Server of www.kalimpongnews.net/newz/ is down please bear with us
मुक्ति त परै जाओस् - राजनैतिक बन्दीको मर्यादा पनि पाएका छैनन् छत्र सुब्बाहरूले
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 22 अगस्त। 30 अगस्तको दिन छत्र सुब्बाहरूको सुनवाई त हुन्छ तर मुक्ति हुन्छ के? यस प्रश्नको उत्तर न त छत्र सुब्बाहरूको मुक्तिको निम्ति लडिरहेको राजनैतिक सङ्गठनहरूलाई थाहा छ न त छत्र सुब्बा अनि तिनका 6 जना सहयोगीहरूको परिवारलाई। मोर्चा नेता नोर्देन लामाले छत्र सुब्बाहरूको मुद्दालाई क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले राजनैतिक रङ दिएर पोष्टर टाल्नाले नै मुक्ति नभएको सोझै आरोप एकातिर लगाएका छन् भने अर्कोतिर जबसम्म छत्र सुब्बाहरूलाई राजनैतिक बन्दीको मर्यादा दिइँदैन तबसम्म उनीहरूको मुक्तिको सम्भावना कहीँ पनि देखिँदैन।
मुख्यमन्त्री ममता व्यानर्जीले बन्दीमुक्ति कमिटी गठन गर्दै 52 जना राजनैतिक बन्दीहरूलाई जेलबाट निकाल्ने प्रक्रिया गरिसकेकी छन्। तर त्यो प्रक्रिया छत्र सुब्बाहरूको निम्ति हुनेछैन। बन्दीमुक्ति कमिटीले गर्ने कुनै पनि मुक्तिको पहल अब छत्र सुब्बाहरूको निम्ति हुनेछैन। किन भने छत्र सुब्बाहरूले मुक्ति पाउनको निम्ति उनीहरूलाई राजनैतिक बन्दीको मर्यादा न्यायलयले प्रदान गरेको हुनुपर्छ। यसको निम्ति छत्र सुब्बाहरूको अधिवक्ताले न्यायलयमा याचिका दर्ता गर्नुपर्छ तर अहिलेसम्म यही मूल काम न त कतैबाट भइरहेको छ न त यसको निम्ति दवाब नै भइरहेको छ।
राजनैतिक बन्दीको मर्यादा छत्र सुब्बाहरूले पाएमा उनीहरूको मुक्तिको निम्ति बन्दी मुक्ति कमिटीले पहल गर्न सक्छन्। ममता व्यानर्जीले गठन गरेको बन्दी मुक्ति कमिटीमा सदस्य रहेको बन्दी मुक्ति कमिटी दार्जीलिङका प्रतिनिधि छोटन दाससित सम्पर्क गर्दा तिनले भने, छत्र सुब्बाहरूको मामिलामा गरिनुपर्ने सबै काम गरिएको छ। उनीहरूबारे पहाडको बन्दीमुक्ति कमिटी अनि क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले विस्तृत दस्तावेज बनाएको छ। यस आधारको रिपोर्ट हामीले कमिटीमा राखिसकेका छौं। तर छत्र सुब्बाहरूले राजनैतिक बन्दीको मर्यादा पाए पाएन् त्यसबारे हामीलाई थाहा हुन सकेको छैन। तिनले स्पष्ट पारे यदि छत्र सुब्बाहरूलाई राजनैतिक बन्दीको मर्यादा दिइएन भने उनीहरूको मुक्ति सम्भव छैन।
अहिले छत्र सुब्बाको परिवार पूर्णरूपले तनाउमा रहेको छ किन भने छत्र सुब्बा 11 वर्षदेखि जेलमा नै छन् भने भर्खर नै तिनको छोरा सन्तोष सुब्बालाई पनि सरकारी बसमा स्टोभ बम पढ्काएको आरोपमा पुलिसले पक्राउ गेर कालेबुङको संशोधनागृहमा राखेको छ। परिवार पक्षले छत्र सुब्बाहरूको मामिलामा केही बताउन सकिरहेका छैनन्। यता सूत्रले भने अनुसार छत्र सुब्बाहरूलाई राजनैतिक बन्दीको मर्यादा दिलाउनको निम्ति उनीहरूको अधिवक्ताले न्यालयमा अपील गर्नुपर्ने हो। तर अधिवक्ताले यस मामिलामा केही गरिदिएका छैनन्।
