To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Sunday, May 1, 2011

FGLR run...दावा शेर्पा अनि मनोज देवानलाई पदच्युत गरेकोमा सुब्बा असन्तुष्ट... भोलिदेखि छैटौं वर्षको नथुला व्यापार शुरु... Buzz on satellite phone call


FGLR flagged off
KalimNews: 5 national long distance marathon runners started their 50 km Friendly Group Long Run from Suntalay near Rambi in National Highway 31 A heading towards Pedong via Kalimpong. Flagged off by Dipen Tamang Officer in Charge of Ryang Police station at 6.04 am the FGLR is expected to reach Kalimpong by 10 am and Pedong by 12.30 pm.
For solidarity, communal harmony and peace the run is jointly organised by Kalimpong Veteran's Club, Pedong Youth Sports Association and  Kalimpong Press Club. Long distance runners of Darjeeling and Kalimpong are also joining the run from Kalimpong and senior citizens too will accompany the group in the Kalimpong town area.
Five national runners include Roshni Rai of Pedong, a national regular marathon runner of Mumbai, Asha Arora from Chandigarh, Vishwas Bhamburkar from Ahmedabad, Brijesh from Bangalore and Amit from Mumbai.
  
दावा शेर्पा अनि मनोज देवानलाई पदच्युत गरेकोमा सुब्बा असन्तुष्ट
सात जनाको षड़यन्त्रबारे 13 मई पछि कुरा गर्नेछु-के.एन.सुब्बा
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 30 अप्रेल। गोर्खालिगभित्र नेतृत्वको सङ्‌कट अहिले निक्कै जटिल समस्यामा रूपान्तरित भइरहेको छ। लीगको केन्द्रिय समितिले चुनाउमा उचित भूमिका निर्वाह नगरेको भन्दै दलको कार्यकारी अध्यक्ष दावा शेर्पा अनि महासचिव मनोज देवानलाई पदमुक्त गरिसकेको छ भने अर्कोतिर पदमुक्त गर्नु षड़यन्त्र रहेको भन्दै दुवैले दललाई राजिनामा लेखिसकेका छन्‌। साधारणरूपले हेर्दा कुरा यहीं सकियो तर यसो होइन, कुरा यहीँबाट अझ गम्भीर र जटिल बन्दै गएको छ। आज गोरामुमोबाट गोर्खालिगमा आएका के.एन.सुब्बाले शेर्पा र देवानलाई पदमुक्त गरिएको नभएर पदच्युत गरिएको आरोप लगाएका छन्‌।
तिनले यसो गरिनुको पछिल्तिर षड़यन्त्र लुकेको संकेत दिँदै भने, यो षड़यन्त्रबारे म विधानसभा चुनाउको गणनापछि कुरा गर्नेछु। तिनले शेर्पा र देवानलाई जुन कारण देखाएर पदच्युत गरिएको छ, त्यो चित्तबुझ्दो र गणतान्त्रिक नरहेको बताउँदै यो काण्डले पार्टीभित्रको  अगणतान्त्रिक चलखेलको पर्दाफास भएको जनाए। तिनले भने, प्रथम त, म पनि केन्द्रिय समितिको सदस्य हुँ, रसिद छ मसित। तर मलाई 25 अप्रेलको सभामा बोलाइएन, किन? यसकोपछि कुन कारण छ? मलाई बताइदिनुपर्छ। सात सदस्यीय टोलीले गरेको सभा, जहॉं सभाको कोरम पनि पुगेको छैन, यस्तो सभाले यति गम्भीर निर्णय कसरी लियो? 14 जना केन्द्रिय सदस्यहरूलाई नबोलाई, कोरम नै नपुगी भारती तामङ, लक्ष्मण प्रधान, त्रिभुवन राई, प्रताप खाती, छेवाङ भोटिया, डीके प्रधान अनि मोहन शर्माले जुन निर्णय गर्‍यो त्यो अगणतान्त्रिक छ। 
