To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, October 15, 2011

19 injured in gas lamp stove burst...जीटीए संवैधानिक नभएकै कारण राम्रो भएको छ गोर्खाल्याण्डको आन्दोलन अघि बडाउन – भवानी प्रधान....विपक्षीले दिए विधायकलाई ओंठे जवाब राम्रो काम गर्न जनताको प्रतिनिधि हुनुपर्दैन...जनताको मर्म नबुझ्ने प्रतिनिधिलाई के सोध्नु?...स्पष्ट अवधारणासित नै अबको आन्दोलन राष्ट्रीयस्तरमा-श्रेष्ठ...2 करोड 24 लाखको जनजाति विकास योजना शुरू

Prabin Khaling, KalimNews, Pakyong, 15 October: Major fire broke out at sweets shop here at Pakyong Bazaar today afternoon at around 1.05 pm when a three litre LPG gas lamp burst in the shop. 19 people sustained burnt injuries including a child of two and half year old Sherap Gyaltchen and another 13 year old boy Tempo Gyasto Bhutia studying in class six at Puspanjali School. 
All of a sudden, there was a big sound along with fire broke out at the shop informed the eye witnesses. The shop owner Chandrama Prashad who was running the shop for more than 25 years has sustained burnt injuries in his face, hands and legs. Prashad informed that the three liters LPG gas lamp which was kept in the top of the sweets showcase suddenly burst and fire broke into the shop while he was at the counter. At the time of the incident the shop was full of customers taking tea and snacks. 
The fire was extinguished by the people which prohibited the fire to spread. Neighbour shop owners and peoples informed that the sound of explosion was more than the recent earthquake which shook the nearby buildings too.
All the 19 with burnt injuries were rushed to the nearby Primary Health Centre. Medical Officer Incharge of Pakyong PHC Dr. Tashi Peggy Chopell informed that all the burnt casualties were referred to the Central Referral Hospital Manipal Tadong. She informed that  of the injured the condition of Tempo Gyasto Bhutia is serious who has sustained injuries in his head as well as in his body.
A team lead by Sub-Divisional Police Officer Ajay Kumar Rai, Police Incharge of Pakyong Mahendra Subba, SDM Pakyong Mrs. Roshni Rai inspected the spot of accident. A criminal case under section 285, 336, 337 and 338 has been registered against the shopkeeper Chandrama Prashad at Pakyong Police Station, he will be arrested after recovery from his injuries, informed the Police. The LPG gas lamp had a small breakage from where gas leaked and caught the fire. At present the shop has been sealed by the Police.
SDM Pakyong informed that ex-gratia will be given to the injured persons through Natural Calamities fund.
A team comprising of area MLA LM Lepcha, East District SDF Party President JK Bhandari, SDF Party workers BB Subba, Tika Gurung also inspected the place. Area MLA LM Lepcha along with East District SDF Party President JK Bhandari visited Central Referral Hospital Manipal Tadong and met the injured.
The injured are Diwas Pradhan, Sanjay Kumar Paswan, Sherap Gyaltshen, Karma Tshering Bhutia, Purna Bahadur Gurung, Angi Bhutia, Nimchikki Bhutia, Lakki Doma Bhutia, Thakudem Bhutia, Pempa Bhutia, Shahil Namcho, Tempo Gyasto Bhutia, Tularam Sharma, Dilli Ram Sharma, Bijay Kumar Sani, Padam Tamang, Ratan Rai, Suraj Paswan and Chandama Prashad.
GJM Sikkim relief to Kalimpong
KalimNews: A team of GJM Sikkim State Committee visited Budhabaray relief camp in Gitdubling under Kalimpong Subdivision. The team led by Bhavani Pradhan, President of GJM said that it was their effort to express their brotherhood to the earthquake victims of Darjeeling hills.
