To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Friday, May 27, 2011

83 जना बन्दीहरूसित नै छत्रेहरूको पनि उन्मुक्ति हुनुपर्छ-क्रामाकपा... Morcha wants Nickole in 10 days.... मङ्‌पूमा शुरू भयो चिरौटोको खेती.... Tribal outfit wants to meet Mamata...... Bengal to get its first woman deputy speaker...

83 जना बन्दीहरूसित नै छत्रेहरूको पनि उन्मुक्ति हुनुपर्छ-क्रामाकपा
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 27 मई। वामदुर्ग ध्वस्त गरेर आफ्नो सरकारको झण्डा गाड्‌ने वित्तिकै मुख्यमन्त्री ममता व्यानर्जीले जेलबन्दिहरूलाई शुभ खबर दिइन्‌। तिनी अनुसार राजनैतिक कारणले जेलबन्दिहरूको निम्ति बन्दिमुक्ति कमिटी बनाइनुपर्छ। यसैबीच राज्यभरिका 83 जना बन्दिहरूको सूची अघि आएको थियो। ममताले राजनैतिक बन्दिहरूको मुक्तिको घोषणा गर्ने बित्तिकै बन्दिहरूको निम्ति खुशीको खबर त भयो, त्यही घोषणा गोर्खा बन्दिहरूमा लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न लिएर पहाड़ आइपुग्यो। किन भने राजनैतिक कारणले नै बन्दि भएका छत्र सुब्बा, शरण देवान, गुञ्जे लामा, विजय छेत्री, श्याम छेत्री अनि कुमार छेत्रीले दस बर्षदेखि बन्दिजीवन बिताइरहेका छन्‌। न त उनीहरूको दोष नै केलाइएको छ न त मुक्त नै गरिएको छ। 
दसवर्ष बिना सुनवाई जेलमा राख्नु वामफ्रण्ट सरकारको तानाशाह नै मानिएको छ। राजनैतिक कारणले बन्दि भएको भए पनि छत्रे सुब्बाहरूलाई राजनैतिक बन्दिको मर्यादा दिएको छैन। यता पहाड़को क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले ममता व्यानर्जीले 83 जना राजनैतिक बन्दिहरुको मुक्तिको पहल गर्दा छत्रे सुब्बाहरू छोड़िनु नहुने बताएको छ। आज कालेबुङको डम्बरचोकमा पोष्टरिङ गर्दै क्रामाकपाले भनेको छ, वामफ्रण्ट सरकार गोर्खाहरूको निम्ति कहिल्यै हीतचिन्तक हुन सकेन। 
वामफ्रण्ट सरकारको यस्तै तानाशाहीलाई अन्त गर्दै सरकारमा आएकी ममता व्यानर्जीले निश्चय नै गोर्खाहरूको हीत हेर्नेछिन्‌। तिनले 83 जना बन्दिहरूसित नै छत्रे सुब्बाहरूलाई पनि बन्दिबाट मुक्त गरेर तिनी सबैको सरकार हो भन्ने परिचय दिनेछिन्‌। क्रामाकपाका मोहन पौड्यालले भने, छत्र सुब्बाहरूलाई राजनैतिक बन्दिको मर्यादा दिइनुपर्छ। त्यसपछि उनीहरुलाई पनि ममताले अन्यसित नै मुक्त गर्नुपर्छ। आज पोष्टरिङद्वारा क्रामाकपाले छत्रे सुब्बाहरूलाई न्याय हुनुपर्ने माग राखेको छ। क्रामाकपाको युवा इकाई गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले शीघ्र नै यस मागलाई अघि राखेर मुख्यमन्त्रीलाई पत्रचार गर्ने पनि भएको छ। पौड्यालले भने, छत्रे सुब्बा व्यक्तिगत कारणले जेलबन्दि भएका होइनन्‌। तिनले धोकेबाज सुबास घिसिङलाई दागोपाप त्यागेर केवल गोर्खाल्याण्डको आन्दोलन गरिनुपर्ने सम्बन्धमा दबाव दिएका थिए। राजनैतिक जालझेलको कारण तिनलाई गोर्खाल्याण्ड विरोधी वामफ्रण्ट सरकारले जेलमा षड़ाएर राखेको हो। 
क्रामाकपाले तिनको उन्मुक्तिको निम्ति धेरै पहल गरेको भए पनि वामफ्रण्ट सरकारले कानमा तेल हालेकोले केही हुन नसकेको बताउँदै ममता सरकारमा वामफ्रण्ट सरकारको झैं क्रुरता नरहेको विश्वास रहेको जनाए। तिनले भने, विना दोष , विना सुनवाई दसवर्षदेखि जेलयापन गरिरहेका छत्र सुब्बाहरूको न्यायको निम्ति ममताको पहल हुनुपर्छ। यसबारे क्रामाकपाले छुट्टै कार्यक्रमलाई अघि बढ़ाउने छ। तिनले गोर्खा जनमुक्तिका तीन विधायकहरू पनि गोर्खाल्याण्डकै निम्ति विधानसभामा गएको हो भने ममताले बन्दिहरूको निम्ति पहल गरिरहेको समयमा गोर्खाल्याण्डकै कारण बन्दि बनेका छत्र सुब्बाहरूको मुक्तिको निम्ति शीघ्र्र नै पहल गर्नुपर्ने पनि जनाए। तिनले भने, क्रामाकपाको अपील नै छ उनीहरूलाई कि, ठीक समयमा ठीक कुरा राखेर छत्र सुब्बाहरूको मुक्तिको निम्ति विधायकहरूको पहल होस्‌।