छत्र सुब्बाहरूको मामिला हेर्न दुइजना अधिवक्ताहरू रहेको भए पनि उनीहरूले पनि कुनै उपलब्धीपूर्ण काम गर्न सकेका छैनन्। यस मामिलामा छत्र सुब्बा अनि तिनका सहयोगीका परिवारपक्षले चासो देखाउनुपर्ने हो तर उनीहरूले पनि खासै पहल गर्न सकेका छैनन्। यता छत्र सुब्बाहरूको रिहाईलाई लिएर पनि राजनीति शुरू भइसकेको छ। अहिले गोर्खा जनमुक्ति मोर्चाका केही प्रतिनिधिहरूले कसैले पनि छत्र सुब्बाहरूको मुद्दा र मुक्तिको निम्ति काम नगरेको अनि आफूहरूको फहलबाट नै उनीहरूको मुक्ति हुने हॉंक पिटिरहेको भएपनि गर्नुपर्ने ठाउँमा भने केही गरिरहेका छैनन्। यसै पनि मोर्चाले छत्र सुब्बाहरूको मामिलालाई कानूनी बताउँदै कानूनीरूपमा उनीहरूको निम्ति लड्न निक्कै नाम चलेका अधिवक्ताहरू लगाएको थियो। तर उनीहरूले कहॉं कसरी, कहिले, के काम गरे अहिलेसम्म अत्तोपत्तो छैन।
यता क्रामाकपाले पनि शुरूदेखि नै छत्र सुब्बाहरूको मुक्तिको निम्ति लडिरहेको भए पनि परिवारपक्ष अनि मानवाधिकारवादी समाजको सहयोगको कमिको कारण केही गर्न नसकिरहेको पत्तो पाइएको छ। गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाका महासचिव अनि बन्दी मुक्ति कमिटीका प्रतिनिधि अरूण घतानीसित बुझ्न चहॉंदा उनले छत्र सुब्बाहरूको मुक्तिको मामिलामा राजनीति भइरहेको जनाए। तिनले भने, छत्र सुब्बाहरूलाई राजनैतिक बन्दीको मर्यादा दिलाइरहनु पर्दैन। किन भने 1991 को करेक्सनल होम एक्ट अनुसार राजनैतिक कार्यकर्ताहरू, जो यदि राजनैतिक विषयमा पक्रा पर्छन् भने उनीहरू स्वतः राजनैतिक बन्दीकोरूपमा रहन्छन्। तर बङ्गाल सरकारले यस्तो गरेन। किन भने छत्र सुब्बाहरूले बङ्गालबाट मुक्तिको कुरा गरेका हुन्। यसकारण बङ्गाल सरकारले छत्र सुब्बाहरूलाई होइन गोर्खाल्याण्डको मुद्दालाई 11 वर्ष जेल हालेको हो। गोर्खाल्याण्ड भन्नेहरूकोे अवस्था यस्तो हुन्छ भन्ने उदाहरण दिनको निम्ति नै छत्र सुब्बाहरूलाई अत्याचार गरिएको छ। माकपाले मात्र होइन ममताले पनि त्यही तन्त्रलाई अप्नाइरहेको छ। जुनदिनदेखि छत्र सुब्बाहरूलाई लिएर राजनीति बन्द हुन्छ त्यसदिन मात्र उनीहरूको मुक्तिको सवाल उठ्नसक्छ।
छत्र सुब्बाहरूको मुक्तिको सवाल त्यहीँदेखि चर्किएको थियो जबदेखि ममता व्यानर्जीले बन्दी मुक्ति कमिटी गठन गरेको थियो। किन भने सबैले छत्र सुब्बा राजनैतिक कारणले नै बन्दी बनेको सोंचेका थिए। तर अहिले तिनै गणतन्त्रको वकालत गर्ने ममताको सरकारमा छत्र सुब्बाहरूले राजनैतिक बन्दीको मर्यादा पाइरहेका छैनन्। अहिले छत्र सुब्बाहरूको मुक्तिको त होइन उनीहरूलाई राजनैतिक बन्दीको मर्यादा दिलाउन नै प्रमुख कुरा रहेको छ, तर कसले दिलाउने यो मर्यादा छत्र सुब्बाहरूलाई?
