To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, March 5, 2011

राज्यपाललाई भेटेर पनि गोर्खाल्याण्ड फोरमले जनसभा गर्ने अनुमति पाएन- हामी कुनै पनि हालतमा जनसभा गरेरै छाड्छौः भरत बस्नेत

रसीयाली चित्रकारको कञ्चनजंघा प्रेम- निकोलसले कञ्चनजंघालाई धेरै माया गर्थे उनले कहिले बिर्सेननः फियोरेञ्जा
प्रवीण खालिंग, कालिमन्युज, गान्तोक,5 मार्च। रसियाली कलाकारको कुचीले 19औं शताब्दीमा इतिहासमा कोरेको सिक्किमको पुज्य हिमशिखर कञ्चनजंघाको चित्रलाई झण्डै एक सताब्दीपछि सिक्किमे कलाप्रेमीहरूले हेर्ने मौका पाएका छन्। दार्जीलिङको गुडवील सेन्टरको आय़ोजनमा यहाँको कलाप्रेमीहरूको संगमस्थल फ्रेण्ड एट रचनाले फर्स्ट फ्लोरमा चर्चिर रसायाली चित्रकार, दार्शनीक, वैज्ञानिक, लेखक, घुम्ते कलाकार निकोलस रोरिचले सिक्किम र दार्जीलिङमा आफूले बिताएको कलामय जीवनको अवधिमा सिर्जना गरेको चित्रकलालाई शनिबार देखि प्रदर्शनीमा राखिएको छ। आगामी 18 मार्चसम्म चल्ने यो चित्रकला प्रदर्शनीको बारेमा रोरिचका सम्बन्धीत प्रतिनिधि फियोरेंजा ब्रोतोलोतीले बताइन, 9 अक्टोबर 1874 मा सन्त पिटर्सबर्गमा जन्मिएका निकोलस 13 दिसम्बर 1947 मा भारतको हिमाचल प्रदेशको कुल्लुमा स्वर्गवास भएका थिए। महान चित्रकार निकोलसले दार्जीलिङमा 1923 सालमा आफ्नी पत्नी हेलेन सित आरेप 15 महिना तेह्रौ दलाई लामाको घरमा बिताएका थिए। यसैक्रममा 1924 सालमा पश्चिम सिक्किमको विभिन्न धार्मिक स्थलहरूको परिभ्रमण गरेका थिए। त्यसबेला उनले हिमशिखर कञ्चनजंघाको सुन्दरतालाई वयान गर्न आफ्नो कुचीलाई प्रयोग गर्दै 25 वटा महान कला सिर्जना गरेका थिए। उनले त्यसबेला तयार पारेका चित्रकला कञ्चनजंघा र आध्यात्मिक, सास्कृतिक, स्थानीय सुन्दरता, धरोहर अनि तिनीहरूको इतिहासमाथि आधारित सिरिजको रूपमा रहेको फियोरेञ्जाले बताइन्।
त्यसबेला निकोलसले सिक्किमको पेमायाङ्ची, साङ्गाछोलिङ अनि टासिडिङ जस्ता गुम्पाहरूको भ्रमण गरेका थिए अनि बौद्ध लामाहरूबाट आध्यात्मिक चिन्तन सिकेका थिए। उनले दार्जीलिङमा बस्दा पनि धेरै प्रकारले कञ्चनजंघाको मोहलाई त्याग्न नसकि विभिन्न स्थान र प्रकाशको अवस्थामा चित्र कोरि रहे। त्यसपछि हिमाचल प्रदेशको कुल्लुमा पुगेर पनि उनले तयार पारेका पहाड र पर्वतको चित्रहरूमा कञ्चनजंघाको स्मृतिपिडा स्वतं झल्किन्थ्यो भने उनको कलामा कञ्चजघा देखा पर्थ्यो, फियोरेन्जाले भनिन्।
