To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Wednesday, November 30, 2011

Draupadi escaped safe from being sold ........‘हाइपावर’ कमिटीको ‘लो पावर’ कार्य......बाघको मुखबाट फुत्किइन् कालेबुङकी द्रौपदी.... मानव तस्करीको जञ्जाल व्यापकरुपले फैलिएको आशंका....Hill road hope on private repair...Hill students face NBU axe

Draupadi escaped safe

KalimNews, Kalimpong, 30 November 2011: Draupadi a young girl of 20 returned home safely just a moment before she was trafficked. Draupadi Rai (fictitious name) was impressed by Raja Choudhary of Siliguri when he visited Himal Busty (fictitious name) of Kalimpong when he befriended the villagers as a social worker. Draupadi wanted to appear in the HS examination from open school and Raja offered help and asked her to come down to Siliguri for filling up forms. She met Raja at Siliguri and had food together and later she was offered a Coke and the rest is just like a dream. 

Draupadi lost her consciousness after finishing the coke and she was semi conscious when she boarded a train bound to Delhi with Raja. She found herself obeying what Raja was ordering her to do and she couldnot resist in doing so. After arriving at Delhi Draupadi was taken to Raja's house where she met with Raja's wife, son and a young girl and there she came to her senses.
Raja and his wife had a quarrel where she stayed for two days and the ladies told her that Raja is not what she has dreamt of and it is good for her to flee from Raja before any untoward incident happens to her. They also disclosed that Raja had lured them and forced them to be his wife.
Draupadi asked the ladies to help her by informing her parents and  a relative at Delhi. She also dared to ask Raja to leave her to the station and she wanted to leave Delhi at once. When one of her relative who is working in Delhi came to help her at the railway station they managed to inform the GRP and arrest Raja at the railway station.
From the station she was escorted by Raju Nepali a social worker of Dooars and arrived Kalimpong safely. Talking to KalimNews and Dainadini she said that she is safe but fears that there are many who are not lucky enough to escape like hers. The modus operandi of traffickers like Raja are pretending to be social workers and luring girls of helping them in many ways like in education, getting jobs, certificates and accompanying them to reach a destination. Some traffickers are more dangerous than Raja who will sale and resale a girl but others just simply make them wives. Later the wives are tortured mentally and physically and are compelled to join brothels to be pimps for their livelihood and the future of their children. 