 Morcha wants Nickole in 10 days

Vivek Chhetri, TT, Darjeeling, May 27: The Gorkha Janmukti Morcha has set a deadline of 10 days for the government to produce Nickole Tamang in court, a day after the CBI arrested a party leader for his alleged involvement in the Madan Tamang murder case.
Although the Morcha was the first party to demand a CBI inquiry into the Madan murder, there are enough indications that the Morcha is looking at piling pressure on the administration by its deadline — a move observers believe is aimed at deflecting the focus of the murder probe.
The party has not specified what it would do after the deadline expires, hinting only that it would be a strong agitation.
Nickole, a Morcha central committee member and a prime accused in the murder case, disappeared from CID custody on August 22, 2010, and is still untraceable. The CBI is inquiring both into Tamang’s murder and the disappearance of Nickole.
Priyabardan Rai, the general secretary of the Yuva Morcha, today said: “We had asked for the CBI inquiry and we still want the agency to investigate the incident. However, they should refrain from harassing and arresting innocent people. Dipan Mallay is innocent. The administration should first produce Nickole Tamang alive within 10 days or else we will launch an agitation.”
The CBI had detained Mallay from his native place Pokhriabong, 25km from here, on Wednesday and registered his arrest after an interrogation yesterday.
Sources said following Mallay’s arrest the police had been conducting raids in the Lebong Valley area.
Even before the expiry of the 10-day deadline, Rai said the party would organise a series of rallies across the hills from May 31.
“A rally would be organised in Darjeeling on May 31 and June 3, followed by rallies in Kalimpong on June 1 and in Kurseong on June 4.”
The single-point slogan during the rally would be to produce Nickole “alive”.
While the CID, which was earlier investigating the murder case, maintains that Nickole had escaped from their temporary camp office at Pintail Village near Siliguri, the Morcha had alleged that he might have been killed because of torture by the investigating officials.
Nickole’s family members had filed a habeas corpus at Calcutta High Court following which the court had directed the state government to hand over the case to the CBI last year.
Mallay has been taken to Calcutta by the CBI for further investigation. The investigating team will have to produce the accused in court on June 4.
Mallay has been booked under sections 147/148 (rioting/rioting with deadly weapons), 149 (unlawful assembly), 427 (mischief causing damage), 506 (criminal intimidation), 302 (murder), 120 (conspiracy) and 34 (act done by several persons in furtherance of common intention) of the IPC.
