To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Friday, December 2, 2011

Hill road plan invites protest.....Tests find traces of 6 pesticides....Nepal film producer arrested for running stolen car racket...दार्जीलिंगमा युटीको मुद्दा : के भंछन त राजनैतिक दलहरु ?...हिल कंग्रेसप्रति दलहरू सकरात्मक तर युटीमा पनि सामुहिकता कै प्रश्‍न...युटीलाई जनाधार चाहियो-हिल कंग्रेस....गोर्खाल्याण्डको ‘वान् पोइण्ट’ एजेण्डा लिएर युवा मोर्चाले जुलूस निकाल्ने

Hill road plan invites protest
RAJEEV RAVIDAS, TT, Kalimpong, Dec. 2: People living along the highway between 27th Mile and 29th Mile have protested a move to construct an alternative stretch bypassing the area as they fear it will deprive them of their source of livelihood.
The residents sustain a livelihood by running shops and eateries which are patronised by travellers on NH31A. Most of the vehicles plying between Siliguri and Sikkim or Kalimpong stop before these shops and hotels so that travellers can buy food and goods.
The Border Roads Organisation has been tasked to construct the 18km-long alignment from Reang to Ravi Jhora to skirt a stretch of NH31A that is prone to landslides.< The traders say once the alternative link is ready, many vehicles will avoid the present road and it will make a dent in their income. Sagar Lama, the convener of the Gorkha Janmukti Morcha’s highway block, said a campaign would be launched against the construction of the alternative stretch. “The majority of people in the hamlets along NH31A between 27th Mile and 29th Mile are dependent on the highway for income since there is no other source of employment for them. Their very livelihood is at stake,” he said. Earlier, the people of Lohapool and Suntaley, too, had cited the same reason to protest the move to build a viaduct for NH31A, Sikkim’s only road link with the rest of the country. The viaduct has been planned as the highway is narrow and prone to cave-ins from Lohapool and Suntaley. The villagers’ grouse was that their business was bound to suffer as not many vehicles would halt before their shops if the viaduct became a reality. The protest has failed to yield any result, as the plan for the 490 metre-long viaduct has not been shelved. Kalimpong MLA Harka Bahadur Chhetri wrote to the BRO to drop the plans to build the viaduct and the alternative stretch. The BRO, however, said it could not take a call. “The Union ministry of road transport and highways has asked us to carry out the work to improve NH31A. Only the ministry can take a decision on the issue raised by the people of the highway villages. We have told the MLA to take up the matter with the ministry,” said a BRO official. He said the mandatory clearance of the Union ministry of forest and environment for the new alignment between Reang and Ravi Jhora had been received. The alternative stretch is on a higher and stable gradient than the existing road.
दार्जीलिंगमा युटीको मुद्दा : के भंछन त राजनैतिक दलहरु ?
