पर्यटन उत्सवमा पर्यटकहरुको हरिबिजोक कालेबुङमा
डी के वाइबा, कालेबुङ, २६ दिसम्बर । एकातिर पहाडमा पर्यटकहरुलाई तान्न बिभागले सरकारी खर्चमा चिया अनि पर्यटन उत्सव पालन गरिरहेको छ भने अर्कोतिर पर्यटकहरु वाहनको अभावमा हरिबिजोक हुन परेको छ। यस्तो घटना त्यतिबेला प्रकाशमा आयो जतिबेला पर्यटकहरु वाहनको अभावमा पत्रकारहरुलाई वाहन सोद्धै आईपुगेका थिए। कोलकताबाट पर्टन उत्सव भइरहेको खबर पाएर कालेबुङ आएका पर्यटकहरु उत्सवको मनोरञ्जन लिन नपाई गाडीको अभावमा हरिबिजोक भएको बताउँदै रेसी जाने बाटो सोद्धै यता उता भौंतारिरेको देखियो। यता उता दौडधुप गर्दापनि वाहन नपाए पछि तिनी सिलगडी जान मन बनाईरहेको समयमा त्यतिबेला थप तिनछक परे जतिबेला काउण्टरमा रातो मसिले गाडी नरहेको लेखेर झुण्डाएको देखे।
गाडीको अभावमा बिचल्नीमा परेका दुईजना पर्याटकहरुले पर्यटन उत्सव चलिरहेको सुनेर कोलकाताबाट आएका थियौं| कालेबुङ त आइपुग्यौं तर कता जाने कता नजाने भयौं| सोंचेको भन्दा फरक कुरा पाइएकोले अलमल्ल पर्यौं भनि जनाए। परिवारसित पहाड घुम्न आएपनि घुम्न अगावै यसतो बिजोकहुन परेको कारण हतास बनेको तिनले जनाए। यसरी हतास बने पछि रेसी घुम्नजाने मन बनाएको कुरा गर्दै रेसी जाने गाडीको पनो अभाव रहेको तिनले जनाउँदै एकातिर सरकारले उत्सव गरिरहेको छ भने अर्कोतिर पर्याटकहरुलाई यात्राको निम्ति उचित ब्यवस्था मिलाउँन जरुरी रहेको तिनले जनाए। हाल कालेबुङको मेलाग्राउण्डमा चारदिन व्यापी चिया अनि पर्यटन उत्सव चलिरहेको छ भने अर्कोतिर उत्सवमा आएका पर्याटकहरु भने बिजोक बन्न परेको कुराले पर्याटन ब्यवसायलाई कति प्रभाव पार्ला भन्ने कुरा गम्भिर रहेको छ। तिनले सोधे गाडीहरू पनि छैन कसरी जान सकिन्छ रेशी?'महोत्सवको हल्लाबाट धोका पाइएको बुझेपछि रेशी पनि नगई कोलकाता नै फर्किने मन बनाएका ती पर्यटकहरूले काउण्टरमा नै रातो मसीले गाडी छैन भनेर लेखेको सूचनापटले अझ निरास पार्यो| एकातिर उत्सवले निराश अर्कोतिर गाडीको अभावले समस्या पारेपछि पर्यटक त्यसै पनि विचल्नीमा पर्नु बाहेक अर्को उपाय थिएन|
कोलकाताबाट परिवार लिएर आएका सुब्रतो रोय अनि प्रतीश मुखर्जी सिलगढी जाने गाडी नभएर अझ हताश बने| पर्यटन उत्सव भएदेखि नै कालेबुङमा गाडीहरूको समस्या शुरू भइसकेको छ|कही जान पनि सही समयमा गाडीहरू नपाउने रोग कालेबुङमा पुरानो रहेकोछ| त्यसैमाथि कुनै उत्सवको बेला अझ वाहनहरूको अभावलाई कालेबुङमा हुने चाखलाग्दो अचम्म मान्न सकिन्छ। आज पनि सिलगढी जाने गाडीहरूको अभावमा यात्रीहरूको बिजोक देखियो| सिलगढी जाने गाडी छैन तर जाने भए एकसय अस्सी रुपीयाँ तिरेर जान सकिने उपाय उनीहरूलाई चालकहरूले नै बताइदिएको एक यात्रीले बताए|चालक महासङ्घका अध्यक्ष काजी छिरिङ दोर्जी भोटियासित गाडीको अभावबारे प्रश्न गर्दा तिनले मोठ ३६ वटा गाडी सिलगढी चल्ने भए पनि ६ वटा गाडी प्यासेन्जर नभएर कालेबुङ नफर्किएको अनि आज ३० वटा गाडी विहानै गइसकेको अनि कुनै पनि नफर्किएको बताए|पालैसित प्यासेन्जर बोक्ने भएकोले सबै गाडी आफ्नो-आफ्नो पालोमा कालेबुङ आउने गर्छ|
