सम्पन्न हुने भएको छ। दार्जीलिङ पहाडको सौन्दर्यप्रति देशी-विदेशी पर्यटकहरूलाई बेमौसममा पनि दार्जीलिङ पहाड चड्‌न लोभ्याउने उदेश्यले जिल्ला प्रशासनको तत्परतामा नै यस चिया अनि पर्यटन उत्सव पालन गरिने निधो भएको हो। चिया अनि पर्यटन उत्सवमा 26 देखि 29 सम्म चार दिन कालेबुङमा पर्यटकहरूको निम्ति विविध कार्यक्रमहरूको आयोजना गरिने भएको छ। जसबाट अहिले कालेबुङ आएका पर्यटकहरूले चार दिन भरपूर आनन्द लिन सक्नेछन्‌ अनि कालेबुङको अविष्मरणीय छाप सँधै मस्तिष्कमा राख्नेछन्‌।
पर्यटन उत्सवको पहिलो दिन यहॉंका सबै समाजका मानिसहरूले आ-आफ्नै भेषभूषामा सजिएर विभिन्न साजबाजहरू लिएर नगरमा झॉंकी प्रस्तुत गर्नेछन्‌। विहान झॉंकी लिएर नगरमा निक्सेका मानिसहरूलाई हवाइजहाजबाट फूल वर्साएर अझ रौनकता ल्याउने पनि आयोजकपक्षले योजना बनाइरहेको छ। कालेबुङ मेन रोड, पुस्तकालय, जनमुक्ति पार्क, कन्या उच्चत्तर माध्यमिक विद्यालय आदि स्थानहरूमा सोही दिन विभिन्न प्रदर्शनीहरूको विधिवत उद्घाटन गरिनेछ। फोटो प्रतियोगिता, चित्र प्रदर्शनी, काष्टकला प्रदर्शनीसँगै जनमुक्ति पार्कमा राखिने पुष्प प्रदर्शनी पर्यटन उत्सवको मुख्य आकर्षण रहनेछ। नगरभित्र रहेको सडकको दुइ किनारमा जातीय पारम्परिक खानपानहरू राखिनेछ। स्थानीय त्रिकोण पार्क भने त्यस दिन गुन्द्रीबाजारमा परिणत हुनेछ। डोको, नाम्लो, गन्द्री, फलैँचा, खोसेलाको पिरा आदि जातीय समाग्रीहरू गुन्द्री बजारमा प्रदर्शनी अनि बिक्रिको निम्ति राखिनेछ। अपह्रान्न 3 बजेदेखि 4 बजेसम्म नगरमा आर्मीले पाइप व्याण्ड प्रस्तुत गरेर पर्यटन उत्सवमा अझ थप रौनकता प्रदान गर्नेछ। व्याण्ड प्रस्तुतिपछि 4 देखि 6 बजेसम्म सांस्कृतिक कार्यक्रम सम्पन्न हुनेछ भने त्यसपछि आठ बजेसम्म धुमधामसँग भव्य साङ्गीतिक कार्यक्रम सम्पन्न हुनेछ। चिया अनि पर्यटन उत्सवको दोस्रो दिन झनै पर्यटकहरूको निम्ति नयॉं आकर्षकीय विषयवस्तुहरू रहने भएको छ।
पहाडमा रिक्सा कुद्नेछ, नानीहरूलाई रिक्सामा चडेर कालेबुङको परिभ्रमण गराइनेछ। अहिले नारीहरूको रूचि बाइकप्रति औधी हुनथालेकोले नगरमा नारीहरूको ब्यापक र्‍याली निस्कनेछ। पर्यटकहरूलाई अझ आकर्षण गराउन पाराग्लाइडिङ लाई मेलाग्राउण्डमा नै ल्याण्ड गराउने पनि योजना बनाएको छ। पर्यटक अनि स्थानीय मानिसहरूको निम्ति हवाइजहाजमा कालेबुङको परिदर्शन गराउने पनि आयोजकपक्षले मन बनाएको छ। यसरी नै लेप्चा हाउसको भ्रमणअवधी पर्यटकहरूले लेप्चाहरूको जातीय हतियार धनुकॉंड चलाउनेछन्‌। पहाड भित्रिएका पर्यटकहरूबीच वाद्य वादन प्रतियोगिता हुनेछ जो हेर्नलायकको विषय रहनेछ। यति मात्र होइन आसाम, मणिपूर, नागाल्याण्ड आदि भारतको अन्य राज्यकाहरूले कालेबुङमा सांस्कृतिक प्रदर्शनी गरेर पहाडसँग सांस्कृतिक विनिमय गर्नेछन्‌। आर्मीहरू मार्च पास, सांस्कृतिक कार्यक्रम अनि साङ्गीतिक कार्यक्रम नयॉं कलाकारहरूको साथमा दैनिक रूपमा चल्नेछ।
पर्यटन उत्सवको तेस्रो दिन 28 दिसम्बरमा गल्फ खेललाई पहाडमा लोकप्रतियता दिन दुर्पिनमा गल्फ टुर्नामेन्ट सम्पन्न हुनेछ। सँधै टेलिभिजनमा हर्ने गरेको बालुवामा खेलिने वीच भलिबल कालेबुङ मेलाटारमा हुने भएको छ। गाउँ-बस्तीहरूका मानिसहरू कालेबुङ मेनरोडमा धान नाचँ नाच्नेछन्‌, पर्यटकसँगै शहरियाहरूले हेर्नेछन्‌ वस्तीका मानिसहरू धान बोकेर पारम्परिक नृत्य नॉंचेको। कसले के कस्तो जन्तुहरू रूचाएर घरमा पालेका छन्‌ ती जन्तुहरूको प्रदर्शनी पनि सोही दिन हुनेछ। कार्यक्रमको अन्तिम दिन खेलकुदलाई प्रोत्साहित गर्दै कालेबुङभित्र दौडने प्रतियोगिता रन फर कालेबुङ सम्पन्न हुनेछ। जसमा बुढापाकाहरू, तन्नेरीहरू अनि नानीहरूबीच अलग-अगल दौड सम्पन्न हुनेछ। होटलका कुकहरू कस्तो खाना बनाउँछन्‌ त? उनीहरूबीच अनि होटल कुक अनि सर्भ प्रतियोगिता सम्पन्न हुनेछ।
यसबाहेक पनि कालेबुङ नगर राती भएपछि बेहुलीझैँ शृङ्गारिएको हुनेछ। कार्यक्रमको समापन पनि बढो भव्यतापूर्व हुने भएको छ। कालेबुङमा सम्पन्न चिया अनि पर्यटन उत्सवको अन्तिम रात मेलाटार बलिउड नाइटमा परिणत हुनेछ। इण्डियन आइडल प्रतियोगीहरू कपिल थापा, चारू लगायत नामी-नामी बलिउड हस्तीहरूले चिया अनि पर्यटन उत्सवको अन्तिम दिनको रौनकता प्रदान गर्ने भएको छ। यसबाहेक पनि अन्य थुप्रै योजनाहरू आयोजकपक्षले बनाइरहेको बताइएको छ। महकुमा अधिकारी एलएन शेर्पाको विशेष देखरेखमा सम्पन्न हुने चारदिवसीय पर्यटन उत्सवलाई क्षेत्रिय युवाहरूले भरपूर सहयोग पुर्‍याइरहेका छन्‌। चिया अनि पर्यटन उत्सवलाई कालेबुङमा पालन गर्न आयोजक पक्षसँग सम्बन्धित स्थानीय जमात सिद्धार्थ सुद अनि छिरिङ दोर्जेको उपस्थिबीच आज एक पत्रकार सम्मेलनको आयोजना समशेर अलिले पर्यटन उत्सवलाई सफलीफूत पार्न सबैलाई सहयोग पुर्‍याइदिने आह्वान गर्दै अन्य विविध उत्सवमा हुने अझ थप कार्यक्रमहरूको पछिबाट खुलासा गर्ने बताएका छन्‌।
कालेबुङमा 26 देखि 29 दिसम्बरसम्म सम्पन्न हुनलागेको पर्यटन उत्सवले पक्कै पनि देशी अनि विदेशी पर्यटकहरूलाई पहाड भित्राउनमा निक्कै ठूलो टेवा प्रदान गर्ने सम्भावना देखा परेको छ। 20 दिसम्बदेखि 5 जनवरीसम्म दार्जीलिङ पहाडमा चल्ने चिया अनि पर्यटन उत्सवले दार्जीलिङ पहाडको पुरानो विश्वप्रसिद्ध गौरवलाई फेरि फर्काल्याउनमा उर्जा दिने काम गर्नेछ।
Global audience for hill band score - Grungy Morphins record on Spain chart
VIVEK CHHETRI, TT, Darjeeling, Dec. 15: Darjeeling-based heavy metal band Grungy Morphins is making waves in the international circuit with one of its songs featuring in an online compilation released world wide from Spain.