डी के वाइबा, कलिमन्युज, कालेबुंग, 2 दिसम्बर : हिल कांग्रेसले उठाएको युटी(केन्द्र शासित प्रदेश) को कुरा पहाडका जनतालाई भुल्याउँने राजनैतिक चलखेल मात्र रहेको पहाडका अधिकांश पार्टीहरुले बताएका छन। बिगत बिधानसभा चुनाव अनि लोकसभा चुनावमा युटीको मुदा लिएर चुनावी मैदानमा ओर्लीएका कांग्रेस पार्टीले नराम्रो हारको सामना गर्नु परेता पनि यसपल्ट पहाडको समस्या स्थायी समाधान भए युटी माथि बिचार गरिने केन्द्रिय राज्य मंत्रीले भने पछि पहाडका राजनैतिक पार्टीहरुले यो मात्र रहेको बताएका छन। दार्जीलिंग पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा उठाएर अनेकौँ राजनैतिक पार्टीहरुले आन्दोलन गरेपनि यस मुद्दाले अझसम्म पार पाउँन सकेको छैन। जसको कारण जनताको आकाक्षा भने अझसम्म पुरा हुन सकेको छैन।
छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति आन्दोलन गर्ने दलहरु बिगतका दिनहरुमा पनि आन्दोलनको बाटो त्यागेर बिकल्प ब्यवस्थामा भुलिए पछि यस मुद्दा अहिले सम्म राजनैतिक पार्टीहरुलाई पार्टीको अस्तित्व बँचाएर राख्ने मुद्दा बनेको छ।

यसै सन्दर्भमा हिल कंग्रेसले दार्जीलिंग पहाडमा कुनैपनि बैकल्पिक व्यवस्था हुनछ भने युटी मात्र एउटा सही बैकल्पिक ब्यवस्था हो भनेर कुरा उठान गरे पछि केन्द्रिय राज्य गृहमंत्री जितेन्द्र सिहले यस कुरालाई ध्यान दिँदै युटीको आश्वासन दिएको छ। दार्जीलिंग पहाडमा युटीको दर्जाले स्थायी शांति भए समस्या समाधान गरिने समचारमा छापामा आए पछि यहाँको राजनैतिक पार्टीहरुले बिभिन्न प्रतिक्रिया ब्यक्त गर्दै यो केवल राजनैतिक दावपेच मात्र रहेको बताएका छन।
एकातिर जीटीए दार्जीलिंग पहाडमा चाडो लागु गरिनु पर्ने कुरा भइरहेको छ् भने अर्कोतिर गोजमुमो पार्टीकै भातृ संगठन युवा मोर्चाले छुट्टै राज्यको मागमा पुन: आन्दोलन गर्ने घोषणा गरिसकेको छ। अर्कोतिर भारतीय गोर्खा परिसंघ पनि छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै दलीय एकता जुटाएर गोर्खाल्याण्ड टास्क फोर्स गठन गरेर आन्दोलन गर्ने तर्खरमा लागिपरेको छ। यसका साथै दार्जीलिंग पहाडमा गोर्खाल्याण्डको मुद्दालाई अघि लगाएर नयाँ रजनैतिक पार्टी पनि जन्मिने सम्भावना पनि देखा परेको छ । यस्तो परिस्थितिमा युटी, जीटीए र गोर्खाल्याण्ड मुद्दाको खिँचातानीमा दार्जीलिंग पहाडको राजनैतिक हावा निकै तातिने छाँट देखा परेको छ।

युटीको मुद्दामाथि प्रतिक्रिया व्यक्त गर्दै अभागोली पार्टीका महासचिव प्रताप खातिले यस मुद्दामाथि पहिले कांग्रेस पार्टीले दलको अडान स्पष्ट पार्नु पर्ने बताउँदै यूटी एउटा राम्रो ब्यवस्था रहेको बताए। तिनले युटी वा कुनै पनि व्यवस्था बंगालबाट छुटिने कुरा रहेको बताउँदै पहिलो प्राथमिक कुरा बंगालबाट छुटिनु रहेको बताए। कांग्रेसको युटीको प्रस्ताव राम्रो रहेको तर यसलाई पारित गर्नको निम्ति पार्टीलेनै पहिला आफ्नो दलबाट प्रस्ताव पारित गरेर मात्र यसबारेमा बोल्नु राम्रो रहेको पनि खातिले बताए। 
गोर्खाहरुको पहिलो चाहना बंगालबाट कुनै पनि हालतमा छुटिनु रहेको अनि यसको निम्ति पहिला गोर्खाहरु एक हुनपर्ने पनि तिनले बताउँदै गोर्खाल्याण्ड नहुनुमा पनि सबै दलहरु एक नभएको कारण रहेको पनि खातिले बताए।
दिल्लीमा आफुहरु जाँदा पहाडका दलहरु एक नभएको कुरा बारम्बार भन्ने गरेको बताउँदै कुनै पनि कुराको माग लिएर पहाडका दलहरु दिल्ली जान अघि एक भएर आउँनु भन्ने गरेको पनि तिनले बताए। 
सोही कारण आफुहरुले छुट्टैराज्यको आन्दोलन गर्नको निम्ति सामुहिक नेतृत्वको कुरा उठान गरेको बताउँदै सामुहिक आन्दोलन नगरेसम्म छुट्टै राज्य हुन नसक्ने पनि खातीले दाबी गरे। अर्कोतिर हिल कांग्रेसको युटीको कुरा पहाडको निम्ति लाभदायक हुने क्रामाकपाले बताएको छ। क्रामकपा पार्टीका प्रवक्ता मोहन पौड्यालले यस बिषयमा बोल्दै युटीको कुरा ठिक भए पनि हिल कांग्रेसको कुरा प्रदेस कांग्रेस कमिटिले स्वीकार गर्ला भन्ने प्रश्न गरे। तिनले युटीको कुरा हिल कांग्रेसले गर्न अघि पहिला जिल्ला समितिमा प्रस्ताव पारित गरेर राज्य समितिमा पारित भए पछि मात्र केन्द्र समिति दिल्लीले पारित गरे सही हुने अनि मात्र कुनै शंका पनि सृजना नहुने पनि बताए।
