To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Friday, September 16, 2011

नारी तस्करी रोक्न - भारत-नेपालको सीमानामा कठोर व्यवस्था गरिनुपर्छ-अनुराधा कोइराला...अनुराधालाई स्कूलको माया...फैलिँदैछ् सेक्सवर्करहरूको नेटवर्क ...भ्रष्टचारीहरूले छोडेनन्‌ बीपीएल परिवारलाई पनि...जीटीएको सिमाङ्कन अघि कुनै पनि चुनाव हुनु हुँदैन - प्रवीण...Remanti and Robin in Northeast ke superstar...Rally: HC stands up for kids after school hours

नारी तस्करी रोक्न - भारत-नेपालको सीमानामा कठोर व्यवस्था गरिनुपर्छ-अनुराधा कोइराला
anuradha koiralaमनोज बोगटी, कालिमन्युज, कालेबुङ, 16 सितम्बर। सीएनएन हीरो 2010 अनुराधा कोइराला हिजो नै कालेबुङ आइपुगिन्‌। तिनी कालेबुङ आइपुग्ने वित्तिकै तिनलाई पत्रकारहरूले घेरे। तिनले भनिन्‌, नेपालमा नारी तस्करी रोक्न सामाजिक चेतना विकसित भइसकेको छ। तर आन्तरिकरुपले देशलाई नै सचेत गर्ने काम भने अझ जारी छ। दार्जीलिङ, सिक्किमका मानिसहरूमा नारी तस्करी विषयमाथि जागरुकताको कमी देखिन्छ। यहॉंका मानिसहरू केवल राजनीति विषयमा मात्र सचेत रहने अनि सामाजिक दायित्वको कुरामा भने सचेत नरहेको उनले अनुभव गरेकी बताइन्‌।
नारी तस्करीलाई विश्व समस्या बताउँदै क्षेत्रीयरूपमा बढिरहेको यो तस्करीको साम्राज्य भने दार्जीलिङदेखि नेपालसम्म नै फैलिएको बताइन्‌। नारीहरूको असचेतना नै तस्करीको बाटो रहेको बताउने कोइरालाले गाउँ बस्ती स्तरमा नारी बेचबिखनको समस्या हुर्किने बताइन्‌। तिनले भनिन्‌, गाउँबस्तीमा नै नारी बेचविखन गरिने सम्बन्धमा राम्रो सचेतना र कार्यक्रम अनिवार्य रहन्छ। यो काम समाजले मात्र होइन सामाजिक संस्था, ग्रामवासी, प्रशासन अनि राजनैतिक व्यक्तिहरूले सामुहिकरूपले गर्नुपर्छ। यो समस्यालाई राजनैतिकरूपले सम्बोधन नगरेसम्म यसको समाधानको बाटो खुल्दैन। तिनले दार्जीलिङ-सिक्किममा नारी बेचबिखनको समस्या तीब्रतर रहेको बताउँदै भनिन्‌, राजनैतिक दलहरूले सामाजिक सरोकारको कुरालाई सम्बोधन गर्नुपर्छ। सामाजिक समस्यामा राजनैतिक हस्तक्षेप पहिलो अनिवार्यता हो तर यहॉंका राजनैतिक सङ्गठनहरूले केवल राजनैतिक दाउपेचलाई मात्र प्रमुखता दिइरहेको देखिएको छ।
सबैले राजनैतिक दलहरूलाई यस सम्बन्धमा आवाज उठाउन कर गर्न पर्छ। तिनले नारी तस्करीलाई सामाजिक सरोकारबाट अलग गर्न नसक्ने बताउँदै यसको रोकथाम लगायत पीडितहरूको व्यवस्थापन पनि प्रमुख समस्या रहेको जनाइन्‌। तिनले भनिन्‌, नारी तस्करी रोक्नु भनेको उनीहरू जुन समस्याको कारण तस्करहरूको हातमा पर्छन्‌, त्यसको समाधानको बाटो निकाल्नु पनि हो। यसकारण रोकथान गर्नु मात्र समस्या समाधान गर्नु होइन, सामाजिक कार्यमा राजनैतिक हस्तक्षेप हुनुपर्छ ताकी उनीहरुको व्यवस्थापनको निम्ति कुनै पनि मार्ग