To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Sunday, December 4, 2011

Agitation for GATA in Dooars and GTA in Hills ... Morcha-Adivasi campaign from today - Hill outfit ready to give up half funds...पहाडमा जीटीए, तराई डुवर्समा जीएटीए हुनेछ- अब गोजमुमो अनि आबिपको आन्दोलन डुवर्समा .....जीटीए र जीएटीएको निम्ति १० दिसम्बरदेखि आन्दोलन.. गोजमुमो केन्द्रिय समितिको समर्थन नपाए पनि युवा मोर्चाले आन्दोलन नछोड्ने...कुमानीको जनसभामा उठेन गोर्खाल्याण्डको कुरा......जनगणनामा गोर्खा जाति नेपाली भाषा लेखेर राष्ट्रियस्तरमा गोर्खाहरूको सही जनसंख्या बताउँ

Agitation for GATA in Dooars and GTA in Hills to start afresh
KalimNews, Kalimpong, 4 December: Bimal Gurung declared that GJM will start agitation for GATA in Dooars and GTA in Hills afresh. 
(Photo: BNA)
During a GJM meeting held in Kumani at GLP ground near Somabaray in presence of Adivasi and Gorkha leaders Gurung announced that a rally in Dooars starting from Coronation bridge to Sunkosh will be organised by trade unions of GJM and ABAVP on 10th December. On 6 December both the leaders of GJM and ABAVP will meet for further programme.
Gurung however didnot mention anything about the agitational programme of youth front of the Morcha to start from 18 December. Political observers are of the opinion that GJM's new strategy is targeted to the forthcoming meeting of High power committee to be held on 15 December.

Rebel ABAVP leaders hold meeting with Gurung
SNS, SILIGURI, 4 DEC: Despite being cautioned by the Akhil Bharatiya Adivasi Vikas Parishad (ABAVP) state leadership, rebel leaders, Mr John Barla and Mr Sukra Munda, today held a meeting with Gorkha Jan Mukti Morcha president, Mr Bimal Gurung, at Kumai in Kalimpong sub-division.
Mr Gurung and party secretary, Mr Roshan Giri and two ABAVP leaders and their followers adopted a resolution that they would start a joint campaign in the Dooars in favour of the Gorkhaland Territorial Administration (GTA) and they would explain the importance about formation of the Gorkhaland and Adivasi Territorial Administration (GATA) among the people.
The GJMM media secretary, Mr Harka Bahadur Chhetri, said: “The GJMM and ABAVP would jointly organise programmes in the Dooars. The objective is to explain the importance of the GATA to the people of the Dooars.” “Adivasi and Gorkha people would organise two joint programmes on 6 and 10 December in the
Dooars. The venue is yet to be decided,” Mr Chhetri said.
Commenting on the development, the ABAVP state president, Mr Birsa Tirkey, said: “I have heard that the tea workers’ unions backed by the GJMM and the ABAVP would organise joint programme in favour of the GATA. The ABAVP-backed Progressive Tea Workers’ Union does not have right to organise such political programmes.”
“Mr Sukra Munda, selected chairman of the PTWU, cannot make any agreement with any political party or any general association out of the jurisdiction of the tea plantation,” he said.
It may be noted that five rebel ABAVP leaders were showcaused for signing a pact with the GJMM with a view to forming the GATA and transferring lands from the Dooars to the GTA.
Out of five, two of them have been acquitted in the ABAVP’s state committee meeting held in Kolkata on 26 November.
The ABAVP executive committee members will determine the fate of the three rebel leaders Mr John Barla, Terai Dooars regional president, Mr Tejkumar Toppo, general secretary and Sukra Munda, PTWU chairman. Mr Barla was stripped of his power. According to Mr Tirkey, the executive committee members would furnish their opinion on the rebel leaders at a meeting to be held in Kolkata on 15 December. The final decision would be taken on 17 December
Morcha-Adivasi campaign from today - Hill outfit ready to give up half funds

TT, Kumani (Kalimpong), Dec. 4: The Gorkha Janmukti Morcha and the Adivasis will form joint committees and campaign from tomorrow for Gata, a set-up that seeks to cover the Darjeeling hills and the Dooars and Terai.
The Morcha also said it was willing to spend 50 per cent of the Rs 200 crore that the Centre had promised to the GTA for the development of the Dooars and the Terai.
In a message to the state, the Morcha leadership said the government should chalk out a strategy that ensured peace and development in the hills as well as in the Terai and the Dooars.
Last week, north Bengal development minister Gautam Deb had said an agreement had already been reached with the Morcha and the government would not consider any fresh proposals like Gata.
But Morcha president Bimal Gurung and party general secretary Roshan Giri shared the dais with Akhil Bharatiya Adivasi Vikas Parishad leaders here today to pitch their support for a Gorkha Adivasi Territorial Administration (Gata).
After the meeting at the forest grounds here, Gurung told reporters that changing the name of the Gorkhaland Territorial Administration (GTA) to Gata will not be a problem.
“Once the governor gives his assent to the GTA Bill, we will sit together with the Centre and the state and the name will be changed (to Gata). That will not be a problem,” Gurung said.
He said the Gata would address the condition of the minorities in the region. “We are in touch with the Muslims and their development issues will be taken up by Gata.” Yesterday the Dooars Millat-e-Islamia had raised the demand to change the name of GATA to Gorkha Adivasi Muslim Territorial Administration.
The campaign for Gata will start tomorrow. On Tuesday, a meeting will be held to form joint co-ordination committees across the region. “On December 10, we will hold rallies across the area from the Sankosh to Phansidewa for Gata,” the Morcha president said. While the River Sankosh in Jalpaiguri district marks one end of the Dooars, Phansidewa in Darjeeling marks the extreme Terai end.
Gurung said the Sankosh-Phansidewa rally has been deliberately planned ahead of the December 15 meeting of the territorial committee headed by Justice (retired) Shyamal Sen.
The Justice Sen panel had been tasked to look into an earlier Morcha demand that the Gorkha dominated areas of the Dooars and the Terai be made part of the GTA. People from the region had made submissions before the panel on if they wanted to join the GTA or not.
Asked what would happen to the panel, Giri who is a member, said: “Let the government do its work but it should realise what is required to be done for the peace and development of the hills and the plains. There is no barrier in the inclusion of the Terai and the Dooars in the new set-up.”
Giri underscored the importance of the Parishad in the proposed Gata. “The deputy chairperson of Gata will be from the Parishad and we will spend half of the Rs 200 crore promised initially by the Centre for the development of Adivasi-dominated areas. We will also have Gata branch offices throughout the region,” Giri said.
Dissident Adivasi leader John Barla took a dig at the state committee leaders of the Parishad who had showcaused him for joining hands with the Morcha.
“Those who are sitting in Calcutta should give us an answer. Those in the Darjeeling hills have got the GTA, what have we got?” Barla said.