हिल कांग्रेसको कुरा केवल राजनैतिक फाईदा बटुल्ने कर्य रहेको पनि जनाए। युटीले गोर्खाहरुको राष्ट्रिय चिन्हारी नबोके पनि राज्य गठनको निम्ति यो खुबै राम्रो भएको बताउँदै तर यसलाई कांग्रेस पार्टीले नै कतिसम्म ईमान्दाररुपले हेरेका छन भन्ने कुरामा भने प्रशस्त शंका रहेको पनि बताएका छन।अर्कोतिर युटीको सन्दर्भमा माकपा पार्टीले पनि प्रतिक्रिया जनाएको छ। माकपा पार्टीका स्थानीय नेता तारा सुन्दासले यो हिल कांग्रेस वा कांग्रेस पार्टीको धमिलो पानीमा माछा मार्ने प्रयास मात्र रहेको आरोप लगाए। अहिले दार्जीलिंग पहाडको परिवेस अर्कै भएको समयमा युटीको कुरा उठान गर्नु जीटीएको गठनमा पनि बाधा सृजना गर्ने कार्य गर्नु रहेको पनि बताए। तिनले यसै क्रममा दार्जीलिंग पहाडमा जुलाई महिनामा मोर्चा ,राज्यसरकार अनि केन्द्र सरकारमाझ भएको जीटीएको सम्झौता चाँडै लागु भएर पहाडको बिकाश कार्य हुन पर्ने पनि माग गरे। हिजको दिनमा चुपचाप बस्ने कांग्रेस पार्टीले अहिले जीटीएको कुरा उठाएर यहाँका मानिसहरुलाई भ्रमित पार्ने कार्य गर्नुको साथै यसको गठनमा पनि बाधा बानाउँने कार्य गरेको पनि आरोप लगाए।
बिगतका दिनमा पनि कांग्रेस पार्टीले दार्जीलिंग पहाडको निम्ति युटी दिने कुरा गर्दा दिल्लीका कांग्रेसका नेताहरुले यो पार्टीको निर्णय होइन भनेको बताउँदै अहिले पनि जनतालाई भुलाउन यस्तो मुद्दा अघि ल्याएको पनि सुन्दासले बताए। यसै क्रममा गोरामुमो (सी) का अध्यक्ष डी के प्रधानले पनि प्रतिक्रिया ब्यक्त गर्दै युटी पहाडको निम्ति एउटा राम्रो कुरा रहेको बताउँदै यस मुद्दामा कांग्रेस पार्टी आफै कति इमान्दार छ भन्ने कुरामा प्रश्न उठाए। तिनले युटी छुट्टै राज्य गठनको निम्ति एउटा बलियो ख़ुड्किलो रहेको बताउँदै तर यसमा दलहरुको एकता अनिवार्य रहेको पनि बताए। यता युटी बिषयलाई लिएर भागोपले पनि प्रतिक्रिया जनाएको छ।
भागोपका राष्ट्रिय कार्यकारी अध्य्क्ष रेभरेण्ड् एनोस दास प्रधानले गोर्खाहरुको मुल समस्या चिन्हारीको रहेको बताउँदै यो समस्या केवल बंगालबाट छुटिए पछि मात्र पुरा हुने बताए। युटी बंगालबाट छुटिने एउटा राम्रो उपाय र्हेको बताउँदै यो एउटा दलले मात्र कुरा नगरेर नहुने तर यसमा सबै दलहरुको एकमत हुनु आवश्यक रहेको पनि प्रधानले बताए।यता युटीको माग गर्ने हिल कांग्रेसका सचिव दिलीप प्रधानले बिगत देखि बर्तमान सम्मका राजनैतिक पार्टीहरुले पहिले छुट्टै राज्यको कुरा गरेपनि पछि गएर बिकल्पको कुरा गरिरहेको कारण गोर्खाल्याण्डको बिकल्प केवल युटी मात्र र्हेको कारण हिल कांग्रेसले यसको दाबी गरेको स्पष्ट पारे। सुवास घिसिंगले दागोपाप अनि अहिले आएर जीटीए आन्दोलन पछि बिकल्पको रुपमा थापेका कुराहरु र्हेको बताउँदै यदि बिकल्पनै थाप्नु हो भने युटी बाहेक अरु कुनै पनि ब्यस्था राम्रो नरहेको पनि तिनले बताए। युटी बिषयमा दिल्लीको कांग्रेस पार्टी पनि सकारात्मक रहेको अनि यसबारे आफुहरुले थुप्रै चोटि जानकारी गराईसकेको पनि बताउँदै तर यस मुद्दामा पहाडका जनताले साथ नदिएकै कारण युटी पनि गठन हुन नसकेको तिनले दाबी गरे। यस मुद्दामा एकातिर पहाडका राजनैतिक दलहरुले पनि साथ नदिएको पनि तिनले जनाए। छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सडकमा निस्किएका जनताहरु नेताहरुको पछि लागेर जे भन्यो त्यहीँ ब्यवस्था राम्रो भन्ने कुरामा लागेकै कारण अझ सम्म केहि हुन नसकेको अनि यसमा राजनैतिक पार्टीहरुको मात्र दोष नभएर जनताहरुको नै मुख्य दोष रहेको पनि दिलीप प्रधानले बताए।
