To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Thursday, March 31, 2011

Roshan Giri visits Gangtok to thank Chamling...... Trivuan Rai files nomination from ABGL. Suspicious death of 12 yr old boy reported in Kpg.... Rs 23 hike in tea wage

HEADLINES,  KalimNews:
Roshan Giri visits Gangtok to thank Chamling.
Trivuan Rai files nomination from ABGL.
Suspicious death of 12 yr old boy reported in Kpg.
Rs 23 hike in tea wage
Boxer Shiva Thapa of Assam succeeded to rank 6th in the World Youth Boxing on 1 March 2011 from 22nd position. 
12 वर्षे बालकद्वारा आत्महत्या, सबै चकित
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 31 मार्च।कालेबुङको 11 माइलमा एक 12 वर्षे बालकले आत्म ह्त्या गरेको कुराले कालेबुङ वासिन्दा चकित बनेका छन्‌। यस्तो घटना हिजो बिहान 8.30मा पृथ्वीराज प्रधानको शौचालयमा देखापर्योम। कालेबुङ थानाले पाएको सूचना अनि पत्रकारहरूलाई बताइए अनुसार बालकको नाम रिकेश भुजेल हो। बालक रिकेश सामसिङ निवासी निरेश भुजेलका छोरा हुन्‌ भने तिनी आफ्ना आमासित नै प्रधानको घरमा काम गर्न बसेका थिए।
दागोपापका इञ्जिनियर पृथ्वीराज प्रधान पनि तोपखाना नजिक  भाड़ाको घरमा बस्दै आइरहेका छन्।बिहान रिकेश शौचालय जान्छु भनेर गएका थिए। धेरैबेरपछि परिवारले रिकेशलाई शौचालयमा झुण्डिरहेको फेला पारेको थानाले जनाएको छ। हिजो नै कालेबुङ अस्पतालमा तिनको पोष्टमर्टम गरियो भने तिनको शव आज सामसिङ लगिएको छ। यता 12 वर्षे बालकले आत्महत्या गरेको कुरा निक्कै संशयपूर्ण् देखापरेको छ। वरिपरिका छिमेकीहरू चकित रहेको जान्नमा आएको छ। कसरी यति साना बालकले आत्महत्या गर्न सक्छन्‌? यो प्रश्न अहिले नगरवासीसित झुण्डिएको छ। थाना सुत्रले जनाए अनुसार यस मामिलाको छानबीन भइरहेको छ। पोष्टमोर्टम रिपोर्टको आधारमा नै थानाले मृत्युको रहस्य खोलिने जनाइएको छ।

गोर्खालीग उम्मेद्वार त्रिभुवन राईले  बुझाए नामाङ्‌कन पत्र -साझा उम्मेद्वारको निम्ति उचित निर्णय हुनसक्ने आशा गरिएको छ-खाती
मनोज बोगटी, कालिमन्युज,कालेबुङ, 31 मार्च।नामाङ्‌कन पत्र बुझाउने अन्तिम दिनमा गोर्खालीग उम्मेद्वार त्रिभुवन राईले नामाङ्‌कन पत्र बुझाए। नामाङ्‌कन पत्र बुझाउने तिनी नै अन्तिम उम्मेद्वार हुन्‌। अहिलेसम्म गोरामुमोबाट प्रकाश दाहाल, गोर्खा जनमुक्ति मोर्चाबाट डा.हर्कबहादुर छेत्री, कंग्रेसबाट शान्तिकुमार शर्मा अनि भाकपाबाट विक्रम छेत्रीले नामाङ्‌कन पत्र बुझाइसकेका छन्‌। उनीहरूलाई चुनाउ विभागले 4 अप्रेलको दिन नै चुनाउ चिह्न प्रदान गर्ने छन्‌ भने सबै उम्मेद्वारले सोही दिनदेखि चुनाउ प्रचार शुरू गर्ने छन्‌।