Draupadi is safe with her parents but whereabouts of several Draupadis' of the same village is 
still unknown for several years and their parents do not dare to report to police.
छुट्टै राज्य? जीटीए की जीएटीए?
कालिमन्युज, कालेबुंग, 30 नोभेम्बर: गोर्खा जनमुक्ति मोर्चाले घुमाएको राजनीतिले मुद्दाको औचित्य पनि दिशाहिन बनाइरहेको छ| वास्तवमा मोर्चा के चहान्छ? छुट्टै राज्य? जीटीए कि जीएटीए? छ महिनाको मियाद तोकेर तराई र डुवर्सको सीमाङ्कनको भविष्य सीमाङ्कन टोली वा हाइपावर कमिटीले भेला पारेको चार बोरा दर्खास्तभित्र कैद छ| जुन बोराहरू हिजो हाइपावर कमिटीको बैठकमा थुप्रिएको थियो| कमिटीले तराई र डवर्सका संघसंस्थाहरुलाई मागेको दर्खास्त हाइपावर कमिटीले एकएक गरेर पढेको छैन| सूत्रले बताए अनुसार हिजोको बैठकले सीमाङ्कनको कार्यलाई अझ तन्काएको छ| कमिटीले अब तराई र डुवर्सको जनगणनाको रिपोर्ट जॉंच्ने छ अनि जनमत तयार गर्ने छ| तराई र डुवर्सको अहिलेको जनमत भने जीएटीए हो किन भने तराई र डुवर्सका मानिसहरूलाई  जीटीए होइन जीएटीए चाहिन्छ| जीटीएको विरोध गर्ने आदिवासी विकास परिषद्सित मोर्चाले हात मिलाईसकेको छ| यो सम्झौताले नै हाइपावर कमिटीको औचित्य हराएको छ| तर अब जीएटीएमाथि पनि यही हाइपावर कमिटीले काम गर्ने हो वा त जीटीएको निम्ति गर्ने हो स्पष्ट छैन| तर एउटा कुरा स्पष्ट छ जबसम्म हाइपावर कमिटीको रिपोर्ट चुडान्त बन्दैन तबसम्म जीटीएको गठन र चुनाउ हुने छैन|
यो गठन भइसक्दा पहाडको राजनैतिक परिस्थिति परिवर्तन हुने निश्‍चित छ| जीटीए गठनमा ढिलाई हुनु भनेको पहाडमा दागोपाप चलिबस्नु हो| दागोपाप त्यसरी नै चल्ने छ जसरी यस अघि चलेको थियो| दागोपाप अहिले कसरी चलिरहेको छ भन्ने कुराको प्रमाण पूर्व दागोपाप प्रशासक बीएल मीनाले उदाङ्गो पारेको भ्रष्टचारले स्पष्ट पार्छ| अहिले के दागोपाप भ्रष्टचारमुक्त छ त? यसको जवाब अहिलेका कार्यवाहकसित नै छ| दागोपापमा धेरैवटा विभाग र योजनाको राशि चलाइएको छैन| धेरैवटा योजना नचलाएकोले नै फर्किएर गएको छ अनि जति चलिरहेको छ, त्यसको दुरुपयोग व्यापकरुपले भइरहेको छ| त्यसको दुरुपयोग कसरी भइरहेको छ यसबारे जान्नको निम्ति कसैले पनि सूचनाको अधिकारको प्रयोग गर्न सकेका छैनन्| अहिलेसम्म कसैले पनि दागोपापमा आएको राशिहरूको सञ्चालन कसरी भइरहेको छ भनेर सूचनाको अधिकारबाट सोधेको देखिएको छैन| हाइपावर कमिटीले कोलकातामा तराई र डुवर्सबारे जीटीएको सम्झौता भएको ६ महिना पुरा भएपछि बैठक त गर्‍यो तर कुनै रिजल्ट भने निस्किएन| बैठकको ओचित्य थुप्रिएको चारबोरा आवेदन मुसार्नसम्म ठीक्क भयो| कमिटीले संघसंस्थाहरूलाई जीटीएमा पस्ने कि नपस्ने बारे आवेदन गर्नुपर्ने निर्देशिका जारी गरेको थियो|
त्यसै अनुरुप थुप्रिएको चार बोरा आवेदन बैठकमा भेला पारियो तर आवेदनभित्र के के लेखिएको छ, त्यसलाई जॉंच्न हाइपावर कमिटीले समय लिने छ| सूत्र अनुसार केवल आवेदन पढ्नको निम्ति हाइपावरलाई अझ ६ महिना समय लाग्न सक्छ| पढेर  त्यसबारे छलफल गर्न अझ अर्को समय चाहिने छ| यसबीच हाइपावर कमिटीले ससाना कमिटी गठन गरेर क्षेत्रीय बस्तुस्थितिको जॉंच गर्ने भएको छ| अर्कोतिर जनगणनालाई पनि जॉंच्ने छ अनि त्यसपछि मात्र चुडान्त निर्णय गर्न कमिटी सक्षम बन्नेछ| जुन गतिशीलता कमिटीमा देखियो, यसले जीटीए गठनको भविष्य निक्कै लामो रहेको संकेत गरेको छ| अर्कोतिर मोर्चाले आविपसित मिलाएको हातको अन्योलता अर्कैतिर छ|