जीटीए संवैधानिक नभएकै कारण राम्रो भएको छ गोर्खाल्याण्डको आन्दोलन अघि बडाउन – भवानी प्रधान
डी के वाइबा, कालिमन्युज, कालेबुंग १५ अक्टोबर : जीटिएले भारतभरि छरिएर बसेका गोर्खाहरुका अस्तित्व बोक्न नसकेता पनि यो छुट्टै राज्य गोर्खाल्याणड प्राप्तिको निम्ति एउटा माइल खुट्टी रहेको गोजमुमो सिक्किम शाखाका अध्यक्ष भवानी प्रधानले दाबी गरेका छन् । कालेबुंगमा भुँइचालो पिडीतहरुलाई त्राण सामग्री दिन आइपुगेका प्रधानले उक्त दाबी गरेका हुन्।
गत १८ सितम्बरमा आएको बिनासकारी भुँइचालोको ताणडवमा परेर बिचल्निमा परेका परिवारहरुलाई आज उनीहरु कालेबुंग आइपुगेका थिए। गोजमुमो सिक्किम शाखा अध्यक्ष भवानी प्रधानले प्रतिनिधी गरेको टोलीमा उपाध्यक्ष दिपेन्द्र देवान,सह सचिव बिमल प्रधान, नारी मोर्चा सल्लाहकार लतिका गुरुङ रहेका थिए। टोलीले उक्त राहत सामग्री बुधबारेका भुँइचालो पिडीतहरुलाई बितरण गरेर आफुहरु संधै दार्जीलिङको साथमा रहेको बताए। कुनै पनि आपदमा ने सिक्किम र दार्जीलिङको नङ र मासुको सम्बन्ध रहिरहने बताउँदै यदि यताका कोहि सिक्किममा भुँइचालोको कारण बेपत्ता बनेका छन् भने आफुहरु सहयोग गर्न तयार रहेको पनि प्रधानले दाबी गरे। यसै अवसरमा तिनले पत्रकारहरुसंग कुराकानी गर्दै जीटीएको जय जयकार गर्न पनि चुकेनन्। तिनले जीटीएले सम्पुर्ण भारतभरी छरिएर बसेका गोर्खाहरुको हस्तित्व बोक्न नसक्ने स्वीकार गर्दै यो छुट्टै राज्य प्राप्तीको निम्ति माइल खुट्टी रहेको पनि बताए । यद्यपी दागोपापमा जस्तो कार्य भने हुन नहुने पनि तिनले जनाए। जीटीएले दार्जीलिङको बिकाशमा महत्वपूर्ण कार्य गर्ने भएता पनि यसैमा भुलिएर छुट्टै राज्यको मागलाई भने बिर्सन नहुने पनि जनाए।
सिक्किमका गोर्खाहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई समर्थन गरेर आन्दोलनलाई टेवा पुर्याउने कार्य गरिरहेको समय अनि सिक्किमका मुख्य मन्त्रीले गोर्खाल्याण्डको बिल बिधानसभामा पारित गरेको समय यता जीटीएमा समझौता हुँदा केही दुखी भएता पनि वास्तवमा यो मोर्चा प्रमुखले राम्रै कार्य गरेका हुन् भन्न पनि तिनी चुकेनन् । मोर्चाले हालमा जीटीएनै थापे पनि तराई डुवर्सका भु भाग भने यसमा गाभिनु पर्ने पनि सिक्किम गोजमुमो शाखाको अडान रहेको पनि भवानी प्रधानले स्पष्ट पारे। अर्कोतिर एउटा प्रश्नको जवाब दिंदै तिनले जीटीए संवैधानिक ग्यारेण्टी नभएकै कारण यो लाभकारी भएको पनि दाबी गरे। यदि कसैले छैटौं अनुसुची र जीटीएको तुलना गरेर संवैधानिक मान्यता भएको छैटौं अनुसुची राम्रो भन्छन् भने त्यो गलत हुने दाबी गर्दै जीटीए संवैधानिक नभएकै कारण छुट्टै राज्य गोर्खाल्याण्डको बाटो खुल्ला रहेको पनि तिनले बताए। यदि आज छैटौं अनुसूची भएको भए छुट्टै राज्यको माग पनि संधैलाई बन्द हुनेथियो भन्दै जीटीएमा छुट्टै राज्य माग्ने प्रशस्त बाटो रहेको पनि प्रधानले बताए।
जीटीएले सम्पूर्ण गोर्खाहरूको अस्तित्व बोक्दैन-सिक्किम मोर्चा
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 15 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चाका सिक्किम शाखाका प्रतिनिधिहरू कालेबुङको बुधबारेमा भुइँचालो पीडितहरुलाई राहत बॉंड्‌न आज आइपुगे। टोलीलाई प्रतिनिधित्व गर्ने सिक्किम मोर्चाका अध्यक्ष भवानी प्रधानले राहत सामाग्री बॉंड्‌न जान भन्दा अघि कालेबुङका पत्रकारहरूसित भेटघाट गर्दै आफूहरू दार्जीलिङ जिल्लामा भुइँचालो पीडितहरूलाई सहयोग गर्न हर समय तयार रहेको जनाए। तिनले भने, यदि सिक्किममा यताका कोही पनि फँसेका छन्‌, काम गर्न गएका र अहिलेसम्म नफर्किएकाहरू छन्‌, उनीहरूलाई खोज्नको निम्ति हाम्रो सहयोग लिन सक्ने छन्‌। 

