Lepchas not satisfied with lip service
KalimNews, 3 September, Kalimpong: We want complete assurance in writing, not simply lipservice, said Lyong sang Tamsang addressing the continued sit in demonstration at SDO's office in Kalimpong. Referring to the statement of Mamata Banerjee CM in the Bidhan Sabha yesterday, Tamsang said that her assurance to constitute Development Board for the Lepchas of Darjeeling area will only be confirmed if given in writing. Till then we will continue our demonstration for the formation of a separate development council, he further declared.
Lepchas continue dharna for development council
Amitava Banerjee, HT, Darjeeling, September 3, 2011: Despite West Bengal chief minister Mamata Banerjee’s assurances of formation of a Lepcha Development Council (LDC), the Lepchas have decided to continue their dharnas in Kolkata and Kalimpong. They have demanded an official communication from the state government.
Banerjee on Friday had announced in the state assembly that LDC would be constituted for the development of the region.
Lepchas - the indigenous people of the Darjeeling and surrounding hills are on a dharna since August 4 demanding a separate LDC or board for the protection of language, culture, tradition and economic development of the community. The group is also demanding adequate representation in the state assembly and parliament.
“Our dharna continues till we receive an official communication from the government regarding the Lepcha Development Council or until the government initiates dialogues with us. We have read in newspaper reports that the chief minister has assured us a council but we have not received any communication yet,” said NT Lepcha, chief coordinator, Lepcha Rights Movement (LRM).
“Our dharna in front of the Kalimpong sub divisional office will also continue in support of our demands and expressing solidarity with our brothers in Kolkata. We will lift the dharna only after official communication from the government regarding the council,” said A Tangsangmo.
The LRM feels that formation of a development council should not be a problem as such bodies already exit in the North East. “In Assam a Gorkha Development Council exists for the development of the Gorkha community residing in Assam,” Lepcha added.
The Lepcha population is around 1.5 lakhs in the three hill sub-divisions of Darjeeling district.
ममता व्यानर्जीले लिखित आश्वासन नदिएसम्म लेप्चा आन्दोलन जारी रहनेLepchas continue dharna for development council

मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जीले हिजो विधानसभा सदनमा लेप्चाहरूको मागलाई सम्बोधन गरेपनि लेप्चाहरूले आन्दोलन स्थगित गरेन। मुख्यमन्त्रीले लेप्चाहरूलाई दार्जीलिङको आदिवासी बताउँदै उनीहरूको संरक्षणको निम्ति छुट्टै लेप्चा विकास परिषद गठन गरिने घोषणा गरेकी थिइन् तर कोलकातामा नै आन्दोलन गरिरहेका लेप्चा आन्दोलनकारीहरूलाई यसबारेमा कुनै खबर नै थिएन। उनीहरूले ममता व्यानर्जीले सदनमा आफूहरूको मागमाथि गरेको टिप्पणी समाचार पत्रद्वारा मात्र थाहा पाएका थिए।
ममता व्यानर्जीले परिषद गठन गर्ने कुरा गरेपनि आज कोलकाता अनि कालेबुङमा लेप्चाहरूले धर्ना जारी नै राखे। इण्डिजिनस लेप्चा ट्राइबल एसोसिएसनका अध्यक्ष ल्याङसोङ तामसाङले भने, हामी थुतुरेवेदमाथि विश्वास गर्दैनौं। यसै त मुखबाजाहरूको कमी कतै छैन। मुख्यमन्त्री ममता व्यानर्जीले पहिलोपल्ट हाम्रो मुद्दालाई सम्बोधन गरिन्। यसको निम्ति हामी आभार व्यक्त गर्छौं। उनले भनेका कुरा निश्चय नै मिनटमा उल्लेख भएको होला। जबसम्म हामीलाई तिनले लिखितरूपले कुनै बचनबद्धता प्रकट गर्दैनन् तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ। तिनले यता जीटीए गठन भइरहेको बेला किन लेप्चाहरूले छुट्टै परिषदको कुरा उठाएको हो भन्ने प्रश्नको जवाबमा भने, जीटीएको खेस्रा हामीले पढ्यौं। कतै पनि निश्चितरूपले लेप्चाहरूको उत्थान र संरक्षणको निम्ति कुनै कुरा उल्लेख छैन। यसै पनि हामीले अहिलेसम्म धेरैबाट मौखिक आशवासन पाइसकेका छौं।