निस्कियोस्‌। प्रशासनिकरूपले हामीले उद्वार त गर्छौं तर उनीहरूलाई समाजमा पुनर्स्थापना गर्नको निम्ति कुनै प्रयास गर्दैनौं। जसको कारण उद्वार गरिएका पीडितहरू पुनः तस्करहरूको हातमा पर्ने सम्भावना उच्च रहन्छ। तिनले दार्जीलिङ र सिक्किमलाई नारी बेचबिखनमुक्त क्षेत्र बनाउने दिशामा सबै केन्द्रित रहनु पर्ने पनि बताइन्‌। दार्जीलिङ र सिक्किमबाट नारी तस्करी गर्नेहरूको निम्ति नेपाल ट्रान्जिट पोइन्ट भइरहेको सम्बन्धमा प्रश्न गर्दा तिनले भनिन्‌, दुवै मुलुकले यसको निम्ति चिन्ता गर्नुपर्छ। यसको निम्ति प्रशासनिक हस्तक्षेप र सामाजिक सक्रियता देखाउनुपर्छ। मुख्यगरी सीमाना क्षेत्रमा कठोरता अप्नाइनुपर्छ।
अनुराधालाई स्कूलको माया
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 16 सितम्बर। पचासको दशकमा माइती नेपालकी संस्थापक तथा सीएनएन हीरो अनुराधा कोइराला कालेबुङको सन्ट जोशेफ कन्भेन्टकी विद्यार्थी थिइन्‌। आज तिनी सोही स्कूलमा उभिरहेकी थिइन्‌। तिनलाई कन्भेन्टले सम्मान गर्न निम्त्याएको थियो। तिनी काठमाण्डौबाट हिजो नै कालेबुङको निम्तो स्वीकार गरेर कालेबुङ आइपुगेकी थिइन्‌। तिनले पुराना दिनहरू आज विद्यालय टेकेर सम्झिन्‌। सम्झँदा सम्झँदै पनि तिनले भन्न छोडिनन्‌, नारी तस्करीको समस्या यहॉं पनि छ। सबै जुटेर अघि बढ्‌नुपर्छ। कन्भेन्ट छिर्ने वित्तिकै तिनलाई अटोग्राफ भरिमाग्ने विद्यार्थीहरूले घेर्‍यो। तिनै विद्यार्थीहरूलाई सम्बोधन गर्दै तिनले भनिन्‌, म सातौं श्रेणीमा हुँदा डबल प्रोमोशन पाएकी थिएँ। समाजमा राम्रो काम गर्न यस्ता प्रोमोशनहरूको खॉंचो पर्छ। तिनलाई विद्यालयकी सुपेरियर सिस्टर फ्रान्सिस्काले दोसल्ला, कदरपत्र प्रदान गर्दै सम्मान जनाइन्‌। अनुराधाले अलुम्नाइको सदस्यता पनि लिइन्‌।
फैलिइरहेछ सेक्सवर्करहरूको नेटवर्किङ
flesh tradeमनोज बोगटी, कालिमन्युज, कालेबुङ, 16 सितम्बर। चलचित्रमा सेक्सवर्करहरूको कथा त धेरैले नै हेरेका छन्‌ अनि उपन्यास र कथाहरूमा पनि पढेका छन्‌ तर अब चलचित्र र किताब होइन आफ्नै समाजमा पनि सेक्सवर्करहरूको सक्रियतालाई नाङ्गै आँखाले देख्न सक्नेछन्‌। के पत्तो लागेको छ भने दार्जीलिङ जिल्लाभरि नै अहिले सेक्सवर्करहरूको नेटवर्किङ तीब्रतर छ। जुन समाजमा सेक्स शब्द नै प्रतिबन्धित र अवहेलित छ त्यही समाजमा सेक्सवर्करहरूको संख्या झरी च्याउ झैं बढेर जानु सभ्य समाजको निम्ति गतिलो बिडम्बना देखिएको छ। कालेबुङमा मात्र लगभग सय भन्दा धेर सेक्सवर्करहरू रहेका छन्‌, जसको संख्या दिनोदिन तीब्ररूपले बढिरहेको छ। कमर्सियल सेक्सवर्करहरूको संख्या त धेरै नै छ अहिलेका सभ्य समाजका टिनेजर युवतीहरूको संख्या जो आफ्नो मनोरञ्जन र इजिमनीको निम्ति यो क्षेत्रमा आएका छन्‌ उनीहरू पनि उत्तिकै छ।