अब गोजमुमो अनि आबिपको आन्दोलन डुवर्समा - पहाडमा जीटीए, तराई डुवर्समा जीएटीए हुनेछ – बिमल गुरुंग
डी के वाइबा, कालिमन्युज, कुमानी, 4 दिसम्बर: जीटीए र जीएटीएको खिँचातानीमा गोर्खाल्याण्डको आन्दोलन के हुने हो भन्ने बिषयमा मानिसहरुको ध्यान केन्द्रित बनेको बेला मोटामोटी अब सबै अड्कलबाजीहरु समाप्त भएको छ। गोजमोमो अनि आबिपका नेताहरुको उपस्थितिमा आज कुमानीमा भएको जनसभाले सबै अडकल बाजीहरुलाई समाप्त पार्दै पहाडको निम्ति जीटीए अनि तराई डुवर्सको निम्ति जीएटीए हुनपर्ने बिषयमा अबको आन्दोलन अघि बड्ने भएको छ। गोजमुमो प्रमुख बिमल गुरुंगले जनसभालाई सम्बोधन गर्दै पहाडलाई जीटीए ठिकै रहेको अनि तराई डुवर्सको निम्ति जीएटीए बनिनुपर्ने कुरा गर्दै यसैको निम्ति अबको आन्दोलन डुवर्समा हुने घोषणा गरे। 
तिनले बिगतमा आदिवासी र गोर्खाहरु नमिलेको भए पनि अहिले आएर जीएटीएको निम्ति सहमत बनेको अनि सरकारले पनि यसैलाई महत्व दिएर गोर्खा आदिबासीवर्गको हितलाई ध्यान राख्दै चाडो गठन गर्नुपर्ने माग गरे। अबको तराई डुवर्समा हुने आन्दोलनमा गोर्खा आदिबासीको एकता र जीएटीएको निम्ति जनाधार देखाई दिने घोषणा गर्दै नगरकट्टा, बिरपाडा अनि जयगाउँमा बिराट जनसभा गर्ने पनि घोषणा गरे। यसको निम्ति आगामी दिनमा मोर्चा र आबिप बैठक गरेर मिति तय गर्ने पनि बताए। तराई डुवर्समा जीएटीएको जनाधार सरकारलाई देखाउँन आगमी 10 दिसम्बरको दिन मोर्चाको भातृ संगठन मजदुर युनियनले बिराट –याली निकाल्ने पनि घोषणा गरे। उक्त –यालीमा जीएटीएको सम्रर्थनमा आबिप र गोर्खाहरुको ब्यापक उपस्थिति देखाएर सरकारलाई चुनौति दिने पनि घोषणा बिमल गुरुंग़ले गरे। तिनले गोर्खा आदिबासीहरु नंग र मासु रहेको बताउँदै टिस्टा र रंगीत जस्तै मिलेर अघि बड्ने पनि बताए। पहाडको निम्ति जीटीए प्राप्त भईसकेको बताउँदै यसमा तराई र डुवर्सका मानिसहरु नछोडियोस भन्ने चाहना लिएरनै आफुले कार्य गरेको पनि बताए।
तराई डुवर्समा आदिबासीहरु बेघर रहेको अनि आजसम्म सरकारले यसको निम्ति कुनै कार्य नगरेको आरोप लगाउँदै गणतंत्रमा आफ्नै देशका जनताहरु भोकै र बेघर हुँदा पनि सरकार मौन बस्नु दुखदायी कुरा रहेको छ। यसको निम्ति सक्छौ भने सरकारले कार्य गरेर देखाउ भन्दै गुरुंगले चुनौति पनि दिए।  