मौखिक आश्वासनले हाम्रो संरक्षण हुँदैन। तिनको कुरा अनुसार लेप्चाहरू दार्जीलिङ जिल्लामा आफूहरूको संरक्षणको कुनै निश्चित प्रशासनिक हस्तक्षेप चहान्छन्, जो न दागोपापमा थियो न जीटीएमा छ। तिनले भने, हाम्रो सुरक्षाको कुरा निश्चितरूपले लिखितरूपले नभएसम्म हामी कसैको आश्वासनलाई विश्वास गर्नेछैनौं। अर्कोतिर इण्डिजिनस लेप्चा ट्राइबल फोरमका अध्यक्ष पावल सिमिकले भने, अहिलेसम्म हाम्रो सुरक्षाको निम्ति सरकारले कुनै पनि पहल गरेन। जब कि हामीले हाम्रो संरक्षणको निम्ति धेरैपल्ट अपील गरिसकेका हौं। हामीले भिख मागेका होइनौं। अधिकारको कुरा गरेका हौं। तिनले लेप्चाहरूको संस्कार र संस्कृति मात्र होइन भाषाको पनि संरक्षण हुनुपर्ने कुराको उठान गर्दै आठौं अनुसूची अनुसार भाषालाई मान्यता दिनुपर्ने समेतको माग गरिसकेको जनाए। भाषा उत्थानको निम्ति तिनले आफूहरूले पाठ्य पुस्तक समेत प्रकाशित गरिसकेको जनाए।
जीटीएको बील गोर्खाल्याण्डको मुद्दा दबाउने खेल-आरबी राई मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। संवैधानिक अपारदर्शिताबीच पारित गरिएको जीटीएको बील गोर्खाल्याण्डको मुद्दा दफन गर्ने खेल रहेको क्रामाकपा अध्यक्ष आर.बी.राईले बताएका छन्। तिनले भने, यसै त जीटीएसित क्रामाकपाको कुनै सरोकार छैन, किन भने जीटीए बङ्गालको विकास एजेन्सी मात्र हो। बङ्गाल सरकारले पहाडको तीनवटा महकुमाको विकासको निम्ति गोर्खा जनमुक्ति मोर्चालाई विकासको निम्ति एजेन्ट बनाएर दिएको दागोपाप जस्तै व्यवस्थासित छुट्टै राज्यको निम्ति लडिरहेका आन्दोलनकारीहरूलाई कुनै सरोकार हुँदैन। स्पष्ट छ कि छुट्टै राज्यको निम्ति आन्दोलन गरिएको हो विकासको निम्ति एजेन्ट हुनको निम्ति होइन।
जीटीएले भारतभरिका गोर्खाहरूको राजनैतिक सुरक्षा गर्दैन न त चिन्हारीको सवाललाई नै बोक्छ। भन्ने पर्ने कुरा यो हो कि विकास एजेन्सी दिएर गोर्खाल्याण्डको मुद्दालाई दफन गर्ने षडयन्त्र गरिएको छ। त्यो षडयन्त्र पनि गोर्खाहरू नै लगाएर गरिएको छ। तिनले बताए अनुसार सदनमा अराजक परिस्थिति बनाएर संवैधानिक पारदर्शिता नराखि बील पारित गरिएको छ। किन भने जुन विवाद जीटीएको खेस्रालाई लिएर मोर्चाले खडा गरेको थियो, त्यसको विषद छानबिन नगरी बील पारित गर्ने कार्य भएको छ। तिनले भने, सम्झौता अनुसारको बील छैन भनेर मोर्चाले नै बखेडा खडा गरेको थियो। जसमा संशोधनी ल्याइयो भन्दैछ। तर संशोधनी डेढ घण्टामा ल्याइनु सम्भव नै छैन। यति छिटो कसरी पारित भयो? यहींभित्र शंकाजनक राजनैतिक व्यवहार लुकेको छ।
तिनले बताए अनुसार मुख्यमन्त्री ममता व्यानर्जीले बङ्गालको अखण्डताको कुरा गर्दै बङ्गाल विभाजन नहुने प्रसङ्ग उठाएकी छन्। यसलाई मोर्चाले समर्थन नै गरेको छ। बङ्गाल विभाजन नहुने ममताको निर्णयलाई समर्थन गर्नुको एउटा नमुना जीटीए नै हो-तिनले भने। ममताले गरेको राज्यको अखण्डताको कुरा नै वास्तवमा असंवैधानिक रहेको बताउँदै तिनले भने, एउटा देशको अखण्डताको सवाल आउन सक्छ तर राज्यको होइन। संविधानले एउटा राज्यको नाम हेरफेर, सिमाना हेरफेर हुनसक्ने मात्र होइन राज्यभित्र अर्को राज्य स्थापित गर्न सक्ने प्रावधान राखेको छ। हामीले बङ्गालबाट मुक्त भएर सम्पूर्ण गोर्खाहरूको राजनैतिक सुरक्षा हुने अनि चिन्हारीको सवाल समाधान हुने छुट्टै राज्यको कुरा गरेका हौं। यसैलाई रोक्न अनि मुद्दालाई दफन गर्न जीटीएको कुरा ल्याइएको छ।
ममता व्यानर्जीले बङ्गाल विभाजन हुँदैन भन्दै दिएको जीटीए थापेर मोर्चाले छुट्टैराज्यको निम्ति आन्दोलन गर्न नसक्ने बताउँदै तिनले अझ भने, ममताको राज्यको अखण्डताको कुरा गोर्खाहरूको छुट्टैराज्यको आन्दोलनलाई दबाउने स्वार्थ हो। ममताको षडयन्त्रबारे मोर्चा पनि अवगत रहेको भए पनि विकास एजेन्सी नै थाप्नु दलगत असुविधा हुन सक्छ तर गोर्खाहरूको असुविधा नरहेको बताउँदै तिनले भने, विकास स्वाभाविक प्रक्रिया हो। राजस्व यहॉंबाट लगेपछि यहॉंको विकास गर्ने सरकारको काम हो।
बङ्गालको विकास नै गर्छ भने किन दार्जीलिङमा मात्र जीटीए गठन गरियो त?अरू जिल्लामा किन विकास एजेन्सी स्थापित गरिएन? जहॉंबाट राज्यको आन्दोलन भइरहेको छ, त्यो आन्दोलनकारीका केही नेताहरूसित बैठक गरेर किन अर्को दागोपाप स्थापित गरियो त?तिनले प्रश्नमाथि प्रश्न उठाउँदै अझ भने, बङ्गाल सरकारलाई लागेको छ कि जीटीए दिएपछि यहॉं आन्दोलन हुँदैन। तर यो भ्रम मात्र हो।