यता दावा शेर्पा, मनोज देवान, केएन सुब्बा, अर्जुन भोटिया, शरण मोथे, अमर लामा, राजेन राई, राजेन मुखिया, बीएन गुरूङ, तिलक राई, एनबी गुरूङ, एसबी जिम्बा तथा अन्य लगायत 14 जना सदस्यहरूको अनुपस्थितिमा यस्तो निर्णय किन भयो? यसको जवाब दिइनुपर्छ। अब 14 जनाको सभा बसेर यसबारे सात जनालाई कारण बताउ नोटिश जारी गर्नेछ। तिनले दावा शेर्पाले चुनाउमा धेरै ठाउँ जनसभामा बोलिदिएको बताउँदै भने, कालेबुङ, दार्जीलिङ, कैंजले, बिजनबारी, सुकियामा तिनी गएकै हुन्‌, उनीहरूको निम्ति भोट मागिदिएकै हुन्‌।
यति मात्र होइन चुनावी घोषणापत्र नै शेर्पा आफैले लेखेर आफ्नै खर्चमा प्रकाशित पनि गरेका हुन्‌। घोषणापत्रबाट पनि तिनी बोलिदिएका छन्‌। तिनी चुनाउमा खटेनन्‌ भन्ने आरोप फेरि कुन आधारमा लगाइएको हो? चुनाउको निर्णय भएको छैन, कसले जित्छ, कसले हार्छ, खुलेको छैन अहिले नै खटेन, अब पार्टीमा राख्दैनौं भन्नुको अर्थ के हो? तिनले अझ भने, राम्रा मान्छेको ठाउँ गोर्खालिग होइन रहेछ भन्ने कुरा बुझ्दैछु, नत्र चुनाउको बहानामा यतिसाह्रो अगणतान्त्रिक निर्णय हुनेथिएन। दावा शेर्पाको योगदान चुनाउले नाप्ने हो? भन्दै तिनले शेर्पाले मदन तामङलाई न्याय दिलाउन दिल्लीमा मानवाधिकार आयोग,अल्पसंख्यक आयोगमात्र होइन  राहुल गान्धी, गृहमन्त्री, प्रणव मुखर्जी, मुख्यमन्त्रीहरूसित भेट गरेको बताउँदै भने, चनाउमा खटेन भन्नु, त्यो पनि सही होइन अनि तिनले पार्टीलाई दिइरहेको योगदानलाई भुलेर यसकिसिमको निर्णय गर्नु अगणतन्त्रको जिउँदो नमुना रहेको बताए। तिनले भने, गोर्खालिगले गोर्खाको गौरव होइन आफ्नै घरभित्रका सदस्यलाई बद्नाम गरेको आरोप पनि लगाए। तिनले भने, म त मदन तामङलाई न्याय दिनुपर्छ भनेर आएको थिएँ, यस्तो दुइचारजनाको हातको डमरू जस्तो पार्टीले मदन तामङलाई न्याय दिँदैन। गोर्खालिगलाई सातजनाले ठूलो क्षति पुर्‍याएको छ। यसको जिम्मेवार ती सातैजना सदस्यहरू हुन पर्नेछ। 14 जनाको सभाले सात जनालाई कैफियत माग्नेछ।
भोलिदेखि छैटौं वर्षको नथुला व्यापार शुरु
पहिलो दिन 54 जना भारतीय व्यापारीलाई पास जारी गरिएको छः जिल्लापाल
प्रविण खालिंग, कालिमन्युज, गान्तोक, 30 अप्रेल। भारत-चीनको सीमामा स्थित नाथुला भञ्जाङबाट हुने अन्तरराष्ट्रिय सीमा व्यापारको छैटौंसालको व्यापारको पहिलो दिन 54 जना व्यापारीले सीमा पार गर्ने अनुमति पत्र प्राप्त गरेका छन्। नाथुला व्यापारको निम्ति अनुमति प्रदान गर्ने प्राधिकरण पूर्व जिल्ला प्रशासनले शनीबारसम्म 54 जनालाई पास जारी गरेको छ। जिल्लापाल डी आनन्दनले भने, आजसम्म 54 जनालाई पास जारी गरिएको छ,तर अन्य धेरै व्यापारीहरूले यसको निम्ति अनुरोध गरेका छन् तर अहिले उनीहरूको कागजपत्र जाँचको निम्ति आईबीलाई सुम्पिइएको छ। आइबीको जाँच सकिएपछि पास जारी गरिने छ भने पहिलो दिनको निम्ति 54 जनानै पर्याप्त हुने छ, उनले भने।
अर्कोतिर व्यापारलाई निर्देशित गर्ने उद्योग तथा वाणिज्य विभागका अधिकारीहरू पनि 2 मईदेखि शुरु हुने व्यापारको पहिलो दिनको कार्यक्रमको निम्ति तयारीमा जुटेका छन्। विभागीय आधिकारीक सूत्रले दिएको जानकारी अनुसार उक्त दिन विभागीय उच्च पदाधिकारीहरूले सेरेथाङ ट्रेडमार्टमा पुगेर व्यापारीहरूलाई स्वागत जनाउने छन्। औपचारिक रूपमा शुरु गरिने वर्षको पहिलो दिनको व्यापारमा चिनीयाँ व्यापारीहरूले भारत-चीनको सीमाबाटा 4 किलोमिटर तल रहेको भारतीय माटो सेरेथाङमा रहेको व्यापार केन्द्रमा आफ्ना सामान बेचविखन गर्नेछन्।