यस्तो कार्य मोर्चाले गरेको छैन तर सरकारले नै गरेको अनि सोहिकुरालाई ध्यान दिएर आदिबासी मानिसहरुको हितमा पनि कार्य गर्न आफु मैदानमा आएको पनि गुरुंगले किटान गरे। तिनले युवाहरुलाई जीएलपीमा भर्ना गरेर रोजगार दिएको बताउँदै कसैको पनि अन्याय सहन नगरिने पनि बताए। आफु कुमानीमा मुख्य मंत्री ब्यानर्जीलाई गाली गर्न नआएको बताउँदै तराई र डुवर्सको शाषण प्रणाली अब गोर्खा आदिबासीको हातमा हुनपर्ने पनि माग गरे। गोर्खाहरुले जीटीएमा आफ्नो क्षेत्र पाईसकेको तर आफ्नो स्वार्थ मात्र नहेरेर आदिबासीहरुको पनि समान बिकाश हुनपर्छ भन्ने कुरामा मोर्चाले जोड दिएको अनि यसमा सबैले साथ दिनुपर्ने पनि आह्वान गरे।आफुहरु खोल्सा खोल्सा मिलाएर नदी बनाउँने कार्यमा लागिपरेको बताउँदै अघिका कतिपय नेताहरु पैसाको पछि कुदेको पनि आरोप तिनले लगाए। यस्ता पैसाको पछि कुद्नेहरुलाई लाखेस भन्दै पैसाको पछि कुद्नेहरुले कहिले पनि जनताको हितमा कार्य नगरेको बताए। अब तराई डुवर्सको निम्ति जीएटीए हुने बताउँदै पहाडको निम्ति जीटीए नै हुने पनि गुरुंगले घोषणा गरे। जोन बारलालाई आबिपका नेताहरुले संगठन बिरोधी कार्य गरेको आरोप लगाउँनेहरुले कहिले पनि आदिबासीको हितमा कार्य नगरेको तिनले उल्टा आरोप लगाए। मोर्चा आबिपको सम्झौता हुन अघिनै पहिला दिल्लीमा बैठक भएको बताउँदै दिल्लीमा नै छलफल गरेर डुवर्समा आएर सम्झौता गरेको बिमल गुरुंगले खुलासा पनि गरे।
यसमा कतिपय आबिपका नेताहरुले जोन बारलालाई दोष देखाएर राजनैतिक क्यारियर बनाउँन खोजेको बताउँदै यो ठिक कार्य नभएको अनि अब जीएटीएको समर्थनमा डुवर्समा लाखौ जनता सडकमा निकालेर देखाईदिने पनि तिनले घोषणा गरे। जनसभालाई सम्बोधन गर्दै तिनले जोन बारलालाई गोर्खा आदिबासीको नेता रहेको बताउँदै पहाडमा जसरी आफुलाई साथ दिन गोर्खाहरु अगि आए त्यसरीनै तराई डुवर्समा गोर्खा आबिप सबै अघि आउँनु पर्ने आह्वान् गरे। तराई डुवर्सको निम्ति आबिप र मोर्चामाझ् सम्झौता हुने कुरा आबिप नेता बिरसा तिर्कीलाई हुनु भन्दा अघि नै सबै थाह रहेको अनि दिल्लीमा मोर्चा आबिपको बैठक हुँदा बिरसा तिर्की पनि साथै रहेको खुलासा गुरुंगले गरे। तर अहिले आएर मोर्चा आबिपको सम्झौता बारेमा झुटो टिप्पणी गर्नु सहि नरहेको तिनले थपे। बिरसा तिर्कीको नाम नलिईकन गुरुंगले आफ्नो पोलिटिकल क्यारियर बनाउँने कार्यले जनताको भलाई नहुने पनि जनाए। अब डुवर्सको नगरकट्टा, बिरपाडा अनि जयगाउँमा हुने जीएटीएको जनसभाहरुमा अडाई लाख जनता थुपार्ने पनि तिनले चुनौती दिए।
बिगत दिनमा सिब्सुमा शहिद भएको स्थानमा आगामी 8 फरवरीको दिन बिराट कार्यक्रम गर्ने घोषणा गर्दै 13 फरवरीको दिन पुराण पनि आयोजना गर्ने तिनले घोषणा गरे। जोन बारला गोर्खा आबिपको नेता हो भनि घोषणा गर्दै तिनले तराई डुवर्सको निम्ति जोन बारला एण्ड कम्पनीलाई जिम्मेवारी दिएको र् यसमा जनताको साथ चाहिएको पनि गुरुंगले बताए। अहिलेसम्म सबै कार्य बंगालको अधिनमा हुने गरेको कारण यहाँका मानिसहरु अवहेलित बनेको बताउँदै अबको बागडोर मोर्चा आबिपको हातमा हुनपर्ने बताउँदै यसो भएमात्र यस क्षेत्रको बिकाश कार्य अघि बड्ने पनि तिनले दाबी गरे।
जीटीए र जीएटीएको निम्ति १० दिसम्बरदेखि आन्दोलन
मनोज वोगटी, कालिमन्युज, कुमानी, ४ दिसम्बर| गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले पहाडमा जीटीएको निम्ति अनि तराई र डुवर्समा जीएटीएको निम्ति संयुक्तरुपले आन्दोलन शुरू हुने जनाएका छन्| कुमानीमा भएको जनसभाबाट आविपबाट निस्कासित नेता जोन बारला अनि गोजमुमो अध्यक्ष विमल गुरूङले आज यस्तो घोषणा गरेका छन्| आज कै जनसभाबाट उनीहरूले पहाडमा जीटीए अनि तराई डुवर्समा जीएटीएको माग गरिने घोषणा पनि गरेका छन्| पहाडमा गठन हुने जीटीएलाई मोर्चाले सञ्चालन गर्ने अनि तराई र डुवर्समा गठन हुने जीएटीएलाई आदिवासी विकास परिषद अथवा आदिवासी नेताहरूले सञ्चालन गर्ने बताइएको छ| विमल गुरूङले भने, आन्दोलन बाघपुलदेखि सुनकोशसम्म हुने छ| यो आन्दोलनमा तराईका गोर्खा-आदिवासीले मात्र होइन त्यहॉं बसोबासो गर्ने हरेक सम्प्रदायले साथ दिनुपर्छ| यस अघिका वामफ्रण्ट सरकारले केवल आदिवासीहरूलाई मात्र होइन सबै समुदायलाई शोषण गरेर राखेको थियो| अब एउटा राम्रो माहौल तयार भएको छ|
गोर्खा र आदिवासी एकै सिक्काको दुइपाटो हो| दुवै शोषित र पीडित जाति हो| दुवै शोषित जाति विकासको निम्ति एक भएको छ यसकारण बाघपुलदेखि सुनकोशसम्म हुने जीएटीएको आन्दोलनमा सबैको सहभागिता हुनुपर्छ| तिनले आन्दोलनको रुपरेखा तयार पार्न ६ दिसम्बरको दिन आविप र मोर्चाको बैठक हुने बताएका छन्| अर्कोतिर १५ दिसम्बर हाइपावर कमिटीको पनि बैठक भइरहेको छ| यसैलाई लक्ष्य गर्दै विमल गुरूङले भने, १५ तारिकको हाइपावर कमिटीको बैठक अघि नै आन्दोलन शुरू हुने छ| तराई र डुवर्सका सम्पूर्ण ट्रेड युनियनले आन्दोलनलाई प्ररम्भ गर्ने छ| तिनले अझ भने, १० दिसम्बरको दिन सम्पूर्ण ट्रेड युनियनले तराई र डुवर्समा जीएटीएको मागको निम्ति महार्‍याली निकाल्ने छ| तिनले आजको जनसभा राज्य सरकार र केन्द्र सरकारलाई गाली गर्न नगरिएको तर राज्य र केन्द्रलाई नै आदिवासी र गोर्खाहरूको जनशक्ति देखाउन जनसभा गरेको बताउँदै अझ भने, यसैकारण ट्रेड युनियनको जनसभामा तराई र डुवर्सवासीले व्यापक उपस्थिति दिनुपर्छ| राज्य सरकार र केन्द्र सरकारले जीटीए र जीएटीएको निम्ति त्यहॉंका जनताको माग रहेको थाहा पाउनुपर्छ| गुरूङले यो कार्यक्रमपछि क्रमैले तराई र डुवर्सका विभिन्न क्षेत्रमा आदिवासी विकास परिषद् र गोर्खा जनमुक्ति मोर्चाको संयुक्त जनसभा हुने पनि बताए|
तिनले भने, प्रत्येक जोन जोनबाट जनता निस्कन पर्छ| नगरकट्टा, बीरपाडा अनि जयगाउँमा लगत्तै जनसभा हुने छ| यसको उद्देश्य सरकारलाई मुद्दाबारे जनसमर्थन देखाउनु हुने छ| तिनले जनसभामा उपस्थित आदिवासी सुदायलाई सम्बोधन गर्दै भने, ट्रेड युनियनको महार्‍याली पछि जनसभाको मिति तय गरिने छ|