हाइपावर कमिटीको कुरा सुन्ने हो कि राज्यको गृहमन्त्री अनि मुख्यमन्त्रीले आविप र मोर्चाको संयुक्त टोलीले जीएटीएमाथि गर्ने कुरा सुन्ने हो| सम्झौता भएको धेरै समय बितिसक्यो तर मोर्चाले दाबी गरेको मौजा जीटीएमा पस्ने छॉंट छैन| सम्झौता गरेको धेरै बितिसक्यो आविप र मोर्चाको टोलीले मुख्यमन्त्री र गृहमन्त्रीलाई भेटेको छैन| सबै प्रक्रियामा देखिएको विलम्बले पहाडको दागोपापले भाव पाइरहेको छ| जीटीए गठन हुनु भनेको दोगोपाप भङ्ग हुनु हो| दागोपाप भङ्ग हुनु भनेको सिलगढी महकुमा परिषद् भङ्ग हुनु हो| महकुमा परिषद् भङ्ग हुनु भनेको सिलगढी स्वतः दार्जीलिङ जिल्लामा पस्नु हो| सिलगढी दार्जीलिङ जिल्लामा पस्नु भनेको पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुनु हो| मोर्चाको अडान छ, जबसम्म जीटीएको चुनाउ हुँदैन तबसम्म पञ्चायतको चुनाउ हुँदैन|
जीटीएको चुनाउ तबमात्र हुन्छ जब मोर्चाले दाबी गरेको तराई र डुवर्सको १९९ र १९६ वटा मौजा जीटीएमा पस्छ
यहीँनेर मोर्चाले आविपसित हात मिलाएर तराई र डुवर्स पूर्णरूपले पस्ने पनि बताइरहेको छ उता हाइपावर कमिटीले जीटीएमा दाबी गरिएका मौजाहरूको वस्तुगत स्थिति जॉंच्ने प्रक्रिया पनि चलाइरहेको छ| अचम्म लाग्दो कुरा त के देखिएको छ भने मोर्चाले आविपसित हात मिलाएर जीटीएमा सम्पूर्ण तराई र डुवर्स पस्ने हो भने फेरि असुविधा के को हो? हाइपावर कमिटीले मौजाको वस्तुगत स्थितिको जॉंच गर्ने नै किन हो? हाइपावर कमिटीको चुडान्त निर्णय नआई जीटीए गठन हुने हो भने आविपसित हात मिलाएको नै किन हो? जीटीएको गठन वा जीएटीएको गठन हुन्छ नै भने युवा मोर्चाले गरेको आन्दोलन नै के को निम्ति हो? मोर्चाले खेलेको अन्योलताको राजनीति भनेको नै यही हो| यही अन्योलतामा आविप पनि परेको छ अनि पहाडका जनता र विपक्ष पनि| मोर्चाका केही इमान्दार भनिएका नेताहरू यसबाट अचुत छन् छैनन् जनताले केहीदिनमा देख्न पाउनसक्ने शंका गरिएको छ|
जीटीए गठन हुने हो कि जीएटीए वास्तवमा यसबारे न त मोर्चालाई विश्‍वास छ न त आविपलाई| वास्तवमा जीटीए गठनमा आएको विलम्बको कारण नै आविप जोडिएको हुनसक्छ| तर यता हाइपावर कमिटीले गरिरहेको विलम्ब पनि निक्कै चाखलाग्दो राजनीति रहेको छ| प्रतीक्षा के को गरिएको छ भने अब आविपसित हात मिलाएर दाबी गरिएको जीएटीए हुने हो कि जीटीए, पहिले यो निश्‍चित हुनुपर्छ| तर जीएटीए र जीटीए गठन हुन्छ नै ? यो प्रश्‍नले भने व्यापक शंका उपार्जन गरिसकेको छ|
छुट्टैराज्यको आन्दोलन पनि यसैबीच चम्किने देखिएको छ| आन्दोलन भए राज्य सरकार र केन्द्र सरकारले जीटीएको गठन गर्ने आँट गर्ने देखिएको छैन| यसैबीच नै नयॉं दलको गठन हुने देखिएको छ. यसैबीच नै कंग्रेसले युटीको मुद्दा हाइकमानमा राखिरहेको छ अनि यसैबीच नै तृणमूलका नेताहरूले छुट्टैराज्य र युटी नभएर जीटीएलाई नै गोर्खाहरूको समस्याको समाधान रहेको बताउन शुरु गरिसकेको छ| यसैबीच नै मोर्चाका नेताहरूले मायावतीलाई राजनैतिक चलखेल गरेको मात्र बताइरहेको छ| दिनोदिन विकास भइरहेको राजनैतिक यी समिकरणहरूले कुन निष्कर्षलाई संकेत गरेको हो, आलोचक र विश्‍लेषकहरूले खुट्याउन सकिरहेका छैनन्|