पहाड़मा गोरामुमोले शक्ति प्रदर्शनसित नै नामाङ्‌कन पत्र बुझाउने संस्कार शुरू गरेको थियो। मोर्चाले पनि त्यसैको अनुसरण गर्दै समर्थकहरू सड़कमा उतारेर नामाङ्‌कनपत्र बुझाएको थियो। यसरी नै गोर्खालीगले पनि आफ्ना समर्थकहरूलाई आज सड़क उतारे। कालेबुङमा धेरै समयपछि प्रथमपल्ट गोर्खालीगका समर्थकहरू सड़क उत्रेका देखिए। डम्बरचौकबाट लगभग सय समर्थकहरूले जुलूस निकालेर उम्मेद्वार त्रिभुवन राईलाई नगर परिक्रमा गराइ नामाङ्‌कन पत्र बुझाउन महकुमा कार्यालय पुगे। उनीहरूले लीगको झण्डा फहराउँदै मदन तामाङ अमर रहुन्‌, त्रिभुवन राई जिन्दावाद-को नारा लगाउँदै प्रदर्शन गरे। नामाङ्‌कन दर्ता गर्न त्रिभुवन राईसित लीग नेताहरू के.एन.सुब्बा, छिरिङ सुब्बा अनि प्रताप खाती साथ थिए।
लीगका पूर्व अध्यक्ष मदन तामाङ पहाड़का एक जुझारू नेता थिए, तर उनले कुनै पनि चुनाउमा प्रतिद्वन्द्विता गरेनन्‌। पहाड़मा गणतन्त्र बहाली अनि अलग राज्य कै मागमा 21 मई 2010मा दिन दहाड़ै तिनको हत्या भयो। हत्याराहरूको सुइँको अझसम्म पाइएको छैन भने हत्याकाण्डको जॉंचको निम्ति सीबीआई पनि अहिले मौन देखापरेको छ। यसपल्टको चुनाउमा तिनकै पत्नी भारती तामाङले दार्जीलिङ समष्टीबाट प्रतिद्वन्द्विता गर्नेछिन्‌। यसको साथै खरसाङ शाखाध्यक्ष शिवकुमार प्रधान अनि कालेबुङबाट शाखाध्यक्ष त्रिभुवन राईले चुनाउ लड्ने छन्‌। त्रिभुवन राई राजनैतिक क्षेत्रमा एक परिचित नाम हुन्‌। उनी 2004 देखि नै गोर्खालिगसित संलग्न छन्‌।
तिनी कालेबुङ गुम्बाहट्टा निवासी हुन्‌। उत्तरबङ्गाल विश्व विद्यालयबाट एम.ए.सम्म शिक्षार्जन गरेका राई पेशाले मल्ली जुनियर वेसिक स्कूलका प्रधानाध्यापक हुन्‌ भने तिनी लीगको टिकटमा प्रथमपल्ट चुनाउ लडिरहेका छन्‌। नामाङ्‌कनपत्र बुझाएपछि तिनी पत्रकारहरूसित धेरै बोलेनन्‌। तिनले 4 अप्रेलको दिन नै दलको घोषणापत्र सार्वजनिक गर्ने जनाए। गोजमुमोले साझा उम्मेद्वारको निम्ति गरेको बैठकलाई क्रामाकपा,यूजीआरएफ अनि लीगले नै षड़यन्त्र र स्वार्थी चलखेलको संज्ञा दिइसकेको छ भने मोर्चाले आफ्नै उम्मेद्वार दिने भएपछि क्रामाकपाले मोर्चा बाहेक अन्य दललाई लिएर साझा उम्मेद्वारमाथि बैठक गरेको थियो तर पनि त्यो असफल भएको क्रामाकपाले जनाइसकेको छ। यता गोर्खालीग केन्द्रिय समिति सदस्य प्रताप खातीसित यससम्बन्धमा प्रश्न गर्दा तिनले भने, बैठकको शिलशिला सकिएको छैन। अझसम्म पनि बैठकहरू भइरहेका  छन्‌। 4 तारिकसम्म अझ समय छ। यसबाट कुनै उचित निर्णय अघि आउने आशा गरिएको छ। तिनले लीगको मूल मुद्दा चुनाउमा गोर्खाल्याण्ड रहने अनि छैटौं अनुसूची र प्राधिकरणको विरोध रहने जनाए।

Rs 23 hike in tea wage
Vivek Chhetri, TT, Darjeeling, March 31: 
The Darjeeling Tea Association today inked a deal with the Gorkha Janmukti Morcha and other parties to increase the daily wage of hill garden workers by Rs 23, a day before the new agreement on the payment comes into force.

