To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, January 15, 2011

Successfulness of GJM strike- analysis... Strike of GJM relaxed for two days. vehicular movement allowed from 6pm of 15 January..ABGL leader attacked by GJM in Pedong....

ABGL leader attacked by GJM in Pedong, house ransacked 
vandalised vehicle
KalimNews: ABGL leader Tshewang Bhutia was attacked by GJM supporters at Topkhana , Pedong this morning. Bhutia who is the President of Youth wing of ABGL alleged that Binod Pradhan, coordinator of 25 Const GJM committee accompanied by Dawa Lepcha, Anil Khawas, Pemba Tashi Bhutia, Nim Rinji Bhutia and others numbering 150 attacked ABGL supporters while they were pasting posters in Topkhana at around 9.30 am. 
Tshewang Bhutia
Armed GJM supporters attacked ABGL members and they had to flee for their life, alleged Tshewang Bhutia. Later they ransacked a Classic jeep and house of Tshewang and threatened Bhutia of dire consequence.  Police patrolling is posted there to control the situation. Binod Pradhan alleged that Tshewang is disturbing the peace of Pedong by doing antisocial activities so the public were enraged with him and might have attacked him. FIR has been lodged in the Local Thana by both the ABGL and GJM. 
Binod Pradhan
Meanwhile GJM has announced 2 days' relaxation on 16th and 17th January as proposed earlier though Bimal Gurung had threatened that there might not be any relaxation if bundh sponsored by BOBBC is not withdrawn. It is recalled that 2 days strike is called by BOBBC on 16th and 17th January though business community of Siliguri are still reluctant to observe bundh on these two days. 
GJM has announced relaxation of traffic movement for the vehicles upto Chitrey from Kalimpong from 6pm of today, 15 January. It also added that movement of vehicles is permitted in NH31 A. However, all shops and others will open after 6.00 am of 16th January.  
बन्द सफल की असफल?
Bimal Gurung on the way to Kalimpong during 96 hrs bundh
विशेष प्रतिनिधि कालिम्न्युज । मोर्चाको बन्द सयप्रतिशत सफल रह्यो। किन भने बन्दावधि कतै पनि विरोध भएन। पहाड़ तराई र डुवर्स नै प्रभावित भयो। ससाना घटनाहरूलाई आँखा ओझल गरिदिनु हो भने मोर्चाको बन्द सफल बन्यो। बन्द त सफल बन्यो तर यसले सरकारलाई चॉंही के गर्‍यो त? सबै भन्दा मुख्य कुरा यही हो। बन्द सफल त्यसलाई मानिन्छ जब बन्दको औचित्य पूरा हुन्छ। बन्दको औचित्य हो गोर्खाल्याण्डको कुरा सरकारले सुनिदिनु। तेलङ्गना हुँदा गोर्खाल्याण्ड छोड्नु नहुने कुरा अवगत गराउन सरकारलाई चाप दिनको निम्ति नै बन्द ढाक्नुको कारण हो।
Bimal Gurung before leaving Kalimpong on 15 January
शुरूमा बन्द के को निम्ति डाकेको हो भन्ने कुरा स्पष्ट थिएन। पछि मोर्चा अध्यक्ष विमल गुरूङले अन्तरिम प्राधिकरणको कुरै गर्न नमान्दै अब प्राधिकरणको कुरा नआउने अनि गोर्खाल्याण्डको निम्ति जन्मिएको मोर्चा गोर्खाल्याण्डकै निम्ति अघि बढ्ने भनेपछि बन्दको औचित्य पूर्णरूपले खुल्यो। मोर्चाले पनि थाहा पायो कि गोर्खाल्याण्डको निम्ति जनता कत्तिको कटिबद्ध छ। प्राधिकरणको कारण विस्तारै गोर्खाल्याण्डप्रेमी जनताबाट विश्वास गुमाउन थालेको गोजमुमोले फेरि गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्दा जनतामा मोर्चाप्रतिको विश्वास दोब्बर भएको छ।