हिजोदेखि कालेबुङ आउने यात्री नै नभएकोले मोठ ३६ वटै गाडी सिलगढीमा रहेको भोटियाले बताए | तिनको यस्तो स्पष्टिकरणले केही दिनदेखि अथवा चिया अनि पर्यटन उत्सव भएदेखि नै कुनै पनि पर्यटक कालेबुङ चडेका छैनन्|कालेबुङ आएका देशी पर्यटक पनि अलपत्र परिरहेका छन। सधै हुलका हुल मान्छेहरु बोकेर कालेबुङ आउँने बाहनहरुले पर्याटक उत्सवको समयमा झनै बाहनले सिलगडीबाट कालेबुङ आउँने यात्रीहरु नपाउँनु चाखको बिषय बनेको छ। यस कुराले एउटा कुरा त निश्चित बनेको छ कि कालेबुङमा बिगत हिज देखि कोहि पनि पर्याटकहरु भित्रिएका छैनन् किन भने सिलगडी गएका वाहनहरु यात्रीहरुको अभावमा सिलगडीमा नै बस्न परिरहेको छ। यता सिलगडीबाट यात्रिहरु नपाउँने डरले आजदेखि वाहनहरु पनि सिलगडी जान मानेका छैनन् जसको कारण काउण्डरमानै रातो मसिले गाडी नभएको सुचना टाँस्नु परेको छ। यदि सिलगडी जानै परे ८० रुपीया भाडाको सट्टा एकसय अस्सी रुपीयाँ तिरे लाने बाहनका चालकहरुले स्पष्ट बताईदिएको तिनीहरुले थप जनाए।
एकातिर चिया उत्सव अर्कोतिर वगान बन्द आउदैछ सरकारी शोषणको गन्ध
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, २७ दिसम्बर| घरी पैसा तिराएर लालूपाते देखाउँछ, घरि हेलिकप्टर देखाएर पैसा उठाउँछ| यस्तै भएको छ सरकारको चिया अनि पर्यटन महोत्सव| कालेबुङमा उत्सवको नाममा पैसा असुल्ने कार्य त चलिरहेको छ, स्थानीयहरूको रोजीरोटीमा अङ्कुसे पनि लगाइरहेको छ| सूत्रले बताए अनुसार कालेबुङको महोत्सव गर्नको निम्ति ठेकेदार, पसलेहरूबाट लाखौं रुपियॉं असुलिएको छ| सरकारी कार्यक्रममा किन पैसा उठाइयो त? यो प्रश्नको उत्तर महकुमा शासकले सार्वजनिक गरेका छैनन्| हिजोदेखि जनमुक्ति पार्कमा फुलेको लालूपाते हेर्न प्रतिव्यक्ति पॉंच रुपियॉं असुल्ने कार्य थालिएको थियो तर आज पुष्प प्रदर्शनीको नाममा रातारात केही अर्किड र क्याक्टसहरू राखेर टार्ने कार्य गरेको देखिएको छ|पर्यटन उत्सव चलिरहेको छ तर बजारमा पर्यटकहरू नै छैनन्| न त पर्यटकहरू छन्, न त महोत्सवमा चिया श्रमिकहरूलाई नै सामेल गरिएको छ|
