To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Monday, May 2, 2011

50 किलोमिटरको फ्रेण्डली ग्रुप लङ रनमा कुदिन रोशनी ...चट्याङले लियो एकको ज्यानः... Nathula trade disrupted

50 किलोमिटरको फ्रेण्डली ग्रुप लङ रनमा कुदिन रोशनी 
'यो अपूर्व खुशीको क्षण हो हाम्रो निम्ति'
मनोज वोगटी, कालिमन्युज,कालेबुङ, 2 मई। पेशाले अधिवक्ता रहेकी भएपनि राष्ट्रिय म्याराथन धावकहरूको आफूलाई दह्रोसित उभ्याउन सक्षम बनिरहेकी पेदोङकी रोशनी राई आफ्नै जन्मथलोमा पनि कुद्न आइपुगिन्‌। रोशनी राई मुम्बईबाट राष्ट्रियस्तरको मात्र नभएर अन्तराष्ट्रियस्तरमा पनि म्याराथन कुदिरहेकी छन्‌। तिनी मुम्बईमा नै पामोलिव कोलगेटका कानूनी सल्लाहकार पनि हुन्‌ भने अहिले तिनी राष्ट्रिय-अन्तराष्ट्रियस्तरमा म्याराथन कुदिरहेकी छन्‌। धेरै ठॉंउ म्याराथन कुदेर दार्जीलिङको नाम उज्यालो गरिसकेकी रोशनीको कर्मथलो मुम्बइ रहेको छ भने जन्मथलो पेदोङ। धेरै ठाउँ कुदिसकेकी अनि राष्ट्रिय महिला धावकहरूको सूचीमा आफ्नो नाम सधैँको निम्ति दाखिला गर्न सक्षम भइसकेकी रोशनी अहिलेसम्म आफ्नै ठाउँमा भने कुदेकी थिइनन्‌। तिनको आफ्नो क्षेत्रमा कुद्ने इच्छा थियो, जसलाई पुरा गरिदिएको छ भेटेरन्स क्लब कालेबुङ, पेदोङ युथ स्पोर्टस एसोसिएसन अनि कालेबुङ प्रेस क्लबले।
 हिजो मई दिवसको दिन तिनी अन्य राष्ट्रिय चार धावकहरूसित नै कालेबुङमा कुदिरहेकी थिइन्‌। लामो दौडको म्याराथन कुद्ने लक्षित अवधीलाई पूरा गर्दै तिनी हिजो 50 किलोमिटर पुरा कुदिन्‌। अहमदावादका विश्वास भम्बुरकर, बेङ्गलोरका ब्रीजेश गजेरा, मुम्बईका अमित अनि चण्डिगड़की आशा अरोरा पनि रोशनीसित नै कुदिरहेका थिए। तीनोटा सङ्गठनले यो दौड़लाई फ्रेण्डली ग्रुप लङ रन-नाम दिएको थियो। दौड़ तय गरिएको थियो रम्बीको सुन्तलेदेखि पेदोङसम्म। बिहान 6ः04 मा रम्बी थानाका ओसी दिपेन तामङले झण्डा हल्लाइदिएपछि पॉंच धावकहरूले सुन्तलेदेखि पेदोङसम्मको लक्षित यात्रा दिउँसो 1.10 सम्म आइपुग्नेगरी तय गरेका थिए। धावकहरूको निम्ति राष्ट्रिय राजमार्गदेखि कालेबुङसम्मको सम्पूर्ण प्रबन्धन पक्ष सम्हालेको थियो भेटेरन्स क्लबले। कालेबुङदेखि पेदोङतिर धावकहरूले प्रस्थान गरिञ्जेलको निम्ति प्रबन्धन कालेबुङ प्रेस क्लबको थियो भने पेदोङमा पेदोङ युथ स्पोर्टस्‌ एसोसिएसनको। 
धावकहरूको मनोबल बड़ाउनको निम्ति धावकहरू कालेबुङ आइपुगेपछि कालेबुङका वरिष्ट नागरिकहरूले नोभेल्टी सिमेनाघर नजिकदेखि मेनरोडसम्म आफूहरू पनि धावकहरूसित नै कुदेर साथ दिएका थिए भने कालेबुङदेखि पेदोङसम्म नै जिल्ला अनि महकुमा स्तरीय धावकहरूले पनि साथ दिएका थिए। कालेबुङमा प्रेस क्लब, वरिष्ट नागरिक तथा आम नागरिकहरूले धावकहरूलाई सम्मान जनाएपछि पेदोङसम्म नै धावकहरूलाई सम्मान र स्वागत जनाउनेहरूको भीड़ देखिएको थियो। पेदोङ पुगेर रोशनीले भनिन्‌, आफ्नै ठाउँमा कुद्न पाउँदा खुशी लागेको छ। त्यो भन्दा हर्ष लागेको छ गाउँमा पाइएको यो सम्मान र मायादेखी। म्याराथनमा यहॉंपनि सबको चासो देखेर त झन खुशी लागेको छ। सुयोग र क्षेत्र पाए यताका धावकहरूले देशको नाम राख्न सक्नेछन्‌। 
यो दौड़ले कुनै पनि धावक जन्माएछ भने त्यो मेरो सफलता हुनेछ।  बेङ्गोलरबाट आएका बीज्रेस गजेरा भनिरहेका थिए, मुम्बईमा रोशनी नाम गरेको कुनै धावक छ भनेको सुनेको थिएँ। तिनीसित मेरो साइबर सम्पर्क भयो। एक धावकसित अर्को धावकको सम्बन्ध भनेकै दौड्‌नुको निम्ति हुन्छ। हामी लामो दौड़ गर्ने धावकहरू हौं। रोशनीलाई गाउँमा तिमीसित म पनि कुद्‌छु भनें, र आज कुदें पनि। पहाड़मा कुदेको यो मेरो अपूर्व अनुभव हो। रोशनीलाई हिजो नै देखें अनि आज संगसंगै कुद्न पायौं। सबै साथीहरूलाई यो दौड़ले व्यक्त गर्नै नसक्ने अनुभव दिएको छ। हामीलाई साथ दिनुभएकोमा पहाड़ र पहाड़वासीलार्ई सलाम।
चट्याङले लियो एकको ज्यानः
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 2 मई। हिजो अचानक दर्किएको झरीले मकै पनि गोड्न नदिएपछि मकै गोड्‌दागोड्‌दै भिजेकै लुगामा घरमा पुगेर चिया पाउँदा पिउँदै ठूलो आवाजमा चट्याङ बज्रियो। घरको छेउमा नै हानेको थियो चट्याङ। सबैको कान नै बन्द भयो। एकक्षण पछि भान्साघरको भुँइमा नै नैनसिंह भुजेल निष्प्राण थिए। मकै गोडेर दर्कने झरीबाट केही क्षण भए पनि निजात पाउन अनि भिजेर बढेको जाड़ो भगाउन भान्साघर पसेर चिया पिइरहेको ठाउँमा नै लीला भुजेलले आफ्नो लोग्ने गुमाइन्‌। यस्तो घटना 24 न. समष्टी अन्तर्गत पर्ने समथारमा हिजो घट्यो। बिहान पारिलो घाम लागेको थियो, यसैकारण हुर्किरहेका मकै गोड्‌न लोग्नेस्वास्नी नैनासिंह अनि लीला बारी पसेका थिए। मकै गोड्‌दागोड्‌दै मुसलधारे झरी दर्कियो।
लगभग पॉंच बजी मुलधारे झरीकै अवधी अचानक चट्याङ बज्रियो, जसको शिकार भए नैनासिंह। उनीहरू पानीले भजेका थिए अनि भान्साघरमा खाली खुट्टा नै थिए। छेवैमा छिमेकीहरू पनि चिया पिइरहेका थिए तर उनीहरू खाटमा बसेका थिए। यत्तिकैमा चट्याङ बज्रियो। चट्याङले नैनासिंहलाई निक्कैपरसम्म उछिट्याइदियो अनि लीला पनि बिजुलीको झट्‌काले भुइँमा नै मुर्छा परिन्‌। लीलाले आँखा खोल्दा लोग्नेको धुकधुकी पनि थिएन। लीलालाई करेण्ट मात्र लागेन उछिट्याएकोले टाउकोमा चोट पनि लाग्यो। लीलाको घरमा मात्र होइन तिनको छिमेकी घरमा पनि चट्याङले असर गरेको थियो।  राती नै गाउँलेहरूले पीडितहरूलाई कालेबुङ महकुमा अस्पताल ल्याएका थिए। चट्याङले भेटेर अस्पताल भर्ना भएकी छिमेकी दिपा खवासले भनिन्‌, अचानक चट्याङ बज्रिएकोले  बॉंच्ने उपाय रहेन। छिमेकी नैनासिंह खवास त भान्साघरमा नै लडे। तिनकी स्वास्नी पनि पीडित हुन्‌, तर लोग्ने गुमाएपछि अस्वस्थ भएपनि आज घर फर्किइन्‌। तिनका नानीहरू चारजना छन्‌। 
गर्नुपर्ने सबै लीला खवासले नै भएकोले तिनी फर्केकी हुन्‌। नैनासिंहको शवलाई पोष्टमर्टमपछि परिवारलाई सुम्पिइएको छ भने घाइते अवस्थामा नै रहेकी भएपनि अस्पतालले सुम्पिएको लोग्नेको शव लिएर लीला भने घर फर्किएकी छन्‌।
Nathula trade disrupted
Prabin Khaling, KalimNews, GANGTOK, May 2: No business took place today in the first day of the, sixth edition of Indo-China trade as the weather played a spoiled, spot. However the trade for this year was declared open formally. A heap of snow in the passing gate at Nathula discouraged both the traders to cross the borders.

