To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Friday, June 10, 2011

घिसिङ अनि विमलले क्षेत्रीयस्तरमा पहिलो र दोस्रो अध्याय सके .. अब तेस्रो अध्याय राष्ट्रियस्तरमा शुरू हुनेछ-श्रेष्ठ .... The buzz is back in Darjeeling... Communists criticise W. Bengal government agreement with Gorkha Morcha ... GJM remark signals bifurcation of State: Biman CPI (M) wants contents of the “official-level agreement” to be made public ... Darjeeling to turn Bollywood set for Barfee - Hill town gets ready to host Ranbir and Priyanka, shooting starts on june 16 ... Is Didi going her predecessor’s way?

घिसिङ अनि विमलले क्षेत्रीयस्तरमा पहिलो र दोस्रो अध्याय सके
अब तेस्रो अध्याय राष्ट्रियस्तरमा शुरू हुनेछ-श्रेष्ठ
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 10 जून। गोर्खा जनमुक्ति मोर्चाले अहिले जुन शीर्षक विनाको व्यवस्था ल्याउने तरखर गरिरहेको छ, यसैलाई नै गोर्खाल्याण्ड बताइरहेको छ। मान्नेले गोर्खाल्याण्ड माने ठीकै छ नमान्नेलाई पनि मोर्चाले भनेको छ, यही गोर्खाल्याण्डको घड़ेरी हो। गोर्खाल्याण्डको नाममा आइरहेका यस्ता तमाम टिप्पणीहरूलाई मिशन जाग्रत समाजले दलीय वर्चस्वको बाध्यता मात्र मानेको छ। क्षेत्रीय दलहरूलाई लिएर कहिल्यै टिप्पणी नगर्ने समाजका निदेशक सी.के.श्रेष्टले भने, मोर्चा भनेको क्षेत्रीय दल हो।
क्षेत्रीय दलले क्षेत्रीय आवश्कताका कुराहरूकै वकालत गर्छ। पर्यटन, स्थायीकरण, कलेज, पैसा, चौकी उनीहरूको मुद्दा हुन्छ। यस हिसाबले कमसेकम तीनोटा महकुमाको विकासको निम्ति यो दलले जति कुरा ल्याउँछु भनिरहेको छ, त्यो राम्रो कुरा हो। खुद्रा समस्या समाधान गर्ने यस्तो दलको कामै हो। यति पनि गरेन भने राजनैतिक खेलो कसरी हुन्छ? विकास हुन्छ भने, कुरा ठीकै हो तर यसलाई गोर्खाल्याण्डसित जोड्यो भने चॉंही पत्याउने कुरा होइन। मोर्चाको यो व्यवस्था र गोर्खाल्याण्डबीच गोरू बेचेको साइनो पनि छैन। सुवास घिसिङले पहिलो अध्याय सक्यो,  विमल गुरूङले दोस्रो अध्याय सके अब राष्ट्रिय स्तरमा तेस्रो अध्याय शुरू हुने छ।
सी.के श्रेष्टले अहिलेसम्मको आन्दोलनहरू(घिसिङ र विमलको आन्दोलन) गोर्खाल्याण्डको निम्ति नै नभएको स्पष्ट पार्दै भने, गोर्खाल्याण्ड भनेको भारतभरिका डेड़ करोड़ गोर्खाहरूको राष्ट्रिय र राजनैतिक चिन्हारीको प्रश्न हो। पहाड़को पर्यटन, अस्थायीहरूको समस्या, विकास भनेको गोर्खाल्याण्डको कुरा होइन। यो त क्षेत्रीय समस्याहरू हुन्‌। मोर्चाले छुट्टै राज्यको होइन छुट्टै विकासको आन्दोलन गरेको, 11 पल्टको वार्ताको निष्कर्षले स्पष्ट पार्छ। मोर्चाले क्षेत्रीय समस्या समाधान गर्‍यो, ठीकै गर्‍यो तर गोर्खाल्याण्डको आन्दोलन गरेन। राष्ट्रियस्तरमा सहमति बिटो पारेर संसदमा पुग्नुपर्छ गोर्खाल्याण्डको लागि। उनीहरू ममताकोमा पुगे। ममता र गोर्खाल्याण्डको सन्दर्भ अत्यन्तै हासँ उठ्‌दो कुरा हो।
ममता त गोर्खाल्याण्डको सन्दर्भमा अत्यन्तै अन्तिममा आउने कुरा हो। तिनले मोर्चाले ल्याइने भनिएकै व्यवस्थालाई नै गोर्खाल्याण्ड भनिरहेको अथवा त्यहींबाट गोर्खाल्याण्ड पुग्ने भनेर दिइरहेको बयान जनतालाई बोरामा सुताउने कुरा रहेको बताउँदै भने, गोर्खाल्याण्ड हुनको निम्ति देशले नै गोर्खाहरूलाई मूल स्रोतमा देख्नुपर्छ। गोर्खाल्याण्ड चिन्हारीको प्रश्न हो। त्यो तब पुरा हुन्छ जब राज्य हुन्छ। राज्य भएपछि देशको शासनप्रणालीभित्र गोर्खाहरूको सहभागिता हुन्छ। जब यस्तो हुन्छ तब गोर्खाहरूमा चिन्हारीको संकट हुँदैन। यसको निम्ति राष्ट्रियस्तरमा आन्दोलन हुनुपर्छ। दार्जीलिङस्तरमा होइन। अहिलेसम्म दार्जीलिङस्तरमा आन्दोलन भएकोले घुँड़ा टेक्नुपरेको हो। आन्दोलन दार्जीलिङ केन्द्रित भइरहेको छ, जब कि राष्ट्रिय केन्द्रित हुनुपर्ने हो। यस्तो त मोर्चाले गरेको छैन। मान्छे दिल्ली पुगेर राष्ट्रिय आन्दोलन हुँदैन। मुखमा मात्र राष्ट्रिय नभएर मानसिकतामा राष्ट्रिय हुनुपर्छ। कार्यप्रणाली र कार्यनीतिमा राष्ट्रिय हुनुपर्छ।