बाघको मुखबाट फुत्किइन् कालेबुङकी द्रौपदी - मानव तस्करीको जञ्जाल व्यापकरुपले फैलिएको आशंका
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, ३० नोभेम्बर| जब मैले आफूलाई पूर्णरुपले होसमा पाएँ, त्यसबेला आफूलाई नै दिल्लीमा पाएँ| सिलगढी गएकी म कसरी दिल्लीमा पुगें, किन मलाई दिल्ली लगियो यदि दिल्लीको ती दिदीहरूले नखुलाएकी भए, म कहॉं बेचिन्थें-यसो भनिन् एक चेलीबेटी बेचविखन गर्ने एजेन्टको प्रचेष्टा दिल्लीमा विफल पारेर कालेबुङ फर्किएकी द्रौपदी(कल्पित नाम)ले| कालेबुङको एक दुर्गम स्थानकी द्रौपदी १३ नोभेम्बरको दिन सिलगढी झरेकी थिइन् तर तिनले आफूलाई १५ नोभेम्बरको दिन दिल्लीमा पाइन्| दिल्लीमा नै तिनले थाहा पाइन्, तिनलाई दिल्ली बेच्न लगिएको थियो| यो कुरा एजेन्ट कै स्वास्नी अनि एजेन्टकै घरमा बसेकी एक अर्की महिलाले द्रौपदीलाई नबताएकी भए द्रौपदी आफ्नो घर आइपुग्ने थिइनन्| डुवर्सकी सामाजिक कार्यकर्ता राजु नेपालीको साथमा हिजो बेलुकी कालेबुङ आइपुगेकी द्रौपदीले आफू बेचिनबाट जोगिएको कथा खोलिन्|

तिनले पत्रकारहरूसित भनिन्, राजा चौधरी नामक व्यक्ति गाउँमा आइरहन्थे| तिनी कुनै बोर्डको शिक्षक रहेको सुनाउँथे| गाउँमा वेरोजगारहरूलाई रोजगार दिने अनि अशिक्षितहरूलाई शिक्षित बनाउने काम गरिरहेको बताउँथे| मलाई एचएस गर्नु थियो| तिनै मान्छेले मलाई ओपनबाट एचएस गर्न सक्ने सुझाव मात्र दिएनन्, आफूले यसबारे काम गरिरहेको पनि बताए| यस अघि केही युवाहरूलाई पनि तिनले ओपनबाट नै परीक्षा गराएका थिए| तिनले गाउँमा नै एउटा स्कूल पनि खोलेका थिए तर १५ दिनमा नै स्कूल बन्द गरियो| गाउँलेहरूले विभिन्न आरोप लगाएकोले स्कूल बन्द गरिदिएको तिनले बताएका थिए| मलाई एचएसको निम्ति आवश्यक कागजपत्र बनाउन सिलगढी बोलाए| सिलगढी झरें र तिनलाई भेटें| भोक लागेकोले खाने कुरा खाएँ| तिनले कोकोकोला खुवाए| त्यसपछि मलाई राम्ररी केही थाहा छैन|
दिल्लीमा नै मेरो राम्ररी होस् खोलियो| तिनले के पनि बताइन् भने तिनलाई कहॉं जॉंदैछु भन्ने कुरा थाहा थिएन तर तिनलाई रेलमा चढेको थाहा छ अनि रेलमा कोहीसित बात गरेको पनि थाहा छ तर के बात गरियो, किन रेलमा चडियो त्यो थाहा छैन| तिनले भनिन्, म केटाकेटी जस्तै भएको थिएँ| दिल्ली पुगेर मलाई चौधरीले एउटा घरमा लगे| मलाई दुइजना महिलाहरूसित सुताइयो| २४ घण्टापछि मात्र मलाई आफू दिल्लीमा रहेको थाहा भयो| जब म महिलाहरूसित सुतें तब मलाई ती महिलाहरूले राजा चौधरीको उद्देश्य ठीक नरहेको अनि आफूहरू पनि ठगिएको बताइन् अनि मलाई 'भाग' भन्न थालिन तब मैले नआत्तिइ योजना बनाए-तिनले भनिन्| तिनी अनुसार दुइ महिलामा एकले तिनलाई चौधरीको स्वास्नी भनेर बताएकी थिइन् अनि अर्को तिनको घरमा किरायामा बस्ने| जुनदिन द्रौपदीलाई दिल्ली पुर्‍याइयो तब राजा चौधरी मातेर लट्टु थिए| दिल्ली रेलवे स्टेशनदेखि घर पुग्दासमेत राजा चौधरी र तिनको स्वस्नीबीच झगडा भयो| दुइ महिला उनीहरूलाई लिन स्टेशन पुगेकी थिइन्|
