To contact us CLICK HERE
View Kalimpong News at http://kalimpongnews.net/newz/
Citizen reporters may send photographs related to news with proper information to newskalimpong@gmail.com

Saturday, August 20, 2011

भाषाले मान्यता पाए पनि पाएन सहीद सन्तोषले - छोरा सन्तोषको त्यागको मुल्याङ्‌कन भएन-गङ्गाप्रसाद... भाषा प्रयोगको व्यवहारिकताको गुहार लगायो क्रामाकपाले... लेप्चाहरूले मनाए टेण्डोङ लोरूम फात पूजा... Consensus that was only in name

भाषाले मान्यता पाए पनि पाएन सहीद सन्तोषले - छोरा सन्तोषको त्यागको मुल्याङ्‌कन भएन-गङ्गाप्रसाद
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 20 अगस्त। मोरारजी देशाईले नेपालीहरूलाई विदेशीको संज्ञा दिएपछि नेपाली भाषीहरूलाई एउटा लडाई जित्नै पर्ने दायित्व आइपर्‍यो अनि 20 अगस्त 1992 मा यो लडाईँ नेपाली भाषीहरूले जिते। यो लडाईँमा सबै दत्तचित्तले नलागेको भए नेपाली भाषाले मान्यता पाउने थिएन। भाषा आन्दोलनमा सबैले आफ्नोपक्षबाट योगदान त पुर्‍याएकै थिए तर कालेबुङका सन्तोष कार्कीले भने आफ्नो ज्यान नै दिएर आन्दोलनलाई जित्नै पर्ने युद्द बनाइदिएका थिए। 8 जुलाईको दिन कार्कीको हत्या गरिएको थियो अनि तिनको हत्याको ठीक 42 दिनमा भारतको आठौं अनुसूची अन्तर्गत नेपाली भाषाले मान्यता पाएको थियो। भाषाले त मान्यता पायो तर ती नै नेपाली भाषीहरू अघि भाषा आन्दोलनका शहीद सन्तोषले भने मान्यता पाएन। कालेबुङका सन्तोष कार्की कम्युनिष्ट थिए। तिनले मान्यता नपाउनुको कारण यही थियो कि भन्ने शंका कालेबुङका बुद्धिजीवीहरूले बेलाबेला टेबल गफतिर मात्र गर्ने गरेका छन्‌। 
सीता कार्की र गङ्गाप्रसाद कार्कीका दस छोराछोरी मध्ये सन्तोष माइला थिए। कम्युनिष्ट पार्टीमा रहे पनि तिनी भाषा आन्दोलनका एक योद्धा रहेका थिए। भाषा बिरोधीहरूको जगजगीमा पनि निर्धक्कसित भाषाले मान्यता पाउनुपर्ने अडान राख्न सक्ने सन्तोषको हत्या 8 जुलाई 1992को दिन गरियो। हत्या कसले गरेका थिए? यो प्रश्नको उत्तर 19 वर्षसम्म तिनको परिवारले पाएका छैनन्‌। 
91 वसन्त पार गरिसकेका वृद्ध सन्तोषका पिता गङ्गाप्रसाद कार्कीले छोराको सम्झाना गर्दै भने, सन्तोषले जुन भाषाको निम्ति योगदान दियो त्यही भाषा बोल्ने समाजले सन्तोषको योगदानको कदर गरेन। तिनलाई छोराको मृत्यु अनाहकमा भएको बेलाबेला लाग्ने गरे पनि नेपाली बोल्नेहरूको सामु छोराको त्यागले गौरव अनुभव गराउने बताउने गङ्गाले अझ भने, भाषाले मान्यता त पायो तर नेपालीहरूले नै नेपाली भाषाको प्रयोग नगरे पनि एमए तहसम्म पढाइन्छ। अन्य भाषाको तुलनामा हाम्रो भाषा पनि हाराहारीमा रहेकोले म खुशी छु। 
तिनले नेपाली भाषीहरूले नै नेपाली भाषा नबुझ्ने संस्कृति बड्‌दै गइरहेकोमा चिन्ता पनि व्यक्त गरे। गङ्गाप्रसादले आफू सुत्ने पलङकै माथि ठूलो गरी सन्तोषको पोष्टर टॉंसेका छन्‌। तिनी भन्छन्‌, सन्तोषको अनुहारले मलाई उर्जाशील बनाउँछ, किन भने उ शान्त र आँटिला थिए। गरिबको पक्षमा थियो उ। उसको फोटोले मलाई सधैँ केही न केही भनिरहेकै हुन्छ। तिनले सोझै भने, मान्यता पाएर पनि यसको प्रयोग हाम्रैहरूले गर्न सकेनन्‌ भने अरूलाई किन दोष्याउनु?म त हाम्रैहरूको दोष देख्छु।  कार्यालयमा चलाउन सक्छ भन्ने सरकारी निर्देश भए पनि हाम्रा मान्छेले यसलाई प्रयोगमा ल्याउनु पर्ने सम्बन्धमा केही गर्न नसकेको तिनी बताउँछन्‌। तिनी भन्छन्‌, यसदिशामा बरू सरकारले बेलाबेला चासो देखाउँछ तर पहाड़का कुनै पनि राजनैतिक दलहरूले चासो देखाएको जस्तो मलाई लाग्दैन।
