To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, February 12, 2011

Vijay Madan visiting Khumani.... Hunger strike in Shibsu started... Plains bay for Jaswant blood.. 8 injured discharged from Hospital...Bundh to continue बन्द जारी रहने पहाड़का सबै दलहरू एक भइदिने मोर्चाको आह्वान ...

KalimNews, Kalimpong, 11 February: Dr. H.B.Chhetri addressing the media in Kalimpong said that we are trying to give a relief in the continuing bundh within 2 or 3 days and requested the people to cooperate GJM for the sake of Gorkhaland. He further said that administration is trying to curb the Gorkhaland agitation by framing several cases against the leaders of GJM.
Meanwhile Interlocutor Vijay Madan is coming to visit Shibsu and meet Bimal Gurung at Khumani. It is presumed that he will convey some special message of the center to GJM.

7 members of minority forum of Kalimpong participated in 1st day 24hr relay hunger strike in Shibsu. Gaulan Lepcha, MLA and Dhendup Bhutia, Secretary of Forum also participated in the programme. Other members of the forum also participated in the Rail Roko programme of the Morcha at Bagrakote.
Dead body of deceased Bimala Rai shot dead by police at Shibsu was cremated in her native place in Shyokbir Khani amidst the presence of GLP chief Col Ramesh Allay, GJM leaders, other GLP members and GJM suporters were present in the funeral.
8 injured in the Shibsu firing were released after recovering from he hospital.
बन्द जारी रहने पहाड़का सबै दलहरू एक भइदिने मोर्चाको आह्वान