तिनले सिक्किमका मुख्यमन्त्री पवन चामलिङले राज्यका पीडितहरूलाई मात्र सहयोग गरेको अनि बाहिरका पीडितहरूलाई सहयोग नगरेको भनेर चलिरहेको कुरा अफवाह मात्र रहेको बताउँदै भने, सिक्किमका मुख्यमन्त्रीले कसैलाई पक्षपात गरेका छैनन्‌। तिनले बाहिर र भित्र भनेर छुट्याएका छैनन्‌। यदि कसैले पनि छुट्याएको कुरा गर्छन्‌ भने त्यो सही कुरा होइन। यता पत्रकारहरूले जीटीएमाथि प्रश्न गर्दा तिनले भने, जीटीएलाई गोर्खाल्याण्ड पुग्ने माइल खुट्टीकोरूपमा लिएका छौं। हामीलाई विश्वास छ कि मोर्चाले यसैबाट गोर्खाल्याण्डसम्म पुर्‍याउने छ। किन भने जीटीएले सम्पूर्ण गोर्खाहरूको अस्तित्व बोक्दैन। यसकारण नै जीटीए गोर्खाल्याण्ड पुग्ने माइल खुट्टी हो। यता तिनलाई सोधिएको एक प्रशनको उत्तर दिँदै तिनले भने, जीटीएमा संवैधानिक सुरक्षा छैन वास्तवमा यही हाम्रो निम्ति फाइदाको कुरा हो। संवैधानिक सुरक्षा भएको व्यवस्था स्थायी हो। जीटीए नितान्त अस्थायी व्यवस्था हो, यो अस्थायी हुनु भनेको गोर्खाल्याण्डको मार्ग खुल्ला राखिनु हो।
विपक्षीले दिए विधायकलाई ओंठे जवाब - राम्रो काम गर्न जनताको प्रतिनिधि हुनुपर्दैन

मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 15 अक्टोबर। कालेबुङका विधायक अनि कालेबुङका विपक्षका नेताहरूबीच वाक युद्ध शुरू भएको छ। भुइँचालोले मोर्चा अनि विपक्षलाई अहिले भिडाइरहेको छ। कालेबुङका गोर्खालीग नेता अनि माकपाका नेताले बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले 18 वटा विकास प्याकेज घोषणा गर्दा कालेबुङ त्यसभित्र नपर्नुमा कालेबुङका विधायकको दोष बताएका थिए। 
उनीहरूले विधायक डा.हर्कबहादुर छेत्रीले ठीक रिपोर्ट मुख्यमन्त्रीसमक्ष राख्न नसकेकोले राज्यले गर्ने विकासको योजनाबाट कालेबुङ नपरेको बताएका थिए। तर उल्टै कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले मुख्यमन्त्रीले घोषणा गरेका विकास योजना दार्जीलिङ र खरसाङको निम्ति मात्र नरहेर कालेबुङको निम्ति पनि रहेको जनाएका थिए। तिनले यति मात्र होइन आफू जनप्रतिनिधि रहेकोले कसैले पनि विकास किन भएन भनेर प्रतिनिधिलाई नै सोध्न पर्ने अनि विपक्षका नेताहरूलाई सोध्न नहुने पनि बताएका थिए। त्यसैको खण्डन गर्दै आज लीग नेता प्रताप खातीले भने, कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले विमल गुरूङको हात मोल्दै चौकी बचाउँने काम गरिरहेका छन्‌। जनता लाटो छैन। 
तिनले विधायकप्रति प्रश्न उठाए, बालासान प्रोजेक्ट कालेबुङको रेलीको निम्ति हो? लेबोङको 5 करोडको स्टेडियम प्रोजेक्ट सुरुक समथारको निम्ति हो? 10 करोडको माल रोडको सुन्दरीकरणको योजना कालेबुङको जनमुक्ति पार्कको निम्ति हो? खरसाङको डिजल फिल्टर म्यानुफेक्चर प्लानिङ तोदेताङ्‌ताको निम्ति हो? दार्जीलिङको मल्टिकम्प्लेक्स गोरुबथानको निम्ति होइन। पीआरएस रिनोभेशन डेलोको निम्ति होइन। जिमखाना, प्लान्टर्स क्लब कालेबुङको निम्ति होइन फेरि कुन आधारमा ती योजनाहरू कालेबुङको निम्ति हो भनेर जनतलाई उल्लु बनाइरहेको छ? 