तिनीसित आफ्नो छोरोको हत्या सम्बन्धमा पनि बलियो विचार छ। तिनी भन्छन्‌, मेरो छोराको मृत्युमा जति दुःख लाग्यो त्यो भन्दा धेर दुख मेरो छोराको हत्या नेपाली भाषीले नै गरेकोमा लागेको छ। जसको म बॉंचिञ्जेल भर्त्सना गर्छु। अर्कोतिर एक छोरा अनि दुइ नातानातिनीसित बसेकी सन्तोषकी स्वास्नी पेमिला कार्कीले पनि आफ्नो लोग्नेको मृत्युलाई गॉंठो पारेर भाषाको निम्ति सहिदिएकी छन्‌। लोग्ने राजनैतिक सचेत रहेको अनि आफ्नो भाषाको निम्ति मरिमेट्‌ने प्रवृतिको रहेको स्मरण गर्दै भन्छिन, नेपाली भाषाको निम्ति नै अन्तमा तिनले ज्यान पनि दिए। मान्यता पायो तर मलाई नेपाली भाषाको प्रयोग उचितसित भएको लाग्दैन। तिनी भन्छिन, प्राथमिक तहदेखि नै नेपाली  भाषाप्रति आकर्षित गराइनुपर्छ। कार्यालयमा यो भाषाको प्रयोगको निम्ति कसैले पनि चासो देखाएको जस्तो लाग्दैन। सन्तोषको परिवारले स्पष्ट के भन्यो भने ज्यानसमेत गुमाएर पाएको भाषाको कदर आखिरमा नेपाली भाषीहरूले नै गर्न सकेको छैन। भाषाको निम्ति शहीद भएको सन्तोषको परिवारलाई सन्तोषको मृत्युलाई नेपाली भाषी समाजले नै अवहेलना गरेको अनुभव रहेको छ। परिवारलाई सन्तोषको त्यागको निम्ति एकपल्ट कालेबुङ महाविद्यालय अनि माकपा पार्टी कार्यालयमा खदा लगाइदिएको मात्र थाहा छ। यसैले स्पष्ट पार्छ सन्तोषले ज्यान दिएर नेपाली भाषाले मान्यता त पायो तर मान्यता पछि उनै सन्तोषको त्यागले भने नेपाली भाषीहरूबीच नै मान्यता पाएन।
भाषा प्रयोगको व्यवहारिकताको गुहार लगायो क्रामाकपाले
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 20अगस्त। सिक्किमका सांसद दिलकुमारी भण्डारीले रोइकराई गरेपछि संविधानको आठौं अनुसूची अन्तर्गत मान्यता पाएको नेपाली भाषाको संरक्षणकोे निम्ति नेपाली भाषीहरूको कुनै उल्लेखनीय पहल अहिलेसम्म देखिएको छैन अर्कोतिर सरकारले पनि यो भाषाको संरक्षणको निम्ति कुनै पनि पहल गरेको देखिएको छैन। भाषाले मान्यता पाएको 19 वर्ष पुगिसक्दा पनि नेपाली भाषालाई सरकारले  नै अवहेलना गरेको नेपाली भाषीहरूले अनुभव नगरेपनि पहाड़को दोस्रो बलियो राजनैतिक दल क्रामाकपाले गरेको छ। 36 वर्षको आन्दोलनपछि 20 अगस्त 1992मा मान्यता पाए पनि नेपाली भाषाको संरक्षणको निम्ति उल्लेख योग्य कार्य नभएको मान्दै आज क्रामाकपा प्रतिनिधिहरूले नगरमा भाषा संरक्षणको अपील गर्दै पर्चा बॉंडे।