The Morcha had been demanding that the wage be increased from Rs 67 to Rs 120-150 a day, but the DTA and hill unions agreed to settle for Rs 90 at a meeting last night.The new pact will be in force for three years from tomorrow.
The hike is the highest in the history of the Darjeeling tea industry. Three years ago, the unions and garden owners had agreed on a cumulative hike of Rs 13. 10 spread over three years. As per the 2007 agreement, the wage was increased by Rs 4.10 from Rs 53.90 in the first year, followed by a hike of Rs 4.50 in the preceding two years.
However, the labourers will get a daily wage of Rs 90 throughout the three-year period under the new deal.
P.T. Sherpa, the president of the Morcha affiliated Darjeeling Terai Dooars Plantation Labour Union, said: “This is one of the highest wage hikes. We have also managed to hold the negotiations in Darjeeling for the first time. Earlier, the wage negotiations would always be held in Calcutta.”
The meeting was attended by the unions of the CPRM and the Congress also.
Of the 85 tea gardens in the hills, 62 are members of the DTA. Most of the remaining estates are either with the Indian Tea Association (ITA) or independent of any body of owners. The ITA and the individual gardens are yet to reach on an agreement on the wage revision with the unions.
Observers, however, said it was only a matter of time before the ITA, too, agreed to the same wage hike as there could not be a situation where the workers’ remuneration varied from one plantation to another in the hills.
Sources said representatives of the ITA were trying to meet the leaders of the Morcha union to hold talks on the wage hike. However, until that meeting takes place, the embargo on the despatch of the first flush of Darjeeling tea will continue in the non-DTA gardens. “We will lift the embargo once we get a word from them,” said Sherpa.
The embargo on the despatch of tea from the 62 gardens had been lifted on March 29.
Sandeep Mukherjee, the secretary of the DTA, said: “We honoured their long standing demand that wage negotiations should be held in Darjeeling. But we sat for the talks only after the embargo on the despatch of tea had been lifted.”
The DTA made the statement to suggest that the association had not held the negotiations with the unions at gunpoint.

Gardens reopen
Three tea gardens in the Dooars, two of which had been closed for six years, reopened on Thursday following their takeover by a Siliguri-based businessman.
