To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Wednesday, February 9, 2011

security guard of Bimal Gurung was withdrawn by Police ... GJM and Police meeting ended inconclusively ... Injured police died .. पुलिसी मौनता, सैन्यबल बहाली र गोली ठोक्ने नीतिबाट डरलाग्दो अशान्तिको संकेतः सतर्कता आवश्यक .. Sikkim Nagrik Samaj condemns Sibshu firing

Flag March by BSF in Kalimpong
सिब्सु घटनामा घाइते भएकि पुलिस कर्मि रिता राइको निधन
चप्रामारि जलपाइगडिमा प्रशासन र गोजामुमो माझ बैठ्क
प्रशासनद्वारा गोजामुमो नेता बिमल गुरुंगको 4 सुरक्षा गार्ड वापस लिने निर्णय्
KalimNews: A joint meeting between GJM leaders and Administrative officers of Jalpaiguri held in Chapramari Forest Guest House ended inconclusively. DM, IG, Sp IG, an other Officers of Jalpaiguri were present in the meeting.Four demands were placed by GJM leaders. They were; GJM should be allowed to hold public meetings in Jalpaiguri, 144 CrPC should be withdrawn, CBI enquiry of the Shibsu incident should be ordered.
Meanwhile four security guards of Bimal Gurung is withdrawn by Police.
Mohan K Gandhi, District Magistrate of Darjeeling visited Kalimpong and the sites of fire and arson. He appealed people of Kalimpong to maintain peace and harmony and shun violence.
Of the 19 injured admitted in Kalimpong SD Hospital 4 have been shifted to Darjeeling Sadar Hospital due to want to orthopaedic surgeon n Kalimpong who is in leave. They needed orthopaedic treatment.
Dead body of Bimala Rai was handed over by the police to her parents and kept at Khumani tonight where GJM Chief Bimal Gurung and other Central Committee leaders are stationed. Tomorrow her dead body will be taken to Khani of Kalimpong.
Meanwhile according to an police information Rita Rai injured homeguard constable sustained to her injuries in a nursing home in Jalpaiguri.
A candle light procession was organised by people of Kalimpong requesting all including the administration for peace and harmony in hills and plains. 
पुलिसी मौनता, सैन्यबल बहाली र गोली ठोक्ने नीतिबाट
डरलाग्दो अशान्तिको संकेतः सतर्कता आवश्यक

मनोज वोगटी,  कालेबुङ, कालिम्न्युज,  9 फरवरी: मोर्चाका कार्यकर्ताहरूमाथि किन पुलिस प्रशासनले गोली चलाउनु पर्‍यो यसको उचित कारण देखिएन। मोर्चापक्षबाट अश्रुग्यास फ्यॉंक्नुपर्ने अनि गोली नै चलाउनुपर्ने त्यसप्रकारको कुनै दण्डनीय कार्य गरेको पनि देखिएन। मोर्चा सहासचिव रोशन गिरीले भने, भारतको राष्ट्रिय झण्डा बोकेर बसिरहेका मोर्चा कार्यकर्ताहरूमाथि सीआरपीले अचानक गोली चलायो। यसको जवाबमा पुलिस प्रशासनबाट भनियो,मोर्चा कार्यकर्ताहरूले एक पुलिस कर्मीमाथि खुकुरीले प्राण घातक आक्रमण गरेकोले पुलिसले अश्रुग्यास अनि गोली चलाउनुपर्‍यो। प्रशासनपक्षको कुरामा यस्तो विश्वासयोग्य कुनै कड़ी देखापरेन जसको कारण मोर्चा कार्यकर्ताले पुलिसकर्मीमाथि आक्रमण गरोस्‌। 