पश्चिम बङ्गालमा 1961 मा नै प्रतिष्टित भाषाकोरूपमा स्थापित भइसकेको नेपाली भाषालाई बङ्गाल सरकारले व्यवहारिकरूपले संरक्षण गर्ने काम त गरेन गरेन नेपाली भाषीहरूले नै पनि भाषा संरक्षणको निम्ति उचित कुनै पहल गर्न नसकेको बताउने क्रामाकपाले नेपाली भाषाको व्यावहारिक प्रयोगलाई जोड दिएको छ। क्रामाकपा आञ्चलिक समितिका प्रवक्ता मोहन पौड्यालले भने, सन्‌ 1971 मा रतनलाल ब्राह्मणले 71 जना सांसदहरूलाई नेपाली भाषाले मान्यता पाउनुपर्छ भन्ने कुरामा सहमति जुटाउँदै हस्ताक्षर गराएका थिए, भाषाले मान्यता पाउनुको आधारशीला नै यही थियो। 36 वर्षको आन्दोलनपछि मान्यता पाएको भाषाको संरक्षण के कस्तो भइरहेको छ भन्ने चिन्ता कसैले गरेको देखिएको छैन, जो गम्भीर विषय बनेको छ। 
तिनले क्रामाकपाले गोरामुमोकालमा नेपाली भाषाको व्यवहारिक प्रयोगलाई लिएर पहल गरेको भए पनि गोरामुमोले पहल सफल हुन नदिएको पनि बताए। तिनले भने, बङ्गालमा बहुसंख्यकले अल्पसंख्यकलाई शासन गर्ने जुन संस्कार छ, यसैको चपेटमा नेपाली भाषा पनि परेको छ। यसैकारण नेपाली भाषालाई सरकारले व्यवहारिक प्रयोगमा ल्याएको छैन। तिनले भने अनुसार हरेक नेपाली भाषी क्षेत्रको पसल, कार्यालय, बहानको नम्बरप्लेट अनि सरकारी कार्यालयमा नेपाली भाषाको प्रयोग हुन पर्ने हो तर यस दिशामा सरकारले त काम गरेन नै नेपाली भाषीहरूमा पनि चासो देखिएन। तिनले भने, कालेबुङ महाविद्यालयमा संस्कृत पढाइन्छ जब कि संस्कृत पढ्‌ने विद्यार्थी नै छैनन्‌। यता नेपाली भाषा एक करोडले बोल्ने भाषा भए पनि बङ्गालको अन्य ठाउँमा नेपाली भाषाको पठनपाठन नै छैन। तिनले अझ भने, हामीले पर्चामा सबै नेपाली भाषीलाई आफ्नो भाषाको संरक्षणको पहलमा अघि आइदिने अनुरोध गरेका छौं। यता भाषा मान्यता दिवसलाई नेपाली साहित्यिक संस्थाहरूले पनि महत्व दिएको देखिएन। बसिबिँयालोले भने पुस्तकालयमा औपचारिक भाषा मान्यता दिवस पालन गर्‍यो भने सप्तश्री ज्ञानपिठ विद्यालयले पनि भाषा मान्यता दिवस पालन गर्‍यो। 
लेप्चाहरूले मनाए टेण्डोङ लोरूम फात पूजा
मनोज बोगटी, कालिमन्युज, कालेबुङ,  20 अगस्त।
स्थानीय बोङ गुम्पा गाउँ क्योङ सेजोङले लेप्चा सार्वजनिक भवनमा आज पारम्परिकरूपमा टेण्डोङ लोरूम फात पूजा पालन गर्‍यो। पूजामा दार्जीलिङ, कालेबुङ, खरसाङ लगायत 22 वटा क्षेत्रबाट लेप्चा प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा मुख्य अतिथि इण्डिजिनस लेप्चा ट्राइबल एसोसिएसनका अध्यक्ष ल्याङसोङ तामसाङ रहेका थिए भने सचिव पीटी सिमिक विशिष्ट अतिथि थिए। कार्यक्रममा लेप्चा कलाकारहरूले पूजासंगै पौराणिक मुरली वादन धन्काउँदै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।  कार्यक्रममा मुख्य पुजारीकोरूपमा उपस्थित रहेका पद्मश्री पुरस्कारले सम्मानित पद्मश्री सोनाम छिरिङ लेप्चाले पूजाबारे जानकारी गराउँदै भने,  पृथ्वीको सभ्यता अस्थिर छ। कुनै पनि प्राणीले एकपल्ट जन्म लिएपछि मृत्यु निश्चय छ। जब पृथ्वीमा प्रलय भएको थियो त्यसबेला लेप्चाहरू सिक्किममा अवस्थित टेण्डोङ पर्वतमा आश्रय लिएर बॉंचेका थिए। त्यसै काललाई पर्वकोरूपमा लेप्चाहरूले पालन गर्ने गर्छन्‌ अनि टेण्डोङ पर्वतलाई मुक्ति दाताकोरूपमा मानिलिएर पर्वतको पूजा गर्ने परम्परा हामीमा छ। तिनले यही परम्परालाई पौराणिक कालदेखि नै पालन गर्दै आइरहेको बताउँदै भने, यो स्कारलाई लेप्चाहरूले गरगरमा सिमित गरिरहेका थिए अनि संस्कार लोपोन्मुख भइसकेको थियो। यसैले लेप्चाको संस्कारलाई संरक्षण गर्न 1993 मा मैले सिक्किममा लेप्चाहरूले आफ्नो परम्परालाई भुल्न नहुने अनि यसलाई सामुहिकरूपले पालन गर्नुपर्ने कुरा प्रचार गरेपछि यसरी सामुहिकरूपले पूजा गर्ने चलन बसेको छ।