Manik Saha, assistant public prosecutor, had yesterday said Mallay had “confessed to his guilt” while Mallay himself had said he was innocent. So far nine people are in custody for their alleged involvement in the case. Of them, eight had been arrested by the CID.
ABGL leader Tamang was hacked to death by khukuri- wielding people in broad daylight in Darjeeling on May 21 last year.

Madhyamik Result: KalimNews:Triza Rai of Kalimpong Girls High School scored 84% the highest of the subdivision.
Trishita Mitra of Siliguri Girls High School scored 745 ie 93.1 %, and is the topper of the district. She scored cent percent in Mathematics and Physical science. In the Jalpaiguri Anwesha Bhowmick of Suniti Bala Sadar High School scored 741 out of 800 ie 92.6%.
Quarterly cabinet meets in north: Deb

TT, Siliguri, May 27: The state cabinet will meet in north Bengal once in three months with the chief minister visiting on a regular basis to expedite the growth process in the region, the minister for north Bengal development Gautam Deb said here today.
Deb also said a university would be set up in Cooch Behar — the fourth in the region after North Bengal University, Gourbanga University and the Uttarbanga Krishi Vishwavidyalaya. A Hindi-medium college in the Dooars, a long-standing demand of the tribals in the region, will also come up.
“The chief minister has formed a separate ministry and has allocated Rs 200 crore for the region. She will be visiting north Bengal on a regular basis to expedite the development process and also work from her secretariat to be built in the region. It has been also decided that the state cabinet will meet once in three months in north Bengal to ensure that projects related to the region are taken care of in an appropriate manner,” Deb told reporters at the Siliguri Municipal Corporation office this afternoon.
The minister detailed the plans of his government for the region at two meetings that he attended during the day. The one in the morning was with the officials of the Siliguri Jalpaiguri Development Authority.
The university in Cooch Behar will provide more avenues and options to students living in this part of the state who want to pursue higher studies, he said at the SJDA office. “We will also establish a Hindi-medium college in the Dooars… An array of UG courses in science, commerce and humanities streams, would be offered at the college. Locations of both the varsity and the college, however, are yet to be finalised.”
Pointing out the region’s vulnerability during the rainy season, Deb said he would talk to disaster management minister Javed Khan and officials of North Bengal Flood Control Commission and other authorities like the Farakka Barrage to work out flood-control measures beforehand.
“Instead of going into a scurry after there is an inundation with relief material, food and sandbags, we would make arrangements in advance,” the minister said.
About Siliguri, Deb said he would take steps in consultation with the administration to reduce traffic load in and around the town.
“We have decided to shift the office of the motor vehicles department to Paribahan Nagar in Matigara. Its current location next to the subdivisional office is the cause of congestion on court campus,” Deb said.
“Also, the PCM bus terminus on Sevoke Road would be utilised at optimum level and all buses bound for Kalimpong and Sikkim will depart from there. Regarding the local bus stand of Siliguri which is also close to the court, we have decided to find a suitable alternative location. Bidhan Market (erstwhile Hongkong Market) would be developed in a planned manner during the coming months.”
At the SMC, Deb said the formation of the new civic board was just a matter of time. “Both parties (Congress and Trinamul) together are running the state now and we don’t feel there would be much rigidity left on either side. I will, according to rules, step down from the councillor’s post on the day the new board is formed.”