Redbank, Surendranagar and Dharanipur gardens, located at Banarhat of Jalpaiguri district, were handed over to Roshanlal Agarwala and work will start from tomorrow.
बन्दले सिक्किम-को प्रिमियर सऱ्यो
प्रविण खालिंग, कालिमन्युज, गान्तोक,31 मार्च। सिक्किम प्रजातान्त्रीक मजुदर मोर्चाले डाकेको 48 घण्टे सिक्किम बन्दले गर्दा ऐतिहासिक फिल्म सिक्किम-को प्रमियरको मिति सरेको छ। आर्ट एंड कल्चर ट्रस्ट सिक्किमका सचिव अतुल कौराले जारी गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको छ।उनले भनेका छन 4 अनि 5 तारिक डाकिएको बन्दले गर्दा सत्यजीत रे को चर्चित फिल्म सिक्किम-को वर्ल्ड प्रिमियर 4 तारिक अप्रेलको साटो 6 तारिक अप्रेलमा हुने निश्चित भएको छ।
गोजमुमोको टोलीले चामलिङलाई कृतज्ञता पत्र चडायो - अब भारतको सबै राज्यहरूमा गोर्खाल्याण्डको प्रस्ताव पारित गराउऩे पहल गर्नेछौंः रोशन गिरी
प्रविण खालिंग, कालिमन्युज, गान्तोक,31 मार्च। सिक्किम विधानसभामा छु्ट्टै राज्य गोर्खाल्याण्डको समर्थनमा पारित ऐतिहासिक प्रस्तावले गोर्खाल्याण्ड आऩ्दोलनलाई महत्वपूर्ण सहयोग भएको बताउँदै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) केन्द्रिय महासचिव रोशन गिरीको अगुवाईमा चार सदस्यीय प्रतिनिधि टोलीले मुख्यमन्त्री पवन चामलिङलाई उनको सरकारी आवास मिन्तोगाङमा भेट गरेर प्रस्ताव पारित गरिदिएकोमा कृतज्ञता पत्र चडायो।विहिबार अपराह्न 3.30 बजी मिन्तोगाङ आइपुगेका गोजमुमो टोलीले लगभग आधा घण्टासम्म मुख्यमन्त्री चामलिङसित भलाकुसारी गरे। मुख्यमन्त्रीसित भेट पछि पत्रकारहरूसित कुराकानी गर्दै महासचिव गिरीले भने, हामी मुख्यमन्त्रीलाई अभूतपूर्व गोर्खाल्याण्डको प्रस्ताव विधानसभामा पारित गरिदिनु भएकोमा अध्यक्ष महोदयको निर्देशमा कृतज्ञता ज्ञापन गर्न आएका थिय़ौं।
उनले अझ भने कृतज्ञता ज्ञापन संगै हामी मुख्यमन्त्रालाई प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा बिराज जनसमावेशबीच नागरिक अभिनन्दन गर्नेछौ यसको निम्तो दिन पनि हामी आज यहाँ आएका हौ। तर तिनले अभिनन्दन गर्ने मिति भने अहिले नै तय नभइहालेको बताउँदै बंगालको विधानसभा चुनाउ पछि नै उक्त सम्मान कार्यक्रम आयोजन गरिने बताए। तिनलाई सोधिएको प्रश्नको जवाफमा भने, सिक्किमबाट विधानसभामा जुना ऐतिहासिक प्रस्ताव पारित भएको छ, त्यसले गोर्खाल्याण्ड आन्दोलनलाई बडो सहयोग पुग्नेछ भने सिक्किमबाट जुन पहल भएको छ त्यो बंगालबाट आशा गर्न सक्दैनौ त्यसैले गोर्खाल्याण्ड राज्यको माग नितान्त जायज माग हो भन्ने पुष्टि भएको छ। यसैगरि महासचिव गिरीले भने, सिक्किमबाट गोर्खाल्याण्डको मागलाई जायज ठहर गरिसकेपछि अब केन्द्र सरकारले यसलाई गम्भीरतासित लिनुपर्छ। उऩले भने यस प्रस्तावले भारत सरकारलाई पनि झकझकाएको छ।
मुख्यमन्त्रीसितको भेटघाट बडो सकरात्मक भएको बताउँदै महासचिव गिरीले भने, मुख्यमन्त्रीसित आजको भेटघाट सकारात्मक भयो अनि मुख्यमन्त्री चामलिङ सिक्किम र प्रस्वातिव गोर्खाल्याण्ड क्षेत्रको रगतको साइऩोलाई अझ बलियो पार्न चहान्छन्। मुख्यमन्त्रीले दुवै क्षेत्रका वासिन्दाहरूको सम्बन्ध अझ मधुर बनाउने चाहना व्यक्त गरेका छन्।