तिनले डा.छेत्रीले जनप्रतिनिधि नरहेकोले विपक्षका नेताहरूलाई कसैले कुनै पनि कुरा सोध्नु नहुने भनेर दिएको कुराको पनि खण्डन गर्दै भने, राम्रो काम गर्नको निम्ति जनप्रतिनिधि हुनुपर्दैन। मैले उठाएको कुरा लीगको कुरा होइन जनताको कुरा हो। डा. छेत्रीले जनतामा भ्रमात्मक कुरा गर्दै आफ्नो चौकी बँचाउने काम गरिरहेको भन्दै खातीले मोर्चाले गोर्खाल्याण्डको नाममा अर्को दागोपाप थापेको अनि डा. छेत्रीले गोर्खाल्याण्डको नाम गरेर विधायक बनेर मुद्दा बेचेको आरोप पनि लगाएका छन्‌।
जनताको मर्म नबुझ्ने प्रतिनिधिलाई के सोध्नु?

मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 15 अक्टोबर। माकपा नेता तारा सुन्दासले पनि कालेबुङका विधायकले जनताको हीतको कुनै पनि काम नगरेको मात्र होइन कृषि व्यवसाय मन्त्रीलाई समेत जनताको आवश्यकताको कुरा नगरेको बताए। मन्त्रीलाई सिन्कोना जस्तो विश्व प्रशिद्ध एवं 150 वर्ष भन्दा लामो इतिहास बोकेको उद्योगको दिल्लीमा प्रदर्शन गर्ने सुझाव दिएर विधायकले जुन मुर्खताको परिचय दिए त्यसले नै को कति पानीमा छ भन्ने कुरा स्पष्ट भएको सुन्दासले जनाए। यसको सट्टा विधायकले विश्व बजारमा सिन्कोनाको घट्‌दो माग र सोह्रवर्षदेखि बन्द रहेको कुलैन कारखाना खोल्ने कुरै नगरेको भन्दै सुन्दासले भने, पहाडको सिन्कोनामा कुनाइनको मात्रा 3.2 प्रतिशत मात्र रहेको छ। विश्व बजारमा 7 देखि 8 प्रतिशत कुनाइनको मात्रा भएको सिन्कोना उत्पादन भइरहेकोले यहॉंको सिन्कोनाको यो अवस्था भएको हो।
यस्ता विषयमा विधायकको ध्यान पुगेन। यसको सट्टा आफ्नो गल्ती र अज्ञानतालाई ढाक्न नाच्न नजान्नेले आँगन टेडो छ भने जस्तो गरी विपक्षलाई दोष लगाइरहेका छन्‌।
यता रेगुलेटेड मार्केट सम्बन्धमा पनि तिनले प्रतिक्रिया गर्दै विधायक र मन्त्रीले 2006 मा नै शुरू हुने भनिएको मार्केट अहिलेसम्म पनि उद्घाटन नभएको विषयमा बोल्दा पनि नबोलेको बताउँदै भने, रेगुलेटेड मार्केटमा कार्यरत 10 जना कर्मचारीहरू बिनाकारण कामबाट निकालिँदा पनि जनप्रतिनिधि भनेर गर्व गर्ने विधायकले किन कुरा उठाएनन्‌? यसको सञ्चालनको निम्ति कमिटी बसाइनुपर्ने हुन्छ, कमिटीमा स्थानीय कृषक प्रतिनिधि, व्यापारी, समाजिक कार्यकर्ता, व्याङ्‌क प्रवन्धक, विधायक अनि महकुमा अधिकारी हुनुपर्ने हुन्छ तर मन्त्रीलाई यसबारे अवगत नै नगराएको पनि तिनले बताए। 

21 लाखको लागतमा निर्माण गरिएको रेगुलेटिङ मार्केटको प्रशासनिक भवन खण्डहर बन्न लाग्दा पनि विधायकको आँखा परेकै छैन भन्दै तिनले कृषकको आयबाट 1 प्रतिशत ट्याक्स उठाएर कृषकको खून र पसीनाले बनिएको भवनको दुर्गति हुँदा पनि जनप्रतिनिधिले कुनै चासो नदेखाएको आरोप पनि तिनले लगाए। तिनले भने, मन्त्रीले त यहॉंका कृषकहरूको बजारको निम्ति ग्रामीण क्षेत्रमा लिङ्‌क रोडहरूको निर्माण गर्ने घोषणा गर्नुपर्ने हो तर यसबारे कुरै गरेनन्‌। रेगुलेटिङ मार्केडको टेण्डर कोलकातामा भइरहेको छ, विधायकले यो टेण्डर यहीँ हुनुपर्छ भनेर मन्त्रीलाई बताएनन्‌। दुर्गम क्षेत्रका कृषकहरूले बाटो नभएकोले बोकेर फसल बजारमा ल्याइरहेका छन्‌, यो दुःख देखाएनन्‌।
विधायकले आफै धामी आफै झॉंक्रीको भूमिका निभाइरहेका छन्‌। तिनले अझ भने, मन्त्रीले कृषकहरूको निम्ति बजार बनाइदिनु पर्दैन यहॉं लिङ्‌करोड निर्माण गरिदिए सबैभन्दा ठूलो काम हुन्छ। विधायकलाई थाहा छ के त यस्ता कुरा? डा. छेत्रीले भन्छन्‌, ममता पनि उनकै, कोलकाता पनि उनकै, दिल्ली पनि उनकै तर तिनकै जनताको सुन्तलाको फसलमा लाग्ने रोग दादने किन तिनको भएनन्‌? तिनले मन्त्रीलाई पहाडका कृषकहरूको चिन्ता छ भने खै त उनीहरूको खेती व्यवस्थित गर्ने योजना बनाएको भन्दै अझ थपे, ग्रामीण क्षेत्रमा मन्त्रीले हाट बनाउने कुरा गरेको खै? उनीहरूको निम्ति कूलो बनाइदिएको खै? खै सिँचाईको व्यवस्था?