मङ्‌पूमा शुरू भयो चिरौटोको खेती
डी.के वाइबा, कालिमन्युज, मङ्‌पू, 27 मई। भारत सरकारको औषधीय पौधाहरूमाथि चलिरहेको राष्ट्रिय अभियान अन्तर्गत मङ्‌पू क्षेत्रमा अहिले विभिन्न कार्यहरू भइरहेको छ। विशेष गरी समुद्र तटदेखि उच्च क्षेत्रमा गरिने औषधीय पौधाहरू चिरौटो, कुट्‌की, विखुमा आदि जस्ता औषधीय पौधाहरूको खेतीलाई व्यवसायिकरूप दिएर कृषकहरूले आर्थिक आय गर्न सक्छ भनेर भारत सरकारले औषधीय खेतीमाथि राष्ट्रिय अभियान चलाएको छ। सरकारको अभियान अन्तर्गत कृषकहरूले औषधीय खेती गर्नको निम्ति आर्थिक सहुलियत समेत प्राप्त गर्न सक्छन्‌। सोही अभियान अन्तर्गत सिन्कोना निर्देशालय एवं अन्य औषधीय पौधाहरू अधिनस्त हाल मङ्‌पू वरिपरि चिरौटो खेती भइरहेको छ।
चिरौटो हालमा छालाको क्यान्सर जस्तो घातक रोगको निम्ति पनि प्रयोग भइरहेको छ भने यस औषधीय पौधाको बजारमा व्यापक माग रहेको सिन्कोना निर्देशक डा. जी.सी. सुब्बाले बताएका छन्‌। सरकारको यस अभियान अन्तर्गत औषधीय पौधाहरू मध्ये चिरौटो खेती गरिरहेका स्थानीय युवक सुरेश तामाङले सरकारको यस योजनाबाट आफू लाभान्वित बनेको बताए। आफ्नै उब्जनी गर्ने खेतबारी अनि खेतीको निम्ति योग्य नरहेकाा भूमिहरूलाई पनि औषधीय पौधाको निम्ति प्रयोग गरेर आफूले आर्थिक आय समेत गरिरहेको बताए। सरकाको यस योजनाले थुप्रै बेरोजगार युवाहरूलाई रोजगारको अवसर प्राप्त हुने अनि यसबाट पाउने सहुलियतले थप फाइदा पुर्‍याउने पनि तिनले बताए। यस्ता सरकारी सहुलियतहरूबारे बेरोजगार युवाहरू जागरुक बन्नु पर्ने पनि तामङले बताए।&
अर्कोतिर सिन्कोना निर्देशक डा. जी.सी.सुब्बाले भारत सरकारको औषधीय पौधाहरूमाथि चलाइरहेको यस अभियानले सरकार अनि बेरोजगार दुवै पक्षलाई फाइदा भइरहेको बताए। पहिले औषधीय पौधाहरू पहाड़का जङ्गलभरि नै पाइने तर यसको उचित संरक्षणको अभाव तथा कतिपय तस्करीहरूले यसको अवैद्ध गोरख धन्दा चलाएरको कारण अहिले मासिएर गएको पनि तिनले बताए। हालमा सरकारको यस योजनाले पहाड़मा पाइने औषधीय पौधाहरूको संरक्षण हुने कार्य पनि भइरहेको सुब्बाले जनाएका छन्‌। एकातिर विश्व बजारमा हर्बल औषधीको माग बढिरहेको छ भने अर्कोतिर औषधीय पौधाहरूको खेतीबारे सरकारले नै यस्ता योजना शुरू गरेको कारण पनि यसबाट औषधीय पौधाहरूको खेती गर्नेहरूलाई लाभ पुग्ने निर्देशक सुब्बाले थप बताएका छन्‌।
भाजपाको कलुक बजारमा एकदिने भोकहड्ताल
मुख्यमन्त्रीको गाँउ भ्रमण 17 वर्षे नाटकको अन्तिम दृश्यः पदम बहादुर
प्रवीण, कालिमन्युज, गान्तोक, 27 मई। भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश एकाईद्वारा पश्चिम सिक्किमको कलुक बजारमा हिजो विहिबार क्षेत्रको विकासमा भएको व्यापक भ्रष्टाचारको विरोधमा एक दिन सांकेतिक भोकहड्ताल सम्पन्न भयो। भोक हड्ताल सकेर उक्त क्षेत्रको सडक, पर्यटकीय स्थल र अन्य पूर्वाधारहरूको विकासको नाममा करोडौं रुपियाँ हिनामिना गर्ने ठेकादार विरूद्ध कार्वाही गर्ने माग गर्दै पश्चिम जिल प्रशासक शान्ता कुमार प्रधानलाई ठेकादारहरूको लाइसेन्स रद्द गरेर बल्याक लिस्ट गर्नु पर्ने माग पेश गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा भाजपा राज्य अध्यक्ष पदम बहादुर छेत्री ले जानकारी दिए। उनले भने, यो सिक्किममा भएको खपिनसक्नु भ्रष्ट्राचारको विरोधमा उठेको सांकेतिक विरोधको लहर हो।&
