ट्रकको धक्काले युवक मरे : ट्राफिक ब्यवस्थाको पोल खुल्यो
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर : ट्राफिक नियमको अवमान्य गर्दा आज कालेबुंग शहरको मुटु मानिने डम्बर चौकमा नै एकजना व्यक्तिले आफ्नो ज्यान गुमाउँन परयो | घटना बिहान लगभग ९ बजे भएको हो | यहाँ डम्बर चौकमा WB 71A-0667 नम्बर भएको ट्रकको धकका लाग्दा पाब्रिंगटार निवासी विकाश योगी (४०) ले घटना स्थल मै प्राण त्यागे |
जानकारी अनुसार विकाश योगी आफ्नो ब्यांकको कतिपय काम लिएर परिवार सितै कालेबुंग आएका थिए | उनका परिवारका मानिसहरु दार्जीलिंग मरौमा जान कालेबुंग आएका थिए भने मृतक योगी भने ब्यांकको काम सकेर घर फर्किने योजनामा थिए |
तर आफ्नो ब्यांकको काम गर्न अघि नै दुर्घटनामा परेर तिनले ज्यान गुमाउँन परयो | कालेबुंग शहर आइपुगेका योगी यहाँको बस स्ट्याण्ड तर्फ गैरहेका थिए | सोही समय विपरित दिशाबाट आइरहेको ट्रकको चपेटमा परेर उनले घटना स्थल मै प्राण त्यागे | दुर्घटना पछि ट्रकका चालक अन्जीत मंगरलाई पुलिसले पक्राउ गरेको छ भने ट्रक पनि आफ्नो कब्जामा लिएको छ |
शहरको मुटु मानिने डम्बर चौक परिसरमा नै दुर्घटना भएर ज्यान गुमाएपछि शहरको ट्राफिक व्यवस्थामा गतिलो प्रश्न उठेको छ | एकातिर ट्राफिक कर्मी ड्युटीमा तैनाथ हुन्छन् भने अर्को तर्फ तैनाथ पुलिस कर्मीको अघि नै यस्तो घटना भएर निर्दोष मानिसले ज्यान गुमाउनु पर्दा दोष कसको भन्ने प्रश्न उठेको छ | यस दिशातर्फ ट्राफिकको नियम अमान्य गर्दा नै यस्तो दुर्घटना भएको हो अनि यसमा ट्राफिक पुलिसको पनि उत्तिकै गल्ति देखा परेको छ | एकातिर केही दिन अघि मात्र विभिन्न संघ संस्था र प्रशासनका अधिकारीवर्ग मिलेर कालेबुंगको ट्राफिक व्यवस्था सुव्यवस्थित पर्न नयाँ नियम समेत बनाएको छ भने उक्त नयाँ नियम गत १ नोबेम्बर देखि कार्यन्वयण समेत गरिएको छ | तर आज भएको दुर्घटनाले उक्त ट्राफिक नियम सरासर उल्लङ्घन भएको छ |
कालेबुंग महकुमा अधिकारी द्वारा गत २३ सितम्बरको दिन जारी पत्र MO no. 270 (6) अनि मोटर भेकल विभाग दार्जीलिंग द्वारा जारी पत्र संख्या ३१७ लगायत जिल्ला शासक द्वारा जारी पत्र संख्या २२ मा कालेबुंग शहरमा ट्रकहरुको चलाचल बिहान ६ बजे देखि ९ बजे सम्म अनि बेलुका २ बजे देखि ४ बजे सम्म पूर्ण रुपले बन्द गर्नु पर्ने नियम रहेको छ | यस अतिरिक्त मेन लाइनमा जाने ट्रकहरुलाई भने बिहान ९ बजे सम्म शहर छोड्नु पर्ने नियम रहेको छ | तर आज बिहान भएको दुर्घटना भने ९.१५ बजे भएको हो जुन समयमा ट्राफिक नियम अनुरुप ट्रकको चलाचल प्रतिबन्ध लगाएको छ | यसरी प्रतिबन्ध समयमा कसरी ट्रकलाई शहरमा कुद्न दिईयो भन्ने अहिले उतर विहिन प्रश्न अल्झेको छ |
बीएनआर कोलकाता अनि क्लियरिङ भूटानमाझ भीडन्त भएको खेलमा 3-0 ले बीएनआर कोलकाता बिजयी बन्यो। खेलको पूर्वाद्धमा बीएनआर कोलकाताका जर्सी नम्बर 14 अजय शाहले एक गोल गरेपछि खेलले रोचकता पाएको थियो। सोही गोलबाट अघि रहेको बीएनआर कोलकाताका खेलाडीहरू जर्सी नम्बर 10 अनि 24 ले खेलको उत्तराद्धमा अझ एकएक गोल थपेपछि बीएनआर कोलकाताले बिजयलाई निश्चित बनाएको थियो।
सोही गोलहरू नै अन्तिमसम्म बिजयको निम्ति निर्णायक गोलहरू बनेको थियो। बीएनआरका खेलाडीहरूको खेल कौशल अघि भूटानका खेलाडीहरूको कुनै पनि उपाय टिक्न सकेन। फलस्वरुप भूटानले बीएनआरका गोलहरूको विरुद्ध कुनै पनि जवाबी गोल गर्न सकेन। शुक्रबारदेखि दार्जीलिङ गोर्खाहिल स्पोट्र्स एसोसिएसनको आयोजनामा खेलाइएको गोल्डकप कालेबुङमा पहिलोपल्ट भएको हो। कालेबुङमा नै भोलि हुने अन्तिम खेल टेक्नो आर्यन कोलकता बनाम दार्जीलिङ-11 माझ हुनेछ। कालेबुङ स्पोट्र्स एसोसिएसनको सहयोगमा खेल शुरु हुन अगि कुमुदिनी विद्याश्रमका विद्यार्थीहरूले व्याण्ड प्रस्तुत गरेका थिए। खेलमा कालेबुङका विधायक डा.हर्कबहादुर छेत्री, कालेबुङ महकुमा अधिकारी एलएन शेर्पा, मोर्चा सहसचिव विनय तामङ अनि सिक्किमका टी लाचुङ्पाको पनि उपस्थिति थियो।
बसिबियॉंलोको शतकीय प्रकरणमा आजदेखि उन्मुक्त विचारको उठान
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर। रामकृष्ण रङ्गमञ्चमा बसिबिँयालोको 100 प्रकरण आजदेखि शुर भयो। कार्यक्रममा सिक्किमका साहित्यकार, भाषाविद् रुद्र पौड्याल मुख्य अतिथि रहेका थिए भने सानुमति राई नयॉं दिल्लीका सामाजिक कार्यकर्ता डीके प्रधान विशिष्ट अतिथि रहेका थिए। बसिबिँयालोका प्रवर्तक सीके श्रेष्टले नेतृत्व गरेको टोलीले आचार संहिता पठन गरेपछि शुरू भएको कार्यक्रममा शमशेर अलीले स्वागत सम्बोधन राखेका थिए।
यसैबीच कालेबुङ टेलिभिजनद्वारा तयार पारिएको बसिबिँयालोको कास्टिङ अनि वृतचित्रको पनि प्रदर्शन गरियो। गान्धी आश्रमका कलाकारहरूले पुरानो नेपाली गीतका धुनहरू बजाएर मनोरञ्जन प्रदान गरे। हाम्रो भविष्य बास संस्थानका कलाकारहरूले नृत्य प्रस्तुत गरे भने भद्रेको टोलीले नौलो प्रयोग गर्नै सामुहिक आवृति प्रस्तुत गरेका थिए। अन्तरआत्मको आवाज शीर्षकमा रहेको कवितालाई नाटकीयरुपले प्रस्तुत गर्दै नाटिकाद्वारा मानिसहरुमा खोक्रो मानसिकता विकसित भएकोले उन्मुक्तिको लडाई जित्न नसकिएको भए पनि अझ पनि दार्जीलिङका जनतालाई आफ्नो अन्तरआत्मको आवाज सुन्ने समय रहेको बताईएको थियो। कसैले शंखघोष गर्दैमा युद्ध सकिँदैन, युद्ध अझ बॉंकी नै छ, कसैले पाइला उठाउँदैमा यात्रा टुङ्गिदैन, यात्रा अझ बॉंकी नै छ-सीके श्रेष्टले भनिरहेका थिए। यसबीच दार्जीलिङका खुला साहित्यिक मञ्चका डा.रुद्रराज मास्के लगायत मोहन प्रधान निरजद्वारा अगुवाई गरिएको सिक्किम बसिबिँयालो मञ्चका साहित्यकारहरूले पनि रचना पठन गरे भने कालूसिंह रनपहेंली, राजा पुनियानी लगायत दार्जीलिङ, सिक्किम,कालेबुङ, खरसाङका साहित्यकारहरूले पनि रचना पठन गरे।