जीटीएसित वास्तवमा गोर्खाल्याण्ड चहाने जनता खुशी छैनन्। राती राती पटेका पड्काइने काम भयो। जुन पटेका पड्काइयो त्यसलाई क्रामाकपाले मुद्दा दफन गर्ने समारोहमा रमाएर मोर्चाले बङ्गभङ्ग पहाडका जनताले चहॉंदैन भन्ने संकेत दिएको ठानेको छ। तिनले जनतालाई भ्रममा राखिएकोले त्यो भ्रम तोडिनु गोर्खाल्याण्डको निम्ति प्रमुख कुरा रहेको बताउँदै भने, यो भ्रम कसैले तोड्न पर्दैन। भ्रम तोडिने समय छिटै आइपुग्छ। हामी अहिले देशका विभिन्न समुदायका बुद्धिजीवीहरूलाई गोर्खाल्याण्डको मुद्दाबारे शिक्षित गराउने काम गर्नेछौं।
रिजर्ब फरेष्ट जीटीएमा पसेन - तराई-डुवर्सको सीमाङ्कनको रिपोर्ट पुग्न अघि नै चुनाउ हुनेछ-डा.हर्कजीटीएले भारतभरिका गोर्खाहरूको राजनैतिक सुरक्षा गर्दैन न त चिन्हारीको सवाललाई नै बोक्छ। भन्ने पर्ने कुरा यो हो कि विकास एजेन्सी दिएर गोर्खाल्याण्डको मुद्दालाई दफन गर्ने षडयन्त्र गरिएको छ। त्यो षडयन्त्र पनि गोर्खाहरू नै लगाएर गरिएको छ। तिनले बताए अनुसार सदनमा अराजक परिस्थिति बनाएर संवैधानिक पारदर्शिता नराखि बील पारित गरिएको छ। किन भने जुन विवाद जीटीएको खेस्रालाई लिएर मोर्चाले खडा गरेको थियो, त्यसको विषद छानबिन नगरी बील पारित गर्ने कार्य भएको छ। तिनले भने, सम्झौता अनुसारको बील छैन भनेर मोर्चाले नै बखेडा खडा गरेको थियो। जसमा संशोधनी ल्याइयो भन्दैछ। तर संशोधनी डेढ घण्टामा ल्याइनु सम्भव नै छैन। यति छिटो कसरी पारित भयो? यहींभित्र शंकाजनक राजनैतिक व्यवहार लुकेको छ।
तिनले बताए अनुसार मुख्यमन्त्री ममता व्यानर्जीले बङ्गालको अखण्डताको कुरा गर्दै बङ्गाल विभाजन नहुने प्रसङ्ग उठाएकी छन्। यसलाई मोर्चाले समर्थन नै गरेको छ। बङ्गाल विभाजन नहुने ममताको निर्णयलाई समर्थन गर्नुको एउटा नमुना जीटीए नै हो-तिनले भने। ममताले गरेको राज्यको अखण्डताको कुरा नै वास्तवमा असंवैधानिक रहेको बताउँदै तिनले भने, एउटा देशको अखण्डताको सवाल आउन सक्छ तर राज्यको होइन। संविधानले एउटा राज्यको नाम हेरफेर, सिमाना हेरफेर हुनसक्ने मात्र होइन राज्यभित्र अर्को राज्य स्थापित गर्न सक्ने प्रावधान राखेको छ। हामीले बङ्गालबाट मुक्त भएर सम्पूर्ण गोर्खाहरूको राजनैतिक सुरक्षा हुने अनि चिन्हारीको सवाल समाधान हुने छुट्टै राज्यको कुरा गरेका हौं। यसैलाई रोक्न अनि मुद्दालाई दफन गर्न जीटीएको कुरा ल्याइएको छ।
ममता व्यानर्जीले बङ्गाल विभाजन हुँदैन भन्दै दिएको जीटीए थापेर मोर्चाले छुट्टैराज्यको निम्ति आन्दोलन गर्न नसक्ने बताउँदै तिनले अझ भने, ममताको राज्यको अखण्डताको कुरा गोर्खाहरूको छुट्टैराज्यको आन्दोलनलाई दबाउने स्वार्थ हो। ममताको षडयन्त्रबारे मोर्चा पनि अवगत रहेको भए पनि विकास एजेन्सी नै थाप्नु दलगत असुविधा हुन सक्छ तर गोर्खाहरूको असुविधा नरहेको बताउँदै तिनले भने, विकास स्वाभाविक प्रक्रिया हो। राजस्व यहॉंबाट लगेपछि यहॉंको विकास गर्ने सरकारको काम हो।
बङ्गालको विकास नै गर्छ भने किन दार्जीलिङमा मात्र जीटीए गठन गरियो त?अरू जिल्लामा किन विकास एजेन्सी स्थापित गरिएन? जहॉंबाट राज्यको आन्दोलन भइरहेको छ, त्यो आन्दोलनकारीका केही नेताहरूसित बैठक गरेर किन अर्को दागोपाप स्थापित गरियो त?तिनले प्रश्नमाथि प्रश्न उठाउँदै अझ भने, बङ्गाल सरकारलाई लागेको छ कि जीटीए दिएपछि यहॉं आन्दोलन हुँदैन। तर यो भ्रम मात्र हो।
जीटीएसित वास्तवमा गोर्खाल्याण्ड चहाने जनता खुशी छैनन्। राती राती पटेका पड्काइने काम भयो। जुन पटेका पड्काइयो त्यसलाई क्रामाकपाले मुद्दा दफन गर्ने समारोहमा रमाएर मोर्चाले बङ्गभङ्ग पहाडका जनताले चहॉंदैन भन्ने संकेत दिएको ठानेको छ। तिनले जनतालाई भ्रममा राखिएकोले त्यो भ्रम तोडिनु गोर्खाल्याण्डको निम्ति प्रमुख कुरा रहेको बताउँदै भने, यो भ्रम कसैले तोड्न पर्दैन। भ्रम तोडिने समय छिटै आइपुग्छ। हामी अहिले देशका विभिन्न समुदायका बुद्धिजीवीहरूलाई गोर्खाल्याण्डको मुद्दाबारे शिक्षित गराउने काम गर्नेछौं।