मोर्चाले विकासको कुरा ल्यायो स्वागत योग्य छ, तर मोर्चाले गोर्खाल्याण्ड ल्याउन सक्दैन किन भने एउटा सानो क्षेत्रमा भएको आन्दोलन भनेको छुट्टैराज्यको होइन क्षेत्रीय समस्या समाधानको निम्ति हुन्छ, उदाहरण मोर्चा र अहिले मोर्चाको व्यवस्था हो। यस कुरालाई अझ स्पष्ट पार्दै तिनले भने, जुत्ता लिनु गएको मान्छे लेस लिएर आउँछ। जुत्ता नै लिएर आयो भने लेस आफै आउँछ नी। गोर्खाल्याण्ड भनेर गएको विकास लिएर आउँछ, गोर्खाल्याण्ड लिएर आयो भने विकास आफै आउँछ नि त। दार्जीलिङको 10 लाख जनताले गोर्खाल्याण्ड माग्दा दिँदैन। देशभरिका डेड़ करोड़ गोर्खाले माग्नुपर्छ। देशभरिका गोर्खाहरूको सहमति बटुलेर संसद जानुपर्छ  र पो यिनीहरूको मुद्दा गम्भीर रहेछ भन्छ त, 10 लाखको सहमति लिएर गयो भने त पैसा र विकास नदिएर के दिन्छ त? अहिले यस्तै भइरहेको छ। तिनले अब दुइ अध्याय सकिएको अनि दार्जीलिङ क्षेत्रका जनताले पनि कुरा बुझेको बताउँदै तिनले अब चॉंड़ै नै एउटा राष्ट्रियस्तरको सङ्गठन हुने जसले राष्ट्रियस्तरमा नै सहमति बटुलेर छुट्टैराज्यको निम्ति कार्य गर्ने बताउँदै भने, दुइवटा च्याप्टर क्लोज भयो अब अर्को च्याप्टरको संघारमा छौं।
अब अहिलेको परिप्रेश्र्यमा देशको संसदीय प्रणालीमा छुट्टै राज्यको सान्दर्भिकता बुझ्नेहरूको जमात बटुलेर काम गरिनेछ। कुरा राष्ट्रिय गर्ने तर क्षेत्रीय स्तरमा राजनैतिक बाध्यताको कारण घुँड़ा टेक्ने दल र नेताहरू चाहिएन। भारतीय मूलस्रोतमा गोर्खाहरूको दाबीलाई स्वीकार गर्नुपर्ने बाध्यता निर्माण गरिनुपर्छ। हाम्रो मुद्दाले राष्ट्रियस्तरमा सैद्धान्तिक स्वीकृति पाउनुपर्छ। अब क्षेत्रीय समस्या पनि मोर्चाले समाधान गर्‍यो। देशभरिका क्षेत्रीय दल र सङ्गठनहरूको पनि सहमति लिएर राष्ट्रियस्तरमा आन्दोलन हुनुपर्छ।
भागोपले फेरि सोंच्नुपर्छ
सी.के श्रेष्ठले राष्ट्रियस्तरमा गोर्खाल्याण्डको निम्ति काम गर्न सक्ने सङ्गठन भागोप होइन भन्ने प्रश्नको जवाबमा भने, हो, तर यसले काम गरिरहेको छ त? जब कि 22 वटा राज्यमा रहेको यो सङ्गठनले तीनवटा महकुमामा भइरहेको आन्दोलन र नेता विमल गुरूङलाई पूर्ण समर्थन पाएको नेताकोरूपमा समर्थन गर्दै मुद्दा नै जिम्मा लगाउने राष्ट्रिय समितिले प्रस्ताव ग्रहण गर्छ। यो त बाल्टिको पानी मगमा हालेको जस्तो भयो। यस्तो मानसिकतालाई जबसम्म त्याग्दैन तब भागोपबाट आशा गर्न सकिँदैन। भागोपले फेरि सोंच्नुपर्छ।
आफूलाई चिन्नुपर्छ। आफ्नो स्वरूप चिनेन भने यो राष्ट्रियस्तरबाट क्षेत्रीयस्तरमा खुम्चिन्छ। अहिले गोर्खाल्याण्डको ग पनि वार्तामा नउठेको कुरामा विस्मात मान्दैछ। जब कि मुद्दा नै जिम्मा लगाइएको हो। यदि विस्मात धेरै अघि मानिएको भए यस्तो अवस्था आउने थिएन। भागोपले रिथिङ्‌क गरेन भने, धेरै विस्मातहरू मान्नु पर्ने छ।
डा.हर्कबहादुर छेत्रीले जातिको गरिमामा चोट पुर्‍याएका छन्‌
कलकत्तामा ममता सरकारसित पहाड़को विकासको निम्ति तयार व्यवस्थामा  चुक्ति गरेर कालेबुङ फर्किने वित्तिकै पत्रकार सम्मेलन डाक्दै मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले गोर्खाहरूमा राज्य चलाउने क्षमता नै छैन, घिसिङले यस्तो बनाइदिएका छन्‌ कि नगरपालिका चलाउने क्षमता पनि हाम्राहरूमा छैन, राज्य चलाउने प्रणाली सिक्नकै निम्ति यो व्यवस्था हो भन्ने आशयमा मन्तव्य दिएका थिए। श्रेष्ठले यसमाथि टिप्पणी गर्दै भने, गोर्खा जातिको मानिलिएका नेताहरूले आफ्नो जातिको क्षमतामाथि शंका गर्नु, जातिलाई हियाएर, हाम्रो कुनै ल्याकत छैन भन्नु जातिको गरिमामा ठेस पुर्‍याउने दुर्भाग्यपूर्ण वक्तव्य हो। किन भने सिक्किमलाई हेरौं, गोर्खाहरूले नै राम्रो मात्र होइन, देशमा नै मोडल राज्यकोरूपमा स्थापित गरेका छन्‌। उनीहरूले राज्य चलाउने ट्रेनिङ कहॉं लिए त?