हुन त विमल गुरूङ डुवर्स जानु अनि तिनलाई जानुबाट रोक्न दुवै प्रकरणमा महत्वपूर्ण कुनै कारण नै देखापर्दैन। तरै पनि विमल गुरूङ डुवर्स जाने नै भयो, जसलाई पोलिटिकल प्रेस्टिज-कोरूपमा पनि हेरियो। यता यसै हेराइमा विमललाई रोक्नै पर्ने अवस्थिति निर्माण गरियो। प्राधिकरण छोड़ेपछि विमलले पैदल डुवर्स जाने घोषणा गरे, बङ्गाल सरकारलाई आपत भइगयो। तर किन? यसको जवाब खासै चासो लाग्दो छैन। विमल डुवर्स पसे विधानसभा चुनाउमा माकपालाई असर पुर्‍याइन सक्ने सम्भावनाको कुरालाई बङ्गाल सरकारले महत्व दिएको हो कि, नत्र विमल डुवर्स जॉंदा कुनै अशान्तिको सम्भावना देखिन्न। जाने र रोक्ने खेलले अन्तमा जुन परिणिति ल्यायो त्यो नितान्तै मर्मान्तक बन्यो। 
सुबास घिसिङको हिंसात्मक आन्दोलन नै दोहोरिए झैं देखापर्ने सिब्सुकाण्ड, राजनैतिक अनि कानूनी दुवैरूपमा निक्कै महत्वपूर्ण रहेको छ। घटनाको छानबिन कसरी हुने हो त्यो छानबिनको चाबी बोक्नेलाई नै थाहा होला। नहुनुपर्ने घटना तर भयो। दोस्रो चरणको आन्दोलनमा पनि पुलिसको शिकार दुइजना गोर्खा बन्नुपर्‍यो जस्तो सुबास घिसिङको आन्दोलनमा सैयौं गोर्खाहरू बनेका थिए। बङ्गाल सरकारले पहाड़मा अशान्ति मच्चाएर वास्तवमा के प्रमाणित गर्न खोजेको हो त्यो अहिलेको निम्ति गर्भको कुरा हो तर यसप्रकारको काण्डबाट कसैलाई पनि फाइदाकारी परिणति मिल्ला भन्न सकिन्न। 
पहाड़का अतिथि जस्ता सांसद अनि नचल्ने दुवानी झैं तीन विधायकहरूबाट यसप्रकारको घटनाको निन्दा अनि न्यायको निम्ति कस्तो पहल होला यो पनि निक्कै महत्वपूर्ण कुरा रहेको छ। यता पहाड़भरि सीआरपी, आईआरबी, बीएसएफ अनि अन्य शैन्यबल हुलिएको छ, जसले निकटदिनमा निक्कै हिंसा हुने सम्भावना झल्काइरहेको छ। आज बीएसएफका जवानहरूले रोडमार्च गर्‍यो। मोर्चा कार्यकर्ताहरू पनि उत्तिसाह्रो नगरमा देखापरेनन्‌। बन्द चलिरह्यो। दोकानपाठ र वाहन ठप्प रह्यो। कतै कुनै अप्रिय घटना देखापरेन। तर यो स्थिति सधैँ नरहन सक्छ। कहीँकतै पनि कुनै उपद्रवीले कुनै अप्रिय घटना उपार्जन गरे, हुलिएका सैन्यबलले पहाड़लाई नै तहस नहस गर्न सक्ने सम्भावना देखापरेको छ। 
जुनप्रकारले सिब्सुमा अचानक गोली चलाइएको घटना देखापर्‍यो यस्तो घटना कुनैबेला पनि  फेरि घट्‌न सक्छ। मोर्चाले अहिले जुन धर्यता बॉंधेर बसेको छ, त्यसलाई फुटाएर आक्रोशित बनाउने प्रयास हरसम्भव प्रशासनले जारी राक्नसक्ने छॉंट देखापरेको छ। यता सिब्सुकाण्डले आक्रोशित मानिसहरूले जुन सरकारी सम्पतिमा आगो झोस्ने काम गरे, त्यो भने निक्कै निन्दनीय रहेको देखिएको छ। वास्तवमा सरकारको होइन आफ्नै सम्पति नष्ट भएको छ किन भने बङ्गाल सरकारले गोर्खाल्याण्ड राज्य भएपछि ती भवनहरू बोकेर लॉंदैन। 86 मा पनि यसरी नै सरकारी सम्पति मास्ने काम भयो जसको अहिलेसम्म पुननिर्माण छैन। अचम्म लाग्दो घटना के देखापर्‍यो भने यत्रो ताण्डव मच्चिँदा पनि पुलिस प्रशासन पहाड़भरि नै मौन थियो। यसको कारण के हो बुझ्न सकिएको छैन। आगजनीले पहाड़का सरकारी सम्पति नष्ट हुँदा कालेबुङका पुलिसहरू थाना वरिपरि ताला लगाएर बसेका थिए। थानाबाट निस्किएर उनीहरू कतै पनि गएनन्‌। पुलिसको यस्तो आचरणको कारण अनि गोली ठोक्ने कार्यको घटनावलीलाई ध्यान दिएर हेर्नु हो भने बङ्गाल सरकार गोली ठोकेर गोर्खाल्याण्ड आन्दोलनकारीहरूलाई तर्साउन चहान्छ। अब पहाड़का जनताले हरेक कुरालाई निक्कै गम्भीर भएर हेर्नुपर्ने स्थिति निर्माण भएको छ।