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। मोर्चा अध्यक्ष विमल गुरूङको बचन फेरि पनि खेरो जाने भएको छ किन भने मोर्चा अध्यक्ष विमल गुरूङले तराई-डुवर्सको अन्तर्भुक्तिपछि मात्र जीटीएको चुनाउ हुने तराई-डुवर्सका जनतालाई बचन दिएका थिए। हिजो सरकारको ट्रेजरी बेञ्चमा बसेर जीटीएको सरकारी बीललाई समर्थन गर्दै जीटीए पारित गरेर आज नै कालेबुङ फर्किएका मोर्चा प्रवक्ता अनि कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले स्पष्ट पारेका छन् कि तराई र डुवर्सको रिपोर्ट हाइपावर कमिटीले बुझाउन अघि नै जीटीएको चुनाउ गरिनेछ।
पत्रकारहरुले मोर्चा अध्यक्षले तराई र डुवर्सको अन्तरभुक्तिपछि मात्र चुनाउ हुने तराई र डुवर्सलाई बताएको अनि तराई र डुवर्सका जनताले अध्यक्षमाथि विश्वास गरेको बारम्बार बताइरहेकाले रिपोर्ट बुझाउन अघि नै चुनाउ गर्दा उनीहरूलाई धोका दिइएको हुँदैन भन्ने आशयको प्रश्न गर्दा तिनले भने,त्यसबेला परिस्थिति अर्कै थियो र अध्यक्षले त्यसो भनेका हुन्। त्यसबेला त कमिटी पनि गठन हुन्छ कि हुँदैन भन्ने थियो। अहिले कमिटी पनि गठन भएको छ। तराई र डुवर्सको गोर्खा बाहुल क्षेत्र त निश्चय नै जीटीएमा पस्ने नै छ। हामीले यहॉंसम्म त गरिसक्यौं अब तराई र डुवर्सका जनताले पनि गर्नुपर्छ।
जुन जुन क्षेत्रमा गोर्खाहरू बहुसंख्यामा छन्, त्यहॉंका मानिसहरुले आफूलाई प्रमाणित गर्नुपर्छ। यति हामीले गर्यौ अब उनीहरूले पनि गर्नुपर्छ। तिनले जीटीएमा मागिएको सबै नै पसेको बताउँदै भने, रिजर्ब फरेष्ट पसेन। सुरक्षाको सवाल उठाइएको छ। किन भने सीमाना क्षेत्र रहेकोले हामीलाई विश्वास गरिहालेको छैन। पछिबाट पस्ने आशा गरिएको छ। तिनले मोर्चाका विधायकहरूले खुट्टाएको 12 अनि कानूनजीवीहरूले खुट्टाएको 12 गरी मोठ 24 वटा बुँदामा संशोधनी ल्याइएको अनि मोर्चाले मागेको सबै पाएको पनि तिनले बताएका छन्। तिनले तर बील ल्याइने केही क्षणसम्म नै खेस्रामा मोर्चाले दाबी गरेको धेरै कुरा नरहेको पनि बताए। बील ल्याइन अघिसम्म नै सरकारले सरकारीपक्षबाट गरिएको संशोधनी नदेखाइएको अनि हतारमा बील पारित गरिएको समेत बताए पनि बील मोर्चाको पक्षमा नै रहेको जनाए।
तिनले अहिलेसम्म नै सरकारले गरेको संशोधनी मोर्चाका विधायकहरूलाई नबॉंडेको पनि जनाए। तिनले भने, नियम अनुसार जुन बील विधानसभामा राखिन्छ, त्यसलाई जॉंच गर्न हामीलाई प्रसस्त समय दिइनुपर्ने हो तर यसो गरिएन। बील ल्याइने बेलासम्म नै स्पष्ट केही थिएन। तीनले अझ भने, बील छिर्यो भनेर खुशी हुने काम छैन किन भने यसको सञ्चालनको बेला व्यूरोक्राटहरुले हामीलाई विथोल्न धेरै विधिहरू अप्नाउन सक्छन्। तिनले जीटीएको बील ल्याउँदा सदनमा के के भयो सबै स्पष्ट पार्दै माकपाका विधायकहरूलाई आफूले बोल्ने मौका नै नदिएको पनि तिनले बताए।
Morcha growth card
VIVEK CHHETRI, TT, Darjeeling, Sept. 3: The Gorkha Janmukti Morcha has started preparing a blueprint for development in the hills, the announcement coming a day after the Assembly passed the Gorkhaland Territorial Administration Bill, 2011.
Harka Bahadur Chhetri, the party’s Kalimpong MLA, briefed Morcha president Bimal Gurung about the bill in Darjeeling. “We consider this a historic victory for us. We are hopeful that the state government will show the same sensitivity when the GTA starts functioning as it had done while bringing the amendments to the bill yesterday,” Chhetri said.
“Our party chief has asked some well-known people in the hills to prepare a blueprint for infrastructure development. The team is visiting different parts of the hills to document the ground realities and recommend various projects needed for the region,” Chhetri said.
Sources said three members of the Morcha’s Study Forum — Ram Bhujel, Amar Singh Rai and Basant Rai — were part of the team. “They are now visiting Kalimpong villages to explore the possibilities of education-related development there. Based on their inputs, experts will be consulted to develop the region,” a source said.
Morcha leaders said architects and engineers from Delhi had also been consulted. “Development work will be started in a planned manner even before the GTA takes shape. The work could initially be carried out by the Darjeeling Gorkha Hill Council (DGHC) and later handed over to the GTA once it is formed,” Chhetri said.