घाउ टाउकोमा अनि मल्हम नाइटोमा दल्ने कार्य उत्सवको नाममा भइरहेको त स्पष्ट नै छ, उत्सवले चिया श्रमिकहरूको कुनै हीत छैन भन्ने कुराको प्रमाण पानीघट्टा चियाबारी बन्द हुनुले स्पष्ट पारिदिएको छ| यस्तो बगान बन्द गरिएको छ, जहॉं गोरामुमोको बलियो क्षेत्र रहेको छ| बगान बन्द गर्नुको मूल कारण केही देखिएको छैन| श्रमिकहरू अनुसार कम्पनीले कमाईको बेला खोल्ने अनि कमाइ नभएकोबेला बन्द गर्ने खेल अघिदेखि नै गर्दै आइरहेका छन्| एकातिर करोडौं खर्च गरेर उत्सव पालन गरिएको छ अनि उत्सवको नाममा जनता, व्यापारी र ठेकेदारहरूबाट फैसा असुल्ने कार्य भइरहेको छ भने अर्कोतिर श्रमिकहरूको विचल्नी छ| ममता व्यानर्जीको स्वीट्जरल्याण्डमा यस्तो घटनालाई नौलो त मानिएको छैन तर वाम सरकारको अर्को अवतारको रुपमा भने अब राम्रैगरी ममताको सरकारलाई चिन्ने अवसर भने श्रमिकहरूले पाएका छन्| त्यहॉं बगान बन्द भइरहेको छ जहॉं विधानसभा हल्लाउने र बङ्गाली विधायकहरूलाई अंग्रेजीबाट आफ्नो बुद्धि देखाइरहेको हुङ्कार गर्ने विधायकहरू छन्| त्यहॉं बगान बन्द भइरहेको छ, जहॉं नाच्न गाउनको निम्ति सरकारले करोडौं खर्च गरिरहेको छ ती नै श्रमिकहरुको नाममा|
गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरूङको घरबाट पारितिर देखिने तीनवटा चियाबगान त बन्द नै छ अब अर्को पनि थपिएको छ| कम्पनीका मालिकहरूको यस्तो खाले मनपरी त्यतिबेला देखि नै हो जतिबेला कम्पनीहरूको पक्षमा सरकार उभिएको छ| वामफ्रण्टदेखि ममताको सरकारसम्म नै मालिकको पक्षमा जाने सरकारले अहिलेसम्म श्रमिकहरूको हितमा कुनै पनि उल्लेखयोग्य कार्य गरेको देखिएको छैन| एकातिर चिया श्रमिकहरू भोकभोकै रहेको समयमा ममताको सरकारले अर्कोतिर मालिकपक्षलाई पोस्याउन उत्सवको नाममा करौडौंको खर्च गरेकोबाट नै स्पष्ट हुन्छ कि श्रमिकहरूको शोषणमा सरकारी भूमिका नै सर्वोपरी छ| पानीघट्टाको बगान बन्द हुनुमा एक श्रमिक कशोर प्रधानले मोर्चाका युनियनका सदस्यहरू जो बगान प्रवन्धकसित मिलेर काम नगरी हजिरा खाइरहेका छन्, उनीहरू रहेको बताएका छन| तिनले बताए अनुसार कम्पनीले श्रमिकहरूलाई मोठ ७८ लाख रुपियॉं पीएफ दिएको छैन| अन्य आधारभूत सहुलियतको त कुरै छैन| न त अवकास पाउनेलाई तत्कालै ग्राजुटी दिइने कार्य कम्पनीले गरेको छ न त श्रमिकहरूलाई ८ घण्टा काममा लगाउने कार्य नै गरेको छ| मालिकपक्षले श्रमिकहरूप्रति गरेको अन्यायको विरुद्ध किन सरकार बोल्दैन भन्ने प्रश्न अहिले तडकारो बनेको छ| अनि यसको जवाब भने सरकारले श्रमिकहरू भोकभोकै रहेको अवस्थामा करोडौं खर्च गरेर शहरेहरूलाई नचाउने कार्य गरेकोबाट नै दिइरहेको सचेतहरूले बुझेका छन्|
अकादमी पुरस्कारमा लबी संस्कारको विरोधको खॉंचो
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, २७ दिसम्बर| अकादमी पुरस्कारबारे चलिरहेको विवादको कारण अकादमीको नेपाली भाषा परामर्श समिति अनि दुइजना जुरीमाथि आक्रोश पोख्ने, एकपक्षीय विचार प्रकट गर्ने अनि विषयलाई नकेलाई बठ्याईं लडाउने कार्य साहित्यकारहरूले गरिरहेका छन्| दुइ जुरीले आखिर किन कुनै पनि पुस्तकलाई पुरस्कार योग्य नरहेको कुरा गरिरहेका छन्, यसमाथि बहस गर्ने अनि निचोड निकाल्ने मानसिकताको अभाव त देखिएकै छ, विवाद शुरू भएर पनि अझ पनि परामर्श समितिको नजिक पुग्ने लालसा र कुत्सित मानसिकता बोक्नेहरूले टाउको ठाडो पार्ने राम्रो सुयोग पनि पाएका छन्|