१० देखि गोजमुमोको जीएटीएको आन्दोलन, १८ देखि युवा मोर्चाको छुट्टैराज्यको आन्दोलन| जनताले कुन आन्दोलनलाई सहयोग गर्ने? - युवा मोर्चाको आन्दोलनको कुरै गरेनन् विमलले
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, ४ दिसम्बर| अब एउटै राजनैतिक दलबाट दुइवटा आन्दोलन हुनेछ, केन्द्रिय समितिले जीटीएको अनि भातृ कमिटीले छुट्टैराज्यको| यस्तो विचित्रको राजनैतिक कार्यक्रम देखापरेको गोर्खा जनमुक्ति मोर्चाको रणनीतिमा| आज गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले भने कुमानीमा १० दिसम्बरदेखि जीएटीएको आन्दोलन हुने घोषणा गरे भने ती नै अध्यक्षको निर्देशमा मोर्चा कै भातृ सङ्गठन युवा मोर्चाले भने १८ दिसम्बरदेखि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्ने घोषणा गरिसकेको छ| आज युवा मोर्चाको महासचिव प्रियवर्द्धन राईले कुरालाई सच्याउँदै युवा मोर्चाको आन्दोलन अध्यक्ष विमल गुरूङको निर्देशनमा नभएको स्पष्ट पारिदिएका छन्| तर बारम्बार तिनकै सङ्गठनबाट मोर्चा अध्यक्षको निर्देशमा नै युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्ने बताइरहेका थिए| आज युवा मोर्चा महासचिव राईले विमल गुरूङलाई छुट्टै राज्यको निम्ति युवा मोर्चाको आन्दोलनको निम्ति अनुरोध गरिने कुरा बताएर छक्क पारिदिएका छन्| यिनी तिनै विमल गुरूङ हुन् जसले आङ बॉंधेर नयॉं पार्टी गठन गरेका थिए छुट्टै राज्यको निम्ति, तिनै विमल गुरूङलाई तिन कै युवा सङ्गठनले छुट्टै राज्यको आन्दोलन गर्न अनुरोध गर्ने बताइरहेको छ|
प्रियवर्द्धन राईको भनाइ अनुसार नै हो भने विमल गुरूङले छुट्टै राज्यको मुद्दालाई छोडिसकेका छन्| यसकारण गुरूङलाई तिनको लक्ष्य अब युवा मोर्चाले सम्झाइदिनुपर्ने भएको छ| अचम्मको कुरा के पनि देखिएको छ भने आजको जनसभामा विमल गुरूङले युवा मोर्चाको छुट्टै राज्यको कुरा कन्थै गरेनन्| विमल गुरूङले मात्र होइन रोशन गिरी अनि डा. हर्कबहादुर छेत्रीसम्मले युवा मोर्चाको आन्दोलनबारे पटक्क मुख खोलेनन्| यसले स्पष्ट पार्छ केन्द्रिय कमिटी जीटीएको पक्षबाहेक अरु कुनै पनि पक्षमा छैन| केन्द्रिय कमिटी तन मन धनले जीटीएको पक्षमा आन्दोलन गर्ने रणनीतिमा छ भने त्यसै दलको सानो भातृ सङ्गठनले भने छुट्टै राज्यको आन्दोलन १८ देखि गर्ने भन्नु राजनैतिक इतिहासमा नै सबैभन्दा ठूलो हास्यास्पद घटना मानिएको छ|
अब जनता गॉंठोमा परेका छन्| जनताले युवा मोर्चाको छुट्टै राज्यको आन्दोलनमा साथ दिने हो कि केन्द्रिय कमिटीको जीटीएको आन्दोलनमा? आफै मागेर नदिएको तर राज्य र केन्द्रले कर गरेर मोर्चालाई जीटीए दिएको बताए पनि अहिले जीटीएको निम्ति नै मोर्चाले आन्दोलन गर्ने भइरहेको छ| मोर्चालाई १५ दिसम्बरको दिन हाइपावर कमिटीले गर्ने बैठकसित निक्कै त्रसित रहेको बुझिएको छ किन भने यो बैठक अघि नै जीएटीएको निम्ति आन्दोलन गर्ने भएको छ| जीएटीए आविपलाई सुम्पेर अनि तराई र डुवर्सका गोर्खाहरूलाई त्यहीँ मिलाएर पहाडको निम्ति मोर्चाले जीटीए थाप्ने भएको यही रणनीतिले स्पष्ट पारिसकेको छ| अब मोर्चाको जीटीए छुट्टै राज्यको निम्ति कुनै पनि खुडि्कलो होइन भन्ने पनि स्पष्ट भइसकेको छ|

गोजमुमो केन्द्रिय समितिको समर्थन नपाए पनि युवा मोर्चाले आन्दोलन नछोड्ने
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, ४ दिसम्बर| गोर्खा जनमुक्ति मोर्चा अहिले विकास परिषदसँग मिलेर जीटीएण्डएटीए जनसाधरणलाई बुझाउन जनासभाहरू गर्न लागिपरेको छ भने भातृ सङ्गठन युवा मोर्चा गोर्खाल्याण्ड आन्दोलनको तम्तयारमा जुटेको छ| गोजमुमोले जीटीएमा हस्ताक्षर गरेपनि युवा मोर्चाले भने जीटीएलाई विरोध पनि छैन अनि समर्थन पनि छैन भनिरहेको छ| यदि गोर्खा जनमुक्ति मोर्चाले वाध्यतावश युवा मोर्चाको आन्दोलनलाई सहयोग नपुर्‍याइएको खण्डमा पनि युवा मोर्चा गोर्खाल्याण्डको आन्दोलनबाट पछि नहट्ने भएको छ|
आज कालेबुङ आइपुगेका युवा मोर्चा केन्द्रिय समितिका सचिव प्रियवर्दन राईले यस्तै मन्तव्य पोखे| १८ सितम्बरमा जीटीएमा हस्ताक्षर भएपछि कार्यन्वयन पनि हुन नपाइ गोर्खाल्याण्ड आन्दोलन शुरू गर्न मोर्चालाई अपठ्यारो परेपछि नै भातृ सङ्गठन युवा मोर्चाले आन्दोलन शुरू गरेको स्पष्ट छ|
यसैले अहिले नै युवा मोर्चालाई केन्द्रिय समितिले खुलेर समर्थन जनाइहाल्छ भनेर भन्न सकिन्न| तर प्रियवर्दन राईले युवा मोर्चाको आन्दोलनलाई केन्द्रिय समितिले समर्थन जनाउँछ भन्ने पक्का विश्‍वास रहेको बताए| तर केन्द्रिय समितिले समर्थन नजनाए पनि युवा मोर्चाले भने आन्दोलन नछाडेर जारी राख्ने प्रियवर्दन राईले बताए| १८ दिसम्बरमा मङ्पुमा हुने जनसाभामा विमल गुरूङलाई उपस्थित भइदिन वारम्बार अनुरोध गरिरहेको पनि राईले बताए| गोर्खाल्याण्डकै निम्ति भनेर जन्मेका विमल गुरूङलाई गोर्खाल्याण्डकै निम्ति भातृ सङ्गठनले बिन्ति गर्नपरेको सम्बन्धमा राईले भने, विमल गुरूङले अहिले पनि गोर्खाल्याण्ड नै भनिरहेका छन्| जीटीएमा उनले हस्ताक्षर गरेका छैनन्| हामी गोर्खाल्याण्ड आन्दोलनको निम्ति विमल गुरूङकै नेतृत्व चाहन्छौं| उनले नै गोर्खाल्याण्डको मागलाई पार लगाउनेछन्| युवा मोर्चाले शुरू गरेको आन्दोलनमा विमल गुरूङको हस्तक्षेप रहने नरहने पनि १८ दिसम्बरमा नै निधो हुने राईले बताए|
अहिले पनि मोर्चा जीटीए, जीएण्डएटीएतिर नै लागिरहेको अनि युवा मोर्चा आन्दोलनमा रहेकामा देखापरिरको अन्योलताबारे तिनले भने, यो स्ष्टट छ जीटीएपछि मात्र जीएटीएको कुरा आउँछ| युवा मोर्चाले शुरू गरेको आन्दोलनले मोर्चा अनि आदिवासी विकास परिषदको सम्झौता नबिग्रने बताउँदै हाइपावर कमिटिले काम गरिरहेकोले सम्झौतालाई फरक नपार्ने राईले बताए| कुनै पनि आन्दोलनहरूमा युवाहरूको भूमिका महत्वपूर्ण रहने भएकोले देशको परिस्थिलाई हेरेर नै आन्दोलनको निम्ति युवाहरू अघि आएको राईले बताए| अहिले युवा मोर्चाले आन्दोलन शुरू गर्ने भएपछि सबैपक्षबाट पाइरहेको समर्थनलाई पनि युवा मोर्चाले स्वागत जनाएको छ भने १८ दिसम्बरमा नै युवा मोर्चाले आन्दोलनको रणनीति घोषणा गर्ने भएको छ| अहिले भारतीय गोर्खा परिङ्घले उठाएको सामुहिकताको पहललाई युवा मोर्चाले महत्व नदिने, विश्‍वास पनि नगर्ने बताउँदै क्षेत्रीय कुराहरूलाई नहेरेर युवा मोर्चाले केन्द्रको परिस्थितिलाई हेरेर नै आन्दोलन गर्ने बताएको छ| दलहरूको सामुहिक विचार ठूलो हुनुपर्ने बताउँदै तिनले गोर्खालीगले ४६ सालमा नै गोर्खाल्याण्ड बेचिसकेको अनि क्रामाकपाले ८६ मा हात काटेर दिइसकेको बताए|
छुट्टै राज्य गोर्खाल्याण्डकै निम्ति युवा मोर्चा अडिग रहने अनि कुनै पनि अवस्थामा सम्झौता नगर्ने तिनले बताए|गोर्खाल्याण्ड आन्दोलनलाई तृणमूल स्तरदेखि नै उठाउने उद्देश्यले सङ्गाठनिक कार्यक्रम लिएर युवा मोर्चा केन्द्रिय समितिका सचिव प्रियवर्दन राई, कानुनी सहल्लाहकार शेषमणि गुरूङ, कार्यकारी सदस्यद्वय अन्जुल चौहान अनि अमर लामा आज कालेबुङ आइपुगेका थिए| उनीहरूले स्थानीय पार्टी कार्यलयमा युवा कार्यकर्ताहरूसँग बैठक गरे| गोर्खाल्याण्ड आन्दोलनको निम्ति सङ्गठनलाई दह्रिलो पार्न नै आज कालेबुङका युवा कार्यकर्ताहरूसँग बैठक गरेको अनि कालेबुङका युवाहरूमा गोर्खाल्याण्डप्रतिको धरै उत्साह रहेको राईले बताए