>यसैबीच शिव छेत्री अनि बीके शिलालद्वारा सम्पादित बाल पत्रिका बालावाज, भवजित तामङकृत कविता संग्रह भावामृत, हीरा छेत्रीकृत व्यङ्ग्य संग्रह कुपदेशमाला, टीएन सुवेदीकृत बाल कविता संग्रह बसन्त फेरि मुस्कुरायो अनि बसिबिँयालोको सय प्रकरणको अवसरमा प्रकाशित स्मारिकाको बिमोचन सामुहिकरुपले मुख्यअतिथि रुद्र पौड्याल, कवि राजेन्द्र भण्डारी, मोहन ठकुरी, भवानी शर्मा अनि समिरण छेत्री प्रियदर्शीको बाहुलीबाट गरियो। यसै कार्यक्रमबीच भानु र पाला नाटकको पार्ट-3 को झलकहरूपनि प्रस्तुत गरिएको थियो। मुख्य अतिथि रुद्र पौड्यालले कार्यक्रमलाई सम्बोधन गर्दै भाषा आन्दोलनको बेला शुरू भएको बसिबिँयालोले सयप्रकरणको फड्को मार्नुलाई ठूलो उपलब्धी रहेको जनाए। तिनले भने, यो मञ्च जनसाधरणको आवाज बोक्ने माध्यम बनेको छ। यो कायम रहनुपर्छ। किन राजनैतिक मञ्चमात्र चर्चित बन्ने, अब साहित्यक मञ्चलाई पनि दह्रो बनाइनुपर्छ। आज क्षेत्रीय साहित्यकारहरूको निम्ति मात्र कार्यक्रम गरिएको थियो।
दुइ दिन हुने कार्यक्रममा भोलि देशका विभिन्न क्षेत्रबाट आएका सर्जकहरूले आफ्ना रचना पठन गर्ने भएको छ। कार्यक्रमको निम्ति अघिबाट नै कालेबुङमा विभिन्न क्षेत्रका सर्जकहरू आइपुगेका छन्। मुख्यगरी अंग्रेजी, हिन्दी, बङ्गाली, मैथली, कोंकणी तथा अन्य भाषाका सर्जकहरूले हिन्दीमा आफ्नो रचना पठन गर्ने आयोजकपक्षले जनाएको छ। कालेबुङमा पहिलोपल्ट बहुभाषिक अनि राष्ट्रियस्तरको कार्यक्रम भएको आयोजकपक्षबाट हीरा छेत्रीले बताएका छन्।
गाउँबुढा भइन् सानुमति
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर। तिनी चुपचाप थिइन्। यसरी चुपचाप बसेकी धेरै भइसकेको छ। 82 वर्ष प्रौड नारी तर सिर्जनात्मकतामा अझ युवा। तिनलाई कालेबुङले माया गरिरहेको थियो। त्यो मायाले तिनी हर्षित थिइन्। यस्ता हर्ष र दुःखहरूलाई तिनले अहिले मौन बसेर नै स्वीकार गरिरहेकी छन्। विशेष कारणले तिनी सार्वजनिक कार्यक्रमहरूमा बोल्न सक्दिनन्। आज पनि नबोली नै तिनले बसिबिँयालोद्वारा प्रदान गरेको गाउँ बुढाको उपाधीसित नै लौरो थापिन्।
उद्घोषक हीरा छेत्रीले भने, अबदेखि सानुमति गुरूमा कालेबुङे साहित्य समाजको गाउँ मुखिया भइन्। बसिबियॉंलो मात्र होइन अरू साहित्य कर्मीहरुले कुनै काम बिराए यही लौरोले खै गर्नेछिन्। कालेबुङको रामकृष्ण रङ्गमञ्चमा उन्मुक्त साहित्यिक मञ्च बसिबियॉंलोले आजदेखि दुइदिने शतकीय प्रकरणलाई राष्ट्रिय कार्यक्रमकोरुपमा शुरू गरिरहेको छ। यसैको पहिलो दिन क्षेत्रीय साहित्यकारहरूको उपस्थितिमा बसिबियॉंलोले कालेबुङकी बयोवृद्ध स्रष्टा सानुमति राईलाई गाउँ बुढाको उपाधीले सम्मान गर्यो। भारतीमा कथा छापेर साहित्य संसारमा 1940 देखि पाइला हालेकी सानुमति राई अहिले भारतीय नेपाली साहित्य संसारमा नै धरोहरकोरूपमा रहेकी छन्। तिनका समकालीन सर्जकहरू धेरैले नै संसार छोडिसकेका छन्।
कालेबुङका वरिष्ट साहित्यकार स्व.भाइचन्द प्रधानकी श्रीमति सानुमति राईले अहिलेसम्म नै नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बसिबिँयालोले तिनलाई गाउँबुढाको उपाधी दिएको हो। आलोचकहरूले सानुमति राईलाई स्वच्छन्दवादी अनि छायावादी सर्जक भनेर वर्गिकृत गरेपनि अहिलेको समयमा चलिरहेको लेखन धारासित नजिक बसेकी सानुमति राई कालेबुङका युवा सर्जकहरूको निम्ति आमाको औंली समान रहेकी छन्। उद्गार अनि मनपीडा कविता संग्रह प्रकाशित गरिसकेका राईलाई विभिन्न संघसंस्थाहरूले पुरस्कारहरूले सम्मान गरिरहेको छ। केहीवर्ष यता तिनी बोल्न सक्दैनन्। सर्जकहरूबीच लेखेर कसैलाई मनको कुरा पठन गराउने सानुमति राईले आज पनि सञ्जय विष्टद्वारा आभार चढाइरहेकी थिइन्।
तिनले भनिन्, मलाई माया गर्ने सबैलाई मेरो माया। जुन सम्मान भयो, त्यले मलाई सिर्जनात्क कर्मको निम्ति उचालेको छ। मलाई अभिभावक मानेकोमा बसिबिँयालोलाई पनि धन्यवाद। मुख्य अतिथि रुद्र पौड्यालले तिनलाई दोसल्ला ओढाएका थिए भने तिनलाई बसिबिँयालोका संयोजक शमशेर अलीले प्रशस्तिपत्र प्रदान गरेका थिए। वरिष्ट नाटककार सी.के.श्रेष्ठले तिनलाई गाउँबुढाको सहारास्वरुप लौरो प्रदान गरे। निबन्धकार सीताराम काफ्लेले तिनले बारेमा भनिरहेका थिए, सानुमति राई कालेबुङकी मात्र होइन भारतीय नेपाली साहित्यको नै ओत हुन्। तिनी नेपाली भारतीय साहित्यको आमा हुन्। गाउँबुढाले गाउँको सुरक्षा र संरक्षण गरेझैं तिनले साहित्यको सुरक्षा र संरक्षण गरिरहेकी छन्। सबै सम्मानको उत्तरमा सानुमति राई भने मुस्काइरहेकी थिइन्।
सर्जकहरू पीडामा
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर। कालेबुङ, 5 नोभेम्बर। उन्मुक्त विचारहरूको बौद्धिक उठान। बसिबिँयालोको मूल मन्त्र रहेको थियो। वर्तमान राजनैतिक परिस्थितले सर्जकहरूमा जुन मौनता छाएको छ,त्यसलाई तोड्न पनि बसिबिँयालोको लक्ष्य रहेको संकेत बसिबिँयालोको आचार संहिता अनि कार्यक्रम भवनको भित्तैभरि टॉंसिएका विचारहरूले स्पष्ट पारिरहेको थियो। बसिबिँयालोले भारतीय नेपाली समाजले अब उच्च विचारहरूको निर्माण गर्नुपर्ने आह्वान गरिरहेको थियो भने अनेकौंवर्ग र क्षेत्रबाट हुने शोषण र थिचोमिचोको बिरुद्धमा अब सर्जकहरूले मौनता तोड्नपर्छ भन्ने संकेत पनि दिइरहेको थियो। बसिँबियॉंलोका संस्थापक सदस्य सी.के.श्रेष्ठले भनिरहेका थिए, बसिबिँयालोको अर्थ बोल्नु पाउनुपर्छ भन्ने हो। अब सर्जकहरू बोल्न त पर्छ नै तर बौद्धिकरुपमा।
तिनले बसिबिँयालोलाई उन्मुक्त विचारको बौद्धिक उठानकोरुपमा व्याख्या गरिरहेका थिए। तिनले भनेजस्तै उन्मुक्तताको आवाज सम्प्रेषण गर्न बोलाइएको थियो भारतीय नेपाली कविताको क्षेत्रमा माइलखुट्टी बनिसकेका दुइसर्जक मोहन ठकुरी अनि राजेन्द्र भण्डारीलाई। दुवै सर्जकले उन्मुक्तरुपले बोल्न त बोले तर उनीहरूको कविताले अहिलेसम्मको क्षेत्रीय परिस्थितिले जन्माएको पीडालाई नै उचालेका थिए।
