To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, November 26, 2011

युवा मोर्चाले केन्द्रिय कमिटीलाई लगाम लगाएको राम्रो-डा छेत्री.....आविपको आजको बैठक ठोस निर्णय बिनै समाप्त् -2 जनालाइ क्षमा...‘भित्तामा लेखेर राज्य हुँदैन’....जीना हत्याकाण्ड उठ्दैछ आवाज...फुटबल - भेटरेन टुर्नामेन्टको फाइनल सम्पन्न - चेन्नई ३-१ ले बिजयी...CID starts probe into Kishan death - Move follows cries of foul play...Mamata remains silent on fake encounter.....Kishanji's Murder: Judicial Enquiry Demanded...आन्दोलनको निम्ति आन्दोलन?

युवा मोर्चाले केन्द्रिय कमिटीलाई लगाम लगाएको राम्रो-डा छेत्री
मनोज बोगटी, कालिमन्युज,कालेबुङ, २६ नोभेम्बर| उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले राज्यभित्रै चारवटा राज्य गठन गर्ने प्रस्ताव विधानसभामा पारित गरेपछि दार्जीलिङ पहाडमा युवा मोर्चाले फेरि शुरू गर्ने गोर्खाल्याण्ड आन्दोलनलाई लिएर मोर्चा केन्द्रिय समितिको अझसम्म स्पष्ट अडान छैन| यस सम्बन्धमा मोर्चा केन्द्रिय प्रवक्ता एव कालेबुङका विधायक डा. हर्कवहादुर छेत्रीले भने, केन्द्रिय समितिले पो हात काटेर रोशन गिरीलाई जीटीएमा हस्ताक्षर गर्न लगाएका हुन्| युवा मोर्चाले त हस्ताक्षर गरेको छैन| युवा मोर्चा कुनै बाध्यताले बॉंधिएको छैन| यो प्रजातन्त्रको नमूना पनि हो| भोलि उनीहरूले जीटीए ठीक लागेन भन्न सक्छन्| उनीहरूले आन्दोलनलाई अघि बढाउँछन्| युवा मोर्चाले केन्द्रिय समितिलाई चेतावनी दिएको राम्रै हो| जसरी घिसिङले दागोपापलाई चौतारी भन्दै २१ वर्ष बिताए त्यसरी नै जीटीएमा भुलिएला भनेर मोर्चालाई लाखेस् गर्नु राम्रो हो| उसो भए युवा मोर्चाले गरेको आन्दोलनलाई मोर्चाले केन्द्रिय समितिले सघाउ पुर्‍याउँछ अथवा आन्दोलन केन्द्रिय समितिकै निर्देशनमा गरिएको हो भन्ने प्रश्‍न गर्दा तिनले भने, सघाउ पुर्‍याउनेमाथि केन्द्रिय समितिले बैठक गरेर निर्णय गर्नेछ|
उत्तर प्रदेशको चार राज्यहरू लगायत तेलेङ्गनाको परिस्थितिलाई हेरेर जीटीए ड्रप गरेर आन्दोलन गर्नुपर्ने वा जीटीएसँगै आन्दोलन गर्नुपर्ने पछिबाट केन्द्रिय समितिले सोच्नेछ| मोर्चा केन्द्रिय समिति अनि मोर्चाकै भातृ सङ्गठन युवा मोर्चामा तालमेल नरहेको सन्दर्भमा तिनले भने, हाम्रो तालमेल छैन| गोर्खाल्याण्ड माग्नेले माग्दै गरोस्| यो माग पनि छँदैछ, मूल मूद्दा यही नै हो| तर अहिले ब्रेकफास्ट खॉंदैगर्दा डिनर भनिहाल्न हुँदैन, पछिबाट डिनर खानैपर्छ| सबैतिर छुट्टै राज्यहरू गठन हुने सम्भावना भए गोर्खाल्याण्ड पनि अवश्यै भएकै हुन्छ| सय वर्ष पुरानो मागलाई सरकारले त्यति सजिलो नकार्न भने सक्तैन| मायावतीको निर्णयपछि देशभरि छुट्टै राज्य माग्नेहरूलाई बल पुग्न थालेपछि दार्जीलिङ पहाडको आन्दोलनमा शिथिलता आएको समय मोर्चा केन्द्रिय समितिले आन्दोलन नगरेर युवा मोर्चाले गर्नु मुद्दा बचाउने कार्य मात्र होइन भनी प्रश्‍न गर्दा तिनले उल्टै प्रश्‍न गर्दै भने, युवा मोर्चाले मुद्दा मार्ने काम गर्नुपर्थ्यो? आन्दोलनमा शिथिलता आएको छैन|
हाम्रो मान्छेले आन्दोलन भनेको बम पढ्काउनु, जुलूस र धर्ना गर्नु मात्र बुझ्छन्| यत्रो कागज-पत्र लेखापढी हुँदैछ| हाइपावर कमिटीले तराइ-डुवर्स अन्तरभुक्तिको निम्ति काम गर्दैछ| हस्ताक्षर सडकमा हुँदैन, टेबलमा हुन्छ| गोरामुमोको समयमा भएको आन्दोलहरूबारे बताउँदै तिनले अहिले बौद्धिक स्तरको आन्दोलन भइरहेको बताए| मायावतीको चारवटा राज्य गठन गरिने कुरा पनि राजनैतिक चलखेल नै हुनसक्ने बताउँदै तिनले भने, खुशीको कुरा यति हो कि तिनले राज्य भनेको देश होइन, देशको जिल्ला जस्तो मात्र हो, यसैले प्रशासन