To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Monday, March 7, 2011

Rally by all Non-Political Organization in Kalimpong protesting against Sibshu firing and demanding CBI probe.

सिप्सु घटनाको प्रतिवादमा विभिन्न सङ्घ-संस्थाद्वारा मौन जुलूस
मनोज बोगटी, कलिमन्युज, कालेबुङ, 7 मार्च। डुवर्सको सिप्सुमा भएको गोलीकाण्ड र बङ्गाल सरकार अनि प्रशासनको अन्यायपूर्ण नीतिप्रति विक्षोभ प्रदर्शन गर्ने कार्य अझ पनि जारी नै रहेको छ। सिप्सु गोलीकाण्डको प्रतिवाद स्वरूप आज यहॉंको प्रायः सबै अराजनैतिक सङ्घ-संस्थाहरूले संयुक्त रूपमा शहरमा एक विराट मौन जुलूस निकाल्यो। कालेबुङको अराजनैतिक सङ्गठन गोर्खा दुःख निवारक सम्मेलनको आयोजनामा निकालिएको उक्त जुलूसमा यहॉंको प्रायः सबै आराजनैतिक सङ्घ-संस्थाका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो। 
जुलूसमा सहभागी बन्नेहरूले आ-आफ्नो हातमा प्लाकार्डहरू बोकेका थिए। ती प्लाकार्डहरूमा सिप्सु घटनाका तीन शहीदहरू अमर रहुन्‌, हामी गोर्खाल्याण्ड चाहन्छौं, बङ्गालको कालो कानून बन्द गर आदि लेखिएको थियो। सिप्सु घटनाको प्रतिवादमा निकालिएको आजको जुलूस मौन रहे पनि त्यस जुलूसमा उनीहरूको विरोधाभास झल्किरहेको थियो। उक्त जुलूस यहॉंको रामकृष्ण रङ्गमञ्चबाट शुरू भएर शहर परिक्रमा गर्दै स्थानीय महकुमा कार्यालय परिसरमा पुगी एक सभामा परिणत भयो। उक्त सभामा उपस्थित सङ्गठनका प्रतिनिधिहरूले सम्बोधन पनि गरे। जनसमूहलाई सम्बोधन गर्दै गोर्खा दुःख निवारक सम्मेलनका सचिव आर. एल. त्रिखत्रीले आजको जुलूसमा सहभागी बन्नको निम्ति यहॉंको 60 वटा अराजनैतिक सङ्घ-संस्थाहरूलाई निम्त्याइएको अवगत गराए। 
गोर्खाल्याण्ड आन्दोलनको निम्ति सबै सङ्घ-संस्थाहरूलाई एक हुने आह्वान गर्दै उनले भने, अब हामी सबै एक हुने बेला आएको छ, आजको यो जुलूस शुरूवात हो। तर यहॉं कुनै राजनीति हुँदैन। उक्त सभामा भारतीय गोर्खा परिसंघको पक्षबाट राष्ट्रिय कार्याकारिणी सदस्य एनोस दास प्रधानले भने, यो लामो आन्दोलन हो। जुन लड़ाइँ हामी लड़िरहेका छौं यो केवल सरकारसँगको लड़ाइँ मात्र नभएर मनोवृद्धिको लड़ाइँ हो। यस सभामा अखिल भारतीय मंगर सङ्घ, सहयोगी समिति, भारतीय खस हितकारी सम्मेलन, नागरिक अधिकार मञ्च लगायत अन्य विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए। कार्यक्रमको अन्तमा गोर्खा दुःख निवारक सम्मेलनका सभापति उदय कुमाईले आजको कार्यक्रममा जसरी आराजनैतिक सङ्घ-संस्थाहरू एक भएर अघि आए त्यसरी नै गोर्खाल्याण्ड आन्दोलनको निम्ति सम्पूर्ण राजनैतिक दलहरू पनि एक हुन आवश्यक रहेको बताए। उनले आजको यो कार्यक्रम सफल भएकोमा सम्पूर्ण सङ्घ-संस्थाहरूलाई धन्यवाद दिँदै आउँदो कार्यक्रमहरूमा पनि सबै एक भएर अघि आउनपर्ने आह्वान गरे।
कालेबुङमा चक्का जाम
कालेबुङ,7 मार्च। आज फेरि कालेबुङ शहर एक घण्टाको निम्ति अचल बन्यो। पश्चिम बङ्गाल विधानसभा चुनावको निम्ति राज्यभरिनै चुनावको आचार संहिता लागू भइसकेको छ। चुनावको निम्ति आचार संहिता लागू भएपछि कुनै राजनैतिक कार्यक्रम गर्न नपाउने भएपनि आज विभिन्न माग लिएर पार्वत्य अपाङ्ग सङ्गठनले एक घण्टाको निम्ति शहरमा चक्का जाम गर्‍यो। सिप्सु घटनाको न्यायिक जॉंच सीवीआईद्वारा हुनुपर्ने, मोर्चा अध्यक्षको डुवर्स पदयात्राको निम्ति अनुमति अनि प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा तराई डुवर्सको अन्तर्भुक्तिको माग गर्दै सङ्गठनले दुई घण्टाको निम्ति चक्का जाम गर्ने निधो गरेको थियो। तर पछिबाट माध्यमिक परीक्षा सकिएर घर फर्कने विद्यार्थीहरूको असुविधालाई ध्यानमा राख्दै कालेबुङ चालक महासङ्घको अनुरोधपछि आफ्नो दुईघण्टे कार्यक्रमलाई एक घण्टामा नै सङ्गठनले फिर्ता गर्‍यो। चक्का जमाम अवधि पत्रकारहरूसँग बात गर्दै सङ्गठनका अध्यक्ष छोटेलाल प्रसादले गोर्खाल्याण्ड आन्दोलनमा अपाङ्गहरू पनि सदैव साथ रहेको बताउँदै सरकारले चॉंडो भन्दा चॉंड़ो आफूहरूको माग पूरा गर्नुपर्ने बताए।
Spark to organize Singtam-Khamdong Constituency Dance Competition
Shital Pradhan, KalimNews, Singtam: Spark an local NGO from Singtam in association with Nehru Yuva Kendra, Gangtok is organizing a Singtam-Khamdong Constituency Block Level Dance Competition on March 9th, 2011 at Singtam Community Hall. Shri Am Prasad Sharma, Area MLA and Parliamentary Secretary, Land Revenue and Disaster Management Department will be the Chief Guest on the occasion. 

Praveen Pradhan, President Spark NGO told that each group consisting of 4 to 8 individuals shall perform a single dance and the winners shall be announced among them that would represent Singtam Khamdong Constituency in District level completion latter. The dance should belong to Sikkimese traditional culture and the winners shall receive trophies and certificates, he further added. 

No comments:

Post a Comment