To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Friday, March 11, 2011

MORNING HEADLINES: KalimNews:
Sikkim Govt to close down three sick industries.
Governor expressed concern over hill situation in the budget session.
Hardcore Maoist leader Sasidhar killed.
ABAVP claims that congress has agreed in principle to confer 6th Schedule status to Dooars, hence the organisation is likely to patch up with this national party in forthcoming assembly polls.
National organisation of Gorkhas of India the Bharatiya Gorkha Parisangh opines to mediate between political parties of Darjeeling hills to find out suitable and pro-Gorkhaland candidates for West Bengal polls.
SUMI celebrates 125 years of establishment




राज्य सरकारको तीनवटा औद्योगिक एकाई बन्द हुने
बजारमा घाटा खप्नु परेकैले बन्द गर्ने बाध्यता पऱ्योः सचिव किरण
प्रविण खालिंग, कालिमन्युज, गान्तोक,10 मार्च। राज्यका तीनवटा ठूला औद्योगिक एकाईमा छिट्टै ताला लाग्ने छ। राज्यको उद्योग तथा वाणिज्य विभागका सचिव एमजी किरणले मिडियालाई दिएको जानकारी अनुसार गत 2 मार्चको दिन बसेको राज्य मन्त्री परिषदको बैठकले उक्त निर्णय लिएको हो। जसमा सिक्किम टाइम कर्पोरेशन (सिट्को), सिक्किम ज्वेल्स लिमिटेड अनि सिक्किम प्रिसिशन इन्डस्ट्री लिमिटेड (एसपीआइएल)-लाई बन्द गर्ने फसेला गरिएको छ। सचिव किरणले बताएअनुसार यी तीनैवटा औद्योगिक इकाइबाट लाभ भन्दा हानी धेरै भएको तथा उत्पादित बस्तुहरूको बजार व्यवस्थापनमा घाटा खप्नु परेपछि सरकारी समितिले नै तीनैवटा कारखाना बन्द गर्न अनुमोदन गरेको हो। तिनले भने, तीनैवटा कम्पनीको उत्पादको मार्केटमा माग कम रहेकोले घाटा अधिक भइरहेको छ त्यसकारण बन्द गर्न बाध्य हुन परेको छ। उनले यसबारे केन्द्र सरकारको 13औं वित्तिय आयोगद्वारा जारी गरिएको अधिसूचनामा स्पष्ट दिशा निर्देश रहेको छ, जसमा घाटामा चलिरहेको राज्य सरकारको सबै औद्योगिक एकाईहरू तुरन्तै बन्द गर्नु पर्ने निर्देश रहेको छ।
यद्यपी विभागले तीनैवटा कम्पनीलाई बन्द गर्नको साटो राष्ट्रिस्तरमा निविदा बोलाएर कुनै निजी कम्पनीलाई हस्थान्तरण गर्ने प्रयास पनि गरेको तिनले बताए। यसमा पाँचवटा कम्पनीले निजीकरणमा लिएर चलाउने इच्छा व्यक्त गरे पनि निविदामा प्रस्तावित मानदंड पुरा गर्न नसकेकोले त्यो पनि सम्भाव नभएको तिनले बताए।  अर्कोतिर तिनले यी कम्पनीहरूलाई बन्द गरिने सरकारको निर्णयबारे कम्पनीलाई पत्रचार गरिसकिएको जानकारी दिए।
यसैगरि कम्पनीमा कार्यरत कर्मचारीहरूको भविष्यबारे प्रश्न गर्दा तिनले भने, कम्पनीमा कार्यरत कर्मचारीहरूलाई गोल्डेन हेन्डसेक अथवा भीआरएस (भोलेन्टरी रिटार्यडमेन्ट स्किम) को व्यवस्था गरिनेछ त्यसका साथै सबै कर्मचारीहरूलाई अलकाशपछिको सुविधा उपलब्ध गराइऩे छ।
सिक्किम टाइम कर्पोरेशन (सिट्को) को स्थापना 1976 सालमा गान्तोकको देउरालीमा भएको थियो। हिन्दुस्तान मेशन टुल्स (एचएमटी) सित मिलेर निर्माण गरिएको सिट्को घडी बजारमा व्यापक माग रहेको छ भने सिट्कोले विभिन्न प्रकारको घडीहरू निर्माण गरिरेहको छ। डिजिटल घडी र पुरानो मैनुअल घडी को निम्ति खुबै चर्चित सिट्को अब सम्झना मात्रै हुने छ। अर्कोतिर 1972 सालमा सिक्किम ज्वेल्स लिमिटेड गान्तोक नजिक तादोङमा स्थापित गरिएको थियो। जसमा घडीमा लगाइने ज्वेल्स अनि कप ज्वेल्स निर्माण गरिन्छ। यस कम्पनीको उत्पादन भने न्यून नै रहेको थियो जसमा कप ज्वेल्स महिनामा 2 लाखको उत्पादन हुन्छ भने घडीको ज्वेल्स 1.50 लाखको उत्पादन हुने गर्छ। यसैगरि दक्षिण सिक्किमको नाम्ची नजिक बुमटारमा राज्यको वर्तमान मुख्यमन्त्री पवन चामलिङद्वारा औद्योगिक विकास र रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले स्थापित गरिएको सिक्किम प्रिसिशन इन्डस्ट्री लिमिटेड (एसपीआइएल) मा कयौं मानिसहरूको दाल भात डुकुको समस्या सम्बन्धित हुन पुगेको थियो। 2001 मा विधिवत उत्घाटन गरिएको यो कारखाना पनि अहिले आर्थीक उत्पादनको निम्ति योग्य नहुँदा बन्द हुन पुगेको छ।पब्लीक सेक्टरको दिशामा र हाइटेक तकनीकिको विकासमा यसको निर्माण गरिएको थियो। यसको निर्माणमा राज्य सरकारले 369.48 लाख रूपियाँ खर्च गरेको थियो।
अर्कोतिर सिंगतामस्थित सिक्किम फ्रुट प्रिजर्वेशन फैक्ट्री भने मानिसहरूको दैनिक जीवनमा आवश्यक उत्पादनहरू उत्पाद गर्ने भएकोले मरम्मत गरेर पुनः सुचारू रूपले संचालन गर्ने निधो गरिएको सचिव किरणले बताएका छन्।
A week long Shri Bhagwat Puran Yagya begins at Gurung Goan, Rongli. It started from today and shall finish on March 17th on this month.(Pic: Shital Pradhan)
DSCN1380.JPG


No comments:

Post a Comment