To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Thursday, May 12, 2011

Marquee inaugurated for the first time in hills....बिल्डिङमा झुण्डाइएको मार्कीले गर्नेछ चुनाउ परिणामको घोषणा

Marquee inaugurated for the first time in hills

KalimNews: Kalimpong Press Club started scrolling marquee in Kalimpong for displaying news and informations of public utility. Inaugurating the marquee today at Damber Chowk Rev. D.K.Khaling, chief guest of the programme an eminent journalist, writer, translator and the first hill diploma holder in journalism from Calcutta University said that it is indeed a herculean task to install such an equipment and it is an asset of Kalimpong. He further said that to be upgraded in the field of information and technology is really a progressive sign.
Speaking on the occasion, Dr H.B Chhetri said that Kalimpong Press Club has enhanced Kalimpong's pride by being the first to install marquee for public information. The club has started a new revolution in the Darjeeling hills, a history to be remembered and to be learned by others as well as it is the duty of the people to help the club in such, Dr Chhetri added. He further said that Kalimpong has indeed done well in the field of journalism. On the occasion A.K.Rai, Secretary of Kalimpong Club said that it is the duty of the people to restore, protect and safeguard utility of marquee and make the best use of it. The project of marquee installation is indeed a joint effort of various people like Dr.G.C.Subba, Rizwan electronics, Surabhee electronics, Ashoke, Subash and others, Rai said.
Marquee will display news, informations. announcements and others, said Rai. It is recalled that KalimNews a unit of Kalimpong Press Clun is acting as a news agency as well as producing Dainidandini News a 30 mins daily news at 7 am and 7 pm ; two online new viz kalimpongnews.net and kalimpongonlinenews.blogspot.com and Headline SMS a SMS headline news service  by employing local youths and giving them training in the field of journalism and self employment. Marquee is an added unit of KalimNews. 
बिल्डिङमा झुण्डाइएको मार्कीले गर्नेछ चुनाउ परिणामको घोषणा
मनोज वोगटी, कालिमन्यूज, कालेबुङ, 12 मई। कुनै पनि क्षेत्रलाई कालेबुङले प्रतिनिधित्व गरिरहेको छ। मीडियाको क्षेत्रमा पनि कालेबुङ जति गरेको उन्नति अन्यत्र छैन। कालिम्पोङ प्रेस क्लबले जनहीतलाई नारा बनाउँदै आज जुन उपलब्धी लिएर आयो त्यो स्तुत्य छ। कालेबुङ प्रेस क्लबले डम्बरचोक नजिकको एउटा विल्डिङमा मार्की बोर्ड झुण्डाएपछि  डा.हर्कबहादुर छेत्री यसो भनिरहेका थिए। तिनले थपे, कालेबुङबाट अरू महकुमाले सिक्नुपर्ने बेला भएको छ। तिनले यसो त्यसै भनेका थिएनन्‌। जब आम नागरिकहरूलाई सबैप्रकारको जानकारी शीघ्र प्रदान गर्न प्रेस क्लबले इलेक्ट्रोनिक न्यूज बोर्ड वा मार्की झुण्डाएपछि तिनले यसो भनेका थिए।
कम्प्युटर मार्फत प्रेसक्लबको कार्यालयबाट नै बिल्डिङमा झुण्डाएको मार्की वा स्क्रोलिङ बोर्डमा दिनभरि समाचार हेडलाइन र अन्य जानकारीहरू प्रसारण हुनेछ। बोर्डमा ठूल्ठूलो अक्षरमा जानकारी कुद्ने छ जसलाई पढ़ेर नगरवासीले डम्बरचोकबाटनै तात्तातो समाचार र जानकारी पाउने छन्‌। यसलाई विधिवत उद्घाटन गर्न ल्यापटपको स्वीचमा हात राखेर थिचेपछि मुख्य अतिथि डी.के.खालिङले भने, अब डम्बरचोकमा नै उभिएर नगरवासीले सूचना लाभ गर्न पाउनेछन्‌। यो भन्दा सुखद कुरा अर्के के हुनसक्छ?
प्रेस क्लबका सचिव अरूणकुमार राईले भेला भएका शुभचिन्तकहरूलाई भनिरहेका थिए, प्रेस क्लबले एसएमएस हेडलाइन, दैनन्दिनी समाचार लगायत एउटा ब्लगसाइट अनि अर्को वे
साइटबाट ताजा जानकारीहरू उपलब्ध गर्ने काम गर्दै आइरहेको छ। हामी कालेबुङ नगरका मानिसहरूले कुनै पनि घटनाको जानकारी शीघ्र नै पाओस्‌ अनि यसको फाइदा लिन सकोस्‌ भन्ने चहान्छौं। यसै सोंचले यो आजको पहललाई पनि निर्माण गरेको हो। माकपाका तारा सुन्दास, कालेबुङ कृषक कल्याण सङ्गठनका विष्णु छेत्री, स्थानीय पत्रकारहरू, कथाकार सञ्जय विष्ट, समशेर अली लगायतका धेरै शुभचिन्तकहरूले डम्बरचोकमा भएको स्क्रोलिङ न्यूजको उद्घाटन कार्यक्रममा उपस्थिति दिएका थिए। सचिव अरूणकुमार राई तथा पत्रकार तथुराले भने, 13 मईको दिन विधानसभा चुनाउको परिणाम घोषणा हुनेछ। गणना हुँदाहुँदैको जानकारी यो स्क्रोलिङ बोर्डमा कुद्न थाल्नेछ। चुनाउको परिणाम यसै मार्कीले गर्नेछ। तिनले भने अनुसार कालेबुङ महाविद्यालयमा 13 मईको दिन विहान आठ बजीदेखि मत गणना शुरू हुने छ। गणना हुँदाहुँदै बिल्डिङमा झुण्डाइएको मार्कीले परिणाम भन्ने छ।