प्राधिकरण पनि गोर्खाल्याण्ड पुग्ने सिँड़ी नै बताइए पनि यो विश्वास योग्य र जायज नरहेको कुरा नै धेर देखापरेकोले मोर्चालाई निक्कै विवादमा पर्न परेको थियो। जे होस्‌ मोर्चालाई एकपल्ट आफ्नै शक्ति आँक्नु थियो। यसपल्टको बन्दमा मोर्चाले कुनै छुट राखेन। तरै पनि कतैबाट पनि मोर्चाको घोषणालाई नकार्ने कार्य भएन। विपक्षले भने पहाड़मा बन्द गरेर जनतालाई नै दुःख दिनुमात्र रहेको कुरा बारम्बार गर्‍यो। मोर्चाले विपक्षको कुरालाई मोर्चाको कार्यक्रममाथि अनावश्यक टिप्पणी मान्दै अर्काको कार्यक्रममाथि कुनै टिप्पणी गर्ने अधिकार नै नरहेको कुरा पनि गर्‍यो।
Trees used to block NH 31A near Malli removed by Police
मोर्चाको कुरा पनि ठिकै होला तर मोर्चाले यो कुरा चॉंही मनमा खिल्नै पर्छ कि बन्दले कसलाई नोक्सान र कसलाई फाइदा भयो? चार दिन पहाड़मा मुसालाई धरी कुद्न त दिइएन तर सरकारलाई सानो तीलजत्ति पनि यसले असर गर्‍यो के त? मुख्यरूपमा नै मोर्चाले यो कुरालाई केलाउनपर्ने देखिएको छ। कुनै पनि कार्यक्रम गर्दा त्यसको असर र फाइदाको पूर्वानुमान गर्ने राम्रो बानी दलमा हुनैपर्छ। कार्यक्रम बनाउँदा पनि दुइतीन जना प्रमुखहरूले होइन केन्द्रिय समितिका जम्मै प्रतिनिधिहरूबीच अन्तरक्रिया गरेर अनि महकुमा प्रमुखहरूसितै अध्ययन मोर्चाको सिफारिस्‌मा गरे मोर्चा कहीँ कतै पनि असफल बन्दैन तर यो संस्कार मोर्चामा नदेखिएको अनि जे पर्ला टर्ला भन्ने घारणाले ग्रसित हुँदा मोर्चा जहिल्यै पनि असफल नै देखापरेको छ राजनैतिक हिसाबमा। यसपाली पनि मोर्चाले बन्द त गर्दैछ तर यसले पहाड़लाई जति असर गर्दैछ त्यसबाट निर्मित नकरात्मक उर्जा जो आफैलाई नष्ट गर्न पर्याप्त हुन्छ,-लाई पनि याद राख्नुपर्छ।
हुनसक्छ मोर्चाको केन्द्रिय समिति भोकहड़तालमा बस्नेबेला विधानसभा चुनाउको कोडअफ कन्डक्ट शुरुहुन्छ। यो थाहा भएर नै भोकहड़तालको कुरा मोर्चा गरेको हो भन्ने आरोपको सम्भावना मोर्चाले राख्नु हुँदैन। बन्दभरि पहाड़का गरीब जनतालाई भने पार्नुसम्मको चपेटमा पारेर रिजल्ट भने राम्रो आएन भने आन्तरिकरूपमा मोर्चाको छबी राम्रो हुनेछैन। त्यो विस्तारै मोर्चालाई नै हानीकारक हुन सक्छ। किन भने यो त मोर्चाले पनि मान्छ कि मोर्चाकै सत्ता मात्र सधैँभरि हुँदैन। यसपल्टको बन्द पहाड़मा त सफल भएको नै छ तर सॉंच्चीकै अर्थमा बन्द सफल भयो भएन मोर्चाले केलाउनै पर्छ अनि मात्र नयॉं रणनीति तयार पार्नुपर्छ। यसो गरिए मोर्चाको कार्यक्रम प्रभावित हुनेछ अनि विपक्षको मुखमा पनि बुच्चो लाग्नेछ। कसैको पनि टिप्पणी र प्रतिक्रियालाई आत्ममन्थन गर्ने वानी बसाले मोर्चाका केही शिर्ष नेताहरूको झर्दै गइरहेको लोकप्रियता पनि कायम हुनेछ।
आखिरमा जनता, बुद्धिजीवी, पत्रकार, शिक्षित, वरिष्ट नागरिक र युवावर्ग गोर्खाल्याण्डको निम्ति मात्र कुनै पनि दलसित हुनेछ। यो मुद्दाबाट हट्यो भने दलले खरानी दल्नैपर्छ। यसैकारण पनि मोर्चाले गोर्खाल्याण्डको निम्ति पारदर्शीरूपले काम गरेर विपक्ष अनि बुद्दिजावीहरूको सहमति लिँदै काम गरे सामुहिक नेतृत्वको सवाल पनि आउने सम्भावना रहनेछैन। यसैपालीको बन्दलाई नै समीक्षा गेर मोर्चा सॉंच्चीकै अर्थमा सफल भयो कि जनतालाई यातना दिएर विफल भयो भन्ने कुरालाई इमान्दाररूपले र राजनैतिकरूपले मुल्याङ्‌कन गर्न अनिवार्य देखापरेको छ। 

No comments:

Post a Comment