अर्कोतिर विधानसभामा प्रस्ताव पारित भइसकेपछि त्यसैको सिको गरेर राष्ट्रियस्तरमा अन्य राज्यहरूको विधानसभाबाट पनि गोर्खाल्याण्डको समर्थनमा प्रस्ताव जुटाउने पहल बारे सोधिएको प्रश्नमा उनले भने, अब हामी भारतभरि नै हाम्रो पार्टीको शाखाहरू मार्फत यो कार्य थाल्ने छौं। यसभन्दा अघि पनि हामीले असम र मिजोरममा यसबारेमा पहल गरिसकेका छौं। यसैगरि अन्य राज्यहरूमा पनि गोजमुमो शाखाद्वारा पहल शुरू गर्नेछौं।
तिनले आगामी 18 अप्रेलको दिन सम्पन्न हुने विधानसभा चुनाउमा आफ्नो मतदान प्रयोग गर्नको निम्ति सिक्किममा कार्यरत सबै गोर्खे सन्तानलाई छुट्टी लिएरै भए पनि आफ्नो गाउँ फर्किएर मतदान गरिदिने अपिल पनि गरे। गोजमुमोको प्रतिनिधि मण्डलीमा केन्द्रिय कोषाध्यक्ष दावा लामा, स्टडी फोरमका सदस्य एल बी परियार अनि प्राध्यापक अमर सिंह राई सामेल थिए।
प्रतिनिधि टोलीलाई आमरा बंगाली र अशोक भट्टचार्यको मन्तव्यबारे सोधिएको प्रश्नमा भने, विदेशीको लाक्षना लगाउने आमरा बंगाली र अशोक भट्टचार्य आफै विदेशी नागरिक भएको कारण यस्तो कुरा गर्दैछ। आरोप लगाउऩेहरूले आफू कहाँबाट आएको त्यो पहिला हेर्नुपर्छ।

स्थानीयहरूलाई नियुक्ति नदिएको मामिला क्षेत्रिय आर्युवेध अऩुसन्धान संस्थानमा सीबीआईको छापा 

प्रविण खालिंग, कालिमन्युज, गान्तोक,31 मार्च। केन्द्रिय जाँच ब्यूरो (सीबीआई)-ले विहिबार यहाँको तादोङस्थित क्षेत्रिय आर्युवेद अनुसन्धान संस्थानमा छापा माऱ्यो। आयुस मन्त्रालयको अधिनस्थ यो सिक्किम कार्यालयमा गैरकानुनी ढङ्गमा सी र डी वर्गको कर्मचारी नियुक्ति गरिएको विरोधमा दर्ता गरिएको याचिका माथि उच्च न्यायलयले सीबीआइ जाँचको निर्देश दिएपछि अन्तिम चरणको जाँचको निम्ति यो छापा मारिएको थियो। सीबीआईका दुइ सदस्य प्रतिनिधि टोली हिजो गान्तोक आइपुगेका थिए भने आज बिहान आर्युवेद संस्थानमा जाँचको निम्ति पुगेका थिए। सीबीआईका प्रतिनिधिहरूले विभिन्न प्रकारको जाँच गरे पनि मिडियामा उक्त जाँचको विस्तृत जानकारी भने दिएनन्। यद्यपी उनीहरूले यति भने बताए, जाँच गत 2099 सालदेखि चलिरहेको थियो जसको अहिले अन्तिम चरणको जाँच चलिरहेको छ। तिनीहरूले बताए अनुसार यसै अप्रेल-मई महिनामा जाँच पुरा हुनेछ भने यसै वर्ष भित्रमा सीबीआईले आफ्नो आरोपपत्र दर्ता गर्नेछ।
सीबीआईलाई 2006 सालमै सिक्किम उच्च न्यायालयद्वारा जाँचको आदेश दिइएको थियो। जब संस्थानमा सी र डी वर्गको सातवटा पदमा स्थानीय उम्मेद्वारहरूले परिक्षा बसे पनि नियुक्ति नदिइएपछि न्यायालयमा याचिका दर्ता गरिएको थियो। स्थानीय उम्मेद्वारहरूको याचिकामाथि फसेला सुनाउँदै न्यायालयले सीबीआई जाँचको आदेश दिएको थियो। याचिकामा तत्कालीन संस्थान प्रभारी डॉ. प्रताप माखिजा जो स्वयं चयन समितिका अध्यक्ष पनि थिएमाथि जाँचको माग गरिएको थियो।