तिनले सोझै के पनि आरोप लगाए भने तिनको अध्यक्ष पानीमा भिजेर क्षेत्रको निरीक्षण गर्दा विधायक दिल्लीमा थिए। तिनले भने, विमल गुरूङलाई मेरो लाल सलाम छ। कमसेकम तिनले जनताको विजोग हेरे। गाउँ गाउँ घुमे। तर खै त जनताको प्रतिनिधि भन्ने विधायक घुमेको? तिनले स्पष्टरुपमा विधायक कालेबुङको विकासको निम्ति गम्भीर नरहेको अनि आधारभुत आवश्यकताको कुरा छोडेर आफ्नो बढ्‌प्पन देखाउने चलखेल मात्र गरिरहेको आरोप पनि लगाए।
स्पष्ट अवधारणासित नै अबको आन्दोलन राष्ट्रीयस्तरमा-श्रेष्ठ

मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 15 अक्टोबर। दुइचरण कै आन्दोलनको मुद्दाप्रतिको अवधारणा स्पष्ट थिएन, यसलाई दुइचरणमा नै भएका कार्यक्रमहरूले पुष्टि गर्छ। तर दुइवटा आन्दोलन हुनैपर्थ्यो, यसले गोर्खाहरूलाई मुद्दाप्रति सचेत मात्र बनाएन राजनैतिक सचेत पनि बनाएको छ। अब राष्ट्रियस्तरमा राष्ट्रिय सहमति जुटाउँदै आन्दोलन गर्ने समय रहेको छ, समयसचेत मात्र होइनन्‌ राजनैतिक सचेत पनि रहेका वुद्धिजीवी सी.के.श्रेष्ठ यसो भन्छन्‌। दुइचरण कै आन्दोलनलाई भोगेका अनि क्षेत्रीय राजनैतिक चलखेल र यसका उपलब्धीहरुबारे आफू स्पष्ट रहेका श्रेष्ट दुइवटै आन्दोलनसित मुद्दामाथि अवधारणा स्पष्ट नरहेको मान्छन्‌। तिनी भन्छन्‌, क्षेत्रीयस्तरमा छुट्टैराज्यको कुरा त भयो तर मुद्दालाई राज्य केन्द्रित गरियो। यसो गर्नु मुद्दाप्रतिको अवधारणा स्पष्ट नहुनु हो। 
गोर्खाहरूले गरेको छुट्टैराज्यको कुरा देशमा नै बेग्लै छ। यसबारे देशलाई बुझाउन सकिए देशलाई नाई भन्ने परिस्थिति रहँदैन। तिनी अनुसार गोर्खाहरूको छुट्टैराज्यको कुरा गोर्खाहरूको राष्ट्रिय चिन्हारी र राजनैतिक सुरक्षासित जोडिएको सवाल हो। अहिलेसम्म सौभाग्य हो वा दुर्भाग्य हो दार्जीलिङको तीन महकुमाबाट आन्दोलन भयो। यहीँबाट नै आन्दोलन भए पनि यसको निम्ति राष्ट्रिय सहमति जुटाइनु पहिलो अनिवार्यता थियो। तर मुद्दालाई क्षेत्रीयकरण गरिएकोले जहॉं बुझाइनुपर्ने थियो त्यहॉं बुझाइएन। मुद्दा क्षेत्रीय बनेपछि सम्झौता पनि क्षेत्रीय भयो। तिनले भने, पहिले त गोर्खाहरूलाई राज्य चाहिन्छ कि चाहिँदैन, त्यसबारे निर्णय गराइनुपर्‍यो। छिमेकमा नेपाल राष्ट्र छ, आन्दोलनलाई परिस्थितिले कञ्जयाइरहेको छ। 
देशका ठूलाहरूले गोर्खाहरूलाई राज्य चाहिन्छ कि चॉंहिँदैन भन्ने कुराको ठोष निर्णय गर्नपर्ने परिस्थिति बनाइनुपर्‍यो। यसो दार्जीलिङको तीनवटा महकुमामा आन्दोलन गरेर हुँदैन। देशले सैद्धान्तिकरुपले गोर्खाहरुलाई राज्य चाहिने कुरामा निर्णय लिएपछि राज्य कहॉं हुने त्यसको निर्णय गर्न सकिन्छ। तिनी अनुसार गोर्खाल्याण्डको मुद्दा पार्लियामेन्टमा पुर्‍याइनुपर्छ। देशले तीनवटा महकुमाको आवाजलाई सुन्दैन। मुद्दा राष्ट्रिय हो। यसलाई राष्ट्रियस्तरबाट नै उठान गरिनुपर्छ। मुद्दालाई लिएर शक्ति ध्रुविकरण गरिनु हुँदैन। फेरि पनि दार्जीलिङबाट क्षेत्रीय आन्दोलन हुने हो भने त्योे दलीय बँचाईको खेल मात्र हुन्छ। अब पनि गोर्खाल्याण्डको आन्दोलन गर्छौं भनेर दार्जीलिङमा मात्र आन्दोलन भयो भने त्यो मुद्दालाई लिएर बोलिएको महाझुट हुनेछ। तिनी अनुसार मुद्दालाई राष्ट्रियकरण गरिए, देशभरिका गोर्खाहरूले सङ्गठित भएर आवाज उठाइए अनि गोर्खाहरूलाई भारतमा छुट्टैराज्य चाहिनुका कारणहरू बुझाउन सकिए मात्र राज्य निर्माणको निम्ति देशले सोंच्नसक्छ। 