यदि एक महिना भित्रमा सरकारले गाँउ बस्तीलाई भनेर तोकेको विकास कार्यहरूको नाममा भ्रष्ट्राचार गरेको कुरोलाई कार्वाही नगरे आमरण अनशन शुरु गर्ने उनले घोषणा गरे। हिजोको भोकहड्ताल भाजपाका सचिव लातेन शेर्पाको नेतृत्वमा भाजपा अध्यक्ष लगायत 22 जना युवाहरूले भाग लिएका थिए भने स्थानीय मानिसहरूले स्वत भाजपाले डाकेको बन्दको समर्थनमा आफ्नो उपस्थिति दर्ता गरेर भ्रष्टाचारको विरोधमा उभिने संकल्प लिएका थिए। अध्यक्ष छेत्रीले भने, सिक्किमको जनता बोल्दैनन् भन्ने भनाइ हिजो देखि गलत साबित भएको छ किनभने मानिस नबोल्नुको पछाडी एउटै कारण हुन्छ त्यो के भने अध्याधिक रिसायो भने र कसैसित मन दुख्यो भने मान्छेले बोलचाल बन्द गर्छ त्यस्तै एसडीएफ सरकारको 17 वर्षे शासनमा जनता साह्रै रिसाएको छ अनि उऩीहरू मौन विरोधमा छन्।
अर्कोतिर उनले मुख्यमन्त्रीले 17 वर्ष पछि गाउँ पस्ने अभियान थालेको कुरामाथि कटाक्ष प्रहार गर्दै भने, जनताले छोड्न थालेपछि गाउँ पसेको नाटक गर्दैछ, एसडीएफको 17 वर्षे ढाँटै-ढाँटले भरिएको नाटकको यो अन्तिम दृश्य हो। उनले कटाक्ष प्रहार गर्दै भने, मुख्यमन्त्रीको 17 वर्षे जनतालाई झुक्याउने नाटकको पराकाष्ठ हो यो गाउँ भ्रमण अनि 17 वर्ष नाटकको पर्दा खस्न लागेको अन्तिम दृश्य हो। उनले अझ भने, मिन्तोगाङमै बसेर 17 वर्ष जनतालाई झुक्कायो अब गाउँ घरमै पुगेर पनि ढाट्ने योजना लिएर जनताकोमा जाँदैछन्।
उनले पश्चिम जिल्लमा मुख्यमन्त्रीको भ्रमणकालमा उनको टोलीलाई जनताले यसै विषयमा प्रश्न गर्ने बताउँदै भने, हाम्रो कार्यकर्ताहरूले सोझै बाटो रोकेर जनताको आँखामा छारो हाल्ने कामको बारेमा प्रश्न गर्ने छन्। पश्चिम जिल्लाको जिला सुधार गृह, रिन्चेनपोङ-कलुक, कलुक-सोरेङ सडक, टुरिष्ट गेस्ट हाउस र जनताको हित विपरीत बाटो खनेर क्षतिपूर्तीसम्म नदिएको कुराहरूमा आँखा नचिम्लने चेताउऩी सरकारलाई दिँदै यदी एक महिनामा काम नगरे लातेन शेर्पाले आमरण भोगहड्ताल थाल्ने घोषणा गरे। यसमा समर्थन जनाउँदै अध्यक्ष छेत्रीले भने अब लातेन शेर्पा एक्लो हुने छैन सयौं युवाहरूले भ्रष्ट्राचारको विरोधमा मौनता तोडेर मैदानमा उत्रने छन्। यसैगरि हिजोको भोक हड्तालमा सुरक्षा व्यवस्था सही रूपमा व्यवस्थित गरिदिएकोमा सिक्किम पुलिसलाई आभार प्रकट गरे। भोक हड्तालकै क्रममा आधा दिनसम्म विभिन्न वक्ताहरूले सरकारको गलत नीति र सिद्धान्तको बारेमा जनतालाई अवगत् गराएका थिए भने जनतालाई भ्रष्ट्राचारले पराकाष्ठ नाघि सकेको जानकारी गराएका थिए।
तीन दशक पुरानो गरिमा फर्काउन सफल सोमबारे पाठशाला
पूर्वाधारहरूको अभावमा स्कूलमा धेरै समस्या छः प्रधानअध्यापक
प्रवीण, कालिमन्युज, सोमबारे। पश्चिम जिल्लाको सोमबारे उच्चत्तर माध्यमिक विद्यालयले गुमाएको तीन दशक पुरानो गरीमा फर्काइ ल्याउन सक्षम बन्दै यसपालीको उच्चत्तर माध्यमिक परिक्षामा सतप्रतिशत परिक्षार्थीहरू उतिर्ण वनाउन सक्षम भएका छन्। पाठशाला संचालन समिति, अभीभावकगण, पञ्चायत तथा जिल्ला पञ्चायत सदस्यहरूको उपस्थितमा हिजो विहिबार एउटा महत्वापूर्ण सभा बसेर स्कूलको हरेक पक्षबारे बहस गर्दै क्षेत्रमा शिक्षालाई प्राथमिकताको आधारमा महत्व प्रदान गर्ने निर्णय गरियो।