He said that on September 6, private companies would make presentations to the DGHC’s board of administrators on identifying parking facilities in Darjeeling, Kalimpong and Kurseong, setting up multi-parking facilities and beautification of the hill towns.
Chhetri said the Morcha was “closely monitoring” the functioning of the 10-member joint verification committee formed by the government to look into the Morcha’s demand that Gorkha-dominated areas of the Terai and the Dooars be included in the GTA.
कंग्रेसको श्रमिक युनियनको गठन - डीजीएचसी र जीटीएमा फरक छैन-दावा नर्बुलापत्रकारहरुले मोर्चा अध्यक्षले तराई र डुवर्सको अन्तरभुक्तिपछि मात्र चुनाउ हुने तराई र डुवर्सलाई बताएको अनि तराई र डुवर्सका जनताले अध्यक्षमाथि विश्वास गरेको बारम्बार बताइरहेकाले रिपोर्ट बुझाउन अघि नै चुनाउ गर्दा उनीहरूलाई धोका दिइएको हुँदैन भन्ने आशयको प्रश्न गर्दा तिनले भने,त्यसबेला परिस्थिति अर्कै थियो र अध्यक्षले त्यसो भनेका हुन्। त्यसबेला त कमिटी पनि गठन हुन्छ कि हुँदैन भन्ने थियो। अहिले कमिटी पनि गठन भएको छ। तराई र डुवर्सको गोर्खा बाहुल क्षेत्र त निश्चय नै जीटीएमा पस्ने नै छ। हामीले यहॉंसम्म त गरिसक्यौं अब तराई र डुवर्सका जनताले पनि गर्नुपर्छ।
जुन जुन क्षेत्रमा गोर्खाहरू बहुसंख्यामा छन्, त्यहॉंका मानिसहरुले आफूलाई प्रमाणित गर्नुपर्छ। यति हामीले गर्यौ अब उनीहरूले पनि गर्नुपर्छ। तिनले जीटीएमा मागिएको सबै नै पसेको बताउँदै भने, रिजर्ब फरेष्ट पसेन। सुरक्षाको सवाल उठाइएको छ। किन भने सीमाना क्षेत्र रहेकोले हामीलाई विश्वास गरिहालेको छैन। पछिबाट पस्ने आशा गरिएको छ। तिनले मोर्चाका विधायकहरूले खुट्टाएको 12 अनि कानूनजीवीहरूले खुट्टाएको 12 गरी मोठ 24 वटा बुँदामा संशोधनी ल्याइएको अनि मोर्चाले मागेको सबै पाएको पनि तिनले बताएका छन्। तिनले तर बील ल्याइने केही क्षणसम्म नै खेस्रामा मोर्चाले दाबी गरेको धेरै कुरा नरहेको पनि बताए। बील ल्याइन अघिसम्म नै सरकारले सरकारीपक्षबाट गरिएको संशोधनी नदेखाइएको अनि हतारमा बील पारित गरिएको समेत बताए पनि बील मोर्चाको पक्षमा नै रहेको जनाए।
तिनले अहिलेसम्म नै सरकारले गरेको संशोधनी मोर्चाका विधायकहरूलाई नबॉंडेको पनि जनाए। तिनले भने, नियम अनुसार जुन बील विधानसभामा राखिन्छ, त्यसलाई जॉंच गर्न हामीलाई प्रसस्त समय दिइनुपर्ने हो तर यसो गरिएन। बील ल्याइने बेलासम्म नै स्पष्ट केही थिएन। तीनले अझ भने, बील छिर्यो भनेर खुशी हुने काम छैन किन भने यसको सञ्चालनको बेला व्यूरोक्राटहरुले हामीलाई विथोल्न धेरै विधिहरू अप्नाउन सक्छन्। तिनले जीटीएको बील ल्याउँदा सदनमा के के भयो सबै स्पष्ट पार्दै माकपाका विधायकहरूलाई आफूले बोल्ने मौका नै नदिएको पनि तिनले बताए।
Morcha growth card
VIVEK CHHETRI, TT, Darjeeling, Sept. 3: The Gorkha Janmukti Morcha has started preparing a blueprint for development in the hills, the announcement coming a day after the Assembly passed the Gorkhaland Territorial Administration Bill, 2011.
Harka Bahadur Chhetri, the party’s Kalimpong MLA, briefed Morcha president Bimal Gurung about the bill in Darjeeling. “We consider this a historic victory for us. We are hopeful that the state government will show the same sensitivity when the GTA starts functioning as it had done while bringing the amendments to the bill yesterday,” Chhetri said.
“Our party chief has asked some well-known people in the hills to prepare a blueprint for infrastructure development. The team is visiting different parts of the hills to document the ground realities and recommend various projects needed for the region,” Chhetri said.
Sources said three members of the Morcha’s Study Forum — Ram Bhujel, Amar Singh Rai and Basant Rai — were part of the team. “They are now visiting Kalimpong villages to explore the possibilities of education-related development there. Based on their inputs, experts will be consulted to develop the region,” a source said.
Morcha leaders said architects and engineers from Delhi had also been consulted. “Development work will be started in a planned manner even before the GTA takes shape. The work could initially be carried out by the Darjeeling Gorkha Hill Council (DGHC) and later handed over to the GTA once it is formed,” Chhetri said.
He said that on September 6, private companies would make presentations to the DGHC’s board of administrators on identifying parking facilities in Darjeeling, Kalimpong and Kurseong, setting up multi-parking facilities and beautification of the hill towns.
Chhetri said the Morcha was “closely monitoring” the functioning of the 10-member joint verification committee formed by the government to look into the Morcha’s demand that Gorkha-dominated areas of the Terai and the Dooars be included in the GTA.