ट्राफिक सुदृड गरिने
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 22 अगस्त। कालेबुङको ट्राफिक् व्यवस्था सुदृड गरिने आज पक्कापक्की निर्णय लिइएको छ। यस्ता धेरै फलहीन बैठक गरिसकेपछि बल्ल एउटा आज अन्तिमपल्ट चुडान्त बैठक गर्दै कालेबुङ महकुमा अधिकारीले अब भने पक्कापक्की ट्राफिक व्यवस्था सुदृड गर्ने घोषणा गरे। कालेबुङ चालक महासङ्ग, कालेबुङ संरक्षण समिति,पुलिस विभाग, ट्राफिकपक्ष अनि विधायकबबीच बसेको बैठकमा अहिलेसम्म गाडे घाउ रहेको ट्राफिक समस्याको स्थायी समाधान गर्न अब बैठक होइन काम गर्ने भएको छ।यसै पनि जीटीएको सम्झौताको लगत्तै मोर्चा विधायक डा.हर्कबहादुर छेत्रीले दिल्लीबाट आर्किटेक्ट झिकाएर ट्राफिक् व्यवस्थापनको निम्ति गरिनुपर्ने कामबारे बुझेका थिए। त्यहीबेला करोडौ रुपियॉंको स्ट्याण्ड बनाउने घोषणा पनि गरेका थिए। यता आज महकुमा अधिकारी एलएन शेर्पाले अब कालेबुङको अनुहार परिवर्तन हुने अनि पुरानो ढॉंचालाई परिवर्तन गरेर नयॉं ढॉंचामा ट्राफिट व्यवस्थापन गरिने बताए। विधायक हर्कबहादुर छेत्रीले भने कालेबुङमा ट्राफिक पुलिस कति छ, उनीहरू प्रशिक्षित छन् छैनन् भन्ने कुरा पहिले बुझ्ने बताउँदै भने, म होम डिपार्टमेन्टको स्ट्याण्डिङ कमिटीमा छु, त्यहॉं जनसंख्याको आधारमा पुलिस बढाउनेबारे कुरा भएको थियो। अब म पनि यहॉंको कुरा राख्छु। तिनले बेरोजगारहरू गाडी किन्दै खेप्ने गरेकोले ट्राफिक समस्या उत्पन्न भएको बताउँदै ट्राफिक होइन विकासको समस्या धेर रहेको बताए। तिनले भने, गाउँमा नै राम्रो बजार भयो भने गाउँलेहरू बजार आउँदैनन्, त्यसबेला ट्राफिकको समस्या आफै समाधान हुन्छ।
गोर्खा फिल्म एण्ड टेलिभिजन एसोसिएसनको गठन
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 22 अगस्त। दार्जीलिङ अनि सिक्किमतिर बनिने नेपाली टेली चलचित्रलाई सेन्सरबोर्डमा हाल्न अनि सॉंघुरिएको नेपाली चलचित्रको बजारलाई विस्तार गर्न गोर्खा फिल्म एण्ड टेलिभिजन एसोसिएसन गठन गरिएको छ। नवगठित एसोसिएसनमा संयोजक विक्रम पराजुली लगायत अन्य छ जना पन्नु लक्सम, अमर रसाइली, ललित गोले, शेखर वागदास, मणि भुजेल अनि देवाशिष मोथे रहेका छन्। उक्त कुराको जानकारी गराउँदै आज नवगठित एसोसिएसनका संयोजक विक्रम पराजुलीले नेपाली टेली चलचित्रलाई पनि अन्य टेली चलचित्रहरू झैं हाराहारीमा ल्याउन एसोसिएसनले पहल गर्ने जनाए। तिनले भने, अहिले दार्जीलिङ भेगबाट जति पनि टेली चलचित्रहरू बनिन्छ, त्यसको पञ्जिकरण भएको हुँदैन अनि कोलकातामा पञ्जिकरण गर्न धेरै असुविधा भएकोले दार्जीलिङमा नै पञ्जिकरण वोर्डको गठन हुनपर्ने जनाए। नव गठित समितिले विधायक समेतलाई यसबारे ज्ञापन बुझाउने जनाए। तिनले बताए अएनुसार हात उत्तरबङ्गालमा दसवटा सिनेमा घर रहेको अनि ती घरहरूमा मात्र पनि नेपाली चलचित्र देखाउन सकिए चारदेखि पॉंच लाखसम्म मुनाफा गर्न सक्ने बताए।