अर्कोतिर भारतीय व्यापारीहरूमा पनि व्यापक रूपमा उत्सुकता रहेको भारत-तीब्बत ट्रेड एसोसिएशनका अध्यक्ष अनिलकुमार गुप्ताले भने, व्यापार शुरु हुन्छ भनेर व्यापारीहरू धेरै उत्सुक छन्। तर व्यापारमा आयत-निर्यतको सूचीलाई संसोधन गर्नुपर्ने लम्बीत माग भने अझै पुरा भएको छैन्। उनले भने, अब माग नगर्दा पनि हुन्छ यती गर्दा पनि भएको छैन्। विदेश मंत्रालयमा लम्बीत रहेको यो मागलाई लिएर व्यापारीहरूमा निराशाको भावना पनि उत्पन्न हुने सम्भावना देखिएको छ।
अर्कोतिर उद्योग तथा वाणिज्य विभागका अधिकारीक सूत्रले बताए अनुसार यसपाली पनि सामान सूची संसोधन हुने कुनै आशा छैन् राज्य सरकारबाट पटक-पटक यो मुद्दालाई लिएर मन्त्रालयमा माग उठाएको भए पनि सूची संसोधन गरिएको छैन्। यसका साथै पाँच वर्षसम्म स्थानीय व्यापारीहरूको व्यापार कुशलता विकासलाई ध्यानमा राखेर आरक्षीत गरिएको थियो। जुन समय सीमा समाप्त भए पनि छैठौं वर्षको व्यापार पनि स्थानीय व्यापारीहरूकै निम्ति आरक्षीत गरिएको छ। विभागीय सूत्रले बताए अनुसार सिक्किमका सबै जिल्लाका वासिन्दाले व्यापारको निम्ति आवेदन गर्न सक्छन्।
यसैगरि व्यापारको विकास र अहिलेसम्मको तथ्याङ्क हेर्दा गत वर्षदेखि आयत शुन्य रहेको छ भने भारतीय व्यावारीहरूलेमात्र निर्यात गर्दैछन्।
2006देखि जब व्यापार शुरु भयो त्यस वर्ष चिनियाँ व्यापारीले सर्वाधिक सामान निर्यात गरेर रिकर्ड स्तापित गरेका थिए भने त्यो क्रम सालैपिछे कम हुँदै आएर आज शुन्यमा परिणत भएको छ। तथ्याङ्कलाई हेर्ने हो भने 2006 को स7 जुलाई देखि 29 सितम्बरसम्म चलेको व्यापारमा भारतीय व्यापारीले 8.87 लाखको सामान निर्यात गरेका थिए भने चिनीयाँ व्यापारीहरूले 10.83 लाखरूपियाँको सामान निर्यात गरेका थिए। यसैप्रकार 2007मा 1 मई देखि 29 नोबोम्बरसम्म भारतीय व्यापारीहरूले 27.87 लाख रूपियाँरो सामान निर्यात गरेको थियो। चिनीयाँ व्यापारीहरूले केवल 6.88 लाख रूपियाँको सामान निर्यात गरेको थियो। 2008 सालमा 19 मई देखि 27 नोभेम्बरसम्म भएको व्यापारमा भारतीयहरूले 95 लाख रूपियाँ निर्यात गरेको थियो भने चिनियाँ व्यापारीले केवल 1.35 लाख रूपियाँ निर्यात गऱ्यो। 2009 को 1 मई देखि 30 नोभेम्बरसम्म भारतीय व्यापारीले 1.35 करोड रूपियाँको सामान निर्यात गर्न सक्षम भएको थियो भने चिनीयाँ व्यापारीहरूले केवल 2.36 लाख रूपियाँको सामान भारत पठाएका थिए। त्यसैगरि 2010को 1 मईदेखि 30 नोभेम्बरसम्म भारतीय व्यापारीहरूले 4.03 करोढ रूपियाँको सामान निर्यात गरेपनि चिनीयाँ व्यापारीले भने एकै रूपियाँको पनि सामान निर्यात गर्न सफल भएका थिएऩन्।