चलाउन जसरी चलाउनुर्छ त्यसरी नै चलाउनु भनेर देखाएको उदारता मात्र हो| तिनले कतिको इमान्दारिपूर्ण राज्य विभाजन गर्ने घोषणा गरिन् चुनाउपछि थाहा लाग्ने बताउँदै त्यहॉंका सांसदहरूले पछिबाट लोकसभामा राज्य गठनको निम्ति वृहत आन्दोलन गर्छन गर्दैनन् हेर्नपर्ने बताए| यद्यपि तिनले उत्तर प्रदेश, तेलेङ्गनासँग गोर्खाल्याण्डको परिस्थिति नमिल्ने बताए| तिनले भने, उत्तर प्रदेशमा ९६ जना सांसदहरू छन्, त्यसलाई चार भाग गर्दा पनि एउटामा २२-२३ सासंदहरू पर्छन्| उनीहरूको सरकार ढाल्नसक्ने स्थिति छ| उत्तर प्रदेशमा राज्य बनिन आँट्दा मोर्चा आन्दोलन किन गर्दैन भन्नेहरूले बुझ्नपर्छ| तलेङ्गनामा ३५० भन्दा अधिकले आत्मादाह गरे| मोर्चाले आन्दोलन गर्दा पॉंच जनाले ज्यान गुमाए| हामीले जीटीएमा सम्झौता गरेपनि गोर्खाल्याण्डको निम्ति सम्झौता गरेको छैनौं|
जसको दार्जीलिङ पहाडको विगतको राजनैतिक जीवनमा कुनै योगदान छैन उनीहरूले मोर्चाको कार्यक्रमलाई आलोचना गर्न सिवाह केही नगर्ने पनि छेत्रीले बताए| बिमल गरूङले जीटीएमा सम्झैता नगरेर रोशन गिरीले गरेको हो अनि तराइ-डुवर्सको सिमानको निम्ति अन्तिम निर्णय आएपछिनै बिमल गुरूङले हस्ताक्षर गर्ने पनि छेत्रीले बताए| २९ नोभेम्बरमा हुने हाइपावर कमिटीको बैठकमा जीटीएको भूभाग कत्रो हुन्छ भन्ने प्राय आँकडा आउनसक्ने पनि तिनले बताए| आदिवासी विकास परिषदले मोर्चासँग विकासको निम्ति सम्झौता गरेकोले यूवा मोर्चाको आन्दोलनले सम्झौता नरह नसक्ने सम्बन्धमा छेत्रीले भने, हेर्दै जाउँ, राजनीतिमा विहान एकजनासँग अनि बेलुकी अर्कोसँग सम्झौता हुन्छ| सम्झौता के हुन्छ भविष्यले बताउँछ| अहिले नै भनिहाल्न मिल्दैन| शुरूदेखि नै विकास परिषदसँग हाम्रो लगाइएको झगडा थियो| सम्झौता हुनअघि पॉंच चरणसम्म वार्ता भएको छ| अहिलेसम्म त हाम्रो सम्बन्ध राम्रै छ|
भागोपले शुरू गरेको सामुहिकताको प्रश्‍नमा तिनले भागोप मासको होइन क्लासको सङ्गठन रहेकोले दिल्लीतिर नै कार्यक्रम गरेको राम्रो भन्ने सुझाउ राख्दै सामुहिकताकै निम्ति हो भने पहिले सर्वमान्य नेता खोज्नुपर्ने बताए| अहिले मोर्चा नगरपालिका जस्तो मात्र रहेको बताउँदै जीएनएलफले गरेको मैला कामहरूलाई सफा पार्ने काममा नै मोर्चाको धेर समय खर्च भइरहेको बताए| गोर्खाल्याण्डको आन्दोलन गर्नअघि जीटीएको सम्झौता खारेज गर्नपर्ने विपक्षीहरूको भनाइको उत्तर दिँदै तिनले भने, उनीहरू सुप्रिम कोर्टको अधिवक्ता हुन् र हामीलाई आन्दोलनको निम्ति के खारेज गर्नपर्छ भन्ने? के खारेज गर्दा गोर्खाल्याण्ड हुन्छ हुँदैन व्याख्या गरोस्| तीन दिनअघि बङ्गालको गृहसचिवसँग आफूले भेट गरेको बताउँदै मर्डर केशबाहेक अन्य बेबुनियादी केशहरूलाई खारेज चॉंडै गर्न नोटिस जारी गर्ने भएको छेत्रीले बताए|
आविपको राज्य समितिको बैठक ठोस निर्णय बिनै समाप्त् -2 जनालाइ क्षमा
KalimNews: ABAVP withdrew showcause notice issued on two of its Dooars leaders Nicodene Minj and Joseph Hembrom. Earlier five leaders were issued showcause notice for taking part in an agreement with GJM demanding formation of GATA by incorporation of areas of Dooars.However the committee could not decide on the explanations received from state secretary Tej kumar Toppo and Sukra Munda.
State president Birsa Munda said that the committee was not satisfied with the long and elaborate explanation given by branch secretry John Barla. Instead he was directed to give another explanation by December 15. The committee will meet on December 17 to decide on the fate of three leaders.