सेक्सवर्करहरूबारे त धेरैलाई कालेबुङमा जानकारी छ तर उनीहरू यसबारे खुलेर बोल्न मान्दैनन्‌। किन खुलेर बोल्न मान्दैनन्‌ यसकोपछि पनि तर जबावहीन तथ्यहरू लुकेर बसेको छ। एक जानकारसित बुझ्दा केवल कालेबुङमा मात्र होइन दार्जीलिङ जिल्लाभरि नै सेक्सवर्करहरूको सञ्जाल फैलिएको छ,जसलाई सेक्सवर्करहरूले नाम दिएको छ'रनिङ ब्रोथेल'। यसको अर्थ हो धुमन्ते देहव्यापार। निश्चित एक ठाउँमा नबसेर घरि घरि विभिन्न क्षेत्रहरूमा घुम्दै अनि तोकिए अनुसारको देहव्यापार गर्ने सञ्जाल कालेबुङबाट सिक्किम, सिक्किमबाट दार्जीलिङ, दार्जीलिङबाट जयगाउँ, जयगाउँदेखि सिलगढीसम्म फैलिएको छ। सेक्सवर्करहरूले आफ्नो बजार आफै निर्माण गर्छन्‌। पाइएको जानकारी अनुसार वर्करले कुनै पनि ठाउँमा घर भाडामा लिन सक्छन्‌। चिनाजाना बढाएपछि त्यहीँबाट व्यापार शुरू हुन्छ। त्यही ठाउँमा धेरै दिन उनीहरू बस्दैनन्‌। धेरैजनासित चिनाजाना हुन थालेपछि क्षेत्र परिवर्तन गर्छन्‌।
उनीहरूको क्षेत्र भनेको सिलगढी, गान्तोक, दार्जीलिङ, जयगाउँ, भुटान अनि नेपाल रहने गरेको छ। क्षेत्रीय व्यापार त फाइदाजनक नै छ त्यो भन्दा धेर फाइदा विदेशसम्म पुग्नेलाई प्राप्त हुने गरेको छ। थाहा लागे अनुसार कालेबुङका होटलहरू, भाडाको घर, जङ्गल, गाडीहरूतिर यसको बजार सल्किएर गएको छ। भर्खर यो क्षेत्रमा लाग्नेहरूले घण्टाको पन्ध्र सयसम्म लिने गरेका छन्‌। उनीहरूसित मुल्यको स्तर निश्चित हुँदैन। रातभरको निम्ति पॉंचदेखि आठ हजारसम्म लिने गर्छन्‌। यही क्षेत्रमा लागेर उमेर ढल्किएकाहरूले सयदेखि हजारसम्म लिने गर्छन्‌। मुल्य पाउन छोडेपछि उनीहरू नै पछि पिम्प अथवा दलालमा रुपान्तर हुने गर्छन्‌ अनि आफ्नो अधिनमा रहेकाहरूलाई क्लाइण्ट् दिएर कमिशन लिने गर्छन्‌। कालेबुङमा यस्ता पिम्पहरूको संख्या मात्र लगभग पचास जना भन्दा धेर छ। मुख्य गरी यो व्यापारको निम्ति निश्चित एकजना नाइके हुने गर्छ जसले आफ्नै नेट्वर्कमा रहेका सेक्सवर्करहरूलाई अह्रनखटन गर्ने गर्छन्‌। कलगर्लहरू क्लाइण्ट् खोज्दै बिहानदेखि बेलुकीसम्म नै कालेबुङमा भौंतारिने गर्छन्‌। कालेबुङ सानो क्षेत्र रहेकोले उनीहरूलाई क्लाइण्ट् दिलाउन यस्तै दलाल अथवा पिम्पहरूले सहयोग गर्छन्‌।
कसरी आउँछन्‌ यो क्षेत्रमा?
कालेबुङमा रहेका कर्लगर्लहरूसित बुझ्न चहॉंदा उनीहरूले यस क्षेत्रमा प्रवेश गर्नमा धेरैवटा बाध्यता देखाए। उनीहरू अनुसार अशिक्षा, वेरोजगारी, शारिरिक शोषण, पारिवारिक कलह, सानै उमेरमा बिहे जस्ता कारणहरू छन्‌ जसले गर्दा उनीहरू यो क्षेत्रमा आइरहेका छन्‌। दसवर्षअघि देखि यो पेशामा रहेकी कमला(नाम परिवर्तित्)ले भनिन्‌, परिवारमा कलह भइरहने भएकोले मैले सानैमा बिहे गरें। लाग्नेको कमाइ कम्ति थियो। त्यहीमाथि रक्सी पिउने कारणले घरमा कलह हुन्थ्यो। लोग्नेले धेरै यातना दियो। घर छोडेर निस्किएँ। काम कतै पनि नपाइने, सानैमा बाबु आमा बितेकोले गर्दा माइत फर्किने स्थिति रहेन। केही दिन लेबर काम पनि गरें। त्यही काम पनि हामी नयॉंले हत्तपत्त नपाउने भएकोले धेरै दुःख पाइयो। यस्तैमा म झैं एक साथीले मलाई यो व्यापार सुझायो। कमलाको यो कथा धेरै पुरानो हो।
