To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Friday, October 21, 2011

सन्तोषले आजपनि पाएनन्‌ जमानत ‘म ईश्वरको पार्टी गर्छु’...नगरको मैला सबैलाई भालूको कन्पट...Tourist injured..Patient died in ambulance accident

सन्तोषले आजपनि पाएनन्‌ जमानत ‘म ईश्वरको पार्टी गर्छु’
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 21 अक्टोबर।कालेबुङ स्टोभ बम विस्फोट काण्डमा पक्रा परेका जीएलओ प्रमुख छत्रे सुब्बाको छोरा सन्तोष सुब्बाले आज पनि जमानत पाएनन्‌। तिनलाई आज फेरि एकचोटि न्यायलयमा उभ्याइयो। तिनले जमानतको निम्ति अपिल गरेको भएपनि न्यायधिशले तिनको जमानत अस्वीकार गरिदिए। तिनलाई फेरि 15 दिनको न्यायिक हिरासतमा पठाइएको छ। 4 नोभेम्बरको दिन फेरि तिनलाई न्यायलयमा उभ्याइने छ।
26 जुलाइको विहान मोटर स्ट्याण्डमा राखिएको उत्तर बङ्गाल परिवहन निगमको बसमा विस्फोट भएको लगत्तैपछि सार्वभौम राष्ट्रको माग गर्ने यूएलए नामक भूमिगत भनिने सङ्गठनका प्रमुख एम. थगिमले घटनाको जिम्मेवारी लिएको थियो। यसको लगत्तैपछि 29 जुलाइको दिन पुलिसले सन्तोषलाई रेलिरोडस्थिति तिनको गिर्जा अघिबाट नै पक्राउ गरेको थियो। पक्रा परेको तीन महिना पुग्नलाग्दा पनि तिनको न त दोष नै प्रमाणित भइसकेको छ न त तिनले जमानत नै पाउन सकेका छन्‌। कयौंचोटी न्यायलयमा उभ्याएपनि तिनीविरूद्ध दुइवटा गैरजमानती मुद्दा रहेकोले तिनलाई अहिलेसम्म जमानत नदिइएको तिनको पक्षमा मुद्दा लडिरहेका अधिवक्ताको भनाइ छ। 

घटनाको जिम्मेवारी लिने एम. थेगिमको रहस्य अझसम्म रहस्य नै बनेको छ। आज सन्तोष सुब्बाले मीडियालाई सम्बोधन गर्दै स्पष्ट भाषामा भने, मलाई षडयन्त्र गरेर फँसिाएको छ। को हुन्‌ थेगिम, म चिन्दिन।  किन मलाई थेगिमसित जोडिरहेका छन्‌, त्यो पनि म जान्दिन। म निर्दोष छु, यति मलाई थाहा छ। तिनले आफू कुनै पनि राजनैतिक सङ्गठनमा नरहेको बताउँदै भने, मलाई राजनैतिक पार्टी खोल्यो भनेर दोष लगाइएको पनि मीडियाबाट नै थाहा पाएँ। राजनीति गर्ने भएदेखि म उहिल्यैदेखि गर्ने थिएँ। म कुनै राजनैतिक पार्टी गर्दिन गर्छु भने ईश्वरको पार्टी मात्र गर्छु। सन्तोष सुब्बा पक्रा पर्दा रेली रोडको गिर्जा अघि थिए। तिनी गिर्जा सकेर वाहनमा थिए।
त्यसैबेला तिनलाई पुलिसले पक्राउ गर्‍यो। आज पनि तिनले तिनको परमेश्वरमाथि नै विश्वास रहेको बताउँदै भने, ई़श्वरले देखिरहेका छन्‌ म निर्दोष छु। तिनलाई तिनीमाथि चलिरहेको कानूनी प्रक्रियालाई हेर्दा न्याय हुने कतिको आशा लागेको छ भन्ने प्रश्न गर्दा पनि भने, परमेश्वरको भरोषामा छु। जे गर्नेछन्‌, उनैले गर्नेछन्‌। स्मरणीय छ,बाबु छत्रेको रिहाइ हुनअघि नै पक्रा परेका सन्तोषलाई प्रशासनले न्यायलयमा उभ्याउँदै फेरि हिरासतमा पठाउँदै समय काट्‌ने काम गरिहेको छ।