‘शाषण प्रणाली अब मोर्चा र आविपको हातमा हुनुपर्छ’
मनोज वोगटी, कालिमन्युज, कुमानी, ४ दिसम्बर| कुमानीमा आज गोर्खा जनमुक्ति मोर्चा र आदिवासी विकास परिषदको संयुक्त जनसभा सम्पन्न भयो| मोर्चाका अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी, विधायक डा. हर्कबहादुर छेत्री अनि विल्सन चम्प्रामारी प्रमुखरुपले जनसभामा उपस्थिति थिए भने आविपबाट जोन बारला, शुक्रा मुण्डा अनि निकोटिन मिञ्ज प्रमुखरुपले उपस्थिति थिए| रोशन गिरीले जनसभालाई सम्बोधन गर्दै आदिवासी र गोर्खाहरूको मिलन ऐतिहासिक रहेको बताए| तिनले यसै जनसभामा स्पष्ट पारे कि आविप र मोर्चाको मित्रता छुट्टै राज्यको निम्ति होइन| गोर्खा र आदिवासी दुवै नै वामफ्रण्ट सरकारद्वारा शोषित रहेको बताउँदै यही शोषणको जवाब दिन विकासको निम्ति एक भएको बताए|
डा. हर्कबहादुर छेत्रीले ममता व्यानर्जी पहाड, तराई र डुवर्सको विकास गर्न चाहने भएकोले तिनलाई विकास गर्नमा गोर्खा र आदिवासीको सहयोग हुनुपर्ने बताए| यसरी नै जोन बारलाले भने, अहिलेसम्म कोही पनि आएनन्, जोसित तराई र डुवर्सको विकासको योजना र कटिबद्धता होस्| अहिलेसम्म पनि तराई र डुवर्सको विकासको कुरालाई कसैले पनि सम्बोधन गर्न नसक्नु भनेको उनीहरू जम्मैले नै यस क्षेत्रको विकासको निम्ति नभएर पार्टी चलाउने काम मात्र गरेको बुझिन्छ| आविप मात्र यस्तो सङ्गठन हो जसले तराई र डुवर्सको विकासको कुरा गरिरहेको छ| तर अहिले यसको विरोध गर्ने कार्य भइरहेको छ| यो विरोध तराई र डुवर्सको विकासको विरोध हो, हाम्रो भाग्य र भविष्यको विरोध हो|
हाम्रैहरू विरोधमा छन् अनि मोर्चासितको सम्झौतालाई विथोल्ने षडयन्त्र भइरहेको छ| तिनले १० दिसम्बरदेखि हुने जीएटीएको कुनै पनि कार्यक्रममा भरपुर समर्थन दिनको निम्ति सबैलाई उपस्थिति बनिदिने आह्वान पनि गरे| मोर्चा अध्यक्ष विमल गुरूङले पनि भने, अब पहाडको शाषण प्रणाली मोर्चाको हातमा आउनुपर्छ| तराई र डुवर्सको शासन प्रणाली आदिवासी विकास परिषद्मा आउनुपर्छ| पहाडमा रहेका सबै जातिको विकासको निम्ति जीटीएले काम गर्ने छ अनि तराईमा रहेको सबै जातिको (गोर्खाहरू पनि लगाएर) विकासको निम्ति जीएटीएले कार्य गर्ने छ| यसको निम्ति संयुक्त आन्दोलन हुने छ अनि राज्य र केन्द्रलाई बुझाइने कार्य हुने छ| तिनले अझ भने, यत्रो वर्ष गरेको आन्दोलनको फल राम्रो हुनुपर्छ| हाम्रो मतलब त पुरा भयो किन भने हामीले जीटीए पायौं| तर आदिवासीहरूले केही पनि पाएका छैनन्| आदिवासीहरू नाङ्गै र भोक्कै छन्| उनीहरू अर्काको घरमा दास भएर बस्नु परेको छ| यो कसले गर्दा भयो? मोर्चा र आविपले गर्दा भएको हो? होइन, यो वामफ्रण्ट सरकारले गर्दा भएको हो| आदिवासीहरूले नोकरी पाएका छैनन्| भारत देशलाई गणतान्त्रिक देश भनिन्छ भने हामीले गणतान्त्रिकरुपले मागेको कुरा दिनुपर्छ| तिनले आदिवासी समुदायलाई सम्बोधन गर्दै भने, हामीले तपाईँहरूको निम्ति रोजगारको बाटो खनिरहेका छौं| हाम्रो मतलब त जीटीएबाट पुरा भइसकेको छ|
क्षेत्र पनि पाइसकेका छौं, पैसा पनि पाइसकेका छौं, तपाईहरूले केही पनि पाउनु भएको छैन भनेर नै हामीले मित्रता गॉंसेका हौं| यसमा मोर्चाले कुनै पनि राजनैतिक फाइदा हेरेको छैन| गोर्खा पनि आशे जाति हो अनि आदिवासी पनि| दुवै मिलेर विकासको निम्ति आन्दोलन गरिरहेका छौं यसमा तपाईँहरूको साथ चाहिन्छ| हामी अबको जनसभामा अडाई लाख जनता थुपार्ने सोंचेका छौं| सरकारलाई गोर्खा र आदिवासीले देखाउनुपर्छ कि विकासको नम्ति हामी एक छौं| विमल गुरूङले यसै दिन सिब्सु काण्डको पनि सम्झना गरे| तिनले भने, मोर्चाको निम्ति यो ठाउँले धेरै महत्व राख्छ| अब ८ फरवरीको दिन यहॉं एउटा ठूलो कार्यक्रम हुने छ| सिब्सु काण्ड हाम्रो इतिहासमा महत्व पूर्ण छ| यसकारण यहॉं १३ फरवरीको दिन वृहत पुराण लगाइने छ| अबको दिनमा यस क्षेत्रको विकास धेरै हुने छ| हामीले धेरै कुरा सोंचेर राखेका छौं| २८ नम्बर समष्टीको निम्ति धेरैवटा योजना बनाइसकेका छौं|