हिल कंग्रेसप्रति दलहरू सकरात्मक तर युटीमा पनि सामुहिकता कै प्रश्‍न
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, २ दिसम्बर| हिल कंग्रेसको युटी (केन्द्र शाषित प्रदेश) को कुरालाई पहाडका अधिकांश दलहरूले प्रस्तावहीन हल्ला अनि राजनैतिक प्रोपोगाण्डा मात्र मानेको छ| यति मान्दामान्दै पनि कंग्रेसको पहललाई सबै दलले सकरात्मकरुपले लिएको छ| केवल मीडियामा होइन कंग्रेसले आधिकारिकरुपले नै युटीको प्रस्ताव ग्रहण गरिनु कंग्रेसको पहिलो कार्य हुनुपर्ने अनि यसको निम्ति नै हो भने पनि सामुहिकरुपले नै आवाज उठाउनुपर्ने अनिवार्य रहेको दलहरूको कुरा अघि आएको छ| विधानसभाको बेला युटीको कुरा उठाउने कंग्रेस त्यसपछि मौन बस्यो अनि अहिले अन्य दलहरूले संयुक्तरुपले गरिने राष्ट्रियस्तरको आन्दोलन, अर्को राजनैतिक दल स्थापित हुने अनि गोजमुमोको जीटीए, जीएटीए अनि युवा मोर्चाको छुट्टै राज्यको आन्दोलनबीच भइरहेको खिचातानीबीच हिल कंग्रेसले दिल्लीबाट उठाएको युटीको कुराले फेरि राजनैतिक परिवेश तताउन शुरू गरेको छ| छुट्टैराज्य हुने कुरामा आशा नरहेपछि कमसेकम युटीसम्म हुनसक्ने कंग्रेसको पूर्वघोषणालाई नै टिपेर हिल कंग्रेसले युटीको कुरा गरेको भए पनि कंग्रेसले यसको प्रस्ताव पारित गरेर राज्य कमिटीमा राख्न अनिवार्य रहेको मानेका छन् अन्य दलहरूले|
राज्य कमिटीले युटीको प्रस्ताव पारित गरेर दिल्लीको हाइमानमा राखेर, हाइकमानले यस प्रस्तावलाई स्वीकृति दिए कंग्रेसको अडानलाई मान्न सकिने राजनैतिक दलहरूको भनाइ छ| उनीहरू अनुसार हिल कंग्रेसले युटीको प्रस्ताव ग्रहण गरेको छैन| राष्ट्रिय दलले कुनै पनि मुद्दालाई 'नेश्‍नल इन्टरेस्ट्' ले हेर्ने भएकोले पहिले हिल कंग्रेसको राजनैतिक अडान स्पष्ट हुनुपर्ने छुट्टै राज्य चहाने दलहरू भन्छन्| कतिवटा दलले जुनै कुरा ल्याइए पनि त्यसले गोर्खाहरूको चिह्नारी र बङ्गालबाटको मुक्तिको सवाललाई बलियोगरि बोक्नु पर्ने पनि बताएको छ| भागोपले छुट्टैराज्यको आन्दोलन पहाडका बलिया विपक्षको साथ लिएर गर्ने भएको छ, यता गोर्खा जनमुक्ति मोर्चाको युवा सङ्गठनले केन्द्रिय कमिटीले जीटीए र जीएटीए भनिरहेको भए पनि दलको अध्यक्षको निर्देशनमा नै गोर्खाल्याण्डको आन्दोलन गर्ने भएको छ|
अर्कोतिर छुट्टैराज्यको मुद्दालाई नै प्रमुख मुद्दा बनाएर अर्को दल गठन हुने कुरा चलिरहेको छ| यस्तोमा हिल कंग्रेसको जीटीएको मुद्दा पनि थपिएको छ, जसले अहिलेको राजनैतिक विचलनको परिस्थितिमा आलोचित हुने राम्रो आवसर निर्माण गरेको छ| हिल कंग्रेसलाई क्षेत्रीय मुद्दालाई सम्बोधन गर्नुपर्ने बाध्यता देखिएको छ भने यही कंग्रेस सिलगढी झरेपछि हिल कंग्रेसको मुद्दाको विरोधमा उठ्ने गरेको छ| कंग्रेसी सङ्गठनहरूले भिन्ना भिन्नै मुद्दामा राजनीति गर्ने भए पनि राज्य कंग्रेसले भने बारम्बार नै हिल कंग्रेसको मुद्दाको विरोध गर्दै आइरहेको छ| राजिव गान्धीले अघिबाट नै दार्जीलिङलाई युटी दिने कुरा गरेको भए पनि पहाडमा कंग्रेसको दलीय आधार बलियो नरहेकोले हिल कंग्रेसले जनतामा राम्रो छबी बनाउन सकेको छैन| विधानसभा चुनाउमा नराम्रो घतले हारेको हिल कंग्रेसले जनतामा दलीय मुद्दा र कार्यशैलीलाई प्रभावकारीरुपले नराखेकोले नै हिल कंग्रेसको युटीको मुद्दाले पनि जोर पक्रिन सकेको छैन| तर हिल कंग्रेसले आफ्नो अडान भने स्पष्ट पार्दै आइरहेको छ तर जनताले विश्‍वास गर्न सकेको छैन|
हार्ने परिस्थितिमा नै हिल कंग्रेसले विधानसभा चुनाउमा युटीको मुद्दा अघि सार्‍यो| यसलाई जनताले साथ नदिएको गुनालो हिल कंग्रेसले गर्दै आइरहेको छ| अन्य दलहरू अनुसार हिल कंग्रेसले युटीको मुद्दा नै उठाउने हो भने जिल्ला समितिले यसको प्रस्ताव ग्रहण गर्नुपर्नेछ|