अहिले विश्वका विभिन्न ठूला-ठूला संग्राहलय र ग्यालेरीहरूमा उनको चित्र सजिएका छन् भने ती चित्रहरूलाई प्रतिकृतिको रूपमा तयार पारेर कञ्चनजंघाको देशमा बस्ने सिक्किमे र दार्जीलिङका कलाप्रेमीहरूसमक्ष प्रदर्शनमा राखिएको छ। प्रदर्शनीमा निकोलस सितै उनको कान्छो छोरो भेन्तोस्लव रोरिचको पनि चारवटा पहाडको चित्र प्रदर्शीत छ। निकोलस र उनको परिवारले कञ्चनजंघाको परिवारलाई कहिले विर्सन सकेनन् फलत हेलेन र उनको छोरो दार्जिलिङमा आएर कालेबुङमा क्रुकेटी हाउस नामक कटेजमा मृत्युप्रयन्त बसे भने 1955 को अक्तुबरमा हेलेनको मृत्यु भयो भने दुरबीन डाँडामा अन्तिमसंस्कार गरिएको फियोरेञ्जाले बताइन। अहिले निकोलसको नाममा संस्था खोलेर अन्तराष्ट्रिय स्तरमा उनको कलाको यस्तै प्रदर्शनीहरू भइरहेको छ भने फियोरेञ्जा जस्तै कलाप्रेमीहरूले मिलेर कालेबुङको निकोलस परिवारको उक्त कटेज पुनः किनेर संस्थाको संग्राहलय स्थापित गरिसकेको जानकारी दिइऩ्।
आगामी 18 मार्चसम्म चल्ने यस प्रदर्शनीमा कलाप्रेमीहरूले व्यापकरूपमा सहभागि हुने आयोजक पक्षले आशा व्यक्त गरेका छन् भने सिक्किमसित आत्मिय साइऩो रहेको एक महान कलाकारको कलालाई पुनः सिक्किमे समाजले नियाल्न र अनुभव गर्न पाएका छन्।
राज्यपाललाई भेटेर पनि गोर्खाल्याण्ड फोरमले जनसभा गर्ने अनुमति पाएन- हामी कुनै पनि हालतमा जनसभा गरेरै छाड्छौः भरत बस्नेत
प्रवीण खालिंग, कालिमन्युज, गान्तोक,5 मार्च।  छुट्टै राज्य गोर्खाल्याण्जको समर्थनमा गठीत सिक्किम सोलाडिरिटी फोरम फर गोर्खाल्याण्डका प्रतिनिधि मण्डलले राज्यमा वाक स्वतन्त्रतालाई बाधा पुऱ्याउँदै प्रशासनले जनसभा गर्ने अनुमति नदिएको तथा संवैधानिक मागको विषयमा संवैधानिक पदमा आसिन राज्यपाल बीपी सिंहलाई भेट गरेर चित्त बुझाएर पनि प्रशासनले टेरपुच्छर लगाएन। फोरमका प्रमुख संयोजक भरत बस्नेतको नेतृत्वमा राज्यपाल बीपीसिहंलाई प्रतिनिधि मण्डलले भेट गरेर गोर्खाल्याण्डको माग नितान्त राष्ट्रिय हित र संविधानसम्मत रहेको बताउँदै यसलाई समाधान गर्न केन्द्र सरकारसमक्ष राज्यपालद्वारा पहलल गरिदिने आग्रह गऱेको भेटघाट पछि पत्रकारहरूलाई संयोजक बस्नेतले बताए। उनले भने, हामीले राज्यपाललाई यो संविधानसम्मत माग गोर्खाहरूको चिन्हारीसित सम्बन्धित रहेको तथा पुस्तौ-पुस्तादेखि देशको निम्ति ज्यानको बलिदान दिएको बदलामा केही नमाग्ने गोर्खाहरूको सम्वेदनासित जोडिएको मागबारे राज्यपालले पनि गम्भीरतासित सुनेर सकरात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। उनले निकट भविष्यमा यो मागले गम्भीर रूप धारण गर्न अगावै समाधान गरिनुपर्ने राज्यपाललाई बताएको उनले जानकारी गराए।