मनोज बोगटि, कालिम्न्युज, कालेबुङ, 10 फरवरी।दिनभरि नै भोलिदेखि बन्द खोलिने अफवाह चलेपनि कुमानीबाट कालेबुङ आइपुगेका मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले बन्द जारी रहने बताएका छन्‌। तिनले बन्द गर्नु मोर्चाको वर्तमान परिस्थिति रहेको जनाउँदै बङ्गाल सरकारले पुलिस लगाएर मोर्चाको आन्दोलनलाई हिंसात्मक बनाउन खोजेको बताउँदै तिनले भने, सिब्सुमा बसिरहेका मोर्चा कार्यकर्ताहरूमाथि सोझै गोली ठोकेको छ।
>पहिले आधा घण्टाको समय दिएर सतर्क गराउनुपर्थ्यो त्यसले नभए अश्रुग्यास छोड्नुपर्थ्यो नभए लाठीचार्ज गर्नुपर्थ्यो । यसले पनि भएन भने लाठीचार्ज हुन्छ। लाठीचार्जले नभए वाटर क्यानन चलाउँछ, त्यसपछि प्लास्टिक बुलेट चलाउँछ, त्यो पनि कम्मर मुनी र यसले पनि नभए स्मोक बुलेट चलाउँछ। बङ्गालको पुलिस प्रशासनले यो सब गरेन र सोझै गोली हान्यो। यसको अर्थ हुन्छ कि बङ्गाल सरकारले पुलिसलाई लगाएर सोझै गोली हानेर आन्दोलन बिथोल्ने षड़यन्त्र गरेको थियो। हाम्रा दुइ नाबालिकहरूको ज्यान गएको छ।विहान हामीलाई चिया बॉंड़ेर गएकी विमलाको टाउकोको एक चोइटा र गिदी भुँइभरि छरिएको थियो। यता कति लापत्ता छन्‌, आज मात्र खबर आएको छ कि कुनै खोलामा एउटा लाश देखिएको छ। खोज्ने काम भइरहेको छ। निता खवासको अवस्था खराब छ। आजभरै केही पनि हुनसक्छ। यता मोर्चालाई चारैतिरबाट घेरो लगाउने काम हुँदैछ। सरकार वारफुटिङमा तल झरेको छ। हाम्रा सांसदले यो स्थितिलाई लिएर केन्द्रमा बारम्बार कुरा गर्दैछ। यसकारण कुनै पनि उचित वातावरण नबनिञ्जेलसम्म बन्द चलिरहनेछ।
हामी जान्दछौं सबैलाई असुविधा छ तर यतिबेला सबैले मोर्चाको परिस्थिति बुझिदिनुपर्छ। बङ्गाल सरकारले पहाड़मा पुलिस होइन हत्याराहरू पठाइरहेको र टेरर टेक्टिस गरिरहेको अभियोग पनि तिनले लगाएका छन्‌। तिनले भनेका छन्‌ कि बङ्गाल सरकारले मोर्चाको आन्दोलन विथोल्न पूर्ण तयारी गरिरहेको छ। शव धरी लैजान नदिनु, मोर्चा नेताहरूमाथि प्राथमिकी दर्ता गर्नु, पहाड़भरि पुलिस बल हुल्नु र जनतामा आतङ्‌क मच्चाएर आन्दोलन विथोल्नु सरकारको योजना रहेको तिनले बताए। तिनले भने, सरकारसित आन्दोलन विथोल्ने धेरै कार्यक्रम छ। जस्तो, आन्दोलन बिगार्न मोर्चा कार्यकर्ताहरूमाथि गोली चलाउनु। गोली चलाएपछि अर्को कार्यक्रममा मोर्चाको समर्थक घट्यो कि बढ्यो हेर्नु। घट्यो भने बन्दुकले काम नबनिने बुझेर जनताबाट नेतालाई विछिन्न गर्नु। नेताहरूलाई जेल हाल्नु अनि मोर्चा कार्यकर्ताहरूलाई पनि पक्राउ गर्नु।
अहिले मोर्चा नेताहरूमाथि प्राथमिकी दर्ता गर्ने काम यही योजना अनुसार भइरहेको छ। विमल गुरूङ, रोशन गिरीको अङ्गरक्षक हटाउनु पनि पक्राउ गर्न सुविधा बनाएको हुनसक्ने शंका गर्दै भने, जति नेताहरूलाई जेलमा थुन्छ आन्दोलन उति चर्किन्छ। नेतालाई थुनेर आन्दोलन सकिन्छ भन्ने भ्रम बङ्गाल सरकारले नराख्दा हुन्छ। तिनले बङ्गाल सरकारले हिंसा भड्काइरहेको सम्बन्धमा केन्द्रलाई जनाइसकेको अनि कुनै पनि परिस्थितिको जिम्मेवारी बङ्गाल र केन्द्र कै हुने जनाए। तिनले भने, बङ्गालले दार्जीलिङलाई पनि लालगढ़ बनाउन खोज्दैछ। केन्द्रले राज्यको यो कोशिषलाई सफल बनाउन मद्दत गर्छ कि हस्तक्षेप गर्छ हेर्नु छ।
मोर्चालाई माओवादी, देशद्रोही, ग्रेटर नेपाल र चीनसित मुछ्‌ने कार्य भइरहेको सम्बन्धमा तिनले बङ्गालले विभिन्न भाड़ाका सङ्गठनहरू, राष्ट्रिय शिवसेना, आमरा बङ्गाली, जनजागरण मञ्चहरू लगाएर यस्तो काम गरिरहेको बताए। तिनले बन्द खोलाउन सक्दो प्रयास गरिने बताउँदै यतिबेला मोर्चालाई चारैतिरबाट घेर्ने कार्यको विरोधमा जनताले डटेर विरोध गर्नुपर्ने जनाउँदै विपक्षलाई पनि तिनले भने, यतिबेला बङ्गाल विभाजनको विरूद्ध विरोधीहरू एक छन्‌ भने हाम्रा पहाड़का दलहरू किन एक छैनन्‌? हामीले ड्रामा गर्‍यो भन्छ, यी नानीहरूको लाश ड्रामा होइन। यी कार्यक्रमहरू ड्रामा होइन। आरोप लगाउनेहरूले घरमा बसेर ड्रामा गर्नु छोड्नुपर्छ। यतिबेला सबै एक हुनुपर्छ। हामी सबैलाई आह्वान गर्छौं आउनुहोस्‌, सबै एक भएर लड़ौं, यो अन्तिम लड़ाईं हो। यो आपसी प्रतिद्वन्द्विता गर्ने बेला होइन। एक हुने हो।
यतिबेला हामी हार्नु हुँदैन। सबै अघि आउन्‌। रमिता नहेरुन्‌। वाकयुद्ध नगरौं। गोर्खाल्याण्डको निम्ति काम गरौं। तिनले अब कुनै पनि व्यवस्थाको कुरा हुन्छ भने बङ्गालबाट पूर्णरूपले विछिन्न हुने व्यवस्था मात्र मान्ने बताउँदै केन्द्रले पठाएको ड्राफ्ट मोर्चाले हेर्दा पनि नहेरेको जनाएका छन्‌।
शहीद विमला राईको दाह संस्कार सम्पन्न मेरो छोरी गोर्खाल्याण्डको निम्ति शहीद बनिन्‌-पिता