अर्धसैनिक बलले गर्‍यो रुटमार्च
मनोज वोगटी, 
कालिम्न्युज, कालेबुङ, 9 फरवरी: सिब्सुकाण्डको कारण उत्तप्त मानिसहरूले नष्ट गरिदिएका सरकारी सम्पतिहरूको निरीक्षण गर्न जिल्ला शासक कालेबुङ आइपुगे। यता कालेबुङमा शान्ति कायम राख्न अर्धसैनिक बललाई पनि आज नै सड़कमा ओह्रालियो। हिजो निक्कै अशान्त वातावरण भए पनि आज कतै पनि अप्रिय घटना घटेन। हिजो राती नै जलढका कम्पाउण्डको फरेस्ट कटेज अनि सामसिङको फरेस्ट बङ्गलो जलाइएको अनि रोङ्गो, दलगाउँका पॉंचवटा बाहनहरू तोड़फोड़ गरिएको समाचार पाइएको छ।  
बीएसएफ 132 जी कम्पनीका जवानहरूलाई आज विहान 8 बजी नै सड़कमा उतारिएको थियो। जवानहरूले नगरको मुख्यपथहरूमा रुटमार्च गर्‍यो। यता सिब्सुकाण्डले आक्रोशित मानिसहरूले जलाएर नष्ट गरेका सरकारी सम्पतिहरूको निरीक्षण गर्न जिल्लापाल मोहन गान्धी कालेबुङ आइपुगेका थिए। तिनले जलाइएका सरकारी आवास, कार्यालय अनि वाहनहरूको निरीक्षण गरे। पत्रकारहरूले तिनलाई यत्रो सम्पति जलाउँदा पनि किन प्रशासन मौन बस्यो भन्ने प्रश्न गर्दा तिनले भने, हिजोको स्थिति निक्कै गम्भीर थियो। एक त मोर्चाले बन्द डाकेको थियो अनि चारैतिर जामको स्थिति थियो। हामी चुनाउको निम्ति व्यस्त थियौं। शैन्यबल पनि कम्ति थियो। यसकारण दहनकार्य गर्ने अपराधीहरूलाई पक्राउ गर्नको निम्ति कुनै पहल गर्न सकिएन। 
तिनले सिब्सुमा गोली काण्ड हुनैपर्ने त्यस्तो कुन परिस्थिति थियो भन्ने प्रश्न गर्दा कुरा जलपाइगुड़ी जिल्लाको रहेकोले यस सम्बन्धमा बोल्न चाहेनन्‌। यद्धपि तिनले नष्ट भएको सम्पति केवल सरकारको मात्र नरहेर पहाड़कै सम्पति रहेको पनि जनाए। तिनले निरीक्षण रिपोर्ट सरकारमा राख्ने अनि यसबारे आवश्यक पहल गर्ने जनाए। तिनले पहाड़वासीलाई शान्ति कायम राख्ने आह्वान पनि गरे। यता सिब्सुकाण्डको भर्त्सना जनाउन मोर्चा कार्यकर्ताहरूले कालोपट्टि लगाएर घटनाको प्रतिवाद गरे। यसरी नै नागरिक अधिकार मञ्चले पनि सिब्सुकाण्डको भर्त्सना अनि मृतकहरूको आत्मशान्तिको कामना गर्दै नगरमा मैनबत्ती र्‍याली निकाल्यो।
 सिब्सुकाण्डको उचित छानबिन हुनुपर्ने अनि दोषीहरूलाई दण्ड दिइनुपर्ने माग गर्दै आज नै जेएसटीओ,जीपीटीओ र जकसको 21 सदस्यीय संयुक्त सङ्गठन कोअर्डिनेशन कमिटीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, मानवाधिकार आयोग, सुष्मा स्वाराज अनि अन्यलाई फ्याक्स वार्ता पठाएको छ। यता कुमानीमा बङ्गाल प्रशासन अनि मोर्चाबीच बैठक भएको समाचार पनि पाइएको छ भने विमल गुरूङसित एकवर्षदेखि रहेका सरकारका चारजना अङ्गरक्षक दोर्जी सिमिक, विनोद तामङ, तपु शेर्पा अनि शिवु राईलाई फिर्ता लिएको पनि जानकारी पाइएको छ।
बङ्गालले अगणतान्त्रिक हुन उस्काउँदैछ-विमल
मनोज वोगटी, कालिम्न्युज, कालेबुङ, 9 फरवरी: म नितान्तै आहत भएको छु। बङ्गाल सरकारले यो जुन ताण्डव मच्चायो, यसले मलाई निक्कै आक्रोशित बनाएको छ। तर मेरो आन्दोलन गणतान्त्रिक नै हो र रहनेछ। यसप्रकारको घटना बङ्गालको षड़यन्त्र हो। मोर्चाको गणतान्त्रिक आन्दोलन विथोल्ने कुटनीति हो-सिब्सुकाण्डको विरोध गर्दै आज मोर्चा अध्यक्ष विमल गुरूङले उक्त मन्तव्य दिएका हुन्‌। सिब्सुमा मोर्चाको दुइजना कार्यकर्ताहरूको हत्या पुलिस प्रशासनले गरेपनि आफू कुमानीमा नै अडिक रहेर आफ्नो लक्ष्य पुरा गर्ने मोर्चा अध्यक्ष विमल गुरूङले जनाएका छन्‌।