कमलाले जस्तो दुःख पाउनेहरू त भइहाले सानैमा शारिरिक शोषणमा पर्ने, सामाजिक अवहेलना तथा वेरोजगारीको समस्याको कारणले यो क्षेत्रमा छिर्नेहरूको संख्या पनि ठूलै छ। उनीहरू जसरी पनि यो व्यापारमा आए त्यसकोपछि धेर बलिया कारणहरू छन्‌ तर धेरैले यो व्यापारलाई इजीमनी-को बलियो स्रोतकोरूपमा लिएको पनि थाहा लागेको छ। मुख्यगरी शहरमा पढ्‌न आएका टिनेजरहरू आफ्नो वैभव देखाउन खर्च नपुगेपछि यो व्यापारमा छन्‌। मातापिताले छोरीहरूलाई समय दिन नसक्ने अनि उनीहरूलाई पैसाको बलमा नै स्वतन्त्र छोड्‌ने सभ्यता पनि यो व्यापारमा प्रवेशको कारण देखिएको छ। पश्चिमेली प्रभाव र फेसनको कारण पनि धेरै नै यो क्षेत्रमा आएका छन्‌। मुख्यगरी दुइथरीको व्यापार चलिरहेको तथ्य पनि अधि आएको छ। एउटा कमर्सियलरूपले यसैलाई पेशाकोरूपमा लिएर आइरहेका छन्‌ भने धेरैजसो टाइमपास, मनोरञ्जन अनि छिटोसमयमा खॉंचो टार्ने पैसा कमाउन पनि यो क्षेत्रमा छन्‌।
सामाजिक सङ्गठन हिल सोसियल वेलफेयर सोसाइटीको ट्राफिकिङ युनिट सम्हाली रहेकी युडेन भोटिया अनुसार विद्यार्थीहरू आफ्ना सानासाना समस्या समाधान गर्न यो क्षेत्रमा धेर छन्‌। मुख्य गरी सिक्किममा यस्ता खाले सेक्सवर्करहरूको संख्या धेर रहेको पनि तिनले जनाएकी छन्‌। तिनले बताए अनुसार टेक्नोलजीले नै धेरैलाई यो क्षेत्रमा ल्याउन हौसाएको छ। तिनले भनिन्‌, मोबाइल फोन, इन्टरनेट, फेसबुक, बेवच्याटिङलाई धेरैले आफ्नो व्यापारको निम्ति प्रयोग गरिरहेका छन्‌। त्यसमध्ये फोन सबैभन्दा सजिलो माध्यम रहेको देखिएको छ।
यो क्षेत्र र समाजबीच रहेको अन्तरविरोध
जुन समाजले सेक्सवर्करहरूलाई घृणा गर्छ त्यही समाजले यो क्षेत्रलाई विस्तार गरिरहेको तथ्य पनि प्रकाशमा आएको छ। कुनै कारणले देहव्यापारमा लागेकाहरु समाजमा फर्किन खोजे त्यही समाजले कहिल्यै पनि स्वीकार गर्दैन जुन समाजले नै उसलाई यो क्षेत्रमा उतार्ने गर्छ। समाजको घृणित दृष्टिबाट लुक्न सेक्सवर्करहरूले त्यही समाजमा टाउको लुकाउँदै त्यही समाजमा व्यापार चलाउन बाध्य हुने गरेको तथ्य पनि अघि आएको छ। एक देहव्यापारीले दिएको जानकारी अनुसार समाजका प्रतिष्ठित अनि उच्चवर्गका मानिसहरू नै यो व्यापारका ग्राहक रहेका छन्‌। किन भने भर्खर नै यो पेसामा लाग्नेहरूको मुल्य धेर रहने गरेको छ जसलाई साधारण ग्राहकले चुक्ता गर्न सक्दैनन्‌। तिनले जनाए अनुसार नेतादेखि पत्रकार, समाजसेवकदेखि अधिकारीवर्गसम्म, उर्दीवालादेखि कुल्ली, विद्यार्थीदेखि शिक्षकहरूसम्म नै सेक्सवर्करहरूको जञ्जालमा छन्‌।
यो समस्याको समाधान के?