राजेश शर्मा, कालिमन्युज, जयगांउ, २५ नभेम्भर । गोर्खा जन मुक्ति मोर्चा र अदिवासी बिकास परिषद्को गत ३० अक्टोवरमा भएको सयुक्त सम्झौतामा जीटीएलाई फेर बदल गरेर् जीएटीए बनाउने गोजमुमो र आविपले तय गरेको थियो। यसै सम्बन्धमा आविपका पाच शिर्षस्थ् नेता जोन बारला, तेज कुमार टोप्पो, सुक्रा मुण्डा, जोसेफ् हेमब्रम अनि निकोडिन मिन्जलाई एउटा सोकज जारी गरीएको थियो उक्त सोकजको सुनाई वा सफाई दिन आज कलकत्ताको अविपको निजी कार्यालयमा स्टयाण्डींग कमिटिको एउटा निर्णायक बैठक बस्यो। आविपको संविधानमा कुनै राजनैतिक् पार्टी संग सम्झौता गर्नु नहुने राज्य कमिटिको मन्तव्य भएको कारण 5 जनालाइ सो कज गरिएको राज्य समितिले कैफियत दिएको छ्।

आजको बैठक दिउसोको दुई बजेर पैतालिस मिनटमा शुरु भएर् रातिको सात बजेसम्म चलेको दुरभाषमा जानकारी दिदै अविपका राज्य कमिटि अध्यक्ष बिर्सा तिर्कीले बैठकमा आविपको सिद्धान्त औ नियमहरु तथा अदिवासी जातिको विकाश जस्ता आवश्यक बिषयहरुमाथि चर्चा भएको जानकारी दिए। बैठकमा 5 नेताहरुलाइ सोकज दिएको तथा आविपले लिएको निर्णय माथि बहस गरिएको थप जानकारी तिर्कीले गराए। आविपले बिगत दिनदेखि नै गोर्खाल्याण्डको बिरोध गर्दै आएको र आजको सभामा पनि यसै बिषयमा थप चर्चा गरिएको तिनले खुलासा गरे। यसै क्रममा सभामा डुवर्सका पाच नेताहरुलाइ दिएको सोकजबारे उनीहरुले सोकजको उत्तर दिए। पाच नेताहरुको सोकजको उत्तर मध्ये जोसेफ हेमब्रम र निकोडिन मिन्जले दिएको उत्तर संतोषजनक ठहराइ उनीहरुको सोकज फिर्ता लिइयो।
राज्य सचिव तेज कुमार टोप्पो र सुक्रा मुण्डाको उत्तरबारे स्ट्यान्डींग कमिटिले कुनै पनि निर्णय लिन सकेन। जोन बारलाले उत्तरमा किन उनले गोजमुमोसंग सम्झौतामा सह्मति जनाए त्यसको लामो स्पष्टिकरण दिए तर तिनको उत्तर स्पष्ट नभएको बताउदै स्ट्याण्डींग कमिटिले आगामी १५ दिसम्बर सम्म लिखित रुपमा अर्को उत्तर दिने समय दिएको छ। उक्त दिन सम्म बारलाले आफ्नो पद्को उपयोग नगर्ने निर्देश् पनि दिएको छ।
बिरसा तिर्कीलाई गोजमुमोसंग भएको सम्झौता के यथावत रहने छ वा भंग हुनेछ् भनि प्रश्न राख्दा उनले कुनै पनि उत्तर दिन चाहेनन। सुक्रा मुण्डासंग फोनमा आजको बैठकबारे प्रश्न सोधदा आगामी दिसम्बर १७ मा एउटा अर्को बैठक राख्ने निर्णय सभामा भएको बताउदै उनीहरुले त्यस बैठक डुवर्स वा तराईको कुनै स्थानमा राख्ने मांग गरेको जनाए।

‘भित्तामा लेखेर राज्य हुँदैन’
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, २६ नोभेम्बर|गोर्खा जनमुक्ति मोर्चाले भित्तैभरि गोर्खाल्याण्ड अनि त्यसको पछि इण्डिया लेख्न पसले अनि कार्यालयहरूलाई निर्देश दियो| छुट्टैराज्य को निम्ति लेखिएको गोर्खाल्याण्ड पछि गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिष्ट्रेशनको निम्ति भयो| जीटीएको अघिल्तिर भएको गोर्खाल्याण्ड शब्दले नै देशभरिका गोर्खाहरूको चिह्नारी बोक्ने बताउँदै मोर्चाले जीटीएमा हस्ताक्षर गर्‍यो| अहिले मायावतीले चारवटा राज्य बनाउन विधायनसभामा प्रस्ताव पारित गरिदिएर केन्द्रलाई अप्ठ्यारोमा पारेपछि देशभरि नै छुट्टैराज्यको आन्दोलन चर्किएको छ| तर मोर्चाले यस्तो अवस्थामा पनि छुट्टैराज्यको आन्दोलन जीटीएमा सम्झौता गरेको कारण गर्न सकेन| तर मोर्चा कै निर्देशनमा युवा मोर्चाले भने आन्दोलनको घोषणा त गर्‍यो तर कार्यक्रम भने भित्तामा गोर्खाल्याण्ड लेख्ने बताएपछि छुट्टैराज्य भनिरहने दलहरू युवा मोर्चासित विच्किएको छ| यसै पनि मोर्चाको विपक्षमा रहेका दलहरूले युवा मोर्चाको आन्दोलन नाटक रहेको बताइरहेको छ भने जीटीएमा अन्य दलहरूको सहमति बटुल्न युवा मोर्चालाई लगाएर मोर्चाले फेरि गोर्खाल्याण्ड शब्दको दुरुपयोग गरिरहेको आरोप पनि लगाइरहेको छ| गोर्खालीग नेता प्रताप खातीले भने, भित्तामा लेख्दै गोर्खाल्याण्ड हुने भएदेखि मोर्चाले अघि भित्तामा लेखेको गोर्खाल्याण्ड पनि छँदैछ|
तर गोर्खाल्याण्ड मागेको हो कि छुट्टै राज्य मागेको हो मोर्चा स्पष्ट छैन| मोर्चाले अहिले पनि गोर्खाल्याण्डमा नै हस्ताक्षर गरिसकेको छ तर त्यो राज्य होइन| हामीले भनिरहेको गोर्खाल्याण्ड राज्य हो अनि मोर्चाले भनिरहेको गोर्खाल्याण्ड जीटीए हो| तिनले भने, गोर्खाल्याण्ड भित्तामा लेखेर हुँदैन| सामुहिकरुपले यसको निम्ति आन्दोलन गर्नुपर्छ| जुन पार्टी राज्यसित मिलेर मुद्दा बेच्दै छुट्टैराज्यलाई गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिष्ट्रेशनसित साटिसकेको छ उसले भित्तामा गोर्खाल्याण्ड लेख्दा के फरक पर्छ| युवा मोर्चाले सॉंच्ची नै आन्दोलन गर्छ भने गोजमुमो त्यागेर बाहिर आउनुपर्छ| गोर्खालिगले छुट्टैराज्यको निम्ति सामुहिक आन्दोलनको कुरा गरिरहेको छ| सबै मिलेर आन्दोलन गरौं तर जीटीए छिराउने कुटनीति नखेलौं| अब जनतालाई बोरामा सुताउन सकिन्न| तिनले अझ भने, मोर्चालाई अब ढॉंट्ने ठाउँ पनि छैन| अहिले जस्तै भ्र्रममा जनतालाई राखोस् तर जनता असत्यको पक्षमा बस्ने छैन| तिनले युवा मोर्चालाई आह्वान गर्दै भने, युवा मोर्चाले पहिलो काम जीटीएको सम्झौता खारेज गर्नुपर्छ|