जसरी घिसिङ हमलाकाण्डमा पक्रा परेका छत्रेलाई 11 वर्षसम्म त्यसरी नै जेलमा सडाइयो। छत्र सुब्बालाई 11 वर्षसम्म सडाएपछि अन्तमा कुनै दोषको प्रमाण नपाएको भन्दै मुक्त गर्ने कार्य बङ्गालको न्यायपालिकाले गरेको थियो। यसै बङ्गालको न्यायपालिकादेखि वाक्क दिक्क बनेका छत्र सुब्बाले छोराको पक्राउ अनि तिनीमाथि चलिरहेको कानून प्रक्रिया सम्बन्धमा भनेका थिए, यदि छत्रेको छोराले दोष गरेको छ भने सजाय पनि पाउनुपर्छ तर यदि दोष छैन र पनि जेलमा नै सडाएर राख्न खोज्छ भने छत्रेले सहने छैन।
11 वर्षसम्म जेलमा सडेर दोषमुक्त भएका छत्रेको रिहाइअघि नै स्टोभ बम विस्फोटकाण्डमा छोरा सन्तोष पक्राउ गर्नु गोर्खाल्याण्डका कट्टर पक्षधर छत्रेले फेरि जेलमुक्त भएर कुनै क्रियाकलाप गर्छन्‌ भनरे नै सन्तोषलाई मुंग्रो झण्डाइको हुनसक्ने राजनैतिक पर्यवेक्षकहरू ठान्छन्‌। त्यसै सोझै आँखाले हेर्दा पनि छत्रको रिहाइअधि नै  छोराको पक्राउ हुनु शंकास्पद नै देखिन्छ।  अहिले जेलमुक्त भएपछि आराम गर्नचाहन्छु भन्ने छत्रेले फेरि छुट्टै राज्यको निम्ति कुनै क्रियाकलाप गरे आफूलाई जस्तै छोरा सन्तोषलाई पनि प्रशासनले कुनै प्रमाणबिना पनि सडाएर राख्नसक्छ भन्ने भय हुनैसक्छ। छत्र त्यसै घरै त बस्न सक्दैनन्‌ भन्ने ठान्छन्‌ राजनैतिक सचेतकहरू। त्यसैले पनि सन्तोषलाई पक्राउ गरेर छत्रेको निम्ति  मुंग्रो झण्डाएदिएको हुनैसक्छ भन्ने अनुमान राजनैतिक पर्यवेक्षकहरू गर्छन्‌। मुंग्रो झुण्डाइएकै हो भने पनि जतिदिनसम्म सन्तोष जेलमा रहन्छन्‌ तबसम्म छत्रेको मौनता रहिरहन्छ त? यही प्रश्न अहिलेको उठिरहेको छ।
नगरको मैला सबैलाई भालूको कन्पट
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 21 अक्टोबर। दिनभरिमा नगरमा थुप्रिने 35 मेट्रिक टन मैला कहॉं फ्यॉंक्नु? यो प्रश्नको जवाब अहिले न त नगरपालिकासित छ, न त विधायकसित छ, न त नगरवासीसित छ। कसैसित उत्तर नै नभएको यही प्रश्न बोकेर आज उभिएका थिए कालेबुङ नगरपालिकाका कार्यवाहक प्रशासक एलएन शेर्पा। तिनीसित केवल एउटै विकल्प थियो-पुरानै डम्पिङ ग्राउण्डमा अस्थायी मैला फ्यॉंक्न पाए अस्थायी समाधान ठामठिम हुन्छ। तर तिनको यही विकल्पबाट नै शुरू भयो विवाद।