सहकार्य खोज्दै कवि
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, 20अगस्त। कलासचेतलाई कुनै पनि कलाले आकर्षित गर्छ, यस्तै भयो रामकृष्ण रङ्गमञ्चको अम्बेदकर भवनमा। कालेबुङका नामी फोटोग्राफरहरूले आफ्नो कलाको प्रदर्शन गरेको थाहा पाएर पुगेका कालेबुङका चर्चित युवा कवि सुधिर छेत्री फोटोमा लुकेको कलात्मक प्रस्तुतिले मक्ख परे। कालेबुङ हरेक कलाको क्षेत्रमा अघि छ, यो प्रदर्शनी हेरेर मेरो यो विश्वास अझ बलियो भयो-तिनी भनिरहेका थिए। फोटो प्रदर्शनीलाई दुइदिने भनिएको थियो तर दर्शकहरूलाई यति समय नपुग्ने भएपछि फोटोग्राफरहरूले प्रदर्शनीको मियाद अझ एक दिन लम्याए। 
हरेक फोटोले कुनै न कुनै कथा भनिरहेको लागेको बताउने कवि सुधीरले भने, अघि अघि दार्जीलिङलाई हरेक क्षेत्रमा अघि मानिन्थ्यो तर अहिले कालेबुङले सबैलाई पछिल्तिर पारेको त छ तर यी जम्मै कलासित जोडिएकाहरूबीच समन्वय भने कतै पनि देखिएन। छेत्री वर्तमानस्थितिमा कालेबुङ नै कलाको क्षेत्रमा केन्द्र रहेको कुरालाई निक्कै बल दिन्छन्‌ तर कलाकारहरू बीचको फॉंटो नै कला विकासमा बाधा परेको कुरा कसैले पनि अनुभव नगरेकोमा विस्मात पनि मान्छन्‌। साहित्यमा के भइरहेको छ, यहॉंका चित्रकारहरूलाई थाहा नै छैन। चित्रकारितामा के भइरहेको छ साहित्यकारहरूलाई थाहा नै छैन। जब कि सब कला एकार्काका सम्पूरक मानिन्छन्‌-तिनी भन्छन्‌। फोटो प्रदर्शनीले तिनलाई यही कुराको बोध भएको बताउँदै फोटोकला सम्बन्धमा अरू कलाक्षेत्रसित बॉंचेकाहरूलाई कुनै चासो नहुनु कलाको फॉंट सॉंघुरो हुनुको कारक हुनसक्ने  शंका व्यक्त गर्छन्‌। कालेबुङका कलाकारहरूले यसबारे शीघ्र नै चिन्ता गर्नुपर्ने तिनको सोंच छ। तिनले भने, विभिन्न विधाका हुन्‌, उनीहरूबीच सहकार्य अनिवार्य लाग्छ। अब कलाले नै कलाकारहरूलाई पनि जोड्‌नुपर्‍यो।
USFC to play in Kolkata
Prabin Khaling, KalimNews,GANGTOK, August 20: A 25-member squad of United Sikkim FC consisting of twenty players and five officials would be leaving for Kolkata tomorrow to play a friendly match against I-League giant East Bengal as a first phase preparation for the upcoming Federation Cup qualifiers.
The Bhaichung Bhutia co-owned club and East Bengal will play the friendly match at Durgapur on August 23, said United Sikkim senior manager Arjun Rai. The team will be leaving Gangtok early morning to catch the Kolkata flight from Bagdogra aiport.
“We will return back to Gangtok on August 24 and train here for some days. We will go to Kolkata again to play another friendly match against Mohan Bagan on September 5. Both the friendly matches are our preparations for the Federation Cup qualifiers”, said the United Sikkim senior manager.