विश्व नर्स दिवस पालन
मनोज वोगटी, कालिमन्यूज, कालेबुङ, 12 मई। सेवीका फ्लोरेन्स नाइटिङ्गगल जसले जीवनभरी नै विरामीहरू सेवामा आफ्नो जीवन अर्पण गरे। ती नै सेवीका फ्लोरेन्स नाइटिङ्गलबाट प्रेरणा पाएर विश्वभरिका सेविकाहरूले आज तिनको जन्मदिनमा 'विश्व नर्स दिवस' को रूपमा पालन गर्ने गर्छन्‌। सोही अवसरमा आज नर्सिङ ट्रेनिङ स्कूल अनि महकुमा अस्पतालका ट्रेन्ड नर्स एशोसिएसनले बेग्ला-बेग्लै कार्यक्रमहरूको आयोजना गरेको थियो। महकुमा अस्पतालका ट्रेन्ड नर्स एशोसिएसनले आज एक  कार्यक्रमको आयोजना गर्दै विश्व नर्स दिवस पालन गर्‍यो।
वर्षभरि नै विरामीहरूको सेवामा कार्यरत रहने नर्सहरूले आयोजना गरेको आजको कार्यक्रममा मुख्य अतिथिको रूपमा एसीएमओएच डा. ई. लिङ्‌ग्दो रहेकी थिइन्‌ भने विशिष्ट अतिथिको रूपमा महकुमा अस्पतालका एसडीएमओ शुभरत्न प्रधान रहेका थिए। नर्सिङ सुप्रिटेन्डेन्ट सुनेमी राई, डिपुटी नर्सिङ सुप्रिटेन्डेन्ट स्वर्णलता सुब्बा, सिनियर ट्यूटर एवं वरिष्ट साहित्यकार विन्द्या सुब्बा, लगायत महकुमा अस्पतालका सिस्टर, डाक्टर आदिको उपस्थिति रहेको आजको कार्यक्रममा मुख्य अतिथि अनि विशिष्टि अतिथिहरूले सेविकाहरूले समाजमा पुर्‍याएको योगदान अनि विश्व नर्स दिवस सम्बन्धी सम्भाषण पनि राखेका थिए। आज भएको कार्यक्रममा महकुमा अस्पतालका नर्सहरूद्वारा नाटक, गीत, कविता, भजन, नृत्य आदि पनि प्रस्तुत गरिएको थियो।
बाल मजदूरहरू उद्धारःएजेन्टलाई छोड़ियो
मनोज वोगटी, कालिमन्यूज, कालेबुङ, 12 मई। 14 वर्ष मुनिका बालक बालिकाहरूलाई मजदूर बनाउन कानूनी अपराध भए पनि आर्थिक विपन्नता अघि लाचार भएर आमा बाबाले नै नानीहरूलाई काम गर्न पठाएको घटना प्रकाशमा आएको छ। अहिले मुख्यगरी आदिवासी नानीहरूलाई काम गर्न घरमा राख्ने चलन गोर्खा समाजमा निक्कै चलिरहेको छ। बाल मजदूरहरू ल्याउने लाने कामबाट मुनाफा कमाउने गुटहरू पनि निक्कै सक्रिय रहेको छ। अभिभावक आफै पैसाको अभावलाई पुर्ती गर्न आफ्ना नानीहरू एक एजेन्टको हातमा कालेबुङ पठाएको घटना त्यतिबेला प्रकट भयो जतिबेला कालेबुङका पसलहरूबाट 6 जना बालबालिकाहरू बाल सुरक्षा अभियानले उद्धार गर्‍यो। 

दार्जीलिङ चाइल्ड लाइन मिनिष्ट्री, हुमेन एण्ड चाइल्ड डेभलोभमेन्टको सहकेन्द्रकोरूपमा रहेको यो अभियानले हिजो गरेको रौंचिराले 6 जना बालबालिकाहरूलाई पसलबाट उद्धार गरेपछि एजेन्टले नानीहरू डुवर्सबाट लिएर आएको कुरा खुल्यो। अभियानकी सुवेष्णा थापा अनि एलेश गुरूङले डुवर्सको नयॉं साइँली रैथाने हवस उराउले नानीहरूलाई काम गर्न कालेबुङ ल्याएको बताइन्‌। उनीहरू अनुसार उराउले नानीहरूको आमा बाबासित सहमति भएर नै नानीहरूलाई ल्याएको बताएपछि एजेन्ट अनि नानीहरूको आमा बाबालाई बाल अपराधबारे अवगत गराउँदै नानीहरू परिवारको जिम्मा लगाइएको छ। कालेबुङ पुलिसले उराउलाई केरकार गर्दै अपराधबारे सतर्क गराउँदै छोड़िदिएको छ। यस घटनाले एउटा कुरा के स्पष्ट भएको छ भने आर्थिक अभावको कारण आमा बाबाले नै आफ्ना नानीहरूलाई काम गर्न पठाएर अन्जानैमा अपराध गरिरहेका छन्‌। यसविषयमा गोर्खा-आदिवासी दुवै समुदायका आर्थिक विपन्न परिवारहरूलाई बाल अपराधबारे बुझाउन सरकारी पहल हुन अनिवार्य छ।

No comments:

Post a Comment