त्यो झगडा विहानीपखसम्म चल्यो| झगडा के को निम्ति भइरहेको छ भन्ने कुरा द्रौपदीलाई थाहा थिएन| राजा चौधरीलाई कोठामा थुनेर सुताएर ओछ्यानमा फर्किएकी किरायामा बस्ने महिला अनि राजाकी स्वास्नीले द्रौपदीलाई 'किन दिल्ली आएको?' भनेर सोधिन्| त्यसबेला द्रौपदी छॉंगाबाट खसिन्| राजाको उद्देश्य ठीक नरहेको अनि आफूलाई पनि यसरी नै झुक्काएर बिहे गरेर दिल्लीमा राखेको खुलाएपछि त्यसबेला नै द्रौपदीलाई राजासित कुराकानी गर्न मुनासिव लागेन| त्यतिबेला नै पुलिस बोलाउने धम्की द्रौपदीले दिइन् तर दुइ महिलाले घरमा त्यसो नगरीदिने अनि बाहिर नै पुलिस बोलाएर पक्राउ गर्ने सुझाव दिएपछि द्रौपदीले महिलालाई घरको फोन नम्बर दिएर बिहान आफूहरूलाई 'फलो' गर्ने निर्देश दिइन्| विहान राजालाई 'म घर फर्किन्छु' भनेर रोइकराइ गरेपछि राजाले तिनलाई सिलगढी पुर्‍याइदिन रेलवे स्टेशन पुर्‍यायो| जुन प्लेटफार्म पुर्‍याइयो त्यहॉंबाट सिलगडीको रेल लाग्दैन थियो| जब रेलवे स्टेशन उनीहरू पुगे तब महिलाहरूले द्रौपदीको घरमा फोन गरिदिए|
द्रौपदीले बताए अनुसार तिनी केहीसमय दिल्ली बसेर फर्किएकी हुन् अनि तिनको दाजु भाउजु दिल्लीमा नै थिए| घरको परिवारले दाजु भाउजुलाई बहिनी स्टेशनमा त्यो अवस्थामा पुगेको कुरा फोनबाट बताएपछि दाजु-भाउजु पुलिस लिएर स् पुगे अनि दिल्ली पुलिसले राजा चौधरीलाई कारागारमा थुनिदिए| डुवर्सका राजु नेपालीलाई दिल्लीबाट नै यस घटनाबारे फोन आयो अनि तिनी दिल्ली पुगे| तिनले द्रौपदीलाई तिनको दाजु भाउजुको सरसल्लाहमा कालेबुङ लिएर फर्किए| यो थियो द्रौपदीको कथा तर यो कथाभित्र पनि धेरैवटा यस्ता ठॉंउहरू छन्, जहॉंबाट द्रौपदीलाई पनि शंका गर्न सकिन्छ| किन भने सिलगढी पुगेकी द्रौपदीले आफ्ना लुगाफाटा बोकेको ठूलो व्याग बोकेकी थिइन्| कुराकानी गर्दा तिनले सिलगढी एकदिनको निम्ति गएको बताएकी थिइन् तर तिनको व्यागले तिनी एकदिनको निम्ति गएको थिइनन् कि भन्ने शंका उपार्जन गरेको छ|
यस घटनाभित्रको 'खास' रहस्य अर्कै केही हुन सक्छ तर द्रौपदी आफैले आफूलाई एचएसको कागज बनाउन सिलगडी बोलाएकोले तिनी सिलगडी झरेकी अनि खाना खाइकेपछि तिनलाई राजा चौधरीले कोकोकोला खुवाएपछि भने तिनी रेलमा चडिन्| राजु नेपाली अनुसार मानव तस्करहरूले यस्ता युवतीहरूलाई पूर्णरुपले बेहोस् पार्ने कुरा खुवाउँदैन| अर्धमात दिने, जसमा केही होस् त रहन्छ तर पूर्ण होस् नरहने भएकोले युवतीहरूले सुद्धि हराउँछन्| द्रौपदीसित पनि यस्तै भएको हुनसक्छ| राजा चौधरीले यस अघि पनि एक युवतीलाई यसरी नै लगेका थिए तर पछि युवती फर्किइन्| ती युवतीसित पनि द्रौपदीको कुराकानी भएको हो| युवतीले घरमा आमा विरामी रहेकोले फर्किएको बताएकी थिइन्| एचएसको कागजपत्र बनाइदिन्छु भन्ने राजाले द्रौपदी कालेबुङबाट सिलगढी गइरहेको बेला त्यस युवतीको साटोमा 'तिमीले काम गर्नुपछ'पनि भनेका थिए|
सिलगढीमा पुगेर पनि राजाले त्यो कुरा दोहोर्‍याएका थिए| खाना खॉंदै गर्दा पनि राजाले एक ठाउँ यसको निम्ति जानुपर्छ भनेका थिए| द्रौपदी भन्छिन्, म त्यही कुराको निम्ति राजाको पछि लागेर गएँ की? भन्ने पनि लागिरहेको छ| रेलभरि मलाई केही कुराको सुद्धि भएन| द्रोपदीले नबताए पनि के पनि शंका गर्न सकिने ठॉंउ बनिएको छ भने द्रौपदीलाई राजाले 'बिहे गर्ने' बचन दिएर सिलगढी बोलाएका थिएनन्? जब द्रौपदीले राजा बिवाहित रहेको कुरा थाहा पाइन्| त्यसै कारण राजाबाट बॉंच्न तिनले यस्तो कथा बनाएकी त होइन? किन भने द्रौपदीको कुराले कता कता मेल खाइरहेको छैन|