दोस्रो काम, रोशन गिरी र विमल गुरूङलाई अध्यक्ष र सचिवको पदबाट हटाएर साधरण सदस्यमा झार्नुपर्छ अथवा पार्टीबाट राजीनामा लेख्न लगाउनुपर्छ अनि तेस्रो काम भने आन्दोलन गर्नुपर्छ| किन भने हस्ताक्षर गर्नेले आन्दोलन गर्न सक्दैन| युवा मोर्चामा आँट छ भने यसरी सॉंच्चिकै आन्दोलन गरोस्| यता पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले भने, युवा मोर्चाले भित्तामा लेख्ने गोर्खाल्याण्ड के हो? राज्य कि जीटीए? पहिले युवा मोर्चा आफूले के मागेको त्यो कुरामा स्पष्ट हुनुपर्छ किन भने केन्द्रिय कमिटीले अहिलेसम्म दसभन्दा धेरवटा मुद्दा फेरिसकेको छ| भित्तामा लेख्दैमा छुट्टैराज्य हुने भएदेखि मोर्चाको अघिल्लो भित्ता लेखनले पाइसक्थ्यो| यो नाटक मात्र हो| केन्द्रय समितिले छुट्टैराज्य हुँदैन भन्ने अनि जीटीए थाप्ने अनि भातृ सङ्गठनले भने आन्दोलन गर्ने कुरा जनतालाई लट्याउने खेल मात्र हो| केही दिनमा नै युवा मोर्चाको असलियत सामु आउने छ|
केन्द्रिय समितिले नै युवा मोर्चालाई बिजोक पार्ने छ| सबैले ध्यान राख्नुपर्छ आज युवा मोर्चाले गरिरहेको हॉंक केहीदिनमा केन्द्रिय समितिले भिजेको मुसा झैं बनाइदिनेछ| जसले जीटीएमा हस्ताक्षर गरेको छ उसले आन्दोलन भन्नु जेलको हावा खाने ढोका खोल्नु हो| मोर्चाका नेताहरूको निम्ति आगामी दिनको खबर राम्रो छैन| मदन तामङ हत्याकाण्डको तरवार मोर्चा नेताहरूको घिच्रोमा छ| अहिले बङ्गाल सरकारको हात मेलेको कारण मात्र उनीहरू बॉंचेका छन् तर पक्रा पर्छन् नै|
जीना हत्याकाण्ड उठ्दैछ आवाज
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, २६ नोभेम्बर| घरदेखि केवल चालिस फीट पर टाउकोभरि गम्भिर चोट अनि अर्धनग्न अवस्थामा फेला परेकी जीना प्रधानको हत्या कुन कारणले भएको हो पुलिसले पत्तो पाउन सकेको छैन| पुलिस सूत्रले नै बताए अनुसार यस मुद्दामा परिवार पक्षले भनेजस्तो सहयोग गरिदिएको छैन| धेरैवटा कारणहरूले जीनाको हत्या हुनसक्ने शंका गरिएको भए पनि जबसम्म परिवारपक्षले पुलिसलाई पूर्णरुपले सहयोग गर्दैन तबसम्म हत्यारासम्म पुलिस पुग्न सक्दैन| यसको निम्ति पुलिस प्रशासनको पक्षबाट हुनुपर्ने जति सबै उपायहरू लगाइसकिएको छ अनि अझ पनि जॉंच प्रक्रियालाई जारी राखेको छ|
जीनाको भूमिसुधार विभागमा नियुक्ति हुनेवाला रहेको कुरा पनि सुन्नमा आएको थियो तर यसबारे पनि स्पष्ट कुनै जानकारी पाइएको छैन| जीना कसैसित प्रेममा परेकी पनि हुनसक्छ भन्ने कुरा पनि सुनिएको छ तर यसबारे पनि आधिकारिक कुनै जानकारी पाइएको छैन| सबैलाई जीना हत्याकाण्डले छक्क पारिदिएको छ किन भने हत्या कहीँ टाडो भएको थिएन घरकै छेउमा भएको थियो अनि दूध लिन गएको बेला भएको थियो| जसले पनि जीनाको हत्या गर्‍यो उसलाई जीना दूध लिन जाने समय थाहा थियो| ठीक मौकाको खोजीमा रहेको हत्याराले १५ नोभेम्बरको दिन मौका छोप्यो| जीनालाई पहिले नै टाउकोमा प्रहार गरिएको हुनसक्ने शंका गरिएको छ| किन भने यत्रो काण्ड भइसक्दा पनि जीना चिच्याएको कसैले पनि सुनेनन्|
तीनको टाउकोमा धेरै ठाउँ गहिरो चोटहरू पाइएको थियो| कुनै गह्रौं बस्तुले जीनाको टाउकोमा प्रहार गरेको हुनसक्छ किन भने तीनको टाउको कुच्चिएको थियो अनि गिदीसमेत नस्किएको थियो| तिनलाई टाउकोमा प्रहार गरेर बेहोस् पारेपछि तिनलाई अर्धनग्न पारेको हुनसक्ने शंका व्यापक रहेको छ तर फोरेन्सिक रिपोर्ट अनुसार जीनालाई बलात्कार गरिएको छैन| हत्याराले बलात्कार गरेको शंका गरोस् भनेर नै अर्धनग्न पारेको हुनसक्ने शंका पनि व्यापक छ| तर हत्या गर्नेलाई हत्या बलात्कार गरेर नै गरिएको हो भनेर देखाउन जीनालाई अर्धनग्न बनाउन किन अनिवार्य लाग्यो? भन्ने प्रश्‍न पनि उठेको छ| हत्या नै गर्नेले बलात्कार गरेर हत्या भएको देखाउनु पर्ने बाध्यता नहुनुपर्ने भए पनि जीनाको कम्मरमुनीको सबै लुगा खेतमा खोलेर फ्यॉंकिएको थियो| यसको कारण के हुन सक्छ? पुलिसलाई मात्र होइन हत्यारा पक्राउ पर्नुपर्छ भनेर पुलिसमा दवाब बनाउने नागरिक समाजलाई नै अचम्ममा पारेको छ|
