To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Sunday, July 10, 2011

मोर्चालाई विकासको जिम्मा दिएर ममताले आफ्नो बद्नामीको इतिहास बनाउँदैछ-पिपल्स फोरम ...... West Bengal to forward separate Gorkha agreement to central government ,,,,,, GJM hard sells G-word - State has acknowledged Gorkhaland demand: Morcha .... Telangana on BPF radar

मोर्चालाई विकासको जिम्मा दिएर ममताले आफ्नो बद्नामीको इतिहास बनाउँदैछ-पिपल्स फोरम
मनोज वोगटी, कालिमन्युज, कालेबुङ,10 जुलाई। पहाड़, तराई अनि डुवर्सका बुद्धिजीवी अनि केही राजनैतिक सङ्गठनहरूलाई लिएर केही दिन अघि औपचारिकरूपले दार्जीलिङ-डुवर्स फोरमको गठन भइसकेको छ। डा.गोकूल सिन्हा अनि प्रवीण गुरूङ वर्तमान संयोजक रहेको यो फोरमले उप्रान्त गोर्खा जनमुक्ति मोर्चाले छोड़ेको मुद्दालाई अघि बढाएर लैजान गैरराजनैतिक अनि राजनैतिक सङ्गठनहरूको सहमति बटुल्ने काम भइरहेको बताइएको छ। यसैको निम्ति कालेबुङ आइपुगेका फोरमका संयोजक प्रवीण गुरूङले पत्रकारहरूलाई भने, गोर्खा जनमुक्ति मोर्चाले राज्य सरकारसित कतिपय कारणले आत्मसमर्पण गरिसकेको छ। हत्याहिंसामा लिप्त रहेको मोर्चाले लामो आन्दोलन गर्न नसक्ने परिस्थिति बनिएपछि मदन तामङले भनेजस्तै अर्को दागोपाप थापिरहेको छ। जसको क्षमताबारे सबैले बुझिसकेका छन्‌।
86 मा 10 रुपियॉं पर्ने चामल अहिले 40 रुपियॉं पर्छ। यस हिसाबले मोर्चाको व्यवस्था पुरानो दागोपाप भन्दा पनि तलको छ। धेरै मान्छे मारेर, भोकहड़ताल गरेर किड्‌नी बिगारीदिएर, पूर्व सैनिकहरूको टाउको फुटाएर यदि दागोपाप नै थाप्ने हो भने यो भन्दा ठूलो विडम्बना गोर्खाहरूको निम्ति अर्को हुन सक्दैन। यसकारण मोर्चाले मुद्दा छोड़ेको अनि ज्यान जोगाउन आत्मसमर्पण गरिसकेको बुझिसकेपछि यो फोरम गठन गरिएको छ। अहिले नै यसको अस्तित्व स्पष्ट नदेखिन सक्छ तर यसले आन्तरिकरूपले काम शुरू गरिसकेको छ।
तिनले पहाड़को विकासको जिम्मा राज्यको हुँदाहुँदै पनि आन्दोलनकारीले विकासको भार हातमा लिन्छ भने उसको वास्तविक उद्देश्य बुझ्नु पर्ने समय आएकोले गोर्खाहरूको राष्ट्रिय चिन्हारीको सवालको निम्ति फोरमले साङ्गठानिक मैत्रिकता स्थापित गर्दै भारतभरिबाट मुद्दालाई अघि बढ़ाउने काम शुरू गरिसकेको बताउँदै शीघ्र नै दार्जीलिङ वा कुनै ठाउँमा राष्ट्रिय सम्मेलन गरिने पनि जनाए। तिनले भने, दागोपाप घिसिङको हातमा दिएर वामफ्रण्ट प्रशासनिकरूपले पहाड़मा हारिसकेको इतिहास हुँदा हुँदै पनि ममताले पनि त्यही इतिहास दोहोर्‍याइरहेको छ। आफ्नो दाबीलाई पुष्टि गर्दै गुरूङले अझ भने, यदि ममताले पहाड़लाई स्वीट्‌जरल्याण्ड नै बनाउँछ भने दागोपाप अघिको हिल डेभलोपमेन्ट काउन्सिललाई नै पुनरुत्थान गर्नुपर्छ। यसको चेयरम्यान मुख्यमन्त्री आफै हुने छ अनि केन्द्रबाट नै फण्ड आउने गर्छ।
घिसिङले देखाइसकेको छ कि दागोपापले विकास गरेन अनि भ्रष्टचार गर्‍यो। विमललाई पनि दागोपाप प्रशासक बीएल मिनाले भ्रष्टचार उत्पादककोरूपमा आरोप लगाइसकेका छन्‌। घम्कीमा काम गर्न लगाउने अनि भ्रष्टचार गर्ने काम विमलले गरेका छन्‌। यस्तो अवस्थामा जीटीएको भविष्य छर्लङ्ग हुन्छ। जीटीए सफल नबने ममता बद्नाम हुनेछिन्‌। वामफ्रण्ट सरकारले दोहोर्‍याएको भूल ममताले दोहोर्‍याइरहेको आरोप लगाउँदै तिनले अझ भने, मोर्चालाई विकासमा भुल्याएर छुट्टैराज्यको निम्ति आवाज उठ्‌दैन भन्नु ममताको गलत हिसाब हो। ममताले मोर्चालाई विकासको काम जिम्मा लगाएर देशभरिका गोर्खालाई छुट्टैराज्यको निम्ति सङ्गठित हुने प्रेरणा दिएकी छन्‌।
अर्कोतिर मोर्चाले संवैधानिक व्यवस्थापछि राज्य हुँदैन भनेर जनतालाई बोरामा सुताइरहेको बताउँदै भने,एकपाखे इतिहास बोकेर वर्तमान स्वार्थको निम्ति मोर्चाले गरेको राजनीतिको परिणाम आउन अब 20 वर्ष लाग्दैन। मिजोराम, अरुणाचल प्रदेश, नागाल्याण्ड, त्रिपुराहरू संवैधानिक व्यवस्थापछि नै राज्य भएको हो। गोर्खाहरूले राज्य चलाउन सक्दैन भनेर मोर्चाका नेताहरूले गोर्खाल्याण्डको निम्ति आन्दोलन नगरेर दागोपापको निम्ति नै आन्दोलन गरेको स्पष्ट छ। जनताले याद राखुन्‌ यो व्यवस्थामा तराई र डुवर्स पस्दैन। तराई र डुवर्सलाई फेरि धोका भइसकेको छ। तिनले मोर्चाले गरेको तौजीको कुरा पनि हास्यपद् रहेको बताउँदै भने,लोकसभामा बील नल्याइ जमीनको पर्चापट्टा दिन सक्ने क्षमता राज्य समेतको छैन भने जीटीएको कसरी हुन्छ जब कि यो व्यवस्था नै असंवैधानिक हो। जनताले अहिलेदेखि नै कुरा केलाउने अनि बुझ्ने काम शुरू गर्नुपर्छ।
West Bengal to forward separate Gorkha agreement to central government
ANI, Kolkata, Sat, 09 Jul 2011 ANI : Expressing happiness over the consent given by West Bengal government for the Memorandum of Agreement (MoA) to be carried forward, Gorkha Janmukti Morcha General Secretary Roshan Giri has said the agreement will now be presented before the central government to facilitate the creation of a separate Gorkhaland state.
Talking to reporters here after meeting Chief Minister Mamata Banerjee on Friday, Giri said they are expecting a meeting to be called soon by the central government over their prolonged demand of a separate state within the next few days.
“Today the state government would be sending the Memorandum of Agreement to the central government and we hope that tripartite talks would be held by the government within one week to 10 days and the agreement will be signed. We had also made a courtesy call on Mamata Banerjee; so there has been a mutual consent over the final draft of the memorandum of agreement by the state government and Gorkha Janmukti Morcha,” he added.
A renewed demand for a separate Gorkhaland region, which would include Darjeeling and some contiguous areas of Jalpaiguri District, has created fresh turmoil over the past few months.
The Gorkha population in West Bengal is estimated to be around a million.
GJM hard sells G-word - State has acknowledged Gorkhaland demand: Morcha
Vivek Chhetri, TT, Darjeeling, July 9: If the Gorkha Janmukti Morcha is looking for a selling point in the impending agreement with the state government, it can find one in the nomenclature of the proposed council that will govern the region.