सीबीआईद्वारा प्रारम्भीक चरणको जाँचमा उक्त नियुक्तिको निम्ति केन्द्रिय आर्युवेद अनुसंधान परिषद अनि सिधा नयाँ दिल्लीद्वारा विशेष नियुक्तिको निम्ति अनुसूचीत जाति अनि अनुसूचित जनजातिलाई विभिन्न संस्थानमा नियुक्तिको निम्ति विज्ञापन जारी गरेको थियो। परिषदको निर्देशन मुताबितनै तादोङ क्षेत्रिय संस्थानले पनि सातैवटा पदहरूको निम्ति विज्ञापन जारी गरेको थियो। जसमा ल्याब एसिस्टेन्ट, ल्याब टेक्निशियन तथा पिउनको पद खाली थियो। विज्ञापनमा स्पष्टरूपमा भनिएको थियो,स्थानीय उम्मेद्वारहरूलाई प्राथमिकता दिइऩेछ। तर उक्त चयन समितिका अध्यक्ष डॉ. माखीजीले सात पदमध्ये 4 वटा पदमा गैर सिक्किमेलाई नियुक्ति दिएको थियो भने तीनजना स्थानीय उम्मेद्वारलाई मौका दिएको थियो। जसमा हरियाणा निवासी मुखेश कुमार, उत्तर प्रदेश निवासी रामायण सिंह मिणा, राजिस्तान निवासी सुरेन्द्र मोहना सिहारा अऩि पश्चिम बंगाल निवासी जयदेव कोनाल रहेका छन्। अर्कोतिर सूत्रले बताएअनुसार डॉ. माखिजीद्वारा स्थानीय उम्मेद्वारलाई सक्षम भएरै पनि मौका दिएका थिएनन्।
सीबीआईले आरोपीहरू विरूद्ध 2006 को दिसम्बरमा प्राथमिकी दर्ता गरेको थियो। कोलकत्तामा दर्ता गरिएको प्राथमिकीमा प्रारम्भीक चरणमा आपराधिक षड्यन्त्र गरिएको, धोखाघडी, पदको दूरूपयोग गरेकोमा धारा 120-बी, 429, 471 भारतीय दण्ड संहिता तथा 13(1)(डी) पीसी एक्ट 1988 अन्तर्गत मामिला दर्ता गरिएको छ।
यसैगरि सूत्रले बताए अनुसार देशमा रहेको जम्मा 30 वटा अन्य संस्थानहरूमा पनि सोही प्रकारका पदहरूमा नियुक्ति गरिएको थियो
जसमा पूर्णरूपमा स्थानीय उम्मेद्वारले मौका पाएका छन्।प्रमुख आरोपी डॉ.माखिजीले सिक्किमा 2002 देखि 2006 सम्म सेवारत थिए। तिनलाई नियुक्तिमै धांधली भएको आरोपमा निलम्बीत गरिदिएको थियो भने अहिले अर्को ठाँउमा स्थान्तरण गरिएको छ। अर्कोतित नियुक्ति पाएका सातजनालाई पनि नोकरीबाट निष्कासनको आदेश न्यायालयले दिएपछि नियुक्ति रद्द भएको थियो। यद्यपी चार गैर सिक्किमेहरूले भने सेन्ट्रल एडमिनिस्ट्रेटिभ ट्रिबुनलमा अपिल गरेपछि काममा फर्काइएको थियो भने स्थानीय तीनजनाले भने त्यसबारे केही जानकारी नपाएपछि नोकरीबाट हात धुनु परेको थियो।
यसैगरि आरोपीहरू मध्ये एकजनाले सीबीआई जाँचको आदेश स्थगनको निम्ति सर्वोच्च न्यायलयमा याचिका दर्ता गरेको थियो जसलाई सर्वोच्च न्यायालयले 2009मा खारेज गरिदियो। अर्कोतिर क्षेत्रिय संस्थानले तीनजना स्थानीय उम्मेद्वारहरूको निम्ति पनि ट्रिवुनलमा मानताको आधारमा नोकरीमा पुनः नियुक्त गरिदिने आग्रह गरेको छ। यो संस्थानमा अहिले जम्मा 25 जना कर्मचारीहरू रहेका छन् जसमा एकजनामात्र स्थानीय कर्मचारी छन्।

बन्द घोषणाले होटल र पर्यटन व्यावसाय चेपारोमा - साराद्वारा होटल सेवा र पर्यटकको वाहनलाई बन्दबाट मुक्त राख्नुपर्छः सारा