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। अहिलेसम्म कालेबुङमा नरहेको कंग्रेसको श्रमिक सङ्गठन गठन गर्न पूर्व सांसद दावा नर्बुला आज कालेबुङ आइपुगेका थिए। कालेबुङमा पत्रकारहरूसित कुराकानी गर्दै तिनले मोर्चाले ग्रहण गरेको जीटीएमाथि पनि टिप्पणी गरे। तिनले भने, राजनीति र प्रशासन बुझ्नेहरूलाई थाहा छ कि दागोपाप र जीटीएमा खास केही फरक छैन। तिनले स्पष्ट नै भने, गोर्खा जनमुक्ति मोर्चाले जीटीए थाप्नु भनेको नै गोर्खाल्याण्डको मुद्दाको अन्त गर्नु हो। यसको निम्ति जीटीए सम्झौताको दिनलाई नै हेर्दा हुन्छ।
तिनले अझ भने, यता मोर्चाका नेताहरूले केन्द्र अनि राज्य सरकारका साक्षीहरुको अघि जीटीएमामा हस्ताक्षर गरिरहेका थिए उता मुख्यमन्त्री ममता व्यानर्जीले बङ्गबङ्ग होवेना भनिरहेकी थिइन्। उनको यसकुरालाई मोर्चाका नेता अनि समर्थकहरूले व्यापक तालीले स्वागत गरेका थिए। अब कसरी मोर्चाले भन्छ कि जीटीएपछि गोर्खाल्याण्ड हुन्छ। जनतालाई भ्रममा राख्ने काम हो यो। आफू सांसद हुँदा नै मोर्चाका नेताहरूलाई आफूले दिल्ली चिनाएको बताउँदै तिनले भने, मैले गोर्खाल्याण्डको कुराकानी गर्नको निम्ति नै मोर्चाका नेताहरूलाई सोनिया गान्धीसित भेटाउने काम गरेको थिएँ। उनीहरूले कुन मुखले भनिरहेका छन् कि मैले गोर्खाल्याण्डको निम्ति केही गरिनँ।
तिनले मोर्चाको सांसद जसवन्त सिंहसित आफ्नो तुलना नै हनु नसक्ने बताउँदै भने, मैले धेरैवटा विद्यालयको निम्ति काम गरेको छु। दार्जीलिङको पानीको समस्या समाधान गर्न धेरै पहल गरेको छु। यहॉंसम्म कि दार्जीलिङका 40 जनालाई मेडिकल सुविधा प्रधान मन्त्रीको कार्यालयबाट दिलाएको थिएँ। तिनले मोर्चाले गोर्खाल्याण्डको निम्ति आन्दोलन नै नगरेको बताउँदै मोर्चाले गोर्खाल्याण्डको निम्ति कुनै आन्दोलन गर्न नसक्ने पनि बताए।
ट्रेड यूनियन काङ्ग्रेस जिल्ला समितिको सभा सम्पन्नतिनले अझ भने, यता मोर्चाका नेताहरूले केन्द्र अनि राज्य सरकारका साक्षीहरुको अघि जीटीएमामा हस्ताक्षर गरिरहेका थिए उता मुख्यमन्त्री ममता व्यानर्जीले बङ्गबङ्ग होवेना भनिरहेकी थिइन्। उनको यसकुरालाई मोर्चाका नेता अनि समर्थकहरूले व्यापक तालीले स्वागत गरेका थिए। अब कसरी मोर्चाले भन्छ कि जीटीएपछि गोर्खाल्याण्ड हुन्छ। जनतालाई भ्रममा राख्ने काम हो यो। आफू सांसद हुँदा नै मोर्चाका नेताहरूलाई आफूले दिल्ली चिनाएको बताउँदै तिनले भने, मैले गोर्खाल्याण्डको कुराकानी गर्नको निम्ति नै मोर्चाका नेताहरूलाई सोनिया गान्धीसित भेटाउने काम गरेको थिएँ। उनीहरूले कुन मुखले भनिरहेका छन् कि मैले गोर्खाल्याण्डको निम्ति केही गरिनँ।
तिनले मोर्चाको सांसद जसवन्त सिंहसित आफ्नो तुलना नै हनु नसक्ने बताउँदै भने, मैले धेरैवटा विद्यालयको निम्ति काम गरेको छु। दार्जीलिङको पानीको समस्या समाधान गर्न धेरै पहल गरेको छु। यहॉंसम्म कि दार्जीलिङका 40 जनालाई मेडिकल सुविधा प्रधान मन्त्रीको कार्यालयबाट दिलाएको थिएँ। तिनले मोर्चाले गोर्खाल्याण्डको निम्ति आन्दोलन नै नगरेको बताउँदै मोर्चाले गोर्खाल्याण्डको निम्ति कुनै आन्दोलन गर्न नसक्ने पनि बताए।
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। इण्डियन नेशनल ट्रेड यूनियन काङ्ग्रेस जिल्ला समितिको सभा आज स्थानीय रामकृष्ण रङ्गमञ्चमा सम्पन्न भयो। जिल्ला समितिका सभापति टाशी छिरिङ लेप्चाको सभापतित्वमा सम्पन्न सभामा दार्जीलिङ, खरसाङ, गोरूबथान, सामसिङ आदि स्थानहरूबाट काङ्ग्रेस प्रतिनिधिहरू भेला भएका थिए। विभिन्न क्षेत्रहरूबाट आएका काङ्ग्रेस प्रतिनिधिहरूले सभामा खण्ड लगायत कर्मचारीहरूको समस्या सम्बन्धी चर्चा परिचर्चा गरे।