जीनाको हत्याराहरू पक्राउ गरिनुर्पछ भनेर विभिन्न संघसंस्था र सचेत नागरिकहरूले आवाज त उठाइरहेको छ तर प्रत्यक्षदर्शीको अभाव अनि परिवार पक्षको असहयोगको कारण गठनाको रहस्य उद्घाटन हुन सकेको छैन| तरै पनि पुलिस प्रशासनलाई दवाब दिन सङ्गठनहरूले छोडेको छैन| आज कालेबुङ कृषक कल्याण सङ्गठन पनि कालेबुङ थाना प्रभारीलाई ज्ञापन चढाएको छ| सङ्गठनले घटनालाई सचेत समाजको निम्ति नितान्त लज्जास्पद बताएको छ| घटनाप्रति निन्दा गर्दै हत्याराहरूलाई शीघ्र नै पक्राउ गरिनुपर्ने माग सङ्गठनले राखेको छ|
सङ्गठनका मूलसचिव विष्णु छेत्रीले बताए अनुसार यस प्रकारका घटनाहरू धेरैपल्ट देखापरिसकेको छ| हत्या भएको यत्रो दिन बितिसक्दा पनि कुनै निष्कर्ष ननिसक्नुमा के रहस्य छ? २३ नोभेम्बरको दिन पनि सङ्गठनले ज्ञापन चढाइसकेको छ| तरै पनि कुनै निचोड निस्किएको छैन| सङ्गठनको धर्यको बॉंध टुट्दै गइरहेको अनि शीघ्र नै पुलिसले निष्कर्ष निकाल्नुपर्ने ज्ञापनमा उल्लेख गरिएको छ| छेत्रीले भने, पुलिसले तर शीघ्र नै निचोड निकाल्ने आश्‍वासन दिएको छ| घटनाको छानबिन चलिरहेको बताइएको छ| तर छानबिन गर्दागर्दै मुद्दा नसेलाओस्| हत्याहरू जो पनि हुन्, त्यसको खोजी शीघ्र नै गरिनुपर्छ| पुलिसले अहिलेसम्म कुनै पनि प्रमाण नभेट्नुभित्र पनि कुनै न कुनै रहस्य लुकेकै छ-तिनले भने| अर्कोतिर आइसीडीएस आगनवाडी कर्मी एवं सहकर्मी सङ्गठनले पनि हत्याको निन्दा गर्दै हत्याराको खोजी शीघ्र नै गर्नुपर्ने बताएको छ|
फुटबल भेटरेन टुर्नामेन्टको फाइनल सम्पन्न - चेन्नई ३-१ ले बिजयी
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, २६ नोभेम्बर| कालेबुङ स्पोटर्स एसोसिएसनको आयोजनामा १७ नोभेम्बरदेखि मेलाटारमा सम्पन्न भइरहेको पेम दोर्जे मेमोरियल भेटेरेन टुर्नामेन्टको फाइनल खेल आज सम्पन्न भयो| चेन्नई अनि मणिपूर भेटेरेन्समाझ भीडन्त भएको आजको खेलमा ३-१ ले चेन्नई भेटेरेन्स विजय बन्यो| खेल शुरू भएको पॉंच मिनटमा नै मणिपूरको जर्सी नम्बर १७ अजिज रहमानले चेन्नई विरूद्ध एक गोल गरे| खेल शूरू भएको १० मिनटपछि चेन्नईका जर्सी नम्बर १९ आर. जोनसनले जवाबी एक गोल गरेपछि खेल बराबरीमा पुगेको थियो| हाफटाइम अघिसम्म बराबरी भएको खेल अति रोमाञ्चक भएको थियो| हाफटाइमपछि खेल शुरू भएको दुइ मिनटपछि नै चन्नईकै जर्सी नम्बर १९ गोल थपेपछि चेन्नई एक गोलले अघि रहेको थियो|
२१ मिनटपछि चेन्नई टिमका जर्सी नम्बर १५ पी. मारियाप्पाले फेरि एक गोल थपेपछि चेन्नईको जीत सुनिश्‍चित भएको थियो| मणिपूरले भरसक कोशिश गरेपनि त्यसपछि कुनै गोल गर्न सकेन अनि टुर्नामेन्टको खिताब चेन्नईले ३-१ ले हत्यायो| मुख्य अतिथिको रूपमा उपस्थित रहेका विधायक डा. हर्कबहादुर छेत्रीको बाहुलिबाट बिजयी दललाई नगद राशी १०,००० सही ट्रफी प्रदान गरियो भने रनअर अप टिमलाई रूपिँया ५,००० सहित ट्रफी प्रदान गरियो| भूटान, बङ्गालादेश गरी कूल १७ वटा दलहरूले अंशग्रहण गरेको यो तेस्रो अन्तराष्ट्रिय भेटेरेन्स टुर्नामेन्ट थियो जो यसवर्ष चेन्नईले हात पार्‍यो भने अघिल्लो वर्ष बङ्गलादेशले हत्याएको थियो| खेलको सर्वश्रेष्ट गोलकिप्परको खिताब चेन्नई टिमका बी. प्रभाकरलाई, म्यान अफ द म्याच चेन्नईका जर्सी नम्बर १० बालाशंकरलाई दिइयो भने म्यान अव् द टुर्नामेन्ट मणिपूरका जर्सी नम्बर ४ इटोसा सिंहलाई दिइयो| नृत्य अनि सीएसटी स्कूल व्याण्डसहित रङ्गारङ्गी कार्यक्रमबीच आरम्भ भएको आजको फाइनल खेलमा सिक्किमका गर्जमान गुरूङ. पूर्व विधायक गौलन लेप्चा, लोपसाङ लामा छत्रे सुब्बा, स्व. पेम दोर्जेका दाजु रिञ्जी दोर्जी, आदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए|
CID starts probe into Kishan death - Move follows cries of foul play
KINSUK BASU, TT, Calcutta, Nov. 26: The CID today initiated a probe into the circumstances leading to the death of Maoist leader Kishan in West Midnapore’s Burishole forest on Thursday, the move by the government prompted by allegations by rights organisations that he may have been killed in a fake encounter.
“In keeping with the guidelines of the National Human Rights Commission (NHRC), the CID has been asked to probe the incident within 48 hours of the death. Our officers will find out what actually happened in Burishole forest and what were the circumstances that prompted security forces to fire,” a senior CID officer said.
“We will look into all possible angles and come up with a comprehensive report. Although there is no deadline, we want to submit the report to the government as early as possible,” he said.