 सिब्सुकाण्डमा मोर्चाको दुइजनाले प्राण गुमाएपछि अनि अनेकौं पुलिसको गोलीले घाइते भएपछि पहाड़मा आक्रोशको आगो नै सल्किएको थियो। विमल गुरूङ त्यस समय कुमानीमा नै थिए। खबर पाएर तिनले घटनास्थलको निरीक्षण पनि गरेका थिए। यस सम्बन्धमा तिनीसित प्रश्न गर्दा  गोली सीआरपीले नचलाएर बङ्गालको आईआरबी र पुलिसले चलाएको आरोप लगाए। तिनले भने, बङ्गालको पुलिसले माकपाको क्याडर भएर काम गर्‍यो। गोली चलाउनुपर्ने त्यस्तो कुनै परिस्थिति थिएन तरै पनि गोली चलाएर हाम्रो मान्छेको हत्या गर्‍यो। देशको झण्डा बोक्नेको हत्या गर्छ भने केन्द्रले पनि बुझ्नुपर्छ बङ्गाल सरकार अगणतान्त्रिक कि मोर्चाको शान्तिप्रिय आन्दोलन अगणतान्त्रिक। बन्दुक मोर्चासित छैन सरकारसित छ। 
तिनले अझ भने, हाम्रो मान्छेलाई लठ्ठी हान्यो, गोली हान्यो तरै पनि मोर्चा डगमगाउने छैन। म कुमानीबाट नै डुवर्स प्रवेश गरेर नै देखाउने छु। हामी पनि यही देशका नागरिक हौं, तर हामीमाथि यसरी सोझै गोली ठोक्दा केन्द्रले मौनता सॉंध्नु हुँदैन। घटनाको छानबिन हुनुपर्छ। दोषीलाई सजाय हुनुपर्छ। तिनले बङ्गाल सरकारले यस्तो काण्ड मोर्चालाई अगणतान्त्रिक हुन उस्काउनको निम्ति गरेको आरोप लगाए। तिनले राष्ट्रपति शासन वा केन्द्र शासन प्रणाली बहाली हुनुपर्ने सम्बन्धमा चलिरहेको हल्लाबारे प्रश्न गर्दा दुवै शाषण सहर्ष स्वीकार्ने बताए। तिनले जसरी भए पनि बङ्गालबाट उन्मुक्ति मोर्चाको लक्ष्य रहेको जनाउँदै यसप्रकारको शासनमा जनता सुरक्षित हुने पनि जनाए। तिनलाई सरकारले एकवर्ष अघि दिएको चारजना अङ्गरक्षक दोर्जी सिमिक, विनोद तामङ, तप्पु शेर्पा अनि शिवु राईलाई सरकारले फिर्ता गरेको छ। 
यस सम्बन्धमा प्रशासनिक वयान के छ भने विमल गुरूङले गणतान्त्रिकरूपले आन्दोलन गरेन, यसैकारण तिनको अङ्गरक्षक फिर्ता लिएको हो। यता विमल गुरूङले तिनलाई सरकारको सुरक्षा नचाहिने बताउँदै भने, म सरकारको मान्छे होइन, जनताको मान्छे हुँ। मलाई जनताले नै सुरक्षा गर्नेछन्‌। तिनले विपक्षलाई दिइएको अङ्गरक्षकलाई पनि सरकारले फिर्ता लिनुपर्ने जनाएका छन्‌। आज बेलुकी बङ्गाल प्रशासनले गोलीकाण्डमा प्राण गुमाउने विमला राई अनि विकी लामाको शव मोर्चालाई सुम्पियो। दुवैको शवलाई कुमानीमा नै राखिएको छ।  मोर्चाले स्व.विमला राई अनि विकी लामालाई शहीदको संज्ञा दिएको छ। शहीदहरूलाई श्रद्दाञ्जली चड़ाउन आज जिल्लाभरिका मोर्चा कार्यकर्ताहरूको ठूलो भीड़ कुमानी पुगेको थियो। विमल गुरूङले मोर्चाको झण्डामा लपेटेर दुइ शहिदलाई खदामाला अर्पण गर्दै भावभिनी श्रद्दार्पण गरे। दुवै शवलाई भोलि आ-आफ्नो ठेगानास्थलमा पुर्‍याइने छ भने शवलाई नगरभ्रमण पनि गराइनेछ। 
यता सिब्सुमा हिजो आतङ्‌क मच्चिए पनि त्यहॉं चलिरहेको श्रृङ्‌खलाबद्ध अनशन यथावत रहेको छ। आज मध्य डुवर्सका समर्थकहरू अनशनमा बसेका थिए भने उनीहरूमा सीता राणा, गीता लामा, उमिता थापा, वविता राई, रत्नमाया थापा, समिता छेत्री अनि ममता गुरुङ रहेका छन्‌। उनीहरूले जस्तै आतङ्‌क मच्चाए पनि आफूहरूले अनशन सफल बनाएरै छाड्‌ने प्रतिवद्धता प्रकट गरेका छन्‌।
मोर्चा-प्रशासनबीच शान्ति बैठक्
मनोज वोगटी, 
कालिम्न्युज, कालेबुङ, 9 फरवरी:  हिजो सिब्सुमा पुलिस प्रशासनबाट जताभावी गोली चलाएर मोर्चाका दुइजना कार्यकर्ताको घटनास्थलमा नै मृत्यु भएपछि पहाड़मा नै आगो सल्किएको थियो। यस घटनापछि पहाड़, तराई अनि डुवर्स नै अनियन्त्रित बनेको थियो। कानून श्रृङ्‌खला कायम राख्न अनि भड्केको हिंसालाई नियन्त्रण गर्नको निम्ति आज प्रसासनपक्षले मोर्चालाई शान्ति बैठकको निम्ति बोलायो। दिउँसै हुने भनिएको शान्ति बैठक चारबजी मात्र  चप्रामारि फरेष्ट बङ्गलोमा बस्यो। बैठकमा प्रशासनिक पक्षबाट जलपाइगढ़ी जिल्ला शासक बन्दना यादव लगायत नर्थवेङ्गाल आइजीपी रनवीर कुमार,एसपी अनि मालबजार महकुमा शासक उपस्थित थिए भने मोर्चा पक्षबाट प्रवक्ता डा.हर्कबहादुर छेत्री, उपाध्यक्ष कल्याण देवान, सहसचिव विनय तामङ, नोर्देन लामा, निर्मल गुरूङ, प्रदीप प्रधान अनि राजेन थापा बसेका थिए। 
बैठकमा मोर्चापक्षबाट प्रवक्ता डा. हर्कबहादुर छेत्रीले सिब्सुकाण्डमाथि आपत्ति जनाउँदै यस घटनामाथि सीबीआई जॉंच हुनुपर्ने माग राखे। छेत्रीले योसित नै अन्य दुइवटा मुख्य प्रस्ताव पनि प्रशासन समक्ष राख्यो। तिनले भने, हामीले सिब्सुकाण्ड वा मोर्चा कार्यकर्ताहरूलाई पुलिसले गरेको हत्यामाथि पारदर्शीरूपले सीबीआई जॉंच हुनुपर्ने अनि दोषीलाई दण्ड दिनुपर्ने माग राख्यौं जो जिल्ला शासकको क्षमतामा नरहेकोले राज्य सरकारमा कुरा पुर्‍याइदिने बताइएको छ। तिनले मोर्चाले राखेको अन्य मागहरूमा प्राण गुमाउनेहरू अनि घाइतेहरूलाई क्षतिपुरण दिनुपर्ने अनि शीघ्र नै 144 धारा हटाइनुपर्ने विशेष रहेको बताए। 
यस सम्बन्धमा जिल्ला शासक यादवले भने, मृतक अनि घाइतेहरूलाई क्षतिपुरण दिइनुपर्ने जुन कुरा छ यो पनि मेरो क्षमतादेखि बाहिरको कुरा हो, यसकारण आधिकारिकरूपले राज्य सरकारमा म यो कुरा राख्नेछु। तिनले 144 धारा हटाउने सम्बन्धमा भने प्रशासनले सोंच्न सक्ने बताएका छन्‌। मोर्चालाई उनीहरूले राखेको प्रस्तावहरूमध्ये अन्य दुइवटा राज्य सरकारमा राख्ने भए पनि 144 धारा बारे भने विचार गर्न सक्ने बताउँदै मोर्चामाथि केही शर्तहरू राखिएको छ। यादवले जहॉं पनि जटिल परिस्थिति उत्पन्न हुनसक्छ वा अशान्ति हुन सक्छ, यस्तो ठाउँमा मोर्चाले कुनै कार्यक्रम गर्न नपाउने अनि आफूहरूले तोकेको वा कुनै अशान्ति हुननसक्ने ठाउँ अथवा प्रशासनले चिह्नित गरिएको ठाउँमा मात्र मोर्चाको भोकहड़ताल, अनशन तथा यस्तै कार्यक्रमहरू गर्न सक्छ भने प्रशासनले 144 धारा हटाउन सक्ने शर्त राखिएको जनाएका छन्‌। बैठकबाट कुनै पक्कापक्की निचोड़ आएको देखिएन। मोर्चाले प्रशासनपक्षले राखेको शर्तहरूमाथि बैठक गरेर यसमाथि निर्णय गर्नसक्ने सम्भावना रहेको छ।
एसडीएफद्वारा सिप्सु कण्डको घोर निन्दा
गोर्खाल्याण्ड् आन्दोलनमा हाम्रो नैतिक समर्थन छः एसडीएफ