राज्य चलाउने ट्रेनिङ कहॉं हुन्छ? जुन दलमा आईएएस, आइपिएस, डाक्टरहरूको भरमार छ, त्यही राजनैतिक दलको नेताले हाम्रोमा राज्य चलाउने क्षमता छैन भन्नु कसैको चित्त बुझ्ने कुरा होइन। गोर्खाले एउटा सिङ्गो राष्ट्र छिमेकमा नै चलाइरहेको छ। असममा विधानसभाको अध्यक्ष राई छन्‌। मौका मात्र पाएका छैनन्‌, गोर्खाहरूमा राष्ट्र चलाउने क्षमता छ। डा. छेत्रीको यो वयान त अहिले गोर्खाल्याण्ड ल्याउन नसकेकोमा,अरू नै थोक ल्याउन सकेकोमा जस्टिफिकेशनको निहू मात्र हो। वास्तमा साह्रै मनदुख्ने कुरा हो यो। जातिको गरिमा धमिल्याउने कुरा हो। दुर्भाग्यपूर्ण कुरा हो।
सनफार्मा दवाई कारखानामा सुरक्षाकर्मी र प्रबन्धन पक्षमा झडप
50 सुरक्षाकर्मी पक्राउ 3 अधिकारी घाइते
प्रवीण खालिंग, कालिमन्युज, गान्तोक,10 जून। यहाँको रानीपूल नजिक सेतीपुलमा स्थापित सनफार्मा दवाई कारखानामा तैनाथ सुरक्षाकर्मी र प्रबन्धन पक्षमा चलिरहेको तनाउले शुक्रबार बिहान उग्ररूप धारण गऱ्यो। जसमा सुरक्षाकर्मी र प्रबन्धन पक्षका अधिकारीहरूबीच झगडा हुँदा तीन जना अधिकारी घाइते भएका छन्। यी मध्ये एकजनालाई मणिपाल अस्पतालमा भर्ती गरिएको छ। घटनाको सूचना पाउनसाथै स्थिति नियन्त्रणको निम्ति पुलिस घटनास्थलमा पुगेर कार्यरत 50 जना पुरूष सुरक्षाकर्मीलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको छ।
कारखानामा जम्मा 60 सुरक्षाकर्मी रहेका छऩ्। जसमध्ये 10 जना महिला सुरक्षाकर्मी रहेका छन्। झगडामा घाइते भएकाहरूलाई अस्पतालमा प्राथमिक उपचारको निम्ति पठाइएको छ।
रानीपूल थाना प्रभारी परशु शर्माले दिएको जनाकारी अनुसार आज बिहान लगभग 10 बजी कम्पनीबाट घटनाबारे सूचित गर्दै सुरक्षाकर्मीद्वारा कम्पनीका उच्च अधिकारीहरूलाई पिटेर स्थिति अनियन्त्रीत रहेको बताएका थिए। उनले भने सुरक्षाकर्मी र अधिकारीबीच भएको झडपमा कम्पनीको मानव संसाधन प्रभाग (एचआरडी) का प्रमुख प्रभाकर रोय समेत तीनजना अधिकारीलाई हातपात गरिएको छ। जसमा अधिकारी रोयलाई उपचारको निम्ति मणिपाल अस्पतालमा भर्ना गरिएको छ। अन्य दुइजनालाई भने प्राथमिक उपचार गरिएर छोडिएको सूत्रले बताएको छ।
पुलिसले सुरक्षाकर्मीहरू विरूद्ध भारतीय दण्ड संहिताको धारा 147,149,341 अऩि 323 अन्तर्गत मामिला दर्ता गरेर छानवीन शुरु गरेको छ। अर्कोतिर सुरक्षाकर्मीहरूले आफ्नो गुनासो राख्दै भने, गत 14 महिनादेखि दिनमा 12 घण्टाकाम गरेर पनि महिनामा 6 हजार रूपियाँ बाहेक एक कन्चीको साहुलियत र अन्य भत्ता हामीले पाउन सकेका छैनौं। यतिमात्र होइन पछिल्लो आन्दोलन पछि कर्मचारी र कम्पनीबीच भएको सम्झौतामा महिनाको 7 तारिकभित्र वेतन भुक्तान गरिने सम्झौता भएको थियो तर आज 10 तारिक बित्दा पनि हामीले वेतन पाएका छैनौं यसैको विरोध गर्दै हामीलाई पशुजस्तो व्यवहार गर्दै अश्लिल गाली गर्ने गर्छन् कति दिन सहने हामीले हाम्रै घरमा गैर सिक्किमेले दिएको यातना भोग्दैछौं त्यसैको विरोध गरेका हौं, सुरक्षाकर्मीहरूले गुनासो गरे।
आजको घटनाबारे पनि सुरक्षाकर्मीहरूले भने,हामीलाई गेट खोल्न लगाउँदा असहनीय गाली र अश्लिल गाली गरेपछि ती अधिकारीहरूसित भनाभैरी भएको हो।
यसैगरि उनीहरूलाई हटाएर कम्पनीले नयाँ सेक्युरिटी सेवाको सुरक्षाकर्मी नियुक्त गर्ने भनेपछि पनि विरोधको लहर शुरु भएको उनीहरू बताउँछन्। उनीहरूले भने, हामीलाई निकाले पछि हाम्रो रोजगार कहाँ खोज्नु, अर्को कम्पनी आउँछ भने हामीलाई पनि त्यसैमा लगाउऩु पर्ने हाम्रो माग छ, तर प्रबन्धन पक्षले सुनेका छैनन्। अर्कोतिर कम्पनीका अधिकारीहरूले घटनाको बारेमा पुलिसले जाँच गरिरहेको हुनाले कुनै प्रतिक्रिया व्यक्त नगर्ने बताए। यद्यपी उनीहरूले पुलिसले सबै सुरक्षाकर्मीलाई पक्राउ गरेपछि कारखानामा सुरक्षा गर्ने कोही नभएकोले सुरक्षाको व्यवस्था गर्न पुलिसलाई अनुरोध गर्ने तथा पुलिस उपलब्ध हुन नसकेको खण्डमा कर्मचारीहरूलाई त्यसमा तैनाथ गरिने बताए।
अर्कोतिर घटनाको जाँच प्रक्रिया पुरा भएपछि सुरक्षाकर्मीलाई पुनःकाममा राख्न पनि प्रबन्धन पक्ष राजी रहेको तथा नयाँ कम्पनीमा पनि योग्यताको आधारमा पुरानै सुरक्षाकर्मीहरूलाई अवसर प्रदान गर्ने कम्पनीको अधिकारीहरूले बताएका छन्।
उल्लेख्य छ यस भन्दा अघि पनि सनफार्मा कम्पनीमा प्रबन्धन पक्ष र कर्मचारी बीच विवादहरू सिर्जना हुने गरेको छ। जसमा केही महिना अघि एक कर्मचारीको हात मेशिनमा काटिएको बेला ठूलो विवाद सिर्जना भएको थियो जसमा विधानसभा अध्यक्ष तथा क्षेत्र विधायक के टी ग्याल्छेनको हस्तक्षेप पछि स्थिति सामान्य भएको थियो। यसैगरि वर्ष 2009 मा पनि मजदुर र प्रबन्धन पक्षबीच विवाद सिर्जना भएको थियो।
The buzz is back in Darjeeling
Caesar Mandal, TOI, Jun 11, 2011, DARJEELING: Darjeeling has, within just a couple of days, reclaimed its status as the `Queen of the Hills`. With a new era of peace dawning on the mist-covered hills, this town has witnessed a mad rush of tourists who have, till just the other day, given Darjeeling a miss to travel to Gangtok and other towns in neighbouring Sikkim.