मनोज बोगटि, कालिम्न्युज, कालेबुङ, 10 फरवरी। सिब्सु गोलीकाण्डमा परेर प्राण गुमाएकी खानी निवासी विमला राईको दाह संस्कार आज तिनकौ पैत्रिक थलो खानीमा गरियो। तिनको शवलाई हिजो सम्मानकोसाथ हजारौंको संख्यामा उपस्थिति मानिसहरूले तिनको घरसम्म पुर्‍याएका थिए। आज पनि हजारौंको संख्यामा मानिसहरूको उपस्थिति रहेको थियो। घरछेउकै बारीमा राई विधिद्वारा तिनको दाह संस्कार गरियो। गरूड़ध्वज राई अनि मनमाया राईकी सुपुत्री 24 वर्षिया विमला राई आठौं कक्षा पढ़ेपछि आजभन्दा एक वर्षअघि जीएलपीमा भर्ना भएकी थिई।
आर्थीक अवस्था उति सम्पन्न नभएपछि जीएलपीमा भर्ना भएकी विमला राई अन्य जीएलपी जवानहरूको तुलनामा शाहसी रहेको थाहा लागेको छ भने उनी प्रायः विमल गुरुङलाई सुरक्षा दिएर हिँड्ने गर्थी। विमलाको निधारमा गोली लागेको छ, जहॉं गतिलो खोपिल्टा बनेको छ। उनको आज अन्तिम शवयात्रा निजी वासस्थान खानीबाट निकालियो। शवयात्रालाई श्रद्धाञ्जली दिन मानिसहरूको ठूलो भीड़ जमेको थियो। शवयात्रामा मोर्चाको पक्षबाट डा. आर. बी. भूजेल, शुभ प्रधान, ननिता गौतम, देशभक्त शुब्बा आदिको विशेष उपस्थिति रहेको थियो भने क्रामाकपाका मोहन पौड्याल, सुदन प्रदान, भीम गुरुङ आदि पनि शवयात्रामा उपस्थित थिए।
शवयात्रालाई जीएलपी जवान अनि भूतपूर्व जवानको टोलीले सलामी दिएपछि सैनिक मोर्चा अध्यक्ष कर्णल रमेश आलेले विमला गोर्खाल्याण्डको निम्ति शहिद भएको बताउँदै आफ्नो सम्बोधन राखेका थिए। शवयात्रा घरबाट निकालेपछि उपस्थित मलामीहरूले विमला राई अमर रहोस अनि प्राधिकरण होइन गोर्खाल्याण्ड नै चाहिन्छ आदि नारा लगाइरहेका थिए। शहीद विमला राईले आफ्नो परिवार साथै सम्पूर्ण पहाड़लाई रूवाएर गए पनि उनको योगदान गोर्खाल्याण्डको निम्ति अतुलनीय रहेको छ। तिनको पिता गरूडध्वज राईले छोरी गोर्खाल्याण्डको निम्ति शहीद बनेको जनाए। तिनले भने, विमला गोर्खाल्याण्ड बनाउन गएकी थिइन्‌, शहीद बनिन्‌। तिनको योगदान खेरो जॉंदैन भन्ने विश्वास हामीलाई च। किन भने विमला मेरो मात्र होइन विमल गुरूङको मात्र होइन सबै गोर्खाहरूको छोरी हो। तिनले आप्नो ज्यान दिएर आन्दोलनलाई उच्चा पारेकी छन्‌।