सहकारी कर्मचारी सङ्गठनको सभा सम्पन्न
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 22 अगस्त। आज स्थानीय जगन्नाथ धर्मशालामा सहकारी समिति कर्मचारी सङ्गठनको एक सभा सम्पन्न भयो। समितिकै सभापति प्रेमचन्द प्रसादको सभापतित्वमा सम्पन्न सभामा छ वटा प्रस्ताव पारित गरिएको छ। सभामा 28 तारिखको दिन दार्जीलिङमा भएको सभाबारे जानकारी गराइयो। व्याङ्कमा रहेको रिक्त पदहरूमा सहकारी समितिका प्रवन्धकहरूलाई नियुक्त गरिनुपर्ने विषयमा व्याङ्कलाई ज्ञापन पनि बुझाइने सम्बन्धमा पनि निर्णय लिइएको छ। जीटीएमा सहकारी विभाग अन्तर्भुक्त गरिएकोले कर्मचारीहरूले विधायक र मोर्चा अध्यक्षलाई भेट्ने भएको छ। सभामा छ महिनामा दिइने एडहक ग्राण्डलाई मासिक गरिनु पर्ने र यो व्यवस्था उचित हुनुपर्ने, सङ्गठनको भावी कार्यक्रम अनि कार्यकारी समितिको चयनबारे 6 सेप्टेम्बरको दिन सभा बस्ने सम्बन्धमा पनि प्रस्ताव लिएको छ। सभामा सहकारी कर्मचारीहरू लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो।
लेप्चा विक्षोभ् शुरू प्रसासनले माग्यो एकदिनको समय
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 22 अगस्त। छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति गोर्खाहरूले आन्दोलन चर्काए जस्तै अहिले पहाडको आदिवासी लेप्चाहरूले लेप्चा डेभलोपमेन्ट वोर्ड अथवा काउन्सिल हुनुपर्ने मागमा कलकत्तामा धर्ना दिइरहेको छ। लेप्चाहरूको वोर्ड र काउन्सिल पछि विधानसभा अनि संसदमा लेप्चा प्रतिनिधिहरू हुनुपर्ने अनि पहाडका प्राथमिक अनि उच्चमाध्यमिक विद्यालयमा लेप्चा भाषाको पठनपाठन हुनुपर्ने अझ दुइवटा माग छ। यसैको दाबीमा लेप्चाहरूले 19 अगस्तदेखि कोलकातामा तीन टोलीले भिन्नाभिन्नै ठाउँमा धर्ना दिने काम गरिरहेको थियो तर आज कोलकाता पुलिसले ती धर्ना प्रदर्शनकारीहरूलाई हिरासतमा लिँदै थुनुवा पार्यो। प्रदर्शनकारीहरूलाई थुनुवा पार्ने वित्तिकै पहाड़का लेप्चाहरूले आज सरकार र पुलिस प्रशासनविरूद्ध विक्षोभ प्रदर्शन गरेका छन्। कालेबुङ थानामा इण्डिजिनस लेप्चा ट्राइबल फोरम अनि लेप्चा युथ एसोसिएसनका लगभग सय प्रतिनिधिहरूले नगरमा विक्षोप प्रदर्शन गर्दै थानामा धर्ना दियो। यसोबीच फोरमका महासचिव पावल सिमिक अनि लेप्चा युथ एशोसिएसनका प्रतिनिधिहरू तमुथिङ लेप्चा अनि आजोक तामसाङले थानामा ज्ञापन चढाएका छन्। उनीहरूले थुनुवा पारेका लेप्चा प्रतिनिधिहरूलाई शीघ्र नै मुक्त गर्नुपर्ने माग गरे। कालेबुङ थानाले लेप्चा प्रतिनिधिहरूसित एक दिनको समय मागेको छ। यस सम्बन्धमा फोरमका सचिव पावल सिमिकले भने, एक दिनको समय दिएका छौं तर एकदिनमा पनि मुक्त नगरे पर्सिदेखि लेप्चाका सबै सङ्गठनका हजारौं प्रतिनिधिहरूले थानामा अनिश्चितकालीन धर्ना दिनेछन्। तिनले भने, हाम्रो मागलाई अघिल्लो सरकारले पनि अन्देखा गर्यो। यसपालीको सरकारमा हामीले आशा राखेका छौं किन भने ममता व्यानर्जीको सरकारले गोर्खाहरूको समस्या पनि समाधान गर्यो अनि जङ्गलमहलको समस्या पनि समाधान गर्यो।