अर्कोतिर राज्यको प्रशासनले गोर्खाल्याण्डको समर्थनमा जनतालाई एक गराउने आह्वानसितको जनसभा आयोजन गर्न नदिएकोमा पनि राज्यपाललाई अवगत गराइएको उनले बताए। यसमा राज्यपाललाई फोरमले वाक स्वतन्त्रता र संविधानले सुनिश्चित गरेको अधिकारको खुल्ला उलंघन भएको स्पष्ट बताइएको उनले जनाए। यद्य़पी राज्यपालसित भेटपछि पनि समाचार लेखिञ्जेल कुनै अऩुमतिको संकेत नपाएको फोरमको महासचिव रूद्र खतिवडाले बताएका छन्। यद्यपी फोरमले तोकेकै ठाउँ प्राइवेट ट्याक्सी स्ट्याण्डमा जनसभा गर्ने तथा त्यसमा प्रशासनने कुनै प्रकारको कार्वाही गरेको खण्डमा जातिको उन्मुक्ति र वाक स्वातन्त्रताको निम्ति सिब्सुमा जस्तै ताण्डव र अमानवीय क्रियाकलाप गरेकै खण्डमा पनि आफूहरू त्यसलाई झेल्न तयार रहेको महासचिव खतिव़डाले बताए।
अर्कोतिर हिजो राति पुलिस अधिक्षक एमएस तुलीद्वारा प्राइवेट ट्यास्कीस्ट्याण्डको साटो अन्य कुनै स्थानमा जनसभाको निम्ति वैकल्पिक स्थान चयन गरेर अवेदन गर्ने निवेदन गर्दै फोरमका नेतृत्वहरूलाई पत्रचार गरेबापत आज फोरमले चिड्रेन पार्कको छाना अथवा कञ्चनजघा सपिङ कम्पलेक्सको छानामा अनुमति दिने आवेदन बुझाएऱ पनि प्रशासनले नदिँदै सिच्छे खेल मैदान अथवा गार्ड्स ग्राउण्डमा जाने आदेश जारी गरेपछि फोरमले प्रशासनलाई चुनौती दिँदै प्राइवेट स्ट्याण्डमै जनसभा गर्ने अडान पेश गरेको छ।
एनएचपीसी द्वारा ट्यालेन्ट हन्ट क्वीज प्रतियोगिता आयोजन
प्रवीण खालिंग, कालिमन्युज, गान्तोक,5 मार्च। नेशनल हाइड्रो पावर कर्पोरेशन लिमिटेड(एनएचपीसी) द्वारा लोवर सम्दोङको युवा जागृति संगको सहयोगमा उर्जा संरक्षण अनि साधरण ज्ञानमाथि सातौंदेखि नवौं श्रेणीको विद्यार्थीहरूबिच क्वीज प्रतियोगिता आयोजन गऱ्यो। यस ट्यालेन्ट हन्ट क्वीज कम्पीटिशनमा जम्मा 30 वटा पाठशालाका 50 जना विद्यार्थीहरूले भाग लिएका थिए। प्रतियोगितामा प्रमुख अतिथिको रूपमा क्षेत्र विधायक एम प्रसाद शर्मा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसैगरि एनएचपीसीका मुख्य अभियन्ता (प्रभारी) डी चट्टोपाध्याय पनि विशेष रूपले उपस्थित थिए।
प्रतियोगितामा केन्द्रिय विद्यालयका विद्यार्थी अर्जुन गुप्ता प्रथम बने भने, एसएमजीएसएस खाम्दोङका विद्यार्थी सागर सुवेदी दोस्रो तथा तेस्रो स्थानमा डुगा उच्च माध्यमिक विद्यालयका विद्यार्थी अवशेष कटेल रहे। विजेता विद्यार्थीहरूलाई क्रमैले दश, साढे सात तथा पाँच हजार नगद पुरस्कार प्रदान गरियो। यसैगरि कार्यक्रममा गरीबीका रेखामूनीका पन्ध्रजना विद्यार्थीलाई छात्रवृत्ति दुइ-दुइ हजार प्रदान गरियो। एनएचपीसीको यो कार्यलाई मुख्यअतिथिले सराहना गर्दै जन सुविधालाई ध्यानमा राखेर भएको यस्ता कार्यक्रमको सोझै फायदा आम मानिसले पाउने बताए।