अल्पसंख्यकहरू अनशन र रेल रोको आन्दोलनमा बङ्गालले पुलिस लगाएर आन्दोलन बिथोल्ने षड़यन्त्र गरिरहेको छ- विधायक गौलन
मनोज बोगटि, कालिम्न्युज, कालेबुङ, 10 फरवरी।माइनोरिटी फोरमका कार्यकर्ताहरूले आजदेखि आफ्नो कार्यक्रम शुरू गर्‍यो। फोरमका सचिव ढेण्डुप भोटियाले जनाए अनुसार आजदेखि 27 फरवरीसम्म माइनोरिटी फोरमले कार्यक्रम गर्नेछ। जसमा सिब्सुमा क्रमैले अनशन बस्ने अनि बाग्राकोटमा रेल रोक्ने कार्यक्रम रहेको छ। भोटियाले पहाड़मा अल्पसंख्यकहरूको सुरक्षाको निम्ति छुट्टैराज्य अनिवार्य रहेको बताउँदै भने, मोर्चाको गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन अस्पसंख्यकहरू कटिबद्ध छन्‌। बङ्गाल सरकारले आन्दोलन विथोल्ने कार्य गरिरहेको छ तरै पनि हामी पछि हट्‌नेछैनौं। त्यसैकारण आजदेखि सिब्सुमा हामी अनशन बसिरहेका छौं जो 27 फरवरीसम्म चल्नेछ। सिब्सुमा फोरमका सदस्यहरूसित कालेबुङ क्षेत्रका विधायक गौलन लेप्चा पनि अनशनमा बसेका छन्‌। लेप्चासित नै ढेण्डुप भोटिया, हिमांशु गर्ग, अशोक गर्ग, दुर्गा प्रसाद, असलम अहमद अनि हर्षमोद्दिन अनशनमा छन्‌। यता माइनोरिटी फोरमका कार्यकर्ताहरूले बाग्राकोटमा रेल रोको अभियान पनि चलाइरहेका छन्‌। आजदेखि शुरु भएको रेल रोको आन्दोलन पनि 27 सम्म नै रहनेछ।
विधायक गौलन लेप्चाले यो परिस्थितिमा सबैले आन्दोलनलाई सहयोग गर्नुपर्ने जनाउँदै आज आफूले आफ्नो जिम्मेवारी पूर्ण गरिरहेको बताए। तिनले बङ्गालले पुलिस लगाएर आन्दोलन बिथोलिरहेको आरोप लगाउँदै घटनाबारे उचित छानबीन हुनुपर्ने जनाए। तिनले भने, पुलिस प्रशासनले सोझै गोली ठोकेर हाम्रो मान्छेको जुन हत्या गरेको छ, त्यसको प्रतिवादस्वरूप म अनशनमा बसिरहेको छु। गोलीकाण्ड सरकारको पूर्वनियोजित कार्यक्रम थियो। गोलीले आन्दोलन सेलाउँदैन। विधायकको हैसियतमा म सबैलाई बलप्रदान गर्दै अनशनमा बसेर बङ्गालको बर्बरताको विरोध गरिरहेको छु। बङ्गालको सहीकोसही विसहीकोविसही भइरहेको छ। आन्दोलन दबाउने जुन षड़यन्त्र भइरहेको छ यसको सबैले विरोध गर्नुपर्छ। सबै दलहरू, सङ्घसंस्थाहरू यतिबेला अघि आउनुपर्छ

No comments:

Post a Comment