धेरै जानकारहरूसित कुराकानी गर्दा यो देहव्यापारको समाधान केही पनि छैन। कालेबुङ जस्तो महकुमा त के जिल्लामा नै कुनै पनि कुनै पनि वेश्यालय छैन। जब कि अन्य ठूला शहरहरूमा सेना र पुलिसका जवानहरूको निम्ति वेश्यालयहरूको स्थापना गरिन्छ। जानकार अनुसार वेश्यालय रहेमा यसरी छरिएर रहेका सेक्सवर्करहरूले सुनिश्चित ठाउँ पाउँछन्‌। तर दार्जीलिङ जिल्लामा वेश्यालयको स्थापना सामाजिक मर्यादा र सभ्य समाजको निम्ति हानिकारक मानिन्छ। यही कारण हो कि अहिलेसम्म वेश्यालय हुनुपर्ने सम्बन्धमा कसैले पनि कुनै माग गरेको छैन। सेक्सवर्करहरू पनि सामाजित अवहेलनाको सिकार हुने डरले आफ्नो कार्यक्षेत्र सुनिश्चित गर्न यस्ता अधिकार र मान्यताको कुरा गर्न सक्दैनन्‌। उनीहरूलाई यसरी नै सभ्य समाजको अँध्यारो गल्लीमा नै व्यापार चलाउन सुरक्षित लाग्ने गरेको छ। यसको समाधानको निम्ति नकरात्मक र सकरात्मक पक्ष अघि आएको छ। एक जानकार अनुसार, सङ्घसंस्थाहरू अनि प्रशासनको पहलमा उनीहरूको निम्ति यही रोजगारको अवसरहरू निर्माण गरिनुपर्छ। यसरी उनीहरूलाई कुनै ठाउँ व्यवस्थित गरिए पनि जसले सेक्सवर्करहरूको माग गरिरहेको छ उनीहरूबाट समाजका चेलीबेटी सुरक्षित नहुने अर्को जानकारको विचार छ।
यो व्यापारले फैलिँदैछ एड्‌स
अहिलेसम्म कालेबुङमा पचास भन्दा धेर एड्‌स रोगीहरू छन्‌। यो तथ्य विभिन्न सङ्घसंस्थाहरूमा फरक फरक रहेको छ। ती सामाजिक संस्थाहरू अनुसार पाइएको जानकारी अनुसार धेरै एड्‌सरोगीहरू छन्‌ तर त्यो भन्दा पनि धेर रोगीहरू रोग लुकाइएको कारण छन्‌। प्रकटमा आएकालाई त सुरक्षित राख्न सकिन्छ तर रोग लागेर पनि सामाजिक अवहेलनाबाट बॉंच्न रोग लुकाउनेहरूबाट भने समाजलाई खतरा छ। देहव्यापारबाट मात्र अहिले अनुमानित(संस्थाहरूसितको बाचचित अनुसार) 15 प्रतिशत एड्‌स रोगीहरू छन्‌। सेक्सवर्करहरूलाई रोग लागेमा उनीहरूले त्यसको जॉंच गर्ने ठाउँ छैन। लोकलाज र अवहेलनाको कारण उनीहरूले रोग लुकाउँछन्‌ तर व्यापार भने छोड्‌दैनन्‌। यो सबै भन्दा जटिल विषय बनेको छ जसलाई समाजले अहिलेसम्म नै अनदेखा गरेको छ। युडेन भोटियाले भनिन्‌, यो समस्या जटिल छ, यसको निम्ति सबैले नै गम्भीर भएक सोच्न पर्छ।
ग्रामीण स्तरका नानीहरूको गीत अनि नृत्य प्रस्तुती
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 16 सितम्बर। आज वर्ल्ड भिजनले यहॉंको रामकृष्ण रङ्गमञ्चमा भोलिको कालेबुङ सार लिएर एक कार्यक्रमको आयोजना गरेको थियो। ग्रामीण स्तरमा वर्ल्ड भिजनले गठन गरेको 35 वटा क्लबका नानीहरूले कार्यक्रममा अंशग्रहण गरेका थिए। गीत अनि नृत्यहरूको प्रतियोगितात्मक कार्यक्रममा प्रिमताम, टासिडिङ, साङसेर, बमबस्ती लगायत अन्य ग्रामीण इलाकाबाट नानीहरू भेला भएका थिए। नानीहरूले कार्यक्रममा सांस्कृतिक् नृत्य अनि गीतहरू प्रस्तुत गरे। कालेबुङमा 96 सालदेखिनै विविध सामाजिक कार्यसँगै विशेष ग्रामीण स्तरका नानीहरूलाई लिएर कार्य गर्दै आइरहेको वर्ल्ड भिजन इण्डियाले ग्रामीण स्तरका प्रतिभावान नानीहरूलाई नयॉं मञ्च प्रदान गर्न गीत अनि नृत्य प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक उत्तम कार्थक्ले बताए। महकुमा अधिकारी एल. एन. शेर्पा मुख्य अतिथि रहेको कार्यक्रममा पीटीटीआइका सभापति मनेन्द्र भूजेल, सीडीपीओ सोफिया थापा, डा. पी भूषन राई आदिको विशेष उपस्थिति थियो।
पुस्तकालय दिवस पालन
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 16 सितम्बर। कालेबुङ महकुमा पुस्तकालयले आज 32औं पब्लिक लाइब्रेरी एक्ट डे पालन गर्‍यो। 12 सितम्बर 1949 मा पब्लिक एक्ट अनुसार बङ्गालको जम्मै पुस्तकालयहरू सरकार अधिनस्त भएपछि उक्त दिन पुस्तकालय दिवसको रूपमा पालन गर्ने गरिन्छ। आज कालेबुङ महकुमा पुस्तकालय परिसरमा आयोजना गरिएको कार्यक्रममा महकुमाभरिका पुस्तकालयहरूको कार्यप्रणाली अनि पुस्तकालयलाई उन्नत बनाउन चर्चा परिचर्चा भयो। सोही कार्यक्रमको अवसरमा महकुमाभरिका 29 वटा पुस्तकालयहरूमा कार्यरत कर्मचारीहरूमध्ये यही वर्ष अवकाश ग्रहण गरेका दुइजना कर्मचारीहरू लोले ग्रामीण पुस्तकालयबाट प्रकाश अधिकारी अनि शेर्पा गाउँ ग्रामीण पुस्तकालयबाट पेम्पा शेर्पालाई उपस्थित कर्मचारीहरूले सम्बर्द्धना एवं विदाइ जनाए। पुस्तकालय दिवसको आजको कार्यक्रममा कालेबुङ पुस्तकायलबाट एनपी आदेन, पेदोङबाट पीएम राई आदिको विशेष उपस्थिति थियो।