फेरि दार्जीलिङ शीर्षकको कविता बोकेर मञ्च चढेका कवि मोहन ठकुरी भनिरहेका थिए, बिसञ्चो भएको धेरै भयो। कुशलता सोध्ने आफन्तहरू पनि छैनन्। अदृस्य चोटहरू दुखेको छु म,अपमानका अगणित निलडामहरू सहेको छु। अनेकपल्ट मर्दै बॉंचेको छु म। तिनको कवितामा भारतीय नेपालीहरूले उठाएको साझा मुद्दाको गन्ध आइरहेको थियो। परिस्थिति जे जस्तै भए पनि तिनले कामना गर्न छोडेनन्। भने, मेरा प्रियहरूको बाहुबलले रक्षित हुनसकूँ म/पाखा पखेरा चॉंप गुरॉंसले हास्न सकू म। यता राजेन्द्र भण्डारी पनि कालेबुङ-2011 बोकेर मञ्च चढे अनि भने, रातपरेपछि कालेबुङलाई 27 जुलाई कोक्याइरहन्छ। तिनले कालेबुङको नाम गरेर सम्पूर्ण धारतीय गोर्खाहरूको दुर्भाग्यलाई पनि कवितामा भने, 15 अगस्तमा मेलाटारमा स्वतन्त्रताको नाच हेर्दाहेर्दै/ दिदीको औंला समातेको भाइ हराइपठाउँछ। उन्मुक्तिको निम्ति जनताले पुर्याएको योगदान जहिल्यै पनि खेरो जाने कुरा पनि तिनी गरिरहेका थिए, धेरै युधिष्ठिरहरूका निम्ति स्वर्गको सिँढी बनिदिएर/ आफू सधैँ अँध्यारोमा बस्छ कालेबुङ। कहिल्यै देशसम्म नपुग्ने उन्मुक्तिको यात्रामाथि विस्मात प्रकट गर्दै तिनी भनिरहेका थिए, यो कस्तो बाटो हो/जो डम्बरचोकमा टुङ्गिन्छ।
कमसेकम सर्जकहरूले बसिबिँयालोमा यसरी उन्मुक्तरुपले बोलिरहेका थिए। उनीहरू पछि धेरै ठाउँबाट आएका कविहरूले पनि यसरी नै कार्यक्रमभरि कुण्ठा पोखिरहेका थिए।
SMU convocation held
Prabin Khaling, KalimNews, GANGTOK, NOVEMBER 5: 782 students under Sikkim Manipal University were awarded the degrees during the 11th Convocation of the University held at Gangtok today.
The certificates were handed away by the chief guest of the function TK Nair, advisor to the Prime Minister and the Governor of Sikkim Balmiki Prasad Singh. Delivering the convocation address Mr. Nair congratulated the University for earning a high distinction and reputation among the higher educational institutions of the nation.
He said that the SMU has many unique and distinct achievements to its credit. “Sikkim Manipal University should also carry the research and development works apart from its regular academics activities” he stressed.
He also congratulated the graduates and advised them to implement their disciplines which they had enrolled from the University in the real world. He also advised the graduates to always recognize the support provided by their parents and family members who reposed the confidence in them; as also the society at large, which contributed to the development of their institution.
The Governor in his address said that SMU has been a harbinger of medical and engineering education in Sikkim since its inception. Explaining the mantra of a successful life he said “Successful people always feel that they are always a student in the classroom of life”.
He also recalled the life and struggle of the father of nation mahatma Gandhi. Earlier briefing about the University’s background, Dr Ramdas Pai, the pro-chancellor said that SMU is a successful model of Public Private Partnership (PPP) in the field of higher education and the Sikkim Government took a farsighted initiative in 1992 with the signing of an MOU with the Manipal Group followed by the enactment by the Sikkim Legislature of an Act creating the University in 1995.
He stated that this special day represents a new and exciting chapter in the lives of those who receive their degrees and will be stepping out of the collegial and intellectual environment into the real world full of contradictions, astounding possibilities and tough challenges.
Earlier the Governor also released the annual magazine of the University followed by the presentation of the annual report by Brigadier SN Mishra, the Vice-Chancellor of SMU.
Following are the gold medalists in different disciplines
Name Course
Sumit Gosh Computer Sc Eng
Yeshvi Sahay Electronics and Communications
Nisha Rampuria MCA
Ekta Mitruka BCA
Bibek Goyal MBA
Satyan Thapa BBA
Oliva Neogi MSC
Smith Nath Bachelor in Medicine and Surgery
Bini KB Bsc ( Nursuing).
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर : ट्राफिक नियमको अवमान्य गर्दा आज कालेबुंग शहरको मुटु मानिने डम्बर चौकमा नै एकजना व्यक्तिले आफ्नो ज्यान गुमाउँन परयो | घटना बिहान लगभग ९ बजे भएको हो | यहाँ डम्बर चौकमा WB 71A-0667 नम्बर भएको ट्रकको धकका लाग्दा पाब्रिंगटार निवासी विकाश योगी (४०) ले घटना स्थल मै प्राण त्यागे |
जानकारी अनुसार विकाश योगी आफ्नो ब्यांकको कतिपय काम लिएर परिवार सितै कालेबुंग आएका थिए | उनका परिवारका मानिसहरु दार्जीलिंग मरौमा जान कालेबुंग आएका थिए भने मृतक योगी भने ब्यांकको काम सकेर घर फर्किने योजनामा थिए |
तर आफ्नो ब्यांकको काम गर्न अघि नै दुर्घटनामा परेर तिनले ज्यान गुमाउँन परयो | कालेबुंग शहर आइपुगेका योगी यहाँको बस स्ट्याण्ड तर्फ गैरहेका थिए | सोही समय विपरित दिशाबाट आइरहेको ट्रकको चपेटमा परेर उनले घटना स्थल मै प्राण त्यागे | दुर्घटना पछि ट्रकका चालक अन्जीत मंगरलाई पुलिसले पक्राउ गरेको छ भने ट्रक पनि आफ्नो कब्जामा लिएको छ |