The agitation for a separate Gorkhaland, spearheaded by the GJM since 2008, had disrupted tourism in the Hills, beside halting all development works and disrupting normal life. The murder of ABGL leader Madan Tamang nearly a year ago in the middle of the town hit the tourism sector hard and made even the Darjeeling lover shy away from making a trip to the town.
But this week`s `agreement` between the state government and the GJM has, in one stroke, brushed away all the grim memories of the past three years. And life has jumped back to normal — with a vengeance. Happy chaos and cacophony are back at Chowk Bazar and the Mall — long queues of cabs, a thick crowd snapping up mementoes, cops trying in vain to control the traffic rush and all hotels reporting 100% occupancy herald a return to the good old days.
And the buzz among the locals, who have suffered three years of disruptions and stagnation, is development. "The (Gorkhaland) movement is history. It`s now a new beginning," said Vickie Rai, a young lady who manages a budget hotel in Darjeeling. "We`re experiencing such a rush of tourists after four years," she said. "Even in this late summer, despite sudden rain and chances of landslides, flocks of tourists are arriving every hour. We are finding it difficult to accommodate them," says a happy Vickie. Failing to find rooms in Darjeeling, many tourists are putting up at lodges in the outskirts and even opting to hire rooms at residential houses.
"During the beginning of this tourist season, rooms which were available for Rs 400 are now going for at least double that amount," said Subhash Chhetri, another hotelier. "The political unrest over the past four years had scared tourists away from Darjeeling. Sikkim became an alternative destination. Now that things are back to normal, it is Darjeeling`s turn again to get tourists. And this rush of tourists is certainly a positive development towards a resurgence of ailing economy of the hills," said Supratim Basu, president of Eastern Himalaya Tour and Travel Association. Basu feels that the volume of trade this year is more than five times than that of the last three years!
While the tourist boom is the most visible sign of the normalcy returning to the hills, the happiness of the hill people is palpable. "We managed to earn a good amount this time,` said Babulal, who hawks wooden memorabilia on the street. For Pritam, a young waiter at a budget hotel it`s a time to rejoice. "Last year due to lack of tourists, my employer sent me back to my native village. Though we have some farmland but we need hard cash. Last year we were in a bad condition," said Pritam, whose brother is a member of Gorkha Land Personnel — the volunteer wing of GJM. "It is true that we`re yet to get Gorkhaland. But the new government has dealt with our demands respectfully. If the proposed (Hill Council) structure provides us more power and autonomy for our development, then it is now better to reconstruct the hills by suspending the movement," said Amar Gurung, a driver who`s a supporter of the demand for Gorkhaland.
Pointing towards `pre-historic` condition of the Rohini road — the cratered track that`s Darjeeling`s tenuous physical link with the plains — he said it is time for immediate development works. "The movement halted all type of development works. We need proper drinking water, electrification and better roads," said Kundan Sharma, a youngster who runs an eatery at Rohini.
The Hills are brimming with tourists, and the locals are smiling again. Many among them also yearn for Gorkhaland. But for now, it`s time to bask in the rays of normalcy. And for the tourists, Darjeeling , despite its bad roads and poor infrastructure,
is still the best hill destination. As they say, there`s something about Darjeeling that just ain`t there elsewhere.

GJM meeting on 14 June
KalimNews: Centrall committee of GJM met in Jamuni and the discussion was focussed on the recent agreement made with the state government.  It also had discussion regarding the structure of the proposed body and functioning of the present council. The committee is again meeting on 14 June.
Communists criticise W. Bengal government agreement with Gorkha Morcha
ANI, June 10, 2011 - Kolkata:In backdrop of the agreement of West Bengal government with Gorkha Janmukti Morcha (GJM), Communist leader Biman Bose expressed his displeasure, saying it may finally lead to the bifurcation of the state.
Talking to reporters here on Thursday, Bose said: "The problem which was unsolved for 21 years, has been resolved in a little time. They (GJM) are saying after returning to the hills that this is a foundation of Gorkhaland, we have constructed the foundation now the structural development has to be done. This is a signal of bifurcation of Bengal."
"What is the agreement about? What is the road map, what will the boundaries of the new set-up be, none but they (the signatories to the agreement) know," he added
After the state government agreed to sign an agreement with GJM on the long pending issue of separate Gorkhaland state, Chief Mamata Banerjee made the announcement that the decades-long Darjeeling issue had finally been resolved.
A renewed demand for a separate Gorkhaland region, which would include Darjeeling and some contiguous areas of Jalpaiguri District, has created fresh turmoil over the past few months.
The Gorkha population in West Bengal is estimated to be around a million.
GJM remark signals bifurcation of State: Biman
CPI (M) wants contents of the “official-level agreement” to be made public

TH, KOLKATA: Left Front Committee chairman Biman Bose on Thursday said the assertions by Gorkha Janamukti Morcha (GJM) leaders that the recently signed “official-level agreement” with the State Government was the “foundation of Gorkhaland” signalled “the bifurcation of West Bengal.”
Wondering whether in view of such remarks the agreement paved the way towards any sort of solution to the political crisis in the Darjeeling hills, Mr. Bose, who is also the State secretary of the Communist Party of India (Marxist), said the people were in the dark as to its contents.
“What is the agreement about? What is the road map, what will the boundaries [of the new set-up] be, none but they [the signatories to the agreement] know.”
Leader of the Opposition in the West Bengal Assembly Surya Kanta Mishra, who is also a member of the CPI(M)'s Central Committee, reiterated his demand that the agreement be made public.
‘Only three hill sub-divisions'
The Left Front will welcome a solution to the crisis in the Darjeeling hills, but shall oppose any move to include areas beyond the three hill sub-divisions within the territorial jurisdiction of the proposed body, Mr. Mishra said.
Mr. Bose, who was speaking to journalists shortly after a meeting of the Left Front Committee, said it was decided there that a detailed review of the results of the Assembly elections would be made collectively only after the constituent parties completed their assessments.