द्रौपदीलाई नै विश्‍वास गर्नु हो भने तिनी बेचिनबाट भने बॉंचिन्| किन भने तिनलाई राजाको स्वास्नी र एक महिलाले राजाले केटीहरू बेच्ने काम गर्ने गरेको खुलाएकी द्रौपदीले नै बताएकी छन्| राजाको नाममा थानामा प्राथमिकी नगरेपनि द्रौपदीले राजा जेलबाट छुटेर नआएको राम्रो बताउँछिन्| तिनले भनिन्, म ठगिएँ| राजाले नचिनेको ठाउँ कँही छैन| द्रौपदीको गाउँलाई नै राजाले विश्‍वासमा लिइसकेका छन्| द्रौपदीले भनिन्, मलाई मेरो दाजुले राजा चेलीबेटी बेच्ने गिरोहको एक एजेन्ट रहेको थाहा लागेको बताए| यस्ता गिरोहको जञ्जाल सिलगढी, कालेबुङ, दार्जीलिङ अनि सिक्किमसम्म नै व्यापक रहेको पनि दिल्लीमा नै थाहा पाएँ| द्रौपदीको घटनाले कुनै पनि नौलो मान्छेले कसरी आफ्नो उद्देश्य पुरा गर्न गाउँलाई नै विश्‍वासमा लिने कार्य गर्छ अनि चेलीबेटीलाई बेच्ने योजना बनाउँछ भन्ने कुराको खुलासा भएको छ|
यसपल्ट बाँचेर फर्कीए "द्रौपदी".... अझै कति बेचिएका छन् "द्रौपदीहरु" ?
डी के वाइबा, कालिमन्युज, कालेबुङ, ३० नोभेम्बर: उच्च शिक्षा हासिल गर्ने चाहना पनि कहिले काहीँ आफ्नै निम्ति घातक बन्छ भनेर कस्ले सोचेका छ्न् होला र ? तर यसै चाहानाले एउटी नारीले झण्डै आफनो सर्वस्व गुमाउनु परेको घटना प्रकाशमा आएको छ। घट्ना हो १३ नोभेम्बरको अनि घटनाका पिढीत हुन् जस्लाई मिडीयाले नाम दिएका छौँ 'द्रौपदी' भनेर। द्रौपदी काल्पनिक नाम भए पनि घटना यथार्थ हो अनि उक्त युवतीलाई कालेबुङबाट दिल्ली सम्म पुर्याउने ब्यक्ति चहीँ सिलगडी निवासी राजा चौधरी हुन्। राजा चौधरीले दुर्गम क्षेत्रहरुमा गएर आफ्नो परिचय ओपन स्कुलका शिक्षक अनि सामाजिक कार्यकर्ताका रुपमा दिदै हाम्रा समाजका नारीहरुलाई तस्करी गर्ने कार्य गरेको खुलासा यसै घट्ना काण्डले गरेको छ। कालेबुङ महकुमा क्षेत्रको दुर्गमा ठाउँका बासिन्दा हुन् द्रौपदी। उक्त स्थानमा गएर राजा चौधरी नाम भएको उक्त व्यक्तिले गाउँमा स्कूल स्थापना गरेर मानिसहरुको पहिला विश्वास जित्ने कार्य गरेका थिए।
स्कुलमा सोहि गाउँका मानिसहरुलाई रोजगार पनि तिनले दिए पछि गाउँका सोझा मानिसहरुले पनि तिनीमाथि विश्वास गर्न थालेका थिए अनि त्यही बिश्वास जिते पछि तिनले गाउँले छोरी द्रौपदीलाई सिलगढी बोलाएर पत्तै नपाई दिल्ली पुरयाए। द्रौपदीलाई बाह्रौं कक्षाको परिक्षा तथा कागज पत्र बनाउँन सिलगढी बोलाइएको थियो तर सिलगढीमा पुगे पछि खाना खुवाएर "कोल्ड ड्रीङ्क्" पिलाएर सुटुक्कै पासोमा पराएको स्वय बाघको मुखबाट फुत्केर आएका द्रौपदीले पत्रकारहरुलाई बताईन्। सिलगडी पुगेपछि पहिले त तिनलाई आवश्यक कागज पत्र बनाउन गुवाहाटी जानपर्ने कुरा सुनाईयो अनि पछि गुवाहाटी नलगेर सिधै दिल्ली पुराइएको पनि पिढीताले बताईन। तिनी दिल्ली त पुगिन तर दिल्ली कसरी पुगिन भन्नै कुनै होस हवस नै नभएको पनि बताउँछिन् एक एकांत भेटमा।