शहरको मुटु मानिने डम्बर चौक परिसरमा नै दुर्घटना भएर ज्यान गुमाएपछि शहरको ट्राफिक व्यवस्थामा गतिलो प्रश्न उठेको छ | एकातिर ट्राफिक कर्मी ड्युटीमा तैनाथ हुन्छन् भने अर्को तर्फ तैनाथ पुलिस कर्मीको अघि नै यस्तो घटना भएर निर्दोष मानिसले ज्यान गुमाउनु पर्दा दोष कसको भन्ने प्रश्न उठेको छ | यस दिशातर्फ ट्राफिकको नियम अमान्य गर्दा नै यस्तो दुर्घटना भएको हो अनि यसमा ट्राफिक पुलिसको पनि उत्तिकै गल्ति देखा परेको छ | एकातिर केही दिन अघि मात्र विभिन्न संघ संस्था र प्रशासनका अधिकारीवर्ग मिलेर कालेबुंगको ट्राफिक व्यवस्था सुव्यवस्थित पर्न नयाँ नियम समेत बनाएको छ भने उक्त नयाँ नियम गत १ नोबेम्बर देखि कार्यन्वयण समेत गरिएको छ | तर आज भएको दुर्घटनाले उक्त ट्राफिक नियम सरासर उल्लङ्घन भएको छ |
कालेबुंग महकुमा अधिकारी द्वारा गत २३ सितम्बरको दिन जारी पत्र MO no. 270 (6) अनि मोटर भेकल विभाग दार्जीलिंग द्वारा जारी पत्र संख्या ३१७ लगायत जिल्ला शासक द्वारा जारी पत्र संख्या २२ मा कालेबुंग शहरमा ट्रकहरुको चलाचल बिहान ६ बजे देखि ९ बजे सम्म अनि बेलुका २ बजे देखि ४ बजे सम्म पूर्ण रुपले बन्द गर्नु पर्ने नियम रहेको छ | यस अतिरिक्त मेन लाइनमा जाने ट्रकहरुलाई भने बिहान ९ बजे सम्म शहर छोड्नु पर्ने नियम रहेको छ | तर आज बिहान भएको दुर्घटना भने ९.१५ बजे भएको हो जुन समयमा ट्राफिक नियम अनुरुप ट्रकको चलाचल प्रतिबन्ध लगाएको छ | यसरी प्रतिबन्ध समयमा कसरी ट्रकलाई शहरमा कुद्न दिईयो भन्ने अहिले उतर विहिन प्रश्न अल्झेको छ |
मनोज बोगटी, कालिमन्युज,कालेबुङ, 5 नोभेम्बर। कालेबुङ नगरमा नयॉं ट्राफिक नियम भएको महिना दिन नबित्दै आज एउटा ट्रकले एक व्यक्तिको ज्यान लियो। घटना अनुसार डम्बरचोकमा डब्ल्युबी 71 ए 0667 नम्बर भएको ट्रकको धक्कालाग्दा पाब्रिङटार निवासी विकास योगी (40) को घटनास्थलमा नै मृत्यु भयो। थाहा लागे अनुसार ब्याङ्कको काम लिएर परिवारसित नै कालेबुङ आएका मृतक विकासको व्याङ्कको काम सकेर दार्जीलिङमा आफन्तको घरमा परेको मरौमा जाने कार्यक्रम थियो। बिहान 9 बजीतिर व्याङ्कको काम गर्न अघि नै तिनले दुर्घटना परेर ज्यान गुमाउन पर्यो। तिनी बस्ट्याण्ड गइरहेका थिए। डम्बरचोक र स्ट्याण्डबीचको चेपारो बाटोमा विपरित दिशाबाट आइरहेको ट्रकले तिनलाई भित्तामा नै चेप्टायो। वाहन सहित चालकलाई पक्राउ गरिएको छ। मृतक विकासको शव पोष्टमर्टमपछि परिवारलाई सुम्पिइएको छ। घटनापछि डम्बरचोकमा त्रसित वातारण छाएको थियो। घटना हुनुमा ट्राफिक नियमलाई चालकले गरेको उलङ्घनलाई दायी हुनसक्ने सबैले अनुमान गरेका छन्। किन भने कालेबुङमा अक्टोबरदेखि नगरमा नयॉं नियम लागू गरिएको थियो। नियम अनुसार बिहान 9 बजी भित्रमा मेनलाइनमा जाने ट्रकहरू नगरबाहिर भइसक्नुपर्ने थियो। विद्यालयको समय रहेकोले दुर्घटनाको सम्भावनालाई नै हेरेर यो नियम बनाइएको भए पनि नियम अवमाननाको कारण नै यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
गोरानिमो प्रमुख दावा पाख्रिनले तोडे मौनता
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर : गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो) अध्यक्ष एव पुर्व पार्षद दावा पाख़्रिनले धेरै दिनपछि आफ्नो मौनता तोडे। तिनी आज आफ्नो द्लबल सहित यहाँको ड्म्बर चौक आइपुगेका थिए। यस अवसरमा तिनका समर्थकहरुले शहरमा पोस्टरिंग पनि गरे। आज ड्म्बर चौकमा आइपुगेका पाख्रिनले पत्रकारहरुसंग कुराकानि पनि गरे। तिनले पत्रकारहरु संग कुराकानि गर्दै तेलेंगना राज्य केहि पछि गठन हुने दाबी गर्दै तेलेंगना राज्य गठन हुँदा गोर्खाल्याण्ड् राज्य पनि छुट्न नहुने बताए । हालै प्रधान मन्त्री मनमोहन सिहले तेलेंगना राज्य गठन हुनमा केहि बिलम्ब हुने बताएको भन्दै यता गोर्खाल्याण्डको कुराभने नगरेको पनि तिनले बताए। एकातिर छुट्टै राज्य तेलेंगना हुन्छ् भने गोर्खाल्याण्ड पनि संगै हुनपर्ने कुरामा तिनले जोड दिए।
यदि तेलंगना गठन गरेर यता छुट्टाए भने गोरानिमोले आन्दोलन तिब्र गर्ने पनि पाख्रिनले बताए। तिनले पत्रकाहरुसंग कुराकानि गर्दै अब गोरानिमोले चारैतिर कार्यक्रम शुरु गर्ने पनि जनाए। तिनले हाल गोजमुमो र आदिबासी बिकाश परिषदको मिलन सम्बन्धमा टिप्पणी गर्दै यस्तो मिलन पहिलेनै हुन आवश्यक थियो भने। अहिले आबिप र मोर्चाको मिलन राजनैतिक मिलन रहेको बताउँदै यो राजनैतिक फाइदाको निम्ति मात्र हो भने।

तिनले यदि छुट्टै राज्य निर्माण हुनछ भने त्यो तराइ र डुवर्स बिना स्वीकार नगरिने पनि स्पष्ट पारे। तराइ र डुवर्स दार्जीलिंगको ऎतिहासिक भु भाग रहेको जनाउँदै भारत सरकारले ऎतिहासिक तथ्यलाइ लिनु पर्ने माग गरे। भारत भरि छरिएर बसेको गोर्खाहरुको राष्ट्रिय चिन्हारी केवल छुट्टै राज्यले मात्र बोक्न सक्ने दाबी गर्दै मोर्चाले मागेको जीटीएले बोक्न नसक्ने पनि बताए।
तिनले जीटीए र जी एण्ड एटीएमा कुनै प्रतिक्रिया व्यक्त गर्न नचाहँदै आफुले टिप्पणी गर्दा मोर्चाको राजनैतिक कार्यक्रमको ख़िल्ली उडाएको जस्तो हुने भएको कारण कसैको पनि राजनैतिक कार्यक्रमको खिल्ली नगर्ने पनि तिनले बताए। अर्कोतिर पाख्रिनले दिसम्ब्ररमा हुने नगरपालीका चुनावको कुनै अर्थ नरहेको भन्दै बंगालको कानुनमा हुने कुनै पनि चुनावहरुमा आफुलाइ कुनै सरोकार नरहेको जनाए। तिनले यदि जीटीए वा कुनैपनि ब्यवस्था भित्र यहाँकै कानुनमा चुनाव भएको मात्र आफ्नु दलले पनि चासो राख्ने थियो भन्दै अहिले हुने चुनावमा दलको कुनै सहभागी नरहने संकेत दिए।

मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर। अहिले दार्जीलिङ पहाडको राजनीतिले दिनोदिन नयॉं रूप लिँदै गइरहेको छ। जीटीए होइन जीएण्डएटीएको निम्ति गोर्खा जनमुक्ति मोर्चा अनि आविपको सम्झौतापछि नयॉं राजनैतिक चलखेलहरू शुरू भएको छ भने नगरपालिका चुनाउको गर्मी पनि निक्कै बढेर गइरहेको छ। दार्जीलिङ पहाडमा वर्तमान परिवर्तनशील राजनैतिक चलखेलहरू भइरहेको समय आज अचानक गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले तेलेङ्गनासँगै छुट्टै राज्य गोर्खाल्याण पनि हुनेपर्ने मागमा नगरमा व्यापक पोष्टरिङ अनि फेस्टुनहरू टॉंसेको छ। स्मरण गराइन्छ, दार्जीलिङ पहाडमा गोरामुमोको एकछत्र शासन हुँदा 7 अक्टोबर 2007 मा गोर्खा जनमुक्ति मोर्चा गोरामुमो सम्मुखिन चुनौतिको रूपमा उभिएपछि सुवास घिसिङसहित गारोमुमोका थुप्रै नेता अनि पार्षदहरू निर्वासित बनेका थिए। ती निर्वासित बनेका पार्षदहरूमध्ये एक दावा पाख्रिन हुन्।
निर्वासित बनेपछि गोरामुमोलाई त्यागेर नयॉं पार्टी गोर्खा राष्टिय निर्माण मोर्चा गठन गरेर नयॉं झण्डा लिएर पहाड फर्केका दावा पाख्रिनले विस्तारै नयॉं व्यानरमा राजनैतिक क्रियाकलापहरू गर्न शुरू गरेका छन्। आज तिनले तेलेङ्गनासँगै छुट्टै राज्य गोर्खाल्याण्ड पनि हुनपर्ने मागमा नगरमा पोष्टरिङ गरेपछि पत्रकारहरूलाई भने, देशका प्रधानमन्त्री स्वयंले तेलेङ्गना राज्य गठन हुँदैन भनेका छैनन्।
तेलेङ्गना राज्य हुन्छै हुन्छ। आन्द्राबाट छुट्टिएर तेलेङ्गना राज्य हुनसक्छ भने बङ्गालबाट छुट्टिएर गोर्खाल्याण्ड किन हुन सक्तैन। तिनले त्यसै पनि इतिहासकै आधारमा पनि दार्जीलिङ पहाड बङ्गालको भूभागै नरहेको बताए। तिनले गोरानिमोले छुट्टै राज्यको निम्ति नै आन्दोलन गर्ने बताउँदै गोर्खाल्याण्डको निम्ति कलकत्ता अनि दिल्लीमा पनि घरणा प्रदर्शन गर्ने बताए। जीटीएको सम्झौतापछि अहिले दार्जीलिङ पहाडमा हुनलागेको नगरपालिका चुनाउ सम्बन्धी भने, बङ्गाल अधिनस्त हुने नरपालिका चुनावलाई हामी प्राथमिकता दिँदैनौं। बरू जीटीए अन्तरगतकै चुनाउ भएको भए पनि विचार गर्न सकिन्थ्यो। तिनले बङ्गालबाट नै छुट्टिन चाहिरहेको समय बङ्गालकै ऐनभित्रको चुनाउ भने नलड्ने बताए। तिनले मोर्चा अनि आविपको सम्झौता जीटीए हुन अघि नै भएको भए उचित हुनेथियो भन्ने विचार व्यक्त गरे।
गोर्खा आदिवासीहरू बीच नङ- मासुको सम्बन्ध रहेको भएपनि गोर्खाहरूलाई भने चिन्हारीको आवश्यकता रहेको बताए। आदिवासीको आवश्यकता भनेको विकास रहेको, उनीहरूको आफ्नै राज्य रहेको उनीहरूलाई चिन्हारीको आवश्यकता नरहेको बताए। यद्यपि तिनले यो मोर्चाको राजनैतिक कार्यक्रम अन्तर्गत केवल दुइ दलहरूबीच सहमति मात्र रहेको अनि आविपभित्रै अन्तरकलह रहेको बताउँदै यदि यसमाथि सरकारले कुनै गम्भिरतापूर्वक लिएर वार्ताहरू राखेको भए मात्र गोरानिमोले केही बोल्न उचित हुने बताए। गार्खा बाहुलक्षेत्र मात्र होइन तराइ डुवर्सको गोखा बसेको जम्मै क्षेत्रहरू नै गोर्खाल्याण्डको निम्ति अन्तरभुक्ति हुनुपर्ने बताए।
निर्वासित बनेपछि गोरामुमोलाई त्यागेर नयॉं पार्टी गोर्खा राष्टिय निर्माण मोर्चा गठन गरेर नयॉं झण्डा लिएर पहाड फर्केका दावा पाख्रिनले विस्तारै नयॉं व्यानरमा राजनैतिक क्रियाकलापहरू गर्न शुरू गरेका छन्। आज तिनले तेलेङ्गनासँगै छुट्टै राज्य गोर्खाल्याण्ड पनि हुनपर्ने मागमा नगरमा पोष्टरिङ गरेपछि पत्रकारहरूलाई भने, देशका प्रधानमन्त्री स्वयंले तेलेङ्गना राज्य गठन हुँदैन भनेका छैनन्। तेलेङ्गना राज्य हुन्छै हुन्छ। आन्द्राबाट छुट्टिएर तेलेङ्गना राज्य हुनसक्छ भने बङ्गालबाट छुट्टिएर गोर्खाल्याण्ड किन हुन सक्तैन।
तिनले त्यसै पनि इतिहासकै आधारमा पनि दार्जीलिङ पहाड बङ्गालको भूभागै नरहेको बताए। तिनले गोरानिमोले छुट्टै राज्यको निम्ति नै आन्दोलन गर्ने बताउँदै गोर्खाल्याण्डको निम्ति कलकत्ता अनि दिल्लीमा पनि घरणा प्रदर्शन गर्ने बताए। जीटीएको सम्झौतापछि अहिले दार्जीलिङ पहाडमा हुनलागेको नगरपालिका चुनाउ सम्बन्धी भने, बङ्गाल अधिनस्त हुने नरपालिका चुनावलाई हामी प्राथमिकता दिँदैनौं। बरू जीटीए अन्तरगतकै चुनाउ भएको भए पनि विचार गर्न सकिन्थ्यो। तिनले बङ्गालबाट नै छुट्टिन चाहिरहेको समय बङ्गालकै ऐनभित्रको चुनाउ भने नलड्ने बताए। तिनले मोर्चा अनि आविपको सम्झौता जीटीए हुन अघि नै भएको भए उचित हुनेथियो भन्ने विचार व्यक्त गरे। गोर्खा आदिवासीहरू बीच नङ- मासुको सम्बन्ध रहेको भएपनि गोर्खाहरूलाई भने चिन्हारीको आवश्यकता रहेको बताए।
आदिवासीको आवश्यकता भनेको विकास रहेको, उनीहरूको आफ्नै राज्य रहेको उनीहरूलाई चिन्हारीको आवश्यकता नरहेको बताए। यद्यपि तिनले यो मोर्चाको राजनैतिक कार्यक्रम अन्तर्गत केवल दुइ दलहरूबीच सहमति मात्र रहेको अनि आविपभित्रै अन्तरकलह रहेको बताउँदै यदि यसमाथि सरकारले कुनै गम्भिरतापूर्वक लिएर वार्ताहरू राखेको भए मात्र गोरानिमोले केही बोल्न उचित हुने बताए। गार्खा बाहुलक्षेत्र मात्र होइन तराइ डुवर्सको गोखा बसेको जम्मै क्षेत्रहरू नै गोर्खाल्याण्डको निम्ति अन्तरभुक्ति हुनुपर्ने बताए।
चुनाउ आचार संहिताबारे राजनैतिक दलहरूलाई लिएर बैठक मोर्चा, क्रामाकपा अनि कंग्रेसको मात्र सहभागिता
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर। 11 दिसम्बरमा हुने नगरपालिका चुनाउलाई लिएर पहाडको राजनैतिक गर्मी चरममा पुगिसकेकोछ। नामाङ्कनपत्र भर्न ठीक दुइदिन अघि आज महकुमा प्रशासनले आज राजनैतिक दलहरूलाई लिएर बैठक गर्यो। राजनैतिक दलहरूमा गोर्खा जनमुक्ति मोर्चा, क्रामाकपा अनि कंग्रेसले मात्र बैठकमा सहभागिता दिएको थियो। महकुमा अधिकारी एलएन शेर्पाले डाकेको बैठकमा कालेबुङ थाना प्रभारी प्रसाद प्रधान अनि एसएसपी सोङ्मित लेप्चा पनि उपस्थित थिए। बैठकबारे बताउँदै महकुमा अधिकारी एलएन शेर्पाले नगरपालिकाको आचार संहिताबारे राजनैतिक दलहरूलाई अवगत गराइएको बताएका छन्।