प्रविण खालिंग, कालिम्न्युज, गान्तोक, 9 फरवरी। छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई लिएर आन्दोलनरत गोर्खाहरूमाथि हिजो अर्धसैनिक बलले गोली प्रहार गरेर हत्याकाण्ड रचेको घटनालाई सिक्किमको सत्तारूढ एसडीएफ पार्टीले घोर निन्दा गर्दै मृतकहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीको प्रचार महासचिव प्रेम कार्की द्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, छिमेकी राज्य पश्चिम बंगालको डुवर्स क्षेत्रको सुप्सुमा पुलिस द्वारा शान्तिपूर्ण जुलुलमाथि जताभावी गोली चलाउँदा दुइजना आन्दोलनकारीहरू विमला राई र वाङ्ग्दी लामा उर्फ विक्कीको निधन भएकोमा एसडीएफ पार्टी गहिरो शोक प्रकट गर्दछ तथा पुलिसको बर्बरताको कठोर शब्दमा निन्दा गर्दछ। 

उनले अझ भनेका छन्,यो गोलीकाण्ड न्याय,मानवता र प्रजातन्त्रको आन्दोलनमा संलग्न आन्दोलनकारीहरूमाथि भएकोले पुलिसको यस्तो बर्बरता यो सभ्य राष्ट्रमा कदापि स्वीकार्य छैन्।
यसैगरि एसडीएफ पार्टीले गोर्खाल्याण्ड आन्दोलनमाथि नैतिक समर्थन रहेको बताउँदै भनेको छ, भारतमा गोर्खाहरूको चिन्हारी र वासभूमिको निम्ति चलिरहेको संविधानसम्मत् मागको आन्दोलन शान्तिपू्र्ण र गणतान्त्रिक ढंगमा सञ्चालन भइरहेछ भन्ने हाम्रो विश्वास छ। दार्जीलिङवासीको आन्दोलनमा एसडीएफ पार्टी को नैतिक समर्थन सँधै रहिरहेको छ। उनले अझ भनेका छन्. शान्ति, गणतान्त्रिक र संवादको मार्ग भएर दार्जीलिङको सम्समाय समाधानको प्रयास तार्किक निष्कर्षमा पुगोस् भन्ने एसडीएफ पार्टी चाहन्छ। यसै गरि हिजोको घटनालाई बर्बरताको संज्ञा दिँदै महासचिव कार्कीले भनेका छन्, पुलिसको बर्बरताको शिकार हुने गोर्खाल्याण्ड आन्दोलनका दुइजना शहीदहरूप्रति एसडीएफ पार्टी हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछ तथा उहाँहरीको शोक सन्तप्त परिवारलाई हार्दिक समवेदना जनाउँदछ। गोलीकाण्डमा घाइते हुनेहरूले शीघ्र स्वास्थ्य लाभ गरून् भनी कमाना गर्दछ।
युजीआरएफद्वारा सिप्सु काण्डको भत्सर्ना
शहिदहरूको रगतले प्राधिकरणमा कदाचित हस्ताक्षर हुनु हुँदैनः अजय दाहाल