“What the parties have completed is an absolutely preliminary review of the results. Only after a detailed review, based on facts and figures, will the Left Front together make a detailed review on the matter,” he said.
It has been decided to set up a Left Front coordination committee, comprising the Leader of the Opposition in the Assembly, the deputy leader, the chief whip and a legislator from each of the parties, for better coordination among Left MLAs when the Assembly is in session.
In view of the fact that more than half of the 61 Left Front MLAs are first-time legislators a workshop would be held to apprise them of their role in the Opposition, Mr. Bose said.

Darjeeling to turn Bollywood set for Barfee
- Hill town gets ready to host Ranbir and Priyanka, shooting starts on june 16 
VIVEK CHHETRI, TT, Darjeeling, June 10: Bollywood is back in Darjeeling.
The Gorkha Janmukti Morcha’s deal on a new administrative set-up with the state government and the subsequent announcement that the hill problem has been “solved” has brought peace to Darjeeling, and along with it, Bollywood.Anurag Basu will be exploring the life of a Darjeeling boy played by Ranbir Kapoor in Barfee, the shooting for which will begin on June 16. “I will be shooting Barfee in and around Darjeeling from June 16. Both Ranbir (Kapoor) and Priyanka (Chopra) will shoot in Darjeeling for a 10-day schedule,” Basu told
The Telegraph in Calcutta.
Telugu actress Ileana D’Cruz will make her Bollywood debut in this film.
The last big Hindi film to be shot here was Shah Rukh Khan’s Main Hoon Na in 2003. Parineeta, starring Saif Ali Khan and Vidya Balan in 2004-05, was also shot in the hills, but not in Darjeeling town. Saif’s toy train ride was filmed in Tindharia, 70km from Darjeeling.
Barfee is based in Darjeeling and it is about a boy from here. The shooting will be held till June-end and will again start from the last week of August to continue till mid-September. While Ranbir is expected to be present throughout the shoot, Priyanka and Ileana will come as and when they are needed,” said Uday Mani Pradhan, production co-ordinator for the movie.
Basu, known for films like Life in a Metro, will be using all aspects of the hill town in Barfee.
“Darjeeling will be extensively shot in the film. From the lanes and by-lanes to the panoramic views of the hills and the Darjeeling Himalayan Railway, everything will be captured in frame,” said Pradhan. In fact, the permission for shooting in the toy train reached the team only yesterday.
The director, whose recent films include the Hrithik Roshan starrer Kites, and Murder, will be shot at the Mall, Birch Hill Road, Mayanpuri, Ghoom station, Happy Valley tea garden and at the Capitol Clock Tower and Hall. “In fact, Darjeeling will be taken back to the 1960s and 70s (considered by many as the golden days of Darjeeling). We are converting the Capitol Hall into a cinema hall as it used to be then,” said Pradhan who is busy collecting old movie posters.
The movie is expected to showcase Darjeeling like “never before” and shooting has been even scheduled in Mirik, 10km from the hill town. < “The director visited Darjeeling thrice and was overwhelmed with its beauty. In fact, when he came here, things had not yet settled down but he never felt that shootings could not take place. He was of the opinion that things were much calmer than what was being projected to the outside world,” said Pradhan. Not that no big films were shot after Main Hoon Na. In 2009, Hollywood came calling with The Way Back. The film starring Ed Harris had used a tea garden near Darjeeling as a location but the hills do not feature by name in the film, going by a faceless “someplace in India”.
“Darjeeling had been projected very badly in the past three years. Even during the strife period we shot seven Bengali films without any problem. Places like Kaffer and Lava along with Bijanbari have so much potential and Basu believes that Darjeeling could be the next big thing in the industry,” said Pradhan.
In the past three years, Pradhan co-ordinated the shooting of four Anjan Dutt films — Sei Gorkha Chelata, Rono and Vicky, Nine Miles and Darjeeling Darjeeling. “Kaushik Ganguly also shot Laptop, Rang Milante and The Promotion during this period,” said Pradhan.
The people of Darjeeling have another reason to be proud. Suravi Pradhan, a local girl who recently completed a course in film direction from the University of Sussex, will be part of the Barfee team. She was also part of the directorial team in Dutt’s Chowrastha: Crossroads Of Love.
Fine for plastic dump on Sikkim slopes

Yumethang valley

TT, Gangtok, June 10: Tourists who leave behind empty food packets and plastic water bottles while visiting high-altitude areas of North Sikkim would be fined by the local governing body of Lachung village from now on.
Members of the Lachung Dzumsa have said a minimum of Rs 1,000 will be charged if a visitor is seen throwing waste in these tourist hotspots.

Dzumsa is an age-old system of governance practised in Lachen and Lachung villages and is protected under the Sikkim Panchayat Act 1995.
The governing body is headed by two pipons (headman) elected by the villagers for a period of one year.
“We have formed a committee to keep our tourism destinations clean. The committee will be divided into groups for Lachung, Yumthang Valley and Yume Samdong. They will be submitting monthly reports to us. Those tourists and drivers who discard wastes without keeping in mind the purity of tourism areas will be fined a minimum amount of Rs 1,000,” said Lachung pipon Tendup Lachungpa.
Starting from Chungthang, the Dzumsa jurisdiction extends up to Yumthang Valley (24km from Lachung) and Yume Samdong (50km from Lachung) in North Sikkim.
Around 250 tourist vehicles visit Lachung, 119km from Gangtok, every day during the peak season in summer.
Besides Lachung the other tourist hotspots in the area include the Yumthang Valley (11,800 feet) and Yume Samdong (15,300 feet). Lachung is at 8,700 feet.
Most of the places are strewn with empty chips and noodle packets, juice tetra packs and mineral water bottles.
“We have ordered those running tea and snack stalls at Yumthang Valley and Yume Samdong to form committees and collect and dispose the garbage. Biodegradable garbage will be disposed by them and non-biodegradable items will be sent to Gangtok where we will be teaming up with the forest and urban development departments for their disposal,” said another pipon of Lachung, C. Namgyal Lachungpa.
The Lachung pipons have requested the taxi drivers visiting the areas from Gangtok to take non-biodegradable trash collected from Yumthang Valley and Yume Samdong and take them back to the state capital. “The taxi drivers have been asked to brief their passengers so that they don’t litter around or leave empty chip and food packets and mineral water plastic bottles behind. Drivers have been told that they should not do drunken or rash driving or smoke cigarettes once they cross Chungthang and enter the Lachung Dzumsa territory. We want our tourists to feel safe once they enter Lachung,” said the adviser to Travel Agents’ Association of Sikkim, Palzor Lachungpa.