आज नगरपालिका कार्यवाहक प्रशासकले यसवर्षसम्म पनि तोकिएको समयभित्र दलमान गाउँमा बनिँदै गरेको डम्पिङ ग्राउण्ड तयार नहुने भएपछि नगरमा थुप्रिरहेको मैला व्यवस्थापनको सूत्र निकाल्न कालेबुङका विभिन्न राजनैतिक सङ्गठन अनि गैरसरकारी सङ्गठनका प्रतिनिधिहरूलाई बैठकमा बोलाएका थिए। रामकृष्ण रङ्गमञ्चमा सीमित प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको विमर्षबीच आधा भन्दा धेर प्रतिनिधिहरूले कार्यवाहक प्रशासकले देखाएको विकल्पलाई नै उचित मान्दै निष्कर्ष निकाल्ने प्रयास गरिएको थियो। तर जब भालूखोपको पुरानो डम्पिङ ग्राउण्ड मुनीका गाउँनिवासीहरूको सुरक्षाको सवाल आयो तब कार्यवाहक प्रशासक अनि तिनका विकल्पलाई समर्थन गर्ने प्रतिनिधिहरूसित अरु विकल्प रहेन।
यसैबीच क्रामाकपा नेता जेबी राईले सबैलाई उचित विकल्प सुझाए। त्यो थियो भूमिसुधार विभाग अनि बनविभागसित डम्पिङ गर्ने जमीनबारे शीघ्र नै बैठक गर्ने अनि अस्थायी समाधानको सूत्र निकाल्ने। यही नै बैठकको निष्कर्ष बन्यो।

समस्या कसरी उठ्यो?
नगरदेखि केवल एक किलोमिटर पर रहेको ब्रिटिशकालीन डम्पिङ ग्राउण्डमा नगरपालिकाले मैला फ्यॉंक्ने गरेको थियो। यहॉं मैला फ्यॉंकिञ्जेल नगरपालिकालाई कुनै समस्या थिएन। तर जहॉं मैला फ्यॉंकिन्थ्यो त्यहॉंका मानिसहरूलाई भने ब्रिटिशकालीन डम्पिङ ठूलो समस्या बन्दै आएको थियो। नगरपालिकाले भालूखोपमा मैला फ्यॉंक्ने काम मात्र गर्‍यो, तर डम्पिङको मरम्मति, डम्पिङको कारण क्षेत्रवासीलाई हुने समस्या अनि मैलाबाट निस्कने दुर्गन्धको प्रभाव क्षेत्रवासी र माथिल्तिर रहेको अस्पतालसम्मलाई कस्तो परेको छ भन्ने कुरालाई पत्तै दिइएन। जब 7 सितम्बर 2007 को दिन भालूखोपको ब्रिटिशकालीन डम्पिङको कारण व्यापक पैह्रो गयो, तब डम्पिङ मुनीको गाउँको 28 वटा घरलाई प्रभावित पार्‍यो। घर त भत्कियो नै खेती गरिखाने जमीन पनि पैह्रोले लग्यो। यसै पनि डम्पिङको मैलाबाट आउने दुर्गन्धले क्षेत्रलाई वर्षौंदेखि पिरोल्दै आएको थियो अनि त्यहीमाथि डम्पिङको कारण चलेको पैह्रोले क्षेत्रवासी नै असुरक्षित बनेपछि कालेबुङ कृषक कल्याण सङ्गठनको पहलमा 2 अक्टोबरदेखि नगरपालिकालाई मैला फ्यॉंक्न निषेध गर्दै आन्दोलन क्षेत्रवासीले शुरू गर्‍यो। 
मैला फ्यॉंक्न नपाएपछि नगरपलिका, महकुमा प्रशासन अनि आन्दोलनकारीबीच त्रिपक्षीय बैठक 5 अक्टोबरको दिन डाकियो, जहॉं आन्दोलनकारीहरूलाई प्रशासनले बैकल्पिक डम्पिङ नबनिञ्जेलको निम्ति 6 महिनाको समय मागेपछि आन्दोलन स्थगित गरियो। तर 6 महिना त के 9 महिना पुग्दासमेत पनि वैकल्पिक डम्पिङ नगरपालिकाले बनाउन नसकेपछि फेरि क्षेत्रवासीले आन्दोलन गरे अनि 4 जुलाई 2008देखि मैला फ्यॉंक्न बन्द भयो। त्यसैबेला महकुमा अधिकारीले पश्चिम बङ्गाल प्रदूषण नियन्त्रण बोर्डले 2 करोड 49 लाख डम्पिङको निम्ति अनुमोदन गरिएको मीडियालाई बताउँदै सोही रकमबाट डम्पिङ बनाइरहेको स्पष्टिकरण नगरवासीलाई दिएका थिए।