राज्य सरकारले गुणस्तरीय शिक्षाको विकासको निम्ति सात सदस्यीय अकादमी निगरानी समिति गठन गेरको छ। मानव संसाधन विकास विभागद्वारा गठीत यो समिति द्वारा राज्यमा शिक्षाको गुणस्तरमाथि निगरानी राख्नका साथै शैक्षिक क्रियाकलापहरूबारे खोजखबर लिनेछ। राज्यको शिक्षा सचिव आर तेलाङको नेतृत्वमा रहेको यो समितिले प्रत्येक महिनामा दुइ पल्ट बैठक गरेर प्रत्येक कुराको जानकारी र चर्चा उठाउने छ।
जसले पाठ्यपुस्तक सम्बन्धि समस्या लगायत जिल्लास्तरमा गठीत समितिहरूको क्रियाकलापमाथि पनि चर्चापरिचर्चा गर्दै निकासी खोज्ने छ। पाठशालाहरूमा देखिएको कमी कमजोरीहरूको विषयमा पनि जानकारी लिऩे छ। यस्तै प्रकारको समिति जिल्ला अनि खण्ड स्तरमा पनि गठन गरिने छ।
फेसबुकले तान्यो चरा प्रेमीलाई
सिक्किममा पंक्षी अवलोकन चासोको विषय बन्दैछः लुकेन्द्र रसाईली
प्रवीण खालिंग, कालिमन्युज, गान्तोक,5 मार्च।  फेसबुकमा गत वर्ष 1 नोबेम्बरको दिन लुकेन्द्र रसाईलीले सिक्किम बर्ड्सको नाममा खोलेको एकाउऩ्टले चरा मनपराउनेहरूको निम्ति व्यापक जागरूकता फैलाउने कार्य गरिरहेको छ। टेक्नोलोजीमुखी पुस्ताले हिमाली राज्य सिक्किममा पाइऩे स्थानीय चराहरूको तस्वीर अपलोड गर्नका साथै कमन ग्रीन व्याक टिट, भर्डिटर फ्लाइक्याचर, ब्लु व्हीस्लिंग थ्रस जस्ता स्थानीय चराहरू फटाफट चिन्न थालेका छन् भने छिमेकी पंक्षी तथा दूर्लभ हङ्ग्रायो (हर्न वील), रूड्डी सेल डग जस्ता दूर्लभ प्रजातिका ठूला पंक्षीहरूको प्रजाति पनि अवलोकन गर्ने मौका पाइरहेका छन्।
अहिलेसम्म 302 जनाको सदस्य रहेको सिक्किम बर्डस ग्रुपको सदस्यता विस्तारै बड्न थालेको छ। यसैगरि युवापुस्ता र चरा प्रेमीहरूले उक्त एकाउन्टमा निरन्तर भिजिट गर्नका साथै आफ्नै घर आँगन र वन जंगलमा भेटिने पंक्षीको प्रजातिलाई फोटो खिचेर अपलोड गर्ने परम्पराले पनि निक्कै प्रश्रय पाएको छ। अपलोड गरिएको चराको नक्सालाई पहिले यो चराको नाम चिन्नुहोस भन्ने अनुरोध गरिन्छ त्यसपछि लगातार विभिन्न भिजिटर र सदस्यरहरूले पेश गरेको प्रतिक्रियाकोक्रम समाप्त भएपछि चराको सही वैज्ञानिक नाम लेखेर जिज्ञासुहरूको खुलदुली शान्त पारिन्छ।