The Morcha leadership is viewing the inclusion of the word Gorkhaland in the name of the elected body, the Gorkhaland Territorial Administration, as a tacit acknowledgment by the state government that a demand for a separate Gorkhaland state is legitimate.
At the same time, the state government sees it as a sign of its spirit of give and take to accommodate the concerns of all sections as much as possible. Government sources pointed out that the word was part of a proposal drawn up during the tenure of the Left government.
Morcha general secretary Roshan Giri today said the inclusion of the word Gorkhaland in the name of the new set-up for the hills was “a moral victory” for the party.
“For the first time, the word Gorkhaland is in the official records. This is a step forward for us in our movement for a separate state. We still have not achieved our aspiration. But there is little doubt that by adding the word to the name of the new set-up, the state government has tacitly admitted that our demand for a separate state is legitimate. It is also an admission by the government that it recognises all that we have been saying about our separate identity,” Giri said.
After a meeting of the Morcha and senior government officials at Writers’ yesterday, both sides had said an agreement had been reached on all unresolved issues, including the nomenclature of the Gorkhaland Territorial Administration. The agreement is scheduled to be signed within a week.
Asked about the inclusion of the word Gorkhaland in the name of the hill authority, Mamata Banerjee had said: “What’s in a name?”
Today, a Morcha leader said: “A lot is in the name. We had made it clear that we will settle for nothing short of statehood and that the new arrangement is only a temporary one. So the word Gorkhaland in the name of the new body will serve as a constant reminder to the people of the Darjeeling hills that our demand is very much alive.”
According to a Morcha leader who attended yesterday’s meeting, the state government had not objected to the inclusion of the word in the name of the hill set-up.
“This is perhaps because even while negotiating with the previous government, no one had any objections to the name (Gorkhaland Regional Authority) we had suggested,” the leader said. “The government perhaps think that we will be happy with only this and once the agreement is signed, we will forget about our statehood demand. But this is unlikely to happen.”
Yesterday, Morcha president Bimal Gurung had said that if a separate state of Telangana was formed, “I will immediate raise our statehood issue”.
Chief secretary Samar Ghosh refused comment on Gurung’s observations, saying: “It’s their interpretation. It’s their perspective. We cannot react on this. The issue of statehood never featured during the talks. The matter was not even raised.”
The Opposition parties in the hills did not, however, sound too enthused about the inclusion of the word Gorkhaland in the new hill set-up’s name. “It is just a ploy by the Morcha to confuse the people,” said R.B. Rai, the president of the Communist Party of Revolutionary Marxists and former Darjeeling MP.
Telangana on BPF radar
TT, Guwahati, July 9: The Bodoland People’s Front (BPF) is keenly watching the developments on the Telangana front even as the Bodo party reiterated its demand for a separate Bodoland state.
BPF president Hagrama Mohilary, while talking to reporters on the sidelines of an official meeting at the state secretariat here today, said if the Centre accorded statehood to Telangana, there was no reason why the Bodos could not get a separate state.
A separate state has been a longstanding demand of the Bodos.
“A separate Bodoland is an old demand of the Bodos. In fact, it is in the heart and soul of every Bodo. We have full justification to demand a separate state on the lines of the demand for Telangana. If there is a policy of creating separate states, the same will apply to Bodoland. It does not make any sense whether someone is objecting to this and that and saying there will be no further division of Assam,” Mohilary said.
Convener of the Bodo National Conference (BNC) Anjali Daimari also echoed Mohilary. She, however, said the issue was not raised during today’s meeting between chief minister Tarun Gogoi and the BNC.
Mohilary said the BPF would stick to the separate Bodoland demand and discuss it with the government in the coming days.
घोषणा गर्छौं एउटा अजम्बरी सत्यको-----
कुचक्रीहरुले गरून् कुचक्र अनेक 