खुट्टिए प्रशासनिक दोषहरू
आज महकुमा प्रशासक एलएन शेर्पा( जो नगरपालिका कार्यवाहक प्रशासक पनि हुन्‌)ले त्यसबेलाका महकुमा शासकले पश्चिम बङ्गाल प्रदूषण नियन्त्रण बोर्डले 2 करोड 49 लाख दिएको भनेको कुरा झुट रहेको स्पष्ट पारे। तिनी अनुसार अहिलेको डम्पिङ मोठ 6 करोडको लागतमा बनिरहेको छ, यसमा 2 करोड रुपियॉं खर्च पनि भइसकेको छ तर यत्रो राशि डम्पिङ बनाउनैको निम्ति कतैबाट आएको रुपियॉं होइन। नगरपालिकाकै अन्य योजनाहरूबाट कटौती गरेर डम्पिङ बनाउने कार्य भइरहेको छ। 
जुन ठाउँमा डम्पिङ बनाउने कार्य भइरहेको छ, त्यो क्षेत्र डम्पिङको निम्ति उचित क्षेत्र नरहेको कुरा स्वीकार्दै शेर्पाले अघिल्लो नगरपालिका प्रशासनले कसरी यो क्षेत्र छनौट गरे आफू आश्चर्यमा रहेको पनि बताए। याद राख्नुपर्ने कुरा के छ भने तिनी अघि गोर्खा जनमुक्ति मोर्चाका नेता नोर्देन लामा अनि बिजय सुन्दास नगरपालिकाका अध्यक्ष अनि उपाध्यक्ष थिए। जसले छनौट गरेको डम्पिङ क्षेत्र नितान्तै असुरक्षित रहेको कुरा आजको बैठकमा क्रामाकपा नेता जेबी राईले राखे। तिनले भने, जुन ठाउँ नै पैह्रेनी छ, यस्तो ठाउँमा 6 करोड खर्च गरेर निर्माण गरेको डम्पिङ पैह्रोको शिकार बनेमा समस्या के हुन्छ? तिनको सुझाव अनुसार भोलिको आपत थाहा पाउँदा पाउँदै करोडौ रुपियॉं खर्च गर्नु उचित होइन बरू अन्य सुरक्षित क्षेत्रमा नै डम्पिङ बनाउनु भविष्यको निम्ति उचित हुनेछ। 
बैठकमा कार्यवाहक प्रशासक होस्‌, कि विधायक, पूर्व नगरपालिका सञ्चालकहरू होस्‌ कि पार्टीका नेताहरू, मीडियाका प्रतिनिधिहरू होस्‌ कि गैरसरकारी सङ्गठनका प्रतिनिधिहरू सबैले के चाल पाए भने एलएन शेर्पा कार्यवाहक हुन अघि जसले पनि नगरपालिका सञ्चालन गरे उनीहरूले नै हजारौ प्रशासनिक असुविधाहरूको उपार्जन गरेका हुन्‌, जसलाई कताबाट सच्याउनु पर्ने हो एलएन शेर्पाले भेउ नै पाएका छैनन्‌। तिनले बारम्बार नै भने, डम्पिङको समस्या नगरपालिकाको होइन। नगरवासीको हो। समस्या देखाएर मात्र हुँदैन, समाधानको बाटो पनि देखाउनु पर्‍यो। तिनले टिस्टा नदीको नाम नलिई आफूहरू त्यहॉं मैला फ्यॉंक्न बाध्य बनेको पनि बताइरहेका थिए। तिनले त्यसैबीच पत्रकारहरूलाई तोकेर टिस्टामा नगरको मैला फ्यॉंकेको समाचार छापिदिएको गुनासो पनि गरे। तिनी अनुसार पत्रकारहरूले नगरपालिकाको बाध्यतालाई नबुझी टिस्टामा कालेबुङ नगरको मैला फ्यॉंकेको समाचार छाप्नु कालेबुङ नगर कै बद्नाम गराउनु हो। यसको जवाब क्रामाकपा नेता जेबी राईसित थियो।
टिस्टामा मैला फ्यॉंकेको कुरा राष्ट्रिय मीडियामा जानुपर्छ