The United Sikkim, which won a double I-Day football trophy in Sikkim recently, has been placed in Group B of the Federation Cup qualifiers along with Shillong based Royal Wangdoh, I-League relegated ONGC and Kolkata club Southern Samity. The club will be staying at Kolkata after the Mohan Bagan friendly match to play for the qualifiers.
United Sikkim will take on ONGC on September 9, Royal Wangdoh on September 11 and Southern Samity on September 13. Only one team qualifies from the group in the main round of Federation Cup.
The squad for Kolkata friendly match consists of four Sikkimese players, captain Nim Tshering Lepcha, midfielder Ong Tshering Lepcha, striker Tenzing Tshepel Bhutia and defender Sagar Rai.
Bhaichung, who opted out of the Indian football squad for England tour due to injury, is expected to reach Kolkata tomorrow. Star midfielder Renedy Singh, however, will be in the Indian contingent for England tour.
Consensus that was only in name

TT, Calcutta, Aug. 20: The “all-party” team that chose the name “Paschimbanga” was entirely made of people who speak Bengali as their mother tongue and had no voice representing other groups in the multi-linguistic state, a fact that seemed to be slowly dawning on the name-changers a day after the “consensus” decision.
“Our leader has got the feedback about the name change. Even she preferred ‘Bangabhumi’ over ‘Paschimbanga’ but agreed with the rest for the sake of a consensus. She may have a rethink on the name,” a senior Trinamul Congress minister said today, referring to chief minister Mamata Banerjee who headed yesterday’s meeting.
Mamata did not make any public statement on the subject today.
Except G.D. Gautama, who attended the meeting only in his capacity as home secretary, every other participant was well-versed in Bengali and did not seem to have taken into account the sensitivities of a large mass of population to whom Bengal is home. (See chart)
“‘Paschimbanga’ is so difficult to pronounce. Non-Bengalis will end up saying ‘bonga’ or ‘bango’ and it will get completely mutilated,” Jayashree Singh, a musician, told The Telegraph.
“No one (among non-Bengalis) can pronounce ‘Kolkata’ correctly yet. That’s what will happen to ‘Paschimbanga’. It’s like setting yourself up for a lot of unnecessary ridicule!”
Bonani Kakkar, an environment activist, said: “It (Paschimbanga) will certainly turn off non-Bengalis. The new name should be inclusive and not inward-looking.”
Trinamul MLA Rukbanur Rahman admitted that pronouncing “Poschimbongo” would be difficult for those not used to speaking Bengali.
Several groups in north Bengal, which has large chunks of population that do not speak Bengali, too said the state government should not have bypassed them.
“We don’t understand the need to change the name.... Even if any such decision was to be taken, opinion from people across the society should have been sought,” said Praveen Zimba, secretary of the Darjeeling-based Gorkha Dukh Nibaran Samiti.
He was echoed by Tezkumar Toppo, state general secretary of the Akhil Bharatiya Adivasi Vikas Parishad.
At least one group — the Greater Cooch Behar People’s Association, which wants a Cooch Behar state carved out of Bengal — said it was “indifferent” to the name change, a pointer to how the state government may have missed an opportunity to reach out and be inclusive.
Sensing the popular mood — even many Bengalis, including writers, have opposed the suggested name — leaders of several political parties today admitted that a wider cross-section of society should have been consulted.
“There was surely more scope for consultation. It seems the decision has been taken in haste,” said Om Prakash Mishra, state Congress general secretary.
Mishra’s Congress colleagues — legislative party leader Md Sohrab and MLA Asit Mitra — had joined the “Paschimbanga” chorus at yesterday’s meeting.
The RSP’s Manoj Bhattacharya, who had attended the meeting, said: “There should have been a wider debate. Views of people from all sections of society should have been taken. There was no need to rush.”
Yesterday, he had said: “Any other name (than Paschimbanga) would have meant forgetting the history of Partition.”
It was Bhattacharya’s party colleague Subhas Naskar who had suggested the name “Paschimbanga”.
“I suggested ‘Paschimbanga’ as it was already in use but I didn’t know that it would finally get selected,” Naskar said rather apologetically, aware of the widespread disappointment over the proposed name.
After an earlier all-party meeting on August 3, Mamata had announced that minister Partha Chatterjee and Opposition leader Surjya Kanta Mishra would seek experts’ opinion on the name change.
Chatterjee spoke to personalities such as writers Mahasweta Devi and Suchitra Bhattacharya and painter Suvaprasanna, and collected past quotes on the subject by eminent people. But there was no wide consultation process.

No comments:

Post a Comment