The landslides that occurred in the four areas on the way were also another factor that affected the commencement of the trade. The officials from Department of Commerce and Industries, Customs and immigration reached Nathula today at around 11: 30am with full preparation but the excess snow in the gate at border did not let the business happen.
Around 30 vehicles of Chinese traders along with the Tibetan Autonomous Region (TAR) had reached Nathula border today morning, the sources informed. The traders returned back without crossing the border.
“The snow accumulated in the main gate also made it difficult to open, if the weather permits the business will be on smooth run from tomorrow” said PT Ethenpa, the Special Secretary of Department of Commerce and Industries.
He said as following the direction from the Ministry of Commerce and Industries the trade has been formally opened from today.
Also he added that a contact with the TAR officials over phone has been established and have been informed about the opening of the trade. 
Although 54 passes were issued from the office of the District Collectorate for this season so far the first day of the trade saw a very less participation from the Indian traders side. Around six traders had reached the Sherthang Mart today morning.
On the other hand there has been no revision in the list of items this year too. “The Ministry of Commerce and industries has yet not revised the list of items, so the traders have to carry the business within the purview
of the listed items” Sumita Pradhan, the Deputy Secretary of Commerce and Industries told Media. 
She also informed that the regular business is only possible if the weather gets clear as there have been a regular snow fall in the region.
“I was too excited to cross the border and meet my business counterparts today but could not happen due to inclement weather” said Nima Lhamu, an Indian trader who have been who is doing the business for the last four years.
The trade will remain open four days a week - Monday to Thursday -from 7:30 am to 3:30 pm Indian Standard Time and it will go till November 30.

No comments:

Post a Comment