बैठकमा सबैलाई जेबी राईले भने, पत्रकारहरूले टिस्टामा मैला फ्यॉंकेको समाचार छाप्दा मनदुख गर्नु अनुचित विचार हो। बरू टिस्टामा नगरपालिकाले मैला फ्यॉंक्न परेको समाचार राष्ट्रिय मीडियाले लेख्नुपर्छ। यसो भएमा मात्र राज्य सरकार अनि केन्द्रले कालेबुङको नगरपालिकाको बाध्यता बुझ्नसक्छ अनि यसको निम्ति योजना आवन्टन गर्न सक्छ। मैला बडारेर कार्पेटमुनी लुकाउनु हुँदैन। यता भालूखोपमा मैला फ्यॉंक्न बन्द भएपछि अनेक ठाउँतिर मैला पुर्‍याएर थाकेको नगरपालिकाले अन्तमा अहिले टिस्टामा नै नगरको मैला फ्यॉंकिरहेको छ। टिस्टामा मैला फ्यॉंक्न नगरपालिका प्रशासन चहॉंदैन। तर नगरपालिकासित कुनै विकल्प पनि छैन। अन्तमा असाहय बनेपछि आज नगरको मैला कहॉं व्यवस्थापन गर्नुपर्ने हो भन्ने कुरामा सुझाव माग्न नै नगरप्रशासनले आजको बैठक बोलाएको थियो। टिस्टामा मैला फ्यॉंकिरहेको कुरा मीडियाले लेख्न थालेपछि नगर प्रशासनलाई अप्ठ्यारो बढ्यो। 
कानूनीरुपमा टिस्टामा नगरपालिकाले मैला फ्यॉंक्न उचित होइन। यो कुरा नगरपालिकालाई पनि थाहा छ तर उसो भए मैला कहॉं फ्यॉंक्नु त? आज नगरपालिका प्रशासकले यही प्रश्न बारम्बार दोहोर्‍याए। जसको जवाब ठीकसित कसैसित थिएन। शेर्पा अनुसार नगरपालिकासित नगरको मैला फ्यॉंक्नको निम्ति कहीँ पनि ठाउँ नै छैन। यसको एउटैमात्र उपाय छ कि डम्पिङ नबनिञ्जेलसम्म भालूखोपको पुरानै डम्पिङमा अस्थायीरुपले मैला फ्यॉंकिनुपर्छ।
पुरानै डम्पिङमा विरोध
पुरानै डम्पिङमा मैला फ्यॉंक्नुका धेरैवटा कारणहरू शेर्पाले देखाए किन भने नगरपालिकासित ठाउँ नै छैन। जतै मैला लगे पनि त्यतै विरोध हुन्छ। धेरैले धेरैप्रकारका सुझाव राखे पनि कुनै पनि सुझाव अस्थायी समाधानकोरूपमा उपयुक्त रहेन। नगरपालिकासित धेरैवटा खाली ठाउँहरू छन्‌, तर त्यो जमीन हडपेर मानिसहरू बसेका छन्‌। जसलाई उठाउन नगरप्रशासन असक्षम छ। त्यहॉं मैला लगे विरोध हुन्छ। अरू जम्मैतिर मैला लॉंदा विरोध हुने जनाउँदै फेरि बैठकमा धेरैले पुरानै डम्पिङमा मैला फ्यॉंक्न नगरपालिका प्रशासकलाई सुझाइरहेका थिए। सुझाउनेहरूमा माकपा नेता तारा सुन्दास, दुःख निवारक सम्मेलनका अध्यक्ष उदय कुमाई, सचिव आरएल त्रिखत्री, क्रामाकपा नेता जेबी राई अनि कालेबुङका अध्यक्ष डा.हर्कबहादुर छेत्री तथा अन्य। उनीहरुले भालूखोपमा मैला डम्पिङ गर्ने त भनिरहेका थिए तर त्यहॉं हुने विरोधलाई भने आँखा ओझल गरिरहेका थिए। 