परिस्थिति निर्माणको निम्ति देशभरिबाट गोर्खाहरूको आवाज उठ्‌नुपर्छ। यसकारण अहिलेलाई मुद्दालाई राष्ट्रियकरण गर्ने उच्चतम सोंच भएकाहरूको कॉंधमा दायित्व छ। तिनले भने, गोर्खाहरूको राज्य निर्माणको निम्ति राष्ट्रिय शक्तिको निर्माण गरिनुपर्छ, यसको निम्ति गोर्खाहरूको राष्ट्रिय सङ्गठन चाहिन्छ। यसले राष्ट्रियस्तरमा मुद्दालाई सम्बोधन गर्दा दार्जीलिङ तराई र डुवर्सका राजनैतिक दलहरूले सहयोग गर्नुपर्छ। तिनी अनुसार गोर्खाल्याण्डको निम्ति अब तेस्रो च्याप्टर राष्ट्रियस्तरबाट शुरू हुनेछ। राष्ट्रियस्तरमा राजनैतिक विचारको निर्माण गरेर विचार मञ्चले देशभरिका गोर्खाहरूलाई मुद्दाको निम्ति सङ्गठित गरिनुपर्छ। तिनले भने, यस्तो हुन्छ नै, किन भने अब क्षेत्रीय चलखेल समाप्त भयो। यसलाई समाप्त गरेको छ जनताको राजनैतिक सचेतताले। सबैको आकांक्षा राष्ट्रिय सहमतितिर पुगेको छ। 
श्रेष्ठ अनुसार अहिले नै सीमाङ्‌कनको कुरा अनिवार्य नरहेको जनाउँदै भने, देशले सैद्धान्तिकरुपले गोर्खाहरूलाई राज्य चाहिन्छ भन्ने विचार निर्माण गर्ने परिस्थिति जबसम्म बनाइँदैन तबसम्म सीमाङ्‌कनको कुरा राजनैतिक दलहरूको क्षेत्रीय बँचाईको उपस्थिति दिने खेल मात्र हुनेछ। देशले गोर्खाहरूलाई राज्य दिनु अनिवार्य छ भन्ने कुरालाई सैद्धान्तिकृत गरिएपछि राज्य कहॉं हुने त्यसबारे बुझाइनु देशभरिका आन्दोलनकारीहरूको कार्यक्रम रहनेछ। तिनले जीटीएले विकास गर्छ भने त्यो नराम्रो नरहेको बताउँदै विकास गर्नको निम्ति देशभरिका गोर्खाहरूको मुद्दालाई क्षेत्रीयकरण गर्दै सम्झौता गरिनु मुद्दा विरोधी कार्यशैली रहेको बताउँदै भने, छोराले बाबुलाई माया गर्नुपर्छ, अधिकार दिनुपर्छ भन्नु सही हो, तर बीचमा पकेट मनी कम्ति भयो, त्यो पनि दिनुपर्छ भन्यो भने बाबुले छोराको खास आकांक्षा बुझ्छ। 
यसलाई पकेट मनी चाहिएको रहेछ भन्ने कुरा बाबुले बुझ्यो भने उसलाई पकेट मनी नै दिइबस्छ। तर बाबुले छोरालाई दिनुपर्ने अधिकार नै दियो भने पकेट मनी त्यहीँबाट आउँछ। दागोपाप र जीटीए यस्तै पकेट मनी हो। जनाकांक्षालाई व्यक्तिगत आकांक्षामा रुपान्तरण गरिएमा जनतालाई धोका हुन्छ। अहिले राष्ट्रियस्तरको मञ्च र विचार अनिवार्य छ। यसको निम्ति अब सबै सङ्गठित हुनैपर्छ। तिनले यदि कसैले पनि फेरि दार्जीलिङ जिल्लामा नै आन्दोलन गर्छु भन्छ भने यसको उद्देश्य फेरि अर्को दागोपाप नै हो भनेर बुझ्नुपर्ने पनि स्पष्ट पारेका छन्‌।
JSTO the teachers wing of GJM felicitated 52 retired teachers at town Hall, Kalimpong. Dr HB Chhetri, MLA Kalimpong was the chief guest of the programme.