यसै सम्बन्धमा हिल कंग्रेसले उठाएको युटीको मुद्दामाथि प्रतिक्रिया गर्दै गोर्खालिगले पहिले कंग्रेसमा प्रस्ताव ल्याउने सुझाव दिएको छ|
लिगका महासचिव प्रताप खातीले प्रस्ताव नलिइ गरिएको कुरा अर्थहीन रहनेे बताउँदै सामुहिकरुपले यसको दाबी गरिनुपर्ने बताएका छन्| खातीले हिल कंग्रेसले जिल्लासमितिमा प्रस्ताव ल्याएर राज्य समितिमा पठाउनुपर्ने बताउँदै भने, पेपरमा भनेर हुँदैन, प्रस्ताव ल्याउ| युटी राज्य बराबर हो| दिल्ली पण्डिचेरी, गोवा पनि युटी नै हो| धेरैवटा राज्य युटीपछि नै गठन गरिएको छ| तर कुनै पनि कुराको उठान एक्लै गर्नु ठीक होइन| दिल्लीले कुनै पनि कुराको निम्ति पहाडमा मिलेर आवाज उठाउने कुरा गर्छ| जबसम्म सामुहिकरुपले मुद्दाको दाबी हुँदैन तबसम्म कुनै पनि कुरा सम्भव छैन| एउटा दलले कुनै पनि मुद्दा उठाउनु भनेको बेचिनु हो| दागोपाप र जीटीए नेता र पार्टी बेचिएको ठूलो उदाहरण हो| तिनले कंग्रेसलाई जिल्ला कंग्रेसदेखि राज्य कंग्रेस अनि दिल्लीको हाइकमानलाई नै युटीको प्रस्ताव ग्रहण गरेर आउने सुझाव राखेका छन्|
अर्कोतिर क्रामाकपा महकुमा सचिव मोहन पौड्यालले हिल कंग्रेसले गरेको पहल सकरात्मक रहेको बताए| तिनले भने, हिल कंग्रेसले त युटी भन्दैछ तर राज्य कमिटीले यो कुरालाई मान्छ के त? पहिले कंग्रेसको जिल्लादेखि दिल्ली कंग्रेससम्म नै मुद्दामाथि स्पष्ट हुनुपर्छ| बङ्गालबाट छुट्टिने कुरालाई हाम्रो समर्थन छ तर हाम्रो दाबी बङ्गालबाट छुट्टिनु मात्र होइन गोर्खाहरूको राष्ट्रिय चिह्नारी र राजनैतिक सुरक्षा पनि हो|
गोरामुमोसीका अध्यक्ष कर्णल डीके प्रधानले युटीको कुरालाई तिनको समर्थन रहेको बताए| तिनले भने, युटी छुट्टैराज्यको पहिलो सिँडी हुनसक्छ, यदि कंग्रेस यसको पक्षमा छ भने यसको निम्ति आवाज उठाउनुपर्छ तर कंग्रेसले आफ्नो अडानस्पष्ट पार्नु पर्छ| यसको निम्ति सबै दलहरू एउटै मञ्चमा आउनुपर्छ| सामुहिकरुपले पहल नगरे कुनै पनि मुद्दाले पार पार्नेछैन|
भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष डा.एनोसदास प्रधानले युटीको कुरा नराम्रो नरहेको बताए| तिनले भने, हामीले यहॉं मात्र युटीको कुरा गरेर हुँदैन| हाम्रो माग बङ्गालबाट छुट्टिनु हो तर बङ्गालबाट छुट्टिनु मात्र समस्याको समाधान होइन| गोर्खाहरूको चिह्नारी सुनिश्‍चितता पनि हाम्रो माग हो| कुनै पनि मुद्दालाई सामुहिकरुपले दाबी गरिनुपर्छ| युटीको निम्ति नै हो भने पनि सामुहिकता अनविार्य छ| यता गोरानिमो अध्यक्ष दावा पाखरिनले भने छुट्टै राज्य गोर्खाल्याण्डको विकल्प नै नरहेको बताएका छन्| तिनले भने, गोरानिमोको गठन छुट्टै राज्यको निम्ति भएको हो| यस कारण गोरानिमोले युटीलाई समर्थन गर्दैन|
माकपा नेता तारा सुन्दासले हिल कंग्रेसको युटीको पहल पानी धमिलो पारेर माछा मार्ने खेल मात्र रहेको बताएका छन्| कंग्रेसलाई अहिले कालो धन र एफडीआईले नै हैरान बनाएको बताउँदै युटीको कुरा असान्दर्भिक रहेको बताए| तिनले हिल कंग्रेसले जीटीए रोक्न नै युटीको मुद्दा उठाएको सोझो आरोप पनि लगाए| तिनले भने, पहिले जीटीए लागू गरिनुपर्छ| पहाडमा विकास हुनुपर्छ| पहाडमा गणतन्त्रलाई स्थापित गरिनुपर्छ|
युटीलाई जनाधार चाहियो-हिल कंग्रेस