सभामा सङ्गठनलाई मजबूत राखिनको निम्ति पनि व्यापक छलफल गरियो। केही दिन अघि जिल्ला समिति गठन गरिएको थियो भने जिल्ला समितिका प्रतिनिधिहरूको उपस्थितिबीच आज सङ्गठनको महकुमा समिति पनि गठन गरिएको छ। जसमा सभापति हेम कुमार राइ, कार्यकारी सभापति ललित छेत्री, उपसभापति सुनिल छेत्री, सचिव गञ्जमान लोहार, संयुक्त सचिव पारस थापा, कोषाध्यक्ष प्रसाद शर्मा लगायत छःजना कार्यकारी सदस्यहरू रहेका छन्। आज बसेको सभामा सङ्गठनका मुख्य अनि कानूनी सल्लाहकार एवं काङ्ग्रेस पूर्व सांसद दावा नर्बूलाको विशेष उपस्थिति रहेको थियो। जिल्ला समितिका मूल सचिव विमेश कुमार सिंहले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समितिकै अन्य पदाधिकारीहरू रतुस अधिकारी, एस.ए. रहमान, जीवन गुरुङ, देवमाया थापा लगायत अन्य कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको थियो।
गोर्खा जनमुक्ति शहीद सङ्गठन गठन
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। दार्जीलिङ पहाड़मा लागू हुन लागेको स्वशासित क्षेत्र परिषद् (जीटीए) मार्फत गोर्खाल्याण्ड आन्दोलन कालभरि शहीद बनेका परिवारहरूलाई सहुलियत प्रदान गर्न आज एक सभाबीच अघिल्लो सङ्गठनलाई विघटन गरी नयॉं गोर्खा जनमुक्ति शहीद सङ्गठन गठन गरियो। स्थानीय पार्टी कार्यालयमा महकुमा प्रचार-प्रसार सचिव कुमार चामलिङको सभापतित्वमा सम्पन्न सभामा नयॉं समितिका पदाधिकारीहरू चयन गरिएको छ। जसमा सभापति लियो राई, उपसभापतिद्वय शशिकला गुरुङ, ललिता राई लेप्चा, सचिव दीपक नारायण प्रधान, सहसचिवद्वय विमल भट्टराई अनि अनुप राई, कोषाध्यक्ष पुष्पलता छेत्री, सहकोषाध्यक्ष निर्मल प्रधान लगायत 13 जना कार्यकारी सदस्य रहेका छन्।
आज बसेको सभामा नारी मोर्चा नेत्री ननिता गौतम, लतिका सिन्हा, कल्पना तामाङ, प्रेम छेत्री आदिको विशेष उपस्थिति रहेको थियो।
कृषक सङ्घ उद्घाटनसँगै प्रशिक्षण सम्पन्नसभामा सङ्गठनलाई मजबूत राखिनको निम्ति पनि व्यापक छलफल गरियो। केही दिन अघि जिल्ला समिति गठन गरिएको थियो भने जिल्ला समितिका प्रतिनिधिहरूको उपस्थितिबीच आज सङ्गठनको महकुमा समिति पनि गठन गरिएको छ। जसमा सभापति हेम कुमार राइ, कार्यकारी सभापति ललित छेत्री, उपसभापति सुनिल छेत्री, सचिव गञ्जमान लोहार, संयुक्त सचिव पारस थापा, कोषाध्यक्ष प्रसाद शर्मा लगायत छःजना कार्यकारी सदस्यहरू रहेका छन्। आज बसेको सभामा सङ्गठनका मुख्य अनि कानूनी सल्लाहकार एवं काङ्ग्रेस पूर्व सांसद दावा नर्बूलाको विशेष उपस्थिति रहेको थियो। जिल्ला समितिका मूल सचिव विमेश कुमार सिंहले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समितिकै अन्य पदाधिकारीहरू रतुस अधिकारी, एस.ए. रहमान, जीवन गुरुङ, देवमाया थापा लगायत अन्य कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको थियो।
गोर्खा जनमुक्ति शहीद सङ्गठन गठन
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। दार्जीलिङ पहाड़मा लागू हुन लागेको स्वशासित क्षेत्र परिषद् (जीटीए) मार्फत गोर्खाल्याण्ड आन्दोलन कालभरि शहीद बनेका परिवारहरूलाई सहुलियत प्रदान गर्न आज एक सभाबीच अघिल्लो सङ्गठनलाई विघटन गरी नयॉं गोर्खा जनमुक्ति शहीद सङ्गठन गठन गरियो। स्थानीय पार्टी कार्यालयमा महकुमा प्रचार-प्रसार सचिव कुमार चामलिङको सभापतित्वमा सम्पन्न सभामा नयॉं समितिका पदाधिकारीहरू चयन गरिएको छ। जसमा सभापति लियो राई, उपसभापतिद्वय शशिकला गुरुङ, ललिता राई लेप्चा, सचिव दीपक नारायण प्रधान, सहसचिवद्वय विमल भट्टराई अनि अनुप राई, कोषाध्यक्ष पुष्पलता छेत्री, सहकोषाध्यक्ष निर्मल प्रधान लगायत 13 जना कार्यकारी सदस्य रहेका छन्।
आज बसेको सभामा नारी मोर्चा नेत्री ननिता गौतम, लतिका सिन्हा, कल्पना तामाङ, प्रेम छेत्री आदिको विशेष उपस्थिति रहेको थियो।