तिनले जबसम्म मुख्यमन्त्री ममता व्यानर्जीले पक्कापक्की आश्वासन दिँदैन तबसम्म लेप्चाहरूको आन्दोलन जारी रहने बताएका छन्। तिनले लेप्चा प्रतिनिधिहरूलाई थुनुवा पार्नु राजनैतिक षडयन्त्र रहेको भने स्वीकार गरेनन्। तिनले भने, लेप्चाहरू पहाडका आदिवासी हुन्। उनीहरूले आफ्नो अधिकार पाउनुपर्छ। अहिलेसम्म लेप्चा र लेप्चाहरूको संस्कृतिको संरक्षणको निम्ति सरकारले कुनै पदक्षेप गरेन, जब कि हामीले केन्द्र र राज्य दुवै सरकारलाई कुरा राखिसकेका हौं।
विधानसभामा पहाडका विधायकहरूले जीटीएको कुरा नउठाउने
जीटीए सरकारको बाध्यता हो-डा.हर्कबहादुर छेत्री
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 22 अगस्त। दुइदिन अघि मात्र गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले सरकारलाई शीघ्र नै जीटीए लागू गर्नुपर्ने अनि ढिलो भयो भने अनर्थ हुनसक्ने भन्दै सरकारलाई चुनौती दिँदै भनेका थिए, गर्ने भए छिटो गर, नत्र जीटीए पनि मारो गोली हुन्छ। सोही दलका प्रवक्ता अथवा कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले भने आज भने, मोर्चालाई जीटीएबारे कुनै हतार छैन। तिनले यस्प्रकारको बयान दिएर मोर्चा नेताहरूको मतैक्यता नरहेको स्पष्ट पारे। किन भने अध्यक्षलाई हतार भइरहेको छ तर प्रवक्तालाई भने हतार नै छैन। छेत्रीले अझ के पनि भनेका छन् भने जीटीए भनेको मोर्चाको बाध्यता होइन। यो बाध्यता सरकारको हो। यसकारण मोर्चाले जीटीएको कुरा गर्दैन। सरकारले नै यसको कुरा गर्नुपर्छ। तिनले स्पष्ट पारे, हामीले विधानसभामा जीटीएबारे कुनै कुरा गरेका छैनौं। गर्दैनौं पनि। अहिले विधानसभामा केवल बजेटको कुरा चलिरहेको छ, त्यसपछि जीटीएको कुरा हुनसक्छ। मोर्चाभित्र अन्तरद्वन्द्व त भइरहेकै छ यता नेताहरूमा वैचारिक एकमत पनि नरहेको डा.छेत्रीको वयानले स्पष्ट पारेको छ। विमल गुरूङले जीटीए शीघ्र लागू हुनुपर्ने भन्दै नत्र जीटीए छोडेर गोर्खाल्याण्डको कुरा उठाउने घुर्की देखाइरहेका छन् भने जुन विधानसभामा जीटीएको बील पारित हुन्छ त्यही विधानसभाका विधायक डा.हर्कबहादुर छेत्रीले भने स्पष्ट पारे, हामी जीटीएको कुरा विधानसभामा उठाउँदैनौं। तिनले अझ भने, राज्य सरकारले दुइ महिनामा नै पहाडको समस्या समाधान गर्छु भनेको हो। जीटीएको बाध्यता पनि सरकारकै हो। बील पनि उनीहरूले नै ल्याउनुपर्छ। हामी त विकासको सम्बन्धमा मात्र कुरा गरिरहेका छौं।कालेबुङमा पनि छात्राद्वारा आत्महत्या