The band’s song I.T.N.O.T.G, the abbreviation for In the Name of the God, has been included in a compilation titled Wolfhound Compilation Radio — Rock and Metal.
The band has won international recognition when it is preparing to perform in the hometown after six years.
“The administrators of Wolfhound Metal Radio informed us a few days ago that the compilation had been released and that it could be downloaded from www.wolfhoundmetalradio.org. The songs were selected on the basis of a voting by the public on the website from April,” said Hozo Rai.
While 27-year-old-Hozo is the vocalist of the band, Kushang Tamang is the lead guitarist. Gaurav Roka is on the bass with Ashes Roka on the keys and Triratna Moktan handling the percussion.
“The Wolfhound has come up with four volumes and each has 20 songs. We feature in the second volume and Dark Desolation is the only other Indian band whose song finds a place in the series,” said Hozo.
I.T.N.O.T.G was chosen along with songs cut by bands from the US, Latin America and Europe.

This is the second time that the Darjeeling band has featured in an international compilation. In 2009, its album Darkness Without Pain had been picked up by the Canadian-based TUG Records for a compilation titled Shrouded in Silent Omens III.
“That was a turning point for us and we did get a lot of airspace in various radios in the US and the UK. We also had a few invitations to perform in those countries but we could not make it there,” said Hozo.
The hill band has performed here last in 2005. “We have not been able to stage a show in Darjeeling because of various reasons. Whenever shows were scheduled here, we had invitations from other places which we could not decline,” said Hozo.
However, the band is slated to perform at the Darjeeling Tea and Tourism Festival on January 1, 2012.
The band plays “heavy metal”, a genre that is still to catch up in India. “But slowly, many people are accepting and enjoying our music these days,” said Hozo.
The music group, which has not yet come up with its own album, is looking at working with a Malaysian company, TSHM Records, to cut a record in collaboration with two other bands, Sangre from California and Necrocest from Wales, UK.
“The album is titled Three Way Cross Country Split and all the three bands are being asked to record five songs each. We are hopeful that this, too, will work out,” said Hozo.

No comments:

Post a Comment