प्रविण खालिंग, कालिम्न्युज, गान्तोक,9 फरवरी। गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति सशस्त्र आन्दोलनको बाटोलाई मान्यता दिँदै भूमिगत बनेर सिक्किममा हतियारसितै पक्राउ परेपछि अहिले जमानीमा बाहिर रहेका युनाइटेड गोर्खा रेभ्युलेशनरी फ्रण्ट (युजीआरएफ)-का केन्द्रिय सभापति अजय दाहालले हिजो डुवर्सको सिप्सुमा भएको घटनाको घोर भत्सर्ना गर्दै भनेका छन्,बंगाल सरकार, गुप्तचर विभाग र प्राधिकरणपन्थीहरूले छिट्टै प्राधिकरण थाप्नको निम्ति यो राजनैतिक खेल रचेर यो हत्याकाण्ड रचेको हो। 

अध्यक्ष दाहालद्वारा यहाँ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, गोजमुमोको नेतृत्वमा शुरु गरिएको सान्तिपूर्म पदयात्रलाई षडयन्त्रपूर्ण तरिकाले बाधा सिर्जना गरेर अनि अर्धसैनिक बल खन्याएर गोलीकाण्ड रचेर निहत्ता मानिसहरूको हत्या गरेकोमा युजीआरएफ घोर भत्सर्ना गर्दछ। उनले भनेका छन्, यस दुःखद घडीमा दिवांगत शहिदहरूप्रति श्रद्धाञ्जली चडाउँदै पिडित परिवारहरूप्रित संवेदना व्यक्त गर्दछ। उनले भनेका छन्, बंगाल विधानसभा चुनाउको छेउमा दार्जिलिङ डुवर्समा गोर्खाल्याण्ड आन्दोलनकारीहरूको हत्याकाण्ड रचेर अन्य स्थानहरूबाट भोट बटुल्ने सीपीएमको घिनलाग्दो साम्प्रदायिकताले प्रेरित राजनैति चालको घोर निन्दा गर्छछ।
अर्कोतिर गोर्खाल्याण्डको निम्ति नेतृत्व पंक्तीमा रहेको गोजमुमोलाई सुझाउ दिँदै उनले भनेका छन्, बंगालको चाललाई मध्यनजर रणनीतिलाई यथावत राख्दै कार्यनीति परिवर्तन गर्ने दिशामा गोजमुमोले चिन्तन गर्ने सुझाउ राख्दछ। उनले भनेका छन्, आन्दोलनको यस विकट घडीमा युजीआरएफ गोजमुमोको साथमा छ. गोजमुमो नेतृत्वले युजीआरएफलाई मित्रको रूपमा हेर्दछ भने अऩि कुनै पनि कामको निम्ति युजीआरफएको आवश्यकता महसुसु गरेमा युजीआरएफ कुनैपनि समय तयार रहेको छ। अनले सुझाउसितै गोर्खाल्याण्डबाहेक अन्य सर्तहरूमा सम्झौता नगर्ने आफ्नो पार्टीको अडानसितै प्राधिकरणपऩ्थीहरूलाई चेताउनी दिएका छन्। 

