INTERNATIONAL TAEKWONDO PLAYER Mr.TRILOK SUBBA FELICITATE IN DARJEELING TEA & TOURISM FESTIVAL-2012.
Prabin Khaling, KalimNews, Gangtok, 07 Jan: Mr.Trilok Subba,6th.Dan Black Belt,Internatinal Player,has been felicitated in Darjeeling Tea & Tourism festival at Bhanu Bhawan,Darjeeling on 4th.Jan.2012.Mr.Subba has been felicitated for his achievment in the field of Taekwondo in International level. The programme was organised by Darjeeling Jilla Prashasan.
We the member of Sikkim Amateur Taekwondo Association(SATA) would like to extend our sincere thanks to all association,school and organisations for felicitated to Mr.Trilok Subba for his achievments in the field of Taekwondo in International Level.
युवा मोर्चाको आन्दोलन कोलकताबाट संचालन हुँदैछ – दावा पाख्रिन
डी के वाइबा, कालिमन्युज, कालेबुंग, 7 दिसम्बर : “गोर्खाल्याण्डको मुद्दा लिएर अगि बड्ने जुनसुकै राजनैतिक दलहरुलाई गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो) ले सहयोग गर्नेछ। चाहे आफ्नो दुशमनले नै किन उठाएको नहोस । आजसम्म गोर्खाहरुको अनेकताकै कारण गोर्खाल्याण्ड नभएको हो । अब हामी एक भएर मुद्दाको निम्ति लड्न प्रर्छ। भागोपको सक्रियतामा गठन भएको गोर्खाल्याण्ड टास्क फोर्सले सबैलाई एक बनाउँने कार्य गरिरहेको छ यो हाम्रो निम्ति खुबै राम्रो कुरा हो।
एकताले नै गोर्खाल्याण्ड राज्य गठनको कुरा सम्भव छ” – उक्त कुरा गोरानिमो प्रमुख दावा पाख्रिनले पत्रकारहरु संग कुरा गर्दै भनेका हुन। तिनले मुद्दाको निम्ति गोर्खाहरु सबै कुरा भुलेर एक हुन आवश्यक रहेको बताउँदै एक हुन नसकेको कारण नै राज्य गठनमा बिलम्ब बनिरहेको दाबी गरे। हाल आफु छुट्टै राज्यको निम्ति भागोपको गोर्खाल्याण्ड टास्क फोर्समा सामेल बनेर सहयोग गरिरहेको बताउँदै यो समयमा सबै मानिसहरु दलीय स्वार्थ त्यागेर एक हुनपर्ने आह्वान गरे। यसैक्रममा तिनले गोर्खाल्याण्डको निम्ति सबैलाई सहयोग गर्ने कुरा गरे तापनि गोजमुमोको भातृ संगठन युवा मोर्चाको आन्दोलन भने कोलकताबाट संचालित भईरहेको हुनसक्ने आशंका व्यक्त गरे। बिगत दिनमा युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्ने घोषणा गर्दा आफुले सहयोग गर्ने बताएता पनि अहिले स्थिति बुझदा आन्दोलन कोलकताबाट संचालित भएको कारण समर्थन नगरेको पाख्रिनले दाबी गरे।
यसै क्रममा तिनले हाल गोरानिमोको कुनै छुट्टै कार्यक्रम नभएको जानकारी गराउँदै आगमी मार्च महिना पछि भने कार्यक्रम गर्ने दाबी गरे। तिनले गोरानिमोको छुट्टै कार्यक्रम भनेको कालेबुंग, खरसांगलाई छुट्टै जील्ला बनाउँनु रहेको जानकारी गराउँदै यसको निम्ति राज्यका मुख्य मंत्री ममता ब्यानर्जीलाई ग्यापन चडाएको बताए। छुट्टै राज्य गठन हुनु पर्ने आवश्यक्ता माथि अहिले गोर्खाल्याण्ड टास्क फोर्समा बसेर कार्य गरिरहेको दाबी गर्दै आगमी 10 जनवरी कालेबुंगमा गोर्खाल्याण्ड टास्क फोर्सले बुद्धिजीविवर्गको सेल गठन गर्ने जनाएका छन। कालेबुंग महकुमालाई डुवर्सको भुभाग मिलाएर छुट्टै जील्ला बनाउँनको निम्ति जनप्रतिनिधिहरुले पनि कुरा उठान गर्नु पर्ने तिनले माग गरे।
हाल दार्जीलिंग एउटा जील्ला भएको कारण मानिसहरुलाई कतिपय काम गर्न असुबिधा हुने गरेको जनाउँदै यदि कालेबुंग, खरसांगलाई जील्ला बानाए मानिसहरुलाई काम कुरामा धेर सुबिधा हुने बताएका छन। तिनले जन प्रतिनिधिवर्गले चौकि ,मात्र ताक्न नहुने बताउँदै चौकि अस्थायी हो तर जील्ला बनिए त्यो जनताको निम्ति स्थायी हुने बताएका छन। यसै क्रममा गोरानिमोले गोर्खाल्याण्ड राज्य बाहेक अन्य कुनै बिकल्प नमान्ने दाबी गर्दै केवल गोर्खाल्याण्ड राज्य गठनको निम्ति गोरानिमो जन्म भएको दावा पाख्रिनले दाबी गरेका छन।
No comments:
Post a Comment