बैठकमा प्रधान अध्यपक मञ्जु सुब्बाले आफ्नो मन्तव्य पेश गर्दै अहिले पाठशालामा 777 जना विद्यार्थी अध्ययनरत रहेको जसमा 415 जना केटी तथा 336 केटा रहेको जनाकारी गराउँदै यी विद्यार्थीहरूलाई शिक्षा दिने क्रममा विभिन्न प्रकारको पूर्वाधारहरूको अभाव रहेको कुरो अवगत गराइऩ्। जसमा उनले विद्युत अनियमितताको कारण कम्प्युटर शिक्षणमा व्यापक बाधा उत्पन्न भइरहेको बताइऩ्। य़सैगरि 50 जना शिक्षण र गैर शिक्षण कर्मचारी रहेको यो पाठशालामा अहिले 11 जना शिक्षकहरूको स्थान्तरण र अवकाशले गर्दा पठन पाठनमा व्यापक प्रभाव परिरहेको बताइऩ। अर्कोतिर उनले अहिलेसम्म विद्यार्थीहरूको उतिर्ण दरमा कमी आएर लगभग असल पाठशालाको रूपमा चिन्हित बन्न पुगिसकेको यो पाठशालाले यसपालीदेखि राम्रो प्रदर्शन गर्दै शिक्षाको स्तरलाई बलियो पार्न कम्मरै कसेर राम्रो प्रतिफल निकालेको बताउँदै यसलाई निरन्तरता दिनु पाठशाला संचालन समिति, अभिभावकगण तथा जन प्रतिनिधिहरूले हातेमालो गर्न पर्ने आग्रह गरिन्। यसैगरि स्कूलके मैदान सानो रहेको तथा पाठशालाको प्रेक्षागृहमा मञ्चको व्यवस्थासम्म नभएकोले विभिन्न प्रकारको समस्याहरू रहीआएको उनले सभामा बताइन्।&
यसैगरि बड्दो विद्यार्थीहरूको संख्या सितै पाठशालाको पूर्वधार साघुरो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सरकार समक्ष पठाशालाको आकार विस्तार गर्न अनुरोध गरिने बताए। यसैगरि कार्यक्रममा अप्पर थाम्बोङ पंचायत एकाईका सभापति सोनामित लेप्चाले पाठशालाको उत्कृष्ठ परिणामको निम्ति बधाइ दिए भने, आगामी मुख्यमन्त्रीको क्षेत्रमा भ्रमण हुँदा स्कूलको समस्याहरूबारे अवगत गराएर मागहरू प्रस्तुत गरिने बताए। यसैगरि पाठशालाको 9 साइडको मैदानलाई 11 साइडको बनाइऩे तथा स्कूल भवनको विस्तार गरिने विषयमा प्रकाश पारिन्। यसैगरि शिक्षक बीएम हिङमाङले प्राथमिक पाठशालाका समस्याहरू बारे बताउँदै समयमा पाठ्यपुस्तक नआएकोले कठीन भइरहेको बताए। यसैगरि बैठकमा शिक्षक आरके प्रधान, पीएक राईले आफ्नो मन्तव्य पेश गरे भने अभिभावकको पक्षमा केबी ठटाल र देविका घिमिरेले मन्तव्य पोखे। सुमन घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए। अर्कोतिर पाठशाला टप्पर बनेका क्लिन्ट शेर्पा अनि लिम्बु भाषामा राज्य टप्पर बनेका मिकीहाङ सुब्बालाई सबैले बधाइ तथा शुभकामना व्यक्त गरे।
Madhyamik merit list marks rat
TT, Calcutta, May 27: The Madhyamik merit list made a comeback today, naming eight students with the best grades in this year’s test in violation of a policy decision taken years ago to spare schoolchildren the stress of trying to become toppers.
The eight students in the West Bengal Board of Secondary Education’s 2011 merit list have been graded “AA” in all seven subjects — the rating represents a score between 90 and 100 per cent — but don’t necessarily have higher aggregates than the rest.
Board officials used that argument to justify naming the eight students, saying they were being recognised as the most consistent performers across subjects rather than as the “Top 8 of 2011”. But the board failed to explain how that was different from naming the top eight students in terms of total marks.