भ्रष्टचारीहरूले छोडेनन्‌ बीपीएल परिवारलाई पनि
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 16 सितम्बर। नगरपालिका इन्जिन्यरिङ विभाग र नगरपालिकाका दुइचारजना धुर्त कर्मचारीहरूले बीपीएल घर निर्माणको निम्ति आएको राशिको दुरूपयोग गर्दै गरीबको भाग खोसेर खाइरहेको माकपाका तारा सुन्दासले आरोप लगाएका छन्‌। भारत इन्ट्रिगेटेड हाउजिङ स्लम डेभलोपमेन्ट स्कीम अन्तर्गत नगरपालिकाभित्र बनाइने घरहरू सही ढङ्गमा निर्माण हुननसकेको सुन्दासको आरोप छ। धुर्त कर्मचारीहरूको कारणले बीपीएल कार्ड धारकहरूको निम्ति आएको 1 लाख 12 हजार रूपियॉंको मूल्य बारबारको घर सरकारी नियमअनुसार नबनिएको बताउँदै सुन्दासले भने, नगरपालिका अभियन्ता विभाग र नगरपालिकाका दुइचारजना कर्मचारीहरूको कार्य असंवेदनशीलताको कारण बीपीएलकाहरूको घर सही ढङ्गमा निर्माण हुनसकेको छैन। यसरी गरिबको भाग खोस्नु अभिषाप हो। यस्ता गरीबको पैसा लुट्‌नेहरूको हामी विरोध गर्नेछौं।
सुन्दासले बताए अनुसार 2008 देखि यता 23 वटा वार्डभित्र 567 वटा घर बनिनु पर्ने भएपनि व्याङ्‌कको तथ्याङ्‌क अनुसार अहिलेसम्म 393 वटा मात्र घर बनिएको छ। यर सुन्दासको आरोप अनुसार 393 वटा घरमा पनि आधाजति मात्र घरको निर्माण कार्य भएको छ। सुन्दास अनुसार 25-25 स्क्वायर फीटको चारवटा कोठा भएको घर पाइखाना सहित बनिनुपर्छ। त्यसपछि उक्त घरमा पानीको व्यवस्था लगायत ड्रेन, मंग्रा आदि सुव्यवस्थित हुनुपर्छ। यस्ता घरहरूको संख्या धेरै भएमा त्यहॉं एउटा कम्युनिटी हल पनि बनाइनुपर्ने सुन्दासले बताएका छन्‌। घर बनाउने औपचारिकता मात्र गरेर लापारवाही गरेको अनि विजुलीसमेतको व्यवस्थापन उचित नरहेको आरोप पनि तिनको छ। तिनले यी जम्मै विषयमाथि बुझ्न महकुमा अधिकारीसित भेटघाट गर्दा अधिकारी समेतले स्पष्ट केही बताउन नसकेको बताएका छन्‌।
जीटीएको सिमाङ्कन अघि कुनै पनि चुनाव हुनु हुँदैन - प्रवीण
डी के वाइबा, कालिमन्युज,कालेबुङ १६ सितम्बर । गोर्खाल्याण्ड टेरोटोरियल एडमिनिस्ट्रेसन (जीटीए) निमार्णको पूर्वाधारहरु पूर्णरुपले पुरा नभए सम्म दार्जीलिङ पहाडमा कुनै पनि चुनाव गर्नु नहुने पिपल्स फोरमले माग गरेको छ । आज फोरमका सचिव प्रविण गुरुङले उक्त माग गर्दै जीटीएको सिमाङ्कन हुन अगावै मोर्चा नेताहरु हतारिएको आरोप लगाए । गोजमुमो अध्यक्ष बिमल गुरुङले दार्जीलिङ पहाडमा नगरपालिका चुनाव र पञ्चायत चुनाव गर्ने सङ्केत दिएकोमा फोरमका सचिव प्रविण गुरुङले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै यो जनताले ढाँट्ने खेल हो भने । जीटीएको चुनाव गराउँनु मोर्चालाई हतार भएकै कारण पञ्चायत र नगरपालिका चुनावको बहना मोर्चाले बनाएको पनि तिनले आरोप लगाए । तिनले जबसम्म जीटीएको सिमाङ्कन पूर्ण हुँदैन तबसम्म कुनै पनि चुनाव हुनुहुँदैन भने ।
तराई सिलगडी, डुवर्सको जमीन जीटीएमा पर्ने सम्भावना नरहेको देखेर नेताहरु आत्तिएको पनि तिनले आरोप लगाए । यदि जीटीएमा गाभिन्छ भने त्यो इलाकामा पञ्चायत वा नगरपालीका चुनाव हुँदैन भनि तिनले प्रश्न तेर्साए । अर्कोतिर मोर्चा जनताप्रति इमान्दार नरहेको आरोप लगाउँदै आज प्रस्तावित गोर्खाल्याण्डको भूभाग जीटीएमा गाभिनुपर्छ भनेर सरकारप्रति दबाव किन बनाउँदैन भनि तिनरे थप प्रश्न गरे । मोर्चा अध्यक्ष गुरुङले आफ्नो बचन कहिल्यै पुरा नगरेको आरोप लगाउँदै सिलगडीको गाँधी मैदानमा ३ लाख जनता थुपारेर सिलगडी हाम्रो भनेर आज किन जीटीएमा छैन भनि प्रवीण गुरुङले भने । पहाडका मानिसहरु बिजुलीको बिल तिर्ने कुरामा अझै अनभिज्ञ रहेको बताउँदै अगष्ट देखि तिर्नु भनेर सरकारी सूचना जारी नहुँदा पनि मोर्चा नेताहरु चुप बसेको पनि गुरुङले आरोप लगाए ।