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। स्थानीय छोटा भालूखोपस्थित चम्पामाया प्राथमिक पाठशालामा कृषक सङ्घ उद्घाटन तथा प्रशिक्षण कार्यक्रम कालेबुङ कृषक कल्याण सङ्गठनले उत्तर बङ्ग क्षेत्रीय ग्रामीण ब्याङ्कको सहयोगमा आयोजना गर्यो। उत्तर बङ्ग क्षेत्रीय ग्रामीण ब्याङकका प्रबन्धक श्रीमती मनिका सुब्बाद्वारा दीप प्रज्ज्वलन गरी बड़ा भालूखोप अनि छोटा भालूखोप कृषक सङ्घ उद्घाटन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै सुब्बाले कृषकहरूलाई ब्याङ्कद्वारा पूर्ण सहयोग गर्ने बताइन्।
कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित रहेका स्पाइसेस बोर्ड अव् इण्डियाका सह निर्देशक रामा लिङ्गमले कृषकहरूलाई मसलाको रूपमा प्रयोग गरिने अलैंची, हर्दी, अदुवा, पहाड़को प्रसिद्ध डल्ले खोर्सानी तथा कालो मरिच उद्पादन गर्ने सल्लाह दिँदै विभागीय सहयोग प्रदान तथा उत्पादन अनुसार सब्सिडी दिने बताए। कार्यक्रमको दोस्रो चरणमा पशुपालन सम्बन्धी प्रशिक्षण एवं पशु चिकित्सा बीएलडीओ डा. इस्माइल मङ्ग्रातीले दिँदै तिनले पशुहरूलाई गर्नुपर्ने सरसफाई, रोग निरोधक उपाय आदिबारे जानकारी गराउँदै कृषकहरूलाई दबाई पनि वितरण गरे। कार्यक्रममा केशर राई, बी.के. छेत्री तथा कालेबुङ कृषक कल्याण सङ्गठनका मूलसचिव विष्णु छेत्रीको उपस्थिति रहेको थियो।
बाबा गणिनाथ गोबिन्द पूजा सम्पन्नकार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित रहेका स्पाइसेस बोर्ड अव् इण्डियाका सह निर्देशक रामा लिङ्गमले कृषकहरूलाई मसलाको रूपमा प्रयोग गरिने अलैंची, हर्दी, अदुवा, पहाड़को प्रसिद्ध डल्ले खोर्सानी तथा कालो मरिच उद्पादन गर्ने सल्लाह दिँदै विभागीय सहयोग प्रदान तथा उत्पादन अनुसार सब्सिडी दिने बताए। कार्यक्रमको दोस्रो चरणमा पशुपालन सम्बन्धी प्रशिक्षण एवं पशु चिकित्सा बीएलडीओ डा. इस्माइल मङ्ग्रातीले दिँदै तिनले पशुहरूलाई गर्नुपर्ने सरसफाई, रोग निरोधक उपाय आदिबारे जानकारी गराउँदै कृषकहरूलाई दबाई पनि वितरण गरे। कार्यक्रममा केशर राई, बी.के. छेत्री तथा कालेबुङ कृषक कल्याण सङ्गठनका मूलसचिव विष्णु छेत्रीको उपस्थिति रहेको थियो।
मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। स्थानीय ठाकुरबाड़ी मन्दिरमा आज बाबा गणिनाथ गोबिन्द पूजा सम्पन्न भयो। पूजामा पेदोङ, गोरूबथान, टिस्टा खरसाङ, सिलगढ़ी आदि क्षेत्रबाट भक्तजन भेला भएका थिए। भोजपूरी समाजको कानु जाति (वैष्य)ले परम्परागत विधि अनुसार कूल देवताको पूजा गरे। भदौ महीनाको कुनै पनि शनिबार गर्न सकिने उक्त पूजामा धर्मावलम्बीहरूले समाजको सुख शान्ति साथै बाणिज्यको समृद्धिको निम्ति पूजा अर्चना गर्ने गर्छन्। हिजो धर्मावलम्बीहरूले स्थानीय गाघधाराबाट जल लिएर हिँड़ेर सति मातालाई स्थापना गर्न ठाकुरबाड़ी मन्दिरसम् आएका थिए। यसरी नै आज भक्तजनले यज्ञ हवनसँगै गणिनाथ बाबाका 14 जना दाज्यू-भाइहरूको पूजा गरे। पूजामा अखिल भारतीय मध्य देशीय वैष्य समाजका सचिव महेश गुप्ता लगायत सङ्घका सदस्यगण लगायत भक्तजनहरूको उपस्थिति रहेको थियो।
रेभ. जोन बारलाई भव्य स्वागत मनोज बोगटी, कालिमन्युज, कालेबुङ, 3 सितम्बर। अस्ट्रेलियाबाट अतिथिको रूपमा आएका जोन बारलाई आज एसयूएमआईले भव्य रूपमा स्वागत जनायो। एसयूएमआईको भ्रमणमा आएका जोन बारलाई एसयूएमआई बाहेक कन्या उच्चतर माध्यमिक विद्यालय, आईटीबीसीआई, लेप्चा सङ्गठन सेजुम तथा एसएमपीएसका छात्रहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै तिनलाई स्वागत जनाइयो।
स्वागत कार्यक्रम अवधि रेभ. बारले एसयूएमआईको पञ्च रजत जयन्तीको अवसरमा आफू कालेबुङ आइपुगेकोमा हर्ष प्रकट गर्दै सम्पूर्ण एसयूएमआई परिवारलाई बधाई टक्राए। तिनले एसयूएमआई स्कटिस स्कूल भएकोले देखरेख गर्न आफू कालेबुङ आइपुगेको बताउँदै अस्ट्रेलियाको गिर्जाहरूको बारेमा पनि तिनले विद्यार्थीहरूलाई जानकारी गराए।
कार्यक्रम अवधि एसयूएमआईका प्रधान अध्यापक एन.आर. प्रधान, उपप्रधान अध्यापक जायन लेप्चा, शिक्षक शिक्षिकागण, विद्यार्थीवर्ग लगायत सीएनआई प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

No comments:
Post a Comment