The board’s decision to resume showcasing individual achievement masked a 1.22 per cent drop in the overall success rate from last year’s result. “Yes, there’s been a marginal decline. But an 80.57 per cent success rate isn’t bad,” a an official said.
The system of announcing Madhyamik and Higher Secondary toppers had been officially abolished in 2005 in tune with a central policy that was announced the previous year to make school examinations student-friendly and stress-free.
“Announcing names, irrespective of whether they are the ones who have performed most consistently or scored the highest, goes against the spirit of the unanimous decision taken by the education ministers of all states in 2004 that there should be no merit list for Class X and XII exams. The objective of the new set of reforms in school education has also been defeated with the return of the toppers’ list,” a government official said.
Board president Anjan Sengupta said the decision to declare the names of the eight students graded AA in all seven subjects was cleared by school education minister Rabindranath Bhattacharya. “In any case, we haven’t violated the central policy of not disclosing marks or ranking students as first, second and third. We could have been accused of deviating from policy had we announced a toppers’ list in the conventional sense.”
What the board didn’t do, Mamata Banerjee did. The chief minister called up Mrinmoy Pal of Bankura, who has scored 760 out of 800, to congratulate him for being this year’s unofficial Madhyamik topper. Mrinmoy didn’t make it to the board’s list because he hasn’t got “AA” in all subjects.
Although the system of naming toppers was abolished under Left Front rule, the school education department continued the practice of felicitating the top performers in Madhyamik and Higher Secondary. “There have been complaints about students being picked for such functions on the basis of political recommendations,” a teacher said.
The Telegraph has been highlighting stories of academic success in the face of adversity rather than the achievements of those with the highest marks or grades (see graphic).
Examinee dead
Three Madhyamik examinees from Cooch Behar allegedly consumed poison after they learnt they had failed in the board examinations. While one student died, two others have been hospitalised.
Police sources said Shefali Khatun, 16, a student of Ichchamoyee High School died after consuming poison at her house. The other two are under treatment at the Mathabhanga subdivisional hospital.