तिनले मोर्चा नेताहरु प्रति आरोप लगाउँदै अझ भने अस्थायीकर्मचारीहरुको जीटीएमा कुनै कुरा उल्लेख छैन तर पनि किन झूटो आश्वासमा जनतालाई भुलाएर राखेको भन्दै जनता पनि सचेत बन्नुपर्ने तिनले आह्वान गरे ।
Remanti and Robin in Northeast ke superstar
Prabin Khaling, KalimNews, Gangtok, September 16: Having reached the finals of ‘Northeast Ke Superstar’, a talent hunt contest organized by North East Council (NEC) on pure merit, two Sikkimese youths are now banking on support from people of Sikkim and Darjeeling region for the grand finale proposed in mid October at Guwahati.
Remanti Rai (25) and Robin Mukhia (21) had already secured spots in singing and dancing events respectively in February earlier this year and now, video episodes of ‘Northeast Ke Superstar’ are being telecasted in DD-NE from September 7.
“Episodes of elimination rounds are being shown on Wednesday, Friday and Saturday each week since September 7. Actually, the episodes were supposed to be telecasted much earlier but it took time for the organizers to get a channel for this purpose. The episodes will show all the rounds starting from beginning”, said Remanti.
Two participants from each of the eight Northeastern states have been selected for the grand finale.
“After the finalists were announced, we all either sung a song or gave a dance presentation and then our appeal for votes was recorded. We have appealed the viewers to vote for us through SMS in a designated number. Voting will be open for a couple of days after the semifinal round is telecasted by the end of this month”, said Robin.
The duo explained that selection till the final depended entirely on talent but for the grand finale, number of SMS votes is very vital.
“We require votes to win the event. Though the marks from judges will also count to some extent, votes received will matter most”, said Robin.
“We both are from middle class families and cannot go promotion in a big way through hoardings and advertisements. Hence, we appeal the people to watch the episodes regularly and follow us in the channel and vote for us when voting time comes. We also seek support from sponsors for spreading our appeal to the people here in Sikkim”, said Remanti.
A television crew from the event management company which is conducting the ‘Northeast Ke Superstar’ had come to Sikkim last month to shoot their profile and shots of their homes, schools and their friends. The video packages will also be telecasted when the duo makes an appeal for votes.
“We are also counting on support from our well-wishers in Darjeeling hills. People from both Sikkim and Darjeeling have been helping talents from both sides and we also hope for a similar support this time”, said Robin.
Remanti and Robin will be also visiting Darjeeling and Kalimpong soon to garner support and make people aware of the event being telecasted in DD-NE. “We are also visiting schools and colleges here in Sikkim to seek support”, they said.