A revised NHRC guideline issued in 2003 states that apart from filing an FIR under appropriate sections of the IPC, a magisterial inquiry must be conducted in cases of deaths that occur in the course of police action. The next of kin of the dead must be involved in the inquiry.
A team from the CID’s Special Operation Group visited the spot where Kishan’s body was found following the encounter with the joint forces and collected samples of bloodstains on the ground. “The spot has been cordoned off. We have also collected spent cartridges from the spot. If required, the firearms found at the encounter spot will be sent for a forensic test. We will visit the villages near the forest and speak to the residents,” the officer said.
Several human rights groups, including the APDR, and Maoist sympathisers such as poet Varavara Rao have said they suspect Kishan was killed in a fake encounter. They have claimed that the Maoist leader was captured by the police elsewhere, taken to the forest and killed “in cold blood”.
Rao today said he did not believe “at all” that Kishan was killed in an encounter with the police. Yesterday, he had met home secretary G.D. Gautama and requested that the government conduct an “impartial probe” into the circumstances under which Kishan died. After identifying the Maoist leader’s body at Midnapore Medical College Hospital today, Rao said it was “clear” that Kishan had been “brutally tortured” before being shot dead.
Asked about the government’s move to start a probe by the CID into the death, APDR secretary and the head of the team of interlocutors appointed to facilitate peace talks with the Maoists, Sujato Bhadra, said: “By ordering the probe, the government is implicitly admitting that there is something more than what meets the eye. There are several unanswered questions regarding Kishan’s death.”
Rangta Munshi, the assistant secretary of the APDR, said: “We have serious doubts about the police version that Kishan was killed in an encounter.” He said he was “not satisfied” with the decision to ask a state government agency to probe the incident. “APDR members will visit Burishole next week to find out the truth.”
A Writers’ official, however, said that by ordering the probe, the government “wanted to prove that it is transparent”. “We do not want people to have any doubts about what happened to Kishan. The government will get to the bottom of the incident."
Inputs from TT:
Combing operation called off -The joint forces today called off its search operations in Burishole forest, concluding that no Maoist was holed up there.A police officer said the forces would now search the 120 villages that lie on either side of the two roads that lead to Jharkhand from Burishole. While one route is via Jamboni, the other is via Belpahari.
“We believe that guerrilla leader Suchitra and the four other Maoists who were with Kishan during the encounter are still in a state of shock after his death. They can’t afford to stay in a place where the security forces are in hot pursuit. They will try to escape to Jharkhand,” the officer said.
Rebel niece refuses help
PRONAB MONDAL, TT, Midnapore, Nov. 26: Kishan’s niece Deepika and poet Varavara Rao today identified the body of the Maoist killed in Thursday’s encounter as that of Kishan but refused to accept any help from the state government to take the body back to Hyderabad.
Rao and Deepika, who is referred to as Deepa by her family and close acquaintances, refused to use the ambulance arranged by police to take Kishan’s body from Midnapore Medical College Hospital to Calcutta airport. They hired an ambulance themselves. A police jeep, however, escorted the ambulance. The two bought the flight tickets and left for Hyderabad at 5.58pm.
PTI quoted a police officer in Hyderabad as saying that Kishan’s body was carried in an ambulance with police escort vehicles from Shamshabad Airport to Peddapally, the Maoist leader’s ancestral home. “The last rites will be performed tomorrow,” he said. Members of several rights organisers protested at the airport after the police denied them permission to keep the body for public viewing.
Yesterday, the Bengal government had said it would make all arrangements to fly Kishan’s body to Hyderabad.
The additional director-general of police (law and order), Surajit Kar Purakayastha, said: “We ensured that there was no delay in either handing over the body to Kishan’s family or in carrying out the post-mortem.”
Deepika, 36, said she had last seen her uncle in 1985. “I was four years old then. I was told that he looked like my grandfather and I found similarities between the two,” she said. Rao, who knew Kishan well, also identified the body.
After the confirmation, the post-mortem was done under the supervision of three doctors and one executive magistrate. The police arranged for a plywood coffin and the body was handed over to Deepika and Rao around 1.15 pm.
He and Deepika alleged Kishan had been killed in a fake encounter. “The injury marks on his face, chest and legs prove that he had been brutally tortured. His jaw was smashed with the butts of rifles. He was slashed and stabbed with bayonets. There are cut marks all over his body. His legs have burn injuries,” Rao said.
Deepika lodged a complaint with the Bengal police alleging that Kishan had been killed in cold blood.
While the coffin was being carried to the ambulance, Deepika, Rao and some human rights activists who came from Andhra Pradesh last night shouted slogans such as “Kishanji amar rahe”. Local Trinamul supporters who had gathered at the hospital started protesting.
Mamata remains silent on fake encounter
HT, Kolkata, November 26, 2011, Top Maoist leader Kishenji's body was flown to Hyderabad on Saturday by a private airlines' cargo plane even as allegations of a staged encounter continued to gain strength. The body identified by the Kishenji's niece Deepa Rao will be taken by relatives to his house at Peddapalli in
Karimnagar district of Andhra where his octogenarian mother lives.
The number three in the outlawed CPI(Maoist), was killed in a gun battle in the dense Burisole forests in West Bengal's Purulia district on Thursday.
The 'fake encounter' chorus grew on Saturday after the police failed to show a second body or another arrest despite claiming that they had spotted Kishenji with fellow rebels in the forest on Tuesday. Swami Agnivesh too joined the "fake encounter" chorus and demanded an enquiry into the killing.
Some senior doctors of Jhargram sub-divisional hospital told HT that they had refused to conduct the postmortem because of lack of qualified doctors.
"The district police administration created pressure on us. But we do no have any diploma or degree holders in forensics," said one of the doctors.
These very doctors, however, had performed postmortems of several Maoist leaders including Sasadhar Mahato and Lalmohan Tudu.
Kishenji's body was later taken to the Midnapore Medical College. The doctors there who conducted the postmortem said Kishenji had sustained more than 25 bullet injuries in different parts of his body. But they refused to confirm the distance from which the Maoist leader was shot.
"We have removed six bullets from the body. His lower jaw has been blown away. His stomach, liver, kidney and other organs will be sent to the state forensic laboratory for viscera test," said Dr Somnath Das who along with two other colleagues conducted the postmortem.