तिनले बताए अनुसार 8 नोभेम्बरदेखि नगरपालिका क्षेत्रमा कोड अफ कन्डक्ट लागू हुनेछ। 8 देखि 15 नोभेम्बरसम्म नामाङ्कनपत्र भरिने भए पनि 10 अनि 13 तारिुकको दिन सरकारी विदा रहेकोले उम्मेद्वारहरूले 6 दिनभित्रमा 11 बजीदेखि 3 बजीसम्ममा नामाङ्कन पत्र भरिसक्नु पर्नेछ। यसरी नै 16 नोभेम्बरको दिन नामाङ्कनपत्रको पुनर्जॉंच हुनेछ भने 18 तारिकको दिन फिर्ता गर्ने मियाद राखिएको छ। नगरपालिका चुनाउमा सुरक्षा कठोर गर्न 10 नोभेम्बरको दिन पुलिस प्रशासनसित बैठक गर्ने अनि कालेबुङको 23 वटा वार्डहरुको निम्ति 39 वटा बुथहरू रहने शेर्पाले जनाएका छन्। तिनले चुनावी आचार संहिता विधानसभाको झैं हुने भएको माइकिङ गर्नको निम्ति महकुमा कार्यालयको अनुमति अनिवार्य रहने अनि अन्य सभाहरूको निम्ति पुलिस प्रशासनको अनुमति अनिवार्य रहने पनि तिनले जनाएका छन्।

कालेबुङमा ब्रिगेड अफ गोर्खाज गोल्ड्कप्
कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर। राष्ट्रीयस्तरमा नै प्रशिद्ध रहेको अल इण्डिया बिग्रेड अफ गोर्खाज गोल्डकपको खेल पहिलोचोटी कालेबुङमा सम्पन्न भयो। टुर्नामोन्ट भरिमा कालेबुङमा दुइदिन खेलाइने भएको खेलको पहिलो चरणमा आज यो फुटबल कालेबुङको मेलाटारमा भएको थियो।बीएनआर कोलकाता अनि क्लियरिङ भूटानमाझ भीडन्त भएको खेलमा 3-0 ले बीएनआर कोलकाता बिजयी बन्यो। खेलको पूर्वाद्धमा बीएनआर कोलकाताका जर्सी नम्बर 14 अजय शाहले एक गोल गरेपछि खेलले रोचकता पाएको थियो। सोही गोलबाट अघि रहेको बीएनआर कोलकाताका खेलाडीहरू जर्सी नम्बर 10 अनि 24 ले खेलको उत्तराद्धमा अझ एकएक गोल थपेपछि बीएनआर कोलकाताले बिजयलाई निश्चित बनाएको थियो।
सोही गोलहरू नै अन्तिमसम्म बिजयको निम्ति निर्णायक गोलहरू बनेको थियो। बीएनआरका खेलाडीहरूको खेल कौशल अघि भूटानका खेलाडीहरूको कुनै पनि उपाय टिक्न सकेन। फलस्वरुप भूटानले बीएनआरका गोलहरूको विरुद्ध कुनै पनि जवाबी गोल गर्न सकेन। शुक्रबारदेखि दार्जीलिङ गोर्खाहिल स्पोट्र्स एसोसिएसनको आयोजनामा खेलाइएको गोल्डकप कालेबुङमा पहिलोपल्ट भएको हो। कालेबुङमा नै भोलि हुने अन्तिम खेल टेक्नो आर्यन कोलकता बनाम दार्जीलिङ-11 माझ हुनेछ। कालेबुङ स्पोट्र्स एसोसिएसनको सहयोगमा खेल शुरु हुन अगि कुमुदिनी विद्याश्रमका विद्यार्थीहरूले व्याण्ड प्रस्तुत गरेका थिए। खेलमा कालेबुङका विधायक डा.हर्कबहादुर छेत्री, कालेबुङ महकुमा अधिकारी एलएन शेर्पा, मोर्चा सहसचिव विनय तामङ अनि सिक्किमका टी लाचुङ्पाको पनि उपस्थिति थियो।
बसिबियॉंलोको शतकीय प्रकरणमा आजदेखि उन्मुक्त विचारको उठान
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर। रामकृष्ण रङ्गमञ्चमा बसिबिँयालोको 100 प्रकरण आजदेखि शुर भयो। कार्यक्रममा सिक्किमका साहित्यकार, भाषाविद् रुद्र पौड्याल मुख्य अतिथि रहेका थिए भने सानुमति राई नयॉं दिल्लीका सामाजिक कार्यकर्ता डीके प्रधान विशिष्ट अतिथि रहेका थिए। बसिबिँयालोका प्रवर्तक सीके श्रेष्टले नेतृत्व गरेको टोलीले आचार संहिता पठन गरेपछि शुरू भएको कार्यक्रममा शमशेर अलीले स्वागत सम्बोधन राखेका थिए।
यसैबीच कालेबुङ टेलिभिजनद्वारा तयार पारिएको बसिबिँयालोको कास्टिङ अनि वृतचित्रको पनि प्रदर्शन गरियो। गान्धी आश्रमका कलाकारहरूले पुरानो नेपाली गीतका धुनहरू बजाएर मनोरञ्जन प्रदान गरे। हाम्रो भविष्य बास संस्थानका कलाकारहरूले नृत्य प्रस्तुत गरे भने भद्रेको टोलीले नौलो प्रयोग गर्नै सामुहिक आवृति प्रस्तुत गरेका थिए। अन्तरआत्मको आवाज शीर्षकमा रहेको कवितालाई नाटकीयरुपले प्रस्तुत गर्दै नाटिकाद्वारा मानिसहरुमा खोक्रो मानसिकता विकसित भएकोले उन्मुक्तिको लडाई जित्न नसकिएको भए पनि अझ पनि दार्जीलिङका जनतालाई आफ्नो अन्तरआत्मको आवाज सुन्ने समय रहेको बताईएको थियो। कसैले शंखघोष गर्दैमा युद्ध सकिँदैन, युद्ध अझ बॉंकी नै छ, कसैले पाइला उठाउँदैमा यात्रा टुङ्गिदैन, यात्रा अझ बॉंकी नै छ-सीके श्रेष्टले भनिरहेका थिए। यसबीच दार्जीलिङका खुला साहित्यिक मञ्चका डा.रुद्रराज मास्के लगायत मोहन प्रधान निरजद्वारा अगुवाई गरिएको सिक्किम बसिबिँयालो मञ्चका साहित्यकारहरूले पनि रचना पठन गरे भने कालूसिंह रनपहेंली, राजा पुनियानी लगायत दार्जीलिङ, सिक्किम,कालेबुङ, खरसाङका साहित्यकारहरूले पनि रचना पठन गरे।
>यसैबीच शिव छेत्री अनि बीके शिलालद्वारा सम्पादित बाल पत्रिका बालावाज, भवजित तामङकृत कविता संग्रह भावामृत, हीरा छेत्रीकृत व्यङ्ग्य संग्रह कुपदेशमाला, टीएन सुवेदीकृत बाल कविता संग्रह बसन्त फेरि मुस्कुरायो अनि बसिबिँयालोको सय प्रकरणको अवसरमा प्रकाशित स्मारिकाको बिमोचन सामुहिकरुपले मुख्यअतिथि रुद्र पौड्याल, कवि राजेन्द्र भण्डारी, मोहन ठकुरी, भवानी शर्मा अनि समिरण छेत्री प्रियदर्शीको बाहुलीबाट गरियो। यसै कार्यक्रमबीच भानु र पाला नाटकको पार्ट-3 को झलकहरूपनि प्रस्तुत गरिएको थियो। मुख्य अतिथि रुद्र पौड्यालले कार्यक्रमलाई सम्बोधन गर्दै भाषा आन्दोलनको बेला शुरू भएको बसिबिँयालोले सयप्रकरणको फड्को मार्नुलाई ठूलो उपलब्धी रहेको जनाए। तिनले भने, यो मञ्च जनसाधरणको आवाज बोक्ने माध्यम बनेको छ। यो कायम रहनुपर्छ। किन राजनैतिक मञ्चमात्र चर्चित बन्ने, अब साहित्यक मञ्चलाई पनि दह्रो बनाइनुपर्छ। आज क्षेत्रीय साहित्यकारहरूको निम्ति मात्र कार्यक्रम गरिएको थियो।
दुइ दिन हुने कार्यक्रममा भोलि देशका विभिन्न क्षेत्रबाट आएका सर्जकहरूले आफ्ना रचना पठन गर्ने भएको छ। कार्यक्रमको निम्ति अघिबाट नै कालेबुङमा विभिन्न क्षेत्रका सर्जकहरू आइपुगेका छन्। मुख्यगरी अंग्रेजी, हिन्दी, बङ्गाली, मैथली, कोंकणी तथा अन्य भाषाका सर्जकहरूले हिन्दीमा आफ्नो रचना पठन गर्ने आयोजकपक्षले जनाएको छ। कालेबुङमा पहिलोपल्ट बहुभाषिक अनि राष्ट्रियस्तरको कार्यक्रम भएको आयोजकपक्षबाट हीरा छेत्रीले बताएका छन्।
गाउँबुढा भइन् सानुमति