उनले भनेका छन्, सावदान यो गोर्खे शहिदहरूले गोर्खाल्याण्डको निम्ति रगत बगाएका छन्. यी सहिदहरूको रगतले प्राधिकरण कदाचित हस्ताक्षर हुनु हुँदैन। तराई डुवर्ससहितको गोर्खाल्याण्डको सीमा कोर्न रगतको कमि भएकमा युजीआरएफ पनि रगत दिन तयार छ। उल्लेखनीय छ, अध्यक्ष दाहाल गान्तोक जिला न्यायालयमा आफ्नो सुनुवाईको निम्ति आएका थिए।
Sikkim Nagrik Samaj condemns Sibshu firing
KalimNews, Gangtok, February 9 : The Sikkim Nagarik Samaj today condoled the death of two pro-Gorkhaland supporters during an open firing by the police in West Bengal’s Jalpaiguri on Tuesday. Expressing anguish on the incident, the organization member Kishore Moktan said that the police took very wrong step when the supporters were marching in a peaceful way. 
We Sikkimese should also speak for our innocent brothers and sisters who are losing their life in this movement for a separate state. He also pined that though it is a mass movement and a very serious matter but the national media is covering only biased news, so today the organization has decided to send letters to all the news channels to cover actual news.
Bhawani Pradhan, an artist from Kurseong said that there are many people who belong to Bengal and are working in Sikkim, so they should do something for there people, he also said that they are going to form new organization on Sunday which shall fully support the people fighting for Gorkhaland and their aim shall be to make a good relation between Sikkim and Bengal and shall follow the Non violence movement to support the Gorkhas.
During the meeting held at Press Club of Sikkim here today, PCS general secretary Bhim Rawat offered condolences to the departed persons and said that the Gorkha Janmukti Morch, which has been spearheading the separate statehood movement should take this incident as a lesson.
Coordinator of the said meeting and state senior journalist, BP Bajgain stated –“The Gorkhaland activists were two kilometers away from the incidental spot wherein only the women’s and few others were carrying hunger strike. Being a citizen of India, there is no such law that abstains people of one district to go other one”.
Similarly other members Rupesh Sharma and Pavitra Bhandari underlined the need of associating the issue to a national political level while condemning the incident. Gorkha Janmukti Chalak Mahasangh, president Milan Pradhan also echoed similar views on the recent happening in Dooars. Others present and expressing condolence by observing a two minute silence were local journalists, social workers and others from various walks of life. They also resolved to forward memorandum to various state and central governmental establishments and human rights groups and national media houses.

जमीन अधिग्रहणबारे सिक्किमले गम्भीरतासित सोच्नुपर्छः एसजेएम
प्रविण खालिंग, कालिम्न्युज, गान्तोक,9 फरवरी। स्वदेशी जागरण मञ्च (एसजेएम) ले सिक्किम सरकारलाई राज्यमा भइरहेको कृषियोग्य जमिनलाई औद्योगिक विकासको निम्ति अधिग्रहण गर्ने प्रक्रियाबारे गम्भीरतासित पुनःविचार गर्नुपर्ने सुझाउ दिएको छ। यसैगरि एसजेएमले कृषियोग्य भूमिलाई औद्योगिक विकासमा प्रयोग गर्दा हिमाली राज्यमा प्रतिकूल प्रभाव प्रर्ने बताएको छ।
एसजेएमका अखिल भारतीय सांगठनीक सचिव काश्मिरी लालले गान्तोकमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, सिक्किम सरकारले भूमि अधिग्रहण योजनामाथि गम्भीर भएर सोच्नु पर्छ। उनले भने, कृषियोग्य जमिन कम्पनीहरूलाई दिँदा आम मानिसहरूको हित विपरीतको कार्य हुनजान्छ। शुरुमा आम मानिसहरूले क्षतिपूर्तीको रकम पाउने लोभमा जमिन जिम्मा लगाउँछन् तर पछि उनीहरूको जीवन जर्जर बन्न पुग्छ।उनले अझ भने, सिक्किममा पहिलेबाटै जमीनको अभाव छ तर कृषियोग्य जमिन कम्पनीहरूलाई हस्तान्तरण गर्दा दूर्दर्शीरूपमा हेर्ने हो भने कम्पनीलाई खोतीयोग्य जमिन प्रदान गर्दै फाइदा छैन। उनले राज्यमा कम्पनीको साटो धेरै भन्दा धेरै पर्यटन व्यावसाय, जैविक कृषि र पुष्पखेतीलाई प्रोत्साहित गर्नुपर्ने बताए।
जसले स्वनिर्भर बन्ने दिशामा पनि सिक्किमे युवाहरूलाई हौसला प्रदान गर्ने बताए। उनले यो मुद्दा माथि एसजेएमले कार्यगर्ने घोषणा गरे। यसैगरि एसजेएमले मिडियालाई संगठनको राष्ट्रिय मुद्दाबारे पनि अवगत गराए। सचिव लालले भने, केन्द्र सरकारले सतप्रतिशत विदेशी प्रत्यक्ष लगानीकर्तालाई प्रोत्साहित गरिरहेको छ तर साना कम्पनी र त्यसले बाच्ने परिवारहरूको बारेमा सोच्दैनन् त्यसप्रकारको कार्यले किसानहरू मर्दैछन्, होलसेलर, भन्डर अऩि लघु उद्योगहरूमा नकरात्मक प्रभाव परिरहेको छ। यसैगरि आउँदो संसद सत्रमा नयाँ बिज विधेयक पारित गरिने बताउँदै लालले भारतीय कृषिको निम्ति त्यो विधेयक हानीकारक रहेको तथा त्यसले भारती खाद्य सुरक्षा र बिज संप्रभुतामाथि खतरा उत्पन्न गराउऩे दावी गरे। 