प्रविण खालिंग, कालिमन्युज, गान्तोक, 31 मार्च। सिक्किम होटल एण्ड रेस्टुरेन्ट एसोसिएशन (सारा) ले सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) द्वारा 4 र 5 अप्रेलको दिन डाकेको 48 घण्टे बन्दबाट होटल अनि पर्यटकहरूको वाहनलाई मुक्त राखिनु पर्ने अपिल गरेको छ। सारा द्वारा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष भानु रसाईलीले भने, अप्रेल महिनादेखिनै सिक्किमा पर्यटनको मौसम शुरु हुन्छ। यस्तो स्थितिमा मौसमको शुरूआतमै बन्द हुँदा नकरात्मक प्रभाव पर्नजान्छ। जसले आगामी मौसमहरू पनि प्रभावित हुनेछ एसडीएफको भातृसंगठन सिक्किम प्रजातान्त्रीक मजदूर मोर्चाले हिज 48 घण्टे सिक्किम बन्दको घोषणा गरिसकोछ। जसले यहाँको विभिन्न औद्योगिक एकाईहरुमा कार्यरत सिक्किमे मजदूरहरूलाई गरिने भेदभावको कडा विरोध जनाएको छ। बन्द डाकेर ती एकाईहरूलाई स्थानीय बेरोजगार युवाहरूलाई रोजगार प्रदान गर्ने दबाउ सिर्जना गर्ने ध्येय पनि राखिएको छ।
अध्यक्ष रसाईलीले भने, हामी एसडीएफ पार्टीको सिक्किमेहरूको मुद्दामा लिइएको यो निर्णय प्रति खुसी छौ त्यसमा पनि निजी क्षेत्रहरूकमा स्थानीयहरूलाई अदेखा गरिन्छ भने दवाउने कार्य भइरहेको छ, तर हामी बन्दले कुन प्रकारको प्रभाव पर्छ त्यसबारे विशेष केन्द्रित छौं। यो पर्यटकीय मौसम भएकोले गर्दा सिक्किमको छवी पर्यटकमैत्री राज्यको रूपमा रहेको छ तर त्यो पछिलो दुइ दशकदेखि स्थापित मान्यतामाथि चोट लाग्नेछ,तिनले भने।
सारा अध्यक्षले बन्दलाई पूर्ण समर्थन जनाउऩे तर पर्यटनमा बन्दले पर्ने प्रभावलाई पनि पूर्णरूपमा अदेखा गर्न नमिल्ने बताए। तिनले भने, यदी पर्यटन सम्बन्धि सेवाहरूलाई बन्दबाट मुक्त राखिएमा हामी धेरै खुशी हुनेछौं। पर्यटन सेवा र पर्यटकहरूको वाहनलाई बन्दमुक्त राख्नु पर्छ, तिनले माग गरे। तिनले भने, पहिलेबाटै पर्यटकहरूले बन्दको खबर सुनेर बुकिङ रद्द गर्न थालिसकेका छन्। सिक्किम आएर पनि सिक्किमको सुन्दरता हेर्न नपाएपछि केही हुँदैन। साराले सिक्किमको शान्त राज्य भन्ने सन्देशलाई नै फैलाउन चाहिको ठोकुवा गरे। अहिले होटेलहरूमा विभिन्न क्षेत्र घुम्न चाहनेहरूले सोधखोज गरिरहेको बताए। तिनले भने, सिक्किममा केवल पर्यटन उद्योगमात्र एउटा यस्तो उद्योग हो जसले स्थानीय युवाहरूलाई मनग्गे रोजगारको अवसर प्रदान गरिरहेको छ। हामी स्थानीयहरूले होटल र रेस्टुरेन्ट चलाउँछौ त्यसैगरि हामी स्थानीय ट्यक्सी चालकहरूलाई नै पर्यटकहरूको निम्ति प्रयोग गर्छौ जसले धेरै मात्रमा स्थानीयहरूको रोजगारको मेलो भएको छ,तिनले थपे।
अर्कोतिर साराका अध्यक्षले निजी कम्पनीहरूलाई अनुरोध गर्दै भने, स्थानीय मानिसहरूको भावनालाई पनि कदर गर्नुपर्छ अऩि स्थानीयहरूलाई रोजगार साथै अन्य व्यावसाय पनि प्रदान गर्नुपर्छ। जुन विषयमा राज्य सरकारसित सहमती पनि भइसकेको विषय हो। तिनले भने, सिक्किमे नागरिकको अधिकार हो निजी कम्पनीहरूमा रोजगार पाउनु।

CBI raid in RRI of Ayurveda
Pabin Khaling, KalimNews, Gangtok, Mar 31: The Central Bureau of Investigation (CBI) today raided the office of Regional Research Institute (Ayurveda) under the AYUSH Ministry for Sikkim here at Tadong, Gangtok as part of its final round of investigations on alleged irregularities in appointment of four Group C and D level post in the institution.