अकादमीको नियम अनुसार पुरस्कार सर्वोत्कृष्ट पुस्तकलाई दिइन्छ| दुइ जुरीले परामर्श समितिले आफ्नो मनोपोलीद्वारा पठाइएका आठ कृतिहरूमा कुनै पनि एकलाई सर्वोत्कृष्ट मान्न सकेनन्| किन भने पुरस्कार परामर्श समितिले पठाएको आठवटामा एउटालाई दिने होइन अकादमीले तोकेको समयसीमामा प्रकाशित सबैभन्दा उत्कृष्ट पुस्तकलाई दिइनुपर्ने नियम अकादमीको छ| दुइ जुरीले अकादमीको निमयलाई अक्षरस् पालन गर्दै सोझै कुनै पनि पुस्तकमा एउटालाई सर्वोत्कृष्ट नरहेको घोषणा गरेर परामर्श समितिलाई गतिलो झापट दिएका छन्| पुस्तकको चयन गर्दा परामर्श समितिका सदस्यहरूको, समितिका सदस्यलाई मन परेको लेखकको कृति छानेर पठाउनु हुँदैन, पुस्तक चयनमा इमान्दार हुनुपर्छ अनि सही पुस्तकहरूलाई सूचीमा राखेर चयन गर्नुपर्छ भन्ने शिक्षा मात्र दुइ जुरीले दिएका छैनन्, परामर्श समितिले गरिरहेको मनोपोलीको पनि खुलासा गरिदिएका छन्| अधिकांश सचेत साहित्यकारहरूले किन दुइ जुरीको कुरालाई सही मानिरहेका छन् अनि किन परामर्श समितिको पक्षमा ती साहित्यकारहरू बोलिरहेका छन्, जो अकादमी मान्यता प्राप्त संस्थाका पुराना खम्बाहरू छन्, यो पनि स्पष्ट भइरहेको छ|
दुइ जुरीको सदस्यता खारेज गर्ने माग उसले गरिरहेको छ, जो परामर्श समितिमा सदस्य रहेका संस्थाहरूमा जडित छन्| अकादमीद्वारा मान्यता प्राप्त संस्थाहरू जसको स्तर अहिलेका साहित्यकारहरूलाई राम्रै गरी थाहा छ| कतिपय साहित्यकारहरूले लबी परम्पराको विरोध गर्नको साटो लबी परम्परा स्थापित गर्ने परामर्श समितिकै पक्षमा बोलेर लबी परम्परा नै सही हो भन्ने कुरामा मोहर ठोकिरहेको देखिएको छ| पुस्तक सर्वोत्कृष्ट हुनुपर्ने भएकोले सही जुरीले परामर्श समितिका सदस्यहरूले मनपराएको कृतिलाई सर्वोत्कृष्ट को लेबल लगाउन सक्दैनन्| अघिल्ला साहित्य एकादमी प्राप्त पुस्तकहरूलाई अघि राखेर सोझै भन्न सकिन्छ कि ती पुस्तकहरू सर्वोत्कृष्ट थिएनन्| यसै कारण अब पुस्तक छान्ने कार्य परामर्श समितिले नै गर्नुपर्ने कुरामा परिवर्तन ल्याइनुपर्ने देखिएको छ| एकातिर जुरीले गरेको निर्णयलाई भूल बताउनेले पुरस्कारको निम्ति चलिरहेको लबीबारे भने मुख खोलेका छैनन्| वास्तवमा विवाद भनेको यही लबीको कारण भएको छनक पाइएको छ| लबी रोक्न अनि सर्वोत्कृष्ट कृतिले साहित्यअकादमी पुरस्कार पाउनुपर्छ भन्ने जुरीको सोंचलाई नकारत्मक लिनु भन्दा पनि धेर लबीको संस्कारस्थापित गर्नेहरूको विरुद्धमा साहित्यकारहरू बोल्नुपर्ने देखिएको छ|
सिलगढीबाट पर्यटक कालेबुङ चढेको छैन आएका पर्यटक पनि अलपत्र