जीएटीएको बागडोर जोन बारलाको हातमा?
मोर्चा अध्यक्ष विमल गुरूङले जीएटीएको बागडोर जोन बारलाको हातमा जाने संकेत पनि दिएका छन्| विमल गुरूङले भने, तपाईँहरूलाई भट्काउन सक्छ| अब बागडोर जोन बारलाहरूको हातमा जाने छ| उनीहरूले नै जीएटीए चलाउनुपर्छ| यहॉं गोर्खाहरूसित मिलेर नै काम गर्नुपर्ने छ| काम गर्ने जोन बारलाहरू हुन्| विकासको काम गर्नुपर्छ| यहॉंका मोर्चाका सङ्गठनहरूले पनि आवपसित मिलेर काम गर्ने छ| मैले हात काटेर दिइसकेको छु| राम्रो माहौल भएको छ| यसलाई बलियो बनाएर जानुपर्छ| एकता राख्ने आह्वान गर्छु| कसैले पनि विरोध गरेको खण्डमा तपाईँहरूले उनीहरूलाई जवाब दिनुपर्छ|
बीरसा तिर्कीलाई सबै थाहा छ, विरोध किन?
"जोन बारलालाई आविपको राज्य समितिले सङ्गठनको क्षमता प्रयोग गर्न नपाउने अनि दुरुपयोग पनि गर्न नपाउने निर्देश दिइसकेको छ| तर तिनी आज आविप कै व्यानरमा उपस्थित थिए| विमल गुरूङले भने, आविप र मोर्चालाई मिलाउनमा विरसा तिर्कीकै ठूलो हात छ| पहिलो बैठकमा तिनी पनि थिए| तिनैले नै दास्रो बैठकको मिति तय गरेका हुन्| अहिले फेरि जोन बारलालाई आविपबाट निकाल्ने षडयन्त्र किन गर्दैछ? विरसा तिर्कीले राजनैतिक केरियर बचाउँने राजनीति गर्दैछन्| गोर्खालाई बेसी नचलाओस्, मेलै गोर्खाहरू जङ्गल फॉंडेर बस्न सक्छ भनेर अघिबाट नै भनिसकेको छु| तिनले कुरा बुझ्नुपर्छ", विमल गुरूङले भने|
कुमानीको जनसभामा उठेन गोर्खाल्याण्डको कुरा
डी के वाइबा, कालिमन्युज, कुमानी 4 दिसम्बर : एकातिर युवा मोर्चा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँने ताकमा लगिपरेको छ भने अर्कोतिर मोर्चा र आबिपको मिलन रोचक बनेको छ। यस्तो अववस्थामा पहाडको राजनैतिक हावा कता बग्ने हुन भन्ने कुरामा मानिसहरु आ आफ्नै अडकलबाजी लगाई रहेका छन। युवा मोर्चाको आन्दोलनलाई मोर्चा प्रमुख बिमल गुरुंगले के भन्ने हुन भन्ने चासो बडीरहेको समयमा आज कुमानीमा केहि खुलासा हुने सम्भावना रहेको थियो तर कुनै सुईँको समेत मानिसहरुले पाएनन। गुरुंग़ले कुमानीबाट युवामोर्चाको आन्दोलनबारे केहि बोल्न सक्ने सम्भावना रहे पनि तिनले यसबारेमा कुनै कुरा बोलेनन। सबैको ध्यान यसै बिषयमा अडेको भए पनि जन सभामा भने गोर्खाल्याण्डबारे कुनै कुरा नै उठेन। जनसभामा जीटीए र जीएटीए बारे त तिनले बोल्छनै तर युवा मोर्चाको आन्दोलनबारे पनि बोल्ने कुरा मानिसहरुले आशा राखेका तिए तर यसबारे तिनी मौन बसेर एउटा अर्को रह्स्य बनाईदिएको छ।
प्रत्येक जनसभामा गोर्खाल्याण्डको राग अलाप्ने मोर्चा प्रमुख यस्पल्ट किन मौन बसे कसैलाई पनि थाह हुन सकेको छैन। कतै गोर्खाल्याण्डबारे बोल्दा केहिदिन अघि मात्र मोर्चा संग हात मिलाउँन आईपुगेका आबिप नेताहरु बाटो बिराएर अर्को बाटो लाग्ने डर भएकै कारण मौन बसेका हुन कि भन्ने प्रश्न अहिले गम्भिर बनेर बसेको छ। गुरुंगले प्रत्येक जनसभाहरुबाट कुनै पनि समय गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने संकेत दिदै आएको भएपनि यसपल्टको जनसभामा भने यसबारे नबोल्नु कुन अदृष्य शक्तिले रोकेको छ भन्ने कुरा निकै चासोको बिषय बन्न पुगेको छ। तिनले आजको जनसभामा केवल तराई र डुवर्सका आदिवासीहरुको बिकास होस भन्ने कुरामा मोर्चाले ध्यान दिएकै कारण जीएटीएको कुरामा आन्दोलन गरिने बताए। आफुले चाहे गोर्खाहरुलाई जंगल फाडेर पनि राख्न सक्ने बताउँदै तर गोर्खाहरु संगै आदिबासीहरुको पनि समान बिकासमा मोर्चाले चाह राखेको पनि बताए। य्सैको निम्ति अब मोर्चा आबिप मिलेर आन्दोलन गर्नेकुरा पनि तिनले सार्बजनिक गरे पनि छुट्टै राज्यको प्रसंगमा भने कुनै कुरानै बोलेनन।
यता मोर्चाकै भातृ संगठन युवा मोर्चा भने छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई तिब्रता दिन संगठन बलियो बनाउँने तर्खरमा लागेको छ। मोर्चाले गोर्खाल्याण्डको मुद्द ड्रप गरेको छैन अनि यहीँनै गठन गर्न गोजमुमो पार्टीको उदय भएको कुरालाई अघि लगाएर अहिले युवा मोर्चा आन्दोलनलाई अघि बडान लागेको छ भने मोर्चा प्रमुख भने अहिले सम्म यस कुरामा मौन बसेको छ। उता आबिपका नेताहरुले भने मोर्चासित हात मिलाएकै दिन गोर्खाल्याण्डको कुरा उठे सम्झौता तोडिदिने स्पष्ट घोषणा गरेको छ। कतै आबिपको सोहि कुरालाई ध्यानमा राखेर आबिपका नेताहरुको उपस्तिथि रहेको मंचबाट गुरुंगले गोर्खाल्य़ण्डको कुरा नगेरेका हुन कि भन्ने प्रश्न खुबै चासोको बिषय बनेको छ।