अन्यत्र मैला फ्यॉंक्दा विरोध भएकोले मैला फ्यॉंक्न नसक्ने बाध्यता देखाउने प्रशासक होस्‌, कि विधायक अथवा बैठकमा भालूखोपमा मैला फ्यॉंक्नुपर्ने पक्षमा रहेका सङ्घसङ्गठनका प्रतिनिधिहरू उनीहरूले लिइरहेको निर्णयले भालूखोपबासीको विरोधको कल्पना गरिेरहेका थिएनन्‌। किन भने भालूखोपवासीको अथक आन्दोलनपछि नै डम्पिङ गर्न निषेध गर्न सक्षम बनेका थिए। त्यहॉंदेखि नै क्षेत्रवासीले शान्तिको सास फेरिरहेका छन्‌। कालेबुङ कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीले भालूखोपको डम्पिङ मुनी पर्चापट्टाधारी जनवास रहेको अनि त्यहॉं डम्पिङ गरेर जुन पैह्रोको आपत खप्न परिरेका थिए अहिले त्यहीँ मैला फ्यॉंक्न उनीहरूको हीतमा नहुने कुरा सबैलाई छर्लङ्ग पारेपछि अन्तमा सबैले देखेको भालूखोपमा मैला फ्यॉंक्ने कुरामा सहमति बन्न सकेन।
विकल्प बनविभाग
समस्या चर्किएपछि अनि कुनै पनि उपाय नरहेपछि कालेबुङ नगरपालिकाले भूमिसुधार विभाग अनि बनविभागसित यस सम्बन्धमा कुरा गर्ने एलएन शेर्पाले जनाए। यता विधायक डा.हर्कबहादुर छेत्रीले यस सम्बन्धमा बन मन्त्रीसमेतमा कुरा राख्ने उपाय निकाले। तिनले भने, हामीले बनविभागलाई धेरै कुरामा सहयोग गरेका छौं, एकपल्ट उनीहरूलाई पनि यो समस्याको समाधान निकाल्न सहयोग मागौं। यसको निम्ति नगरपालिका प्रशासक एलएन शेर्पाले शीघ्र नै बनविभाग, भमिसुधार विभाग अनि राजनैतिक, गैरसरकारी सङ्गठनका प्रतिनिधिहरूलाई लिएर बैठक गर्ने निर्णय लिए। तबसम्मको निम्ति मैला भने टिस्टामा नै फ्यॉंकिने भयो।
मैलाको समाधान खोई ? बैठकले निकाल्न सकेन ठोस निष्कर्ष
डी के वाइबा, कालिमन्युज, कालेबुङ २१ अक्टोबर : कालेबुङको डम्पिङ समस्या कहिले स्थायी समाधान हुने हुन् त्यो सहज भन्न नसकेता पनि डम्पिङ बिषयलाई लिएर नगरपलीका प्रशासन एंव महकुमा अधिकारी एल एन शेर्पाले डाकेको बैठकले भने कुनै निष्कर्ष निकाल्न सकेन। यहाँको रामकृष्ण रंगमञ्चमा आज डम्पिङको समस्यालई लिएर तिनले बिभिन्न राजनैतिक,गैरराजनैतिक, प्रशासनिक तथा बिभिन्न बिद्यालयका शिक्षकहरुलाई लिएर एउटा बैठक डाकेका थिए। बैठकमा शहरलाई कसरी सफा र सुन्दर राख्न सकिन्छ भन्ने बिषयमा एउटा वृत चित्र पनि प्रदर्शनी गरियो। हालमा कालेबुङमा डम्पिङको सम्स्यालाई स्थायी समाधान गर्नको निम्ति नगरपालीकाले के कस्तो पहल गरिरहेको छ त्यसबारेमा नगरपालीकाका स्वास्थ्य अधीकारी डा एस डी जिम्बालाई अवगत गराए। यसका साथै हाल यहाँको दलमान गाउँ स्थित निर्मान भईरहेको डम्पिङ ग्राउण्डको के कति कार्य भइसक्यो भन्ने बारेमा नगरपालीका प्रशासक एल एन शेर्पाले अवगतत गराए।