मनोज वोगटी, कालिमन्युज, कालेबुङ, २६ दिसम्बर| 'भाइ रेशी जानेबाटो कता हो?' चारजना अधवैशे, दुइजना महिला अनि दुइजना केटाकेटीसित उभिएका एक बङ्गाली व्यक्तिले पत्रकारलाई प्रश्न गरिरहेका थिए| 'पर्यटन उत्सव चलिरहेको सुनेर कोलकाताबाट आएका थियौं| कालेबुङ त आइपुग्यौं तर कता जाने कता नजाने भयौं| सोंचेको भन्दा फरक कुरा पाइएकोले अलमल्ल पर्यौं'-तिनेले थपे| तिनले जोरसित बोलिरहेका थिए किन भने कालेबुङ मोटर स्ट्याण्डको छेवैमा रहेको मेला ग्राउण्डमा पर्यटन उत्सवको माइक जोरले बजिरहेको थियो| कालेबुङमा आज तेस्रो दिन पनि कालेबुङवासीले पर्यटन उत्सव गर्दै मोलाग्राउण्डमा नाचिरहेका छन्| तर पर्यटक भने कालेबुङ उत्रिएर पनि अलपत्र परिरहेका छन्|
महोत्सव पालन गर्ने सरकारी विभागले सरकारी खर्चलाई टुङ्गो लगाउन औपचारिकता मात्र पालन गरिरहेको ती पर्यटकलाई पत्तो नै थिएन| तिनले सोधे 'गाडीहरू पनि छैन, कसरी जान सकिन्छ रेशी?' महोत्सवको हल्लाबाट धोका पाइएको बुझेपछि रेशी पनि नगई कोलकाता नै फर्किने मन बनाएका ती पर्यटकहरूले काउण्टरमा नै रातो मसीले गाडी छैन भनेर लेखेको सूचनापटले अझ निरास पार्यो| एकातिर उत्सवले निराश अर्कोतिर गाडीको अभावले समस्या पारेपछि पर्यटक त्यसै पनि विचल्नीमा पर्नु बाहेक अर्को उपाय थिए| कोलकाताबाट परिवार लिएर आएका सुब्रतो रोय अनि प्रतीश मुखर्जी सिलगढी जाने गाडी नभएर अझ हताश बने| पर्यटन उत्सव भएदेखि नै कालेबुङमा गाडीहरूको समस्या शुरू भइसकेको छ| कही जान पनि सही समयमा गाडीहरू नपाउने रोग कालेबुङमा पुरानो रहेकोछ| त्यसैमाथि कुनै उत्सवको बेला अझ वाहनहरूको अभावलाई कालेबुङमा हुने चाखलाग्दो अचम्म मान्न सकिन्छ| आज पनि सिलगढी जाने गाडीहरूको अभावमा यात्रीहरूको बिजोक देखियो| सिलगढी जाने गाडी छैन तर जाने भए १८० तिरेर जान सकिने उपाय उनीहरूलाई चालकहरूले नै बताइदिएको एक यात्रीले बताए|
चालक महासङ्घका अध्यक्ष काजी छिरिङ दोर्जी भोटियासित गाडीको अभावबारे प्रश्न गर्दा तिनले मोठ ३६ वटा गाडी सिलगढी चल्ने भए पनि ६ वटा गाडी प्यासेन्जर नभएर कालेबुङ नफर्किएको अनि आज ३० वटा गाडी विहानै गइसकेको अनि कुनै पनि नफर्किएको बताए| पालैसित प्यासेन्जर बोक्ने भएकोले सबै गाडी आफ्नो-आफ्नो पालोमा कालेबुङ आउने गर्छ| हिजोदेखि कालेबुङ आउने यात्री नै नभएकोले मोठ ३६ वटै गाडी सिलगढीमा रहेको भोटियाले बताए| तिनको यस्तो स्पष्टिकरणले केही दिनदेखि अथवा चिया अनि पर्यटन उत्सव भएदेखि नै कुनै पनि पर्यटक कालेबुङ चडेका छैनन् अनि कालेबुङ आएका देशी पर्यटक पनि अलपत्र परिरहेका छन् साथै केवल आफ्नो मनोर्ंजनको निम्ति यो पर्यट्न उत्सव बन्यो भन्ने प्रमाणित मात्रै गरयो जसले सरकारको योजनाहरु किन बिफल हुन्छ भन्ने प्रत्यक्ष प्रमाण पनि दियो|
No comments:
Post a Comment