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 22 अगस्त। जिल्लामा अहिले विद्यार्थीहरूले भटाभट आत्महत्या गरिरहेको कुरा प्रकाशमा आइरहेको छ। खरसाङमा भर्खर नै दुइजना विद्यार्थीले पालैपालो आत्महत्या गरेपछि सबैलाई हतप्रभ पारिराखेको बेलामा कालेबुङमा पनि आत्महत्याको घटना देखापर्न थालेको छ। भर्खर नै एउटा विद्यालयका छात्राले आत्महत्या गरेकी थिइन् भने त्यसको केही दिनमा नै अर्को विद्यालयका एउटी छात्राले आज बिहानै विद्यालयको युनिफर्ममा नै आत्महत्या गरिन्।लाडेन भोटिया नाम गरेकी छात्राले विष सेवन गरेर आत्महत्या गरेकी छन् भने तिनको आत्महत्याको कारण विद्यालयमा तिनको साथीहरूले गर्ने रयागिङ(यातना)रहेको खुलेको छ। लाडेन मामाको घरमा बसेर पढिरहेकी थिइन्। केहीदिन अघिमात्र लाडेनले अभिभावकलाई विद्यालयमा रयागिङ भइरहेको जसको कारण पढ्न जान मन नलागेको बताइरहेकी थिइन्। अभिभावकपक्षले विद्यालयमा पनि यो कुरा राखेको थियो। लाडेनकी आमा र बाबा सम्झाउनको निम्ति आएका थिए। पढिरहेको विद्यालय नपढ्ने जिद गरेकी लाडेनलाई यसवर्ष दुःख गरेर पढ्ने अनि अर्को वर्ष विद्यालय सार्ने भनेर अभिभावकले सम्झाएको थियो। तर विहान युनिफर्म लगाएर विद्यालय जानै लागेकी लाडेन बाथरूमबाट निस्केर बाबालाई बाई भन्दाभन्दै ढलिन। तिनलाई अस्पताल हत्तपत्त पुर्याइए पनि बँचाउन सकिएन।
गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले विद्यालयमा हुने गरेको रयागिङ सम्बन्धमा बहस गर्न विद्यालयहरूसित बैठक गर्ने अनि रयागिङले उत्पन्न गर्ने समस्याहरूको समाधानको निम्ति सामुहिक पहलको बाटो निकाल्ने सम्बन्धमा कार्य गर्ने सहसचिव दीप थापाले बताएका छन्।
Gurung looks for deeds, not words
Bengal youth affairs minister Ujjawal Biswas presents a memento to Bimal Gurung in Darjeeling on Monday. Picture by Suman Tamang |
Gurung made the comment a
“We welcome the ministers visiting the hills. It is something good. But we would also like to request them to translate their promises into reality,” the Morcha chief said at the Darjeeling Gymkhana Club.
The programme was organised by the Darjeeling Gorkha Hill Sports Association.
“One cannot score a goal if the team does not hit the field to play. Let us start playing now. A man has to work so that he is respected by everyone when his coffin is being taken away,” the Morcha chief said to a thunderous applause from a young crowd assembled at the club.
While the only minister to make a beeline for the hills during the term of the previous Left Front government was Asok Bhattacharya, seven members of the Mamata Banerjee cabinet have already visited the region.
In fact, four ministers were seen on the dais at an event organised by the forest department at Sukhiapokhri, about 20km from Darjeeling, on June 20. Apart from forest minister Hiten Barman, Gautam Deb (north Bengal development), Bratya Basu (higher education) and Sushil Tirkey (consumer affairs) also attended the programme.