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर। तिनी चुपचाप थिइन्। यसरी चुपचाप बसेकी धेरै भइसकेको छ। 82 वर्ष प्रौड नारी तर सिर्जनात्मकतामा अझ युवा। तिनलाई कालेबुङले माया गरिरहेको थियो। त्यो मायाले तिनी हर्षित थिइन्। यस्ता हर्ष र दुःखहरूलाई तिनले अहिले मौन बसेर नै स्वीकार गरिरहेकी छन्। विशेष कारणले तिनी सार्वजनिक कार्यक्रमहरूमा बोल्न सक्दिनन्। आज पनि नबोली नै तिनले बसिबिँयालोद्वारा प्रदान गरेको गाउँ बुढाको उपाधीसित नै लौरो थापिन्।
उद्घोषक हीरा छेत्रीले भने, अबदेखि सानुमति गुरूमा कालेबुङे साहित्य समाजको गाउँ मुखिया भइन्। बसिबियॉंलो मात्र होइन अरू साहित्य कर्मीहरुले कुनै काम बिराए यही लौरोले खै गर्नेछिन्। कालेबुङको रामकृष्ण रङ्गमञ्चमा उन्मुक्त साहित्यिक मञ्च बसिबियॉंलोले आजदेखि दुइदिने शतकीय प्रकरणलाई राष्ट्रिय कार्यक्रमकोरुपमा शुरू गरिरहेको छ। यसैको पहिलो दिन क्षेत्रीय साहित्यकारहरूको उपस्थितिमा बसिबियॉंलोले कालेबुङकी बयोवृद्ध स्रष्टा सानुमति राईलाई गाउँ बुढाको उपाधीले सम्मान गर्यो। भारतीमा कथा छापेर साहित्य संसारमा 1940 देखि पाइला हालेकी सानुमति राई अहिले भारतीय नेपाली साहित्य संसारमा नै धरोहरकोरूपमा रहेकी छन्। तिनका समकालीन सर्जकहरू धेरैले नै संसार छोडिसकेका छन्।
कालेबुङका वरिष्ट साहित्यकार स्व.भाइचन्द प्रधानकी श्रीमति सानुमति राईले अहिलेसम्म नै नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बसिबिँयालोले तिनलाई गाउँबुढाको उपाधी दिएको हो। आलोचकहरूले सानुमति राईलाई स्वच्छन्दवादी अनि छायावादी सर्जक भनेर वर्गिकृत गरेपनि अहिलेको समयमा चलिरहेको लेखन धारासित नजिक बसेकी सानुमति राई कालेबुङका युवा सर्जकहरूको निम्ति आमाको औंली समान रहेकी छन्। उद्गार अनि मनपीडा कविता संग्रह प्रकाशित गरिसकेका राईलाई विभिन्न संघसंस्थाहरूले पुरस्कारहरूले सम्मान गरिरहेको छ। केहीवर्ष यता तिनी बोल्न सक्दैनन्। सर्जकहरूबीच लेखेर कसैलाई मनको कुरा पठन गराउने सानुमति राईले आज पनि सञ्जय विष्टद्वारा आभार चढाइरहेकी थिइन्।
तिनले भनिन्, मलाई माया गर्ने सबैलाई मेरो माया। जुन सम्मान भयो, त्यले मलाई सिर्जनात्क कर्मको निम्ति उचालेको छ। मलाई अभिभावक मानेकोमा बसिबिँयालोलाई पनि धन्यवाद। मुख्य अतिथि रुद्र पौड्यालले तिनलाई दोसल्ला ओढाएका थिए भने तिनलाई बसिबिँयालोका संयोजक शमशेर अलीले प्रशस्तिपत्र प्रदान गरेका थिए। वरिष्ट नाटककार सी.के.श्रेष्ठले तिनलाई गाउँबुढाको सहारास्वरुप लौरो प्रदान गरे। निबन्धकार सीताराम काफ्लेले तिनले बारेमा भनिरहेका थिए, सानुमति राई कालेबुङकी मात्र होइन भारतीय नेपाली साहित्यको नै ओत हुन्। तिनी नेपाली भारतीय साहित्यको आमा हुन्। गाउँबुढाले गाउँको सुरक्षा र संरक्षण गरेझैं तिनले साहित्यको सुरक्षा र संरक्षण गरिरहेकी छन्। सबै सम्मानको उत्तरमा सानुमति राई भने मुस्काइरहेकी थिइन्।
सर्जकहरू पीडामा
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 5 नोभेम्बर। कालेबुङ, 5 नोभेम्बर। उन्मुक्त विचारहरूको बौद्धिक उठान। बसिबिँयालोको मूल मन्त्र रहेको थियो। वर्तमान राजनैतिक परिस्थितले सर्जकहरूमा जुन मौनता छाएको छ,त्यसलाई तोड्न पनि बसिबिँयालोको लक्ष्य रहेको संकेत बसिबिँयालोको आचार संहिता अनि कार्यक्रम भवनको भित्तैभरि टॉंसिएका विचारहरूले स्पष्ट पारिरहेको थियो। बसिबिँयालोले भारतीय नेपाली समाजले अब उच्च विचारहरूको निर्माण गर्नुपर्ने आह्वान गरिरहेको थियो भने अनेकौंवर्ग र क्षेत्रबाट हुने शोषण र थिचोमिचोको बिरुद्धमा अब सर्जकहरूले मौनता तोड्नपर्छ भन्ने संकेत पनि दिइरहेको थियो। बसिँबियॉंलोका संस्थापक सदस्य सी.के.श्रेष्ठले भनिरहेका थिए, बसिबिँयालोको अर्थ बोल्नु पाउनुपर्छ भन्ने हो। अब सर्जकहरू बोल्न त पर्छ नै तर बौद्धिकरुपमा।
तिनले बसिबिँयालोलाई उन्मुक्त विचारको बौद्धिक उठानकोरुपमा व्याख्या गरिरहेका थिए। तिनले भनेजस्तै उन्मुक्तताको आवाज सम्प्रेषण गर्न बोलाइएको थियो भारतीय नेपाली कविताको क्षेत्रमा माइलखुट्टी बनिसकेका दुइसर्जक मोहन ठकुरी अनि राजेन्द्र भण्डारीलाई। दुवै सर्जकले उन्मुक्तरुपले बोल्न त बोले तर उनीहरूको कविताले अहिलेसम्मको क्षेत्रीय परिस्थितिले जन्माएको पीडालाई नै उचालेका थिए।
फेरि दार्जीलिङ शीर्षकको कविता बोकेर मञ्च चढेका कवि मोहन ठकुरी भनिरहेका थिए, बिसञ्चो भएको धेरै भयो। कुशलता सोध्ने आफन्तहरू पनि छैनन्। अदृस्य चोटहरू दुखेको छु म,अपमानका अगणित निलडामहरू सहेको छु। अनेकपल्ट मर्दै बॉंचेको छु म। तिनको कवितामा भारतीय नेपालीहरूले उठाएको साझा मुद्दाको गन्ध आइरहेको थियो। परिस्थिति जे जस्तै भए पनि तिनले कामना गर्न छोडेनन्। भने, मेरा प्रियहरूको बाहुबलले रक्षित हुनसकूँ म/पाखा पखेरा चॉंप गुरॉंसले हास्न सकू म। यता राजेन्द्र भण्डारी पनि कालेबुङ-2011 बोकेर मञ्च चढे अनि भने, रातपरेपछि कालेबुङलाई 27 जुलाई कोक्याइरहन्छ। तिनले कालेबुङको नाम गरेर सम्पूर्ण धारतीय गोर्खाहरूको दुर्भाग्यलाई पनि कवितामा भने, 15 अगस्तमा मेलाटारमा स्वतन्त्रताको नाच हेर्दाहेर्दै/ दिदीको औंला समातेको भाइ हराइपठाउँछ। उन्मुक्तिको निम्ति जनताले पुर्याएको योगदान जहिल्यै पनि खेरो जाने कुरा पनि तिनी गरिरहेका थिए, धेरै युधिष्ठिरहरूका निम्ति स्वर्गको सिँढी बनिदिएर/ आफू सधैँ अँध्यारोमा बस्छ कालेबुङ। कहिल्यै देशसम्म नपुग्ने उन्मुक्तिको यात्रामाथि विस्मात प्रकट गर्दै तिनी भनिरहेका थिए, यो कस्तो बाटो हो/जो डम्बरचोकमा टुङ्गिन्छ।
कमसेकम सर्जकहरूले बसिबिँयालोमा यसरी उन्मुक्तरुपले बोलिरहेका थिए। उनीहरू पछि धेरै ठाउँबाट आएका कविहरूले पनि यसरी नै कार्यक्रमभरि कुण्ठा पोखिरहेका थिए।
SMU convocation held
Prabin Khaling, KalimNews, GANGTOK, NOVEMBER 5: 782 students under Sikkim Manipal University were awarded the degrees during the 11th Convocation of the University held at Gangtok today.