कालिमन्युज, कालेबुङ, २ दिसम्बर|हिल कंग्रेसको टोली अहिले युनियन टेरिटोरीको पक्षमा दिल्लीमा केन्द्रिय नेता अनि मन्त्रीहरूलाई भट्ने क्रममा जुटेको छ| युनियन टेरिटोरीको दर्जाले दार्जीलिङ पहाडको स्थायी सामाधन हुनेभए समाधान गरिने हिल कंग्रेस टोलीलाई केन्द्रिय गृह राज्यमन्त्री जितेन्द्र सिंहले आश्‍वासन दिएपछि युटी दार्जीलिङ पहाडको राजनैतिक शिविरमा निक्कै चर्चाको विषय बनेको छ| युटीको निम्ति केन्द्रिय गृह राज्य मन्त्रीबाट ग्रिन सिग्नल पाएपछि हिल कंग्रेसले युटीको पक्षमा विराट जनसाभाको आयोजना गर्ने मन बनाएको छ| हिल कंग्रेस जिल्ला समितिका सचिव दिलिप प्रधानले बताए अनुसार हिल कंग्रेसको टोली दिल्लीबाट फर्केपछि नै युटीको निम्ति भावी रणनीतिहरू तय गरिनेछ| तर जनताले युटीको पक्षमा हिल कंग्रेसलाई साथ दिए मात्र सो सम्भव हुने प्रधानको भनाइ रहेको छ| अहिले उत्तर प्रदेशमा छुटै राज्यहरू गठन हुने सम्भावनाहरू अघि आउँदासमेत जनता जागरूक नभए अनि जीटीए गठन भए गोर्खाल्याण्डको च्याप्टर सँधैको निम्ति क्लोज हुने प्रधानले बताए|
अहिलेसम्म छुट्टै राज्य नहुनुमा जनताको दोष देखाउँदै प्रधानले भने, हावा जता आउँछ जनता त्यतै बग्ने गर्छ| गोर्खाल्याण्डको निम्ति भनेर भावनात्मक आन्दोलन गरेर नेताहरूले बाटो परिवर्तन गर्दासमेत मुकदर्शक बनेर हेरिरहेकै कारण छुट्टै राज्य हुन नसकेको तिनले बताए| नेताहरूले बाटो बिराउँदा जनता गोर्खाल्याण्डको निम्ति अडिक रहेको भए ८६ मा दागोपाप अनि अनि जीटीए हुनेथिएन भन्ने पनि प्रधानले बताए| त्यसेलै गोर्खाल्याण्डको माग अझसम्म लम्मिएर गएको प्रधानको भनाइ छ| हिल कंग्रेसको मुद्दा छुट्टै राज्य नै रहेको भएपनि केन्द्र र राज्य अनि पहाडका आन्दोलित दलले जीटीएको विकल्पहरू खोज्दा नै हिल कंग्रेसले उत्तम विकल्प ठानेर युटीको मुद्दा उठान गरेको प्रधानले बताए| केन्द्रमा रहेको कंग्रेसले युटीको निम्ति जनाधार माग्ने गरेको बताउँदै जनाधारको भए मात्र युटी सम्भव रहने भएकोले अब हिल कंग्रेसले जनाधार जुटाउने कार्य गर्ने भएको छ|
गोर्खाल्याण्डको ‘वान् पोइण्ट’ एजेण्डा लिएर युवा मोर्चाले जुलूस निकाल्ने
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, २ दिसम्बर| गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलनको शंखघोष गरिसकेको छ| युवा मोर्चाले शुरू गर्ने आन्दोलनलाई विपक्षी खेमाबाट शंकाको दष्टिले हेरिए पनि आन्दोलनमा 'गोर्खाल्याण्ड राज्य' जोडिएकोले प्रायः सबैले नै आन्दोलनलाई समर्थन जनाएको छ| गोर्खाल्याण्डलाई पार लगाउने जिम्मेवारी अब युवा मोर्चाले लिएको छ| फलस्वरूप दार्जीलिङ पहाडमा अहिले युवा मोर्चा धेरै सक्रिय देखिन थालेको छ| मायावतीको सरकारले उत्तर प्रदेशलाई अवध प्रदेश, पूर्वाञ्चल, पश्‍चिमाञ्चल अनि बुन्देलखण्ड गरी चारवटा राज्यमा विभाजन गरिने प्रस्ताव विधानसभामा पारित गरेपछि नै यता दार्जीलिङको युवा मोचालाई फेरि तताउने काम भएको हो| छुट्टै राज्य गोर्खाल्याण्डको वान् पोइण्ट एजेण्डा लिएर ११ दिसम्बरमा युवा मोर्चा महकुमा समितिले कालेबुङमा जुलूस निकाल्ने भएको छ| ४ दिसम्बरमा युुवा मोर्चाले प्रत्येक जोन, शाखा, प्रशाखा अनि वार्डका प्रतिनिधिहरूसँग बैठक पनि गर्ने भएको छ| आज पनि युवा मोर्चाले कालेबुङका २३ जना नगरपार्षदहरूसँग पार्टी कार्यलयमा बैठक गर्‍यो| युवा मोर्चाले नगरपार्षदहरूसँगको आजको बैठकलाई घरेलु बैठक बताएको छ|
यद्यपि युवा मोर्चा महकुमा समितिका प्रचार-प्रसार सचिव विनिय घिसिङले युवा मोर्चाको आन्दोलनबारे पनि नगरपार्षदहरूलाई अवगत गराएको बताएका छन्| ११ दिसम्बरमा कालेबुङ नगरमा युवा मोर्चाको अगुवाइमा निकालिने जुलूसमा अन्य मोर्चा समर्थकहरूले पनि समर्थन जनाउने तामङले बताए| अबको गोर्खाल्याण्ड आन्दोलनलाई युवा मोर्चाले नेतृत्व दिने भएको छ| युवाहरूको विचारधारा, कार्यप्रणाली अनि आन्दोलनको रूपरेखाले नै गोर्खाल्याण्डको मागलाई कहॉंसम्म पुर्‍याउने हो भन्ने कुरा तय गर्छ| गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति आफैले गोर्खाल्याण्डको आन्दोलन नगरेर युवाहरूलाई आन्दोलनको बागडोर सुम्पिनुले अहिले जनसाधरणले मोर्चाभित्रै थुप्रै शंकाहरू गर्न थालेका छन्| एकातिर विधानसभा चुनाउको लगत्तैपछि १८ सितम्बरमा जीटीएको निम्ति त्रिपक्षीय सम्झौता भयो| देशमा छुट्टै राज्य बनिने परिस्थिति नभएकै कारण जीटीएकै माध्यमबाट राज्य हुने मोर्चाले घारणा व्यक्त गरिरहेको भएपनि अहिले मायावतीको निर्णयले मोर्चालाई दोधारमा पारेको राजनैतिक पर्यवेक्षकहरू ठान्छन्|