षडयन्त्रकारीहरूले पनि रचून् षडयन्त्र हजार 
सरकारहरुले लुछोस्-दलोस् --- नेताहरुले ढाँटोस्-छलोस् 
तर हाम्रो आत्मबल छ अजेय र अदम्य 
किनभने हामी हौं सन्तति बनमाराका बनमारा --- 
जो कहिले मासिंदैन उखेलेर फ्याँके पनि 
घोषणा गर्दै यही अजम्बरी सत्यको 
बनमाराको गीत यहाँ गुञ्जिन्छ  यसरी --------
“तिमीले माटो नदिएर के हुन्छ ? हामी त पहरामा फुल्छौं, चट्टानमा पनि फुल्छौं 

तिमीले पानी नदिएर के हुन्छ ” ? हामी त आँसुमा फुल्छौं, रगतमा पनि फुल्छौं ”
गरेर शिरोच्छेद ढाल मैदानमा हामीलाई 

थोपा-थोपा रक्तबीजबाटै सहस्रौं भई पल्हाउने छौं, 
पारेर क्षत-विक्षत फाल बगरमा हामीलाई 
चिता-अग्निको ज्वालाबाटै क्रान्ति मशाल जलाउने छौं,
तिमीले हावा नदिएर के हुन्छ ? हामी त सुस्केरामा फुल्छौं, उच्छवासमा पनि फुल्छौं 

तिमीले छायाँ नदिएर के हुन्छ ? हामी त सेपमा फुल्छौं, ओझेलमा पनि फुल्छौं.... तिमीले माटो...
च्यातेर पाना-पाना जलाऊ आगोमा हामीलाई 

अक्षर-अक्षर टिपी खरानीबाटै इतिहास नयाँ लेखने छौं 
काटेर टुक्रा-टुक्रा बगाऊ पानीमा हामीलाई 
पौरखको जाल फ्याँकी अस्तित्व हाम्रो समेट्ने छौं
तिमीले माया नदिएर के हुन्छ ? हामी त घृणामा फुल्छौं, दुत्कारमा पनि फुल्छौं 

तिमीले थांग्रा नदिएर के हुन्छ ? हामी त लत्रिएर फुल्छौं, तेर्सिएरै पनि फुल्छौं... तिमीले माटो..
तिमीले तिम्रो भूगोलको गमलामा हामीलाई नसजाएर के हुन्छ ? 

हामी त इतिहासकै काखमा फुलेका जंगली फूलहरू हौं 
यदि तिमीमा हाम्रो अस्मिताको कदर छैन भने  यो ऐलान आज तिमी पनि सुनिराख ! 
कुनै देशको सीमित मानचित्रको ड्राइंग-रूमभित्र सजाइएको 
“बोन्साई” बनिने रहर हामीलाई पनि छैन ! हामीलाई पनि छैन ! !
(नाट्यभूषण सी.के.श्रेष्ठ)

No comments:

Post a Comment