मोर्चालाई नसोधेकोमा खण्ड कार्यालयहरू बन्द
कालिमन्युज, कालेबुङ, ४ दिसम्बर| आजदेखि पहाडका सम्पूर्ण खण्ड विकास कार्यालयमा मोर्चाले अनिश्‍चितकालको निम्ति ताला झुण्डाउने छ| ताला झुण्डाउनुको कारण विभागले मोर्चालाई नसोध्नु रहेको छ| खण्ड विकास कार्यालयले परिवार कल्याण योजनाको आशा पदमा आफ्नै ढङ्गले नियुक्ति गरेको मोर्चालाई मन परेन| किन भने खण्ड विकास कार्यालयले मोर्चालाई सोधेर नै आशा पदमा नियुक्त गर्नुुपर्थ्यो| तर खण्ड विकास कार्यालयले मोर्चालाई सोधेन| आज कुमानीमा भएको आविप मोर्चाको संयुक्त जनसभाबाट मोर्चा अध्यक्ष विमल गुरूङले आजदेखि खण्ड विकास कार्यालयमा ताला लगाउनुको खास कारण खोले| तिनले भने, जुनै पनि काम गर्दा मोर्चालाई सोध्नुपर्छ| किन भने आन्दोलन मोर्चाले गरेको हो| आन्दोलनमा आएको कारण यस्तै नोकरी पाउनुको निम्ति हो| खण्ड विकास कार्यालयले आफ्नै पाराले नियुक्ति गरिरहेको छ| यसो गर्नु ठीक होइन| ककसलाई काम दिनुपर्ने मोर्चालाई थाहा छ| खण्ड विकास कार्यालयले यो कामको निम्ति मोर्चालाई सोधेन| मोर्चाले बन्द गरिदियो|
तिनले मोर्चाको आन्दोलनमा खट्नेहरूले काम पाउनु पर्ने बताए| तिनले आदिवासीहरूलाई पनि मोर्चाले आदिवासी वेरोजगारहरूलाई नोकरीको बाटो खोलिदिनको निम्ति नै जीएटीएमा सम्झौता गरेको बताइरहेका थिए| यसै सन्दर्भमा तिनले आजदेखि खण्ड विकास कार्यालय बन्द गर्नुको कारण खोल्दै मोर्चाको आन्दोलनमा खट्नेहरूले काम नपाउने भएकोले नै खण्ड विकास कार्यालयमा ताला लगाइदिएको स्पष्टिकरण पनि दिइरहेका थिए| गुरूङले चिया श्रमिकहरूको रोज वृद्धि मोर्चाले नै गरेको बताउँदै कसैप्रति अन्याय भएको नसहने बताए| परिवार कल्याण योजना अन्तर्गत ग्रामीण क्षेत्रमा स्वास्थ्यको पनि पहल गर्न सरकारले आशा-नाममा उम्मेद्वारहरूलाई नियुक्त गर्ने गरेको छ|
नियुक्तहरूले गाउँ गाउँमा गएर विरामीहरूको निरीक्षण गर्ने कार्य गर्ने गर्छ| मोर्चाले नै बताए अनुसार आशाको पदमा मोठ १४४० वटा पदहरू रिक्त छन्| ती पदमा खण्ड विकास कार्यालयले नियम अनुसार नियुक्त गर्न अन्तरवार्ता गर्ने कार्य शुरू गरेको थियो| यसैको निम्ति १७ दिसम्बरमा बिजनबारीमा अन्तरवार्ता हुने तय गरिएको थियो| खण्ड विकास कार्यालयको यो आफ्नै ढङ्गलाई मोर्चाले मन पराएन| गुरूङको भनाइ अनुसार यसको नियुक्तिको निम्ति मोर्चाबाट परामर्श लिइनु पर्थ्यो तर लिइएन| मोर्चाबाट परामर्श लिएको भए मोर्चाको आन्दोलनमा खट्ने धेरै वेरोजगारहरुले काम पाउने थियो| मोर्चाको यो स्वार्थ पुरा नभएपछि नै खण्ड विकास कार्यालयहरू अनिश्‍चितकालको निम्ति आजदेखि बन्द गरिएको छ| मोर्चाले जिल्ला स्वास्थ्य विभागले नियुक्तिमा मनमानी गरिरहेको आरोप लगाएको छ| के विभागले गोर्खाहरू बाहेक अन्यलाई नियुक्ति दिइरहेको थियो त? यदि गोर्खाहरूलाई नै नियुक्ति दिइएको थियो भने किन अनिश्‍चितकालीन बन्द गरियो त? के मोर्चाको स्वार्थ पुरा नभएकोले नै अनिश्‍चितकालीन बन्द गरिएको हो त? एउटा स्वार्थको कारण खण्ड विकास कार्यालय बन्द गरिँदा जनताले यहॉंबाट पाउने धेरैवटा सेवामा बाधा पुग्दैन? अब प्रश्‍नहरू उठ्ने देखिएको छ|