एकातिर विस्तारै देशमा छुट्टै राज्यहरू हुनसक्ने सम्भावनाहरू अघि आइरहेको छ भने जीटीएको हस्ताक्षरपछि मोर्चा विपक्षीहरूको आलोचनाको शिकार बन्न थालेको छ| भागोपले गोर्खालीग, क्रामाकपा, गोरानिमो अनि गोरामुमो सीलाई लिएर गोर्खाल्याण्ड टास्क फोर्स गठन गरिसकेको छ भने चॉंडै दिल्लीबाट राष्ट्रियव्यापी कार्यक्रम गर्ने पनि घोषणा गरिसकेको छ| यस्तो अवस्थामा मोर्चाले आफै आन्दोलन नगरेर युवा मोर्चालाई आन्दोलन गर्न लगाएको हो अथवा मोर्चाकै निर्देशनमा आन्दोलन भएको हो सो अझसम्म स्पष्ट नभएपनि युवा मोर्चाको आन्दोलनले जीटीए, जीएण्डएटीए, छैटौं अनुसची, युटी आदिलाई पछि राखेर अघि बढ्ने हो होइन सबैको नजर युवा मोर्चाको आन्दोलनमा नै आएर थामिएको छ| तर युवा मोर्चाको आन्दोलनलाई भने जनसाधरणले झट्ट विश्‍वास गर्न सकिरहेको छैन| किन भने मोर्चाको केन्द्रिय समितिले अहिलेसम्म पनि जीटीएकै वकालत गरिरहेको छ| मायावतीको निर्णयपछि राजनैतिक परिस्थिति नै परिवर्तित हुँदै गइरहेकोले जनताको चाप अनि विपक्षको आलोचनाकै कारण छुट्टैराज्यको मुद्दा मोर्चालाई उठाउन कर लागेको तर आफूले भने जीटीएमा कुरा ठामठिम मिलाएकोले युवा मोर्चालाई अघि लगाएको मात्र त होइन भन्ने शंका मोर्चामाथि व्यापक छ|
TNA EVENT – SHILLONG CHAMBER CHOIR AT MAYFAIR
Prabin Khaling, KalimNews, Gangtok, 2 Dec: It was an unforgettable evening for the members of Tashi Namgyal Academy Alumni Association as Shillong Chamber Choir of India’s Got Talent performed a variety of Western classics, Bollywood fusions and contemporary numbers during a charity programme organized by the TNA Alumni Association at Mayfair Hotel, Ranipool near here Thursday evening. The programme was themes – Peace, Prosperity and Happiness – A tribute to resilient.
The evening was attended by around 200 TNA alumnus, including SLA Speaker KT Gyaltsen, footballer Bhaichung Bhutia, top bureaucrats, legislators Puran Gurung, Dorjee Namgyal among others. The invitees for the fund raiser for earthquake victims are said to be charged Rs.7000 per couple including food and free entry to Casinoo Mahajong.
Earlier, the organizing committee president KT Gyaltsen said that the function was an attempt to show to the world that Sikkim is returning back to normalcy after the September 18 quakes and still stands resilient at this time of distress. The proceeds of this function will go for a noble cause he said.
Shillong Chamber Choir mesmerized the audience by performing fusion of Bollywood and western classics, Operas in Hindi and their own version of Vande Mataram, slated to be released at the Gateway of Indian, Mumbai in the presence of President Pratibha Devi Patil on December 21. Some songs are – Edi Mercurie’s ‘Rock You’, Titanic. Yeh Dosti fusion, Kaisi paheli and India’s Got Talent fame Tu Ashiqui hai. Percussionist from Chennai including guitarists had accompanied the choir in the songs.