सिक्किमे युवा पुस्तामा विस्तारै पंक्षीहरूको नाम जान्ने तथा अन्य चासोहरूबाट विमुख हुने प्रक्रिया चलिरहेको अवस्था इन्टरनेट र डिजिटल क्यामेराले दिएको तनकीकि सुविधालाई राज्यमा रहेको पंक्षीको व्यापक प्रजातिबारे चासो सिक्किम बर्डसको मार्फत फेस बुक युजर्सहरूको विश्वस्तरमा ध्यान आकर्षण गर्न सक्षम बनेका छ। यसैगरि पंक्षी अवलोकन गर्न चहानेहरूको निम्ति पनि एउटा दह्रिलो नेटवर्क निर्माण हुँदैछ। लुकेन्द्र रसाईलीले भने, फेस बुकमा ताजा जानकारी र नक्साहरू अपलोड गरेर किताब, चरा, संरक्षण तथा अन्य थुप्रै पंक्षी अवलोकन सम्बन्धी जानकारीहरू आदान प्रदान हुँदैछ। फेसबुकमा सिक्किम बर्ड्सको प्रणेता रसाइली स्वयं 2005 मा गठीत सिक्किम अर्नेथोलोजिकल सोसाइटीको सचिव हुन्।
विश्वमा समाजिक नेटवर्कको बलियो आधार साइट बनेको फेस बुकबाट एउटा साथीको ताजा क्रियाकलाप तत्कालै अर्कोले पड्न र देख्न सक्ने व्यवस्था रहेको छ, मानिसहरूले कम्प्युटर, ल्यापटप, मोबाइल फोन आदीको माध्यमबाट फेसबुक भिजिट गर्छन् त्यसैले सिक्किम बर्ड्सको साइटलाई हेर्ने र चराप्रेमीहरूको एउटा बलियो नेटवर्क तयार पार्न सक्षम भएको छ, रसाईलीले भने। कुनै पनि मान्छेले दैनिक रूपमा आफ्नै घर-घुरेनमा विभिन्न प्रकारको चरा देख्छन् तर त्यसको नाम थाहा पाएका हुँदैन् तर फेस बुकमा ती चराहरूको फोटो सहित नाम र प्रजातिबारे जान्न पाउँदा उनीहरूमा अर्को उत्सुकता उब्जिरहेको छ। अर्कोतिर ती चराहरूको स्थानीय नाममा लेप्चा, भोटिया तता नेपाली भाषामा पनि आ-आफ्नै नाम रहेको हुनाले त्यसबारे पनि जान्ने मौका यसले प्रदान गरेको छ।
सिक्किमे लोककथाहरूमा सम्बन्धिक चरा तथा अन्य विभिन्न परम्परागत विषयहरूसित पनि सम्बन्ध चराको रहेको हुनाले पनि महत्वपूर्ण छ। लुकेन्द्र रसाईलीले भने, युवाहरूले अहिले चराको फोटो खिचेर पोष्ट गर्न रूचाउदै छन् भने त्यो चराको लोक कथा र परिवारहरूबारे पनि जानकारी उल्लेख गरेर अझ व्यापकता दिन सकिन्छ।सिक्किम बर्ड्स ग्रुप सिक्किम अर्नेथोलोजिकल सोसाइटीको एउटा महत्वपूर्ण माध्यम हो, उनले भने। यस संस्थामा अहिले जम्मा चालिसजना सदस्य रहेका छन् जसमा पूर्व मुख्यसचिव केसी प्रधान अध्यक्ष रहेका छन्।
यस पहलको सराहना गर्दै आइएफएस अधिकारी संजीब ताम्बेले भने, यसले शिक्षक र विद्यार्थीहरूमा जस्तै बुझाउने बुझ्ने परम्मपरा स्थापित भएको छ। ग्रामीण प्रबन्धन विकास विभागका विशेष सचिव ताम्बेले भने,स्थानीय नाम पनि महत्वपूर्ण रहेको छ यसकारण त्यो नामहरूलाई चिन्हित गरेपछि चराको निवासस्थलबारे स्पष्ट हुन सकिन्छ। यसै गरि उनले दिएको सुझाउमा भारत उपमहाद्वीपमा पाइऩे पंक्षी मध्ये सिक्किममा मात्रै पचास प्रतिशत प्रजाति सिक्किममा रहेको छ। यसकारण सिक्किमले पंक्षी संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

No comments:

Post a Comment