Remanti hails from Rhenock in East Sikkim while Robin is from Tadong, Gangtok. Ten youths from Sikkim, five each in dancing and singing, had been selected for the contest after the auditions were held here at Gangtok last December.
The Sikkim contingent left for Guwahati in the second week of January to participate in the contest where ten participants from other seven states had also arrived.
The winners of ‘Northeast Ke Superstar’ will get cash prizes and an one year contract with an event management company.
Rally: HC stands up for kids after school hours
TT, Calcutta, Sept. 16: Calcutta High Court today advised the Bengal government to introduce legislation to ban the participation of minors in political processions and gatherings.
“The government has decided to ban students’ participation in political rallies during school hours. But what about Saturdays and Sundays when most of the schools are closed? Will they be allowed to take part in such rallies on those days? Rather, the state should come up with a legislation prohibiting minors’ participation in political rallies,” the division bench of Chief Justice J.N. Patel and Justice A. K. Roy suggested today.
Ever since students were plucked out of a school and herded to a rally in the heart of Calcutta, The Telegraph has been drawing attention to this chink in the reputation of Bengal as a beacon of civil rights.
The newspaper had said in its leading article on the school incident: “That such a practice is considered ‘normal’ and that schools, even parents, are used to it, do not lessen the enormity of the evil. No political party should use schoolchildren as foot soldiers, with or without their parents’ knowledge.”
The state government had yesterday filed an affidavit promising a notification to disallow the shameful practice. But since the school education department was dealing with the issue, the assurance had confined itself to “school hours”.
The court today tried to correct this anomaly, asking what would happen after school hours. The question is particularly pertinent for Bengal where political parties thrive on parading children on the streets on the excuse that their parents are also either participants or have no objections to it.
Some leaders had given a spin of enlightenment, saying the children themselves wanted to voice their protest against issues such as American imperialism, although many young rallyists are lured by promises of pleasure trips to zoos and food.
The government’s affidavit was filed after 35 students of Sahapur Mathuranath Vidyapith of New Alipore were herded to the rally of the AIDSO, the students’ wing of the Trinamul Congress ally SUCI, on September 8.
The incident raised a stink because the parents initially thought their children were kidnapped. The attitude of police is a testimony to how such incidents are viewed as “normal” in a state that considers itself politically conscious. The police have not been able to trace the four named in an FIR so far. (See Metro)
The police also suggested that since the parents had not made any specific complaint, they could not take action. The Telegraph then raised the question whether parents can trample the rights of children — just as child labour is not allowed even if guardians and the children themselves are content with the pay and service conditions.
When the matter came up for hearing today, the division bench appreciated the government’s efforts in insulating school students from political rallies during school hours and then asked the larger question.
Child activists welcomed the court’s intervention. “We believe that students should not be carted to political rallies and other such activities on school days or holidays,” said Chittapriyo Sadhu of Save The Children.
“I hope the government takes the definition of ‘child’ as specified in the Juvenile Justice Act and the UNCRC (United Nations Convention on the Rights of the Child), both of which say a child is anyone below the age of 18,” he added.
Government pleader Ashok Banerjee told the court that the administration was viewing the matter with “all seriousness’’ and it was willing to bring in a law.
“Our government is seized of the issue, particularly the humanitarian aspects…. It has already been discussed at the government level that something will have to be done to put an end to this practice,’’ Banerjee said.
In his submission, he described a section of teachers “owing allegiance to political parties and certain politicians” as “naater guru (villain of the piece)’’ and blamed them for use of minors to fill rallies.
But some habits die hard. The SFI, the CPM’s students’ wing whose minimum age for membership is 12 or Class VI, criticised the state government’s stand.
Sayandip Mitra, the SFI state secretary who did not want to comment on the court’s suggestion, said: “What the state government is trying to do is unethical. We are strongly against the present move of the government to stop school students from participating in rallies. It is an attack on their democratic rights. How can the government stop a willing student from participating in a rally?” 

Headlines
This undated handout photograph shows the King of Bhutan, Jigme Khesar Namgyel Wangchuck (L) and the future Queen of Bhutan, Jetsun PemaSMS headlines, KalimNews: PM Manmohan Singh expresses his satisfaction on the present situation of Darjeeling.
The British-educated Jigme Khesar Namgyel Wangchuck 31 Bhutan King is getting married to 20-year-old student Jetsun Pema on 13th October. 
Saman Pathak MP opposes the proposal of taking over of NH55 by the army.
6 injured in Singtam of Sikkim when a gas cylinder burst.
CPRM attended a seminar on Gorkhaland in Kolkata.
Jaswant Singh is of the opinion that GTA solves the Gorkha identity crisis.
Bar Association of Jalpaiguri has objected the inclusion of Dooars and plains in GTA, it has threatened of agitation in near future.

No comments:

Post a Comment