Meanwhile, chief minister Mamata Banerjee continued to maintain a stoic silence on the issue.
Mediapersons waiting for a reaction after her return from New Delhi on Friday had to return empty handed.
"In fact, her position has sullied the success of the security forces. With no congratulatory message from the chief minister, the only solace was the visit by the director general of CRPF," said a senior bureaucrat.



Kishanji's Murder: Judicial Enquiry Demanded
Countercurrents.org, 25 November, 2011: The killing of Kishanji alias Mallojula Koteswara Rao, Politburo Member of CPI (Maoist) in Burishol forest area, Paschim Midnapore District, Jangalmahal, West Bengal on 24 November 2011 during an encounter with police is strongly condemned by B D Sharma & G N Saibaba. Sharma is Former National Commissioner for Scheduled Castes and Tribes and Saibaba is Deputy Secretary of Revolutionary Democratic Front (RDF). In a press statement they have regarded it as the cold-blooded murder and planned assassination. It further says that at the time of this murder Kishanji was dealing with the process of peace talks through the interlocutors appointed by the Chief Minister of West Bengal Ms. Mamata Banerjee and it calls that such a heinous crime should be condemned by all justice loving people.
According to CPI (Maoist) statement issued to the media on today, Kishanji was arrested and tortured and then brutally killed. This murder looks much similar to that of Azad’s in July 2010, when Azad was brutally tortured and killed while he was dealing with the Union Government’s offer of peace talks through union Home Ministry appointed interlocutor.
In these circumstances, the Joint Forces’ story of a fierce gun battle in Burishol forest of Paschim Midnapore district comes out to be a concocted one. It is significant that the mother of Kishanji, Ms. Madhuramma while maintaining it is a fake encounter has also demanded a judicial enquiry. Under the circumstances, it has demanded that the fake encounter killing of Kishanji should be investigated by a Judicial Enquiry Committee of a sitting or retired judge of Supreme Court. It also demands that immediately a case of Murder be registered against the police, and paramilitary personnel who have claimed to have killed Koteswara Rao alias Kishanji, Politburo member, CPI (Maoist) in Burishol Forest area, Paschim Midnapore District, Jangalmahal, West Bengal taken place on 24-11-2011.
All those who are the suspects and involved in this coldblooded murder should temporarily be removed from the office till the Judicial Enquiry is completed, it demanded.Kishanji’s body should be airlifted to Hyderabad and handed over to his mother after proper post-mortem being conducted by the designated team of doctors and forensic experts not below the rank of civil surgeons and Kishanji’s body should be preserved with appropriate embalming, it further demands
Kishenji: An Indian Patriot And Hero For All Times
Trevor Selvam, Countercurrents.org, 25 November, 2011: Kishenji, the Maoist guerilla commander who was killed two days ago by the Joint Forces of the West Bengal Police Force and the Counter Insurgency Force deployed by Mamata Banerjee, organized the working poor of India’s tribal and Adivasi belt for thirty four years. He was there in the mountains, the villages, the forests of India, building mass organizations, organizing village defense forces, setting up a peoples’ militia and then the rudiments of a liberation army amongst the peasantry of that region. Kishenji, an engineering graduate and longtime communist activist, survived with the support of the local villagers and was able to build the Maoist organization by leaps and bounds, for the past decade. The world needs to know about this man.
The former rulers of Bengal, the CPI(“Marxists”) did not like Kishenji and made every attempt to eliminate him. They came very close to doing so, but each time he was able to evade the security forces. The State Forces of India led by Mr. PC Chidambaran had tried everything in their capacity to murder him, under one pretext or the other. The entire mass media of India, never stopped referring to him as a “terrorist.” Mamata Banerjee, smug as she sounds these days and deliberately provocative, lied and spoke through both sides of her mouth, when she asked for a judicial inquiry into the killing of Azad, the Politburo member of the Maoists. (Azad was arrested by India’s security forces in Nagpur and then taken into the forests of Andhra and shot dead in an “encounter.” The Indian Police Forces have earned worldwide infamy for the way they blatantly lie and kill militants in cold blood after arresting them.) Mamata Banerjee even insisted on the withdrawal of the Joint Forces from Jungle Mahal, in her election Manifesto. Then she went back on her word after she was elected. If there was ever a two timing liar in Bengal politics, Mamata Banerjee wins the award, hands down. Surrounded by a flock of sycophantic grease balls, Mamata Banerjee has exposed her hollow pronouncements about “bringing back democracy” to Bengal, within a short span of six months, by unleashing the Joint Forces on the Maoists and the people of Jungle Mahal.
From organizing the Lalgarh movement alongside his comrades in various mass movements and developing a tremendous savvy with the media, Kishenji was a stalwart Indian revolutionary, who dedicated his entire life to “serving the people.” He was responsible with his comrades, to set up the rudiments of peoples’ court, rural schooling systems, irrigation ditches, mobile hospitals and dispensaries.
Now, he did not have a fierce and handsome visage like Che Guevara, who fought only about fifteen to eighteen years in the jungles of Cuba, Angola and Bolivia, with relatively sophisticated arms including armored carriers and battle tanks at some point. Kishenji’s pictures are sparse, always with his head covered by a shawl to conceal his identity. He will never be known as widely as Che—but here was an Indian hero who fought till the end for his people, AK-47 by his side. He was neither a romantic, nor a demagogue. He simply was a mature revolutionary who needs to be remembered.
In this world, chock full of theories of change, ideological confusion, flawed movements and asinine sanctification of non-violence, (while structural violence is left ignored), Kishenji was a warrior for peace.
आन्दोलनको निम्ति आन्दोलन ?