मानिसहरुले डम्पिङको समस्या स्थायी समाधान गर्न नगर प्रशासनले कार्य नगरेको भन्ने आरोप लागाई रहेको कुराको खण्डन गर्दै शेर्पाले सलिड वेस्ट मेनेजमेन्टको कार्य योजना अनुरुप निर्माण भईरहेको डम्पिङ ग्राउणडबारे बिस्तृत बताए। मानिसहरुले प्रशासनले कार्य गरेन भन्ने आरोप लगाउन अघि के कति कार्य भयो भन्ने बारेमा जानकारी लिनु आवश्यक रहेको पनि बताए। एकातिर डम्पिङको समस्यालई समाधान गर्न नगर प्रशासन लागिपरेको भएता पनि केहिदिन अघि आएको भुँचालोको कारण निर्माणाधीन डम्पिङ क्षेत्रमा पुग्ने बाटो पैह्रोले भत्किएर कार्यमा विलम्ब हुन पुगेको पनि तिनले बताए। एकातिर पैह्रोको कारण कार्यमा बाधा उत्पन्न भएको छ भने हाल टिस्टामा कालेबुङ शहरको मैला फ्याक्न नपाउने मानिसहरुले माग गरेको छ। टिस्टामा मैला फ्याक्नाले क्षेत्रमा वातावरण प्रदुशित बनेको कारण क्षेत्रबासीले अबोप्रन्त मैला फ्याँक्न नदिने भएको छ भने अर्को तिर बैक्लपिक ब्यवस्था नहुँदा नगर प्रशासनलाई मैलाको समस्या घाँटीमा अड्को हड्डीनै बन्न पुगेको छ।
टिस्टबासीले मैला फ्याक्न नदिने भएपछि टाउको दुखाई बडेर नगर प्रशासनले पनि कुनै समाधान निकाल्न सकेको छैन । सोही कारण आज समस्याको बाटो खोज्न बैठक डाकिएको थियो। बैठकामा उपस्थित सबैलाई सम्बोधन गर्दै नगर प्रशासक शेर्पालेमैलाको समस्या नगर प्रशासनको मात्र होइन तर सम्पूर्ण नगरवासीको हो भन्दै यसको समाधान गर्न सम्पूर्ण नगरवासीको कर्तबय हो भनि स्पष्ट पारे। यदि मैलाको समाधान निकाल्न मानिसहरू नै सचेत भएर अघि आउन नसके नगर प्रशासनले शहरबाट मैला उठाउन पनि असमर्थ बन्ने स्पष्ट पारे। तिनले भने एकातिर डम्पिङ ग्राउण्ड तयार हुन समय लाग्छ भने अर्कोतिर टिस्टामा पनि फ्याँक्न सकिन्दैन तब मैला कता फ्याँक्नु भनि सबैलाई सोधे। तिनले यस सम्बन्धमा सबैले मैलाको समस्या समाधान गर्न सबैले सुझाव दिनुपर्ने बताउँदै यदि सबैको सहमति भए पुरानो डम्पिङ क्षेत्रमा मैला फ्याकनु सकिने सकिने बताए। कालेबुङ शहरमा हाल दैनिक ३५ मेट्रिक टन मैला थुप्रिने गरेको बताउँदै हाल निर्माणाधीन डम्पिङ ग्राउण्ड पूर्ण नभएसम्म अस्थायि ठाउँ आवश्यक रहेको बताए। यस सम्बन्धमा सुझाव राख्दै बैठकमा उपस्थित जे बी राईले नगर प्रशासनले बन बिभागका संग बैठक गरेर बन बिभागको कुनै एउटा ठाउँ व्यवस्था गर्न सके असल हुने बताए। तिनले हाल निर्माणाधीन डम्पिङ क्षेत्र सही नभएको बताउँदै बन बिभागसित नगर प्रशासनले सही स्थान हेरेर समझौता गरि आफनो जमिन बनबिभागलाई दिएर उनीहरुको जमीनमा डम्पिङ ग्राउण्ड बनाउन सकिने सुझाव दिए। यस कार्यको निम्ति बिधायक डा हर्कबहादुर छेत्रीले बनमन्त्रलय संग सम्पर्क गरेर कतिपय कागजी प्रक्रिया पुरा गर्न सक्ने सुझाव राखे । यस सम्बन्धमा डा छेत्रीले बन बिभागसित आफुले यथाशिघ्र कुराकानी गर्ने बातए।