Even Siliguri MLA Rudranath Bhattacharya, who is also the chairperson of the Siliguri-Jalpaiguri Development Authority, has been spotted in the hills a number of times.
While food and supplies minister Jyoti Priya Mallick visited Darjeeling on June 30, PHE minister Subrata Mukherjee was here last evening to check the progress in the Balasun drinking water project.
It is not entirely true that the ministers have been indulging in only lip service. As promised by Mallick, the food and supplies department issued rations cards to the residents of the closed Kanchan View Tea Garden within a fortnight of his visit.
Gurung’s statement underlines the fact that he wants to see development work take place in the hills at a fast pace.
Biswas today distributed footballs to 19 clubs in and around Darjeeling and talked about the need to think positively. “We must not think that nothing can be done. We have to believe that it is possible to achieve whatever we desire.”
Earlier in the day, Biswas also visited the house of Nawang Gombu, the first man to climb Mt Everest twice — in 1963 and 1965. Gombu died on April 24 this year.
After interacting with Gombu’s family members, Biswas promised to institute a youth award in Gombu’s name. “We will institute a youth award in the name of Nawang Gombu when we hold a youth festival. The Everester’s memorial will also be set up and we are also trying to establish a museum in Calcutta to showcase all memorabilia that the family had with them.”
Biswas later inspected a site at the Himalayan Mountaineering Institute to erect a statue of Gombu.
Arrests spark Lepcha protest
RAJEEV RAVIDAS, TT, Kalimpong, Aug. 22: About 100 Lepchas demonstrated in front of Kalimpong police station this afternoon to protest against the arrest of around 70 members of the community in Calcutta earlier in the day for violating prohibitory orders.
The Lepchas have been agitating in Calcutta since August 9, demanding the setting up of a Lepcha development council or board to preserve and promote the community’s culture and language. Around 60 members of the community were rounded up when they were holding a demonstration near the Writers’ Buildings. They were all released later.
In a letter addressed to the Darjeeling superintendent of police, the agitators in Kalimpong threatened that the community would hold sit-in protests throughout the hills if the arrested people were not released immediately.
“We demand the immediate release of the arrested persons, failing which we will be forced to go for sit-in protests at Tricone Park (in Kalimpong) and other parts of the hills,” said the letter signed by Tashuthing Lepcha, the assistant secretary of the Lepcha Youth Organisation.
The letter was submitted to the Kalimpong police station.
More than 100 members of the community gathered in front of the police station immediately on hearing about the arrest in Calcutta earlier in the day. They shouted slogans demanding the release of the arrested persons and in favour of the setting up of the council.
“It is unfortunate that our people have been arrested for exercising their democratic rights, which includes the right to protest peacefully. Such unwarranted action by the government could prove counter productive and force every Lepcha to take to the streets,” said Azuk Lepcha, a member of the Indigenous Lepcha Tribal Association.
The demonstration began at 2pm and the agitators dispersed in an hour.
The Lepchas are acknowledged as the original inhabitants of the Darjeeling hills and believed to constitute 20 per cent of the nine lakh-odd population in the region.
The council or board that they have been demanding is a body without any territorial jurisdiction, but a system to facilitate the development process of the Lepcha community and to promote their language and culture.
The Lepchas regret that although they have been trying their best to preserve their language, literature and tradition, the government doesn’t have any policy to supplement their efforts.
Archers Tarundeep Rai and Rahul Banerjee completes training
Prabin Khaling, KalimNews, Gangtok, Aug 22: Ace archers Tarundeep Rai and Rahul Banerjee will be completing tomorrow a 5-day short training camp here at Paljor Stadium in Gangtok. The former, a 2006 Arjuna awardee and the latter, to receive Arjuna award this month, were in Gangtok to train in high altitude hill weather conditions, similar to what they will encounter if they qualify for the 2012 London Olympics.
“Me and my national team partner Rahul have come to for a short camp in Gangtok. The camp started from August 19 and is a part of our preparations for London Olympics as the weather there would be similar to here. The weather in European countries will be around 25 to 30 degree Celsius like here and the camp here will also help us to practice in different wind conditions”, said Tarundeep who is from Sikkim.