52 जना शिक्षण कर्मचारी सम्वर्धित
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 15 अक्टोबर।आज स्थानीय रामकृष्ण रङ्गमञ्चमा एक कार्यक्रमबीच जेएसटीओले महकुमा भरिका अवकाशप्राप्त शिक्षक-शिक्षिका अनि विद्यालयका कर्मचारीहरू गरी मोठ 52 जनालाई सम्बर्धना जनायो। शिक्षाको क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रममा मुख्य अतिथि रहेका कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीको बाहुलीबाट उनीहरूलाई सम्मान जनाइयो। सम्मानस्वरुप उनीहरूलाई प्रशस्ति पत्र अनि उपहार प्रदान गरियो। भुइँचालोमा ज्यान गुमाउनेहरूप्रति दुइ मिनटको मौन धारण गरी शुरू गरिएको कार्यक्रमलाई जेएसटीओ महकुमा समितिका अध्यक्ष विनयकुमार सिंहले अध्यक्षता गरेका थिए। सन्त फिलोमिनाका शिक्षिका ललिता ओझाले सरस्वती बन्दना पाठ गरेकी थिइन्‌। विभिन्न विद्यालयका शिक्षक-सिक्षिकाहरूले गीत, गजल, कविता वाचन अनि नृत्य पनि कार्यक्रममा प्रस्तुत गरेका थिए। मोर्चा महकुमा समितिका अध्यक्ष सरिता राई, सचिव शुभ प्रधान विशिष्ट अतिथि रहेको कार्यक्रममा महकुमा भरिका उच्च अनि उच्चतर माध्यमिक विद्यालयका शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
2 करोड 24 लाखको जनजाति विकास योजना शुरू
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 15 अक्टोबर। जिल्लाकै सर्व वृहत कृषकहरूको संगठन कालेबुङ कृषक कल्याण सङ्गठनले 2 करोड 24 लाखको जनजाति विकास योजना शुरू गरेको छ। पहाडका कृषकहरूलाई देशको मूलधारामा ल्याउन कालेबुङ कृषक कल्याण सङ्गठनले केन्द्र सरकार अनि नावार्डको सहयोगमा धेरै नै कार्यपहल शुरू गरिरहेको छ। यसै क्रममा भारत सरकार अनि जर्मन सरकारको संयुक्त सञ्चालनमा पहाडका 5 सय किनारीकृत कृषकहरूलाई लिएर जनजाति विकास योजना शुरू गरेको छ।
यो योजनाको निम्ति पहाडका 5 सय परिवारलाई छनौट गरिएको थियो जसको प्रथम चरणमा एक सय परिवारलाई लिएर योजना शुरू गरिएको छ। कालेबुङ कृषक कल्याण सङ्गठनका मूल सचिव विष्णु छेत्रीले जनाए अनुसार पहिलो चरणको योजना तक्लिङ, मङ्‌माया अनि सोरेङलाई लिएर शुरू गरिएको छ। योजना शुरू गर्दै यी क्षेत्रका सय जनजाति परिवारलाई पहिलो चरणमा त्यहॉंको सब्जी खेती उन्नयनको निम्ति प्रति व्यक्ति 2 सय गरेर ब्रोकौली अनि पाक्सयको बिजन निःशुल्क वितरण गरियो। खेतीमा लाग्ने रोगलाई ध्यानमा राख्दै उनीहरूलाई जैविक कीटनाशक पनि वितरण गरिएको छ। यसैक्रममा आज कालेबुङ कृषक कल्याण सङ्गठनको कार्यालयमा राङ्गेरुङ कृषक सङ्घका प्रतिनिधिहरूलाई लिएर कृषि कार्ययोजनामाथि कार्यशाला पनि सम्पन्न गरियो भने सङ्घलाई मटरको बीऊ पनि वितरण गरिएको छेत्रीले जनाएका छन्‌।