The two-member CBI team had arrived at Gangtok yesterday and today visited the Regional Research Institute (Ayurveda) to conduct its investigations, the details of which was not disclosed to the media. However, it was informed that the investigations, which resumed from 2009, is on its final stage and charge sheet would be framed against the accused persons by April or May this year and submitted before a CBI designated court here in Gangtok.
The CBI had been directed to probe by the High Court of Sikkim in 2006 following a petition by a local candidate who had appeared for the seven posts for Group C and D advertised by the institute in 2005. The petitioner had prayed for an enquiry in the process of selection and appointment made by the then officer in-charge of the Regional Research Institute (Ayurveda) Dr Pratap Makhija who was also the then chairman of the selection committee.
A preliminary enquiry had been conducted by the CBI which revealed that the Central Council for Research in Ayurveda and Sidha (CCRAS), New Delhi had carried out a special recruitment drive for SC and STs at its various peripheral institutions. On the basis of directions of CCRAS, the Tadong regional institute had advertised vacancies for seven posts like lab technician, lab assistant and peons. The institute had advertised that priority will be given to the local candidates.
The selection committee chaired by Dr Makhija selected seven candidates, out of which four were non-local candidates Mukesh Kumar of Haryana, Ramayan Singh Meena of Uttar Pradesh, Surendra Mohan Sihara of Rajasthan and Joidev Konal of West Bengal.
It is also revealed that first three non-local candidates had ‘furnished fales information/certificates for proving their candidature and for establishing themselves as local candidates’. It is also alleged the Dr Makhija ‘actively’ worked for these candidates for ensuring their selection although they ‘were not possessing the essential qualifications/eligibility criteria’.
"It was prima facie established that Dr P Makhija being a public servant had abused his official position’ and in conspiracy with the non local candidates and others, got them appointed at various post at the Tadong regional research institute, the CBI said in its FIR lodged at Calcutta. Preliminary charges of suspected offence for criminal conspiracy, cheating, forgery and abuse of official position under section 120-B, read with 420, 471 of IPC read with 13(1)(d) PC Act 1988 had been registered in December, 2006.
Sources informed that Dr Makhija had deliberately kept out deserving local candidates from four out of the seven posts as advertised for. They also alleged that Dr Makhija had given appointments despite the non-local candidates having low qualification and experience as compared to some of the locals who had appeared for the posts.
“He did not follow the recruitment rules as the locals should had been inducted into the posts like it happened in all the other 30 other regional research institutes where only locals here given appointment. Only in Sikkim, non-locals managed to get appointments”, said a source.
Dr Makhija had served as the in-charge of the Tadong regional centre from 2002 till 2006. Following the CBI intervention after the High Court’s direction, he had been suspended for some time before he was re-instated and transferred elsewhere. The appointments of all the seven candidates consisting of four non-locals and three locals had also been terminated but the non-locals managed to get reinstated after they appealed to the Central Administrative Tribunal.
The locals did not approach the tribunal, reasons of which are unclear at this moment.
Meanwhile, a petition had been filed in the Supreme Court seeking a stay in the CBI investigations by one accused person that was finally dismissed by the court in 2009 prompting the CBI to reopen the case and resume the investigations.
However, the regional centre has also appealed the tribunal for reinstatement of the three local candidates on humanitarian grounds but the matter is still pending, it is informed.
The Tadong regional centre has 25 employees out of which only one is a local from Sikkim, it is informed.

No comments:

Post a Comment