ट्रेनमा चढेको आफुलाई थाहा भए पनि ट्रेन कहाँ गईरहेछ भन्ने कुराको पनि जानकारी थिएन तिनलाई अनि राजा चौधरी नामक व्यक्तिले पनि कुनै नबताएको पनि तिनले बताईन्। बिशेष सिलगढीमा "कोल्ड ड्रीङ्क्" खुवाए पछि नै तिनको आचरणमा अचानक् परिवर्तन आएको अनि जे भन्यो र जता हिंढ भन्यो त्यतै जाने मन बनाएको पनि द्रौपदीले बिक्री हुनबाट भाग्यले बाँचेर कालेबुङ आएपछि जनाईन। गुवाहाटीको कुरा गरेर जब तिनी १५ नोभेम्बरको दिन आफुलाई दिल्लीमा पाईन् तब तिनी आफै छक्क परेको तिनले बताइन्। तै पनि आफ्ना सरले राम्रै कुराको निम्ति ल्याएको भन्ने ठानेर् राजा चौधरीको घर दिल्लीमा ढुक्क भइ बसिरहेकै समयमा राजा र राजाको स्वास्नीमाझ झगढा शुरु भएपछि त्यसै घरमा रहेकी एक युवतीले तिनलाई दिल्ली किन आएको भन्ने सोधेर अनि सोही समयमा नै उक्त युवतीले तिनलाई राजा चौधरीको असलियत बारेमा सुईको दिएपछि आफ्नु होस आएको पनि जनाईन।
दिल्लीको एउटा घरमा त्यहाँ रहेकी तिनकै पत्नि र एक अपरिचित युवतीले रातको समय द्रौपदीलाई सबै कुराको जानकारी दिए पछि राती नै भाग्ने सल्लाह समेत दिएको बताउँदै तिनीहरुकै सहयोगले आफु बाच्न सकेको पनि बताईन। तिनले सोही युवती र राजा चौधरीका पत्नि कहलाएकाहरुलाई यदि आफुलाई बचाउँन सहयोग गर्ने चाहना छ भने मेरो घरमा फोन गरिदिनु भनेर् फोन नम्बर दिए पछि तिनीहरुले फोन गरिदिएकै कारण आफुले बाँचेर घर फर्कने मौका पाएको पनि बताइन् ।
दिल्लीमा आफु बेचिन लागेको सुँईको पाएपछि तिनले उक्त बयक्तिलाई आफूलाई घर फर्काएर लैजा भन्ने जब्बर जस्ती गरे पछि उक्त व्यक्तिले पनि तिनलाई न्यू दिल्ली रेल्वे स्टेसनमा लगेर गएको अनि सोही समयमा ती राजा चौधरीका स्वास्नी कहलाईने अनि अपरिचित युवतीले सहयोग गर्दा स्टेसनमा नै उकत व्यक्तिलाई पुलीसले पक्राउ गरेर आफु बाँचेको जनाईन। आफु बाँचेर कालेबुङ आएपछि तिनले राजा चौधरीलाई पुलिसले छोड्न नहुने बताउँदै तिनको सिलगढीमा नारी बेच बिखनको ठुलो संजाल रहेको आशंका व्यक्त गर्दै यसमा स्थानिय मानिसहरुको पनि सक्रिय भूमिका हुनसक्ने बताईन् । तिनले कुनै पनि वयक्तिलाई केटीहरुले सोझै विश्वास गर्नु नहुने बताउँदै आफुले भोगेको कारण पहिले मान्छेको सबैकुरा बुझ्न आवश्यक रहेको पनि जनाईन्।
नारी बेचबिखनको घट्ना दिनो दिन प्रकाशमा आईरहेको भए पनि अझ सम्म चेत नखोल्नुमा समाजका अभिभावक बर्गको पनि त्यतिकै दोष रहेको द्रौपदीलाई दिल्लीबाट कालेबुङ सम्म ल्याएर आएका राजु नेपालीले बताए। नानीहरुमा अनेकौं बोझ थपेको कारण पनि ती नानीहरु अभिभावको डरबाट बाँच्ने बहना खोजिरहेकै समयमा यस्ता मानव तस्कर गर्ने राजा चौधरी जस्ता मानिसहरुको हातमा पर्ने गरेको पनि तिनले बताए। यसका साथै हाम्रा चेलीहरुले उच्च आकांक्षा राखेको कारण पनि कतिपय परिस्थितिमा यस्ता दुष्टहरुको हात परेको पनि तिनले बताए। वास्तवमा यस्ता मानव तस्कर गर्नेहरुलाई किन रोक्न सकिन्दैन? चेलीहरु बिक्री हुनमा दोष कस्को रहेको छ ? किन दोषीहरु पक्रा पर्न सक्दैनन् ? अनि अझै कति द्रौपदीहरु हाम्रा समाजमा लुटिन पर्ने हुन ? यस्ता अनेकौं प्रश्नहरुले अहिले सबैलाई झक झकाईरहेको छ ।
Hill road hope on private repair

RAJEEV RAVIDAS, TT, Kalimpong, Nov. 30: The Darjeeling Gorkha Hill Council has decided to invite private parties to take up the repair of Rohini Road that connects Siliguri to Kurseong.