भागोप सिक्किम शाखाको बैठक सम्पन्न: जनगणनामा गोर्खा जाति नेपाली भाषा लेखेर राष्ट्रियस्तरमा गोर्खाहरूको सही जनसंख्या बताउँ -भागोप
भागोपको बैठकमा उपस्थिति शाखा र राज्य समितिका प्रतिनिधिहरू
प्रे वि , कालिमन्युज, गान्तोक,4 दिसम्बर। भारतमा जातिको आधारमा सम्पन्न हुन गइरहेको जनगणनामा भारतीय नेपाली भाषी गोर्खाहरूको सही जनसंख्याको आकलनको निम्ति आफ्नो जाति गोर्खा लेखिनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर भारतीय गोर्खा परिसंघ (भागोप), सिक्किम राज्य समितिले सिक्किमका सबैलाई जनगणनामा आफ्नो समुदायको ठाउँमा गोर्खा लेख्नु पर्ने आह्वान गरेको छ। यहॉंको रानीपूल नजिक स्माइल्याण्ड रिसोर्टमा 4 दिसम्बरको दिन भागोप सिक्किमको राज्य, जिल्ला तथा क्षेत्रिय शाखाका पदाधिकारी तथा संरक्षण सदस्यहरूको एक महत्वपूर्ण बैठकमा जातिगत जनगणनामा गोर्खा जाति लेखेर भारतमा गोर्खाहरूको सही जनसंख्या बताउने प्रस्ताव ग्रहण गर्दै राज्यका सबै शाखा-प्रशाखा र क्षेत्रिय समितिहरूलाई यसको प्रचार प्रसार गर्ने आह्वान गरिएको छ|
अहिलेसम्म भारतमा भएको विभिन्न दशकका जनगणनाहरूमा गोर्खा समुदायले आफ्नो समुदायको ठाउँमा आफ्नो थर लेख्ने गरेको तथा भाषा पनि आफ्नो जात-जातको लेख्ने गरेको कारण भारतीय गोर्खाहरूको सही आँकडा अहिलेसम्म अघि आउन नसकेको ठहर गर्दै बैठकमा गोर्खा जाति अनि भाषाको ठाउँमा नेपाली लेख्ने आह्वान भागोपले गरेको छ।
भागोप राज्य शाखा अध्यक्ष डॉ. कमल गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा सिक्किमका एकलो भारतीय स्वतन्त्र आन्दोलनका सेनानी हेलेन लेप्चा (साबित्रीदेवी)-को सालिग निर्माणको निम्ति पहल तिब्र गरिने यसको निम्ति राज्य सरकारसित पनि पहल शुरु गर्दै दक्षिण जिल्लाको नाम्चीमा उनको सालिग निर्माणको निम्ति पहललाई अन्तिम रूप दिइऩे तय गरिएतको छ। तथा भागोपको सांगठनीक सभा यसै महिनाको दोस्रो साता देखि प्रत्येक वार्ड स्तरसम्म पुऱ्याएर संगठनको राष्ट्रिय स्वरूपलाई तृणमूलसम्म पुऱ्याउने प्रस्ताव पारित गरियो। यसैगरि आगामी 2012 सालमा सिक्किममा सम्पन्न हुने प्रस्तावित राष्ट्रिय त्रयवार्षिक महा अधिवेशनको निम्ति राज्यमा सांगठनीक स्थिति अझ बलियो बनाउनु पर्ने विभिन्न शाखाहरूको प्रतिनिधिहरूको सुझाउलाई ध्यानमा राखेर संगठन विस्तार र नेतृत्व क्षमताको विकासमा जोर दिइऩे प्रस्ताव ग्रहण गरियो। यसैगरि अब निरन्तर रूपमा प्रत्येक शाखा समितिहरूले बैठक आयोजन गरेर संगठन विस्तारको निम्ति पहल गर्ने निर्णय लिइयो। यसै महिनाको दोस्रो साता देखि सांगठनीक बैठक सबै क्षेत्रमा शुरु गरिने प्रस्ताव लिइएको छ।
अर्कोतिर भागोपका नयॉं संरक्षक सदस्य सिक्किम सरकारको पूर्व सचिव के एन शर्मालाई स्वागत जनाइयो । तिनले संगठनको विकास र जातिको उत्थानको निम्ति तृणमूल स्तरसम्मका मानिसहरूलाई समेट्‌न पर्ने तथा यसको निम्ति समाजका तल्लो वर्गका मानिसहरूको जातीय चेतनाको विकास र उत्थानको निम्ति पनि भागोपले काम गर्नुपर्ने बताए।
बैठकमा अध्यक्ष गुरुङले भने जातीय उत्थानको निम्ति गोर्खा समुदायलाई देशको अन्य समुदायको तुलनामा समतुल्य योग्य जातिको रूपमा विकास गर्न थालिएको यो एउटा विचारको अभियान हो। यसमा कसैको डर र भय बोकेर होइऩ तर जातिको उत्थान र सभ्य समाज निर्माणको निम्ति सबै लागिपर्नु पर्ने तथा यसको निम्ति सबै कार्यकर्ता संकल्पित हुनुपर्ने आह्वान गरे। यसैगरि बैठकमा पाण्डम शाखाका अध्यक्ष सुरेन्द्र ढुङ्गेल, पाकिम शाखा महासचिव जी गुरूङ,रिनोक शाखा अध्यक्ष एलएम पौड्याल, राज्य समितिका कार्यकारी अध्यक्ष नारायण भट्टराई, महासचिव सोमनाथ पाण्डे, सचिव प्रेम राज गुरुङ, सचिव प्रवीण खालिङ समेत विभिन्न शाखाका प्रतिनिधिहरूले आफ्नो विचार प्रकट गरे भने भावि रणनीतिहरू तय गरियो। यसैगरि आगामी हप्ता पश्चिम जिल्लाको विभिन्न स्थानहरूबाट सांगठनीक बैठक शुरु गरिने सभाले प्रस्ताव ग्रहण गऱ्यो।

Morcha firm on courses
VIVEK CHHETRI, TT, Darjeeling, Dec. 4: The Gorkha Janmukti Vidyarthi Morcha today said it would not allow the university to withdraw four courses which had been introduced in the Darjeeling Government College.The college had admitted 200 students to the honours courses of biotechnology and computer science and 14 to sociology and anthropology subjects in the pass stream in the current academic session.
However, North Bengal University said the courses had been launched without the permission of the varsity and the state higher education department.
Bhupen Roka, a central committee member of the Gorkha Janmukti Morcha’s student wing, sought to refute NBU’s claim.
“We have all documents which show that on November 8, 2009, then principal Dipak Ray had written to the director of public instruction, seeking permission to start these courses. On March 15, 2010, S. Ghosh, joint secretary of the higher education department, had written to the DPI and to the university to see whether these courses could be introduced in the college following which an inspection was done at the college,” he said.
The student leader said the inspection had “recommended” that the courses could be started and the executive council of the NBU was to grant its permission.
“But the EC meeting has never taken place. We will not allow these courses to be withdrawn,” said Sanjeev Dahal, the organising secretary of the Vidyarthi Morcha.
NBU sources said the EC meeting could not be held as the governor had asked all universities in the state to refrain from taking any major decision.
They said the final permission from the DPI hadn’t come either.
Darjeeling health care gets cash boost
VIVEK CHHETRI, TT, Darjeeling, Dec. 4: The state government has decided to pump in more than Rs 2 crore for the upgrade and infrastructure development of the Darjeeling district hospital, which if smoothly completed, could change the face of the health care system in the hills.
Of the amount, Rs 90 lakh has already been sanctioned for an intensive therapy unit (ITU).
The funds flow comes at a time the Trinamul government has been trying to woo the hills, where the Gorkha Janmukti Morcha sometimes raises the bogey of Gorkhaland to keep the state on its toes even after signing an agreement for an autonomous set-up.
North Bengal development minister Gautam Deb today said: “The state government has already sanctioned Rs 90 lakh for a 30-bed ITU.”
The ITU will have ventilators and monitors to check the heart beat of critical patients. The funds have been released only for the three-storied ITU building and more cash is expected, once the construction work is over.
Deb said he would sanction an additional Rs 75 lakh for the overall maintenance of the hospital and to set up a rain harvesting system on its premises. “The funds will come from the North Bengal Development Council,” said Deb.
The hospital will also get a new ambulance. The minister said Rs 42 lakh would be used from the DGHC coffer to bring in more equipment.
The CMOH said a Rs 16-lakh colour doppler — a higher version of the ultrasonography — was expected to reach the hospital soon. Efforts are being made to bring in a CT scan machine too.
“The state government will also sanction Rs 15 lakh for the construction of the CT scan unit,” said Deb.
The chief medical officer of health of Darjeeling, Subir Bhowmick, said the number of beds at the hospital would be increased from 308 to 500. “This addition of beds will be taken up in a phased manner,” said Bhowmick.
The hospital had also received Rs 7 lakh for the upgrade of its blood bank.
NH55 taxis off the road
KalimNews: In protest against non repairing of NH 55 to Darjeeling, Siliguri - Terai Taxi Drivers' Association has called an indefinite strike from 6 December.STTDA alleged that the alternative Pankhabari road to Darjeeling also damaged in many places and inspite of requests made it is not repaired. About 500 private taxis will participate in the strike till any step is taken for repairment, stated the statement of the association.

No comments:

Post a Comment