दक्षिण एशियाको दुइवटा महान राष्ट्रबीच चल्ने यो अन्तरराष्ट्रिय सीमा व्यापार अन्तराष्ट्रिय समुदायमा निक्कै ठूलो महत्व रहेको छ। यसका साथै भारत-चीनको सम्बन्धमा मधुरताको परिभाषा भएर रहेको छ। अहिले भारतीय व्यापारीहरूले 27 प्रकारको सामान निर्यात गर्ने अनुमति पाएका छन् भने चिनीयाँ व्यापारीले 14 वटा सामान भारत ल्याएर बेच्न पाउँछन्। तर सबै सामानको सूची 1960 को दशक भन्दा पहिले हुने व्यापार सूचीमा रहेकै सामान भएको कारण व्यापारीहरूले आउट डेटेड सामान भएको कारण व्यापारले गति नसमातेको गुनासो व्यापारीहरूले गरिरहेका छन्। यसको निम्ति व्यापारी र सिक्किम सरकारले लगातार विदेश मन्त्रालयलाई संसोधनको माग गरिरहेका छन्।
Buzz on satellite phone call
NISHIT DHOLABHAI, TT, New Delhi, April 30: Intelligence agencies are looking into the mystery of an alleged satellite phone call that led to a confusion about the status of Arunachal chief minister Dorjee Khandu.
The call was received by an unnamed Congress MLA close to Khandu sometime in the afternoon, sources told The Telegraph. He informed the chief secretary and the principal secretary to Khandu that "he believed" it was Khandu who called him. The caller apparently said "he was taking off" presumably from somewhere in Bhutan. "We are trying to get details of that call," said a source.
There was one small snag here: Khandu did not have a satellite phone, not that the Centre knew of. Two, while there could have been such a phone aboard, the pilot would have used it to call the base station in all probability, the sources said. The misinformation that was spread through the media after that about the landing of his chopper could only end when Bhutanese authorities said they had no knowledge about any landing. The reports would eventually lead Prime Minister Manmohan Singh to call Governor J.J. Singh.
The governor had earlier spoken to the media about Khandu's reported landing in Bhutan.
Around that time, the air force called off the search and rescue operations which triggered speculation that the search operation was called off because Khandu was found. Later, the government explained that the search was called off because of inclement weather.
Search operations would be launched along Bhutan border tomorrow and search around Sela Pass in Dibang valley would also continue.
New Delhi has requested Thimphu to allow Sashastra Seema Bal to enter Bhutan territory to carry out search for the missing chopper.
Experts are of the view that there are indeed chances of an emergency landing. However, there has not been an emergency signal from the helicopter either from a fixed locating transmitter or a personal rescue beacon (PRB).
"In case of a crash, the PRB gives distress signals which can help locate the chopper," said group captain (retd) T.V. Unnikrishnan who has flown over 1,000 hours in the Northeast.

No comments:

Post a Comment