Tribal outfit wants to meet Mamata
Caesar Mandal, TNN, May 27, 2011: Tribal leaders of Dooars and Terai — the tea garden belt of the north Bengal foothills want to meet Chief Minister Mamata Banerjee over the issues faced by Dooars.
The north Bengal tribal outfit Akhil Bharatiya Adivasi Vikash Parishad (ABAVP) has become a crucial ethnic player of the tea belt after Gorkha Jan Mukti Morcha raised separate Gorkhaland issue and demanded induction of the foothills in their proposed state.
A bloody clash sparked in the tea belt of Bengal between the activists and Morcha and ABAVP in 2009 as tribals refused to accept Morcha's Gorkhaland proposal. The Left Front government reportedly backed tribal outfit to confront Morcha.
Soon the tribal outfit has become a threat to the Left trade unions who controlled the tea gardens. In recent assembly polls, candidates of tribal outfit contested from six assembly seats in Dooars and became a key factor.
Since 2009, the tribal outfit has been demanding Sixth Schedule status for the Dooars and Terai region along with the demands of basic development of the land. Though the tribal outfit failed to win any assembly seat they managed to bag a considerable vote share.
"We are firm in our position to oppose induction of foothills in Gorkhaland or the interim set up of proposed Gorkhaland. We have already sent letter to Banerjee seeking appointment to discuss on our demands,' said John Barla, ABAVP leader.
Actors’ stolen Pajero seized
TT, Alipurduar, May 27: A Mitsubishi Pajero owned by Bollywood couple Ashutosh Rana and Renuka Sahani was recovered by police from Indo-Bhutan border in Jaigaon.
Two persons, suspected to be members of a car lifting racket, have been arrested and taken to Mumbai from where the vehicle had been stolen.
Sources said a police team patrolling Netaji Road in Jaigaon had spotted a Mitsubishi Pajero on May 10. The policemen signalled the SUV to stop, but the driver sped away.
The police chased the car and intercepted it a few hundred metres away from the gate that leads to Bhutan. “If the car had entered Bhutan, it would have been a tough job to catch the culprits and recover the vehicle,” said a police officer.
The driver, Kazi Biswakarma, failed to produce relevant documents of the vehicle and was arrested along with another person seated in the car. The duo, residents of Siliguri, were produced in the additional chief judicial magistrate’s court here the next day and remanded in police custody for seven days.
The police recorded the details of the Pajero, including the engine and chassis numbers, and passed on the information to all police stations in the country. Soon, a reply came from Maharashtra police, who said a complaint had been lodged with Versova police station in Andheri West of Mumbai on May 3, mentioning that a Mitsubishi Pajero had been stolen.
“The Maharashtra police also said the car belonged to Asutosh Rana and Renuka Sahani. On Wednesday, a three-member Maharashtra police team reached Jaigaon and completed all formalities before heading back to Mumbai today with the two accused and the car,” said a police officer.
The police did not say if the car had been stolen by Biswakarma and the other arrested man, Dinesh Singh. They said the probe was progressing and the duo were most probably part of an inter-state car lifting racket.
Bengal to get its first woman deputy speaker

Saibal Sen, TNN | May 27, 2011, KOLKATA: Sonali Guha would be sworn in on May 30 as the deputy speaker of the state legislative assembly. The mercurial Guha, a Trinamool Congress MLA from Satgachia, former chief minister Jyoti Basu's constituency, will be the first woman to sit in the deputy speaker's chair.
The Trinamool Congress candidates Biman Banerjee (speaker) and Guha (deputy speaker) are expected to be elected unopposed.
From 1977 to 1996 Jyoti Basu had won all the elections in Satgachia but in 2001 he decided no to contest elections any more due to health reasons. Guha had hogged headlines when she defeated Basu's former election agent Gokul Bairagi in 2001.
Known in political circles as Mamata Banerjee's trusted lieutenant, this feisty politician had her own fair share of controversies. Earlier police even charged Guha with criminal cases after she reportedly locked up police officers, including a DYSP, in South 24-Parganas Nodakhali police station. Once, she even reportedly tried to commit suicide.

No comments:

Post a Comment