उनले राष्ट्रिय खाद्य सुरक्षाको निम्ति कृषियोग्य भूमीलाई अधिग्रहणप्रक्रियादेखि बाहिर राख्नु पर्ने तथा यो मुद्दालाई गम्भीरता सित लिनु पर्ने बताए। यसको निम्ति उनले सेभ फार्मिंग, सेभ नेशन जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए। यसैगरि उनले सिक्किममा पनि मञ्चको शाखा खोल्ने घोषणा गरे। लालले एसजेएमले केन्द्र सरकारको व्यापार पोलेसी को निन्दा गर्दै त्यसैको कारण आवश्यक सामाग्रीको दाम वृद्धि भएको बताए। संगठनका कार्यकर्ता एएस पानीग्रधी, सुब्रतो मोण्डल अनि विद्या भारती सिक्किम राज्यका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

दिल्लीमा बिक्षोभ प्रदर्शन गरिने
 डीके वाइबा,कलिम्न्युज, सिलगड़ी 9 फरवरी :सिप्सु घट्नाकाण्डको जोड़दार बिरोध गर्दै गोजमुमो दिल्ली शाखाले बिहिबार बिक्षोभ प्रदर्शन गर्दै जन्तर मन्तरमा धरणा दिने भएको छ । उक्त धरणामा दार्जीलिङ लोकसभा सांसद जसवन्त सिँहले पनि भाग लिने भएको छ । बंगाल सरकारको बिरोध तथा पुलिसको अमानविय कार्यको बिरोध गर्दै पहिलो संसद भवनसम्म जुलुस निकालेपछि उक्त धरणा सम्पन्न हुने मोर्चाका दिल्ली शाखा उपाध्य्क्ष  मनोज शंकरले फोनमार्फत जानकारी दिएका छन् ।  
शान्तिप्रिय जुलुसमा पुलिसले अन्धा धुन्दा गोली चलाउनु नितान्त बंगाल सरकारको सुनियोजित षड़यन्त्र रहेको बताउदै यस्तो कार्य सहन नगर्ने थप तिनले बताए । भारतमा गोर्खाहरुले संवैधानिक अधिकार माग्दा यसरी बंगाल सरकारले दमन नीति चलाएर पुलिस र सिआरपीको भरमा निदोष जनतामाथि गोली चलाउनु अत्यन्तै निन्दनिय रहेको तिनले अझ बताए । मोर्चा समर्थकमाथि चलाईएको अन्धा धुन्दा गोलिकाण्ड बिषयमा मोर्चाको दिल्ली शाखाले प्रधान मन्त्री , गृहमन्त्री सबैलाई पत्रचार गर्ने पनि मनोज शंकरले थप बताए । उक्त धरणामा हजारौँ गोर्खाहरूले अंशग्रहण गर्ने बताउँदै गोर्खाहरुलाई गोर्खाल्याण्ड राज्य गठन गरी न्याय दिनुपने थप तिनले बताए

2 comments:

  1. EVER SINCE THIS GORKHALAND AGITATION STARTED, ITS THE KALIMPONG PEOPLE WHO ARE SERIOUS AND SINCERE. WHY CANT THERE BE SOME SERIOUS MOVEMENTS IN DARJEELING TOO.....SO THINK TWICE BEFORE U MAKE ANY MOVE .....KALIMPONG PEOPLE

    ReplyDelete
  2. anonymous, do u think the people of kpg and Darj are different.If so, I suggest you pl.dont comment on the issue which is not meant for you. Gorkhaland is our homeland yet it is our motherland. Dnt.make ur intentional comments anymore. My sincere suggesstion to you.

    ReplyDelete