The certificates were handed away by the chief guest of the function TK Nair, advisor to the Prime Minister and the Governor of Sikkim Balmiki Prasad Singh. Delivering the convocation address Mr. Nair congratulated the University for earning a high distinction and reputation among the higher educational institutions of the nation.
He said that the SMU has many unique and distinct achievements to its credit. “Sikkim Manipal University should also carry the research and development works apart from its regular academics activities” he stressed.
He also congratulated the graduates and advised them to implement their disciplines which they had enrolled from the University in the real world. He also advised the graduates to always recognize the support provided by their parents and family members who reposed the confidence in them; as also the society at large, which contributed to the development of their institution.
The Governor in his address said that SMU has been a harbinger of medical and engineering education in Sikkim since its inception. Explaining the mantra of a successful life he said “Successful people always feel that they are always a student in the classroom of life”.
He also recalled the life and struggle of the father of nation mahatma Gandhi. Earlier briefing about the University’s background, Dr Ramdas Pai, the pro-chancellor said that SMU is a successful model of Public Private Partnership (PPP) in the field of higher education and the Sikkim Government took a farsighted initiative in 1992 with the signing of an MOU with the Manipal Group followed by the enactment by the Sikkim Legislature of an Act creating the University in 1995.
He stated that this special day represents a new and exciting chapter in the lives of those who receive their degrees and will be stepping out of the collegial and intellectual environment into the real world full of contradictions, astounding possibilities and tough challenges.
Earlier the Governor also released the annual magazine of the University followed by the presentation of the annual report by Brigadier SN Mishra, the Vice-Chancellor of SMU.
Following are the gold medalists in different disciplines
Name Course
Sumit Gosh Computer Sc Eng
Yeshvi Sahay Electronics and Communications
Nisha Rampuria MCA
Ekta Mitruka BCA
Bibek Goyal MBA
Satyan Thapa BBA
Oliva Neogi MSC
Smith Nath Bachelor in Medicine and Surgery
Bini KB Bsc ( Nursuing).
Assam Kirat Sammelan (AKS)’ 2nd Mahasabha to begin
Pawai Bongoan, Margheritha 4th November 2011: The 2nd Trinnenial conference ‘Kirat Mahasabha’ of Assam Kirat Sammelan (AKS) is all set to begin from tomorrow here at Pawai Bongaon, Margheritha in Tinsukia dist. of upper Assam. The conference being called the ‘ Kirat Mahasabha’ now popular as ‘Kirat Connection Festival’ will be held at Sambha Hoisher Gompoh ground with a three day long program from 5th, 6th and 7th November 2011.
On Sunday the schedule begins with hoisting of the flag of the AKS by its president Pradeep Limboo and paying floral tributes to the martyrs by Reception Committee president Surya Bahadur Yonjon thereafter the literature and cultural show competition like the poem recitation. ex-term per speech, dhaan naach, chyaabroong dance, sakela song and dance etc will begin and this will be co-ordinated by poet and writer Siddhimaan Rai. In the day time a symposium on ‘Issues and Reasons for Backwardness of Kirati Gorkhas’ will be held where Dr. Rudramaan Thapa, Associte Professor; Dibrugarh University, Shri Mon Bahadur Subba Working President of Assam Kirat Sammelan, Shri Yubaraj Gurung Working President of Bharatiya Gorkha Parisangh, Golaghat Dist. Committee will present their papers and it will be co-ordinated by Mr. Sol Bahadur Loh(Tamang) of the NE Tamang Buddhist Association. Kamal Pradhan, Asstt. Gen Secy of the Delhi Newar Sanghathan also Central Executive Member AAGSU, Nanda Kirati Dewan, Information and Publicity Secy. ;All Assam Gorkha Students Union (AAGSU)’s papers are expected to read out at the symposium.
This symposium will be major attraction of the day and it is expected to be attended by thousands delegates of the state. In the evening the delegate session will be held and by the side the cultural evening will go on at a time. Major attraction of the cultural nite are the ‘Sakela’ dance to be performed by native youths directed by Siddhimaan Rai and Samar Limboo and the ‘Gorkha Khukhuri’ dance. The delegate session that will begin at 5pm will unanimously and constitutionally elect a new executive body of the Assam Kirat Sammelan for next three years while the outgoing committee will present before the delegates their profiles of jobs completed and taken up since they were elected at Gangapur (Dekhiajuli) Tezpur 1st Triennial Conference in Sonitpur district in 2008.
Kirat are indigenous ethnic groups of the Himalayas (mid-hills) extending eastward Nepal into India, Burma and beyond and one of aborigines and ethnic tribe of Assam. They are widely present today as original inhabitants of Assam, Burma, Tibet and Yunnan in ancient times. Major Gorkha Kirati tribes Sunuwar (the people who inhabit the region westward of River Sun Koshi),Khumbu or Khambu (also known as Rai), Limbu (also known as Yakthumba or Subba) and Yakkha (also known as Dewan or Zimdar) are generally called Kirati, the vast majority of this ethnic people call themselves as Kirati. These people are also best known as modern day Gorkhas. Their languages belong to the Tibeto-Burman family of languages.
The original inhabitants of the Dooars region of India, the Koch and Mech, also claim themselves to be Kiratis and so do the Bodo and Kachari tribes of Assam. They derive their titles from the original place of their dwelling, Koch from the Kosi River, Mech from the Mechi Riverand the word Kachari is derived from Kachar which means river basin. The basis of these claims relies on the fact that they are Mongoloids even though they distinguish themselves from Mongolians elsewhere. They are therefore often identified as Kirati-Mongolians. Today in Assam Singphos, Ahums, Newars, Tamangs, Gurungs all faces of Mongolian origins and tribal beliefs are considered as Kirati.
On 7th November 2008 Monday the much awaited open session will be held along with tabloids of the various community’s cultural and traditional rites will be shown. The open session that will begin post lunch will be inaugurated by Shri Janga Bahadur Limoo founder president of Assam Kirat Sammelan, veteran artist Shri Haren Subba will be give special honour for his relentless and untiring service to the Kirat culture and tradition in particular and upholding the Gorkha spirit through his vocal being a turned blind. Chattra Maan Subba, Spokesperson of AKS will introduce the major dignitaries while Krishna Bikram Rana will initiate the Kirat traditional felicitation. Veteran poet from the Gorkhaland Territorial Administration Mahakavi Mohan Dukhun will grace as the Chief Guest and at first hand will release the souvenir edited by Shri Dhama Dhoj Liwang and will deliver his address to the august gathering.
Pawan Singh Ghatowar, union minister Development of the Northeast Region (DoNER) Govt. of India, Moni Kr. Subba president Assam Gorkha Sammelan and chairman All Assam OBC Association, Nanda Kirati Dewan Information and Publicity Secretary All Assam Gorkha Students’ Union (AAGSU), Pradyut Bordoloi power and industries minister Govt. of Assam, Tanka Bahadur Rai planning and development, law and justice, pension and public grievances minister Govt. of Assam, Rameshwar Dhanwar local MLA, James Pradhan zonal secy Bharatiya Gorkha Parisangh, , Kamal Kr. Rai of Kirat Rai Sangh of Dehradun,Gyaan Bahadur Chetri former Advisor Nepali Sahitya Akademy, Poorna kr. Sharma gen secy Assam Gorkha Natya Sangh, Madan Thapa gen secy Assam Nepali Sahitya Sabha, Lama Dilliram Yonzone president of Northeast Gorkha Boudh Association, Jeet Bahadur Sunar lietraturer are the guest of honour and distinguished guest.
Shri Yudhbeer Rana veteran literature and painter of Upper Assam will be the keynote speaker of the session on the subject ‘Constructive Criticism of Kirat Culture’ while the influential Gorkha youth and students organization AAGSU leader Nanda Kirati Dewan is expected speak on the subject ‘History and Origin of the Kirats in Assam in today’s Gorkha’s perspective’. Besides a host of speakers, invited guests and delegates across Assam will attend the ‘Kirat Mahasabha’. Haren Subba and Sambhu Rai both veteran cultural activist will be the major attraction of the final cultural nite.
Samar Liwang information and publicity secretary of the Reception Committee of Kirat Mahasabha said that almost all major arrangements have been completed by concerned departmental secretaries inspite of small constraints and the people of Margheritha Pawai Bongoan is all set ready to extend hospitality and warm welcome all our guests at the Kirat Mahasabha. He appealed all sections of the society to join and extend co-operation in successfully organizing the festival of confluence and conglomeration of kirat culture and traditions better to call ‘Kirat Connection Festival’

No comments:
Post a Comment