The show concluded with the singing of national anthem. Earlier the organizers felicitated Shillong Chamber Choir’s Director Mr.Neil with a khada and a memento. Mr. Vinay Kumar Singh, Executive Director of Thompson Digital, of India Today Group was a also felicitated for his concern and support in organizing the fund raiser. Singh also presented a cheque of Rs.5 Lakhs on behalf of his company during the function.
Tests find traces of 6 pesticides
TT, Jalpaiguri, Dec. 2: Tests conducted by the state pollution control board have revealed that a combination of at least six pesticides had killed thousands of fish on the Karala river in Jalpaiguri on Monday.

The West Bengal Pollution Control Board’s Siliguri regional office had collected water samples from different points of the river in Jalpaiguri following the mass mortality of the fish.
The tests conducted at the board’s laboratory in Calcutta showed that the samples contained endosulfan1 and 2, methyl parathion, dieldrin, chlorphy-rifos, methyl malathion and DDT.
The board’s chairman, B.K. Dutta, said here today that the samples had higher levels of endosulfan and methyl parathion than all other pesticides.
“These two are highly toxic. The fish floated up dead in the river when a mixture of various pesticides was thrown into water early on Monday. The samples were collected from Babughat, Samajpara and Maskalaibari. Most of the pesticides found in the water samples are used by tea growers and other farmers,” he said.
Dutta said tests on water collected from the Karala on November 8 had shown no traces of the toxicants.
According to the board, there were strict restrictions on the use of endosulfan that used to be sold under the brand Thiodan.
Endosulfan can damage lungs in humans if swallowed raw and poses health hazards if it is inhaled or comes in contact with skin. The consequences of consuming fish killed with endosulfan depend on the extent of the contamination.
However, stakeholders of the tea industry said endosulfan was no longer used in tea gardens. “The Central Pesticides Directorate does not allow the use of endosulfan and DDT in tea gardens,” said S. Pathak, the chief adviser to the Tea Research Association in Nagrakata.
Endosulfan is available by the name of Endocel at many stores selling fertilisers and pesticides in Jalpaiguri. Dieldrin is sold by the name of Sulban.
A trader said endosulfan was mainly bought by farmers. “If someone buys pesticide from our shops and uses it for unscrupulous purposes, we have nothing to do. We do not keep a register of farmers who buy chemicals from us.”
The crop protection officer of the district agricultural department, Tapan Sarkar, ruled out that the use of pesticides by farmers along the Karala had polluted the water. “There are very small tracts of agricultural land along the river. Even if pesticides are used by the farmers, they would be of very small quantities that cannot have such an impact on the fish and other life in water.”
Tea meet
TT, Siliguri: The first tripartite meeting to decide the revised salaries of the staff and the sub-staff members of tea gardens across the Terai and the Dooars ended without any decision. While planters proposed a basic monthly pay of Rs 1,930 for the sub-staff members instead of the existing rate of Rs 1,400, the trade union representatives demanded a minimum basic pay of Rs 2,400 per month. The date for the next round of talks would be finalised soon.
Nepal film producer arrested for running stolen car racket

Page1Dipankar Ghose, IE, New Delhi, 3 Dec: Claiming a major breakthrough in car theft cases in the Capital, the Delhi Police arrested a man hailing from Nepal for dealing in as many as 700 stolen cars.
Police said Ganga Bahadur Bhandari (45), is also the producer of Nepali films like Unko Samjhana Ma and television serials like Vakra Rekha.
Investigation also revealed that he used the money earned from his flourishing business of selling stolen cars to finance his film projects. Bhandari has 51 cases in various police stations, mostly in South Delhi, against him, Inspector (East District) Dayanand Jha, said.
He said, police received intelligence inputs on Thursday that the accused would come to Delhi to take delivery of a Maruti Alto, which he intended to take to Nepal.
“We laid a trap for him outside the Anand Vihar bus terminal and arrested him. We recovered the stolen car, as well as Rs 8,000 in counterfeit Indian currency.”
Additional Commissioner of Police (East), Prabhakar, said, “This is a huge catch. Almost all the stolen cars in the city used to go through him to Nepal.” Police said Bhandari had an elaborate modus operandi, and had developed contacts with Customs officials on the Nepal border.
“Bhandari has been in the business since the early nineties. He used to run a restaurant in Nepal till 1991, which shut down after the Maoist problem in the country. He befriended one Manoj Tigri, who also sells stolen cars in Nepal.
Bhandari used to receive calls from various auto lifters in the city. Once he agreed to take the cars, the auto lifters either delivered them to the Indo-Nepal border or came to the city to collect them. Ganga paid auto lifters 75 per cent of the money for the cars in Indian currency and the rest in counterfeit currency,” Jha said.
Police said that Bahadur was earlier arrested by the Delhi Police in 1995 on charges of receiving a stolen Maruti vehicle.
He was at the time charged in 10 cases and sent to Tihar Jail for 2 to 3 months. On receiving bail, Bahadur failed to turn up for hearing in the cases and was declared absconding.

No comments:

Post a Comment