 गोर्खाल्याण्ड कारण अनि वास्तविकता
सी. के. श्रेष्ठ : भारतवर्षमा उठेका, नयॉं होस्‌ वा पुराना, अलग राज्यका सबै मागहरूमा गोर्खाराज्यको माग आज सबैभन्दा गलत रुपले उठान गरिएको, गलत रुपले व्याख्यान गरिएको, गलत रुपले बुझिएको माग बनेको छ। जसले यो मागबारे बुझेजस्तो भान गर्छन्‌ उनीहरूले पनि यसलाई तेलेंगना, बुन्देलखण्ड, विदर्भ आदिजस्तै आर्थिक विकास अनि राजनीतिक क्षमताका निम्ति गरिएको साधारण माग नै सम्झन्छन्‌। अनि अन्यले यसलाई सरासरी उनीहरूको राज्य वा देशलाई विभाजन गर्ने राक्षसी परिकल्पना भनेर अमान्य ठान्छन्‌ जबकि भारतीय संविधानको धारा 3 (क) -मा स्पष्ट रुपमा लेखिएको छ , राज्य निर्माण हुनसक्छ......इत्यादि।
वास्तविकता के छ भने चाहे केन्द्र सरकार होस्‌ वा यो समस्याको समाधानार्थ खटाइएका व्यक्तिहरू कोही पनि गोर्खाल्याण्डको आन्दोलनको वास्तविक पृष्ठभूमि र कारणहरूबारे सचेत छैनन्‌। परिणामस्वरुप, मुद्दाको समाधानको बहानामा भारतीय गोर्खाहरूको राष्ट्रिय आकांक्षालाई आँखीओझेल गर्दै स्थानीय अनि क्षेत्रीय राजनीतिक स्वार्थले प्राथमिकता पाइरहेका छन्‌। महत्त्वाकांक्षी नेताहरू र स्वार्थनिहित राजनीतिज्ञहरूको अबैध सम्बन्धको कारण यो मुद्दाको केन्द्रबिन्दु अब राष्ट्रियदेखि स्थानीय स्तरमा गिरेको छ।
गोर्खाल्याण्ड आन्दोलन केको निम्ति हो भन्ने वास्तवमा बुझ्नका निम्ति यो मुद्दा के हो अनि के होइन सो बुझ्न नितान्त आवश्यक छ। अवधारणालाई स्पष्ट पार्नका निम्ति विस्तृत विवरणतिर नगएर केही मुख्य अनि विशेष विषयहरू यसरी बुझ्नसकिन्छ -
गोर्खाल्याण्ड - यो के हो अनि के होइन?
यो हो - भारतभरि छरिएर बसेका ती 1.25 करोड़ गोर्खाहरूको आकांक्षा जो यो देशमा उनीहरूको राष्ट्रिय साथसाथै राजनीतिक अधिकारको खोजीमा छन्‌ अनि गोर्खाल्याण्डबिना उनीहरू सधैँ नै यो देशमा बहिरागत, सुकुमवासी, अप्रवासी अनि कहिलेकाहिँ त विदेशी भनेर पनि भूल बुझाइएका र गलत अर्थ लगाइएका छन्‌।
एउटा समस्या जो भारतको जुनै ठाउँमा बसे पनि हरेक गोर्खाले हरपल सामना गर्नुपरिरहेको छ त्यो हो उनीहरूको राष्ट्रिय चिह्नारीमाथि घरिघरि गरिने शङ्कापूर्ण अनि आक्रमक प्रश्न। गोर्खाल्याण्डको माग भारतीय गोर्खाहरूलाई सधैँभरि बिझाइरहने यसै समस्याको समाधानको निम्ति उठेको मुद्दा हो।
यो हो - आफ्नै देशमा अन्य भातृ जातिहरू बराबर गणतन्त्रको फल उपभोग गर्दै ससम्मान अनि सगौरव बॉंच्न चाहने एउटा पछौटे समुदायको सङ्घर्ष। उनीहरूको आफ्नै एउटा राज्यको अनुपस्थितिमा भारतीय गोर्खाहरूको राष्ट्रिय चिह्नारीलाई सदैव प्रश्नवाचक रुपमा उभ्याइएको छ। सधैँभरि आफ्नै देशले यस्तो सोच राखेर परीक्षण गर्ने गरेको स्थितिलाई भारतका गोर्खाहरूले आफ्नो गलामा जॉंतो झुण्यड्याइएजस्तै अनुभव गरेका छन्‌। यसैले गोर्खा समुदाय यो देशको राष्ट्रिय प्रतिस्पर्धाको चित्रमा निम्न दर्जामा देखा पर्नुमा कुनै शङ्का छैन।
यो हो -  भारतको हरेक गोर्खाले आफ्नो ठेगाना देखाएर सगौरव भारतीय भएर बॉंच्न अनि मर्नका लागि देखेको सुनौलो सपनाको साकार रूप। वास्तवमा उत्तर-पूर्वाञ्चलका सबै अभारतीयजस्तै भारतीय जातीय समुदायले पनि यही चिह्नारीको समस्याको सामना गर्नुपर्नेथियो यदि उनीहरूको आफ्नै राज्य नभएको भए जसलाई उनीहरू आफ्नो ठेगानाको रुपमा चिनाउँछन्‌।
यो हो - राष्ट्रिय तहमा सुल्झाइनुपर्ने गोर्खाहरूको एउटा राष्ट्रिय मुद्दा। गोर्खाल्याण्ड भनेको दार्जलिङ होइन। केही दार्जलिङे राजनीतिक नेताहरूलाई रुझाएर यो समस्यालाई जबरजस्ती दार्जलिङकेन्द्रित बनाउँदै यसको समाधान खोज्नु भारतभरि छरिएर बसेका सम्पूर्ण गोर्खाहरूको आन्तरिक मुद्दालाई अलग बनाउन खोज्नु हो। यो दार्जलिङ केन्द्रित पहल भारतको सम्पूर्ण गोर्खा समुदायप्रतिको एउटा ठूलो अन्याय मात्रै होइन तर गोर्खा मुद्दाप्रति एउटा अविस्मरणीय धोखा पनि हो।
गोर्खाल्याण्ड गोर्खाहरूले स्वाधीनता सङ्ग्राममा निर्वाह गरेको भूमिका अनि यो देशको निर्माण र सुरक्षामा उदाहरणीय वीरता र इमानदारी प्रदर्शन गर्दै पुर्‍याएको योगदानलाई भारतवर्षले स्वीकार अनि सम्मान गर्नुपर्ने माग पनि हो।
एउटा विडम्बना भारतमा के भएको छ भने जुन राष्ट्रभक्त गोर्खाहरूले भारतको स्वाधीनता सङ्ग्रामको निम्ति ब्रिटिशको हातबाट फॉंसीमा झुण्डिनुपर्‍यो, यो देशको संविधान निर्माण समितिका सदस्यको रुपमा योगदान गर्‍यो अनि राष्ट्रिय गीतको धुन सिर्जना गर्‍यो तिनका सन्ततिहरूले आज आफ्नै भारतीयपनको प्रमाण दिनका लागि सङ्घर्ष गर्नुपरिरहेको छ।
यो होइन -
एउटा अलगाववादी आन्दोलन ः 1.25 करोड़भन्दा धेरै गोर्खा जनसङ्ख्यामा केवल 15-20 लाख प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रभित्र पर्दछन्‌। देशका अन्य भूभागमा रहने करोड़भन्दा अधिक गोर्खाहरूलाई लत्याएर गोर्खाल्याण्डका गोर्खाहरू अलग्गिने प्रयास गर्नेछन्‌ भन्ने सोच राख्नु अव्यावहारिक अनि हास्यस्पद विषय हो।