The Gangtok camp was sponsored by Olympic Gold Quest for the duo with the Sikkim government providing them the football ground here at Paljor Stadium for practice.
“It is really good weather and I am enjoying here. The weather is like those in European countries and will help us in future”, said Rahul.
Despite winning international medals including during the Delhi Commonwealth Games last year, both Tarundeep and Rahul explained that they still have to get selected from the national trails to be conducted next year in March.
“We have to play in national trails in March next year where only top three archers will be selected. It will be an open trail where 100 to 120 archers will be competing. Sixteen will be first selected from the trails and finally three will be selected for the national team. Then the Indian team will have playing in the Olympic qualifiers at USA in June and if selected, the team will be playing in the Olympics. Our focus in also on the national qualifiers and I am confident”, said Tarundeep.
“The Indian trails will be the first challenge for us as all the national players are very good these days. The selection will be very tough”, said Rahul.
Commenting on the Gangtok camp scheduled to conclude tomorrow, Tarundeep said the camp was satisfactory despite the rains and limited use of the Paljor Stadium ground. “The training was okay despite the rain. Fortunately, the weather has cleared up for the past few days. However, this is actually a football ground and we can’t train here for 9-10 hours as we need to do daily. If there is a specific archery ground here in Sikkim, even the Indian archery team can practice here in the cool climate”, he said.
Four upcoming archers from Sikkim-Yogesh Limboo, Bhupen Rai, Pema Ongyel Bhutia and Tinley Gyatso Bhutia-are also training along with the duo daily with the State government leveraging the opportunity to expose the youngsters to experience of the established archers.
“We are sharing our technical knowledge with them. It will help them to improve their skills. The four boys have the basic techniques and we are telling them about how to develop endurance as it is very vital for this sport”, said Tarundeep.
Rahul, who will become the seventh archer to receive the Arjuna award on August 29, said that it was great honour for him to receive the prestigious award. “Arjuna award is a great honour for any sportsperson of the country and for the last four years I have achieved many things and Arjuna award is the most memorable for me”, he said.
Both will be going straight to Kolkata and will be participating in a national trail in September for the upcoming Asian championships at Iran.
Sikkim archery chief coach Zigmee Y Lepcha said that it was a great opportunity for his wards to train under Tarundeep and Rahul. “Our boys are in touch with the basics and when Tarundeep and Rahul came here, we wanted our boys to take benefit of such a huge opportunity to take tips from them”, he said.
KalimNews: A truck turned turtle at 9th mile near Worship Center last night at around 10 pm. The truck was loaded with cement and skidded off the road backwards while negotiating with the turning near new bus stand. The driver escaped safely while the vehicle fell off the road near Parsonage after damaging the barbed fencing.
KalimNews: A truck turned turtle at 9th mile near Worship Center last night at around 10 pm. The truck was loaded with cement and skidded off the road backwards while negotiating with the turning near new bus stand. The driver escaped safely while the vehicle fell off the road near Parsonage after damaging the barbed fencing.
Tea wage plea
TT,Siliguri: A six-member delegation of the Intuc-affiliated National Union of Plantation Workers led by Darjeeling district president Aloke Chakraborty met north Bengal development minister Gautam Deb here on Monday and demanded a solution to the pending tea wage revision issue. “The minister said he would take up the issue with the other ministers concerned and the chief minister for the early settlement of wages through a tripartite meeting,” Chakraborty said.
Boy dead
TT, Jaigaon: Bemika Biswas, 5, a resident of Malbazar, was killed after a pick-up van knocked him down on NH31C. The vehicle has been seized and the driver arrested.
TT,Siliguri: A six-member delegation of the Intuc-affiliated National Union of Plantation Workers led by Darjeeling district president Aloke Chakraborty met north Bengal development minister Gautam Deb here on Monday and demanded a solution to the pending tea wage revision issue. “The minister said he would take up the issue with the other ministers concerned and the chief minister for the early settlement of wages through a tripartite meeting,” Chakraborty said.
Boy dead
TT, Jaigaon: Bemika Biswas, 5, a resident of Malbazar, was killed after a pick-up van knocked him down on NH31C. The vehicle has been seized and the driver arrested.
No comments:
Post a Comment