सिलगढी वेलफेयर अर्गनाइजेशन अनि नर्थ बेङ्गाल इम्प्लोयर्सको 17 जनाको टोली आज बुधबारेमा
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 15 अक्टोबर। कालेबुङ क्षेत्रको सबैभन्दा धेर भुइँचालो प्रभावित क्षेत्र बुधबारेका पीडितहरूलाई राहत प्रदान गर्न विभिन्न क्षेत्रका सङ्घसंस्थाहरू सहयोगको हात बॉंड्‌न आउन थालेका छन्‌। यसै क्रममा आज सिलगढी वेलफेयर अर्गनाइजेशन अनि नर्थ बेङ्गाल इम्प्लोयर्सको 17 जनाको टोली आज बुधबारे पुगे। टोली बुधबारे शिविरमा नोक डॉंडा, पोचोक, पाब्रिङ, अप्पर-लोवर वियोङ आदिवाट आएका भुइँचालो पीडितहरूको स्वास्थ्य जॉंच गर्‍यो। टोलीमा सिलगढीबाट नै डाक्टर अतनु रोय अनि डाक्टर अनिता मजुमदार सामेल थिए। टोलीलाई प्रतिनिधित्व गर्ने सिलगढी वेलफेयर अर्गनाइजेशनका कार्यकारी अध्यक्ष अभिजित मजुम्दारले जनाए अनुसार बुधबारेका पीडितहरूले सरकारी सहुलियतहरू पाउन सकिरहेका छैनन्‌। उनीहरूको घर भत्किएको छ, यसकारण उनीहरूलाई पुनर्वास गराइनुपर्छ। 
खेतीबारी नष्ट भएकोले उनीहरूलाई खेती पुःन फर्काइ ल्याउनुपर्ने पनि तिनले जनाएका छन्‌। तिनले बताए अनुसार यसक्षेत्रको हानिहरूको रिपोर्ट आफूहरूले पनि सरकारमा राख्नेछन्‌। आज निःशुल्क स्वास्थ्य जॉंचसित नै राहत सामाग्री पनि वितरण गरिएको तिनले जनाएका छन्‌। पीडितहरूलाई ब्ल्याङ्‌केट अनि तारपोलिन वितरण गरिएको बताउँदै तिनले स्थानीय सुदन प्रधान अनि एन्ड्रु लेप्चाको सहयोगमा पीडित क्षेत्रमा पुग्न सकेको पनि बताएका छन्‌। तिनले यसबाहेक पनि अन्य प्रभावित क्षेत्रको निरीक्षण गरेर स्वास्थ्य शिविर अनि राहत प्रदान गर्ने पनि जनाएका छन्‌।
कालेबुङमा भइरहेको छ गोजमुमोको सांस्कृतिक उत्सव
डी के वाइबा, कालिमन्युज, कालेबुङ १५ अकटोबर। गोर्खा जनमुक्ति मोर्चा कालेबुङ महकुमा समितिको आयोजनामा यहाँको मेलाटारमा सांस्कृतिक कार्यक्रमा समपन्न भइरहेको छ। गत १२ अक्टोबर देखि सुरु भएको उक्त लोक सांस्कृतिक कार्यक्रममा मोर्चाको बिभिन्न शाखा प्रशाखाहरुबाट पार्टी कार्यकरताहरु लगायत बिभिन्न संघ संस्थाहरुले सांसकृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् । कार्यक्रमको आज चौथो दिन नाम्चि न्यू लाईट एकाडेमीले आफ्नो सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । एकाडेमीका निर्देशक लोप्साङ लामाको अगुवाईमा आइपुगेका उक्त टोलिले कालेबुङका मानिसहरुलाई मेलाटरमा सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरेर खुबै नचाए। यस अवसरमा एकाडेमीको प्रस्तुति हेर्न कालेबुङका बिधायक डा हर्क बहादुर छेत्री, नेपाली चलचित्र जगतका ख्यातीप्राप्त निदेशक तुलसी घिमिरे,रेभरेन फादर पिटर लिङदामु लगायत अन्य मोर्चा नेताहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment