Gorkha-Adivasi joint rally for GATA
Rajesh Sharma, KalimNews, Jaigaon, 10 December: Not for the first time but after 2 years of fist and fury Akhil Bharatiya Vikas Parishad with its Adivasi supporters and Gorkha Janmukti Morcha with its Gorkha supporters brought out a peaceful rally today in Nagarkatta. Dr. Harka Bahadur Chhetri, media secretary and Kalimpong MLA during a joint meeting of ABAVP and GJM held in Kumai on 4th December had stated that joint rally would be organised on 6th and 10th December in Dooars.Supporters in the rally made slogans demanding formation of GATA and inclusion of Dooars in GATA.
The rally had fewer Adivasi supporters and more Gorkhas and it clearly indicated that the reunited friendship and rally drama will not sustain long. A few Adivasi supporters on the condition of anonymity even remarked that the friendship is already broken by GJM and the wound cannot be healed. It is also presumed that anti GJM-ABAVP friendship elements in Dooars will soon come forward with new strategy. Fearing re emergence of disturbance in the Dooars the Gorkha supporters are in a dilemma.
आविपभित्र कलहः ड्रामा कि वास्तविकता?
मनोज बोगटी, कालिमन्युज, कालेबुङ,10 दिसम्बर। अहिले आदिवासी विकास परिषदभित्र नै कलह देखापरेको छ। अहिले तीन पक्षमा आविपभित्र अन्तरविरोध देखापरेको छ। गोर्खा जनमुक्ति मोर्चासित आदिवासी विकास परिषद्बीच भएको सम्झौता वास्तवमा के हो, त्यो आविप र मोर्चा दुवैले लुकाएर राखेको छ। सम्झौताको धेरैदिनपछि अहिले मोर्चा र आविपबाट जीएटीएको गठनबारे स्पष्टिकरण आइरहेको छ। सम्झौता गरेको दिन आविप र मोर्चाका प्रतिनिधिहरूले अब जीटीए होइन जीएटीए गठन हुने घोषणा गरेका थिए। त्यसबेला मोर्चाको पक्षबाट के पनि भनिएको थियो भने अब जीटीएको कुरा सकियो अनि जीएटीएको कुरा शुरू भयो। किन भने जीटीए केवल पहाडको निम्ति थियो अनि अब तराई, डुवर्स र पहाडको निम्ति जीएटीए गठन हुनेछ। अहिले भर्खरको कुरा जीटीए पनि होइन, जीएटीए पनि होइन जीएमएटीए गठन हुनेसम्ममा पुगेको छ। गठन के हुने हो निश्चित छैन तर मोर्चा र आविप नेता जोन बारलाले स्पष्ट पारेका छन् कि पहिले जीटीए नै गठन हुनेछ। जुन सम्झौता भएको छ, त्यही अनुसार जीटीए तीन महकुमा खरसाङ, दार्जीलिङ र कालेबुङलाई लिएर गठन हुनेछ। यसले के स्पष्ट पारेको छ भने अब जीटीए गठनको निम्ति हाइपावरको रिपोर्टको अनिवार्यता रहने छैन। विमल गुरूङ अनि जोन बारला अनुसार जीटीए गठन हनेछ( सीमाङ्कनबिना नै)अनि जीटीएसभाले जीएटीएको नामाकरण गर्नेछ। जीटीएसभाले नै तराई र डुवर्सलाई अन्तरभुक्त गर्दै जीएटीए बनाउने छ।
तर उनीहरूको कुराभित्र धेरै अन्योलता देखिएको छ। बङ्गाल सरकार र केन्द्रले नै जीटीएलाई खारेज गरेर जीएटीए गठन गर्नुपर्ने भएपनि विमल गुरूङ अनि बारला अनुसार यसो हुने छैन। किन भने जीटीएलाई नै केवल नाम परिवर्तन गरिने छ, प्रशाशनिक क्षमता भने जीटीएको नै रहनेछ। अथवा जीटीएलाई दिएको क्षमताले नै जीएटीए चलाउने छ। तर जीटीएलाई दिइएको क्षमता भने पहाडको तीनवटा महकुमालाई नै तोकेर दिइएको छ भने यसको प्रयोग पनि सम्झौता अनुसार तीन महकुमामा नै गर्नुपर्ने छ। यसो हुँदा तराई र डुवर्स कुन क्षमता र पैसाले चल्ने हो, स्पष्ट छैन। जोन बारला पनि वास्तवमा मोर्चाको यस्तो अनयोलपूर्ण कुरामा अल्झिएको र आविपलाई नै धोका दिने कार्य भइरहेको आविप राज्य कमिटीको आरोप छ। आविपको बदनाम गराएकोले बारलाबाट साङ्गठानिक क्षमता नै खोस्ने पक्षमा राज्य समिति रहेको छ। यता मोर्चासितको सम्झौताको दिन राज्य कमिटीको पक्षबाट आएको अनि राज्य कमिटीको पक्षबाट टिप्पणी दिएको भन्दै राज्य कमिटी सचिव तेजकुमार टोप्पोले जीएटीएको औचित्यबारे स्पष्ट पारेका थिए। तिनले भनेका थिए, अब जीटीएलाई खारेज गरिनेछ अनि त्यसको साटो तराई, डुवर्स र पहाडलाई मिलाएर उच्च क्षमताशील जीएण्डएटीए गठन हुनेछ। यही कुरा जोन बारला, रोशन गिरी अनि विमल गुरूङले पनि बताएका थिए।
तर जोन बारला, रोशन गिरी अनि विमल गुरूङले अहिले भाका फेर्दै पहिले जीटीए गठन हुने अनि जीटीए सभाले नै व्यवस्थाको नाम जीएणडएटीए बनाउने कुरा गरिरहेका छन्। बारलालाई तेजकुमार टोप्पोले सम्झौताको बेला गरेका कुरालाई सम्झना गराउँदा तिनले टोप्पोको टिप्पणीलाई भर्त्सना गर्दै पहिले जीटीए नै गठन हुने अनि त्यसपछि त्यो जीटीएको सभाले(विधानसभा जस्तै) केवल नाम परिवर्तन गर्ने बताएका छन्। उसो भए यसलाई कस्तो खाले प्राप्ति मानु पर्ने जब की जीटीएको मात्र नाम परिवर्तन हुनेछ अनि क्षमता परिवर्तन हुने छैन भन्ने विषयमा बारलाले क्षमताको निम्ति नै मोर्चा र आविपको कमिटीले मुख्यमन्त्री र गृहमन्त्रीलाई भेटेर अपील गरने बताएका छन्। तेज कुमार टोप्पो भने अहिले विलखबन्दमा परेका छन्। टोप्पोको विलखबन्दले आविप र मोर्चाबीचको सम्झौता नै शंकाको घेरोमा परेको छ। यो त स्पष्ट छ कि जोन बारलालाई तराई र डुवर्सको बागडोर दिने प्रलोभन देखाएर सम्झौता गराइएको छ, यसैकारण हो कि बारलाले राज्य कमिटीको कुनै पनि आदेशलाई पत्तो दिइरहेका छैनन्।
यता आविपको राज्य कमिटीले बारलाले तराई र डुवर्सलाई धोका दिने कार्य गरिरहेको बताउँदै बारलालाई सङ्गठनबाट निकाल्ने मन बनाइसकेको विरसा तिर्कीले बताएका छन्। विरसा तिर्कीले के भनेका छन् भने वास्तवमा मोर्चाले जोन बारलालाई जीएण्डएटीएको बागडोर दिने लोभ देखाएकोले बारला अन्धो भएका छन्। तिनलाई मोर्चाको कुटनीतिको पत्तो छैन। वास्तवमा मोर्चाले जीटीएमा तराई डुवर्सको भूभाग नपस्ने भएपछि बारलालाई लोभ देखाएर तराई डुवर्स नगाभी जीटीए गठन गर्ने बाटो मोर्चाले बनाएको हो। मोर्चाले जीटीए गठन गर्छ भने गठन गरोस् तर तराई र डुवर्सलाई नछुओस्-तिर्कीले भनेका छन्। तर मोर्चा यसो गर्न सक्दैन किन भने मोर्चाले जनतामा बाचा गरेको छ तराई र डुवर्सको एक इञ्च भूभाग पनि नछोड्ने। आफ्नो बाचाको कारण ऐठनमा परेको मोर्चाले जीटीए गठन गर्न अनि तराई र डुवर्सलाई पछिबाट गाभ्ने आश्वासन देखाएर जीटीए गठन गरिहाल्ने कुटनीति खेलिरहेको तिर्कीको भनाइ रहेको छ।
खड्क विक्रम जीपीटीओले लगायो मीडियालाई निराधार दोष- सुब्बाले मागे माफी
मनोज वोगटी, कालिमन्युज, कालेबुङ,10 दिसम्बर। जनमुक्ति कर्मचारी सङ्गठन कालेबुङ समितिका अध्यक्ष खड्क विक्रम सुब्बाले आफूले असल शिक्षक-शिक्षिकाहरूको आत्मसम्मानमा चोट पुर्याउने उद्देश्यमा नबोलेको भन्दै जसलाई पनि चोट लागेको छ उनीहरूसित माफी मागे। तिनले माफी माग्नुपर्ने स्थिति त्यतिबेला आयो जब तिनले कृष्णकाली प्राथमिक पाठशालामा एक जना मात्र विद्यार्थी रहेको अनि तीन शिक्षक रहेको र पाठशालाको अवस्था गम्भीर रहेको देखेपछि पाठशालाबारे टिप्पणी दिए। घटना के भएको थियो भने कृष्णकली प्राथमिक पाठशालाको निम्ति जमीन दान गर्ने परिवारका एक व्यक्ति जो जकसका सदस्य पनि हुन्,ले जमीनको विवादमा एक शिक्षकले तिनलाई अभद्र व्यवहार गरेको कुरा जकसलाई राखेपछि जकस टोली पुग्यो कृष्णकाली प्राथमिक पाठशाला। उनीसित नै गएका थिए पत्रकारहरू। जकस अध्यक्ष सुब्बा अनि पत्रकारहरूले पाठशालाको अवस्था जीर्ण देखेपछि कसरी पाठशालाको यस्तो अवस्था भयो भन्ने प्रश्न उठायो। यसरी प्रश्न उठाउँदा प्राथमिक पाठशालाका शिक्षकहरूको सङ्गठन पनि मुछिनु स्वाभाविक हो तर सबै पाठशाला कृष्णकाली नरहेको अनि सबै शिक्षक-शिक्षिकाहरू कृष्णकालीको झैं नरहेको बताउँदै एउटा घटनालाई देखाएर सबै शिक्षक शिक्षिकाहरूलाई मुछेको आधारहीन आरोप लगाएको छ।
वास्तवकिता के हो भने पत्रकारहरूले कुनै पनि शिक्षक शिक्षिकाहरूलाई दोष्याएका छैनन्। पत्रकारहरूले दोष्याएका छन् भने कृष्णकाली प्राथमिक पाठशालाका शिक्षक-शिक्षिकाहरूलाई। केवल त्यस पाठशालाका शिक्षक-शिक्षिकाहरू मात्र होइन, प्राथमिक शिक्षक-शिक्षिकाहरूको संस्था जीपीटीओ, त्यस पाठशालाको सञ्चालन समिति, एमटीए, भीइसी अनि गाउँलेहरूलाई मात्र होइन पत्रकारहरूले दोष्याएका थिए पश्चिम बङ्गालकै शिक्षा नीतिलाई। तर कुनै पनि पत्रकारले अन्य शिक्षक शिक्षिकाहरूलाई दोष्याएका छैनन् बरु यस्तै अवस्था अरु ठाउँ पनि हुन सक्ने कुरा भने उठाएका थिए। तर जीपीटीओले सबै शिक्षक-शिक्षिकाहरूलाई मुछेको मात्र होइन मिडडे मिलको पैसा खाएको आरोप पत्रकारहरूले लगाएको समेत आरोप लगाएको छ।
दोषीहरू, जो कृष्णकाली प्राथमिक पाठशालाको अवस्था बिगार्नेहरू छन्, उनीहरू भने चुइँसम्म बोलेका छैनन्, जसको बारेमा पत्रकारहरूले कुनै कुरा नै गरेका छैनन् उनीहरू भने आत्मसम्मानमा चोट लाग्यो भन्दै उल्टै पत्रकारहरूलाई दोष्याइरहेका छन्। चोरको खुट्टा काट भन्दा खुट्टै झिकेजस्तो घटना आज देखापरेको छ। जीपीटीओ कालेबुङका अध्यक्ष स्वराज गुरूङले भने, यस्तो घटनाको दोषी को हुन्? तर यहॉं केवल शिक्षकहरूलाई मात्र दोष्याउने कार्य भइरहेको छ। यस्ता शिक्षकहरू छन्, जसले सरकारको विरुद्धमा आफ्नो स्कूललाई अंग्रेजीकरण गरेका छन्। यस्ता शिक्षक र पाठशालाहरू पनि छन् जसले मिड डे मिल दिसम्बरसम्म नै खुवाउँछन्। किन शिक्षकहरूलाई मात्र दोष्याइन्छ? तिनले यस्तो प्रश्न उठाइरहेका थिए तर पत्रकारहरूले भने कुनै पनि राम्रा काम गर्ने शिक्षक र पाठशालालाई दोष्याएका छैनन्। जसलाई दोष्याएका छन् उनीहरू चुप छन्, जसलाई दोष्याएका छैनन् उनीहरूले भने दोष्यायो कि दोष्यायो भनेर घटनालाई अझ रोचक बनाउने कार्य गरिरहेका छन्।
गुरूङले त यहॉंसम्म भने, मिड डे मिलको पैसा खाएको आरोप लगाउँदै छ। तर तिनले नै भने, किन स्कूलको भ्रष्टचार मात्र पत्रकारहरूले देख्छन्। भ्रष्टचार त सडक सडकमा छ। कालेबुङमा मात्र होइन देशभरि नै छ। किन उनीहरूको भ्रष्टचार देख्दैनन्। तिनले आफैले पत्रकारहरूले केवल स्कूलको मात्र भ्र्रष्टचार किन देख्छ भनेर जुन प्रश्न उठाए त्यही प्रश्नले नै स्कूलमा व्यापक भ्रष्टचार रहेको प्रमाणित गरेको छ। कुनै पनि पत्रकारले कुनै पनि शिक्षक-शिक्षिकालाई देखाएर भ्रष्टचारको आरोप भने लगाएको छैन। पत्रकारहरूले यति भनेको छ कि कृष्णकली प्राथमिक पाठशालामा केवल एकजना विद्यार्थी छन् तर सरकारी खातामा भने 50 जना देखिएको छ, उसो भए 50 जनालाई आएको मिड डे मिल कहॉं गइरहेको छ त? एकजना विद्यार्थीलाई नै त सबै बॉंडेको छैन होला। किन भने विद्यार्थी पुष्प पोखरेलले झोलामा हालेर घर लैजानेसम्मको चामल दिने गरेको बताएका छन्। यहॉंसम्म कि कृष्णकाली प्राथमिक पाठशालामा मध्यान्नको भोजन पनि पाक्दैन। यदि पाक्दैन भने 50 जनालाई आएको मध्यान्न भोजन कहॉं जॉंदैछ? 50 जनालाई आएको युनिफर्मको पैसा, मरम्मतिको पैसा र अन्य ग्राण्ड कहॉं गयो त? भन्ने प्रश्न पत्रकारहरूले उठाएका हुन्।
यो सम्पूर्ण शिक्षक-शिक्षिकाहरूले मिडडे मिलको पैसा खायो भन्ने कुरा कतै पनि कुनै पनि पत्रकारले उल्लेख गरेको छैन। कृष्णकाली पाठशालालाई उदाहरण देखाएर यस्ता पाठशाला धेरै हुनसक्ने कुरामा भने सचेत गराउँदै यदि छ भने त्यसको विकास गर्नुपर्ने कुरामा सचेत मात्र पत्रकारहरूले गराएका हुन् तर शिक्षक-शिक्षिकाहरूलाई यसै कुराले आत्मसम्मानमा चोट पुर्याएको कुरा मात्र होइन मिडडे मिलको पैसा खाएको आरोपसम्म लगाएको भन्दै आधारहीन स्पष्टिकरण दिनुले दालमा निश्चय नै कुनै कालो लुकेको हुनसक्ने शंका गरिएको छ। यस्तो पनि सुनिएको छ जहॉं पाठशाला र विद्यार्थी नै छैनन तर सरकारी शिक्षकहरू भने घरमा बसेर तलब खाइरहेका छन्। यस्तो पनि सुनिएको छ, जसको सरकारी र एडहक नोकरी छ तर उनीहरूले बद्ली लगाएर अर्को काम गरिरहेका छन्।
कालेबुङका पत्रकारहरू यस्ताहरूको तथ्य संग्रह गर्न जुटिसकेका छन्। सुनिएका कुराहरू यथार्थ हो होइन भन्ने कुराको छानबिनमा लागेका छन्। पत्रकारहरूले धेरैवटा तथ्यहरू बटुलिरहेका छन्। यसैक्रममा यस्ता पाठशाला पनि देखिएको छ जहॉं विद्यार्थीहरू धेरै छन् तर सरकारी शिक्षक छैनन् तर पाठशाला भने सरकारी छ। वास्तवमा पत्रकारहरूले कुनै शिक्षक र पाठशालालाई नदोष्याएर बङ्गालको शिक्षा नीतिलाई नै दोष्याइरहेका छन्। किन भने शिक्षा नीति समय सापेक्ष नरहेकोले नै प्राथमिक पाठशालाहरूको अवस्था कृष्णकाली झैं भइरहेको छ। एकातिर अंग्रेजी स्कूलमा भर्ना पाइन्न, त्यही प्राथमिक पाठशालामा भने विद्यार्थी नै आउँदैनन्। यस्तो हुनुमा को दायी छ भन्ने कुरामा चिन्ता देखाउन र प्राथमिक पाठशालालाई पनि अंग्रेजी स्कूलको तुलनामा ल्याउने कोशिश गर्नको साटो पत्रकारहरूले आरोप लगायो भन्दै हताश हुने शिक्षक-शिक्षिका मात्र होइन जीपीटीओ नै पनि देखिएको छ।
कुरा नबुझी हतास हुनेहरूलाई के स्पष्ट पारिन्छ भने राधाकृष्णन झैं शिक्षक-शिक्षिकालाई दोष्याइएको छैन। स्वराज गुरूङले के पनि स्पष्टिकरण दिइरहेका थिए भने प्राथमिक पाठशालाको यस्तो अवस्था हुनुमा शिक्षक-शिक्षिकाहरूको दोष छैन। उसो भए को दोषी हुन् त भन्ने कुरा अब जीपीटीओले खोज्नुपर्ने देखिएको छ। यता जकसका खड्क विक्रम सुब्बाले भने कृष्णकाली प्राथमिक पाठशालाको घटनाले सबैको आँखा खोलिदिएको भन्दै सबै सचेत रहेर प्राथमिक शिक्षाको आधार बलियो बनाइदिने अपील गर्दै आफ्नो पक्षबाट पनि भरपुर सहयोग हुने बताएका छन्।
फोकस् कालेबुङले खोजी निकाल्यो सर्वोत्कृष्ट फोटोग्राफरहरू
मनोज बोगटी, कलिमन्युज, कालेबुङ, 10 दिसम्बर। कालेबुङभित्रै रहेको निपुण फोटोग्राफरहरूलाई फोकस् कालेबुङले खोजी निकालेको छ। मोबाइल अनि क्यामेराले फोटो उतारेर लुकाएर राखेका फोटोहरूको प्रतियोगिता गरेर फोकस् कालेबुङले आज उत्कृष्ट फोटोहरू चयन गरी प्रतियोगीहरूलाई एक कार्यक्रमबीच पुरस्कृत गर्यो। प्रतियोगितामा मोबाइलले उतारेका फोटोहरूमध्ये रितेश गुप्ताको फोटो पहिलो भयो भने दोस्रो लाक्पा छिरिङ लेप्चा अनि तेस्रो मणि तामाङको फोटोलाई चुनियो।
यी विजयी प्रतियोगीहरूलाई अटो वक्सका रिपेन राईको बाहुलीबाट पुरस्कार स्वरूप डिजिटल क्यामेरा प्रदान गरियो। यसरी नै क्यामेराले उतारेका फोटोहरूमा प्रवेश सिंहको फोटो प्रथम बन्यो भने नालम लेप्चाको फोटो दोस्रो अनि रोहन छेत्रीको फोटो तेस्रो बन्यो। यी बिजयी प्रतियोगीहरूलाई समशेर अलिको बाहुलीबाट पुरस्कारस्वरूप हार्ड डिक्स प्रदान गरियो। यसबाहेक पनि मोबाइल अनि क्यामेराले उतारेको तस्वीरहरूको निम्ति चार-चारजनालाई पनि सान्तवना पुरस्कार कालेबुङ विज्ञान केन्द्रका क्युरेटर डा.बी.बी.गुरूङको बाहुलीबाट प्रदान गरियो। कार्यक्रममा फोकस कालेबुङका प्रतिनिधिहरू चिन्लोप फुदोङ लेप्चा, सामतेन काबो, विमल के.दियाली आदि उपस्थित थिए। स्मरण गराइन्छ, यसभन्दा अघि पनि फोकस कालेबुङले विश्व फोटोग्राफी दिवसको अवसरमा यसवर्ष कालेबुङमा 19 देखि 21 अगस्तसम्म तीन दिवसीय फोटो प्रदर्शनीको आयोजना गरेको थियो। यसरी नै सिकारु फोटोग्राफरहरूलाई प्रोत्साहन प्रदान गर्न फोकस् कालेबुङले गत अक्टोबरको दोस्रो सप्ताहदेखि नै यस फोटो प्रतियोगिताको आरम्भ गरेको थियो जसमा 50 जना प्रतियोगीहरूले अंशग्रहण गरेका थिए।

No comments:
Post a Comment