गोर्खाल्याण्डको समग्र मुद्दा नै भारतीय भनेर आफूलाई परिचित गराउन खोज्ने एउटा समुदायको कठोर सङ्घर्षको किंवदन्ती हो। अलग गोर्खा राज्यको मुद्दा पृथक्‌ताको निम्ति अलग हुनु होइन तर अखण्डताको निम्ति अलग हुनु हो।
यो होइन -
भारतको कुनै राज्य अनि समुदायको विरोधको माग। भारतमा एउटा राज्यले चिह्नारी मात्रै प्रदान गर्दैन तर यसले राजनीतिक सुरक्षा अनि सामाजिक-सांस्कृतिक संरक्षण पनि प्रदान गर्दछ। जसरी बिहार बिहारीहरूका निम्ति छ अनि बंगाल बंगालीहरूका लागि चाहे उनीहरू भारतको जुनै राज्यमा बसेका हुन्‌, उसरी नै भारतभरिका गोर्खाहरूका लागि गोर्खाल्याण्ड राज्य रहनेछ।
यो होइन -
बंगालसितको सॉंधसिमानाको विवादको मुद्दा होइन। दार्जलिङ अनि संलग्न डुअर्स क्षेत्रलाई यसको उपयुक्तता अनि व्यावहारिकताको साधारण कारणले गर्दा नै गोर्खाल्याण्ड राज्यको निम्ति रेखाङ्कित गरिएको हो। प्रथमतः यस क्षेत्रमा गोर्खा जनसङ्ख्याको घनत्व सर्वोच्च रहेको छ अनि द्वितीयतः यो क्षेत्र कहिल्यै पनि बंगालको भूभाग थिएन भन्ने ऐतिहासिक रूपले प्रमाणित सत्य हो।
यो होइन -
दार्जलिङको आर्थिक विकास अनि त्यहॉंको स्थानीय स्वायत्त प्रशासनलाई शक्तिशाली बनाउने विषय। गोर्खाल्याण्ड राज्यको माग गर्ने अधिकतर भारतीय गोर्खाहरूको दार्जलिङसित कुनै लेनदेन नै छैन। भन्नु नै हो भने भारतका अन्य भागमा रहने धेरै गोर्खाहरूले दार्जलिङ देखेका पनि छैनन्‌। यदि यो मुद्दा दार्जलिङसित मात्रै सम्बन्धित रहेको भए यसले भारतव्यापी समर्थन कदापि पाउने थिएन।
भारतमा गोर्खा राज्यको निर्माण के राष्ट्रिय हितमा छ?
छ। भारतका गोर्खाहरूको राष्ट्रिय आकांक्षा पूर्ण हुनु अनि साना प्रशासनिक एकाई गठन गरेर विकेन्द्रीकरणको राष्ट्रिय नीतिलाई विस्तारित गर्नबाहेक गोर्खाल्याण्ड राज्य गठनका दुइवटा बृहत्तम्‌ लाभ छन्‌ ः
आष्ट्रिय सुरक्षा बललाई नैतिक प्रोत्साहन पुग्नु ः
गोर्खाल्याण्डको सिर्जना हुनु भनेको भारतमा पहिलोपल्ट गोर्खा समुदायले आफ्नै रगत र पसिनाले निर्माण गरे देशको राष्ट्रिय प्रशासनमा सहभागिता जनाउने मौका पाउनु हो। गणतन्त्रको महानन्त्र, जनताको लागि, जनताको अनि जनताद्वारा भन्ने गणतन्त्रको मूलमन्त्र सॉंचो अर्थमा उनीहरूका लागि पहिलोपल्ट सान्दर्भिक अनि अर्थपूर्ण हुनेछन्‌।
यसरी देशले गोर्खाल्याण्डको गठनसहित यो जातिलाई स्वीकार गर्दा साहित्यकार, संगीतकार, कलाकार, खेलाड़ी, राजनीतिज्ञ, प्रशासक आदिले भरिएको यस देशभक्त अनि राष्ट्रवादी गोर्खा समुदाय प्रेरित र प्रोत्साहित त हुने नै छ साथै यसले गोर्खाहरूको संलग्नता रहेकोसम्पूर्ण सैनिक, अर्द्धसैनिक, पुलिस अनि सुरक्षा बलका जवान र अधिकारीहरूको आत्मविश्वास अझ दोब्बर भएर बढ़ाउनेछ।
भनिन्छ नि, देशको लागि मर्नु राम्रो हो तर मर्नका लागि एउटा देश हुनु जरुरी हुन्छ।
2. उत्तर-पूर्वाञ्चलको भू-राजनीतिमा सकारात्मक प्रभाव ः
महात्मा गान्धीको ऐतिहासिक दाण्डी यात्रा होस्‌ वा नेताजी सुभाषचन्द्र बोसको आजाद हिन्द फौजमा होस्‌ भारतीय गोर्खाहरू सदैव राष्ट्र अनि राष्ट्रिय स्वाधीनता आन्दोलनका सङ्ग्रामीका रुपमा अघि बढ़ेका छन्‌ - गोर्खाहरूको इतिहास भारतको राष्ट्रिय इतिहासको एउटा अखण्ड अध्याय हो। यसोस्ले यदि गोर्खाल्याण्डको गठन भए यो देशको झगड़ालु अनि राजनीतिक रुपले अस्थिर उत्तर-पूर्वाञ्चल क्षेत्रबीच एउटा देशभक्त अनि राष्ट्रवादी राज्य बन्नेछ। यस क्षेत्रमा विच्छिन्नतावाद अनि राष्ट्रविरोधी शैतानिक तत्त्वहरू आतङ्कवाद र उग्रवादका रुपमा गतिशील अनि क्रियाशील छन्‌ जो सारा देशकै निम्ति एउटा टाउको दुखाइको विषय बनेको छ। नवगठित गोर्खा राज्यले अवश्यै उत्तर-पूर्वाञ्चलको मानसिकतामा सकारात्मक असर पुर्‍याउनेछ अनि देशभक्तिले पूर्ण सोच र विचारहरू विस्तारित गर्दै राष्ट्रिय अखण्डताको कार्यप्रणालीलाई यस क्षेत्रभरि नै प्रसार-प्रचार गर्नेछ। यो सम्भव छ किनभने भारतका एक करोड़ बीस लाख गोर्खाहरूमा सर्वाधिक रासोबासो उत्तर-पूर्वाञ्चल क्षेत्रमै रहेको छ अनि आ-आफ्नै राज्यमा रहेका उत्तर-पूर्वाञ्चलका अन्य समुदायको विपरीत गोर्खाहरू भने सबै राज्यमा छरपस्टिएका छन्‌।
यसैले, यदि गोर्खाहरूको यो दीर्घकालीन समस्याको समाधान खोज्नु हो भने गोर्खाल्याण्ड आन्दोलनका कारण अनि वास्तविकतालाई गम्भीर रुपले विचार गर्नु अति नै आवश्यक छ। यो एउटा उचित समय हो कि संसारको सर्वबृहत्‌ लोकतन्त्र अब जागोस्‌‌‌ अनि राष्ट्रिय चिह्नारीको वोधबाट विचलित बनी सामाजिक रुपले वञ्चित, आर्थिक रूपले किनारीकृत अनि राजनीतिक रुपले पीड़ित भारतीय गोर्खा जनसमुदाय न्याय प्रदान गर्दै आफ्नो लोकतान्त्रिक चरित्रको प्रमाण दिने कार्यमा जुटोस्‌।
भारतका गोर्खाहरूको यो राष्ट्रिय समस्या केवल यो देशको संविधानअन्तर्गत एउटा अलग गोर्खा राज्यको निर्माणले मात्र समस्या हुनेछ। 

Is Didi going her predecessor’s way?