मनोज बोगटी, कालेबुङ, कालिमन्युज, २५ नोभेम्बर| पहाडका राजनैतिक दल अनि ती दलका भातृ सङ्गठनहरूलाई छुट्टैराज्यको आन्दोलन समय कटनीको खेल भइरहेको छ| एउटा सङ्घ निस्कियो अनि घोषणा गर्‍यो आन्दोलनको, मानौं ती दलहरूलाई आन्दोलन भनेको कुनै उत्सव हो| अहिलेसम्म पहाडमा भएको पारम्पिरक आन्दोलनको आजको अन्तिम निचोड भनेको जीटीए हो| यस अघि भएको आन्दोलनको निचोड दागोपाप थियो|
आन्दोलन अवधीका घटनाक्रमहरू हुन् हत्या,तोड फोड र निर्वासन| सबैभन्दा प्रमुख कुरा हो पहाडको आर्थिक, शैक्षिक अनि सामाजिक क्षेत्रमा पुर्‍याइएको असर| खॉंचोको आवस्यकता निर्माण गर्‍यो अनि आन्दोलनलाई विकासमा रुपान्तर गर्‍यो| यसको प्रमुख कारण हो मुद्दालाई सम्बोधन गर्न नसक्नु| आन्दोलनको अर्थलाई दलीय फाइदामा लिनु| सुवास घिसिङले स्पष्ट भनेका थिए, अहिले राज्य र केन्द्रमा छुट्टैराज्यको परिस्थिति छैन| त्यो परिस्थिति नबनिञ्जेल कुनै व्यस्थामा सम्झौता गर्नै पर्छ| पहिलो दागोपापमा गरिएको थियो अब छैटौं अनुसूचीमा गर्नुपर्छ| तर दुवै नै छुट्टै राज्यसम्म पुग्ने खुड्किलो नै हो| तर तिनको कुरालाई कसैले पनि स्वीकार गरेनन्| किन भने जनता कुनै व्यवस्था होइन छुट्टै राज्य चहान्थे| 
घिसिङले ढॉंटे, जनतालाई झुक्काए भनेर नै तिनी अनि तिनको दललाई धराशयी गर्दै गोर्खा जनमुक्ति मोर्चाको गठन गरियो| यस दलको एउटै लक्ष्य थियो गोर्खाल्याण्ड| अहिले यस दलले छुट्टैराज्यको आन्दोलन गर्न नसकेपछि युवा मोर्चालाई अघि लगाउन बाध्य बनिरहेको छ| गोर्खा जनमुक्ति मोर्चाले जीटीए नै गठन गर्ने हो कि जीएटीए त्यो नै स्पष्ट छैन अहिले अनेकौं राजनैतिक विचलन देखाइसकेपछि फेरि युवा मोर्चालाई अघि लगाएर गर्ने भनिएको आन्दोलन अहिले फेरि अर्को विवाद लिएर खडा भएको छ| युवा मोर्चाले दुइथरी आलोचनाको शिकार हुनुपरेको छ|
एउटा थरीले युवा मोर्चाको आन्दोलन सही भनिरहेको छ भने अर्तो थरीले यसमा पनि षडयन्त्र नै देखि रहेको छ| केन्द्रिय समितिले जीटीएमा हस्ताक्षर गरेको कारण छुट्टैराज्य भन्न नसक्ने वाध्यता छ तर युवा मोर्चालाई त्यो वाध्यता छैन| तर युवा मोर्चाले विमल गुरूङकै र्दिेशनमा आन्दोलन गर्ने भनेकोले विमल गुरूङ केन्द्रिय समितिमा पर्दैन कि भन्ने देखिन्छ| कालेबुङमा विमल गुरूङले भनेका थिए, हस्ताक्षर मैले गरेको होइन, रोशन गिरीले गरेका हुन्| अप्ठ्यारो परे तिनी नै पर्छन्| एउटा दलको अध्यक्षको यो गैरजिम्मेवारी मन्तव्यले के स्पष्ट पार्छ भने मोर्चाभित्र नै जीटीएलाई लिएर स्पष्ट अडान छैन| घरिघरि विमल गुरूङले 'व्यर्थैमा' जीटीए थापेछु भन्छन्| तिनले भनेको जस्तो कुरा नदिए आन्दोलन गर्ने पनि बताउँछन् तर सँगसँगै जीटीएबाट नै गोर्खाल्याण्ड पुगने पनि बताउँछन्| मोर्चाका स्टडी फोरमका प्रतिनिधिहरूमा मुख्य एलबी परियार र डा.हर्कबहादुर छेत्रीले राज्य सरकार छुट्टैराज्यको निम्ति तयार नभएकोले नै जीटीएलाई उत्तम व्यवस्था मानिएको बताइसकेका छन्| पहाडमा घरिघरि देखापर्ने यो राजनैतिक अस्थिरता अनि मुद्दालाई अघि लगाएर खेलिने दलीय फाइदाका खेलले जुन परिणति ल्याउँदै छ, त्यसको शिकार भने जनता नै भइरहेका छन्|
छुट्टैराज्यको आन्दोलन गर्नेहरूले कुनै 'होमवर्क' नगरि आन्दोलनको घोषणा गर्नुको अर्थ फेरि पहाडमा जुलूसबाजी, धर्ना, अनशन, जीएल नम्बर, तोडफोड, हत्या अनि असहयोग आन्दोलनलाई नै संकेत गरेको हो  कि? वास्तवमा छुट्टैराज्यको आन्दोलन पहाडका सबै दल, सङ्घ संस्थाहरूले सामुहिकरुपले गर्नु पर्ने हो तर एउटा दलले पनि नभएर त्यो दलको एउटा सानो अङ्गले छुट्टैराज्यको आन्दोलन गर्छु भन्नुले छुट्टैराज्यलाई मोर्चाले साह्रै  हलुको पाराले लिएको देखिन्छ| आलोचकहरूले युवा मोर्चाले आन्दोलनको निम्ति मात्र आन्दोलन गरिरहेको हो ? भन्ने प्रश्‍नहरू उटाइरहेका छन्| जीटीएको सम्झौता खारेज गरेर मोर्चा फेरि छुट्टैराज्यको निम्ति अघि आए फेरि पनि सबैले मोर्चालाई सहयोग गर्ने नै भइरहेकको छ तर मोर्चाले जीटीएको सम्झौता खोरेज गरेर के आन्दोलनमा अघि आउँछ त? अहिलेसम्म मोर्चाले कसैलाई यसबारे विश्‍वस्त गराउन सकेको छैन| आलोचकहरूले मोर्चाको युवा मोर्चाको आन्दोलनको परिँति पनि शीघ्र नै जनताले देख्न पाउने अनि मोर्चाले जनताबाट छुट्टैराज्यको सवालमा  विश्वास गुमाउने हो कि भन्ने शंका पनि गर्न थालेको छ|

No comments:

Post a Comment