To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Thursday, December 9, 2010

Surf for Manoj Bogati's Blog of JIWAN RA KAVITA

कविता लेख्दालेख्दै जीवन हुन्छ जीवन लेख्दालेख्दै कविता नाक हो कि न मुख हो कि म कान हो कि क इन्द्रिय र अक्षर जीवन र कविता यति नै बुझ्छ मनोज वोगटी।
पश्चिम सिक्किमको देन्ताममा भागोपको शाखा गठन- भागोपको सदस्य हुन मात्र होइन यो संगठनमा होमिनुपर्छः एनडी राई
गान्तोक,9 दिसम्बर। भारतीय गोर्खा परिसंघ (भागोप) गोर्खा जातिलाई उभो लगाउने संगठन हो यसको सदस्यता मात्र गरेर हुँदैन, यसमा होमिनुपर्छ। किनभने भारतभरिका गोर्खाहरूको सामाजिक उत्थान र सभ्य गोर्खा समाजको विकासको निम्ति यसको महत्वपूर्ण भूमिका रहेको छ। यसप्रकारको मन्तव्य भागोप सिक्किम राज्य शाखाको संगठन विस्तार अभियान अन्तर्गत देन्ताम शाखा गठनपछि आफ्नो वक्तव्य राख्दै कार्यकारी अध्यक्ष एन डी राईले व्यक्त गरेका हुन्‌। पश्चिम सिक्किमको योकसमबाट आफ्नो संगठन विस्तार थालेको भागोपले देन्ताम बजारको एक होटलमा स्थानीय शिक्षक, पूर्व पंचायत, बुद्धिजिवी तथा शिक्षित युवाहरूको व्यापक उपस्थितमा संपन्न बैठकको अध्यक्षता देन्ताम बजारका बरिष्ठ नागरिक तथा समाजसेवी नवीन गुरुङले गरेका थिए। भागोप राज्य समितिका अध्यक्ष डॉ. कमल गुरुंग, कार्यकारी अध्यक्ष नारायण भट्टराई, महासचिव एस पाण्डे, सचिव प्रवीण खालिङ, प्रेमराज गुरूङ, पाकिम शाखा महासचिव जी गुरुङ, पूर्व डीजीपी तथा भागोप केंद्रिय समिति सदस्य सी पी गिरी एवं राज्य कार्यकारी समिति सदस्य नारद भट्टराईले भागोपको सांगठनीक ढॉंचा अऩि यसको उद्देश्य र अवधारणाबारे उपस्थित गोर्खे सन्तानलाई स्पष्ट पारे।

No comments:

Post a Comment