Uday Basu, SNS, KOLKATA, 10 JUNE: Former chief minister Mr Buddhadeb Bhattacharjee became an object of public ridicule for making repeated mistakes over his government's policy decisions and "admitting" them after the deed was done each time, but Miss Mamata Banerjee is embarrassing herself and her government by making goof-ups one after another within 20 days after stepping into Mr Bhattacharjee's shoes. 
The failure to resume the controversial Singur land ~ a major election pledge that has brought the Trinamul Congress to power overthrowing the 34-year Left Front ~ through an ordinance despite her announcement yesterday is the third "bungling" in a row since the new government was installed on 20 May. Clearly, overzealousness to fulfil electoral promises and reinforce the impression that she is a no-nonsense chief minister and a go-getter have led Miss Banerjee to overlook the nitty-gritty of governance. Her advisers have also let her down when she is abundantly displaying her political will to deliver. 
Trinamul insiders said the urgency among party top leaders to meet the deadline Miss Banerjee sets for them for specific tasks and their anxiety not to incur her displeasure (read wrath) by failing to deliver on time are prompting them to “oblige” her with what she wants to hear from them without carefully scrutinising all the aspects of a policy decision. This explains the huge embarrassment that Miss Banerjee had to face when the details of the agreement between the Tata Motors and the  previous government couldn't be disclosed on 26 May as promised by her. Miss Banerjee had asked Mr Partha Chatterjee, her industries minister, the day before in the presence of the media whether she could divulge details of the Singur agreement, the latter nodded his head. The next day Miss Banerjee had to tell the media legal complications stood in the way of the disclosure. 
Although she had all along been telling that her ministry would be small, but she ended up forming a jumbo-sized one in order to accommodate various groups in the party. Today's bungling over the ordinance was the outcome of a lack of coordination between the chief minister and her ministers and the absence of advisers who can speak the truth without worrying whether it would displease the chief minister.
Ramdev being taken to Dehradun hospital
IANS, June 10, 2011,Haridwar: Amid high drama, Yoga guru Ramdev, whose indefinite fast entered seventh day today, was shifted to a hospital in Dehra Dun as doctors attending on him opined that his health parametres were 'worrisome'.
A Patanjali Yogapeeth spokesman claimed that the decision to shift Ramdev to a hospital was taken by Uttarakhand Chief Minister Ramesh Pokhriyal, who gave directions to Haridwar District Magistrate in this regard.
The 46-year-old yoga guru is being "taken to Himalayan Institute of Medical Sciences in Dehra Dun", G S Martolia, SSP, Dehra Dun said.
There was commotion at the ashram as some of Ramdev's supporters protested the district administration's move to shift him to hospital.
Some protestors even clashed with police when the yoga guru, who is on a fast against corruption and black money, was being taken on a stretcher. However, it was resolved immediately with the help of ashram authorities.
Doctors, who examined Ramdev in the morning, had said that he needed immediate hospitalisation. "His blood pressure is 104/70 which is low and pulse rate is 58 per minute which is also low. If his pulse rate and BP continue to go down, it may put some pressure on his heart. We found that his health is going down.
It is worrisome," Chief Medical Officer Yogesh Chandra Sharma said after the medical examination. A close aide of Ramdev, Swami Sampoornand, claimed that the yoga guru had gone into an "unconscious state".
The doctors attending on him had sent in a recommendation for his hospitalisation on "priority basis" as they had found him suffering from dehydration and had advised him to break his fast, which rejected by the yoga exponent.

No comments:

Post a Comment