अर्को तिर कृषक कल्याण महासंगका सचिव निष्णु छेत्रीले पनि बन बिभागसित जमीनको निम्ति कुराकानी गर्नु आवश्यक रहेको बताए। तिनले भालुखोपको पुरानो डम्पिङ क्षेत्रमा अस्थायी मैला फ्याँक्ने कुराको बिरोध गर्दै सरकारी खुल्ला जमिनमा मैला फ्याँक्नु पर्ने सुझाव राखे। अर्कोतिर यस सम्बन्धमा नगर प्रशासक एल एन शेर्पाले सरकरी जमिन भएता पनि मानिसहरुले अवैद्य रुपले दखल गरेर बसेको कारण उक्त कार्य पनि सहज हुन नसक्ने स्वीकार गरे। शेर्पाले मैलाको समस्या मिडीया आएकोले कालेबूङ शहरकै बदनामी भएको बताउँदै यसलाई मिडीयामा आउनु उचित नरहेको बताए। यस सम्बन्धमा पुर्व नगर अध्यक्ष जे बी राईले मिडीयामा आउनु उचित हो भन्दै मिडीयामा आए मात्र सरकारलाई समेत थाह भएर समाधानको निम्ति पहल गर्ने बताए। बैठकमा उपस्थित मानिसहरुले अनेकौं सुझावहरु राखे पनि बैटकमा कुनै ठोस निष्कर्ष भने निस्कन सकेन। जसको कारण बैठक अर्को चोटि पुन हुने भएको छ।
Tourist injured
Prabin Khaling, KalimNews, GANGTOK, OCTOBER 21: A woman tourist was seriously injured while on her way to trekking towards Singalila on October 20. 50 years old Sheela from Scotland fractured both her legs making her unable to walk while crossing Sikkim Mego, a hilltop 24 kilometers away from ChiwaBhanjyang, the Indo-Nepal border in West Sikkim. “ The local boys are bringing back the group to ChiwaBhanjyang, carrying Sheela as she is completely unable to walk” Luckendra Rasaily, the President of Travels Agents Association of Sikkim ( TAAS) informed Media over phone.
The injured tourist will be airlifted from ChiwaBanjyang in the morning of October 22.
“TejPal Pradhan, the Manager Operation of STDC and one of the members from TAAS will fly for the rescue operation”, Mr. Rasaily added.

Patient died in ambulance accident
KalimNews: A patient returning from Siliguri after undergoing a USG scanning test in a nursing home of Siliguri died during an accident while the ill fated ambulance fell into Ryang river off the road near Rambi. The vehicle was returning with Ram bahadur Rai 67 accompanied by his Son Edward and daughter Albina and two others at about 3 am in the morning while the driver Nitai Das lost control of the vehicle of the nursing home. Of the injured neighbours Kamal gurung and Tashi Bhutia of Pashyor Busty 5th Mile along with late Rai's son and daughter suffered minor injuries.

No comments:

Post a Comment