Anil Verma, the DGHC administrator, told The Telegraph that an advertisement inviting those interested in the BOT (build, operate and transfer) model would be released in the next couple of days.
He added that if the process did not work out, the DGHC would repair the road by this year.
“We will carry out the repair either on the BOT model or on our own latest by December-end,” Verma said.
He said the idea behind the model was to hand over the repair, maintenance and operation of the road to a private party on a long-term basis. During the period of time agreed upon, the firm will generate revenue by charging toll tax from every vehicle plying on the route.
After the term ends, the road would be handed back to the DGHC.
With NH55, the main road link between Siliguri and Darjeeling, closed for over one-and-a-half year, vehicles bound for Darjeeling and Kurseong are using Rohini Road to reach their destinations. The Siliguri-bound vehicles are being routed through the Pankhabari Road.
The highway was closed after two stretches near Paglajhora and Tindharia were damaged in landslides.
Rohini Road branches out from NH55 near Simulbari tea estate, 15km from Siliguri, and joins the highway a little before Kurseong town.
The 17km stretch that was opened a little over four years back has been reduced to a dirt road now with both heavy and light vehicles using it.
“In June, we had sent a detailed proposal to the Union ministry of road transport and highways to repair the road (NH55) for an estimated cost of about Rs 4.5 crore. But the ministry has failed to respond to it till date. It has neither said yes or no,” said Nirmal Mandal, executive engineer, PWD (NH division IX), that is responsible for the maintenance of the highway.
He added that once NH55 was restored, many vehicles, especially the heavy ones, would stop using Rohini Road.
The stretch is not meant to carry heavy load.
Now that Rohini Road is in a bad state, many vehicles sneak through the Pakhabari Road that is meant for the down-bound vehicles plying towards Siliguri.
Those who travel on Rohini Road said the condition of the stretch was so bad that people often fell sick because of the bumpy ride.
“I felt ill while going up from Siliguri on a shared taxi a couple of months back,” said Changba Tamang, a resident of Dow Hill in Kurseong who suffers from heart ailment.
The taxi drivers operating on the route also said it was difficult for them to drive on the road on a regular basis.
“Imagine, we have to go through the ordeal every day. Our vehicles also take a heavy pounding (because of the bad road),” said Ganesh Chhetri, a taxi driver.
Hill students face NBU axe
VIVEK CHHETRI, TT, Darjeeling, Nov. 30: More than 200 students of Darjeeling Government College are in a spot after it came to light that four new subjects they enrolled in this academic session were not approved by the university.
Two-hundred students of the general pass course had taken up sociology and anthropology and six and eight students had been admitted to honours courses in computer science and biotechnology respectively.
North Bengal University has already rejected the registration of the 14 honours students. The general course students now fear that they might suffer the same fate.
All the four subjects were introduced in Darjeeling Government College in October this year by former principal Dipak Ray without waiting for the mandatory clearance of the university to which the college is affiliated.
The four departments were being run by part-time teachers in the absence of permission from the government and sanctioned posts.
“The principal has to write to the state higher education department and the university to which it is affiliated to start any subject in a college. The university will then send an inspection team. After a report is submitted, it has to be accepted by the university’s undergraduate council and the executive council. If the university gives the nod, the principal has to write to the government,” said current principal Lalita Ahmed Rai who has taken charge on November 3.
Ray had informed the university about the plan to introduce four new subjects.
“An inspection team had been sent but the formalities were not completed,” said Rai.
The new principal said the university would be requested to change the subjects of the students.
Sources said while students of sociology and anthropology were willing to shift if they were allowed, those in computer science and biotechnology said they had taken admission in this college only because it offered such courses.
Vice-chancellor Arunava Basumajumdar could not be reached for comments as repeated calls to his cellphone went unanswered.

No comments:

Post a Comment